पुस्तिकाहरू र बोलावटहरू
३२. पश्चात्ताप र चर्च सदस्यता परिषद्हरू


“३२. पश्चात्ताप र चर्च सदस्यता परिषद्हरू,” साधारण निर्देशिका: पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सेवा गर्नका लागि (२०२०) ।

“३२. पश्चात्ताप र चर्च सदस्यता परिषद्हरू,” साधारण निर्देशिका ।

छवि
पुरुषहरू वार्तालाप गर्दै

३२.

पश्चात्ताप र चर्च सदस्यता परिषद्हरू

३२.०

परिचय

अधिकांश पश्चात्ताप कुनै व्यक्ति, परमेश्वर र व्यक्तिको पापद्वारा प्रभावित भएकाहरू बीचमा हुन्छन् । यद्यपि, यदाकदा बिशप वा किला अध्यक्षले चर्चका सदस्यहरूलाई पश्चात्ताप गर्ने तिनीहरूको प्रयासमा सहयोग गर्नु आवश्यक छ ।

सदस्यहरूलाई पश्चात्तापमा सहयोग गर्दा, बिशपहरू र किला अध्यक्षहरू मायालु र हेरचाह गर्ने हुन्छन् । तिनीहरूले मुक्तिदाताको उदाहरण अनुशरण गर्छन्, जसले मानिसहरूलाई असल बन्न सहयोग गरे र तिनीहरूलाई पापबाट टाढा रहन र परमेश्वरतर्फ फर्कन सहयोग गरे (हेर्नुहोस् मत्ती ९:१०-१३; यूहन्ना ८:३-११) ।

निम्न लिखित रूपमा, यो अध्याय प्रमुख निर्णयहरू र कार्यहरूद्वारा अगुवाहरूलाई मार्गदर्शन गर्नका लागि व्यवस्थित गरिएको छ जसले गम्भीर पापको पश्चात्ताप गर्न र अरूहरूलाई संरक्षण गर्न सहयोग गर्छ ।

  • कुनै व्यक्तिलाई पश्चात्ताप गर्न सहयोग गर्नु चर्चको भूमिका खण्ड ३२.१–३२.४ ले पश्चात्ताप र क्षमापनमा परमप्रभुको सिद्धान्तको वर्णन गर्छ । यी खण्डहरूले चर्च सदस्यता प्रतिबन्धहरू वा खारेजीका तीन उद्देश्यहरू पनि वर्णन गर्छन् । यसका अतिरिक्त, तिनीहरूले पश्चात्तापमा सहयोग गर्न बिशप र किला अध्यक्षहरूको भूमिकाको वर्णन गर्छन् ।

  • एक व्यक्तिलाई पश्चात्ताप गर्नका लागि सहयोगी परिषद्हरू खण्डहरू ३२.५–३२.७ ले कसैलाई पश्चात्ताप गर्न सदस्यता परिषद्हरू वा व्यक्तिगत सल्लाह उपयुक्त व्यवस्था हो कि होइन भनेर निर्णय गर्न दिशानिर्देशहरू प्रदान गर्छन् ।

  • व्यक्तिगत सल्लाह प्रदान गर्ने खण्ड ३२.८ ले बिशप वा किला अध्यक्षद्वारा प्रदान गरिने व्यक्तिगत सल्लाहका लागि दिशानिर्देश प्रदान गर्छ । यसले अनौपचारिक चर्च सदस्यता प्रतिबन्धहरूका सम्बन्धमा पनि वर्णन गर्छ ।

  • चर्च सदस्यता परिषद्हरू प्रदान गर्ने । खण्ड ३२.९–३२.१४ ले सदस्यता परिषद्हरूको जिम्मेवारी कसको छ, तिनीहरूलाई कसरी सञ्चालन गर्ने र सम्भावित निर्णयहरूका सम्बन्धमा वर्णन गर्छ । ती निर्णयहरूका परिणामहरू पनि वर्णन गरिएको छ ।

  • चर्च सदस्यता विशेषाधिकारहरू पुन: प्राप्त गर्ने । खण्ड ३२.१५-३२.१७ ले कुनै व्यक्तिले पश्चात्तापद्वारा चर्च सदस्यता विशेषाधिकारहरू कसरी पुनर्स्थापित गर्न सक्छन् भनेर वर्णन गर्छ ।

भिन्न प्रकारले उल्लेख नगरिए सम्म, किला अध्यक्षहरूको सन्दर्भहरू सुसमाचार प्रचार क्षेत्राध्यक्षहरूमा पनि लागू हुन्छ । बिशपहरूको सन्दर्भहरू शाखा अध्यक्षहरूमा पनि लागू हुन्छ ।

प्रथम अध्यक्षताले गम्भीर पापको पश्चात्तापका लागि नीति र प्रक्रियाहरू परिभाषित गर्छन् । प्रथम अध्यक्षतालाई चर्चको गोप्य अभिलेखहरूको विभागद्वारा समर्थन गरिएको छ । किला अध्यक्ष वा बिशपले प्रशासनिक वा नीतिगत प्रश्नहरूसहित त्यस कार्यालयमा सम्पर्क गर्न सक्छन् । त्यस विभागले अनुरोधहरूलाई प्रथम अध्यक्षताको कार्यालयमा कसरी पेश गर्ने भनेर निर्देशनहरू पनि प्रदान गर्न सक्दछ । सम्पर्क जानकारी तल उल्लेख गरिएको छ:

टेलिफोन: १-८०१-२४०-२०५३ वा १-८००-४५३-३८६०, एक्स्टेनशन २-२०५३

टोल फ्री (जीएसडी फोन): ८५५-५३७-४३५७

इमेल: ConfidentialRecords@ChurchofJesusChrist.org


कुनै व्यक्तिलाई पश्चात्ताप गर्न सहयोग गर्नका लागि चर्चको भूमिका


३२.१.

पश्चात्ताप र क्षमापन

परमप्रभुले भन्नुभयो कि ”कुनैपनि अशुद्ध चीज स्वर्गको राज्यको उत्तराधिकारी हुन सक्दैन” (अल्मा ११:३७; पनि हेर्नुहोस् ३ नफी २७:१९ )। हाम्रा पापहरूले हामीलाई अशुद्ध- हाम्रा स्वर्गका पिताको उपस्थितिमा बस्नका लागि अयोग्य बनाउँछन् । तिनीहरूले यस जीवनमा हामीमा वेदना पनि ल्याउँछन् ।

हामीले पाप गर्दा परमेश्वरको न्यायको नियमलाई परिणाम चाहिन्छ (हेर्नुहोस् अल्मा ४२:१४, १७-१८)। यद्यपि, उहाँको कृपाको महान् योजनाले “न्यायको मागहरू पूरा गर्न सक्छ र [हामीलाई] सुरक्षाको बाहुमा बेर्छ” (अल्मा ३४:१६; मोसियाह १५:९ पनि हेर्नुहोस्) ।

उहाँको कृपाको योजना ल्याउनका लागि, स्वर्गका पिताले उहाँका एकमात्र पुत्र, येशू ख्रीष्टलाई हाम्रा पापहरूको प्रायश्चित गर्न पठाउनुभयो (हेर्नुहोस् अल्मा ४२:१५) । हाम्रा पापहरूका लागि न्यायको नियमलाई आवश्यक पर्ने दण्ड येशूले भोग्नुभयो (हेर्नुहोस् सिद्धान्त र करार १९:१५-१९; अल्मा ४२:२४-२५ पनि हेर्नुहोस्) । यस बलिदानद्वारा, पिता र पुत्र दुबैले हामीहरूप्रतिको आफ्नो असीम प्रेम देखाउनुभयो (हेर्नुहोस् यूहन्ना ३:१६) ।

जब हामीले “पश्चात्तापमा आस्थाको” अभ्यास गर्छौँ, स्वर्गका पिताले हामीहरूलाई क्षमा दिनुहुन्छ, येशू ख्रीष्टको प्रायश्चितद्वारा कृपा दिनुहुन्छ (अल्मा ३४:१५; अल्मा ४२:१३ पनि हेर्नुहोस्) । जब हामीलाई शुद्ध पारिन्छ र क्षमा दिइन्छ, हामी अन्ततः परमेश्वरको राज्यको उत्तराधिकारी हुन सक्छौँ (यशैया १:१८; सिद्धान्त र करार ५८:४२ हेर्नुहोस्) ।

पश्चात्ताप भनेको व्यवहारलाई परिवर्तन गर्नु भन्दा बढी हो । यो पापबाट टाढा हुनु अनि स्वर्गका पिता र येशू ख्रीष्ट तर्फ फर्किनु हो । यसले हृदय र मस्तिष्कलाई परिवर्तन गर्ने तर्फ अगुवाइ गर्छ (हेर्नुहोस् मोसीयाह ५:२; अल्मा ५:१२-१४; हेलामान १५:७) । पश्चात्तापद्वारा, परमेश्वरसँग मिलाप भई हामी नयाँ व्यक्तिहरू बन्छौँ, ( २ कोरिन्थी ५:१७-१८; मोसीयाह २७:२५-२६हेर्नुहोस्) ।

पश्चात्ताप गर्ने अवसर उहाँका पुत्रको उपहारद्वारा स्वर्गका पिताले हामीलाई दिनुभएको सबैभन्दा महान् आशीर्वाद हो ।

३२.२.

चर्च सदस्यता प्रतिबन्धहरू वा खारेजीका उद्देश्यहरू

जब कुनै व्यक्तिले बप्तिस्मा लिन्छ, ऊ वा उनी “परमेश्वरको घर” (एफिसी २:१९) को अंश बन्छ । बप्तिस्माको करारमा ख्रीष्टका शिक्षा र आज्ञाहरूअनुसार जीवन बिताउने प्रयास गर्ने प्रतिज्ञा समावेश छ । जब कुनै पनि व्यक्तिले बप्तिस्माको करार पालना गर्दैन, ऊ वा उनले मजबुत बनाइन र क्षमा गरिनका लागि येशू ख्रीष्टको कृपामा निर्भर रहँदै उहाँमा आस्थाको अभ्यास र पश्चात्ताप गर्छ ।

यदि कुनै सदस्यले गम्भीर पाप गर्छ भने, बिशप वा किला अध्यक्षले उनलाई पश्चात्ताप गर्न सहयोग गर्छन् । यस प्रक्रियाको एक अंशका रूपमा, उनले केही समयका लागि चर्च सदस्यता विशेषाधिकारहरूमा प्रतिबन्ध लगाउनु आवश्यक हुन सक्छ । कतिपय अवस्थामा, उनले केही समयका लागि व्यक्तिको सदस्यता खारेज गर्न सक्छन् ।

कुनै व्यक्तिको सदस्यतामा प्रतिबन्ध लगाउनु वा खारेजी गर्नु भनेको सजाय दिने अभिप्राय राख्नु होइन । बरू, यी कार्यहरू कहिलेकाहीँ कुनै पनि व्यक्तिलाई पश्चात्ताप गर्न र हृदय परिवर्तनको अनुभव गर्नका लागि सहयोग गर्न आवश्यक हुन्छन् । उनीहरूले कुनै पनि व्यक्तिलाई उनका करारहरू पुन: नवीकरण गर्न र पालना गर्नका लागि आत्मिक रूपमा तयार हुन समय दिन्छन् ।

३२.५.-३२.१४मा उल्लिखित सदस्यता प्रतिबन्धहरू वा खारेजीलाई बिशप वा किला अध्यक्षले निरीक्षण गर्छन् । यी कार्यहरू पश्चात्तापका सर्तहरूसँग सम्बन्धित छन् । कुनै व्यक्तिले इमानदारीपूर्वक पश्चात्ताप गर्दा, उनले चर्च सदस्यताको विशेषाधिकारहरू पुनर्स्थापित गर्न सक्छन् ।

जब सदस्यताको प्रतिबन्धहरू वा खारेजी आवश्यक हुन्छ, बिशप वा किला अध्यक्षले पवित्र आत्माको निर्देशन र यस अध्यायमा दिइएका निर्देशनहरूलाई अनुशरण गर्छन् । उनले प्रेमको भावनामा कार्य गर्छन् (हेर्नुहोस् ३२.३) ।

चर्च सदस्यता प्रतिबन्धहरू उपदेशक हुन्, नागरिक वा आपराधिक होइनन् । तिनीहरूले व्यक्तिको सदस्यताको स्थितिलाई मात्र प्रभाव गर्छन् । (हेर्नुहोस् सिद्धान्त र करार १३४:१०।)

चर्च सदस्यता प्रतिबन्धहरू वा खारेजीका तीन उद्देश्यहरू निम्नानुसार छन् ।

३२.२.१.

अरूहरूको संरक्षण गर्न सहयोग गर्नु

पहिलो उद्देश्य अरूहरूको संरक्षण गर्न सहयोग गर्नु हो । कहिलेकाहीँ कुनै व्यक्तिलाई शारीरिक वा आध्यात्मिक जोखिम हुन्छ । हिँस्रक व्यवहारहरू, शारीरिक हानी, यौन दुर्व्यवहार, पदार्थको दुरुपयोग, ठगी र धर्मबिमुखाता जस्ता केही माध्यमहरू हुन् जुन उत्त्पन्न हुन सक्छ । प्रेरणाका सहित, एक विशप वा किला अध्यक्षले अरूहरूको संरक्षण गर्नका लागि कार्य गर्छन् जब कसैले यी र अन्य गम्भीर माध्यमहरूबाट जोखिम पैदा गर्छन् (हेर्नुहोस् अल्मा ५:५९-६०) ।

३२.२.२.

हरेक व्यक्तिलाई पश्चात्तापका माध्यमबाट येशू ख्रीष्टको उद्धार गर्ने शक्तिमा पहुँच राख्न सहयोग गर्नु

दोस्रो उद्देश्य कुनै व्यक्तिलाई पश्चात्तापद्वारा येशू ख्रीष्टको उद्धार गर्ने शक्तिमा पहुँच प्राप्त गर्न सहयोग गर्नु हो । यस प्रक्रियाद्वारा ऊ वा उनी पुन: शुद्ध र परमेश्वरका सबै आशीर्वादहरू प्राप्त गर्न योग्य बन्न सक्छन् ।

मुक्तिदाताले सिकाउनुभयो कि “एक चूर्ण हृदय र पछुताएको आत्मा” पापको क्षमापनका लागि उहाँमा आवश्यक बलिदान हो (३ नफी ९:२०) । यसमा पापहरू र तिनीहरूका परिणामहरूका लागि निष्कपट पछुतो समावेश छ (हेर्नुहोस् २ कोरिन्थी ७:९-१०) ।

जब कुनै पनि व्यक्तिले गम्भीर पाप गर्छ, सदस्यताको प्रतिबन्ध वा खारेजीले पश्चात्ताप गर्न, वास्तवमा नै पाप त्याग्न र पापका परिणामहरू बुझ्नका लागि आवश्यक चूर्ण हृदय र पछुताएको आत्मालाई प्रोत्षाहन गर्न सक्छ । यो समझले मानिसहरूलाई परमेश्वरसँगका आफ्ना करारहरूलाई अझै गहन रूपमा महत्त्व दिन र भविष्यमा ती करारहरू पालना गर्ने चाहनामा सहयोग गर्न सक्छ ।

३२.२.३.

चर्चको सत्यनिष्ठा संरक्षण गर्नु

तेस्रो उद्देश्य चर्चको सत्यनिष्ठाको संरक्षण गर्नु हो । हेर्नुहोस् अल्मा ३९:११यदि कुनै व्यक्तिको आचरणले उल्लेखनीय रूपमा चर्चलाई हानी पुर्‍याउँछ भने उहाँको चर्च सदस्यता प्रतिबन्धित वा खारेजी गर्नु आवश्यक हुन सक्छ । चर्चको सत्यनिष्ठा गम्भीर पापहरू लुकाएर वा न्यूनीकरण गरेर सुरक्षित हुँदैन - तर तिनीहरूलाई सम्बोधन गरेर हुन्छ ।

३२.३.

इस्राएलमा न्यायकर्ताहरूको भूमिका

छवि
बिशप मानिससँग वार्तालाप गर्दै

बिशपहरू र किला अध्यक्षहरूलाई इस्राएलमा न्यायकर्ता हुनका लागि बोलावट गरी नियुक्त गरिन्छ सिद्धान्त र करार १०७:७२-७४) । उनीहरूले चर्चका सदस्यहरूलाई पश्चात्तापका लागि सहयोग गर्न परमप्रभुको प्रतिनिधित्व गर्दै पादरित्वका साँचाहरू धारण गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार १३:१; १०७:१६–१८) ।

प्रायश: बिशपहरू र किला अध्यक्षहरूले व्यक्तिगत सल्लाहद्वारा पश्चात्ताप गर्न सहयोग गर्छन् । यो सहयोगले केही समयका लागि अनौपचारिक रूपमा चर्च सदस्यताका केही विशेषाधिकारहरूलाई प्रतिबन्ध लगाउने विषयलाई समावेश गर्न सक्छ । (हेर्नुहोस् ३२:८।)

किनकि केही गम्भीर पापहरूका लागि, अगुवाहरूले सदस्यता परिषद् राखेर पश्चात्ताप गर्न सहयोग गर्छन् (हेर्नुहोस् ३२.६३२.९–३२.१४)। यो सहयोगले औपचारिक रूपमा चर्च सदस्यताका केही विशेषाधिकारहरू प्रतिबन्धित गर्ने वा केही समयका लागि व्यक्तिको सदस्यता खारेजी गर्ने विषयलाई समावेश गर्न सक्छ (हेर्नुहोस् ३२.११.३३२.११.४)।

बिशपहरू र किला अध्यक्षहरूले चर्चका सदस्यहरूलाई परमेश्वरले आफ्ना सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ भनेर बुझ्न सहयोग गर्छन् । किनकि उहाँ तिनीहरू अथाह रूपमा खुसी भएको र आशीर्वादहरू प्राप्त गरेको चाहनुहुन्छ, तिनीहरूको आज्ञाकारिता र पश्चात्तापको सम्बन्धमा पनि उहाँ धेरै चिन्तनशील हुनुहुन्छ ।

सदस्यहरूलाई पश्चात्ताप गर्न सहयोग गर्दा बिशपहरू र किला अध्यक्षहरू हेरचाह गर्ने र माया गर्ने हुन्छन् । व्यभिचारमा समातिएकी महिलासँग मुक्तिदाताको अन्तरक्रिया एक निर्देशिका हो (हेर्नुहोस् यूहन्ना ८:३-११)। उहाँले तिनका पापहरू क्षमा दिनुभएको नभन्नुभए तापनि, उहाँले तिनलाई दोषी ठहराउनुभएन । त्यसको बदलामा, उहाँले उनलाई “अब पाप नगर्न”—पश्चात्ताप गर्न र आफ्नो जीवन परिवर्तन गर्न भन्नुभयो ।

यी अगुवाहरूले सिकाउँछन् कि “पश्चात्ताप गर्ने एक जना पापीका लागि स्वर्गमा… प्रसन्नता छ “ लूका १५:७)। उनीहरू धैर्यवान, सहयोगी र सकारात्मक हुन्छन् । उनीहरूले आशा जगाउँछन् । उनीहरूले सिकाउँछन् र प्रमाणित गर्दछन् कि मुक्तिदाताको प्रायश्चितको बलिदानका कारण सबैले पश्चात्ताप गर्न र शुद्ध हुन सक्छन् ।

प्रत्येक व्यक्तिलाई पश्चात्ताप गर्न कसरी सहयोग गर्ने भनेर बुझ्नका लागि किला अध्यक्षहरूले आत्माबाट मार्गनिर्देशन खोज्छन् । अति नै गम्भीर पापहरूका लागि मात्रै चर्चसँग यसका अगुवाहरूले के-कस्ता कार्यहरू अवलम्वन गर्ने भन्ने मापदण्ड छ (हेर्नुहोस् ३२.६३२.११ )। कुनै पनि दुई अवस्थाहरू समान हुँदैन । अगुवाहरूले दिने सल्लाह र उनीहरूले सहजीकरण गर्ने पश्चात्तापको प्रक्रिया प्रेरित हुनु पर्छ र प्रत्येक व्यक्तिका लागि फरक हुन सक्छ ।

परमप्रभुहरेक व्यक्तिका परिस्थितिहरू, क्षमता र आत्मिक परिपक्वता बुझ्नुहुन्छ । पवित्र आत्माले अगुवाहरूलाई सदस्यहरूलाई आवश्यक परिवर्तनहरू गर्न कसरी सहयोग गर्ने भनेर बुझ्न सहयोग गर्ने छ ताकि उनीहरू चङ्गाइ प्राप्त गर्न र पाप दोहोर्‍याउने प्रलोभनको प्रतिरोध गर्न सक्षम हुन्छन् ।

कसैलाई पश्चात्ताप गर्न, परमेश्वरमा फर्कन र येशू ख्रीष्टको प्रायश्चितद्वारा चङ्गाइ प्राप्त गर्न सहयोग गर्नु कुनै पनि व्यक्तिले प्राप्त गर्न सक्ने सबैभन्दा रमाइलो अनुभवहरू मध्येको एक हो ।

परमप्रभुले हामीलाई सम्झन भन्नुभएको छ कि परमेश्वरको दृष्टिमा आत्माहरूको मूल्य महान् छ,

उहाँले शरीरमा मृत्यु भोग्नुभयो र उहाँले उहाँले सबै मानिसहरूको पीडा सहनुभयो ताकि सबै मानिसहरूले पश्चात्ताप गर्न सक्छन् र उहाँकहाँ आउन सक्छन् ।

उहाँ मृत्युबाट पुन: उठ्नु भएको छ ताकि उहाँले सबै मानिसहरूलाई पश्चात्तापका सर्तहरूमा उहाँकहाँ ल्याउन सक्नुहुन्छ ।

अनि पश्चात्ताप गर्ने आत्मामा त्यसको आनन्द कति महान् हुन्छ! (हेर्नुहोस् सिद्धान्त र करार १८:१०-१३)।

३२.४

स्वीकार गर्ने, गोपनीयता र प्रशासन गर्ने अधिकारीहरूलाई प्रतिवेदन दिने

३२.४.१.

