पुस्तिकाहरू र बोलावटहरू
१७. सुसमाचार सिकाउने


“१७. सुसमाचार सिकाउने,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“१७. सुसमाचार सिकाउने,” साधारण पुस्तिकाबाट छनोटहरू) ।

छवि
छोरालाई पढाउँदै आमा

१७.

सुसमाचार सिकाउने

हामी मानिसहरूलाई स्वर्गका पिता र येशू ख्रीष्टमा तिनीहरूको आस्था मजबुत बनाउनका लागि सहयोग गर्न सुसमाचार सिकाउँछौँ ।

१७.१

ख्रीष्टका जस्तै शिक्षाका सिद्धान्तहरू

सुसमाचार सिकाउँदा, अभिभावक, शिक्षक र अगुवाहरूले येशू ख्रीष्टको उदाहरण अनुशरण गर्छन्, जो महान् शिक्षक हुनुहुन्छ ।

अगुवाहरूले ख्रीष्टका जस्तो शिक्षाका निम्न सिद्धान्तहरू आफ्ना सङ्गठनहरूका शिक्षकहरूसँग बाँढ्छन् । यी सिद्धान्तहरूलाई मुक्तिदाताको तरिकामा सिकाउनेमा थप विस्तार वर्णन गरिएको छ ।

१७.१.१

तपाईंले सिकाउनेहरूलाई प्रेम गर्नुहोस्

मुक्तिदाताले गर्ने हरेक चीज उहाँको प्रेमको अभिव्यक्ति हो (हेर्नुहोस् २ नफी २६:२४) ।

१७.१.२

आत्माद्वारा सिकाउनुहोस्

शिक्षकहरूले तयारी गर्दा र सिकाउँदा आत्माको मार्गदर्शन खोज्छन् र तिनीहरू हरेक दिन उहाँको प्रभावका लागि योग्य जीवन बिताउने प्रयास गर्छन् ।

१७.१.३

सिद्धान्त सिकाउनुहोस्

मुक्तिदाताको उदाहरण अनुशरण गर्दै शिक्षकहरूले सुसमाचारका अत्यावश्यक, मुक्त गर्ने सत्यहरूमा ध्यान केन्द्रित गर्छन् । तिनीहरूले धर्मशास्त्र, पछिल्ला दिनका अगमवक्ताहरूको शिक्षा र अनुमोदित पाठ्य सामग्रीहरू प्रयोग गरेर सिकाउँछन् ।

१७.१.४

लगनशील शिक्षालाई आमन्त्रण गर्नुहोस्

शिक्षकहरूले सदस्यहरूलाई तिनीहरूआफैँले अध्ययन गरेर उत्तरदायी बन्न प्रोत्साहन गर्छन् ।

१७.२

गृह-केन्द्रित सुसमाचार सिकाइ र शिक्षण

चर्चका अगुवाहरू र शिक्षकहरूले गृह-केन्द्रित सुसमाचार सिकाइ र शिक्षालाई प्रोत्साहन र समर्थन गर्छन् ।

अगुवाहरू र शिक्षकहरूले सदस्यहरूलाई सुसमाचार कसरी अध्ययन गर्ने र सिकाउने भन्ने सम्बन्धमा आफैं प्रेरणा खोज्न प्रोत्साहन गर्छन् । तिनीहरूको प्रमुख स्रोत धर्मशास्त्रहरू र साधारण सम्मेलनका सन्देशहरू हुनुपर्छ ।

१७.३

अगुवाहरूका उत्तरदायित्वहरू

  • सुसमाचार सिकेर र मुक्तिदाताको तरिकामा यसलाई सिकाएर एउटा उदाहरण स्थापित गर्नुहोस् ।

  • तिनीहरूको सङ्गठनहरूमा शिक्षाले आस्था निर्माण गर्छ र सैद्धान्तिक रूपमा सही छ भनेर सुनिश्चित गर्नुहोस् ।

  • शिक्षकहरूलाई तिनीहरूको सङ्गठनमा निरन्तर समर्थन गर्नुहोस् ।

१७.४

शिक्षक परिषद् सभाहरू

शिक्षकको परिषद्का सभाहरूमा शिक्षकहरूले ख्रीष्टको जस्तो शिक्षाका सिद्धान्तहरूका सम्बन्धमा सँगै सल्लाह दिन्छन् । तिनीहरूले सुसमाचारका सिकाइ र शिक्षालाई कसरी सुधार गर्ने भनेर पनि सल्लाह दिन्छन् । तिनीहरूले मुक्तिदाताको तरिकामा शिक्षा लाई स्रोतका रूपमा प्रयोग गर्छन् ।

शिक्षक परिषद्का सभाहरू आइतबार ५० मिनेटका कक्षाको समयमा त्रैमासिक रूपमा हुन्छन् ।