पुस्तिकाहरू र बोलावटहरू
१६. येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने


“येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
दम्पत्ती प्रार्थना गर्दै

१६.

येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने

परमेश्वरका मुक्ति र उत्कर्षका कार्य चारवटा दैवी रूपमा नियुक्त उत्तरदायित्वहरूमा केन्द्रित छन् (हेर्नुहोस् १.२) । यी मध्ये पहिलो येशू ख्रीष्टको सुसमाचारअनुसार जिउनु हो । हामी सुसमाचारलाई जिउँछौँ जब हामी:

  • येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्छौँ ।

  • दैनिक पश्चात्ताप गर्छौँ ।

  • मुक्ति र उत्कर्षका विधिहरू प्राप्त गरेर परमेश्वरसँग करारहरू निर्माण गर्छौँ ।

  • ती करारहरू पालना गरेर अन्तसम्म सहन्छौँ ।

सुसमाचारअनुसार जिउनु भन्नाले मुक्ति र उत्कर्षको कार्यका अन्य पक्षहरूलाई समेट्छ ।