स्वीकार गर्ने

पश्चात्तापका लागि स्वर्गका पितासामु पापहरू स्वीकार गर्नु आवश्यक छ । येशू ख्रीष्टले भन्नुभयोकि हामीहरूले बुझ्न सक्छौ कि एक व्यक्तिले आफ्ना पापहरूको पश्चात्ताप त्यतिबेला गर्छ जब उसले तिनीहरूलाई स्वीकार गर्ने छ र त्याग्ने छ (हेर्नुहोस्सिद्धान्त र करार ५८:४३; यो पनि हेर्नुहोस् मोसियाह २६: २९)।

जब चर्चका सदस्यहरूले गम्भीर पापहरू गर्छन्, उनीहरूको पश्चात्तापमा उनीहरूका बिशप वा किला अध्यक्षसँग स्वीकार गर्ने विषयलाई पनि समावेश गर्छ । त्यसपछि उनी तिनीहरूका तर्फबाट पश्चात्तापको सुसमाचारका साँचाहरूको अभ्यास गर्न सक्षम हुन्छन् (हेर्नुहोस् सिद्धान्त र करार १३:१; ८४:२६–२७; १०७:१८, २०)। यसले उनीहरूलाई मुक्तिदाताको प्रायश्चितको शक्तिद्वारा चङ्गाइ प्राप्त गर्न र सुसमाचारको मार्गमा फर्कन सहयोग गर्छ ।

स्वीकार गर्नुको उद्देश्य सदस्यहरूलाई तिनीहरूका बोझ हटाउन प्रोत्साहित गर्नु हो ताकि उनीहरूले परिवर्तन र चङ्गाइमा परमप्रभुको सहयोग पूर्ण रूपमा आत्मसात गर्न सक्छन् । स्वीकार गर्नाले “चूर्ण हृदय र पछुताएको आत्मा”को विकासमा सहयोग गर्छ (२–नफी २:७)। स्वैच्छिक स्वीकारले कुनै व्यक्तिले पश्चात्ताप गर्न चाहन्छन् भनेर देखाउँछ ।

जब कुनै सदस्यले स्वीकार गर्दछन्, बिशप वा किला अध्यक्षले ३२.८मा दिइएका दिशानिर्देशहरू अनुशरण गर्छन् । उनले प्रार्थनापूर्वक पश्चात्ताप गर्न सदस्यलाई सहयोग गर्नका लागि उपयुक्त व्यवस्थाका सम्बन्धमा मार्गदर्शनको खोजी गर्छन् (हेर्नुहोस् ३२.५)। उनले सदस्यता परिषद् उपयोगी हुन्छ कि भनेर विचार गर्छन् । यदि चर्च नीति अनुसार सदस्यता परिषद् आवश्यक छ भने, उनले यसको व्याख्या गर्छन् (हेर्नुहोस् ३२.६३२.१०)।

यदाकदा कुनै सदस्यले जीवनसाथी वा अर्को वयस्कलाई अन्याय गरेका हुन्छन् । पश्चात्तापको अंशका रूपमा, ऊ वा उनले सामान्यतया त्यो व्यक्तिसामु स्वीकार गर्नु पर्दछ र क्षमापन क्षमा खोज्नु पर्छ । गम्भीर पाप गर्ने युवालाई सामान्यतया आफ्ना मातापिताहरू सँग सल्लाह लिन प्रोत्साहन गरिन्छ ।

३२.४.२

गम्भीर पापहरू जुन स्वीकार गरिएका छैनन् वा अस्वीकार गरिएका छन्

बिशप वा किला अध्यक्षले सामान्यतया स्वीकार गर्दा वा अर्को व्यक्तिद्वारा गम्भीर पापका सम्बन्धमा जानकारी प्राप्त गर्छन् । उनले पवित्र आत्माद्वारा सम्भावित गम्भीर पापका सम्बन्धमा प्रोत्साहनहरू पनि प्राप्त गर्न सक्छन् । यदि उनले कुनै व्यक्ति पापसँग सङ्घर्ष गरिरहेका छन् भनेर आत्माद्वारा प्रेरणा प्राप्त गरे भने उनले अन्तर्वार्ताको समय निर्धारण गर्न सक्छन् । अन्तर्वार्ताका क्रममा, उनले दयालु, सम्मानजनक तरिकामा आफ्ना सरोकारहरू बाँढ्छन् । उनी आरोपप्रत्यारोपबाट टाढा रहन्छन् ।

यदि कुनै सदस्यले गम्भीर पाप गरेको अस्वीकार गरेमा जसका सम्बन्धमा बिशप वा किला अध्यक्ष जानकार छन् भने पनि सदस्यता परिषद आयोजना गर्न सकिन्छ । यद्यपि, परिषद्का लागि आध्यात्मिक प्रभाव मात्रै पर्याप्त छैन (हेर्नुहोस् सिद्धान्त र करार १०:३७) । आवश्यक भएमा अगुवाले थप जानकारी सङ्कलन गर्न सक्छन् । उनले ३२.४.३३२.१०.२मा उल्लेखित दिशानिर्देशहरू पालना गर्दछन् ।

३२.४.३

जानकारी सङ्कलन गर्ने

सदस्यता परिषद् आयोजना गरिनु अगाडि, बिशप वा किला अध्यक्षले आफूलाई जति सक्दो आवश्यक पर्ने जानकारी सङ्कलन गर्छन् । सदस्यको स्वीकारबाट प्राप्त जानकारी प्रायश: पर्याप्त हुन्छ । जानकारी परिवारका सदस्य, चर्चका अर्का अगुवा, पीडित, वा पापमा सहभागी भएकाबाट पनि आउन सक्छ ।

जानकारी सङ्कलन गर्दा, बिशप वा किला अध्यक्षले पादरित्व अगुवाका लागि उपयुक्त तरिकाहरू मात्र प्रयोग गर्नु पर्छ । उनले कुनै व्यक्तिको घरमा निगरानी राख्नु हुँदैन वा उनको सहमति बिना उनको अभिलेख गर्नु हुँदैन । न त उनले कानुन विरुद्ध हुने कुनै पनि अभ्यासहरू प्रयोग गर्न नै हुन्छ ।

मिथ्या आरोपहरू दुर्लभ छन् तर उत्पन्न हुन सक्छन् । कुनै व्यक्तिका शब्द बाहेक सीमित जानकारी हुँदा पादरित्व अगुवाहरू सतर्क हुनु पर्छ । उदाहरणका लागि, व्यभिचारको आरोप लागेका सदस्यले आरोप अस्वीकार गर्न सक्छ । धर्मशास्त्रले व्याख्या गर्छ कि हरेक शब्द चर्चका दुई साक्षीहरूद्वारा ऊ वा उनका विरुद्धमा स्थापित हुने छन् (हेर्नुहोस्सिद्धान्त र करार ४२:८०) । दुई साक्षीहरू भन्नाले जानकारीका दुई अलग-अलग स्रोतहरू भन्ने बुझिन्छ । यसमा सहभागीको ज्ञान र केही अन्य विश्वसनीय स्रोत समावेश हुन सक्छन् । कहिलेकाहीँ पादरित्व अगुवाले थप जानकारी उपलब्ध नभएसम्म कार्य गर्न पर्खनु पर्ने हुन सक्छ ।

जब चर्च अगुवाले सदस्यता परिषदका लागि जानकारी सङ्कलन गर्छन्, कानुन कार्यान्वय सक्रिय रूपमा सदस्यको छानबिन गरिरहेको छ भनेर यदि उनले जानकारी प्राप्त गरे भने उनले तत्कालै रोक्नु पर्छ । अगुवाले न्यायमा व्यवधान पुर्‍याएका हुन सक्छन् भनेर गरिने सम्भावित दाबीबाट बच्न यसो गरिएको हो । संयुक्त राज्य अमेरिका र क्यानाडामा यी परिस्थितिहरूका सम्बन्धमा कानुनी सल्लाहका लागि, किला अध्यक्षले चर्चको साधारण परिषदको कार्यालयलाई सम्पर्क गर्छन्:

१-८००-४५३-३८६०, एक्स्टेनशन २-६३०१

१-८०१-२४०-६३०१

संयुक्त राज्य अमेरिका र क्यानडा बाहिर, किला अध्यक्षले क्षेत्रीय कार्यालयमा क्षेत्रीय कानूनी सल्लाहकारलाई सम्पर्क गर्छन् ।

नागरिक वा फौजदारी मुद्दामा आचरण बुझ्न गरिँदै गरिएको अदालतको छानविन अन्तिम फैसलामा नपुग्दासम्म सोही आचरण विचार गर्न सामान्यतया सदस्यता परिषद्को आयोजना गरिँदैन । केही अवस्थामा कानुनी अपीलको अवधि समाप्त नभएसम्म वा पुनरावेदन खारेज नभएसम्म सदस्यता परिषद्लाई ढिलाइ गर्नु पनि उपयुक्त हुन सक्छ ।

३२.४.४

गोपनीयता

बिशपहरू, किला अध्यक्षहरू र उनीहरूका सल्लाहकारहरूसँग उनीहरूसामु व्यक्त गरिएका सबै गोप्य जानकारीहरू सुरक्षित गर्ने पवित्र दायित्व हुन्छ । यो जानकारी अन्तर्वार्ता, परामर्श र स्वीकार गर्दा आउन सक्छ । सदस्यता परिषदहरूमा सहभागी हुने सबैमा गोपनीयताको समान दायित्व लागू हुन्छ । गोपनीयता आवश्यक छ किनभने उनीहरूले व्यक्त गरेका विषयहरू गोप्य रखिएनन् भने सदस्यहरूले पापहरू स्वीकार गर्न वा निर्देशन प्राप्त गर्न सक्दैनन् । गोपनीयता भङ्ग गर्नाले सदस्यहरूको विश्वासलाई धोका दिन्छ र उनीहरूमा आफ्ना अगुवाहरूमाथिको विश्वास गुमाउने कारण बन्छ ।

गोपनीयताको आफ्नो कर्तव्यलाई मध्यनजर गर्दै, बिशप, किला अध्यक्ष, वा उनीहरूका सल्लाहकारहरूले निम्न जानकारी मात्रै बाँढ्न सक्छन्:

  • सदस्यता परिषद् आयोजना गर्ने वा सम्बन्धित विषयहरूका सम्बन्धमा उनीहरूले सदस्यका किला अध्यक्ष, सुसमाचार प्रचार क्षेत्राध्यक्ष वा बिशपसँग विचार-विमर्श गर्नु पर्छ । किला अध्यक्षले तोकिएका आफ्ना क्षेत्रीय सत्तरीसँग पनि विचार-विमर्श गर्न सक्छन् । यदि आवश्यक भएमा, क्षेत्रीय सत्तरीले किला अध्यक्षलाई क्षेत्रीय अध्यक्षमा पठाउँछन् । परिषद् आयोजना गरिने वा त्यसको नतिजा के हुन्छ भन्ने निर्णय किला अध्यक्षले मात्रै गर्छन् ।

  • सदस्यताका कार्य वा अन्य गम्भीर सरोकारहरू विचाराधीन हुँदा व्यक्ति नयाँ वार्डमा सर्दछन् (वा पादरित्व अगुवालाई पदमुक्त गरिन्छ) । यी अवस्थाहरूमा, अगुवाले नयाँ बिशप वा किला अध्यक्षलाई सरोकारका विषयहरू वा विचाराधीन कार्यका सम्बन्धमा सूचित गर्छन् (हेर्नुहोस् ३२.१४.७) । यदि सदस्यले अरूहरूका लागि खतरा उत्पन्न गर्ने अवस्था रहेमा उनले अगुवालाई पनि जानकारी दिन्छन् ।

  • कुनै विशप वा किला अध्यक्षले वार्ड वा किला बाहिर बस्ने चर्च सदस्य गम्भीर पापमा संलग्न भएका हुन सक्छ भनेर जानकारी प्राप्त गर्छन् । त्यस अवस्थामा, उनले गोप्य रूपमा सदस्यको बिशपलाई सम्पर्क गर्छन् ।

  • सदस्यता परिषदको समयमा जानकारी प्रस्तुत गर्न आवश्यक हुन्छ । सदस्यता परिषद्को अंशका रूपमा एकत्रित गरिएका र बाँढिएका सबै जानकारी गोप्य हुन्छन् ।

  • विशिष्ट व्यक्तिहरूसँग जानकारी बाँढ्न कुनै सदस्यले अगुवालाई अनुमति दिन छनोट गर्छन् । यसमा मातापिता, चर्चका अगुवाहरू वा सहयोग प्रदान गर्न सक्ने अरूहरू समावेश हुन सक्छन् । अगुवाले सदस्यले दिएको अनुमति भन्दा बाहिरका जानकारी बाँढ्दैनन् ।

  • सदस्यता परिषदको निर्णयका सम्बन्धमा सीमित जानकारी बाँढ्नु पर्ने आवश्यकता हुन सक्छ (हेर्नुहोस् ३२.१२.२)।

अन्य सबै परिस्थितिहरूमा, अगुवाले ३२.४.५लाई सन्दर्भ गर्नु पर्छ । यी विषयहरू समावेश हुन्छन् जब कानुनले बाल दुर्व्यवहार जस्ता अपराध सरकारी अधिकारीहरूलाई सूचना गर्नु आवश्यक हुन सक्छ ।

अरूहरूलाई संरक्षण गर्नु र कानुनको पालना गर्नका लागि अगुवाहरूलाई सहयोग गर्न, चर्चले प्रशिक्षित व्यवसायीहरूबाट सहयोग प्रदान गर्छ । यो निर्देशन प्राप्त गर्न, अगुवाहरूले तत्कालै चर्चको दुर्व्यवाहर हेल्प लाइनमा सम्पर्क गर्छन् जहाँ यो उपलब्ध छ (हेर्नुहोस् ३२.४.५३८.६.२.१)। जहाँ यो उपलब्ध छैन, किला अध्यक्षले क्षेत्रीय कार्यालयमा क्षेत्रीय कानुनी सल्लाहकारलाई सम्पर्क गर्छन् ।

केवल एउटै अवस्थामा बिशप वा किला अध्यक्षले यस्तो निर्देशन प्राप्त नगरीकन गोप्य जानकारी रहस्योद्घाटन गर्नु पर्छ । त्यस समयमा जीवनलाई जोखिममा पार्ने हानि वा गम्भीर चोटपटक रोक्नका लागि रहस्योद्घाटन आवश्यक हुन्छ र मार्गदर्शन प्राप्त गर्न समय हुँदैन । यस्ता अवस्थाहरूमा, गोपनीयताको कर्तव्य भन्दा अरूहरूको संरक्षणको कर्तव्य बढी महत्त्वपूर्ण हुन्छ । अगुवाहरूले तत्कालै नागरिक निकायहरूलाई सम्पर्क गर्नु पर्छ ।

यदि अगुवाहरूले टिप्पणीहरू राख्छन् वा इलेक्ट्रोनिक रूपमा एक-अर्कासँग सञ्चार गर्छन् भने, उनीहरूले यस जानकारीको पहुँचलाई सुरक्षणसंरक्षण गर्छन् । उनीहरूलाई आवश्यक नरहेमा उनीहरूले जानकारीलाई मेटाउने वा नष्ट पनि गर्छन् । अनावश्यक रूपमा उनीहरूले व्यक्तिगत जानकारी बाँढ्दैनन् ।

नागरिक अधिकारीहरूले पादरित्व अगुवाबाट आवश्यक गोपनीयतालाई चुनौती दिन सक्दछन् । यदि संयुक्त राज्य अमेरिका र क्यानाडामा यस्तो हुन्छ भने, किला अध्यक्षले चर्चको साधारण परिषद्को कार्यालयबाट कानुनी सल्लाह खोज्छन्:

१-८००-४५३-३८६०, एक्स्टेनशन २-६३०१

१-८०१-२४०-६३०१

संयुक्त राज्य अमेरिका र क्यानडा बाहिर, किला अध्यक्षले क्षेत्रीय कार्यालयमा क्षेत्रीय कानुनी सल्लाहकारलाई सम्पर्क गर्छन् ।

३२.४.५.

प्रशासन गर्ने अधिकारीहरूलाई प्रतिवेदन दिने

पश्चात्ताप गरिरहेका केही व्यक्तिहरूले नागरिक वा आपराधिक कानुन तोडेका हुन्छन् । कतिपय अवस्थामा सरकारी निकायहरूलाई यसबारे जानकारी हुँदैन । बिशप र किला अध्यक्षहरूले सदस्यहरूलाई कानुनको पालना गर्न र आवश्यक पर्दा त्यस्ता विषयहरूलाई जानकारी गराउन प्रोत्साहन गर्छन् । सदस्यहरूलाई प्रतिवेदन दिँदा अगुवाहरूले पर्याप्त कानुनी सल्लाह प्राप्त गर्न सल्लाह दिन्छन् । चर्चको नीति भनेको कानुनको पालना गर्नु हो ।

धेरै जसो स्थानहरूमा, आफू जानकार भएका केही गैरकानुनी व्यवहारहरूको विवरण प्रदान गर्न कानुनद्वारा पादरित्व अगुवाहरूसँग अपेक्षा गरिन्छ । उदाहरणका लागि, कुनै कुनै राज्य र देशहरूमा बाल दुर्व्यवहारलाई कानुन कार्यान्वयन अधिकारीहरूलाई अभिलेख गराउनु आवश्यक छ ।

कुनै कुनै देशहरूमा, बिशप र किला अध्यक्षहरूलाई सहयोग गर्न चर्चले एक गोप्य दुर्व्यवहार हेल्प लाइन स्थापना गरेको छ । यी अगुवाहरूले प्रत्येक अवस्थाका सम्बन्धमा तत्कालै हेल्प लाइनमा सम्पर्क गर्नु पर्छ, जहाँ कुनै पनि व्यक्तिलाई दुर्व्यवहार गरिएको हुन सक्छ—वा दुर्व्यवहारको जोखिममा भएको हुन सक्छ (हेर्नुहोस् ३८.६.२.१) । यो दिनको २४ घण्टा, हप्ताको ७ दिन उपलब्ध छ ।

हेल्प लाइन नभएका देशहरूमा, दुर्व्यवहारका सम्बन्धमा जानकारी प्राप्त गरेका बिशपले आफ्ना किला अध्यक्षलाई सम्पर्क गर्नु पर्छ जसले क्षेत्रीय कार्यालयमा क्षेत्रीय कानुनी सल्लाहकारबाट मार्गदर्शन लिनु पर्छ ।

दुर्व्यवहार प्रतिवेदन गर्ने सम्बन्धमा थप जानकारीका लागि, ३८.६.२.१३८.६.२.७हेर्नुहोस् ।


कुनै व्यक्तिलाई पश्चात्ताप गर्नका लागि सहयोग गर्न आयोजित परिषद्को निर्धारण गर्दै


३२.५

कुनै व्यक्तिलाई पश्चात्ताप गर्नका लागि सहयोग गर्न आयोजित परिषद्

कुनै सदस्यले गम्भीर पाप गरेको जानकारी प्राप्त गरेपछि, बिशप वा किला अध्यक्षले अरूहरूलाई संरक्षण गर्न कदम चाल्छन् । उनले व्यक्तिलाई पश्चात्ताप गर्न र मुक्तिदाताको नजिक जानका लागि सहयोग गर्न आयोजित परिषद् निर्धारण गर्नमा पवित्र आत्माको निर्देशन पनि खोज्छन् ।

३२.५.१.

सहयोगी परिषद्हरूको सिँहावलोकन

निम्न तालिकाले व्यक्तिलाई पश्चात्ताप गर्न सहयोग गर्न तीनवटा सहयोगी परिषद्हरू सूचीबद्ध गर्छ । यसले अगुवाहरूलाई कुन सहयोगी परिषद् प्रयोग गर्ने भन्ने निर्णय गर्न केही विचारहरू पनि संक्षेपीकरण गर्छ ।

कुनै व्यक्तिलाई पश्चात्ताप गर्नका लागि सहयोग गर्न सहयोगी परिषद्

सहयोगी परिषद्

केही विचारहरू (पनि हेर्नुहोस् ३२.७)

सहयोगी परिषद्

किला सदस्यता परिषद्

केही विचारहरू (पनि हेर्नुहोस् ३२.७)

  • मन्दिर अभिदान प्राप्त गरेका सदस्यहरूका लागि ।

  • यदि कुनै पुरुष वा महिलालाई अभिदान गरिएको छ भने उहाँको चर्चको सदस्यता ३२.६.१; ३२.६.२; वा ३२.६.३मा उल्लेख गरिएका कुनै पनि गम्भीर पाप वा कार्यहरूका लागि खारेजी गरिनु आवश्यक छ ।

सहयोगी परिषद्

वार्ड सदस्यता परिषद्हरू

केही विचारहरू (पनि हेर्नुहोस् ३२.७)

  • कुनै पनि सदस्यका लागि ।

  • ३२.६.१मा उल्लेख गरिएका गम्भीर पापहरूका लागि आवश्यक छ ।

  • ३२.६.२३२.६.३मा उल्लेख गरिएका गम्भीर पापहरू र कार्यहरूका लागि आवश्यक हुन सक्छ ।

  • यदि कुनै पुरुष वा महिलालाई अभिदान गरिएको छ भने उनको चर्चको सदस्यता ३२.६.१; ३२.६.२; वा ३२.६.३मा उल्लेख गरिएका कुनै पनि गम्भीर पाप वा कार्यहरूका लागि खारेजी गरिने छ भने अपर्याप्त छ ।

सहयोगी परिषद्

व्यक्तिगत परामर्श (हेर्नुहोस् ३२.८)

केही विचारहरू (पनि हेर्नुहोस् ३२.७)

  • कुनै पनि सदस्यका लागि ।

  • अनौपचारिक चर्च सदस्यता प्रतिबन्धहरू समावेश हुन ।

  • गम्भीर पाप वा कार्यहरूका लागि अपर्याप्त हुन सक्छ जसका लागि पश्चात्ताप प्रक्रियामा सदस्यता परिषद् सहयोगी हुन सक्छ (हेर्नुहोस् ३२.६.२३२.६.३)।

  • गम्भीर पापहरूका लागि अपर्याप्त छ जसलाई सदस्यता परिषद् आवश्यक पर्छ (हेर्नुहोस् ३२.६.१) ।

  • यदि ३२.६.१; ३२.६.२; ३२.६.३मा उल्लेख गरिएका कुनै पनि गम्भीर पाप वा कार्यहरूका लागि अभिदान गरिएका कुनै पनि पुरुष वा महिलाको चर्च सदस्यता खारेजी गरिएको छ भने अपर्याप्त छ ।

व्यक्तिगत परामर्श र बिशप वा किला अध्यक्षद्वारा अनौपचारिक प्रतिबन्धहरू कहिलेकाहीँ व्यक्तिलाई गम्भीर पापहरूको पश्चात्तापमा सहयोग गर्न पर्याप्त हुँदैनन् । यी परिस्थितिहरूमा इस्राएलमा न्यायाकर्तालाई सहयोग गर्न परमप्रभुले सदस्यता परिषदहरू प्रदान गर्नुभएको छ । (हेर्नुहोस् प्रस्थान १८:१२–२७; मोसीयाह २६:२९-३६; सिद्धान्त र करार ४२:८०–८३; १०२।) केही गम्भीर पापहरूका लागि, चर्च नीतिद्वारा परिषद् आवश्यक छ (हेर्नुहोस् ३२.६.१) । मन्दिरका करारहरू उल्लङ्घन गर्नाले सदस्यता परिषद् आवश्यक हुने सम्भावना बढ्छ (हेर्नुहोस् ३२.७.४) ।

वार्डमा, बिशपका सल्लाहकारहरूले सदस्यता परिषद्हरूमा सहयोग गर्छन् । किलामा, किला अध्यक्षका सल्लाहकारहरूले सहयोग गर्छन् । केही किला सदस्यता परिषद्हरूमा, उच्च परिषद् पनि सहभागी हुन्छन् (हेर्नुहोस् ३२.९.२) । सदस्यता परिषद्मा, बिशप्रिक वा किला अध्यक्षताले प्रेमको भावनामा व्यक्तिसँग भेट्छन् ।

३२.५.२.

आयोजित परिषद् र समयको निर्धारण गर्दै

यी मध्ये आयोजित कुन परिषद्ले एक व्यक्तिलाई पश्चात्ताप गर्न सहयोग गर्छ भन्ने निर्णय गर्दा, अगुवाहरूले पवित्र आत्माको निर्देशन खोज्छन् । उनीहरूले निम्न कारकहरूलाई पनि मनन गर्दछन्:

  • परिषद् आवश्यक छ कि छैन भन्ने सम्बन्धमा पापको गम्भीरता र चर्चको नीति (हेर्नुहोस् ३२.६)

  • व्यक्तिका परिस्थितिहरू (हेर्नुहोस् ३२.७)

बिशपले विशेष परिस्थितिहरूमा किला अध्यक्षसँग सल्लाह गर्छन् । सदस्यता परिषद् आयोजना गर्नु अगाडि उनले किला अध्यक्षबाट स्वीकृति प्राप्त गर्नु पर्छ ।

कठीन विषयहरूमा, किला अध्यक्षले तोकिएका आफ्ना क्षेत्रीय सत्तरीबाट सल्लाह प्राप्त गर्न सक्छन् । किला अध्यक्षले क्षेत्रीय अध्यक्षतासँग ३२.६.३मा उल्लिखित विषयहरूमा परामर्श गर्नु पर्छ । यद्यपि, आचरणलाई सम्बोधन गर्न परिषद् आयोजना गर्नुपर्ने हो वा होइन भन्ने निर्णय किला अध्यक्षले मात्रै गर्छन् । यदि परिषद् आयोजना गरिएको छ भने, किला अध्यक्ष वा बिशपले नतिजाको निर्णय गर्छन् ।

यदि विशप वा किला अध्यक्षले व्यक्तिगत परामर्श पर्याप्त छ भनेर निर्धारण गर्छन् भने, उनले ३२.८का दिशानिर्देशहरू अनुशरण गर्छन् । सदस्यता परिषद् आवश्यक छ भनेर यदि उनले निर्धारण गर्छन् वा यदि चर्च नीतिलाई परिषद्को आवश्यकता पर्छ भने, यसलाई सञ्चालन गर्ने व्यक्तिले ३२.९–३२.१४का प्रक्रियाहरू पालना गर्छन् ।

परिषद् आयोजना गर्नु अगाडि, बिशप वा किला अध्यक्षले अनौपचारिक सदस्यता प्रतिबन्धहरू केही समयका लागि उत्तम हुनेछ भनेर निर्धारण गर्न सक्छन् । जब यसले सदस्यको निष्कपट पश्चात्तापलाई प्रोत्साहन गर्दछ उनले परिषद् आयोजना गर्दछन् । यद्यपि, अरूहरूलाई संरक्षण गर्नुपर्ने आवश्यक भएमा उनले परिषद्लाई ढिला गर्नु हुँदैन ।

३२.६

पापको गम्भीरता र चर्चको नीति

(१) अरूहरूलाई संरक्षण गर्न र (२) व्यक्तिलाई पश्चात्तापमा सहयोग गर्न पापको गम्भीरता निर्धारण गर्न सहयोगी परिषद् एक महत्त्वपूर्ण विचार हो । परमप्रभुले भन्नुभएको छ कि उहाँले “पापलाई थोरै मात्राको स्वीकृतिले पनि हेर्न सक्नुहुन्न” (सिद्धान्त र करार १:३१; पनि हेर्नुहोस् मोसीयाह २६:२९) । उहाँका सेवकहरूले गम्भीर पापको प्रमाणलाई बेवास्ता गर्नु हुँदैन ।

गम्भीर पापहरू परमेश्वरको नियमहरू विरुद्ध उद्देश्यपूर्ण तरिकाले गरिएका र ठूला अपराध हुन् । गम्भीर पापहरूका श्रेणीहरू निम्नानुसार सूचीबद्ध छन् ।

  • हिंसात्मक कार्यहरू र दुर्व्यवहार (हेर्नुहोस् ३२.६.१.१३२.६.२.१)

  • यौन अनैतिकता (हेर्नुहोस् ३२.६.१.२३२.६.२.२)

  • ठगी कार्यहरू (हेर्नुहोस् ३२.६.१.३३२.६.२.३)

  • विश्वासको उल्लङ्घनहरू (हेर्नुहोस् ३२.६.१.४३२.६.२.४)

  • अन्य केही कार्यहरू (हेर्नुहोस् ३२.६.१.५३२.६.२.५)

निम्न खण्डहरूले सदस्यता परिषद् कहिले अत्यावश्यक छ, कहिले आवश्यक हुन सक्छ र कहिले आवश्यक पर्दैन भनेर वर्णन गर्छन् ।

३२.६.१.

