पुस्तिकाहरू र बोलावटहरू
१२. प्राथमिक


“१२. प्राथमिक,” साधारण पुस्तिकाबाट छनोटहरू(२०२३) ।

“१२. प्राथमिक,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
परिवार धर्मशास्त्रहरू समात्दै

१२.

प्राथमिक

१२.१

उद्देश्य र सङ्गठन

प्राथमिक गृह-केन्द्रित, चर्च-समर्थित सङ्गठन हो । यो १८ महिना देखि ११ वर्षसम्मका बालबालिकाहरूका लागि हो ।

१२.१.१

उद्देश्यहरू

प्राथमिकले बालबालिकाहरूलाई सहयोग गर्छ:

  • स्वर्गका तिनीहरूका पिताको प्रेम महसुस गर्न र उहाँको खुशीको योजनाका सम्बन्धमा सिक्न ।

  • स्वर्गका पिताको योजनामा येशू ख्रीष्ट र उहाँको भूमिकाका सम्बन्धमा सिक्न ।

  • येशू ख्रीष्टको सुसमाचार सिक्न र जिउन ।

  • पवित्र आत्माको प्रभावलाई महसुस गर्न, पहिचान गर्न र कार्य गर्न ।

  • पवित्र करारहरूका लागि तयारी गर्न, निर्माण गर्न र पालना गर्न ।

  • मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन ।

१२.१.३

कक्षाहरू

जब त्यहाँ पर्याप्त बालबालिकाहरू हुन्छन्, तिनीहरूलाई उनीहरूको उमेरका आधारमा कक्षाहरूमा विभाजन गरिन्छ ।

बालबालिका सामान्यतया प्राथमिकबाट युवा महिला वा डिकनको गणमा अगाडि बढ्छन् जुन वर्षको जनवरीमा उनीहरू १२ वर्ष पुग्छन् ।

१२.१.४

गाउने समय

गाउने समयले बालबालिकाहरूलाई स्वर्गका पिताको प्रेम महसुस गर्न र उहाँको खुशीको योजनाका सम्बन्धमा सिक्न सहयोग गर्छ । बालबालिकाहरूले सुसमाचारका सिद्धान्तहरूका सम्बन्धमा गाउँदा पवित्र आत्माले तिनीहरूको सत्यताको गवाही दिन्छ ।

प्राथमिक अध्यक्षता र सङ्गीत अगुवाले बालबालिकाहरूले आफ्नो कक्षा र घरमा सिकिरहेका सुसमाचारका सिद्धान्तहरूलाई सुदृढ पार्न प्रत्येक महिनाका लागि गीतहरू चयन गर्छन् ।

१२.१.५

नर्सरी

नर्सरीले १८ महिनादेखि ३ वर्षसम्मका बालबालिकाहरूलाई स्वर्गका पिताको प्रेम महसुस गर्न र उहाँको खुशीको योजनाका सम्बन्धमा सिक्न सहयोग गर्छ ।

१२.२

मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुने

१२.२.१

येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने

१२.२.१.२

सुसमाचार सिकाइ

आइतबारका प्राथमिक सभाहरू । प्राथमिक अध्यक्षताका सदस्यले प्रारम्भको सत्र सञ्चालन गर्छन् ।

तालिका निम्नानुसार छ:

सभाको अंश

समयावधि

सभाको अंश

प्रारम्भ (प्रार्थना, धर्मशास्त्र वा आस्थाका बुँदाहरू र वक्तव्य-सबै बालबालिकाहरूले दिने छन्)

समयावधि

५ मिनेट

सभाको अंश

गाउने समय

समयावधि

२० मिनेट

सभाको अंश

कक्षाहरू परिवर्तन ।

समयावधि

५ मिनेट

सभाको अंश

कक्षा र समापनको प्रार्थना

समयावधि

२० मिनेट

१८ महिनादेखि ३ वर्षसम्मका बालबालिकाका लागि नर्सरी ५० मिनेटसम्म चल्छ । तिमीहरूका साना नानीहरूलाई हेरले सुझाव गरिएको तालिका प्रदान गर्छ ।

बालबालिकाहरूको प्रभुभोज सभामा प्रस्तुति । बालबालिकाहरूको प्रभुभोज सभामा प्रस्तुति वर्षका अन्तिम केही महिनाहरूमा आयोजना गरिन्छ ।

