पुस्तिकाहरू र बोलावटहरू
३६. नयाँ इकाईहरू सिर्जना, परिवर्तन र नामकरण गर्ने


“३६. नयाँ इकाईहरू सिर्जना गर्ने, परिवर्तन गर्ने र नामकरण गर्ने,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३)।

“३६. नयाँ इकाईहरू सिर्जना गर्ने, परिवर्तन गर्ने र नामकरण गर्ने,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
प्रभुभोज सभामा सुसमाचारको सन्देश दिँदै मानिस

३६.

नयाँ इकाईहरू सिर्जना, परिवर्तन र नामकरण गर्ने

३६.०

परिचय

चर्चका सदस्यहरू तिनीहरू बस्ने स्थानका आधारमा सम्बन्धित समूहहरूमा हुन्छन्(हेर्नुहोस् मोसीयाह २५:१७-२४ ) । यी समूहहरू उचित पादरित्व अधिकारी अन्तर्गत चर्चको कार्यलाई सङ्गठित र व्यवस्थित गर्न आवश्यक छन् ।

चर्च समूहहरू (इकाईहरू पनि भनिन्छ) मा किलाहरू, जिल्लाहरू, वार्डहरू र शाखाहरू समावेश छन् । तिनीहरूआवश्यकता अनुसार सिर्जना, परिवर्तन वा बन्द गरिन्छन् ।

अगुवाहरूले नयाँ इकाई सिर्जना गर्ने वा इकाईको सीमा परिवर्तन गर्ने प्रस्ताव गर्नुपूर्व सदस्यहरूको आध्यात्मिक शक्ति अभिवृद्धि गर्ने कार्य गर्छन् । विद्यमान इकाईहरू पर्याप्त मात्रामा मजबुत भएमा मात्र नयाँ इकाईहरू सिर्जना गरिनु पर्छ ।

संयुक्त राज्य र क्यानडामा सहयोगका लागि १-८०१-२४०-१००७ मा सम्पर्क गर्नुहोस् । संयुक्त राज्य र क्यानाडा बाहिर, क्षेत्रीय कार्यालयमा सम्पर्क गर्नुहोस् ।