जब एक सदस्यता परिषद आवश्यक पर्छ

कुनै सदस्यले यस खण्डमा वर्णन गरिएका कुनै पनि पाप गरेका हुन सक्छन् भन्ने जानकारीले सङ्केत गरेमा सदस्यता परिषद्को अत्यावश्यकता पर्छ, विशप वा किला अध्यक्षले सदस्यता परिषद्को आयोजना गर्नु पर्छ । सदस्यको आध्यात्मिक परिपक्वता र सुसमाचार बुझाइको स्तरलाई ध्यान नदिइकन यी पापहरूका लागि परिषद् आवश्यक हुन्छ ।

यस खण्डमा सूचीवद्ध पापहरूका लागि बोलाइएका परिषद्हरूका सम्भावित परिणामहरूका लागि ३२.११ हेर्नुहोस् । अनौपचारिक सदस्यता प्रतिबन्धहरू यी परिषद्हरूका लागि विकल्प होइनन् ।

३२.६.१.१

हिंसात्मक कार्यहरू र दुर्व्यवहार

हत्या । यदि कुनै सदस्यले कसैको हत्या गर्छन् भने सदस्यता परिषद् आवश्यक हुन्छ । यहाँ प्रयोग गरिए जस्तै, हत्या भनेको सोचविचार गरेर, अनुचित रूपमा मानव जीवन लिनु हो । व्यक्तिको चर्च सदस्यता खारेज गर्नु आवश्यक छ ।

हत्याले कर्तव्य निर्वाहमा पुलिस वा सैन्य कार्यहरूलाई समावेश गर्दैन । यस सन्दर्भमा गर्भपतनलाई हत्याका रूपमा परिभाषित गरिएको छैन । यदि मृत्यु दुर्घटना वा आफ्नो वा अरूहरूको संरक्षणका कारणले भएको हो भने, मानव जीवन लिनुलाई हत्याका रूपमा परिभाषित गर्न सकिँदैन । यो अन्य परिस्थितिहरूमा पनि सत्य हुन सक्छ, जस्तै जब व्यक्तिको मानसिक क्षमता सीमित छ ।

बलात्कार बलात्कारका लागि सदस्यता परिषद् आवश्यक हुन्छ । यहाँ प्रयोग गरिएअनुसार, बलात्कार भनेको जबरजस्ती यौनसम्पर्क वा मानसिक वा शारीरिक क्षमता घटेका कारण कानुनी रूपमा सहमति दिन नसक्ने व्यक्तिसँग यौनसम्पर्क गर्नु हो । यहाँ प्रयोग गरिएअनुसार, बलात्कारले उमेरमा नजिक भएका दुई नाबालिगहरू बीचको सहमतिमा भएको यौन सम्बन्धलाई समावेश गर्दैन ।

यौन दुर्व्यवहारको आरोप । यदि कुनै सदस्य यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएमा सदस्यता परिषद् आवश्यक हुन्छ ।

बाल वा युवा दुर्व्यवहार । ३८.६.२.३मा व्याख्या गरिए अनुसार कुनै व्यक्तिले बालबालिका वा युवालाई दुर्व्यवहार गर्छ भने सदस्यता परिषद् आवश्यक हुन्छ ।

जीवनसाथी या अन्य वयस्कका साथ दुर्व्यवहार । दुर्व्यवहारपूर्ण व्यवहारमा गम्भीरताको वर्णक्रम छ । ३८.६.२.४ हेर्नुहोस् जब एक जीवनसाथी वा अन्य वयस्कको दुर्व्यवहारका लागि सदस्यता परिषद् आवश्यक हुन्छ ।

हिंसात्मक शिकारी व्यवहार । यदि कुनै वयस्कले बारम्बार हिंसात्मक व्यवहारद्वारा मानिसहरूलाई शारीरिक रूपमा हानी पुर्‍याउँछ र अरूहरूका लागि खतरा भएका छन् भने सदस्यता परिषद् आवश्यक हुन्छ ।

३२.६.१.२

यौन अनैतिकता

हाडनाताकरणी । ३८.६.१०मा परिभाषित गरिए अनुसार हाडनाताकरणीका लागि सदस्यता परिषद् आवश्यक हुन्छ । कुनै पनि व्यक्तिको चर्च सदस्यता खारेजी गर्नु प्रायश: सदैव आवश्यक हुन्छ ।

बाल अश्लीलता । ३८.६ .६मा उल्लिखित बाल अश्लीलतामा कुनै व्यक्ति संलग्न भएमा सदस्यता परिषद् आवश्यक हुन्छ ।

बहुविवाह । यदि कुनै व्यक्तिले जानाजानी बहुविवाह गर्छ भने सदस्यता परिषद् आवश्यक हुन्छ । केही बहुविवाह गोप्य रूपमा भएका हुन सक्छन्, कुनै पति वा पत्नीलाई अन्य एक वा धेरै पति वा पत्नीहरूका सम्बन्धमा जानकारी हुँदैन । यदि कुनै व्यक्तिले जानाजानी बहुविवाह गर्छ भने उनको चर्च सदस्यता खारेज गर्नु आवश्यक हुन्छ ।

यौनजन्य शिकारी व्यवहार यदि कुनै वयस्कले बारम्बार मानिसहरूलाई यौनजन्य हानी पुर्‍याउँदछन् र अरूहरूका लागि खतरा भएका छन् भने सदस्यता परिषद् आवश्यक हुन्छ ।

३२.६.१.३

ठगीका कार्यहरू

आर्थिक शिकारी व्यवहार । यदि कुनै वयस्कले जानाजानी र बारम्बार मानिसहरूलाई आर्थिक रूपमा हानी पुर्‍याउने अभिलेख छ र अरूहरूका लागि खतरा भएको छ भने सदस्यता परिषद् आवश्यक हुन्छ (हेर्नुहोस् ३८.६.२.४) । । यसले लगानी ठगी र यस्तै क्रियाकलापहरूलाई समावेश गर्छ । आर्थिक अवस्थाहरूका कारणले अनपेक्षित आर्थिक हानीहरूलाई ठगी मानिने छैन । यदि मुद्धा संलग्न छ भने, पादरित्व अगुवाहरूले कानुनी अदालतको अन्तिम निर्णय सम्म प्रतिक्षा गर्ने निर्णय गर्न सक्छन् । यदि कुनै सदस्य चर्चको कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस् ।

३२.६.१.४

विश्वासका उल्लङ्घनहरू

चर्चको प्रमुख पद धारण गर्दा गम्भीर पाप गरेको । प्रमुख पदमा रहँदा कुनै सदस्यले गम्भीर पाप गरेमा सदस्यता परिषद् आवश्यक हुन्छ । यिनीहरूमा एक साधारण अख्तियार, चर्चका साधारण अधिकृत, क्षेत्रीय सत्तरी, मन्दिर अध्यक्ष वा मेट्रोन, सुसमाचार प्रचार क्षेत्राध्यक्ष वा उनकी पत्नी, किला अध्यक्ष, कुलपिता वा बिशप समावेश हुन्छन् । यो शाखा अध्यक्षहरूमा लागु हुँदैन । यद्यपि, शाखा अध्यक्षको चर्च सदस्यता विशेषाधिकारहरू अन्य सदस्यहरूका लागि जस्तै प्रतिबन्ध वा खारेजी गर्न सकिन्छ ।

३२.६.१.५

अन्य केही कार्यहरू

अपराधको आरोप जब एक व्यक्तिलाई अपराधको दोषी ठहर्‍याइन्छ तब अधिकांश अवस्थामा सदस्यता परिषद् आवश्यक हुन्छ ।

३२.६.२

जब एक सदस्यता परिषद् आवश्यक हुन सक्छ

निम्न अवस्थामा सदस्यता परिषद् आवश्यक हुन सक्छ ।

३२.६.२.१

हिंसात्मक कार्यहरू र दुर्व्यवहार

परमप्रभुले आज्ञा दिनुभयो, “तिमीले… नमार्नु, न त यो जस्तो केही गर्नुसिद्धान्त र करार ५९:६; इटालिक थपिएको) । हिंसात्मक कार्यहरू र दुर्व्यवहार जसका लागि निम्न लिखित सदस्यता परिषद् आवश्यक हुन सक्दछ (तर यतिमा मात्रै सीमित छैनन्) ।

हत्याको प्रयास । जानीजानी कसैलाई मार्न खोज्नु ।

यौन दुर्व्यवहार, आक्रमण र उत्पीडन सहित । यौन दुर्व्यवहारले कार्यहरूको एक विस्तृत दायरालाई समेट्छ (हेर्नुहोस् ३८.६.१८) । यौन आक्रमण वा दुर्व्यवहार गरेको व्यक्तिका लागि सदस्यता परिषद् आवश्यक हुन सक्छ । यदि उनले मन्दिरका करारहरू उल्लङ्घन गरेका छन् वा पाप दोहोरिएको छ भने सदस्यलाई पश्चात्ताप गर्न सहयोग गर्नका लागि परिषद्को आवश्यकता हुने सम्भावना बढी हुन्छ । परिषद् कहिले आवश्यक हुन्छ भनेर ३८.६.१८.३ हेर्नुहोस् ।

जीवनसाथी या अन्य वयस्कका साथ दुर्व्यवहार । दुर्व्यवहारपूर्ण व्यवहारमा गम्भीरताको विस्तार छ (हेर्नुहोस् ३८.६.२.४) । जीवनसाथी या अन्य वयस्कलाई यौन आक्रमण वा दुर्व्यवहार गरेको व्यक्तिका लागि सदस्यता परिषद् आवश्यक हुन सक्छ । यदि उनले मन्दिरका करारहरू उल्लङ्घन गरेका छन् वा पाप दोहोरिएको छ भने सदस्यलाई पश्चात्ताप गर्न सहयोग गर्नका लागि परिषद्को आवश्यकता हुने सम्भावना बढी हुन्छ । परिषद् कहिले आवश्यक हुन्छ भनेर ३८.६.२.४ हेर्नुहोस् ।

३२.६.२.२

यौन अनैतिकता

परमप्रभुको पवित्रताको नियम एक पुरुष र एक महिला बीचको कानुनी विवाह बाहिर यौन सम्बन्धहरूबाट टाढा रहनु हो (हेर्नुहोस् प्रस्थान २०:१४; सिद्धान्त र करार ६३:१६) । ३८.६.५ मा परिभाषित गरिए अनुसार यौन अनैतिकताका लागि सदस्यता परिषद् आवश्यक हुन सक्छ । यदि कुनै सदस्यले मन्दिरका करारहरू उल्लङ्घन गरेका छन् वा पाप दोहोर्‍याएका छन् भने पश्चात्ताप गर्नका लागि सहयोग गर्न यी अवस्थाहरूमा, परिषद् आवश्यक पर्ने अधिक सम्भावना हुन्छ । परिषद् कहिले आवश्यक हुन्छ भनेर ३२.६.१.२ हेर्नुहोस् ।

३२.६.२.३

ठगीका कार्यहरू

दस आज्ञाहरूले सिकाउँदछ, “तिमीले चोरी नगर्नू” वा “झूटो गवाही नदिनू” (प्रस्थान २०:१५-१६) । लूटपाट, डकैती, चोरी, हिनामिना, झुट बोल्ने र ठगी जस्ता कार्यहरूका लागि सदस्यता परिषद् आवश्यक हुन सक्छ । सम्बन्धमा धोखाका लागि ३८.८:२ हेर्नुहोस् । यदि कुनै सदस्यले मन्दिरका करारहरू उल्लङ्घन गरेका छन् वा पाप दोहोर्‍याएका छन् भने पश्चात्ताप गर्नका लागि सहयोग गर्न यी अवस्थाहरूमा, परिषद् आवश्यक पर्ने अधिक सम्भावना हुन्छ ।

सम्बन्धमा धोखाका लागि ३८.८:२ हेर्नुहोस् । ठगीका कार्यहरूका लागि परिषद् कहिले आवश्यक हुन्छ भनेर ३२.६.१.३ हेर्नुहोस् । यदि चर्चको कुनै सदस्य कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस् ।

३२.६.२.४

विश्वासका उल्लङ्घनहरू

सदस्यता परिषद् आवश्यक हुन सक्छ यदि कुनै सदस्यले:

  • चर्च वा समुदायमा अधिकारको पद वा विश्वास धारण गर्दा गम्भीर पाप गर्छन् ।

  • वृहत रूपमा परिचित गम्भीर पाप गर्छन् ।

यदि कुनै सदस्यले मन्दिरका करारहरू उल्लङ्घन गरेका छन् वा पाप दोहोर्‍याएका छन् भने पश्चात्ताप गर्नका लागि सहयोग गर्न यी अवस्थाहरूमा, परिषद् आवश्यक पर्ने अधिक सम्भावना हुन्छ ।

परिषद् कहिले आवश्यक हुन्छ भनेर ३२.६.१.४ हेर्नुहोस् । यदि चर्चको कुनै सदस्य कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस् ।

३२.६.२.५

अन्य केही कार्यहरू

राजा बेन्यामिनले सिकाए, “तिमीहरूले पाप गर्न सक्ने सबै विषयहरू म तिमीहरूलाई बताउन सक्दिन किनभने त्यहाँ विभिन्न तरिकाहरू र माध्यमहरू छन्, यति धेरै कि म तिनीहरूलाई गन्न सक्दिन” (मोसीयाह ४:२९) । सदस्य परिषद् आवश्यक हुन सक्छ यदि कुनै सदस्यले:

  • गम्भीर पापहरू गर्दै नमूना देखाउँछन् (सिद्धान्त र करार ८२:७ हेर्नुहोस्) ।

  • बाल सहयोग र भत्ता भुक्तानीको व्यवस्था अभिप्रायपूर्वक जानाजानी परिवारका जिम्मेवारीहरू त्याग्छ ।

  • व्यक्तिगत रूपमा वा अनलाइनमा शारीरिक हिँसाको धम्की दिन्छ (हेर्नुहोस् ३२.२.१) ।

  • अवैध लागूऔषध बिक्री गर्दछ ।

  • अन्य गम्भीर आपराधिक कार्यहरू गर्छ ।

यदि कुनै सदस्यले मन्दिरका करारहरू उल्लङ्घन गरेका छन् वा पाप दोहोर्‍याएका छन् भने पश्चात्ताप गर्नका लागि सहयोग गर्न यी अवस्थाहरूमा, परिषद् आवश्यक पर्ने अधिक सम्भावना हुन्छ ।

यदि कुनै सदस्यले गर्भपतन गर्न पेश गर्छ, पूरा गर्छ, व्यवस्था गर्छ, भुक्तानी गर्छ वा प्रोत्साहन दिन्छ भने सदस्यता परिषद् आवश्यक हुन सक्छ । दिशानिर्देशहरूका लागि ३८.६.१ हेर्नुहोस् ।

जब सदस्यता परिषद् आवश्यक हुन्छ वा आवश्यक हुन सक्छ

पापको प्रकार

सदस्यता परिषद् आवश्यक हुन्छ (हेर्नुहोस् ३२.६.१)

सदस्यता परिषद आवश्यक हुन सक्छ (हेर्नुहोस् ३२.६.२)

पापको प्रकार

हिंसात्मक कार्यहरू र दुर्व्यवहार

सदस्यता परिषद् आवश्यक हुन्छ (हेर्नुहोस् ३२.६.१)

  • हत्या

  • बलात्कार

  • यौन दुर्व्यवहारको आरोप

  • बाल वा युवा दुर्व्यवहार

  • हिंसात्मक शिकारी व्यवहार

सदस्यता परिषद आवश्यक हुन सक्छ (हेर्नुहोस् ३२.६.२)

  • हत्याको प्रयास

  • यौन दुर्व्यवहार, आक्रमण र उत्पीडन सहित (परिषद् आवश्यक हुँदा ३८.६.१८ हेर्नुहोस्)

  • जीवनसाथी वा अन्य वयस्कलाई दुर्व्यवहार (हेर्नुहोस् २८.६.२.४ जब परिषद् आवश्यक हुन्छ)

पापको प्रकार

यौन अनैतिकता

सदस्यता परिषद् आवश्यक हुन्छ (हेर्नुहोस् ३२.६.१)

  • हाडनाताकरणी

  • बाल अश्लीलता

  • बहुविवाह

  • यौनजन्य शिकारी व्यवहार

सदस्यता परिषद आवश्यक हुन सक्छ (हेर्नुहोस् ३२.६.२)

  • व्यभिचार, विवाहइतर सम्बन्ध, समलिङ्गी सम्बन्धहरू र कुनै पुरुष र महिला बीचको कानुनी विवाह बाहेक बाहिरका अन्य सबै यौन सम्बन्धहरू, अनलाइन वा फोनमा यौन सम्पर्कहरू सहित

  • सहवास, नागरिक संघहरू र साझेदारीहरू र समलिङ्गी विवाह

  • अश्लीलताको गहन वा बाध्यकारी प्रयोग जसले सदस्यको विवाह वा परिवारलाई अर्थपूर्ण क्षति पुर्‍याएको छ

पापको प्रकार

ठगीका कार्यहरू

सदस्यता परिषद् आवश्यक हुन्छ (हेर्नुहोस् ३२.६.१)

  • वित्तीय हिंस्रक शिकारी व्यवहार, जस्तै ठगी र यस्तै गतिविधिहरू (यदि कुनै सदस्य चर्चको कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस् )

सदस्यता परिषद आवश्यक हुन सक्छ (हेर्नुहोस् ३२.६.२)

  • डकैती, लूटपाट, चोरी, वा हिनामिना (यदि चर्चको कुनै सदस्य कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस्)

  • झुटो गवाही

पापको प्रकार

विश्वासका उल्लङ्घनहरू

सदस्यता परिषद् आवश्यक हुन्छ (हेर्नुहोस् ३२.६.१)

  • चर्चको प्रमुख पद धारण गर्दा गम्भीर पाप गरेको

सदस्यता परिषद आवश्यक हुन सक्छ (हेर्नुहोस् ३२.६.२)

  • चर्च वा समुदायमा अधिकारको पद वा विश्वास धारण गर्दाका गम्भीर पाप (यदि कुनै सदस्य चर्चको कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस्)

  • वृहत रूपमा परिचित गम्भीर पाप

पापको प्रकार

अन्य केही कार्यहरू

सदस्यता परिषद् आवश्यक हुन्छ (हेर्नुहोस् ३२.६.१)

  • अधिकांश घोर अपराधको आरोप

सदस्यता परिषद आवश्यक हुन सक्छ (हेर्नुहोस् ३२.६.२)

  • गर्भपतन (अपवाद बाहेक ३८.६.१ लागु नहुँदासम्म हुन्छ)

  • गम्भीर पापहरूको ढाँचा

  • बाल सहयोग र भत्ता भुक्तानीको व्यवस्था नगरीकन जानाजानी परिवारका जिम्मेवारीहरू त्याग्नु

  • अवैध लागूऔषध बिक्री गर्नु

  • अन्य गम्भीर आपराधिक कार्यहरू

३२.६.३

जब किला अध्यक्षले क्षेत्रीय अध्यक्षलाई सदस्यता परिषद् वा अन्य कार्यवाही दुई मध्ये कुन आवश्यक छ भनेर सल्लाह गर्छन्

केही विषयहरूमा थप संवेदनशीलता र मार्गदर्शन आवश्यक पर्छ । उत्तम सहयोग कसरी गर्ने भनेर बुझ्नका लागि किला अध्यक्षले यस खण्डमा उल्लेख गरिएका अवस्थाहरूका सम्बन्धमा क्षेत्रीय अध्यक्षसँग सल्लाह गर्नु पर्छ । यद्यपि, आचरणलाई सम्बोधन गर्न परिषद् आयोजना गर्नुपर्ने हो वा होइन भन्ने निर्णय किला अध्यक्षले मात्रै गर्छन् । यदि परिषद् आयोजना गरिएमा किला अध्यक्ष वा बिशपले नतिजाको निर्णय गर्छन् ।

यदि यस खण्डमा उल्लिखित कुनै एक विषयका सम्बन्धमा सदस्यता परिषद् आयोजना गरिएको छ भने परिषदको निर्णय ”राम्रो स्थितिमा रहन्छ,” ”औपचारिक सदस्यता प्रतिबन्धहरू,” वा “सदस्यता खारेजी” मा भन्ने हुनु पर्छ । औपचारिक प्रतिबन्ध हटाउन वा व्यक्तिलाई चर्चमा पुन: प्रवेश गराउनका लागि प्रथम अध्यक्षताको स्वीकृति आवश्यक हुन्छ (हेर्नुहोस् २.१६.१, गन्ती ९३) ।

३२.६.३.१

अन्य कार्य

यदि सदस्यता परिषद् आयोजित नगरिएमा, अन्य कार्यहरू समावेश हुन सक्छन्:

  • अनौपचारिक सदस्यता प्रतिबन्धहरू (हेर्नुहोस् ३२.८.३) ।

  • सदस्यता अभिलिख टिप्पणी (हेर्नुहोस् ३२.१४.५) ।

  • विधि प्रतिबन्धहरू, जसले व्यक्तिलाई पादरित्व पद प्राप्त गर्न वा अभ्यास गर्न वा मन्दिर अनुमति-पत्र प्राप्त गर्न वा प्रयोग गर्नबाट प्रतिबन्धित गर्छ ।

यी कार्यहरू मध्ये कुनै एक कार्यवाही अपनाउनु अघि किला अध्यक्षले क्षेत्रीय अध्यक्षसँग सल्लाह गर्छन् ।

३२.६.३.२

धर्मविमुखता

धर्मविमुखताका विषयहरूले प्रायश: वार्ड वा किलाको सीमाभन्दा बाहिर प्रभाव पार्छ । अरूहरूलाई संरक्षण गर्नका लागि तिनीहरूलाई तत्कालै सम्बोधन गर्नु आवश्यक हुन्छ ।

यदि उनलाई सदस्यको कार्यले धर्मविमुखता निम्त्याउन सक्छ भन्ने महसुस हुन्छ भने बिशपले किला अध्यक्षसँग सल्लाह गर्छन् । बिशप वा किला अध्यक्षले सदस्यलाई अनौपचारिक सदस्यता प्रतिबन्ध लगाउन सक्छन् (हेर्नुहोस् ३२.८.३) । किला अध्यक्षले तत्कालै क्षेत्रीय अध्यक्षसँग सल्लाह गर्छन् । यद्यपि, सदस्यता परिषद् वा अन्य कार्य के आवश्यक छ भनेर किला अध्यक्षले मात्रै निर्णय गर्छन् ।

यहाँ प्रयोग गरिए अनुसार, धर्मविमुखता ले निम्न मध्ये कुनैमा संलग्न सदस्यलाई जनाउँछ:

  • चर्च, यसको सिद्धान्त, यसका नीतिहरू वा यसका अगुवाहरूको स्पष्ट र सोचविचार पूर्वक सार्वजनिक प्रतिकारमा बारम्बार कार्य गर्नु

  • बिशप वा किला अध्यक्षद्वारा सच्याइए पछि पनि जुन चर्चको सिद्धान्त होइन त्यसलाई चर्चको सिद्धान्तका रूपमा सिकाउन निरन्तर लागिरहनु

  • चर्चका सदस्यहरूको आस्था र क्रियाकलापलाई कमजोर पार्न अभिप्रायपूर्वक कार्य गर्ने ढाँचा देखाउनु

  • बिशप वा किला अध्यक्षद्वारा सच्याइए पछि पनि धर्मविमुखता सम्प्रदायहरूका शिक्षाहरू अनुशरण गर्न निरन्तरता दिनु

  • औपचारिक रूपमा अर्को चर्चमा सहभागी हुनु र यसका शिक्षाहरूलाई प्रवर्द्धन गर्नु (चर्चमा पूर्ण निष्क्रियता वा अर्को चर्चमा उपस्थित हुनु आफैमा धर्मत्याग होइन ।) यद्यपि, यदि कुनै सदस्य औपचारिक रूपमा अर्को चर्चमा सहभागी हुन्छन् र यसका शिक्षाहरूको वकालत गर्छन् भने, उनको सदस्यता खारेजी गर्नु आवश्यक हुन सक्छ ।)

मुक्तिदाताले नफीहरूलाई सिकाउनुभयो कि तिनीहरूले पाप गरेको व्यक्तिको सेवा गरिरहनु पर्छ । ”परन्तु यदि उसले पश्चात्ताप गर्दैन भने ऊ मेरा जनका बीचमा गणना हुँदैन, कि उसले मेरा जनको विनाश नगरोस्” (३ नफी १८:३१) ।

३२.६.३.३

चर्चका कोषहरूको हिनामिना

यदि कुनै सदस्यले चर्चका कोषहरूको हिनामिना गर्छन् वा चर्चका मूल्यवान सम्पत्ति चोर्छन् भने, किला अध्यक्षले क्षेत्रीय अध्यक्षसँग सदस्यता परिषद् वा अन्य कार्यवाही कुन आवश्यक हुन्छ भनेर सल्लाह गर्छन् । अगुवाहरूले यी विषयहरू विचार गर्छन्:

