पुस्तिकाहरू र बोलावटहरू
२०. क्रियाकलापहरू


“२०. क्रियाकलापहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२०. क्रियाकलापहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
पानीको ब्लास्टर सहितकी युवती

२०.

क्रियाकलापहरू

२०.१

उद्देश्यहरू

चर्चका क्रियाकलापहरूले चर्चका सदस्यहरू र अरूहरूलाई “सन्तहरूसँग सहयात्रीहरू” का रूपमा एकत्रित गर्छन् एफिसी २:१९) । क्रियाकलापहरूका उद्देश्यहरूले निम्नलाई समावेश गर्न सक्छन्:

  • येशू ख्रीष्टमा आस्था निर्माण गर्ने ।

  • रोचक र प्रोत्साहनयुक्त एकता प्रदान गर्ने ।

  • व्यक्तिगत विकासका लागि अवसरहरू प्रदान गर्ने ।

  • व्यक्ति र परिवारलाई मजबुत बनाउने ।

  • सदस्यहरूलाई मुक्ति र उत्कर्षका कार्यमा सहभागी हुन सहयोग गर्ने (हेर्नुहोस् १.२) ।

२०.२

क्रियाकलापहरूको योजना बनाउने

क्रियाकलापको योजना गर्नुपूर्व अगुवाहरूले सदस्यहरूको आध्यात्मिक र अस्थायी आवश्यकताहरूलाई महत्व दिन्छन् । कस्ता प्रकारका क्रियाकलापले ती आवश्यकताहरू पूरा गर्न सहयोग गर्ने छन् भन्ने निर्णय गर्न अगुवाहरूले आत्माको निर्देशन खोज्छन् ।

२०.२.१

क्रियाकलापहरूको योजना निर्माणका लागि उत्तरदायित्व

स्थानीय आवश्यकताहरूका आधारमा निम्न मध्ये कुनै पनि तरिकाले वार्डका क्रियाकलापहरू आयोजना गर्न सकिन्छ:

  • वार्ड परिषद्ले योजनाको निरीक्षण गर्न सक्छन् ।

  • वार्ड परिषद्ले एक वा बढी क्रियाकलापहरूको योजना निर्माण गर्न सहयोग गर्न विशेष सङ्गठनहरूलाई नियुक्त गर्न सक्छन् ।

  • आवश्यक भएमा र पर्याप्त सदस्यहरू भएमा, विशपरिकले वार्ड क्रियाकलाप समिति सङ्गठित गर्न सक्छन् ।

वार्ड युवा क्रियाकलापहरूको योजनाका सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् १०.२.१.३११.२.१.३

२०.२.२

सहभागी हुनका लागि सबैलाई आमन्त्रण गर्ने

क्रियाकलापहरूको योजना निर्माण गर्नेहरूले सबैजना, विशेष गरी नयाँ सदस्यहरू, कम सक्रिय सदस्यहरू, युवाहरू, एकल वयस्कहरू, अपाङ्गता भएकाहरू र अन्य आस्थाका मानिसहरूसम्म पुग्नु पर्छ ।

क्रियाकलापहरूले अगुवा र सदस्यहरूमा अनावश्यक बोझ दिनु हुँदैन ।

२०.२.३

मापदण्डहरू

चर्चका क्रियाकलापहरू उत्थान गर्ने खालका हुनुपर्छ र “सद्गुणी, मनमोहक वा असल प्रतिवेदनका वा प्रशंसायोग्य” जे छन् त्यसमा जोड दिनुपर्छ विश्वासका लेखहरू १:१३) । क्रियाकलापहरूमा चर्चका शिक्षाका विपरीत हुने कुनै पनि विषय समावेश गरिनु हुँदैन ।

२०.२.६

क्रियाकलापहरूका लागि कोष

अधिकांश क्रियाकलापहरू सरल र थोरै वा कुनै पनि लागत नलाग्ने हुनुपर्छ । कुनै पनि खर्च बिशपरिक वा किला अध्यक्षताद्वारा अग्रिम स्वीकृत हुनुपर्छ ।

