पुस्तिकाहरू र बोलावटहरू
२८. मृतकका लागि मन्दिरका विधिहरू


“२८. मृतकका लागि मन्दिरका विधिहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२८. मृतकका लागि मन्दिरका विधिहरू” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
बप्तिस्माको कुण्ड

२८.

मृतकका लागि मन्दिरका विधिहरू

२८.०

परिचय

मन्दिरहरूमा निर्वाह गरिएका विधिहरूले परिवारहरूलाई अनन्तसम्म सँगै हुन र परमेश्वरको उपस्थितिमा प्रसन्नताको पूर्णता अनुभव गर्न सम्भव बनाउँछन् ।

स्वर्गका पिताका सन्ततिहरू उहाँमा फर्कनका लागि, तिनीहरू हरेकले पश्चात्ताप गर्नु पर्छ, मुक्ति र उत्कर्षका विधिहरू प्राप्त गर्न योग्य हुनु पर्छ र प्रत्येक विधिसँग सम्बन्धित करारहरूलाई सम्मान गर्नु पर्छ ।

स्वर्गका पितालाई थाहा थियो कि उहाँका धेरै सन्ततिहरूले तिनीहरूको नश्वर जीवनमा यी विधिहरू प्राप्त गर्ने छैनन् । उहाँले तिनीहरूलाई विधिहरू प्राप्त गर्न र उहाँसँग करार गर्न अर्को मार्ग उपलब्ध गराउनु भयो । मन्दिरहरूमा, प्रतिनिधिद्वारा विधिहरू निर्वाह गर्न सकिन्छ । यसको अर्थ जीवित व्यक्तिले मृतकका तर्फबाट विधिहरू प्राप्त गर्छन् । आत्मिक संसारमा, मृतक व्यक्तिहरूले तिनीहरूका लागि गरिएका विधिहरू स्वीकार वा अस्वीकार गर्ने छनौट गर्न सक्छन् (हेर्नुहोस् सिद्धान्त र करार १३८:१९, ३२–३४, ५८–५९) ।

चर्चका सदस्यहरूलाई मृतक आफन्तहरू पहिचान गर्न प्रोत्साहन गरिन्छ जसले मुक्ति र उत्कर्षका विधिहरू प्राप्त गरेका छैनन् । त्यसपछि सदस्यहरूले ती आफन्तहरूका तर्फबाट विधिहरू निर्वाह गर्छन् ।

यदि सदस्यहरूले मन्दिरको कार्यका लागि परिवारका नामहरू तयार गरेका छैनन् भने (हेर्नुहोस् २८.१.१), विधि आवश्यक पर्ने मृतक व्यक्तिहरूको नाम मन्दिरमा उपलब्ध गराइने छ ।

२८.१

प्रतिनिधि विधिहरू निर्वाह गर्नका लागि साधारण मार्गदर्शनहरू

मृत्युको समयमा ८ वा सोभन्दा बढी उमेरका मृतक व्यक्तिहरूले तिनीहरूका लागि प्रतिनिधि विधिहरू प्राप्त गर्न सक्छन् । २८.३मा उल्लेख गरिएअनुसार बाहेक, निम्नमध्ये कुनै एक लागू भएमा सबै मृतक व्यक्तिहरूको मृत्युको मितिबाट ३० दिन बितिसके पछि प्रतिनिधि विधिहरू गर्न सकिन्छ:

  • मृतकको नजिकका नातेदार (सम्बन्ध विच्छेदित नगरेका पति/पत्नी, वयस्क सन्तति, अभिभावक वा दाजुभाइ दिदीबहिनीहरू) ले मन्दिरका विधिहरूका लागि नाम पेश गर्छन् ।

  • विधिहरू प्रदर्शन गर्ने अनुमति मृतकको नजिकका नातेदारबाट प्राप्त हुन्छ (सम्बन्ध विच्छेदित नगरेका पति/पत्नी, वयस्क सन्तति, अभिभावक वा दाजुभाइ दिदीबहिनीहरू) ।

यदि उपर्युक्त सर्तहरू मध्ये कुनै पनि लागू हुँदैनन् भने मन्दिरका प्रतिनिधि विधिहरू मृतक व्यक्तिको जन्म भएको ११० वर्ष पछि गर्नसकिन्छ ।

२८.१.१

मन्दिरका विधिहरूका लागि मृतक व्यक्तिहरूका नाम तयार गर्ने

सम्भव भएसम्म, मृत्यु भएको परिवारका सदस्यहरूको जानकारी यहाँ प्रविष्ट गरिनु पर्छ FamilySearch.org मन्दिरका विधिहरू निर्वाह गरिनुपूर्व (हेर्नुहोस् २५.४.२) ।

२८.१.१.१

परिवारका सदस्यहरूको नाम पेस गर्ने

मन्दिरका प्रतिनिधि विधिहरूका लागि नामहरू पेश गर्दा, सदस्यहरूले सामान्यतया तिनीहरूसँग सम्बन्धित व्यक्तिहरूको नाम मात्र पेश गर्नु पर्छ ।

२८.१.२

मृतकका लागि विधिहरूमा को सहभागी हुन सक्छन्

हालको मन्दिर अनुमति-पत्र लिने सबै सदस्यहरूले मृतकका लागि बप्तिस्मा र प्रमाणीकरणमा सहभागी हुन सक्छन् । हालको मन्दिर अनुमति-पत्र भएका अभिदान प्राप्त सदस्यहरूले मृतकका लागि सबै विधिहरूमा सहभागी हुन सक्छन् । हेर्नुहोस् २६.३

