युवाहरूको शक्तिका लागि
के म “खुशीपूर्वक” जिइरहेको छु?
फेब्रूवरी २०२४


“के म “खुशीपूर्वक” बाँचिरहेको छु?,” युवाको शक्तिका लागि, फेब्रूवरी २०२४ ।

मासिक युवाहरूको शक्तिका लागि सन्देश, फेब्रूवरी २०२४

२ नफी ५

के म “खुशीपूर्वक” जिइरहेको छु?

यहाँ केही विचारहरू छन् त्यसैगरी जिउनका लागि जसरी नफीले भनेका थिए उनका जनहरू जिएका थिए ।

छवि
युवा

अलिसा गोन्जालेजद्वारा चित्रण

लमानीहरूबाट अलग भएको केही समयपछि, नफीले आफ्ना जनहरू “खुसीपूर्वक जिए” भने (२ नफी ५:२७) । त्यसलाई ध्यानमा राखेर त्यहाँ उनीहरूलाई मार्न चाहने मानिसहरूको अर्को समूह थियो (हेर्नुहोस् २ नफी ५:१–६, १४) भन्दा अचम्म लाग्न सक्छ । यस्तो अवस्थामा कोही कसरी खुसी हुन सक्छ?

सर्वप्रथम, ध्यान दिनुहोस् कि “हामी खुशीपूर्वक जियौ” को अर्थ “हरेक नफीहरू २४/७ खुसी थिए” भन्ने होइन । यसको अर्थ तिनीहरूले त्यस्तो तरिकाको जीवन बिताए र त्यस प्रकारका कार्यहरू गरे जसले सामान्यतया खुसीतर्फ अगुवाइ गर्छन् । समग्रमा, तिनीहरूका चुनौतीहरूका बावजुद, यो खुसीको समय थियो ।

त्यसोभए “खुशीपूर्वक” भनेको के हो? हामी कसरी यसलाई हाम्रो आफ्नै जीवनमा अनुकरण गर्न सक्छौँ, जसमा चुनौतीहरू पनि छन्? हामी हेरौँ !

  • आज्ञाकारी हुनुहोस् । “हामीले परमप्रभुका आज्ञाहरू … पालना गर्न प्रयत्न गऱ्यौँ”(२ नफी ५:१०) ।

    सुसमाचारको पालना गर्नु चरण १ हो । तपाईं पापमा अस्थायी रूपमा खुसी हुन सक्नुहुन्छ तर यो टिक्दैन । जानाजानी परमेश्वरप्रति अनाज्ञाकारी हुनु “खुशीपूर्वक” होइन (हेर्नुहोस् अल्मा ४१:१०) ।

  • धर्मशास्त्रहरूको खोजी गर्नुहोस् । “म, नफीले ती अभिलेखहरू … ल्याएको थिएँ जुन पित्तलका पाताहरूमाथि कुँदिएका थिए” (२ नफी ५:१२) । “हामीले … उनीहरूलाई खोज्यौँ र पत्ता लगायौँ कि तिनीहरू वाञ्छनीय थिए; हो, हाम्रा लागि ठूलो मूल्यका पनि” (१ नफी ५:२१) ।

    नफीका जनहरूसँग धर्मशास्त्रहरू थिए । अनि तिनीहरूसँग तीमात्रै थिएनन् —तिनीहरूले त्यसको खोजी गरे ।

  • प्रेरणादायी अगुवाहरूलाई सुन्नुहोस् । “म नफीले याकूब र योसेफलाई पवित्रीकृत गरेँ, ताकि उनीहरू मेरा जनको भूमिमाथि पादरी र शिक्षक बनून्” (२ नफी ५:२६) ।

    यी शिक्षकहरूले धर्मशास्त्रलाई आफ्नो मार्गदर्शकको रूपमा प्रयोग गरे (हेर्नुहोस् २ नफी ४:१५; ६:४) ।

  • मन्दिरमा जानुहोस् (र अन्य पवित्र स्थानहरूमा) । “म नफीले एउटा मन्दिर बनाएँ(२ नफी ५:१६)।

    अनुयायीहरू एकत्रित हुन र आराधना गर्नका लागि सभागृहहरू र मन्दिरहरू जस्ता पवित्र स्थानहरू हुनु महत्त्वपूर्ण छ । (हामी मान्न सक्छौँ कि नफीहरूसँग मन्दिर मात्र थिएन —तिनीहरूले वास्तवमा यसलाई प्रयोग गरे ।) यदि तपाईं व्यक्तिगत रूपमा मन्दिरमा उपस्थित हुन सक्नुहुन्न भने, तपाईं सदैव पारिवारिक इतिहासको कार्य गर्न सक्नुहुन्छ ।

  • सक्रिय हुनुहोस् । “मैले मेरा जनहरूलाई भवनहरू बनाउन र कार्य गर्न सिकाएँ । … [मैले] मेरा जनहरूलाई परिश्रमी हुन र आफ्ना हातले श्रम गर्न लगाएँ” (२ नफी ५:१५, १७)।

    “खुशीपूर्वक”को अंश भनेको केहि गर्नु हो ! एक कार्यभार, एक कार्य, एक जिम्मेवारी—केही वस्तु जसले तपाईंलाई केन्द्रित हुन र उद्देश्य लिन दिन्छ ( अवश्य पनि आरामका लागि उपयुक्त समयका साथ) । यदि तपाईं सदैव अल्छी मान्नुहुन्छ भने खुशी हुन कठीन हुन्छ ।

के तपाईं अहिले खुसीपूर्वक जिउँदै हुनुहुन्छ भन्न सक्नुहुन्छ ? यदि सक्नुहुन्न भने, हुनसक्छ नफीको उदाहरणले तपाईंलाई कसरी सुधार गर्ने भन्ने सम्बन्धमा केही विचार दिन सक्छ ।