सामान्यतया सदस्यहरूले क्रियाकलापहरूमा सहभागी हुनका लागि भुक्तानी गर्नु पर्दैन । क्रियाकलापहरूको कोषका लागि नीतिहरू र मार्गनिर्देशनहरूका लागि हेर्नुहोस् २०.६

२०.४

युवा सम्मेलन

तिनीहरू १४ वर्षको पुगेको वर्षको जनवरीमा सुरू हुँदै युवा र युवतीहरूलाई युवा सम्मेलनमा सँगै सहभागी हुन आमन्त्रण गरिन्छ । युवा सम्मेलनहरू सामान्यतया प्रत्येक वर्ष एक पटक वार्ड वा किला स्तरमा आयोजना गरिन्छन् । तिनीहरू विभिन्न किला वा क्षेत्रीय स्तरमा पनि आयोजना गर्न सकिन्छ । एफ. एस. वाइ. सम्मेलनमा सहभागी हुन युवाहरूलाई नियुक्त गरिएको वर्षमा किला र वार्डहरूले युवा सम्मेलनहरू आयोजना गर्नु हुँदैन ।

वार्ड युवा सम्मेलनहरू योजनावद्ध छन् र बिशपरिकको निर्देशनमा वार्ड युवा परिषदद्वारा सञ्चलान गरिन्छ, (हेर्नुहोस् २९.२.६) । बिशपरिकले वार्ड युवा सम्मेलनका योजनाहरूका लागि किला अध्यक्षताको स्वीकृति प्राप्त गर्छन् ।

अगुवाहरू र युवाहरूले युवा सम्मेलनको योजना निर्माण गर्दा तिनीहरूले यस अध्यायका नीतिहरू र निम्न मार्गनिर्देशनहरू पालना गर्नुपर्छ:

  • चर्चको वार्षिक युवाहरूको विषयवस्तुलाई सम्मेलनको विषयवस्तुका रूपमा प्रयोग गर्न सकिन्छ ।

  • विषयवस्तुसँग मेल खाने क्रियाकलापहरू योजना गर्नुहोस् ।

  • सबै वक्ताहरू र क्रियाकलापहरूका लागि बिशपरिक वा किला अध्यक्षताको स्वीकृति प्राप्त गर्नुहोस् ।

  • हरेक समय पर्याप्त वयस्क पर्यवेक्षण रहेको सुनिश्चित गर्नुहोस् (हेर्नुहोस् २०.७.१) ।

२०.५

क्रियाकलापहरू छनोट र योजनाका लागि नीति र मार्गदर्शनहरू

२०.५.१

व्यापारिक वा राजनीतिक क्रियाकलापहरू

कुनै पनि व्यावसायिक वा राजनीतिक उद्देश्यका लागि आयोजना गरिने क्रियाकलापहरूलाई अनुमति छैन (हेर्नुहोस् ३५.५.२) ।

२०.५.२

नृत्य र सङ्गीत

सबै नृत्यहरूमा, पहिरन, सौन्दर्य, प्रकाश, नृत्य शैली, शब्द र सङ्गीतले परमप्रभुको आत्मा उपस्थित हुन सक्ने वातावरणमा योगदान गर्नुपर्छ ।

२०.५.३

सोमबारका साँझहरू

सदस्यहरूलाई सोमबार वा अन्य समयमा पारिवारिक क्रियाकलापहरू आयोजना गर्न प्रोत्साहन गरिन्छ । सोमबारको दिन चर्चका कुनै पनि क्रियाकलापहरू, सभाहरू वा बप्तिस्मा सेवाहरू ६:०० बजे पछि आयोजना गरिनु हुँदैन ।

२०.५.५

रातभरका क्रियाकलापहरू

युवा र युवतीहरूको संयुक्त समूहहरूमा चर्चमा गरिने रातभरका क्रियाकलापहरू बिशप र किला अध्यक्षद्वारा अनुमोदित हुनुपर्छ । पुरुष र महिला एकल सदस्यहरूका लागि क्रियाकलापहरूका लागि पनि उस्तै प्रक्रिया छ ।