२८.१.४

समयतालिका

मृतकका लागि विधिहरू निर्वाह गर्नुपूर्व सदस्यहरूले अग्रिम समय तालिका निर्धारण गर्नुपर्ने हुन सक्छ । हेर्नुहोस् temples.ChurchofJesusChrist.org प्रत्येक मन्दिरको सम्पर्क जानकारी र समय तालिकाका आवश्यकताहरू निर्धारण गर्नका लागि ।

२८.२

मृतक व्यक्तिहरूका लागि मन्दिरका विधिहरू निर्वाह गर्ने

प्रतिनिधि विधिहरू सञ्चालननिर्वाह गर्दा कुनै सदस्यले सदस्यका रूपमा समान जन्म लिङ्गका मृतक व्यक्तिका लागि मात्र प्रतिनिधिका रूपमा कार्य गर्न सक्छ ।

२८.२.१

मृतकहरूका लागि बप्तिस्मा र प्रमाणीकारणहरू

हालको मन्दिर अनुमति-पत्र भएका कुनै पनि सदस्यलाई बप्तिस्माको कार्यमा सेवा गर्न आमन्त्रण गर्न सकिन्छ । कार्यहरू मध्येका केहीले समावेश गर्न सक्छन्:

  • बप्तिस्मा र प्रमाणीरणहरूका लागि प्रतिनिधिका रूपमा काम गर्ने ।

  • प्रतिनिधि बप्तिस्माका लागि साक्षीका रूपमा कार्य गर्ने ।

  • संरक्षकहरूलाई सहयोग गर्ने ।

मल्कीसेदेक पादरित्व बाहक र हारुनको पादरित्वका पादरीहरूलाई मृतकहरूका लागि बप्तिस्मा गर्न आमन्त्रण गर्न सकिन्छ । मल्कीसेदेक पादरित्व बाहकहरूलाई पनि मृतकहरूको प्रमाणीकरणका लागि आमन्त्रण गर्न सकिन्छ ।

अभिदान प्राप्त पुरुषहरूलाई मात्रै आमन्त्रण गर्न सकिन्छ:

  • कुण्डको अभिलेखकका रूपमा सेवा गर्नुहोस् ।

  • प्रमाणीकरण अभिलेखकका रूपमा सेवा गर्नुहोस् ।

२८.२.२

अभिदान (प्रारम्भिक सहित)

मृतकका लागि प्रतिनिधि अभिदान निर्वाह गर्दा अभिदानको प्रारम्भिक अंश छुट्टै निर्वाह गरिन्छ र अभिलेख गरिन्छ (हेर्नुहोस् २७.२) । हालको मन्दिर अनुमति-पत्र भएका कुनै पनि अभिदान प्राप्त सदस्यले यी विधिहरू प्राप्त गर्न प्रतिनिधिका रूपमा कार्य गर्न सक्छन् ।

२८.२.३

दम्पत्तीलाई बाँध्ने र छोराछोरीलाई अभिभावकसँग बाँध्ने

मन्दिरमा मृतक व्यक्तिहरूलाई जीवित छँदा विवाह गरेका दम्पत्तीहरूसँग बाँध्न सकिन्छ । मृतक व्यक्तिहरूलाई तिनीहरूका जीवित वा मृतक सन्ततिहरूसँग पनि बाँध्न सकिन्छ । हालको मन्दिरको अनुमति-पत्र भएका अभिदान प्राप्त कुनै सदस्यले प्रतिनिधिका रूपमा विधिहरू निर्वाह गर्नका लागि कार्य गर्न सक्छन् ।

२८.३

विशेष परिस्थितिहरू

यस खण्डले २८.१ मा मार्गदर्शन गरिएका लागू नहुन सक्ने केही परिस्थितिहरूलाई व्याख्या गर्छ ।

२८.३.१

जन्मनुपूर्व नै मृत्यु भएका बालबालिका (मृत जन्मिएका र गर्भपात भएका बालबालिकाहरू)

जन्मनुपूर्व नै मृत्यु हुने बालबालिकाहरूका लागि मन्दिरका विधिहरू आवश्यक पर्दैनन् वा निर्वाह गर्नु पर्दैन । थप जानकारीका लागि, हेर्नुहोस् ३८.७.३

२८.३.२

आठ वर्ष भन्दा पहिले मृत्यु भएका बालबालिकाहरू

साना बालबालिकाहरूलाई येशू ख्रीष्टको प्रायश्चितद्वारा मुक्ति दिइन्छ र “स्वर्गको सेलेस्टियल अधिराज्यमा सुरक्षित गरिन्छ” (सिद्धान्त र करार १३७:१०) । यस कारण, ८ वर्षपूर्व नै मृत्यु भएका बालबालिकाहरूका लागि कुनै बप्तिस्मा वा अभिदान दिइँदैन । यद्यपि, करारमा नजन्मेका वा जीवित छँदा त्यो विधि प्राप्त नगरेका बालबालिकाहरूलाई अभिभावकहरूसँग बाँध्न सकिन्छ (हेर्नुहोस् १८.१) ।