प्राथमिक अध्यक्षता र सङ्गीत अगुवाले प्रार्थनापूर्वक प्रस्तुतिका लागि योजना तयार पार्छन् । बिशपरिकले निर्देशन दिन्छन् । बालबालिकाहरूले गाउन, वक्तव्य दिन र कथाहरू, धर्मशास्त्रहरू वा गवाहीहरू बाँढ्न सक्छन् ।

मन्दिर र पादरित्वको तयारीका सभा । प्राथमिक अध्यक्षताले प्रत्येक वर्ष मन्दिर र पादरित्वको तयारीका सभाको योजना तयार पार्छन् । बिशपरिकले निर्देशन दिन्छन् । यो सभा १० वर्षका बालबालिकाका लागि हो । अभिभावकलाई आमन्त्रण गरिन्छ ।

१२.२.१.३

सेवा र क्रियाकिलापहरू

तिनीहरू ८ वर्ष पुगेको वर्षको जनवरीदेखि बालबालिकाहरूले प्राथमिक क्रियाकलापहरूमा सहभागी हुन सुरू गर्न सक्छन् ।

प्राथमिक क्रियाकलापहरू आइतबार बाहेक वा सोमबार साँझ बाहेक अन्य समयमा आयोजना गरिन्छन् ।

  • प्राथमिक क्रियाकिलापहरू सम्भव भएसम्म महिनामा दुई पटक आयोजना गरिन्छन् ।

  • बालकहरू र बालिकाहरू सामान्यतया छुट्टाछुट्टै भेट्छन् । यद्यपि, तिनीहरू निश्चित क्रियाकलापहरूका लागि वा थोरै बालबालिकाहरू भएको स्थानहरूमा एकसाथ आयोजना गर्न सक्छन् ।

बिशप्रिकले प्राथमिकमा बालकहरू र बालिकाहरूका लागि बजेट र क्रियाकलापहरू पर्याप्त र समान छन् भनी सुनिश्चित गर्छन् ।

१२.२.१.४

व्यक्तिगत विकास

मुक्तिदाता जस्तै बन्ने तिनीहरूका प्रयासमा, बालबालिकाहरूलाई ८ वर्ष लागेपछि आध्यात्मिक, सामाजिक, शारीरिक र बौद्धिक रूपमा विकास गर्ने लक्ष्यहरू निर्धारण गर्न आमन्त्रण गरिन्छ (हेर्नुहोस् लूका २:५२) ।

लक्ष्यहरू निर्धारण गर्न र अभिलेख गर्न तिनीहरूले व्यक्तिगत विकास: बालबालिकाहरूको निर्देशिका प्रयोग गर्न सक्छन् ।

१२.३

वार्ड प्राथमिक नेतृत्व

१२.३.१

बिशप्रिक

बिशपको प्रमुख उत्तरदायित्व बालबालिका सहित हुर्कदो पिँढीका लागि हो । बिशपले प्राथमिकका लागि आफ्नो उत्तरदायित्वमा सहयोग गर्न एक सल्लाहकार नियुक्त गर्न सक्छन् । बिशप वा नियुक्त सल्लाहकारले प्राथमिक अध्यक्षसँग नियमित रूपमा भेटघाट गर्छन् ।

बिशप र उनका सल्लाहकारहरूले नियमित रूपमा प्राथमिकमा सहभागी हुन्छन् ।

१२.३.२

प्राथमिक अध्यक्षता

बिशपले वार्ड प्राथमिक अध्यक्षका रूपमा सेवा गर्न एक वयस्क महिलालाई बोलावट गर्न र पदीय जिम्मेवारी दिन सक्छन् ।

एउटा सानो एकाईमा, प्राथमिक अध्यक्ष प्राथमिकमा बोलवाट गरिएका एक मात्र अगुवा हुन सक्छन् । यस अवस्थामा, उनी पाठ, गायन समय र क्रियाकलापहरू व्यवस्थित गर्न अभिभावकहरूसँग मिलेर कार्य गर्छिन् । यदि एकाई पर्याप्त ठूलो छ भने, यस रीतमा थप बोलावटहरू गर्न सकिन्छ: सल्लाहकारहरू, सङ्गीतका अगुवा, शिक्षकहरू र नर्सरी अगुवाहरू, सचिव र क्रियाकलाप अगुवाहरू ।

प्राथमिक अध्यक्षताले अभिभावकहरूलाई बालबालिकाहरूलाई करारको मार्गमा प्रवेश गर्न र प्रगति गर्नका लागि तयार गर्न सहयोग गर्छन् ।