  • हिनामिना वा चोरी भएको रकम ।

  • हिनामिना एक पटकको भएको घटना हो वा दोहोरिएको ।

  • क्षतिपूर्ति गरिएको छ कि छैन ।

  • व्यक्तिको पश्चातापको स्तर ।

  • सदस्यद्वारा धारण गरिएको पद (हेर्नुहोस् ३२.६.१.४ चर्चको प्रमुख पद धारण गर्ने सदस्यहरूका लागि) ।

किला अध्यक्षले निम्न मध्ये एकलाई Leader and Clerk Resources (अगुवा तथा कारिन्दा संसाधनहरू)मा अभिलेख गर्छन्:

  • सदस्यता परिषद्का नतिजाहरू

  • उनले क्षेत्रीय अध्यक्षसँग सल्लाह गरेर सदस्यता परिषद् आवश्यक थिएन भनेर निर्धारण गर्छन् ।

यदि चर्चको लेखापरीक्षण विभागले कुनै अगुवा वा चर्च कर्मचारीले चर्च कोष वा सम्पत्तिको हिनामिना गरेका छन् भनेर निर्धारण गर्छ भने, प्रथम अध्यक्षताले सामान्यतया निर्देशन दिन्छन् कि ऊ वा उनको सदस्यताको अभिलेखमा टिप्पणी गरिने छ । चर्चको प्रमुख पद धारण गर्ने, साथसाथै सल्लाहकार, कारिन्दा र शाखा अध्यक्षलाई ”अगुवा” भनेरपरिभाषित गरिएको छ । जब पश्चाताप पूरा हुन्छ, किला अध्यक्षले टिप्पणी हटाउनका लागि अनुरोध गर्न सक्छन् (हेर्नुहोस् ३२.१४.५३४.७.५) । टिप्पणीको अर्थ सदस्यता परिषद् वा अन्य कार्य भएको थियो भन्ने होइन ।

३२.६.३.४

ट्रान्सजेन्डर व्यक्तिहरू

ट्रान्सजेन्डरका रूपमा परिचित व्यक्तिहरूसँग कार्य गर्ने बिशपहरू र किला अध्यक्षहरूले ३८.६.२३ का दिशानिर्देशहरू पालना गर्नु पर्छ ।

३२.६.४

जब सामान्यतया सदस्यता परिषद्को आवश्यकता हुँदैन

निम्न अवस्थाहरूमा सामान्यतया सदस्यता परिषद्को आवश्यकता हुँदैन ।

३२.६.४.१

चर्चका केही मापदण्डहरू पालन गर्न असफल हुनु

सूचीकृत निम्न कार्यहरूका लागि सदस्यता परिषद् आयोजित गरिँदैन । यद्यपि, अन्तिम विषयको अपवादलाई ध्यान दिनुहोस् ।

  • चर्चका क्रियाकलापमा निष्क्रिय रहेमा

  • चर्चका उत्तरदायित्वहरू पूरा नगरेमा

  • दशांश नतिरेमा

  • बहिष्कार गरेका पापहरू

  • हस्तमैथुन

  • ज्ञानका वचनको पालना नगरेमा

  • बाल अश्लीलता बाहेक ( ३८.६.६मा उल्लिखित) अस्लिलता प्रयोग गर्ने वा अश्लीलताको गहन वा बाध्यकारी प्रयोग जसले सदस्यको विवाह वा परिवारलाई ( ३८.६.१३मा उल्लिखित) अर्थपूर्ण क्षति पुर्‍याएको छ ।

३२.६.४.२

व्यापारमा असफलताहरू वा ऋणहरू नतिरेका

व्यावसायिक विवादहरू समाधान गर्न अगुवाहरूले सदस्यता परिषद्हरू प्रयोग गर्नु हुँदैन । व्यापारमा असफलताहरू र ऋणहरू नतिरेकाले सदस्यता परिषद्को आयोजना गर्नुपर्ने कारण हुनु हुँदैन । यद्यपि, गम्भीर ठगीका गतिविधिहरू वा अन्य गम्भीर भ्रामक वित्तीय अभ्यासहरूका लागि परिषद् आयोजना गरिनु पर्छ (हेर्नुहोस् ३२.६.१.३) ।

३२.६.४.३

नागरिक विवादहरू

नागरिक विवादहरू समाधान गर्न सदस्य परिषद्हरू आयोजना गरिँदैनन् (हेर्नुहोस् सिद्धान्त र करार १३४:११) ।

३२.७

व्यक्तिका परिस्थितिहरू

परमप्रभुले भन्नुभयो, “हेर, मेरा कृपाका बाहुहरू तिमीहरूतर्फ फैलाइएका छन् र जो आउँछ, उसलाई म ग्रहण गर्ने छु; र ती आशीषित होओउन् जो मसमक्ष आउँछन्” (३ नफी ९:१४) । यी निर्धारण गर्ने महत्त्वपूर्ण विचार व्यक्तिका परिस्थितिहरू हुन्:

  • ऊ वा उनलाई गम्भीर पापहरूको पश्चात्ताप गर्नका लागि सहयोग गर्न उपयुक्त सहयोगी परिषद् (हेर्नुहोस् ३२.५३२.६) ।

  • व्यक्तिगत सल्लाह वा सदस्यता परिषद्हरूमा गरिएका निर्णयहरू (हेर्नुहोस् ३२.८३२.११) ।

बिशप र किला अध्यक्षहरूले प्रत्येक परिस्थितिका लागि परमप्रभुको मस्तिष्क र इच्छा खोज्छन् । कुन सहयोग परिषद् प्रयोग गर्ने र निर्णय कस्तो हुने छ भनेर निर्धारण गर्न तिनीहरूले निम्न कारकहरूलाई मनन गर्छन् । यी कारकहरूले कुनै विशेष निर्णयलाई निर्देशित गर्दैनन् । बरु, अगुवाहरूले प्रार्थनापूर्वक र आत्माद्वारा निर्देशित भएर गर्नुपर्ने कुनै निर्णयका लागि तिनीहरू सहायक हुन् ।

३२.७.१

पापका परिमाण

पापको गम्भीरता यसको परिमाणबाट नापिन्छ । यसले पापहरूको सङ्ख्या र आवृत्ति, तिनीहरूबाट उत्पन्न हानीको गम्भीरता र तिनीहरूबाट चोट पुर्‍याइएका मानिसहरूको सङ्ख्यालाई समावेश गर्न सक्छ ।

३२.७.२

पीडितका रूचीहरू

अगुवाहरूले पीडित र अन्य व्यक्तिहरूका रूचीहरूलाई मनन गर्छन् । यसमा कुनै व्यक्तिको जीवनसाथी र परिवारका अन्य सदस्यहरू समावेश हुन सक्छ । अगुवाहरूले क्षतिको गम्भीरतालाई पनि मनन गर्छन्:

३२.७.३

पश्चात्तापको प्रमाण

कुनै व्यक्तिले इमानदारीपूर्वक पश्‍चात्ताप गरेको छ कि छैन भनेर बुझ्न आध्यात्मिक निर्देशन आवश्यक हुन्छ । यस्तो पश्चात्ताप एकल अन्तर्वार्ताका क्रममा अत्यन्त शोकसन्तापका सट्टामा समयसँगै धार्मिक कार्यहरूद्वारा अधिक विश्वसनीय रूपमा प्रर्दशन गरिन्छ । मनन गर्ने कारकहरू समावेश छन्:

  • येशू ख्रीष्टमा आस्थाको सामर्थ्य ।

  • स्वीकारोक्तिको प्रकृति ।

  • पापका लागि शोकसन्तापको गहिराइ ।

  • घाइते व्यक्तिहरूलाई क्षतिपूर्ति ।

  • कानूनी आवश्यकताहरू सँग सम्मति ।

  • पाप परित्यागमा सफल ।

  • पाप गरेदेखि नै आज्ञाहरू पालन गर्नमा विश्वासनियता ।

  • चर्च अगुवाहरू र अरूहरूसँग इमान्दारिता ।

  • चर्चका अगुवाहरूको सल्लाह पालन गर्ने तत्परता ।

छवि
प्रार्थना गर्दै महिला

३२.७.४

मन्दिरका करारहरूको उल्लङ्घन

परमप्रभुले घोषणा गर्नुभयो, “जसलाई धेरै दिइएको छ उसबाट धेरै अपेक्षा गरिन्छ” (सिद्धान्त र करार ८२:३) । मन्दिरको अभिदान प्राप्त गर्ने व्यक्तिले उच्च स्तरमा जिउनका लागि करारहरू गरेका हुन्छन् । यी करारहरूको उल्लङ्घनले पापको गम्भीरतालाई वृद्धि गर्छ । यसले सदस्यता परिषद् आवश्यक हुने सम्भावनालाई वृद्धि गर्छ ।

३२.७.५

विश्वास र अधिकारको स्थिति

यदि कुनै व्यक्ति मातापिता, अगुवा वा शिक्षक जस्ता विश्वास वा अधिकारका पदमा रहँदा पाप गरेमा पापको गम्भीरता बढ्छ ।

३२.७.६

पुनरावृत्ति

उही गम्भीर पाप दोहोर्‍याउने ढाँचाले गहराइमा निहित व्यवहारलाई वा दुर्व्यसनलाई सङ्केत गर्न सक्छ जसले साँचो पश्चात्ताप तर्फ प्रगतिमा व्यवधान पुर्‍याउँछ । आवश्यक हुन सक्ने सदस्यता प्रतिबन्धहरूका अतिरिक्त, दुर्व्यसनबाट पुनर्स्थापनाका कार्यक्रमहरू र व्यावसायिक परामर्श सहयोगी हुन सक्छन् (हेर्नुहोस् ३२.८.२) ।

३२.७.७

उमेर, परिपक्वता र अनुभव

अगुवाहरूले कुनै सदस्यलाई सल्लाह दिँदा वा सदस्यता परिषद्को नतिजा निर्णय गर्दा उमेर, परिपक्वता र अनुभवलाई मनन गर्छन् । सुसमाचारमा अपरिपक्व भएकाहरूका लागि उदारता प्रायः उपयुक्त हुन्छ । उदाहरणका लागि, अनैतिक आचरणमा संलग्न युवा सदस्यहरूले पाप त्यागेर इमान्दारितापूर्वक पश्चात्ताप देखाएमा उदारता उपयुक्त हुन सक्छ । यद्यपि, यदि तिनीहरूले आचरणलाई निरन्तरता दिए भने थप गम्भीर कारबाही आवश्यक हुन सक्छ ।

३२.७.८

मानसिक क्षमता

मानसिक रोग, दुर्व्यसन वा सीमित मानसिक क्षमताले गम्भीर पाप गरेको व्यक्तिलाई क्षमा गर्दैन । यद्यपि, यी मनन गर्नुपर्ने कारकहरू हुन् । कुनै व्यक्तिलाई पश्चात्ताप गर्न सहयोग गर्नका लागि, अगुवाहरूले सुसमाचारका सिद्धान्तहरू र जवाफदेहिताको स्तरको व्यक्तिको बुझाइका सम्बन्धमा परमप्रभुको मार्गदर्शन खोज्छन् ।

३२.७.९

स्वैच्छिक स्वीकारोक्ति

स्वैच्छिक स्वीकारोक्ति र आफ्नो कार्यको लागि ईश्वरीय शोकसन्तापले पश्चात्ताप गर्ने चाहनालाई देखाउँछ ।

३२.७.१०

पाप र स्वीकारोक्ति बीचको समय

स्वीकारोक्ति पश्चातापको एक अंश हो र ढिला गरिनु हुँदैन । कहिलेकाहीँ पाप गरेपछि लामो समयावधिसम्म पुनर्स्थापना र आस्थावान जीवनको अनुसरण गर्नु पर्छ । यदि सदस्यले पाप स्वीकार गर्छ र यसलाई दोहोर्‍याएको छैन भने, उनले पाप त्यागेका छन् भनेर यसले देखाउन सक्छ । त्यस अवस्थामा, पश्चात्तापको प्रक्रिया सुरू गर्नुको सट्टा स्वीकारोक्ति पूरा हुन सक्छ ।

३२.७.११

विभिन्न वार्ड वा किलाहरूमा बस्ने सदस्यहरूलाई संलग्न गराउने पापहरू

कहिलेकाहीँ सँगै गम्भीर पाप गर्ने सदस्यहरू विभिन्न वार्ड वा किलाहरूमा बस्छन् । यस अवस्थामा, किला अध्यक्षहरूले सदस्यता प्रतिबन्ध वा परिषदहरूको आवश्यकताका सम्बन्धमा सँगै सल्लाह गर्छन् । यदि त्यहाँ प्रतिबन्धहरूको योग्यता भएको वा परिषद्का निर्णयहरू समान भएको वा यदि त्यहाँ अन्य कुनै विषयहरू छन् जसले फरक परिणामहरूको आवश्यकतालाई सङ्केत गर्न सक्छ भनेर पनि तिनीहरूले छलफल गर्छन् ।


व्यक्तिगत सल्लाह प्रदान गर्ने


३२.८

व्यक्तिगत सल्लाह र अनौपचारिक सदस्यता प्रतिबन्धहरू

व्यक्तिगत सल्लाह प्रायश: अरूहरूलाई संरक्षण दिन र पश्चात्तापद्वारा येशू ख्रीष्टको प्रायश्चितको उद्धार गर्ने शक्तिमा पहुँच राख्नका लागि सहयोग गर्न पर्याप्त हुन्छ । यस्तो सल्लाहले सदस्यहरूलाई अझै गम्भीर पापहरूबाट जोगाउन सहयोग गर्न सक्छ । ३२.८.३ व्यक्तिगत सल्लाहमा, अगुवाहरूले सदस्यलाई केही गम्भीर पापहरूको पश्चात्ताप गर्नका लागि सहयोग गर्न अनौपचारिक सदस्यता प्रतिबन्धहरू पनि लगाउन सक्छन् (हेर्नुहोस् ३२.८.३) ।

गम्भीर पापहरूलाई हल्का रूपमा लिनु हुँदैन (हेर्नुहोस् सिद्धान्त र करार १:३१) । मन्दिरका करारहरू उल्लङ्घन गर्नाले सदस्यता परिषद् आवश्यक हुने सम्भावना बढ्छ (हेर्नुहोस् ३२.७.४) ।

सल्लाह र अनौपचारिक प्रतिबन्धहरू पर्याप्त हुन सक्छन् भनेर अगुवाहरूलाई जानकारी प्रदान गर्ने दिशानिर्देशहरू तल सूचीबद्ध छन् (हेर्नुहोस् ३२.७ (हेर्नुहोस् ३२.७):

  • एक व्यक्तिले सदस्यता परिषद् आवश्यक पर्ने पाप गरेका छैनन् (हेर्नुहोस् ३२.६.१) ।

  • एक व्यक्तिले स्वेच्छाले स्वीकार गरेका छन् र सही रूपमा पश्चात्ताप गरेको छन् ।

  • एक व्यक्तिले ऊ वा उनले यसपूर्व नगरेको गम्भीर पापको पश्चात्ताप गर्दैछन् ।

  • एक व्यक्तिको पापले मन्दिरका करारहरू उल्लङ्घन गरेको छैन ।

  • एक व्यक्तिसँग न्यूनीकरण गर्न सकिने परिस्थितिहरू छन् ।

३२.८.१

व्यक्तिगत सल्लाह

एक बिशप वा किला अध्यक्षले सदस्यलाई पश्चात्ताप गर्नका लागि सहयोग गर्न सल्लाह दिँदा निम्न दिशानिर्देशहरू लागू हुन्छन् ।

  • (१) पापपूर्ण व्यवहारप्रति सदस्यको मनोवृत्ति र (२) व्यवहारको प्रकृति, आवृत्ति र अवधि निर्धारण गर्न पर्याप्त जानकारी मात्रै माग्नुहोस् । अवस्था बुझ्नका लागि आवश्यक भन्दा बाहिरका विवरणहरू नमाग्नुहोस् । व्यक्तिगत जिज्ञासाबाट उत्पन्न हुने प्रश्नहरू नसोध्नुहोस् ।

  • आचरणले अरूलाई कसरी असर गरेको छ भनी सोध्नुहोस् ।

  • सकारात्मक कार्यहरूमा केन्द्रित हुनुहोस् जसले सदस्यको रूपान्तरण र परमप्रभुप्रतिको प्रतिबद्धतालाई गहन बनाउँछ । पश्चाताप गर्नका लागि व्यवहारमा परिवर्तन र हृदय परिवर्तन गर्न सदस्यलाई विशेष कार्यहरू गर्न प्रोत्साहन गर्नुहोस् । ऊ वा उनलाई मुक्तिदातासँग नजिक हुन, उहाँको शक्ति खोज्न र उहाँको उद्धार गर्ने प्रेमको अनुभूति गर्न आमन्त्रण गर्नुहोस् ।

  • प्रार्थना गर्ने, धर्मशास्त्रको अध्ययन गर्ने र चर्चका सभाहरूमा सहभागी हुने जस्ता उत्थान गर्ने क्रियाकिलापहरूलाई प्रोत्साहन गर्नुहोस् । पारिवारिक इतिहास र मन्दिरका कार्यले शत्रुको प्रभावलाई कम गर्न सक्छ भनेर सिकाउनुहोस् । अरूहरूको सेवा गर्न र सुसमाचार बाँढ्न प्रोत्साहन दिनुहोस् ।

  • पापबाट क्षति भएकाहरूलाई क्षतिपूर्ति गर्न र क्षमायाचना गर्न प्रोत्साहन गर्नुहोस्

  • खराब प्रभावहरूबाट टाढा रहन प्रोत्साहन गर्नुहोस् । सदस्यहरूलाई विशेष प्रलोभनहरूको प्रतिरोध गर्न निवारक कार्य गर्न सहयोग गर्नुहोस् ।

  • तपाईं चर्चको एक अगुवा हुनुहुन्छ, व्यावसायिक सल्लाहकार होइन भनेर पहिचान गर्नुहोस् । तपाईंले प्रदान गर्नुहुने सल्लाहका अतिरिक्त, केही सदस्यहरूले व्यवहारसम्बन्धी परामर्शबाट लाभ उठाउन सक्छन् । कतिपय मानसिक रोगबाट पीडित छन् । आवश्यकताअनुसार, सदस्यहरूलाई योग्य चिकित्सा र मानसिक स्वास्थ्य व्यवसायीहरूको सहयोग लिन सल्लाह दिनुहोस् (हेर्नुहोस् ३१.३.६) ।

  • अनौपचारिक सदस्यता प्रतिबन्धहरू दिनुपूर्व प्रार्थना गर्नुहोस् र आत्माबाट मार्गदर्शन प्राप्त गर्नुहोस् । तिनीहरूलाई प्रतिबन्धित गर्नुको सट्टा केही सदस्यहरूले चर्च सदस्यताका विशेषाधिकारहरू अझै सक्रिय रूपमा प्रयोग गरेर लाभ उठाउन सक्छन् ।

  • प्रोत्साहन दिन, आध्यात्मिक शक्ति मजबुत पार्न र प्रगतिको अनुगमन गर्न प्रगति समिक्षा गर्नुहोस् ।

एक सदस्यले बिशप वा किला अध्यक्षसामु स्वीकार गरेपछि, विभिन्न तरिकामा प्रगति जाँच परामर्श हुन सक्छ । अगुवा स्वयंले दिन सक्छन् । वा, सदस्यको अनुमतिमा, उनले आफ्ना सल्लाहकारहरू मध्ये एकलाई यो प्रदान गर्नका लागि नियुक्त गर्न सक्छन् ।

सदस्यको सहमतिमा, बिशप वा किला अध्यक्षले एल्डरहरूका गण वा राहत समाजका सदस्यहरूलाई विशेष तरिकामा सहयोग गर्न नियुक्त गर्न सक्छन् । युवाहरूका लागि, उनले युवती महिला अध्यक्षता वा हारुनको पादरित्व गणका सल्लाहकारहरूलाई सहयोग गर्न नियुक्त गर्न सक्छन् । सहयोग गर्न नियुक्त गरिएकाहरू त्यो कार्यभारपूरा गर्न प्रेरणाका हकदार हुन्छन् (हेर्नुहोस् ४.२.६) ।

प्रगति समिक्षा परामर्शमा सहयोग गर्न कसैलाई नियुक्त गर्दा, अगुवाले सदस्यलाई सहयोग गर्न आवश्यक पर्याप्त जानकारी मात्रै प्रदान गर्छन् । नियुक्त गरिएको व्यक्तिले गोपनीयता कायम राख्नु पर्छ । ऊ वा उनले सदस्यको प्रगति र आवश्यकताहरूका सम्बन्धमा बिशपलाई पनि जानकारी दिन्छन् ।

छवि
प्रार्थना गर्दै महिला

३२.८.२

दुर्व्यसनमा लागेका मानिसहरूलाई सहयोग गर्ने

व्यक्तिगत सल्लाहले कहिलेकाहीँ सदस्यहरूलाई दुर्व्यसन वा दुर्व्यसनका कारणसँग सम्बन्धित पापहरूको पश्चात्ताप गर्न सहयोग गर्छ । यी दुर्व्यसनहरूमा पदार्थ वा व्यवहारहरूको विस्तृत दायरा समावेश हुन सक्छ । दुर्व्यसनले व्यक्ति, विवाह र परिवारलाई क्षति पुर्‍याउँछ । बिशपहरूले सदस्यहरूलाई चर्चस्थित दुर्व्यसनबाट पूनर्स्थापना कार्यक्रमहरू र योग्य चिकित्सा र मानसिक स्वास्थ्य व्यवसायीहरूबाट सहयोग प्राप्त गर्न सल्लाह दिन सक्छन् ।

अश्लीलताको प्रयोग सामान्य रूपमा बढ्दै गएको छ । गहन प्रयोग एक बाध्यता वा कुनै-कुनै अवस्थामा, एक दुर्व्यसन हुन सक्छ । अश्लीलताको प्रयोग चाहे गहन होस् वा यदाकदा, यो हानिकारक हुन्छ । यसले आत्मालाई टाढा भगाउँछ । यसले आज्ञाहरू पालना गर्दा आकर्षित हुने शक्तिको क्षमतालाई कमजोर बनाउँछ । यसले बहुमूल्य सम्बन्धहरूलाई पनि क्षति पुर्‍याउँछ ।

सामान्यतया व्यक्तिगत सल्लाह र अनौपचारिक सदस्यता प्रतिबन्धहरू अश्लीलता प्रयोगका लागि पश्चात्ताप गर्न सहयोग गर्नका लागि प्रायश: पर्याप्त हुन्छ । सामान्यतया सदस्यता परिषद्को आवश्यकता हुँदैन । अपवादहरूका लागि, ३८.६.६३८.६.१३हेर्नुहोस् । व्यावसायिक सल्लाह उपयोगी हुन सक्छ ।

किला अध्यक्ष र बिशपहरूले परिवारका सदस्यहरूलाई आवश्यकता अनुसार सहायता गर्छन् । अश्लीलताको प्रयोगका सम्बन्धमा युवाहरूलाई सल्लाह दिँदा मातापितालाई समावेश गर्न सकिन्छ । विवाहित व्यक्तिलाई सल्लाह दिँदा जीवनसाथीलाई समावेश गर्न सकिन्छ ।

अश्लीलतामा संलग्न सल्लाहकार सदस्यहरूका सम्बन्धमा थप जानकारीका लागि, ३८.६.१३हेर्नुहोस् ।

३२.८.३

अनौपचारिक सदस्यता प्रतिबन्धहरू

सल्लाह दिँदा सकारात्मक कार्यहरूलाई प्रोत्साहन गर्नुका अतिरिक्त, बिशप वा किला अध्यक्षले अनौपचारिक रूपमा केही समयका लागि चर्च सदस्यता विशेषाधिकारहरू प्रतिबन्धित गर्न सक्छन् । बुद्धिमानीपूर्वक प्रशासित, यी प्रतिबन्धहरूले पश्चात्ताप र आध्यात्मिक प्रगतिमा सहयोग गर्न सक्छन् । तिनीहरूलाई अनौपचारिक मानिन्छ किनभने तिनीहरू सदस्यता अभिलेखमा उल्लेख गरिएका छैनन् ।

यदि व्यक्तिले पूर्ण रूपमा पश्चात्ताप गर्न आवश्यक छ भने अनौपचारिक प्रतिबन्धहरू केही हप्ता, धेरै महिना वा लामो समयसम्म पनि रहन सक्छ । असामान्य परिस्थितिहरूमा, समय एक वर्ष भन्दा लामो हुन सक्छ ।

व्यक्तिलाई पश्चात्ताप गर्नका लागि सहयोग गर्न कुन प्रतिबन्धहरूले उत्तम सहयोग गर्छन् भन्ने सम्बन्धमा अगुवाहरूले आत्माको निर्देशन खोज्छन् । चर्चमा सेवा गर्ने, पादरित्वको अभ्यास गर्ने, वा मन्दिरमा प्रवेश गर्ने विशेषाधिकार (तर यतिमा मात्रै सीमित छैनन्) लाई निलम्बन गर्ने विषयहरू यसमा समावेश हुन सक्छन् । अगुवाले व्यक्तिलाई चर्च सहयोग परिषद्हरूमा वक्त्तव्य दिन, पाठ पढाउन वा प्रार्थना गर्नबाट पनि प्रतिबन्ध लगाउन सक्छन् । यदि अगुवाले मन्दिर प्रवेश गर्ने अधिकार निलम्बन गर्छन् भने, उनले अगुवा र कारिन्दा संसाधनहरू (LCR)मा मन्दिर सिफारिस रद्द गर्छन् ।

