साथी
जीवनको वृक्ष
जनवरी २०२४


“जीवनको वृक्ष,” साथी, जनवरी २०२४, २६-२७ ।

मासिक साथी सन्देशहरू, जनवरी २०२४

जीवनको वृक्ष

छवि
alt text

एन्ड्रयू बोस्लेद्वारा चित्रण

लही एक अगमवक्ता थिए । परमेश्वरले उनलाई तिनको परिवारलाई प्रतिज्ञा गरिएको भूमिमा लैजान भन्नुभयो । तिनीहरूले यात्रा गर्दैगर्दा, उनले एउटा सुन्दर वृक्षको सपना देखे । यसलाई जीवनको वृक्ष भनिन्थ्यो ।

छवि
alt text

वृक्षले स्वादिष्ट सेतो फल फलायो । जब उनले यो खाए लहीले धेरै खुशी महसुस गरे! आफ्नो परिवारले पनि यो खाओस् भन्ने उनको चाहना थियो ।

छवि
alt text

लहीले एउटा फलामको छड पनि देखे जसले वृक्षसम्म अगुवाइ गर्यो । मानिसहरूले वृक्षमा पुगेर फल खानका लागि छड समाते ।

छवि
alt text

लहीको सपनाको वृक्ष परमेश्वरको प्रेम जस्तै हो । छड धर्मशास्त्रहरू जस्तै हो । जब हामी धर्मशास्त्र अध्ययन गर्छौँ, हामी स्वर्गका पिता र येशू ख्रीष्टको नजिक आउँछौँ ।

रङ भर्ने पाना

धर्मशास्त्रहरूले येशूका सम्बन्धमा सिकाउँछन्

छवि
alt text here

एडम कोफोर्डद्वारा चित्रण

येशू ख्रीष्टका सम्बन्धमा तपाईंलाई मनपर्ने कथा के हो?