यो पूरा गर्नका लागि, प्राथमिक अध्यक्षले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई बप्तिस्मा लिन र प्रमाणीकरण गर्नका लागि तयार पार्न सहयोग गर्न अध्यक्षताका एक सदस्यलाई नियुक्त गर्न सक्छिन् । प्राथमिक अध्यक्षले अभिभावकहरूलाई आफ्ना छोराछोरीहरूको लागि मन्दिर र पादरित्वका लागि तयारी हुन सहयोग गर्न अध्यक्षताका अर्का सदस्यलाई नियुक्त गर्न सक्छन् ।

प्राथमिक अध्यक्षका निम्न थप उत्तरदायित्वहरू छन् । उनका सल्लाहकारहरूले उनलाई सहयोग गर्छन् ।

  • वार्ड परिषदमा सेवा गर्छिन् ।

  • नियमित रूपमा प्राथमिक अध्यक्षता सभाहरू राख्छिन् र बिशप वा उहाँको नियुक्त सल्लाहकारसँग भेटघाट गर्छिन् ।

  • सोधिएमा अभिलेख भएका बालबालिकाहरूका लागि बप्तिस्माका सेवाहरू आयोजना गर्न सहयोग गर्छिन् (हेर्नुहोस् १८.७.२) ।

  • आइतबारका प्राथमिक सभाहरूको प्रारम्भका योजना निर्माण र सञ्चालन गर्छिन् ।

  • व्यक्तिगत रूपमा बालबालिकाहरूको, शिक्षकहरूको र प्राथमिकका अगुवाहरूको सेवा गर्छिन् ।

  • प्राथमिकका अगुवाहरू र शिक्षकहरूलाई तिनीहरूका उत्तरदायित्वहरू सिकाएर र तिनीहरूलाई आफ्ना बोलावटहरूमा अभिमुखीकरण गरेर ती उत्तरदायित्वहरूमा समर्थन गर्छिन् (हेर्नुहोस् मुक्तिदाताको तरिकामा शिक्षण [२०१६],३८) ।

  • प्राथमिकको अभिलेख, प्रतिवेदन, बजेट र वित्त निरीक्षण गर्छिन् ।

१२.३.४

सङ्गीत अगुवा र पियानोवादक

सङ्गीतका अगुवा र पियानोवादकले गायनको समयमा सङ्गीतद्वारा बालबालिकाहरूलाई येशू ख्रीष्टको सुसमाचार सिकाउँछन् ।

यदि पियानोवादक वा पियानो उपलब्ध छैन भने, अगुवाहरूले रेकर्डिङहरू प्रयोग गर्न सक्छन् ।

१२.३.५

शिक्षक र नर्सरी अगुवाहरू

प्राथमिक अध्यक्षताले पुरुष र महिलाहरूलाई प्राथमिक शिक्षक र नर्सरी अगुवाहरूका रूपमा सेवा गर्न बिशप्रिकलाई सिफारिस गर्छन् । यी सदस्यहरूलाई विशेष उमेर समूहका बालबालिकाहरूलाई सिकाउन र सेवा गर्न बोलावट गरिन्छ ।

प्राथमिक शिक्षकहरू र नर्सरीका अगुवाहरूले आऊ, मलाई अनुशरण गर — प्राथमिकका लागि (३–११ उमेर समुह) र तिमीहरूका साना नानीहरूलाई हेर (नर्सरी) बाट पढाउँछन् ।

१२.३.६

क्रियाकलाप अगुवाहरू

प्राथमिकका क्रियाकलापहरूका अगुवाहरूले बालबालिकालाई सहयोग गर्छन् जब तिनीहरूले बालबालिकाहरू ८ वर्ष पुग्ने जनवरीमा सेवा र क्रियाकलापहरूको योजना बनाउँछन् (हेर्नुहोस् १२.२.१.३) । सेवा र क्रियाकलापहरू मुक्ति र उत्कर्षको कार्यमा केन्द्रित हुन्छन् । तिनीहरू रमाइला र आकर्षक हुन्छन् ।

१२.५

अतिरिक्त मार्गदर्शन र नीतिहरू

१२.५.१

बालबालिकाको सुरक्षा

जब वयस्कहरूले चर्चका परिसरहरूमा बालबालिकाहरूसँग अन्तरक्रिया गरिरहँदा कम्तिमा दुई उत्तरदायी वयस्कहरू उपस्थित हुनुपर्छ ।

बालबालिकाहरूसँग कार्य गर्ने सबै वयस्कहरूले समर्थन गरिएको एक महिनाभित्र बालबालिकाहरू र युवाहरूको सुरक्षा तालीम पूरा गर्नुपर्छ (ProtectingChildren.ChurchofJesusChrist.org) ।