प्रभुभोज ग्रहण गर्नु पश्चात्तापको एक महत्वपूर्ण अंश हो । चूर्ण हृदय र पछुताएको आत्मा भएको एक पश्चात्तापी व्यक्तिलाई दिइएको यो पहिलो प्रतिबन्ध हुनु हुँदैन । यद्यपि, यदि कुनै व्यक्तिले गम्भीर पाप गरेका छन् भने, अगुवाले यो विशेषाधिकार केही समयका लागि निलम्बन गर्न सक्छन् ।

अगुवाहरूले सामान्यतया अनौपचारिक प्रतिबन्धहरूका सम्बन्धमा अरू कसैलाई बताउँदैनन् जबसम्म त्यहाँ बुझ्नु पर्ने आवश्यकता हुँदैन (हेर्नुहोस् ३२.१२.२) ।

जब व्यक्तिले साँचो पश्चात्तापमा निर्दिष्ट प्रगति गर्छन्, बिशप वा किला अध्यक्षले आत्माद्वारा निर्देशित भएर अनौपचारिक प्रतिबन्धहरू हटाउन सक्छन् । यदि सदस्यले पापको ढाँचालाई निरन्तरता दिए भने, सदस्यता परिषद् आयोजना गर्न उपयोगी वा आवश्यक हुन सक्छ ।


चर्च सदस्यता परिषद्हरू प्रशासन गर्ने


बिशप वा किला अध्यक्षले तिनीहरू उपयोगी हुने छन् वा चर्च नीतिद्वारा तिनीहरू आवश्यक छन् भनेर निर्धारण गरेमा चर्चका सदस्यता परिषद्हरू आयोजित हुन्छन् (हेर्नुहोस् ३२.६) । तिनीहरू वार्ड, किला, शाखा, जिल्ला, वा सुसमाचार प्रचार क्षेत्र स्तरमा आयोजित हुन्छन् । यस खण्डले तिनीहरूलाई कसरी प्रशासन गर्ने भन्ने सम्बन्धमा जानकारी प्रदान गर्छ ।

३२.९

सहभागिता र उत्तरदायित्व

निम्न तालिकाले सामान्यतः सदस्यता परिषद्हरूमा को सहभागी हुन्छन् भनेर देखाउँछ ।

सदस्यता परिषद्मा सहभागीहरू

वार्ड सदस्यता परिषद्

सदस्यता परिषद्मा सहभागीहरू

  • ती व्यक्ति जसका लागि परिषद् आयोजना भइरहेको छ

  • बिशप र उहाँका सल्लाहकारहरू

  • वार्डका कारिन्दा

  • एल्डरहरूका गण वा राहत समाजका अध्यक्ष (ऐच्छिक; हेर्नुहोस् ३२.१०.१)

किला सदस्यता परिषद्

सदस्यता परिषद्मा सहभागीहरू

  • ती व्यक्ति जसका लागि परिषद् आयोजना भइरहेको छ

  • किला अध्यक्ष र उहाँका सल्लाहकारहरू

  • किला कारिन्दा

  • उच्च परिषद्हरू (सीमित अवस्थाहरूमा ३२.९.२मा व्याख्या गरिएअनुसार)

  • ती व्यक्तिका बिशप जसका लागि परिषद् आयोजना गरिएको छ (ऐच्छिक; हेर्नुहोस् ३२.९.३)

  • एल्डरहरूका गण वा राहत समाजका अध्यक्ष (ऐच्छिक; हेर्नुहोस् ३२.१०.१)

३२.९.१

किला अध्यक्ष

ती किला अध्यक्ष:

  • सँग किलामा सदस्यता परिषद्हरूमाथि अधिकार छ; यद्यपि, यी अधिकांश परिषद्हरू बिशपहरूद्वारा आयोजना गरिन्छन् ।

  • ले विशपलाई सदस्यता परिषद् आयोजना गर्नुपूर्व स्वीकृति दिनु पर्छ ।

  • ले यदि कुनै पुरुष वा महिला जसले मन्दिरको अभिदान प्राप्त गरेका छन् सम्भवतः ऊ वा उनको चर्चको सदस्यता खारेजी गरिने छ भने किला सदस्यता परिषद् आयोजना गरिन्छ ।

  • ले कुनै सदस्यले वार्ड सदस्यता परिषद्को निर्णयको अपिल गरेमा परिषद् आयोजना गर्न सक्छन् ।

  • ले अभिदान नगरिएको व्यक्तिको सदस्यता खारेजी गर्ने वार्ड सदस्य परिषद्को सिफारिस अन्तिम हुनुपूर्व स्वीकृति दिनु पर्छ ।

३२.९.२

उच्च परिषद्

उच्च परिषद्का सदस्यहरू सामान्यतया किला सदस्यता परिषद् मा सहभागी हुँदैनन् । यद्यपि, कठिन परिस्थितिहरूमा उच्च परिषद सहभागी हुन सक्छ ( सिद्धान्त र करारहरू १०२:२हेर्नुहोस्) । उदाहरणका लागि, किला अध्यक्षताले उच्च परिषद्लाई सहभागी हुन आमन्त्रित गर्न सक्छ जब:

  • त्यहाँ विवादास्पद तथ्यहरू छन् ।

  • तिनीहरूले मूल्य र सन्तुलन थप्ने छन् ।

  • सदस्यले तिनीहरूको सहभागिताका लागि अनुरोध गर्छन् ।

  • किला अध्यक्षताका एक सदस्य वा उनको परिवारका सदस्य संलग्न छन् (हेर्नुहोस् ३२.९.७) ।

३२.९.३

बिशप (वा किलामा शाखा अध्यक्ष)

ती बिशप:

  • वार्ड सदस्यता परिषद्हरूमा अधिकार छ ।

  • किला अध्यक्षसँग परामर्श गर्छन् र परिषद् आयोजना गर्नुपूर्व उनको स्वीकृति प्राप्त गर्छन् ।

  • यदि कुनै पुरुष वा महिलाले मन्दिरको अभिदान प्राप्त गरेका छन् भने ऊ वा उनको चर्चको सदस्यता खारेजी गर्ने सम्भावना छ भने परिषद्को आयोजना नगर्न सक्छन् । यस्तो अवस्थामा किला सदस्यता परिषद् आयोजना गर्नु पर्छ ।

  • सदस्यता समीक्षा भइरहेका वार्ड सदस्यलाई किला सदस्यता परिषदमा उपस्थित हुन आमन्त्रण गर्न सकिन्छ । उनको उपस्थिति किला अध्यक्ष र व्यक्तिद्वारा अनुमोदित हुनु पर्छ ।

यदि ऊ वा उनीले अभिदान प्राप्त गरेका छैनन् भने वार्ड वा शाखा सदस्यता परिषद्ले ती व्यक्तिको चर्च सदस्यता खारेज गर्न सक्छ । यद्यपि, निर्णय अन्तिम हुनुपूर्व किला अध्यक्षको स्वीकृति आवश्यक हुन्छ ।

कहिलेकाहीँ अभिदान प्राप्त गरेको कुनै सदस्यका लागि वार्ड सदस्यता परिषद् आयोजना गरिन्छ र कार्यवाहीले सदस्यले ऊ वा उनको सदस्यता खारेजी हुने सम्भावना देखाउँछ । यी परिस्थितिहरूमा, विशपले विषयलाई किला अध्यक्षसामु बुझाउँछन् ।

३२.९.४

सुसमाचार प्रचार क्षेत्राध्यक्ष

ती सुसमाचार प्रचार क्षेत्राध्यक्ष:

  • सुसमाचार प्रचार क्षेत्रका शाखा र जिल्लाहरूमा सदस्यता परिषद्हरू माथि अधिकार हुन्छ ।

  • जिल्ला वा शाखा अध्यक्षले सदस्यता परिषद् आयोजना गर्नुपूर्व स्वीकृति प्रदान गर्नु पर्छ ।

  • यदि कुनै पुरुष वा महिला जसले मन्दिरको अभिदान प्राप्त गरेका छन् सम्भवतः ऊ वा उनको चर्चको सदस्यता खारेजी गरिने छ भने सदस्यता परिषद्को आयोजना गर्छन् । यदि समय वा दूरीले यसलाई रोक्छ भने, उनले आफ्ना सल्लाहकारहरू मध्ये एकलाई परिषद्को अध्यक्षता गर्न नियुक्त गर्न सक्छन् । तिनले अरू दुई मल्कीसेदेक पादरित्व वाहकहरूलाई सहभागी हुन नियुक्त गर्छन् ।

  • सम्भव हुने स्थानमा, अभिदान प्राप्त नगरेकाहरूका लागि सदस्यता परिषद् आयोजना गर्छन् । यदि समय वा दूरीले यसलाई रोक्छ भने, उनले तीन मल्कीसेदेक पादरित्व वाहकहरूलाई यसको आयोजना गर्न अधिकार दिन सक्छन् । यस अवस्थामा, सामान्यतया सदस्यको जिल्ला अध्यक्ष वा शाखा अध्यक्षले परिषद् सञ्चालन गर्छन् ।

  • ले कुनै सदस्यले जिल्ला वा शाखा सदस्यता परिषद्को निर्णयको अपिल गरेमा परिषद् आयोजना गर्न सक्छन् ।

  • ले यदि कुनै सुसमाचार प्रचारकले सुसमाचार प्रचार क्षेत्रमा गम्भीर पाप गरेमा सुसमाचार प्रचार विभागबाट साधारण अधिकारीको स्वीकृतिमा, सदस्यता परिषद् आयोजना गर्छन् (हेर्नुहोस् ३२.९.८) । उनले क्षेत्रीय अध्यक्षताका सदस्य र सुसमाचार प्रचारकको गृह किलाका किलाध्यक्ष सँग विषयका सम्बन्धमा समिक्षा पनि गर्छन् ।

  • अभिदान नभएको व्यक्तिको सदस्यता खारेजी गर्नका लागि शाखा वा जिल्ला सदस्यता परिषद्को सिफारिस अन्तिम हुनु पूर्व स्वीकृति प्रदान गर्नु पछ ।

यदि कुनै सुसमाचार प्रचारकले सुसमाचार प्रचार सेवा गर्नु अघि आफूले गरेको गम्भीर पाप स्वीकार गर्छन् भने, सुसमाचार प्रचार क्षेत्राध्यक्षले निर्देशनका लागि सुसमाचार प्रचार विभागमा आफ्नो क्षेत्रीय प्रतिनिधिलाई सम्पर्क गर्छन् ।

जब सुसमाचार प्रचार क्षेत्राध्यक्षले सदस्यता परिषद् आयोजना गर्छन्, उनले आफुलाई सहयोग गर्न दुईवटा मल्कीसेदेक पादरित्व वाहकहरू नियुक्त गर्छन् । केवल असामान्य परिस्थितिहरूमा उनले सहयोग गर्नका लागि युवा सुसमाचार प्रचारकहरू नियुक्त गर्नु पर्छ । उनले किला सदस्यता परिषदमा जस्तै प्रक्रियाहरू अनुशरण गर्छन् (हेर्नुहोस् ३२:१०) । यद्यपि, उच्च परिषद् वा जिल्ला परिषद् सहभागी हुँदैनन् ।

३२:९:५

सुसमाचार प्रचार क्षेत्रमा जिल्ला वा शाखा अध्यक्ष

सुसमाचार प्रचार क्षेत्रमा रहेका जिल्ला वा शाखा अध्यक्षले सुसमाचार प्रचार क्षेत्राध्यक्षबाट अधिकार प्रदान गरिएमा सदस्यता परिषद् आयोजना गर्न सक्छन् । जिल्ला परिषद् सहभागी हुँदैन ।

यदि उनले मन्दिरको अभिदान प्राप्त गरेका छैनन् भने जिल्ला वा शाखा सदस्यता परिषद्ले व्यक्तिको चर्च सदस्यता खारेजी गर्नका लागि सिफारिस गर्न सक्छन् । यद्यपि, निर्णय अन्तिम हुनुपूर्व सुसमाचार प्रचार क्षेत्राध्यक्षको स्वीकृति आवश्यक हुन्छ ।

३२:९:६

किला वा वार्ड कारिन्दा

ती किला वा वार्ड कारिन्दा:

  • चर्च सदस्यता परिषद् फारमको प्रतिवेदन पेश गर्न आवश्यक भएसम्म मात्र परिषद्को लिखित सूचीहरू राख्छन् ।

  • परिषद् सञ्चालन गर्ने अगुवाले मागेमा फारम तयार गर्छन् ।

  • परिषद्को छलफल वा निर्णयमा सहभागी हुँदैनन् ।

३२:९:७

असामान्य परिस्थितिहरूमा सहभागिता

यदि किला अध्यक्षतामा एक सल्लाहकार सदस्यता परिषदमा सहभागी हुन असमर्थ भएमा, किला अध्यक्षले एक उच्च सल्लाहकार वा अर्को उच्च पादरीलाई तिनको स्थान लिन अनुरोध गर्छन् । यदि किला अध्यक्ष सहभागी हुन असमर्थ भएमा, प्रथम अध्यक्षताले तिनका सल्लाहकारहरू मध्ये एकलाई आफ्नो स्थानमा अध्यक्षता गर्न अधिकार दिन सक्छन् ।

यदि बिशप्रिकमा एक सल्लाहकार सदस्य परिषदमा सहभागी हुन असमर्थ भएमा, बिशपले वार्डमा उच्च पादरीलाई तिनको स्थान लिनका लागि आग्रह गर्न सक्छन् । यदि बिशप सहभागी हुन असमर्थ भएमा, उनले विषयलाई किला अध्यक्षसामु सुम्पन्छन्, जसले किला सदस्यता परिषद् आह्वान् गर्छन् । सदस्यता परिषद् आह्वान् गर्न बिशपले सल्लाहकार नियुक्त गर्न सक्दैनन् ।

यदि बिशपको परिवारका सदस्य वा उनका सल्लाहकारहरू मध्ये एकका लागि सदस्यता परिषद् आयोजना भइरहेको छ भने, यो किला स्तरमा आयोजना गरिन्छ । यदि यो किला अध्यक्षका सल्लाहकारको परिवारका सदस्यका लागि आयोजना गरिएको छ भने, किला अध्यक्षले सल्लाहकारको स्थान लिन अर्को उच्च पादरीलाई नियुक्त गर्छन् । यदि किला अध्यक्षको परिवारको सदस्यका लागि परिषद् आयोजना भइरहेको छ भने, उनले प्रथम अध्यक्षताको कार्यालयमा परामर्श गर्छन् ।

यदि कुनै सदस्यले बिशप वा उनका सल्लाहकारहरूको सहभागितामा आपत्ति जनाएमा, किला स्तरमा सदस्यता परिषद् आयोजना गरिन्छ । यदि कुनै सदस्यले किला अध्यक्षका सल्लाहकारहरू मध्ये एकको सहभागितामा आपत्ति जनाए भने, किला अध्यक्षले सल्लाहकारको स्थान लिन अर्को उच्च पादरीलाई नियुक्त गर्छन् । यदि सदस्यले किला अध्यक्षको सहभागितामा आपत्ति जनाए वा किला अध्यक्षलाई आफू निष्पक्ष हुन सक्दिन भन्ने लाग्छ भने, उनले प्रथम अध्यक्षताको कार्यालयमा सल्लाह गर्छन् ।

३२:९:८

विशेष परिस्थितिहरूमा कुन अगुवाले परिषद् आयोजना गर्ने भनेर निर्धारण गर्ने

सदस्यता परिषद्हरू प्रायः सधैँ चर्चका भौगोलिक इकाईमा आयोजित हुन्छन् जसमा व्यक्तिको सदस्यता अभिलेख हुन्छ ।

कहिलेकाहीँ बसाईं सर्ने कुनै व्यक्तिका लागि सदस्यता परिषद् आवश्यक हुन्छ । यदि बसाईंसराइ एउटै किला भित्र छ भने, किला अध्यक्षले दुबै वार्डका बिशपहरूसँग परामर्श गर्दछन् र यो कहाँ आयोजना हुनु पर्दछ निर्णय गछन् ।

यदि सदस्य किला बाहिर बसाईं सर्छन् भने, दुबै तर्फका किला अध्यक्षहरूले परिषद् कहाँ गर्ने भनेर परामर्श र निर्णय गर्छन् । यदि तिनीहरूले यो यस पूर्वको वार्ड वा किलामा आयोजना हुनु पर्छ भन्ने निर्णय गरेमा, परिषद् पूरा नभएसम्म सदस्यता अभिलेख त्यही वार्डमा राखिन्छ । अन्यथा, अभिलेख नयाँ वार्डमा स्थानान्तरण हुन्छ । बिशप वा किला अध्यक्षले गोप्य रूपमा सदस्यका वर्तमान बिशप वा किला अध्यक्षलाई परिषद् किन आवश्यक छ भन्ने सम्बन्धमा जानकारी दिन्छन् ।

कहिलेकाहीँ अस्थायी रूपमा घरबाट टाढा बस्ने सदस्यका लागि सदस्यता परिषद् आवश्यक हुन्छ । उदाहरणका लागि, कुनै विद्यार्थी वा सेनाका कुनै सदस्यका लागि परिषदको आवश्यकता हुन सक्छ । सदस्य अस्थायी रूपमा बसोवास गर्ने स्थानका बिशपले सल्लाह र सहयोग प्रदान गर्न सक्छन् । जे भए तापनि, उनले आफ्नो इकाईमा सदस्यता अभिलेख नभएसम्म र गृह वार्डका बिशपसँग सल्लाह नगरेसम्म सदस्यता परिषद् आयोजना गर्नु हुँदैन ।

कहिलेकाहीँ कुनै सुसमाचार प्रचारकले सुसमाचार प्रचार क्षेत्रमा गम्भीर पाप गर्दछन् जुन ऊ वा उनी रिहा नहुँदा सम्म प्रकट हुँदैन । बिशप र किला अध्यक्षले उनीहरू मध्ये कसले सदस्यता परिषद् आयोजना गर्ने भन्ने सम्बन्धमा परामर्श गर्छन् । तिनीहरू मध्ये एकले यसलाई अधिकारमा लिनुपूर्व सुसमाचार प्रचार क्षेत्राध्यक्षसँग परामर्श गर्छन् ।

३२:१०

सदस्यता परिषद्का लागि प्रक्रियाहरू

३२:१०:१

सूचना दिनुहोस् र परिषद्का लागि तयारी गर्नुहोस्

बिशप वा किला अध्यक्षले सदस्यलाई आफ्नो तर्फबाट आयोजित सदस्यता परिषद्का सम्बन्धमा ऊ वा उनलाई लिखित सूचना दिन्छन् । उनले पत्रमा हस्ताक्षर गर्दछन् । यसले निम्न जानकारी समावेश गर्छ:

“[बिशप्रिक वा किला अध्यक्षता] ले तपाईंको तर्फबाट सदस्यता परिषद् आयोजना गर्दै छन् । परिषद् [मिति र समय] [स्थान] मा आयोजना गरिने छ ।

“यस परिषद्ले विचार गर्ने छ [सामान्य सर्तहरूमा दुराचारको संक्षेप, तर विवरण वा प्रमाण दिँदैन] ।

“तपाईंलाई आफ्नो प्रतिक्रिया दिन परिषदमा उपस्थित हुन आमन्त्रण गरिएको छ । तपाईंले सान्दर्भिक जानकारी प्रदान गर्न सक्ने व्यक्तिहरूबाट लिखित बयानहरू प्रदान गर्न सक्नुहुन्छ । यदि किला अध्यक्ष वा बिशपद्वारा अग्रिम स्वीकृति भएमा तपाईंले त्यस्ता व्यक्तिहरूलाई आफ्नो तर्फबाट परिषदमा बोल्न आमन्त्रण गर्न सक्नुहुन्छ । तपाईंले [वार्ड राहत समाजकी अध्यक्ष वा एल्डरहरूका गणका अध्यक्ष] लाई पनि उपस्थित हुन र समर्थन प्रदान गर्न आमन्त्रण गर्न सक्नुहुन्छ ।

“उपस्थित हुने जो कोहीले परिषद्को सम्मानजनक प्रकृति, गोपनीयता सहित यसको प्रक्रिया र परिषद्को सम्मानजनक प्रकृतिको पालना गर्न इच्छुक हुनु पर्छ । माथि उल्लेखित भन्दा बाहिरका कानुनी सल्लाहकार र समर्थकहरू उपस्थित नहुन सक्छन् ।

अन्तिम अनुच्छेदले प्रेम, आशा र सरोकारको अभिव्यक्तिलाई समावेश गर्न सक्छ ।

व्यक्तिले परिषदमा बोल्न कसलाई आमन्त्रण गर्न सक्ने भन्ने सम्बन्धमा दिशानिर्देशहरू ३२.१०.३ को नम्बर ४मा प्रदान गरिएको छ ।

यदि पत्र व्यक्तिगत रूपमा पठाउन सकिँदैन भने, फिर्ता रसिदका लागि गरिएको अनुरोध सहित यो रजिष्ट्री वा प्रमाणित मेलद्वारा पठाउन सकिन्छ ।

बिशप वा किला अध्यक्षले व्यक्तिका लागि सहज भएको समयमा सदस्यता परिषद्को तालिका बनाउँछन् । यदि दुर्व्यवहारका पीडितहरूले तिनीहरूलाई उपलब्ध गराउन चाहेमा बयान लिनका लागि समय आएको छ भनेर पनि उनले सुनिश्चित गर्छन् (हेर्नुहोस् ३२.१०.२) ।

बिशप वा किला अध्यक्षले सदस्यलाई परिषद्को उद्देश्य र प्रक्रियाहरू व्याख्या गरेर सदस्यलाई परिषद्का लागि तयार पार्छन् । उनले परिषद्ले गर्न सक्ने निर्णय र त्यसको नतिजा पनि बताउँछन् । यदि सदस्यले स्वीकार गरेका छन् भने, अगुवाले व्याख्या गर्छन् कि स्वीकारोक्तिलाई सदस्यता परिषद् मा प्रयोग गर्न आवश्यक हुने छ ।

३२:१०:२

पीडितहरूबाट बयानहरू प्राप्त गर्नुहोस्

जब कुनै चर्च सदस्य पीडित हुन्छ (जस्तै हाडनाताकरणी, बाल दुर्व्यवहार, जीवनसाथीको दुर्व्यवहार वा ठगीका लागि) बिशप वा किला अध्यक्षले ती व्यक्तिका वर्तमान बिशप वा किला अध्यक्षलाई सम्पर्क गर्छन् । यी अगुवाहरूले पीडितलाई दुर्व्यवहार र त्यसका प्रभावहरूका सम्बन्धमा लिखित बयान प्रदान गर्ने मौका दिनु उपयुक्त हुन्छ कि हुँदैन भनेर निर्धारण गर्छन् । यी कथनहरू सदस्यता परिषदमा पढ्न सकिन्छ (हेर्नुहोस् ३२:१०.३, नम्बर ३) । चर्चका अगुवाहरूसँग चर्चका सदस्य नभएका पीडितहरूसँग सम्पर्क गर्ने अधिकार छैन ।

यस उद्देश्यका लागि पीडितसँग गरिएका कुनै पनि सञ्चार ऊ वा उनको वर्तमान बिशप वा किला अध्यक्षद्वारा गरिएको हुन्छ । यदि कुनै पीडितले बयान प्रदान गर्छन् भने, यी अगुवाले यसलाई सदस्यता परिषद् आयोजना गर्ने बिशप वा किला अध्यक्षलाई दिन्छन् । थप आघात निम्त्याउनबाट बच्न अगुवाहरूले ठूलो ख्याल राख्नु पर्छ । हेर्नुहोस् ३२:४:३ अन्य सावधानीका लागि ३२:४:३ ।

जबसम्म त्यसो गर्नाले पीडितलाई जोखिम पुग्दैन, १८ मुनिका पीडितका सम्बन्धमा कुनै पनि सोधपुछ बालबालिकाका मातापिता वा कानुनी अभिभावकहरूद्वारा गरिन्छ ।

दुर्व्यवहारका सम्बन्धमा मार्गदर्शन प्राप्त गर्ने बिशप र किला अध्यक्षहरूका बिषयमा जानकारीका लागि हेर्नुहोस् ३२:४:५३८.६.२.१

३२:१०:३

परिषद् सञ्चालन गर्नुहोस्

परिषद् सुरू हुनुभन्दा लगत्तै अगाडि, बिशप वा किला अध्यक्षले परिषद् कसका लागि हो र सूचित गरिएको दुर्व्यवहार के हो भनी सहभागीहरूलाई बताउँछन् । आवश्यक भएमा, उनले परिषद्को प्रक्रियाको व्याख्या गर्छन् ।