चर्चका सभागृह वा सभागृहहरूका मैदानहरूमा रातभरि गरिने चर्चका क्रियाकलापहरू अनुमोदन गरिंदैनन् ।

२०.५.८

विश्रामको दिनको पालना

कुनै पनि चर्च शिविर, खेलकुद कार्यक्रमहरू वा मनोरञ्जनका कार्यक्रमहरू आइतबार तय गरिनु हुँदैन । न त युवा समूहहरू र अरूहरूले आइतबारका शिविर वा युवा सम्मेलनहरूमा जाने वा यात्रा गर्नु नै हुन्छ ।

२०.५.१०

मन्दिर भ्रमणहरू

नियुक्त गरिएका मन्दिर जिल्ला भित्र वार्ड वा किला स्तरमा मन्दिरका भ्रमणहरू आयोजना गरिन्छ ।

२०.६

क्रियाकलापहरूका लागि लागतका नीति र मार्गदर्शनहरू

२०.६.१

वार्ड वा किला बजेट कोषबाट भुक्तानी गरिएका क्रियाकलापहरू

वार्ड वा किलाका बजेटका कोषहरू सबै क्रियाकलापहरूका लागि प्रयोग गरिनु पर्छ— २०.६.२मा सूचीवद्ध सम्भावित अपवादहरू बाहेक ।

२०.६.२

युवा शिविरहरूका लागि कोष

यदि वार्ड वा किलाको बजेटमा निम्न सूचीवद्ध क्रियाकलापहरूका लागि पर्याप्त रकम छैन भने, अगुवाहरूले सहभागीहरूलाई केही अंश वा सबै तिर्नका लागि अनुरोध गर्न सक्छन्:

  • वार्षिक एक पटक विस्तारित एरोनिक पादरित्व शिविर वा समान क्रियाकलाप ।

  • वार्षिक एक पटक विस्तारित युवती शिविर वा समान क्रियाकलाप ।

  • ८ देखि ११ सम्मका प्राथमिक बालबालिकाहरूका लागि वर्षको एक दिनको शिविर वा यस्तै क्रियाकलाप ।

वार्षिक शिविरका लागि खर्च वा यात्रा अवधि अत्यधिक हुनु हुँदैन । व्यक्तिगत लागतको कमीका कारण सदस्यलाई सहभागी हुनबाट वञ्चित गरिनु हुँदैन ।

२०.६.३

एफ. एस. वाइ. सम्मेलनहरूका लागि कोष

युवाहरूका लागि शक्ति (एफ. एस. वाइ.) सम्मेलनहरूमा सहभागी हुनका लागि युवाहरूलाई शुल्क योगदान गर्नका लागि आग्रह गर्न सकिन्छ । यदि लागतले युवाहरूलाई सहभागी हुनबाट रोक्छ भने, बिशपले यो शुल्कको सबै वा केही अंश तिर्न वार्डको बजेट कोषको प्रयोग गर्न सक्छन् । हेर्नुहोस् FSY.ChurchofJesusChrist.org.

२०.६.५

कोष सङ्कलन गर्ने कार्यक्रमहरू

किला र वार्डका क्रियाकलापहरूका लागि खर्च सामान्यतया बजेट कोषबाट भुक्तानी गरिन्छ । यद्यपि, कुनै किला अध्यक्ष वा बिशपले प्रत्येक वर्ष निम्न उद्देश्यहरूका लागि मात्रै वर्षमा एक पटक कोष सङ्कलन कार्यक्रमका लागि अधिकार दिन सक्छ:

  • २०.६.२ मा सूचीवद्ध क्रियाकलापहरूका लागि भुक्तानी सहयोग गर्नका लागि ।

  • वार्षिक शिविरका लागि आवश्यक पर्ने उपकरणहरू किन्न एकाइलाई सहयोग गर्न ।

२०.७

क्रियाकलापहरूका लागि सुरक्षा नीतिहरू र मार्गदर्शनहरू

२०.७.१

वयस्क पर्यवेक्षण

बालबालिका र युवाहरू सहभागी हुने चर्चका सबै क्रियाकलापहरूमा कम्तिमा दुई वयस्कहरू उपस्थित हुनुपर्छ । समूहको आकार, क्रियाकलापका लागि आवश्यक सीप वा अन्य कारकहरूका आधारमा थप वयस्कहरूको आवश्यकता हुन सक्छ । अभिभावकहरूलाई सहयोग गर्नका लागि प्रोत्साहन गरिन्छ ।

बालबालिका र युवाहरूसँग कार्य गर्ने सबैले बालबालिका र युवा सुरक्षा प्रशिक्षण पूरा गर्नुपर्छ । हेर्नुहोस् ProtectingChildren.ChurchofJesusChrist.org.

२०.७.२

युवा क्रियाकलापहरूमा सहभागी हुनका लागि उमेरको आवश्यकताहरू

आफ्ना अभिभाकको स्वीकृतिमा, युवाहरूले जनवरीमा सुरू हुने १२ वर्ष पूरा गरेको वर्षको रातभरका शिविरहरूमा सहभागी हुन सक्छन् । तिनीहरू १४ वर्ष पुगेको वर्षको जनवरीदेखि सुरू हुने नृत्य, युवा सम्मेलन र एफ. एस. वाइ. सम्मेलनहरूमा सहभागी हुन सक्छन् ।

२०.७.४

अभिभावकीय अनुमति

बालबालिका र युवाहरूले आफ्ना अभिभावक वा संरक्षकहरूको अनुमति बिना चर्चका क्रियाकलापमा सहभागी हुन सक्दैनन् । रातभरको बसाइ, लामो यात्रा वा सामान्य जोखिम भन्दा बढी समावेश हुने चर्चका क्रियाकलापहरूका लागि, लिखित सहमति आवश्यक छ ।

अभिभावकहरू र संरक्षकहरूले अनुमति र मेडिकल रिलिज फारममा हस्ताक्षर गरेर यो सहमति दिन्छन् ।

२०.७.५

दुर्व्यवहारका प्रतिवेदनहरू

चर्चका क्रियाकलापको समयमा हुने कुनै पनि दुर्व्यवहारका सम्बन्धमा सरकारी अधिकारीहरूलाई जानकारी गर्नुपर्छ । बिशपलाई तत्कालै सम्पर्क गरिनु पर्छ । सदस्यहरूका लागि निर्देशनहरू ३८.६.२.७मा छन् । बिशपहरूका लागि निर्देशनहरू ३८.६.२.१मा छन् ।

२०.७.६

सुरक्षा सावधानी, दुर्घटनामा प्रतिक्रिया र दुर्घटनाको प्रतिवेदन

२०.७.६.१

सुरक्षा सावधानीहरू

अगुवा र सहभागीहरूले चोटपटक वा रोगको न्यूनतम जोखिम सुनिश्चित गर्न क्रियाकलापहरूको सम्वेदनशील भएर मूल्याङ्कन गर्छन् । क्रियाकलापहरूमा सम्पत्तिको क्षतिको न्यूनतम जोखिम पनि समावेश हुनुपर्छ । क्रियाकलापहरूको समयमा अगुवाहरूले सुरक्षा सुनिश्चित गर्न हर प्रयास गर्छन् ।

२०.७.६.२

दुर्घटना प्रतिक्रिया

यदि चर्चका सम्पत्तिमा वा चर्चको क्रियाकलापका क्रममा दुर्घटना वा चोटपटक लाग्यो भने अगुवाहरूले निम्न मार्गदर्शनहरू पालना गर्छन्:

  • प्राथमिक उपचार प्रदान गर्नुहोस् । यदि कुनै व्यक्तिलाई थप चिकित्सा सहयोग आवश्यक छ भने, आपतकालीन चिकित्सा सेवाहरूलाई सम्पर्क गर्नुहोस् । अभिभावक, संरक्षक वा अन्य नातेदार र बिशप वा किला अध्यक्षलाई पनि सम्पर्क गर्नुहोस् ।

