साथी
याकूब र नफीले येशूलाई देखे
मार्च २०२४


“याकूब र नफीले येशूलाई देखे,”साथी, मार्च २०२४, २६– २७ ।

मासिक साथी सन्देश, मार्च २०२४

याकूब र नफीले येशूलाई देखे

छवि
alt text

एन्ड्रू बस्लीद्वारा चित्रण

याकूब नफीका कान्छा भाइ थिए । तिनीहरूको परिवारले यरूशलेम छोडेपछि उनको जन्म भएको थियो । एक बालकका रूपमा याकूब प्रतिज्ञा गरिएको भूमिमा आएका थिए ।

छवि
alt text

याकूब र नफी दुबैले येशू ख्रीष्टलाई देखे । येशूका सम्बन्धमा सिक्न सहयोग गर्न उनीहरूले आफ्ना परिवारहरूसँग तिनीहरूका गवाहीहरू बाँढे ।

छवि
alt text

तिनीहरूले अगमवक्ता यशैयाका वचनहरू पनि बाँढे । यशैयाले पनि येशूलाई देखेका थिए र धर्मशास्त्रहरूमा उहाँका सम्बन्धमा लेखेका थिए । याकूब र नफीले आफ्नो परिवारलाई येशूका सम्बन्धमा सिकाउन धर्मशास्त्रहरूबाट यशैयाका वचनहरू प्रयोग गरे ।

छवि
alt text

येशू पृथ्वीमा आउनुहुने छ भनेर तिनीहरूले सिकाए । उहाँ बित्नुहुने छ र पुन: जीवित हुनुहुने छ । तिनीहरूले येशू ख्रीष्टको गवाही बाँढे ताकि तिनीहरूका परिवारहरूले उहाँको आगमनको प्रतिक्षा गर्ने छन् ।

रङ्ग भर्ने पाना

येशू हाम्रा मुक्तिदाता हुनुहुन्छ ।

छवि
alt text here

एडम कोफोर्डद्वारा चित्रण

येशूको प्रेमलाई तपाईंले कहिले महसुस गर्नुहुन्छ?