यदि उक्त व्यक्ति उपस्थित छन् भने, उनलाई त्यसपछि कोठामा स्वागत् गरिन्छ । यदि बिशपलाई किला सदस्यता परिषद् मा उपस्थित हुन आमन्त्रण गरिएको छ भने, उनलाई पनि यस समयमा कोठामा आमन्त्रण गरिन्छ । यदि व्यक्तिले वार्ड राहत समाजकी अध्यक्ष वा एल्डरहरूका गणका अध्यक्षलाई उपस्थित हुन र सहयोग गर्न आमन्त्रण गरे भने, उनी वा उनलाई पनि कोठामा स्वागत् गरिन्छ ।

बिशप वा किला अध्यक्षले निम्न उल्लिखित प्रेमको भावनामा परिषद् सञ्चालन गर्छन् ।

  1. उनले कसैलाई प्रारम्भिक प्रार्थना गर्न आमन्त्रण गर्दछन् ।

  2. उनले जानकारी दिइएको दुर्व्यवहार बताउँछन् । उनले व्यक्तिलाई (यदि उपस्थित भएमा) यो कथन पुष्टि गर्ने, अस्वीकार गर्ने वा स्पष्ट पार्ने अवसर दिन्छन् ।

  3. यदि सदस्यले दुर्व्यवहारको पुष्टि गर्छन् भने, बिशप वा किला अध्यक्ष तलको नम्बर ५ मा अगाडि बढ्छन् । यदि सदस्यले यसलाई अस्वीकार गर्छन् भने, बिशप वा किला अध्यक्षले यसका सम्बन्धमा जानकारी प्रस्तुत गर्छन् । यसले भरपर्दा कागजातहरू प्रस्तुत गर्ने र पीडितहरूबाट कुनै पनि लिखित बयानहरू ठूलो स्वरमा पढ्ने विषयलाई समावेश गर्न सक्छ (हेर्नुहोस् ३२.१०.२) । यदि उनले यस्तो कथन पढ्छन् भने, उनले पीडितको पहिचानको संरक्षण गर्छन् ।

  4. यदि सदस्यले दुर्व्यवहार अस्वीकार गरेमा, ऊ वा उनले परिषदमा जानकारी पेश गर्न सक्छन् । यसलाई लेख्न सकिन्छ । अथवा सदस्यले सान्दर्भिक जानकारी प्रदान गर्न सक्ने व्यक्तिहरूलाई एक पटकमा एक व्यक्तिलाई परिषदमा बोल्न आग्रह गर्न सक्छन् । जबसम्म बिशप वा किला अध्यक्षले गैर-सदस्य उपस्थित हुन सक्छन् भनेर पूर्व निर्धारण नगरेसम्म त्यस्ता व्यक्तिहरू चर्चका सदस्यहरू हुनु पर्छ । उनीहरूलाई बोल्न नभनिए सम्म छुट्टै कोठामा प्रतिक्षा गर्छन् । प्रत्येक व्यक्ति आफ्नो काम सकिएपछि परिषद् कोठाबाट बाहिर निस्कन्छन् । “तिनीहरू यसको गोपनीयता सहित परिषद्को सम्मानजनक प्रकृति र प्रक्रियाको पालना गर्न इच्छुक हुनु पर्छ । सदस्यहरूसँग कानुनी सल्लाह उपलब्ध नहुन सक्छ । न त उनीहरूसँग यस खण्डको दोस्रो अनुच्छेदमा उल्लेख गरिएका भन्दा बाहिरका समर्थकहरू हुन सक्छन् ।

  5. बिशप वा किला अध्यक्षले सदस्यका प्रश्नहरू विनम्र र सम्मानजनक तरिकामा सोध्न सक्छन् । उनले सदस्यले जानकारी प्रदान गर्न सोधेका अन्य व्यक्तिहरूका प्रश्न पनि सोध्न सक्छन् । बिशप्रिक वा किला अध्यक्षताका सल्लाहकारहरूले पनि प्रश्नहरू सोध्न सक्छन् । कुनै पनि प्रश्नहरू संक्षिप्त र आवश्यक तथ्यहरूमा सीमित हुनु पर्छ ।

  6. सबै सान्दर्भिक जानकारी प्रस्तुत गरिसकेपछि, बिशप वा किला अध्यक्षले सदस्यलाई कोठाबाट जान अनुमति दिन्छन् । यदि किला सदस्यता परिषद् मा उच्च परिषद्को उपस्थिति छ भने, कारिन्दालाई जान अनुमति दिइन्छ । यदि सदस्यका बिशप किला सदस्यता परिषद् मा उपस्थित छन् भने, उनलाई जान अनुमति दिइन्छ । यदि राहत समाजकी अध्यक्ष वा एल्डरहरूका गणका अध्यक्ष सहयोग प्रदान गर्न उपस्थित छन् भने, उनी वा उनलाई पनि जान अनुमति दिइन्छ ।

  7. बिशप वा किला अध्यक्षले आफ्ना सल्लाहकारहरूबाट टिप्पणी वा अन्तर्दृष्टि माग्छन् । यदि उच्च परिषद्ले किला सदस्यता परिषदमा सहभागिता जनाएका छन् भने, उनले तिनीहरूका टिप्पणी र अन्तर्दृष्टि माग्छन् ।

  8. बिशप वा किला अध्यक्षले आफ्ना सल्लाहकारहरूसँगै, प्रार्थनापूर्वक यस विषयमा परमप्रभुको इच्छा जान्न खोज्दछन् । यस समयमा केवल किला अध्यक्ष र उनका सल्लाहकारहरू वा बिशप र उनका सल्लाहकारहरू कोठामा हुनु पर्छ । यदि किला सदस्यता परिषद्ले उच्च परिषद्लाई समावेश गर्छ भने, किला अध्यक्षता सामान्यतया किला अध्यक्षको कार्यालयमा जान्छन् ।

  9. बिशप वा किला अध्यक्षले आफ्नो निर्णयका सम्बन्धमा आफ्ना सल्लाहकारहरूलाई बताउँदछन् र तिनीहरूलाई यसलाई समर्थन गर्न आग्रह गर्छन् । यदि किला सदस्यता परिषद्ले उच्च परिषद्लाई समावेश गर्छ भने, किला अध्यक्षता त्यो कोठामा फर्कन्छन् र उच्च परिषद्लाई यसलाई समर्थन गर्न आग्रह गर्छन् । यदि कुनै सल्लाहकार वा उच्च सल्लाहकारको फरक विचार छ भने, बिशप वा किला अध्यक्षले सुन्छन् र मतभेदहरू समाधान गर्न प्रयत्न गर्छन् । निर्णयको जिम्मेवारी अध्यक्षता गर्ने अधिकारीको हुन्छ ।

  10. उनले व्यक्तिलाई कोठामा पून: बोलाउँछन् । यदि कारिन्दालाई जान अनुमति दिइएको थियो भने, उनलाई पनि कोठामा बोलाइन्छ । यदि सदस्यका बिशप किला सदस्यता परिषद्का लागि उपस्थित छन् भने, उनलाई पनि कोठामा आमन्त्रण गरिन्छ । यदि राहत समाजकी अध्यक्ष वा एल्डरहरूका गणका अध्यक्ष सहयोग प्रदान गर्न उपस्थित छन् भने, उनी वा उनलाई पनि स्वागत् गरिन्छ ।

  11. बिशप वा किला अध्यक्षले प्रेमको भावनामा परिषद्को निर्णयलाई बाताउँछन् । यदि निर्णय औपचारिक रूपमा व्यक्तिको चर्च सदस्यता विशेषाधिकारहरू प्रतिबन्ध गर्ने वा सदस्यता खारेजी गर्न गरिएको हो भने, उनले सर्तहरू बताउँछन् (हेर्नुहोस् ३२.११.३३२.११.४) । उनले प्रतिबन्धहरू कसरी पार गर्ने भनेर पनि बताउँछन् र अन्य निर्देशन र सल्लाहहरू प्रदान गर्छन् । बिशप वा किला अध्यक्षले निर्णय गर्नुपूर्व थप मार्गदर्शन वा जानकारी प्राप्त गर्न केही समयका लागि परिषद् स्थगित गर्न सक्छन् । त्यस अवस्थामा, उनले यो व्याख्या गर्छन् ।

  12. उनले व्यक्तिको पुनरावेदन गर्ने अधिकारको व्याख्या गर्छन् (हेर्नुहोस् ३२.१३) ।

  13. उनले कसैलाई समापनको प्रार्थना गर्न आमन्त्रण गर्दछन् ।

व्यक्ति उपस्थित हुन्छन् वा हुँदैनन्, ३२.१२.१मा व्याख्या गरिए अनुसार बिशप वा किला अध्यक्षले ऊ वा उनलाई निर्णय बारे सूचित गर्छन् ।

सदस्यता परिषदमा कुनै पनि सहभागीलाई अडियो, भिडियो वा लिखित अभिलेख गर्न अनुमति छैन । कारिन्दाले चर्च सदस्यता परिषद्को प्रतिवेदन तयार पार्ने प्रयोजनका लागि टिप्पणीहरू राख्न सक्छन् । जे भए तापनि, त्यस्ता टिप्पणीहरू शब्द-शब्दका अभिलेख वा प्रतिलिपि हुनु हुँदैन । प्रतिवेदन तयार पारिएको लगत्तै पछि, उनले कुनै पनि टिप्पणीहरू नष्ट पार्छन् ।

३२:११

सदस्यता परिषद्बाट निर्णयहरू

सदस्यता परिषद्का निर्णयहरू आत्माद्वारा निर्देशित हुनु पर्छ । तिनीहरूले पश्चात्ताप गर्नेहरूलाई मुक्तिदाताले प्रस्ताव गर्नुभएको प्रेम र आशालाई प्रतिविम्वित गर्नु पर्छ । सम्भावित निर्णयहरू तल वर्णन गरिएका छन् । यी निर्णयहरू गर्दा, अगुवाहरूले ३२.७मा उल्लिखित परिस्थितिहरू विचार गर्छन् ।

कुनै पनि सदस्यता परिषद् लगत्तै पछि, बिशप वा किला अध्यक्षले LCR द्वारा चर्च सदस्यता परिषद् फारमको प्रतिवेदन पेश गर्छन् (हेर्नुहोस् ३२.१४.१) ।

सदस्यता परिषदबाट सम्भावित निर्णयहरू निम्न खण्डहरूमा उल्लेख गरिएका छन् ।

३२.११.१

राम्रो स्थितिमा खडा रहन्छ

कतिपय अवस्थाहरूमा, कुनै व्यक्ति निर्दोष हुन सक्दछ र असल परिस्थितिमा खडा हुन सक्छन् । कतिपय अवस्थाहरूमा, कुनै व्यक्तिले पाप गरेको हुन सक्छ, इमान्दारितापूर्वक पश्चात्ताप गरेको हुन सक्छ र असल परिस्थितिमा हुन सक्छन् । बिशप वा किला अध्यक्षले भविष्यका कार्यहरूका सम्बन्धमा सल्लाह दिन र सचेत गराउन सक्छन् । परिषद् पछि, उनले आवश्यकताअनुसार सहयोग प्रदान गर्न निरन्तरता दिन्छन् ।

छवि
दम्पत्ति सँगै बस्दै

३२.११.२

बिशप वा किला अध्यक्षसँग व्यक्तिगत सल्लाह

कतिपय सदस्यता परिषद्हरूमा, अगुवाहरूले निर्धारण गर्न सक्छन् कि सदस्य राम्रो स्थितिमा छैनन् - तर त्यो औपचारिक सदस्यता प्रतिबन्धहरूको आश्वासन दिइँदैन आवश्यकता छैन । यी अवस्थाहरूमा, परिषद्ले निर्णय गर्न सक्दछ कि व्यक्तिले बिशप वा किला अध्यक्षबाट व्यक्तिगत सल्लाह र सुधार प्राप्त गर्नु पर्छ । यस सल्लाहमा ३२.८.३मा उल्लिखित अनौपचारिक सदस्यता प्रतिबन्धहरू समावेश हुन सक्छन् ।

३२.६.१मा सूचीबद्ध पापहरूका लागि परिषद् आयोजना हुँदा व्यक्तिगत सल्लाह र अनौपचारिक सदस्यता प्रतिबन्धहरू विकल्प होइनन् ।

३२.११.३

औपचारिक सदस्यता प्रतिबन्धहरू

कतिपय सदस्यता परिषद्हरूमा, अगुवाहरूले केही समयका लागि व्यक्तिको चर्च सदस्यता विशेषाधिकारहरूलाई औपचारिक रूपमा प्रतिबन्ध लगाउनु उत्तम हो भनेर निर्धारण गर्न सक्छन् । औपचारिक प्रतिबन्धहरू सबैका लागि पर्याप्त हुन सक्छ तर सबैभन्दा गम्भीर पाप वा परिस्थितिहरू, जसका लागि सदस्यता खारेजी गरिन्छ (हेर्नुहोस् ३२.११.४) ।

औपचारिक सदस्यता प्रतिबन्धहरू लगाइएकाहरू अझै पनि चर्चका सदस्यहरू हुन् । जे भए तापनि, तिनीहरूका चर्च सदस्यता विशेषाधिकारहरू निम्नानुसार प्रतिबन्धित छन्:

  • तिनीहरू मन्दिरमा प्रवेश गर्न नपाउन सक्छन् । जे भए तापनि, यदि तिनीहरूले अभिदान प्राप्त गरेको भए मन्दिरका वस्त्र पहिरनमा निरन्तरता दिन सक्छन् । यदि सदस्यसँग मन्दिर अनुमति-पत्र छ भने अगुवाले LCRमा रद्द गछन् ।

  • तिनीहरूले पादरित्व अभ्यास गर्न नपाउन सक्छन् ।

  • तिनीहरूले प्रभुभोज ग्रहण नगर्न सक्छन् वा चर्च पदाधिकारीहरूको समर्थनमा सहभागी नहुन सक्छन् ।

  • तिनीहरूले चर्चका सहयोगी परिषद्हरूमा वक्त्तव्य, पाठ वा प्रार्थना नदिन सक्छन् । न त तिनीहरूले चर्च बोलावटमा सेवा गर्न नै सक्छन् ।

यदि तिनीहरूको आचरण व्यवस्थित छ भने तिनीहरूलाई चर्चका सभाहरू र क्रियाकलापहरूमा उपस्थित हुन प्रोत्साहन गरिन्छ । उनीहरूलाई दशांश र भेटीहरू तिर्न पनि प्रोत्साहन गरिन्छ ।

बिशप वा किला अध्यक्षले अश्लीलता र अन्य खराब प्रभावहरूबाट टाढा रहने जस्ता अन्य सर्तहरू थप्न सक्छन् । उनले सामान्यतया सकारात्मक सर्तहरू थप्छन् । यसमा नियमित चर्च उपस्थिति, नियमित प्रार्थना र धर्मशास्त्र र अन्य चर्च सामग्रीहरू पढ्ने विषयहरू समावेश हुन सक्छन् ।

यदि व्यक्तिको चर्च सदस्यता विशेषाधिकारहरू औपचारिक रूपमा प्रतिबन्धित छन् भने त्यसलाई सदस्यता अभिलेखमा उल्लेख गरिन्छ ।

औपचारिक प्रतिबन्धको समय सामान्यतया कम्तिमा एक वर्ष हो र लामो पनि हुन सक्छ । जब सदस्यले वास्तविक पश्चात्तापमा व्यापक प्रगति गर्छन्, बिशप वा किला अध्यक्षले प्रतिबन्धहरू हटाउने विचार गर्न अर्को परिषद् आयोजना गछन् (हेर्नुहोस् ३२.१६.१) । यदि सदस्यले पापको ढाँचामा नै निरन्तरता दिए भने, अगुवाले अन्य उपायहरू विचार गर्न अर्को परिषद् आयोजना गर्न सक्छन् ।

३२.११.४

सदस्यताको खारेजी

कतिपय सदस्यता परिषद्हरूमा, अगुवाहरूले केही समयका लागि व्यक्तिको चर्च सदस्यता खारेजी गर्नु उत्तम हो भनेर निर्धारण गर्न सक्छन् (हेर्नुहोस् मोसियाह २६:३६; अल्मा ६:३; मोरोनी ६:७; सिद्धान्त र करारहरू २०:८३) ।

हत्या (३२.६.१.१ मा परिभाषित गरिएअनुसार) र बहुविवाह (३२.६.१.२ मा व्याख्या गरिएअनुसार) का लागि व्यक्तिको चर्च सदस्यता खारेजी गर्नु आवश्यक हुन्छ । यो ३२.६.१.२३८.६.१०मा व्याख्या गरिए अनुसार हाडनाताकरणीका लागि प्रायश: सधैँ आवश्यक हुन्छ ।

आत्माद्वारा निर्देशित भए अनुरुप, व्यक्तिको सदस्यता खारेजी गर्न पनि निम्नानुसार आवश्यक हुन सक्छ:

  • जसको आचरणले तिनीहरूलाई अरूहरूका लागि गम्भीर खतरा बनाउँछ ।

  • विशेष गरी गम्भीर पापहरू गर्नेहरूका लागि ।

  • गम्भीर पापहरूको पश्चात्ताप प्रदर्शन नगर्नेहरूका लागि ( ३२.७मा चिन्तनमननहरू हेर्नुहोस्) ।

  • चर्चलाई हानी गर्ने गम्भीर पाप गर्नेहरूका लागि ।

वार्ड, शाखा, वा जिल्ला सदस्यता परिषद्ले मन्दिरको अभिदान प्राप्त नगरेका व्यक्तिबाट चर्च सदस्यता खारेजी गर्न सिफारिस गर्न सक्छन् । जे भए तापनि, निर्णय अन्तिम हुनु पूर्व किला वा सुसमाचार प्रचार क्षेत्राध्यक्षको स्वीकृति आवश्यक हुन्छ ।

जसको चर्च सदस्यता खारेजी गरिएको छ तिनीहरूले सदस्यताको कुनै पनि विशेषाधिकारहरू प्राप्त गर्न सक्दैनन् ।

  • तिनीहरूले मन्दिरमा प्रवेश गर्न वा मन्दिरका वस्त्र लगाउन सक्ने छैनन् । यदि सदस्यसँग मन्दिर अनुमति-पत्र छ भने अगुवाले LCRमा रद्द गर्छन् ।

  • तिनीहरूले पादरित्व अभ्यास गर्न नपाउन सक्छन् ।

  • तिनीहरूले प्रभुभोज ग्रहण नगर्न सक्छन् वा चर्च पदाधिकारीहरूको समर्थनमा सहभागी नहुन सक्छन् ।

  • तिनीहरूले चर्चका सहयोगका लागि आयोजित परिषद्हरूमा वक्त्तव्य दिन, पाठ पढाउन वा प्रार्थना गर्न वा चर्चका क्रियाकलापको नेतृत्व गर्न सक्ने छैनन् । न त तिनीहरूले चर्च बोलावटमा सेवा गर्न नै सक्छन् ।

  • तिनीहरूले दशांश र भेटीहरू तिर्न सक्ने छैनन् ।

यदि तिनीहरूको आचरण व्यवस्थित छ भने तिनीहरूलाई चर्चका सभाहरू र क्रियाकलापहरूमा उपस्थित हुन प्रोत्साहन गरिन्छ ।

जसको चर्च सदस्यता खारेजी गरिएको छ बप्तिस्मा र प्रमाणीकरणद्वारा पुन: प्रवेशका लागि मनन गर्न सकिन्छ । सामान्यतया, तिनीहरूले यस पूर्व कम्तिमा एक वर्षको लागि साँचो पश्चात्ताप देखाउन आवश्यक हुन्छ । बिशप वा किला अध्यक्षले पुन: प्रवेशलाई मनन गर्नका लागि अर्को सदस्यता परिषद् आयोजना गर्छन् (हेर्नुहोस् ३२.१६.१) ।

सदस्यता परिषद्का निर्णय र परिणामहरू

निर्णय

परिणामहरू

निर्णय

असल परिस्थितिमा रहन्छन् (हेर्नुहोस् ३२.११.१)

परिणामहरू

  • कुनै पनि होइन

निर्णय

बिशप वा किला अध्यक्षसँग व्यक्तिगत सल्लाह (हेर्नुहोस् ३२.११.२)

परिणामहरू

  • अनौपचारिक रूपमा प्रतिबन्धित केही सदस्यता विशेषाधिकारहरू प्राप्त गर्न सक्छन् ।

  • प्रतिबन्धहरू सामान्यतया कम्तिमा एक वर्ष सम्म हुन्छन्; असामान्य परिस्थितिहरूमा, तिनीहरू लामो समयसम्मका लागि पनि हुन सक्छन् ।

  • प्रामाणिक पश्चात्ताप पछि अनौपचारिक प्रतिबन्धहरू हटाइन्छ ।

  • सदस्यता अभिलेखमा कार्यको अभिलेख गरिदैन ।

निर्णय

औपचारिक सदस्यता प्रतिबन्धहरू (हेर्नुहोस् ३२.११.३)

परिणामहरू

  • सदस्यता विशेषाधिकारहरू औपचारिक रूपमा प्रतिबन्धित हुन्छन् ।

  • प्रतिबन्धहरू सामान्यतया कम्तिमा एक वर्ष सम्म हुन्छन् र लामो समयसम्मका लागि पनि हुन सछन् ।

  • सदस्यता अभिलेखमा कार्यको अभिलेख गरिन्छ ।

  • औपचारिक प्रतिबन्धहरू वास्तविक पश्चात्ताप, सदस्यता परिषद् अनि आवश्यक भएमा, प्रथम अध्यक्षताको स्वीकृति पछि हटाइन्छ ।

  • सदस्यता परिषद् पछि प्रतिबन्धहरू हटाइएमा सदस्यता अभिलेख सूचक हटाइन्छ (आवश्यक टिप्पणीहरू बाहेक; हेर्नुहोस् ३२.१४.५) ।

निर्णय

सदस्यताको खारेजी (हेर्नुहोस् ३२.११.४)

परिणामहरू

  • सबै विधिहरू खारेज गरिन्छन् ।

  • सामान्यतया कम्तिमा एक वर्षका लागि सबै सदस्यता विशेषाधिकारहरू खारेजी गरिन्छ ।

  • कुनै व्यक्ति वास्तविक पश्चात्ताप, सदस्यता परिषद् र आवश्यक भएमा, प्रथम अध्यक्षताको अनुमोदन (हेर्नुहोस् ३२.१६) पछि मात्र बप्तिस्मा र प्रमाणीकरणद्वारा पुन: प्रवेशका लागि योग्य हुन्छन् ।

  • यस पूर्व नै अभिदान गरिएका व्यक्ति प्रथम अध्यक्षताको स्वीकृतिका साथ अनि पुन: प्रवेश गरेको कम्तिमा एक वर्ष पछि मात्रै आशीर्वादको पुनर्स्थापना प्राप्त गर्न योग्य हुन्छन्(हेर्नुहोस् ३२.१७.२) ।

  • यस पूर्व नै अभिदान प्राप्त गरेका व्यक्तिका लागि, “आशीर्वादको पुनर्स्थापना आवश्यक” सूचक विधि प्राप्त गरेपछि मात्रै सदस्यता अभिलेखबाट हटाइन्छ (आवश्यक टिप्पणीहरू बाँकी छन्; हेर्नुहोस् ३२.१४.५) ।

३२.११.५

कठीन विषयहरू निर्णय गर्ने सम्बन्धमा प्रश्नहरू

सदस्यता परिषद्हरूका लागि निर्देशन पुस्तिकाका दिशानिर्देशहरूका सम्बन्धमा किला अध्यक्षलाई बिशपहरूका प्रत्यक्ष प्रश्नहरू

कठीन विषयहरूमा, किला अध्यक्षले तोकिएका आफ्ना क्षेत्रीय सत्तरीबाट सल्लाह प्राप्त गर्न सक्छन् । किला अध्यक्षले क्षेत्रीय अध्यक्षतासँग ३२.६.३मा उल्लिखित विषयहरूमा सल्लाह गर्नु पर्छ । जे भए तापनि, किला अध्यक्षले क्षेत्रीय सत्तरी वा साधारण अधिकारीलाई कसरी कठीन विषयहरूका सम्बन्ध निर्णय गर्ने भनेर सोध्नु हुँदैन । किला अध्यक्षले आचरणलाई सम्बोधन गर्न परिषद् आयोजना गर्नु पर्छ कि पर्दैन भनेर निर्णय गर्छन् । यदि परिषद् आयोजना गरिएको छ भने किला अध्यक्ष वा बिशपले नतिजाको निर्णय गर्छन् ।

३२.११.६

प्रथम अध्यक्षताको अधिकार

प्रथम अध्यक्षता सँग चर्च सदस्यता प्रतिबन्ध र खारेजी सबैको अन्तिम अधिकार हुन्छ ।

३२:१२

सूचनाहरू र घोषणाहरू

सदस्य परिषद्को निर्णय व्यक्तिलाई—-र आवश्यक भएमा अरूलाई—-निम्न रूपमा व्याख्या गरिएअनुसार सूचित गरिन्छ ।

३२:१२.१

निर्णयका सम्बन्धमा व्यक्तिलाई सूचित गर्ने

बिशप वा किला अध्यक्षले सामान्यतया यो समाप्त भए पछि व्यक्तिलाई परिषद्को नतिजा बताउँछन् । जे भए तापनि, उनले निर्णय गर्नु पूर्व थप मार्गदर्शन वा जानकारी प्राप्त गर्न केही समयका लागि परिषद् स्थगित गर्न सक्छन् ।