  • यदि कोही बेपत्ता भयो वा कसैको मृत्यु भयो भने, तुरुन्तै स्थानीय कानुन कार्यान्वयनलाई सूचित गर्नुहोस् ।

  • संवेगात्मक समर्थन प्रदान गर्नुहोस् ।

  • कानुनी कारबाहीलाई प्रोत्साहन वा निरुत्साहन नगर्नुहोस् । चर्चका तर्फबाट कुनै प्रतिवद्धताहरू नगर्नुहोस् ।

  • साक्षीहरूका नाम, तिनीहरूको सम्पर्क जानकारी, घटेको घटनाका विवरणहरू र फोटोहरू सङ्कलन गर्नुहोस् र राख्नुहोस् ।

  • दुर्घटनाको जानकारी गराउनुहोस् (हेर्नुहोस् २०.७.६.३) ।

२०.७.६.३

दुर्घटना जानकारी गराउने

निम्न अवस्थाहरूलाई अनलाइनमा अभिलेख गराउनु पर्छ incidents.ChurchofJesusChrist.org.

  • दुर्घटना वा चोटपटक चर्चपरिसरमा वा चर्चका क्रियाकलापको समयमा हुन्छ ।

  • चर्चका क्रियाकलापमा सहभागी भइरहेको कुनै व्यक्ति हराएको छ ।

  • चर्चका क्रियाकलापको समयमा निजी, सार्वजनिक वा चर्चको सम्पत्ति क्षतिग्रस्त हुन्छ ।

  • कानूनी कारबाही धम्कीपूर्ण वा अपेक्षित छ ।

यदि कुनै घटनाले गम्भीर चोटपटक, मृत्यु वा व्यक्ति हराउने जस्ता परिणाम दिन्छ भने किला अध्यक्ष, बिशप वा सदस्यले तत्कालै इलाका कार्यालयलाई सूचित गर्छन् ।

२०.७.६.४

बीमा र प्रश्नहरू

यदि चर्चको कार्यक्रमको समयमा चोटपटक लागेको छ भने, अगुवाहरूले चर्चका क्रियाकलापमा चिकित्सा सहायता कार्यक्रम लागू हुन्छ कि हुँदैन भनेर निर्धारण गर्छन् ।

कुनै अवस्थाहरूमा किला अध्यक्ष वा बिशपसँग सुरक्षाका विषयहरू वा चर्च विरुद्धका दावीहरूका सम्बन्धमा प्रश्नहरू हुन सक्छन् । किला अध्यक्ष (वा उनको निर्देशन अन्तर्गत कुनै बिशप) ले जोखिम व्यवस्थापन विभाग वा क्षेत्रीय कार्यालयमा यस्ता प्रश्नहरू बुझाउँछन् ।

२०.७.७

यात्रा

चर्चका क्रियाकलापहरूका लागि गरिने यात्रा विशप वा किला अध्यक्षद्वारा अनुमोदन गरिनु पर्छ । यो यात्राले सदस्यहरूलाई अनावश्यक बोझ दिनु हुँदैन । क्रियाकलापहरूका लागि लामो दूरीको यात्रा निरुत्साहित गरिन्छ ।

सम्भव हुँदासम्म चर्चका समूहहरूले लामो दूरीको यात्राका लागि व्यावसायिक यातायात प्रयोग गर्नुपर्छ । यो दायित्व बीमाद्वारा इजाजतपत्र प्राप्त र सुरक्षित हुनुपर्छ ।

जब चर्चका समूहहरू निजी यात्री सवारी साधनहरूमा यात्रा गर्छन्, प्रत्येक सवारी साधन सुरक्षित रूपमा सञ्चालन गर्न सक्ने अवस्थामा हुनुपर्छ । प्रत्येक व्यक्तिले सिट बेल्ट प्रयोग गर्नुपर्छ । प्रत्येक चालक इजाजतपत्र प्राप्त, जिम्मेवार वयस्क हुनुपर्छ ।