वार्ड, शाखा, वा जिल्ला सदस्यता परिषद्ले मन्दिरको अभिदान प्राप्त नगरेका व्यक्तिबाट चर्च सदस्यता खारेजी गर्न सिफारिस गर्न सक्छन् । जे भए तापनि, निर्णय अन्तिम हुनु पूर्व किला वा सुसमाचार प्रचार क्षेत्राध्यक्षको स्वीकृति आवश्यक हुन्छ ।

बिशप वा किला अध्यक्षले ३२.११मा उल्लेख गरिए जस्तै निर्णयका प्रभावहरू वर्णन गर्छन् । सामान्यतया उनले पश्चात्तापका अवस्थाहरूमा पनि सल्लाह दिन्छन् ताकि प्रतिबन्धहरू हटाउन सकिन्छ वा व्यक्तिलाई चर्चमा पुन: प्रवेश गराउन सकिन्छ ।

बिशप वा किला अध्यक्षले व्यक्तिलाई निर्णय र यसका प्रभावहरूका सम्बन्धमा तत्कालै लिखित सूचना दिन्छन् । यस सूचनाले चर्चका नियमहरू र विधि विपरीत आचरणको प्रतिक्रियामा कार्यबाही गरिएको हो भनी सामान्य कथनलाई समावेश गर्छ । यसमा सदस्यता प्रतिबन्धहरू हटाउन वा चर्चमा पुन: प्रवेश गर्ने विषय सम्बन्धि सल्लाह पनि समावेश हुन सर्छन् । यसले व्यक्तिलाई सूचित गर्नु पर्दछ ताकि ऊ वा उनले निर्णयलाई अपील गर्न सर्छन् (हेर्नुहोस् ३२.१३) ।

यदि व्यक्ति परिषदमा उपस्थित भएनन् भने, उनलाई निर्णयको जानकारी दिन लिखित सूचना पर्याप्त हुन सक्छ । बिशप वा किला अध्यक्षले पनि व्यक्तिसँग भेट्न सर्छन् ।

बिशप वा किला अध्यक्षले व्यक्तिलाई चर्च सदस्यता परिषद् फारमको प्रतिवेदनको एक प्रति दिँदैन ।

३२.२.२

निर्णयका सम्बन्धमा अरूहरूलाई जानकारी दिने

यदि कुनै बिशप वा किला अध्यक्षले अनौपचारिक रूपमा व्यक्तिगत सल्लाहमा व्यक्तिको सदस्यता विशेषाधिकारहरू प्रतिबन्धित गर्छन् भने, उनले सामान्यतया अरू कसैलाई सूचित गर्दैनन् (हेर्नुहोस् ३२.८.३) । जे भए तापनि, यी अगुवाहरूले सदस्यहरूलाई सहयोग गर्दा अनौपचारिक प्रतिबन्धहरूका सम्बन्धमा एकअर्कासँग कुराकानी गर्छन् ।

यदि कुनै व्यक्तिका सदस्यता विशेषाधिकारहरू औपचारिक रूपमा प्रतिबन्धित छन् वा सदस्यता परिषदमा खारेजी गरिएका छन् भने, बिशप वा किला अध्यक्षले निर्णयका सम्बन्धमा जानकारी प्राप्त गर्न आवश्यक भएकाहरूलाई मात्रै जानकारी दिन्छन् । निम्न दिशानिर्देशहरू लागु हुन्छन् ।

  • उनले पीडित र सम्भावित पीडितहरूका आवश्यकता र व्यक्तिका परिवारहरूका भावनालाई विचार गर्छन् ।

  • यदि व्यक्तिले पुनरावेदन गरिरहेका छन् भने उनले निर्णय कसैलाई बताउँदैनन् । जे भए तापनि, उनले सम्भावित पीडितहरूलाई संरक्षण गर्नु आवश्यक छ जस्तो महसुस गर्दछन् भने यो अपील भइरहेको छ भनी बताउन सक्छन् । उनले पीडितहरूको चङ्गाइलाई समर्थन गर्न (यद्यपि उनले पीडितहरूको नाम दिँदैनन्) वा चर्चको अखण्डताको संरक्षण गर्नका लागि पनि यसलाई बताउन सक्छन् ।

  • आवश्यकता अनुसार, बिशपले वार्ड परिषद्का सदस्यहरूलाई गोप्य रूपमा निर्णयको जानकारी दिन्छन् । यो अगुवाहरूलाई जानकारी गराउन हो जसले उपलब्ध हुँदा व्यक्तिलाई बोलावट गर्न, पाठ पढाउन वा प्रार्थना गर्न वा वक्त्तव्य दिनका लागि विचार गर्न सक्छन् । यो अगुवाहरूलाई सदस्य र उनका परिवारलाई हेरचाह र समर्थन प्रदान गर्नका लागि प्रोत्साहन गर्न पनि हो ।

  • किला अध्यक्षको स्वीकृति लिएर, विशपले आफ्नो वार्डका एल्डरहरूका गण र राहत समाजका बैठकहरूमा निर्णयलाई बताउन सक्छन्, यदि यस्ता परिस्थितिहरू छन् भने:

    • हिंस्रक शिकारी व्यवहारहरू जसले अरूहरूलाई जोखीममा पार्न सक्छ ।

    • झूटा सिद्धान्त वा धर्मविमुखताका अन्य तरिकाहरू सिकाउँछ ।

    • बहुविवाहको अभ्यास गर्ने वा निम्नलाई आकर्षित गर्न सांप्रदायिक शिक्षाहरू प्रयोग गर्ने जस्ता निन्दनीय पापहरू ।

    • सार्वजनिक रूपमा साधारण वा स्थानीय चर्च अगुवाहरूका कार्य वा शिक्षाहरूको बिरोध गर्ने ।

  • यस्ता अवस्थाहरूमा, किला अध्यक्षले किलामा रहेका अन्य वार्डका सदस्यहरूलाई सञ्चारको अधिकार दिनु आवश्यक हुन सक्छ ।

  • कतिपय अवस्थाहरूमा, बिशप वा किला अध्यक्षले केही वा सबै पीडित र तिनीहरूका परिवारहरूलाई उक्त व्यक्तिका लागि सदस्यता परिषद् राखिएको जानकारी गराउनु उपयुक्त हुने महसुस गर्न सक्छन् । यो उनले आफ्ना बिशप वा किला अध्यक्षद्वारा गर्छन् ।

  • यदि एक व्यक्तिको हिँस्रक शिकारी प्रवृत्तिले अरूहरूलाई जोखिममा पार्छ भने, बिशप वा किला अध्यक्षले अरूहरूलाई संरक्षण प्रदान गर्न चेतावनी दिन सछन् । उनले गोप्य जानकारी प्रकट गर्दैनन् र अनुमान गर्दैनन् ।

  • अन्य सबै अवस्थाहरूमा, बिशप वा किला अध्यक्षले कुनै पनि वार्तालापलाई सामान्य कथनमा सीमित गर्छन् । उनले सरल रूपमा बताउँछन् कि व्यक्तिका चर्च सदस्यता विशेषाधिकारहरू चर्चको नियम र रीत विपरीतका आचरणका लागि प्रतिबन्धित गरिएका छन् वा खारेजी गरिएका छन् । उनले उपस्थितहरूलाई छलफल नगर्न आग्रह गर्दछन् । तिनीहरूले फैसलाको समर्थन गर्छन् वा विरोध गर्छन् भनेर उनले सोध्दैनन् ।

  • यदि कुनै सदस्य सदस्यता परिषद् पछि राम्रो स्थितिमा छन् भने बिशप वा किला अध्यक्षले हल्लाहरू हटाउन त्यसलाई बताउन सक्छन् (हेर्नुहोस् ३२.११.१) ।

३२:१२:३

सदस्यता परित्यागका सम्बन्धमा सूचना दिने

कतिपय अवस्थाहरूमा, बिशपले कुनै व्यक्तिले चर्चमा आफ्नो सदस्यता परित्याग गरेका छन् भनेर बताउनु आवश्यक हुन सक्छ (हेर्नुहोस् ३२.१४.९) । बिशपले कुनै अन्य विवरण प्रदान गर्दैनन् ।

३२.१३

निर्णयको अपील

कुनै सदस्यले वार्ड सदस्यता परिषद्को निर्णयका विरुद्धमा ३० दिनभित्र किला अध्यक्ष सामु पुनरावेदन गर्न सक्छन् । किला अध्यक्षले अपीललाई मनन गर्नका लागि किला सदस्यता परिषद् आयोजना गर्छन् । उनले बिशपलाई विशेष गरी यदि त्यहाँ नयाँ जानकारी छ भने परिषद्को पुन: भेला गर्न र निर्णयमा पुनर्विचार गर्न पनि आग्रह गर्न सक्छन् ।

कुनै सदस्यले ३० दिन भित्र प्रथम अध्यक्षतालाई पत्र लेखेर किला सदस्यता परिषद्को निर्णयविरुद्ध अपील गर्न सक्छन् । सदस्यले प्रथम अध्यक्षलाई पेश गर्न किला अध्यक्षलाई पत्र दिन्छन् ।

सुसमाचार प्रचार क्षेत्रमा, सदस्यले शाखा वा जिल्ला सदस्यता परिषद्को निर्णय विरुद्धमा ३० दिनभित्र सुसमाचार प्रचार क्षेत्राध्यक्षसामु अपील गर्न सक्छन् । सुसमाचार प्रचार क्षेत्राध्यक्षले अपीललाई मनन गर्न सदस्यता परिषद् आयोजना गर्छन् । यदि समय वा दूरीले उनलाई यसो गर्नबाट रोक्दछ भने, उनले ३२.९.४का निर्देशनहरू पालना गर्छन् ।

यदि कुनै सुसमाचार प्रचार क्षेत्राध्यक्षले परिषद् सञ्चालन गरेका थिए भने, ३० दिन भित्र प्रथम अध्यक्षतालाई पत्र लेखेर सदस्यले निर्णयविरुद्ध अपील गर्न सक्छन् । सदस्यले प्रथम अध्यक्षतालाई पेश गर्नका लागि सुसमाचार प्रचार क्षेत्राध्यक्षलाई पत्र दिन्छन् ।

निर्णयमा अपील गर्ने व्यक्तिले लिखित रूपमा प्रक्रिया वा निर्णयमा तथाकथित त्रुटि वा अनुचितता उल्लेख गर्छन् ।

यदि कुनै अपीललाई विचार गर्न सदस्यता परिषद् आयोजना गरिएको छ भने, दुई निर्णयहरू मध्ये एक सम्भव छ:

  • प्रारम्भिक निर्णय रहन दिनुहोस् ।

  • प्रारम्भिक निर्णय परिमार्जन गर्नुहोस् ।

प्रथम अध्यक्षताको निर्णय अन्तिम हुन्छ र पुनरावेदन गर्न सकिँदैन ।

३२:१४

प्रतिवेदनहरू र सदस्यता अभिलेखहरू

३२:१४:१

चर्च सदस्यता परिषद्को प्रतिवेदन

कुनै पनि सदस्यता परिषद् पछि, बिशप वा किला अध्यक्षले तत्कालै चर्च सदस्यता परिषद् फारमको प्रतिवेदन LCR मार्फत् पेश गर्छन् । उनले कारिन्दालाई प्रतिवेदन तयार पार्न आग्रह गर्न सक्छन् । उनले स्थानीय रूपमा फारमको कुनै पनि प्रतिलिपि वा इलेक्ट्रोनिक प्रतिलिपि नराखिने विषय सुनिश्चित गर्दछन् । उनले यो पनि सुनिश्चित गर्छन् कि प्रतिवेदन तयार पार्न प्रयोग गरिएका कुनै पनि टिप्पणीहरू तत्कालै नष्ट गरिन्छन् ।

३२:१४:२

औपचारिक चर्च सदस्यता प्रतिबन्धहरू

औपचारिक चर्च सदस्यता प्रतिबन्धहरू व्यक्तिको सदस्यता अभिलेखमा उल्लेख गरिएका हुन्छन् । चर्च प्रधान कार्यालयले चर्च सदस्यता परिषद्को अभिलेख प्राप्त गरेपछि यो टिप्पणी उल्लेख गर्छ । जब कुनै सदस्यले पश्चात्ताप गरेका छन् भने अगुवाले यी प्रतिबन्धहरू हटाउन विचार गर्न अर्को परिषद् आयोजना गर्नु पर्छ (हेर्नुहोस् ३२.१६.१)।

३२.१४.३

कुनै व्यक्तिको चर्च सदस्यता खारेजी भए पछिका अभिलेखहरू

यदि कुनै व्यक्तिको चर्च सदस्यता खारेजी गरिन्छ भने, चर्च प्रधान कार्यालयले चर्च सदस्यता परिषद्को प्रतिवेदन प्राप्त गरेपछि सदस्यता अभिलेख हटाउँछ । यदि व्यक्तिले चाहेमा, अगुवाहरूले उनलाई बप्तिस्मा र प्रमाणीकरणद्वारा चर्चमा पुन: प्रवेश गर्नका लागि तयार हुन सहयोग गर्छन् (हेर्नुहोस् ३२.१६.१) ।

३२.१४.४

चर्चमा पुनः प्रवेश भए पछिका अभिलेखहरू

कुनै व्यक्तिलाई चर्चमा पुन: प्रवेश गरिसकेपछि, बिशपले चर्च सदस्यता परिषद् फारमको प्रतिवेदन पेश गर्छन् । बप्तिस्मा र प्रमाणीकारणको प्रमाण-पत्र बनाइँदैन । बरु, बप्तिस्मा र प्रमाणीकरण चर्चको सदस्यता परिषद् फारमको प्रतिवेदनमा अभिलेख गरिन्छ ।

यदि सदस्यले अभिदान प्राप्त गरेका थिएनन् भने, चर्चको प्रधान कार्यालयले सदस्यता अभिलेख प्रदान गर्छ जसले उसको प्रारम्भिक बप्तिस्माका मिति र अन्य विधिहरू देखाउँछ । अभिलेखले चर्चको सदस्यता गुमाएको विषयमा कुनै सन्दर्भ उल्लेख गर्दैन ।

यदि सदस्यले अभिदान प्राप्त गरेका थिए भने, चर्चको प्रधान कार्यालयले नयाँ बप्तिस्मा र प्रमाणीकरण मितिहरू देखाउन सदस्यता अभिलेख अद्यावधिक गर्छ । यस अभिलेखमा “आशीर्वादहरूको पुनर्स्थापना आवश्यक छ” भन्ने सन्देश पनि समावेश हुन्छ । सदस्यको आशीर्वादहरू पुनर्स्थापित भएपछि (हेर्नुहोस् ३२.१७.२), प्रारम्भिक बप्तिस्मा र अन्य विधिहरूका मितिहरू देखाउन सदस्यता अभिलेख अद्यावधिक गरिन्छ । यसले चर्चको सदस्यता गुमाएको विषयमा कुनै सन्दर्भ उल्लेख गर्दैन ।

३२.१४.५

टिप्पणीहरू सँगै सदस्यता अभिलेखहरू

प्रथम अध्यक्षताद्वारा अधिकार प्रदान गरिएमा, चर्चको प्रधान कार्यालयले तल सूचीबद्ध कुनै पनि परिस्थितिहरूमा व्यक्तिको सदस्यता अभिलेख टिप्पणी गर्छ ।

  1. बिशप वा किला अध्यक्षले चर्च सदस्यता परिषद् फारमको प्रतिवेदन पेश गर्छन् जसले व्यक्तिको सदस्यता औपचारिक रूपमा निम्न कुनै पनि आचरणका लागि प्रतिबन्धित वा खारेजी गरिएको थियो भनेर सङ्केत गर्छ:

    1. हाडनाताकरणी

    2. बालबालिका वा युवामाथि यौन दुर्व्यवहार, बालबालिका वा युवामाथि यौन शोषण, वा बालबालिका वा युवामाथि गम्भीर शारीरिक वा भावनात्मक दुर्व्यवहार

    3. ३८.६ .६ मा उल्लेख गरिए जस्तै बाल अश्लीलतामा संलग्नता

    4. बहुविवाह

    5. वयस्क यौन हिंस्रक शिकारी व्यवहार

    6. ट्रान्सजेन्डर-जन्मको समयमा व्यक्तिको जैविक लिङ्गका विपरीतमा परिवर्तन गर्ने कार्यहरू (हेर्नुहोस् ३८.६.२३)

    7. चर्चका कोषहरू वा सम्पत्तिको हिनामिना (हेर्नुहोस् ३२.६.३.३)

    8. चर्च कल्याण कोषको दुरुपयोग

    9. जोखिममा पार्ने व्यवहार (जस्तै यौन, हिंसात्मक वा आर्थिक) वा चर्चलाई हानी पुर्‍याउने आचरण

  2. बिशप र किला अध्यक्षले लिखित सूचना पेश गर्छन् कि ती व्यक्तिले:

    1. माथि सूचीबद्ध कार्यहरू मध्ये कुनै एकमा संलग्न अपराधमा दोषी ठहरिएको छ वा स्वीकार गरेका छन् ।

    2. ठगीको नागरिक कार्यवाहीमा उत्तरदायी भएको वा माथि सूचीबद्ध अन्य गैरकानूनी कार्यहरू मध्ये एकमा समावेश भएको पाइयो ।

जब कुनै बिशपले टिप्पणी सदस्यता अभिलेख प्राप्त गर्छन्, उनले टिप्पणीका निर्देशनहरू पालना गर्छन् ।

केवल प्रथम अध्यक्षताले सदस्यता अभिलेखबाट टिप्पणी हटाउने अधिकार दिन सक्छन् । यदि किला अध्यक्षले टिप्पणी हटाउन सिफारिस गरे भने, उनले LCR प्रयोग गर्छ (हेर्नुहोस् ६.२.३) । सिफारिस स्वीकृत भएको छ वा छैन भनेर प्रथम अध्यक्षताको कार्यालयले उनलाई सूचित गर्छ ।

३२.१४.६

चर्च कोष चोरीको सूचना दिने

यदि कुनै व्यक्तिको सदस्यता प्रतिबन्धित छ वा चर्च कोष हिनामिनाका लागि खारेजी गरिएको छ भने, बिशप वा किला अध्यक्षले यसलाई ३४.७.५ मा उल्लेख गरिएअनुसार अभिलेख गर्छ ।

३२.१४.७

सदस्यता अभिलेखहरूमा प्रतिबन्धहरू सार्ने

कहिलेकाहीँ कुनै सदस्यता कार्य वा अन्य गम्भीर सरोकारका बिषयहरू विचाराधीन रहेको अवस्थामा चर्चको सदस्य बसाईं सर्छन् । कहिलेकाहीँ बिशपले नयाँ इकाईमा सदस्यता अभिलेख स्थानान्तरण गर्नु पूर्व नयाँ बिशपसँग जानकारी बाँढ्नु आवश्यक हुन्छ । यी अवस्थाहरूमा, बिशप (वा अधिकार प्रदान गरिएमा कारिन्दा) ले सदस्यता अभिलेख सार्न प्रतिबन्ध लगाउन सक्छन् । बिशप (वा अधिकार प्रदान गरिएमा कारिन्दा) ले प्रतिबन्ध नहटाउँदा सम्म अभिलेख इकाईमा नै रहन्छ । यसले बिशपलाई सरोकार र जानकारीको वार्तालाप गर्ने अवसर दिन्छ ।

३२.१४.८

कैदमा रहेकाहरूका अभिलेखहरू

केही सदस्यहरू अपराधमा दोषी ठहरिएका छन् र कैदमा छन् । अपराध भएको समयमा व्यक्ति बसेको इकाईका बिशप वा किला अध्यक्षले औपचारिक सदस्यता प्रतिबन्ध वा खारेजीका लागि आवश्यक हरेक कार्यवाहीलाई अगाडि बढाउँछन् । यदि सदस्यता विशेषाधिकारहरू प्रतिबन्धित थिए भने, अगुवा (वा अधिकार प्रदान गरिएमा कारिन्दा) ले सदस्यता अभिलेख इकाईमा पठाउँछन् जुन त्यहाँको स्थानका लागि उत्तरदायी छ जहाँ व्यक्ति कैदमा छन् । यदि सदस्यता खारेजी गरियो भने, बिशप वा किला अध्यक्षले त्यो इकाईका अगुवालाई सम्पर्क गर्छन् । (हेर्नुहोस् ३२:१५) ।

३२.१४.९

सदस्यता परित्याग गर्नका लागि अनुरोध गर्छ

यदि कुनै सदस्यले चर्चमा आफ्नो सदस्यता परित्याग गर्ने अनुरोध गछन् भने, बिशपले ऊ वा उनी सरोकारका विषयहरू छलफल गर्न र गर्न इच्छुक छन् कि भनेर जानकारी लिन्छन् र तिनीहरूलाई समाधान गर्ने प्रयास गर्छन् । बिशप र सदस्यले किला अध्यक्षसँग पनि सल्लाह गर्न सक्दछन् । सदस्यले चर्च सदस्यता परित्याग गर्ने निम्न परिणामहरू बुझ्छन् भनेर अगुवाले यो सुनिश्चित गर्छन्:

  • यसले सबै विधिहरू खारेज गर्छ ।

  • यसले सबै सदस्यता विशेषाधिकारहरू हटाउँछ ।

  • बप्तिस्मा र प्रमाणीकरणद्वारा पुन: प्रवेश पूर्ण अन्तर्वार्ता र अधिकांश अवस्थाहरूमा, सदस्यता परिषद् पछि मात्र हुन सक्छ (हेर्नुहोस् ३२.१६.२) ।

  • यस पूर्व नै अभिदान प्राप्त गरिसकेका व्यक्तिले प्रथम अध्यक्षताको स्वीकृति सँगै र पुन: प्रवेश भएको कम्तिमा एक वर्ष पछि मात्र पादरित्वको पुनर्स्थापना गर्न र मन्दिरका आशीर्वाद प्राप्त गर्न योग्य हुन्छन् । (हेर्नुहोस् ३२.१७.२) ।

यदि सदस्य अझै पनि चर्च सदस्यता परित्याग गर्न चाहन्छ भने, उनले बिशपलाई लिखित, हस्ताक्षर गरिएको अनुरोध दिन्छन् । बिशपले LCRद्वारा किला अध्यक्षलाई अनुरोध पेश गर्छन् । त्यसपछि किला अध्यक्षले मुल्याङ्कन गर्छन् र त्यही प्रणालीद्वारा अनुरोध पेश गर्छन् । अगुवाहरूले अनुरोधमा तत्कालै कार्य गर्नु पर्छ ।

कुनै व्यक्तिले चर्चको प्रधान कार्यालयमा हस्ताक्षर गरिएको, नोटराइज गरिएको अनुरोध पठाएर सदस्यता परित्याग गर्न पनि सक्छन् ।

कुनै नाबालिग जसले ऊ वा उनको चर्चको सदस्यता परित्याग गर्न चाहन्छन्, एक अपवादका साथ: वयस्कले जस्तै उही प्रक्रिया अनुशरण गर्छन्, अनुरोधमा नाबालिग (यदि ८ वर्ष भन्दा माथि) र मातापिता (हरू) वा अभिभावक (हरू) द्वारा हस्ताक्षर हुनु पर्छ । ) जसको नाबालिगको कानूनी हिरासत छ ।

यदि सदस्यता परित्याग गर्न खोज्ने सदस्यले चर्च वा यसका अगुवाहरू विरुद्ध कानुनी कार्यवाही गर्ने धम्की दिन्छन् भने, किला अध्यक्षले ३८.८.२३का निर्देशनहरू पालना गर्छन् ।

पादरित्व अगुवाहरूलाई गम्भीर पापको जानकारी भए तापनि सदस्यता परित्याग गर्ने अनुरोध कार्यान्वयन गरिनु पर्छ । LCRद्वारा अनुरोध पेश गर्दा समाधान नभएका पापहरूका सम्बन्धमा कुनै पनि जानकारी सूचिवद्ध गरिन्छ । यदि व्यक्तिले चर्चमा पुन: प्रवेशका लागि आवेदन दिन्छ भने यसले पादरित्व अगुवाहरूलाई भविष्यमा त्यस्ता विषयहरूको समाधान गर्न अनुमति दिन्छ (हेर्नुहोस् ३२.१६.२) ।

सदस्यता परिषद् आयोजना गर्नुबाट बच्नका लागि पादरित्व अगुवाहरूले चर्चको सदस्यता परित्याग गर्ने सल्लाह दिनु हुँदैन ।

तिनीहरूले सम्पर्क नगर्न नभन्दा सम्म अगुवाहरूले सदस्यता परित्याग गर्नेहरूलाई सेवा गरिरहन्छन् ।


चर्च सदस्यता विशेषाधिकारहरू पुन: प्राप्त गर्ने


यदि कुनै व्यक्तिको चर्च सदस्यता विशेषाधिकारहरू प्रतिबन्धित वा खारेजी गरिएको छ भने, अगुवाहरूले मित्रता, सल्लाह, र व्यक्तिलाई ऊ वा उनले अनुमति दिए अनुरूप समर्थन गर्छन् । यो खण्डले ती विशेषाधिकारहरू कसरी पुन: प्राप्त गर्न सकिन्छ भनेर वर्णन गर्छ ।

३२.१५

सेवालाई निरन्तरता दिनुहोस्

कुनै सदस्यले सदस्यता प्रतिबन्धहरू प्राप्त गरेको वा ऊ वा उनको चर्च सदस्यता खारेजी गरिएको समयमा बिशप वा किला अध्यक्षको साझा न्यायकर्ताको भूमिका समाप्त हुँदैन । जसै व्यक्तिले अनुमति दिन्छ, उनले सेवा गर्न निरन्तरता दिन्छन्, ताकि ऊ वा उनले पुन: चर्च सदस्यताको आशीर्वाद प्राप्त गर्न सक्छन् । जब ऊ वा उनकी जीवनसाथीलाई सहयोगी र उपयोगी हुन्छ, बिशपले नियमित रूपमा व्यक्तिसँग भेट्छन् । मुक्तिदाताले नफीहरूलाई सिकाउनुभयो:

तैपनि, तिमीहरूले उसलाई आफ्ना सभाघरहरूबाट, अथवा तिमीहरूका आराधनाका स्थानहरूबाट निकाला नगर्नू, किनकि तिमीहरूले त्यस्ताको निरन्तर सेवा गर्नू; किनकि तिमीहरूलाई थाहा छैन कि उनीहरू कहिले फर्कने छन् र पश्चात्ताप गर्ने छन् र हृदयको पूरा प्रयोजनसहित मसमक्ष आउने छन् र म उनीहरूलाई चङ्गाइ गर्ने छु; र तिमीहरू उनीहरूसमक्ष मुक्ति ल्याउने माध्यम हुने छौ ” (३ नफी १८:३२) ।

कुनै व्यक्तिको सदस्यता प्रतिबन्धित वा खारेजी गरिएको समय ऊ वा उनको परिवारका लागि कठिन र संवेदनशील हुन्छ । अगुवाहरूले यी आवश्यकताहरूप्रति संवेदनशील हुनु पर्छ र परिवारका सदस्यहरूलाई प्रोत्साहन र सहयोग गर्नु पर्छ ।

बिशपले यो सुनिश्चित गर्छन् कि हेरचाह गर्ने सदस्यहरू ती व्यक्तिलाई सेवकका रूपमा नियुक्त गरिएको छ जसको उनको अनुमतिमा चर्च सदस्यता प्रतिबन्धित वा खारेजी गरिएको छ । उनीहरूले परिवारका अन्य सदस्यहरूलाई पनि सेवा गर्छन् । सदस्यता प्रतिबन्ध अन्तर्गतका व्यक्तिहरूले अनुक्रमणिकामा सहभागी भई लाभ उठाउन सक्छन् (हेर्नुहोस् २५.४.३) ।

यदि व्यक्ति वार्डबाट बसाईं सर्छन् भने, बिशपले नयाँ बिशपलाई जानकारी गराउँछन् र चर्च सदस्यता प्रतिबन्धहरू हटाउनुपूर्व के हुन आवश्यक छ भनेर बताउँछन् । यदि व्यक्तिको सदस्यता चर्चबाट खारेजी गरियो वा व्यक्तिले सदस्यता परित्याग गरे भने, यदि व्यक्तिले चर्चका अगुवाहरूद्वारा सहयोग लिन सहमत भएको खण्डमा बिशपले यस्तै सम्पर्क गर्छन् ।

३२.१६

औपचारिक प्रतिबन्धहरू हटाउँदै वा चर्चमा पुन: प्रवेश गराइँदै

३२.१६.१

औपचारिक प्रतिबन्धहरू हटाउन वा व्यक्तिलाई पुन: प्रवेश गराउन सदस्यता परिषद्हरू

जब सदस्यता विशेषाधिकारहरू प्रतिबन्धित हुन्छन् वा सदस्यता परिषदमा खारेजी गरिन्छ, प्रतिबन्धहरू हटाउन वा व्यक्तिलाई चर्चमा पुन: प्रवेश गराउने सम्बन्धमा मनन गर्नका लागि अर्को परिषद्को आयोजना गर्नु पर्छ । प्रारम्भिक परिषद्को जस्तै यस परिषद्सँग पनि समान स्तरको (वा उच्च) अधिकार हुनु पर्छ । उदाहरणका लागि, यदि कुनै किला वा सुसमाचार प्रचार क्षेत्राध्यक्षले प्रारम्भिक परिषद्को अध्यक्षता गरे भने, कुनै किला वा सुसमाचार प्रचार क्षेत्राध्यक्षले प्रतिबन्ध हटाउन वा व्यक्तिलाई पुन: प्रवेश गराउने सम्बन्धमा मनन गर्नका लागि परिषद्को अध्यक्षता गर्छन् ।

वर्तमान बिशप वा किला अध्यक्षले परिषद् आयोजना गर्छन् । उनले पहिले सुनिश्चित गर्छन् कि व्यक्तिले पश्चात्ताप गरेका छन् र चर्च सदस्यताको आशीर्वादको आनन्द उठाउन तयार र योग्य छन् ।

तिनीहरू जसको चर्च सदस्यता औपचारिक रूपमा प्रतिबन्धित भएको छ, सामान्यतया प्रतिबन्धहरू हटाउन विचार गर्नुपूर्व कम्तिमा एक वर्षका लागि इमान्दार पश्चात्ताप गरेको देखाउनु आवश्यक छ । चर्चको सदस्यता खारेजी गरिएका व्यक्तिहरूले पुन: प्रवेश गर्नका लागि विचार गर्नुपूर्व जहिले पनि कम्तिमा एक वर्षका लागि इमान्दारपूर्वक पश्चात्ताप गरेको देखाउनु आवश्यक हुन्छ । गम्भीर पाप गरेको समयमा चर्चको प्रमुख पदमा रहेका सदस्यका लागि, सामान्यतया अवधि लामो हुन्छ (हेर्नुहोस् ३२.६.१.४) ।

प्रतिबन्धहरू हटाउने वा चर्चमा व्यक्तिलाई पुन: प्रवेश गराउने सम्बन्धमा मनन गर्ने परिषद्ले अन्य सदस्यता परिषद्हरू जस्तै समान दिशानिर्देशहरू पालना गर्छ । बिशपलाई परिषद् आयोजना गर्नका लागि किला अध्यक्षबाट स्वीकृति चाहिन्छ । सुसमाचार क्षेत्रमा, शाखा वा जिल्ला अध्यक्षलाई सुसमाचार प्रचार क्षेत्राध्यक्षबाट स्वीकृति आवश्यक हुन्छ ।

चर्च सदस्यता प्रतिबन्धहरू हटाउन वा चर्चमा कुनै व्यक्तिलाई पुन: प्रवेश गराउने सम्बन्धमा मनन गर्नका लागि सदस्यता परिषद् आयोजना गर्दा निम्न दिशानिर्देशहरू लागु हुन्छन् । यी सबै दिशानिर्देशहरू हरेक बिषयमा लागु हुन सक्दैनन् ।

  1. प्रारम्भिक सदस्यता परिषद्को समीक्षा गर्नुहोस् । बिशप वा किला अध्यक्षले चर्च सदस्यता परिषद् फारमको अभिलेखको समीक्षा गर्छन् । उनले LCRद्वारा एक प्रतिलिपि अनुरोध गर्छन् । फारमको समीक्षा गरिसकेपछि, उनले स्पष्टीकरण प्राप्त गर्न प्रारम्भिक परिषद् आयोजना गरिएको बिशप वा किला अध्यक्षलाई सम्पर्क गर्न सक्छन् ।

  2. व्यक्तिको अन्तर्वार्ता लिनुहोस् । बिशप वा किला अध्यक्षले येशू ख्रीष्टमा ऊ वा उनको आस्थाको शक्ति र पश्चात्तापको सीमा उत्तम तरिकाले बुझ्नका लागि व्यक्तिसँग अन्तर्वार्ता लिन्छन् । उनले व्यक्तिले प्रारम्भिक कार्यमा उल्लेखित सर्तहरू पूरा गरेका छन् कि छैनन् भनेर पनि निर्धारण गर्छन् ।

  3. फौजदारी वा नागरिक अदालतको कार्यवाहीको स्थिति निर्धारण गर्नुहोस् । कहिलेकाहीँ कुनै व्यक्तिले अपराध स्वीकार गरेको हुन्छ वा दोषी ठहरिएको हुन्छ । कहिलेकाहीँ कुनै व्यक्ति ठगी वा अन्य गैरकानूनी कार्यहरूको नागरिक कार्यवाहीमा उत्तरदायी पाइएको हुन्छ । यी विषयहरूमा, अगुवाले सामान्यतया परिषद् आयोजना गर्दैनन् जबसम्म व्यक्तिले कुनै पनि सजाय, आदेश वा कानुनी अधिकारीहरूले गरेका निर्णयका सबै सर्तहरू पूरा गर्दैनन् । यी सर्तहरूमा कैद, कैद बाहिरको नियन्त्रण, प्रतिज्ञासहित कैदबाट छुट्कारा र जरिवाना वा पुनर्स्थापना समावेश हुन सक्छन् । अपवादहरूमा सदस्यता परिषद् आयोजना गर्नु पूर्व प्रथम अध्यक्षताको स्वीकृति आवश्यक पर्छ । यी अपवादहरूमा कानुनी आवश्यकताहरू पूरा गरेका र वास्तविक पश्चात्ताप देखाएका तर आजीवन कैद बाहिरको नियन्त्रणमा भएका वा पर्याप्त जरिवाना तिरेका व्यक्ति समावेश हुन सक्छन् ।

  4. पीडितहरूका पादरित्व अगुवाहरूलाई सम्पर्क गर्नुहोस् । बिशप वा किला अध्यक्षले कुनै पनि पीडितहरूको हालका बिशप वा किला अध्यक्षलाई सम्पर्क गर्छन् (हेर्नुहोस् ३२.१०.२) ।

  5. परिषद्को सूचना दिनुहोस् । उनले परिषद्को मिति, समय र स्थानका सम्बन्धमा व्यक्तिलाई सूचित गर्छन् ।

  6. परिषद् सञ्चालन गर्नुहोस् । उनले ३२.१०.३को दिशानिर्देश अनुसार परिषद् सञ्चालन गर्छन् । उनले ती व्यक्तिलाई पश्चात्ताप गर्नका लागि ऊ वा उनले के गरेका छन् भनेर सोध्छन् । उनले येशू ख्रीष्ट र चर्चप्रतिको ऊ वा उनको प्रतिवद्धताका सम्बन्धमा पनि सोध्छन् । सान्दर्भिक सबै विषयहरू प्रस्तुत गरिसकेपछि, उनले सदस्यलाई बाहिर जान अनुमति दिन्छन् । के कदम चाल्ने भनेर मनन गर्न उनले आफ्ना सल्लाहकारहरूसँग प्रार्थना गर्छन् । तीन सम्भावित निर्णयहरू हुन्:

    1. सदस्यता प्रतिबन्धहरू वा खारेजीलाई निरन्तरता दिनुहोस् ।

    2. प्रतिबन्धहरू हटाउनुहोस् वा पुन: प्रवेशका लागि अनुमति दिनुहोस् ।

    3. प्रतिबन्धहरू हटाइयोस् वा पुन: अनुमति प्रवेशका लागि अनुमति दिइयोस् भनेर प्रथम अध्यक्षतालाई सिफारिस गर्नुहोस् (यदि आवश्यक भएमा ”प्रथम अध्यक्षताको स्वीकृतिका लागि निम्नानुसार आवेदन दिनुहोस्”) ।

  7. निर्णय बताउनुहोस् । परिषद्ले निर्णय गरेपछि, अध्यक्षता गर्ने अधिकारीले व्यक्तिलाई बताउँछन् । यदि प्रथम अध्यक्षताबाट स्वीकृति आवश्यक छ भने, उनले यो निर्णय भनेको प्रथम अध्यक्षताको सिफारिस हो भनेर बताउँछन् ।

  8. प्रतिवेदन पेश गर्नुहोस् । बिशप वा किला अध्यक्षले LCR द्वारा चर्च सदस्यता परिषद् फारमको प्रतिवेदन पेश गर्छन् । उनले कारिन्दालाई यो प्रतिवेदन तयार पार्न आग्रह गर्न सक्छन् । उनले स्थानीय रूपमा कुनै पनि प्रतिलिपि वा इलेक्ट्रोनिक प्रतिलिपि राखिएको छैन भनेर सुनिश्चित गर्छन् । उनले प्रतिवेदन तयार पार्न प्रयोग गरिएका सबै टिप्पणीहरू तत्कालै नष्ट गरिएको सुनिश्चित गर्छन् ।

  9. प्रथम अध्यक्षताको स्वीकृतिका लागि आवेदन दिनुहोस् (यदि आवश्यक भएमा) । निम्न परिस्थितिहरूमा, औपचारिक सदस्यता प्रतिबन्धहरू हटाउन वा व्यक्तिलाई चर्चमा पुन: प्रवेश गर्न प्रथम अध्यक्षताको स्वीकृति आवश्यक हुन्छ । चर्चको सदस्यता औपचारिक रूपमा प्रतिबन्धित वा खारेजी गरिए पछि आचरण भएको भए पनि यो स्वीकृति आवश्यक हुन्छ ।

    यदि उनले अनुमोदनको सिफारिस गरे भने मात्रै किला अध्यक्षले प्रथम अध्यक्षतालाई आवेदन बुझाउँछन् (हेर्नुहोस् ६.२.३) ।

    1. हत्या

    2. हाडनाताकरणी

    3. बालबालिका वा युवामाथि यौन दुर्व्यवहार, बालबालिका वा युवामाथि यौन शोषण वा वयस्कहरू वा जेठा युवाहरूद्वारा बालबालिका वा युवामाथि शारीरिक वा भावनात्मक दुर्व्यवहार

    4. कुनै कानूनी आरोपसिद्धि हुँदा बाल अश्लीलता सँग संलग्नता

    5. धर्मविमुखता

    6. बहुविवाह

    7. चर्चको प्रमुख पद धारण गर्दा गम्भीर पाप गरेको

    8. ट्रान्सजेन्डर-जन्मको समयमा व्यक्तिको जैविक लिङ्गका विपरीतमा परिवर्तन गर्ने कार्यहरू (हेर्नुहोस् ३८.६.२३) ।

    9. चर्चका कोषहरू वा सम्पत्तिको हिनामिना

  10. निर्णयको लिखित सूचना दिनुहोस् । व्यक्तिले निर्णय र यसका प्रभावहरूका सम्बन्धमा तत्कालै लिखित सूचना प्राप्त गर्दछन् भनेर बिशप वा किला अध्यक्षले सुनिश्चित गर्छन् ।

  11. बप्तिस्मा र प्रमाणीकरण गर्नुहोस् । यदि कुनै व्यक्तिको चर्च सदस्यता प्रारम्भिक परिषदमा खारेजी गरिएको थियो भने, उनले पुन: बप्तिस्मा लिनु पर्छ र प्रमाणीकरण गरिनु पर्छ । यदि प्रथम अध्यक्षताको स्वीकृति आवश्यक छ भने, स्वीकृति प्राप्त गरेपछि मात्रै यी विधिहरू गर्न सकिन्छ । बप्तिस्मा र प्रमाणीकारण प्रमाणपत्र बनाइएको हुँदैन (हेर्नुहोस् ३२.१४.४) ।

३२.१६.२

चर्च सदस्यता परित्याग गरेपछि पुन: प्रवेश गरिँदै

यदि कुनै व्यक्तिले औपचारिक रूपमा चर्च सदस्यता परित्याग गर्दछन् भने, उनले बप्तिस्मा लिनु पर्दछ र चर्चमा पुन: प्रवेश गर्नका लागि प्रमाणित गरिनु पर्छ । सदस्यता परित्याग गरेको कम्तीमा एक वर्ष नपुग्दासम्म वयस्कहरूका लागि, पुन: प्रवेशका सम्बन्धमा विचार गरिँदैन ।

जब कुनै व्यक्तिले पुन: प्रवेशका लागि अनुरोध गरछन्, बिशप वा किला अध्यक्षले परित्यागको अनुरोध सँगैको प्रशासनिक कार्यको फारमको प्रतिवेदनको प्रतिलिपि प्राप्त गर्छन् । उनले यो LCR द्वारा प्राप्त गर्न सक्छन् ।

बिशप वा किला अध्यक्षले त्यसपछि व्यक्तिसँग राम्ररी अन्तर्वार्ता लिन्छन् । उनले पूर्व अनुरोधर पुन: प्रवेशको चाहनाका सम्बन्धमा सोध्छन् । प्रेमपूर्ण भावनामा, उनले सदस्यता परित्याग पूर्व वा पछाडि व्यक्तिले गरेका गम्भीर पापहरूका सम्बन्धमा सोध्छन् । व्यक्तिले पश्चात्ताप गरेका छन् र चर्च सदस्यताको आशीर्वादको आनन्द उठाउन तयार र योग्य छन् भनी सन्तुष्ट नभएसम्म अगुवा पुन: प्रवेशका लागि अगाडि बढ्दैन ।

परित्याग गरे पश्चात्त पुनः प्रवेशका लागि दिशानिर्देशहरू निम्न छन्:

  • परित्याग गरेको समयमा व्यक्तिको सदस्यता औपचारिक रूपमा प्रतिबन्धित भएमा सदस्यता परिषद् आयोजना गरिन्छ ।

  • यदि व्यक्तिले सदस्यता परित्याग गर्नु पूर्व धर्मविमुखता लगायत गम्भीर पाप गरेमा सदस्यता परिषद् आयोजना गरिन्छ ।

अन्य परिस्थितिहरूमा, बिशप वा किला अध्यक्षले यो आवश्यक हुने छ भनेर निर्धारण नगरेसम्म सदस्यता परिषद् आयोजना गरिँदैन ।

जब मन्दिरको अभिदान प्राप्त गरेका व्यक्तिका लागि परिषद् आवश्यक हुन्छ, किला अध्यक्षलेयसको आयोजना गर्छन् । जब अभिदान प्राप्त नगरेका व्यक्तिका लागि परिषद् आवश्यक हुन्छ, बिशपले किला अध्यक्षको स्वीकृतिमा यसको आयोजना गर्छन् ।

यदि व्यक्ति चर्चको सदस्यता परित्याग गर्नुपूर्व वा पछाडि, ३२.१६.१, नम्बर ९का कुनै पनि आचरणमा संलग्न भएका छन् भने, पुन: प्रवेशका लागि प्रथम अध्यक्षताको स्वीकृति आवश्यक हुन्छ । यदि व्यक्ति चर्चको सदस्यता परित्याग गर्नुपूर्व वा पछाडि, ३२.१४.५ नम्बर १का कुनै पनि आचरणमा संलग्न भएका छन् भने,, सदस्यता अभिलेखमा टिप्पणी गरिने छ ।

पुन: प्रवेशका लागि अनुरोध गर्ने व्यक्तिले बप्तिस्मा लिने अन्यले जस्तै योग्यताहरू पूरा गर्नु पर्छ । जब बिशप वा किला अध्यक्ष सन्तुष्ट हुन्छन् कि व्यक्ति पुन: प्रवेश गर्ने चाहनामा योग्य र इमान्दार छन् र , व्यक्तिलाई बप्तिस्मा दिन र प्रमाणीकरण गर्न सकिन्छ । बप्तिस्मा र प्रमाणीकारण प्रमाणपत्र बनाइँदैन (हेर्नुहोस् ३२.१४.४) ।

छवि
मानिस प्रभुभोज ग्रहण गर्दै

३२.१७

पुन: प्रवेश पछि चर्चका क्रियाकलाप, नियुक्ति र आशीर्वादहरूको पुनर्स्थापना

३२.१७.१

चर्चका क्रियाकलाप र नियुक्ति

निम्न तालीकाले बप्तिस्मा र प्रमाणीकरणद्वारा पुन: प्रवेश प्राप्त गरेका व्यक्तिका लागि उपयुक्त स्तरका चर्च क्रियाकलापलाई सङ्केत गर्छ ।

यस पूर्व अभिदान प्राप्त नगरेका

यस पूर्व अभिदान प्राप्त गरेका

पूर्व पादरित्व वाहकहरू

यस पूर्व अभिदान प्राप्त नगरेका

  • बप्तिस्मा र प्रमाणीकरण लगत्तै पछि, तिनीहरूलाई पादरित्व पद प्रदान गरिएको हुन सक्छ र तिनीहरूको चर्च सदस्यता खारेजी हुँदा वा राजीनामा गर्दा तिनीहरूले धारण गरेको पादरित्व पदमा नियुक्त हुन सक्छन् । समर्थन गर्नका लागि तिनीहरूलाई प्रस्तुत गरिँदैन ।

  • प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणका लागि मन्दिर अनुमति-पत्र जारी गर्न सकिन्छ ।

यस पूर्व अभिदान प्राप्त गरेका

  • कुनै पनि पादरित्व पदमा नियुक्त हुन नहुन सक्छन् । जब तिनीहरूका पादरित्व र मन्दिरका आशीर्वादहरू पुनर्स्थापित हुन्छन्, ३२.१७.२मा उल्लेख गरिए अनुसार तिनीहरूका पूर्व पादरित्व पद पुनर्स्थापित हुने छ । तिनीहरूले त्यो समयसम्म विधिहरूको प्रयोग नगर्न सक्छन् ।

  • कुनै पनि चर्च क्रियाकलापमा सहभागी हुन सक्छन् जुन अभिदान प्राप्त नगरेका, पादरित्व पद धारण नगरेका सदस्यलाई गर्न अनुमति दिइन्छ ।

  • तिनीहरूका आशीर्वाद पुनर्स्थापित नभएसम्म मन्दिरका वस्त्र पहिरिन वा कुनै पनि प्रकारका मन्दिर अनुमति-पत्र प्राप्त गर्न सक्दैनन् ।

अन्य सदस्यहरू

यस पूर्व अभिदान प्राप्त नगरेका

  • नयाँ परिवर्तन भएकाले गर्ने जस्तै चर्चका क्रियाकलापमा सहभागी हुन सक्छन् ।

  • प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणका लागि मन्दिर अनुमति-पत्र जारी गर्न सकिन्छ ।

यस पूर्व अभिदान प्राप्त गरेका

  • कुनै पनि चर्च क्रियाकलापमा सहभागी हुन सक्छन् जुन अभिदान प्राप्त नगरेका, पादरित्व पद धारण नगरेका सदस्यलाई गर्न अनुमति दिइन्छ ।

  • तिनीहरूका आशीर्वाद पुनर्स्थापना नभएसम्म मन्दिरका वस्त्र पहिरिन वा कुनै पनि प्रकारका मन्दिर अनुमति पत्र प्राप्त गर्न सक्दैनन् (हेर्नुहोस् ३२.१७.२) ।

३२.१७.२

आशीर्वादहरूको पुनर्स्थापना

यस पूर्व मन्दिरको अभिदान प्राप्त गरेका र बप्तिस्मा र प्रमाणीकारणद्वारा पुन: प्रवेश गरेका व्यक्तिहरूले आशीर्वादको पुनर्स्थापनाका विधिबाट मात्रै आफ्नो पादरित्व र मन्दिरका आशीर्वादहरू प्राप्त गर्न सक्छन् (हेर्नुहोस् सिद्धान्त र करार १०९:२१) । तिनीहरू पादरित्व पदमा नियुक्त भएका छैनन् वा अभिदान प्राप्त गरेका छैनन् । यी आशीर्वादहरू विधिद्वारा पुनर्स्थापित हुन्छन् । सत्तरी, बिशप वा कुलपिताको विभाग बाहेक बन्धुहरूलाई तिनीहरूका पूर्व पादरित्व पदमा पुनर्स्थापित गरिन्छ ।

आशीर्वाद पुनर्स्थापनाका विधिको पूर्णतालाई प्रथम अध्यक्षताले मात्र अनुमोदन गर्न सक्छन् । तिनीहरूले बप्तिस्मा र प्रमाणीकरणद्वारा व्यक्तिलाई पुन: प्रवेश गरेको एक वर्ष भन्दा अगाडि यस विधिको आवेदनलाई विचार गर्दैनन् ।

बिशप र किला अध्यक्षले उनको योग्यता र तयारी निर्धारण गर्न व्यक्तिको अन्तर्वार्ता लिन्छन् । जब किला अध्यक्षलाई महसुस हुन्छ कि व्यक्ति तयार छन्, उनले LCRप्रयोग गरेर आशीर्वादको पुनर्स्थापनाका लागि आवेदन दिन्छन् । प्रथम अध्यक्षतामा आवेदन पेश गर्दा किला अध्यक्षका जिम्मेवारीका सम्बन्धमा ६:२३हेर्नुहोस् ।

यदि प्रथम अध्यक्षताले आशीर्वादको पुनर्स्थापनालाई अनुमोदन गर्दछन् भने, उनीहरूले व्यक्तिको अन्तर्वार्ता लिनका लागि कुनै साधारण अधिकारी वा किला अध्यक्षलाई नियुक्त । यदि व्यक्ति योग्य छन् भने, यी अगुवाले व्यक्तिको आशीर्वाद पुनर्स्थापित गर्न विधि निर्वाह गर्छन् ।

सदस्यता अभिलेखहरू र आशीर्वादहरूको पुनर्स्थापनाका सम्बंधमा जानकारीका लागि, ३२:१४:४हेर्नुहोस् ।