पुस्तिकाहरू र बोलावटहरू
३५. सभागृहहरूको हेरचाह र प्रयोग


“३५. सभागृहहरूको हेरचाह र प्रयोग,” साधारण पुस्तिकाबाट छनोटहरू(२०२३) ।

“३५. सभागृहहरूको हेरचाह र प्रयोग,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मानिसहरू झ्याल पखाल्दै र भ्याकुम गर्दै

३५.

सभागृहहरूको हेरचाह र प्रयोग

३५.१

उद्देश्य

चर्चले सभागृहहरू प्रदान गर्छ ताकि प्रवेश गर्ने सबैले :

३५.२

भूमिका र उत्तरदायित्वहरू

३५.२.२

चर्चमा सुविधा व्यवस्थापक

चर्चमा-कार्यरत सुविधा व्यवस्थापकले प्रत्येक किलालाई सभागृहहरू सञ्चालन गर्न सहयोग गर्छन् । उनले प्रमुख मर्मत, गहन सफाइ र नियमित भवन मर्मतसम्भारको व्यवस्था गर्छन् ।

आवश्यकता अनुसार, सुविधा व्यवस्थापकले कसरी भवन सफा गर्ने र अन्य स्थानीय कार्यहरू गर्ने भन्ने सम्बन्धमा किला र वार्ड भवन प्रतिनिधिहरूलाई निर्देशन दिन सहयोग गर्दछन् । उनले निर्देशन, सामग्री र औजार उपकरण उपलब्ध गराउँछन् ।

उनले बिशपरिकसँग भवन खर्चको समीक्षा पनि गर्न सक्छन् ।

३५.२.७

बिशपरिक

बिशपरिक (वा वार्ड भवन प्रतिनिधि) ले सदस्यहरूलाई भवन कसरी प्रयोग गर्ने, हेरचाह गर्ने र सुरक्षित गर्ने भनेर सिकाउँछन् । बिशपरिकले वार्ड अगुवाहरूलाई भवनको साँचो पनि वितरण गर्छन् ।

तिनीहरूले भवन र मैदानमा भएका क्रियाकलापहरू सुरक्षित रूपमा सञ्चालन हुन्छन् भनी सुनिश्चित गर्छन् (हेर्नुहोस् २०.७) ।

तिनीहरूले मर्मत तथा सञ्चालनका आवश्यकताहरूको सम्बन्धमा चर्च सुविधा व्यवस्थापकसँग वार्तालाप गर्छन् । तिनीहरूले सुविधा व्यवस्थापकसँग सम्बन्धित खर्चहरूको समीक्षा गर्न पनि सक्छन् ।

३५.२.९

वार्ड भवन प्रतिनिधि

वार्ड भवन प्रतिनिधिलाई बोलावट गर्ने कि नगर्ने भनेर बिशपरिकले निर्धारण गर्छन् । यदि उनीहरूले यो बोलावट विस्तार गर्ने निर्णय गरेमा, बिशपरिकले वयस्क पुरुष वा महिला सदस्यलाई बोलावट गर्न सक्छन् । यदि वार्ड भवन प्रतिनिधिलाई बोलावट नगरिएमा, बिशपले आफ्नो सल्लाहकार, वार्ड कारिन्दा वा सहायक वार्ड कारिन्दा वा कार्यकारी सचिवलाई यो उत्तरदायित्व दिन सक्छन् ।

वार्ड भवन प्रतिनिधिले भवनको सरसफाइ र मर्मतसम्भार गर्न सदस्य र स्वयंसेवकहरूलाई सङ्गठित गर्छन् । उपलब्ध सामग्री र उपकरणहरूसहित प्रत्येक कार्य कसरी गर्ने भनेर उनले तिनीहरूलाई सिकाउँछन् ।

३५.३

सभागृहहरू उपलब्ध गराउने

स्थानीय आवश्यकता र अवस्थाहरूका आधारमा सभागृहहरू आकार र प्रकारमा भिन्न हुन्छन् । सभागृह भनेको चर्च-निर्मित वा खरीद गरिएको स्थान, सदस्यको घर, स्थानीय विद्यालय वा सामुदायिक केन्द्र, भाडामा लिइएको स्थान वा अन्य स्वीकृत विकल्प हुन सक्छ ।

क्षेत्रीय र स्थानीय अगुवाहरूले उपलब्ध सभागृहहरू पूर्ण रूपमा प्रयोग गर्न र थप स्थान सिफारिस गर्न बुद्धिमानी हुन प्रयास गर्छन् ।

३५.४

सभागृहहरूको व्यवस्थापन

३५.४.१

सभागृहहरूको सरसफाइ र मर्मतसम्भार

प्रत्येक भवनलाई सफा र सही अवस्थामा राख्न सहयोग गर्न युवाहरू सहित स्थानीय अगुवाहरू र सदस्यहरूको उत्तरदायित्व हुन्छ ।

सरसफाइको कार्यतालिका सदस्यहरूका लागि बोझ हुनु हुँदैन । उदाहरणका लागि, यदि भवनसम्मको यात्रा चुनौतीपूर्ण छ भने, सदस्यहरूले त्यहीँ भवनमा भएको समयमा नै साप्ताहिक कार्यक्रमहरूको अंशका रूपमा सफा गर्न सक्छन् ।

३५.४.२

मर्मतका लागि आग्रह गर्ने

वार्ड र किला परिषदका सदस्यहरूले भवन मर्मतका लागि आवश्यकताहरू सूचित गर्न सक्छन् । यो सुविधासमस्या सूचित गर्ने उपकरण प्रयोग गरेर गर्न सकिन्छ ।

३५.४.५

सुरक्षा र संरक्षण

अगुवा र सदस्यहरूले:

  • सुरक्षित प्रवेश र निकासका लागि मजेरी, सिँढी, निकास र उपयोगिता कक्षहरू खुल्ला राख्नु पर्छ ।

  • भवनहरूमा जोखिमयुक्त वा ज्वलनशील पदार्थहरू प्रयोग वा भण्डार गर्नु हुँदैन ।

  • भवन बन्द गर्ने प्रक्रियाहरू स्थापना र पालना गर्नु पर्छ ।

  • चर्चको स्वामित्वमा रहेको उपकरण चोरी हुनबाट सुरक्षित गर्नु पर्छ ।

  • पानी, बिजुली र ग्यास वा ईन्धन जस्ता उपयोगिताहरू कसरी बन्द गर्ने भनेर जानकारी प्राप्त गर्नु पर्छ ।

आवश्यकता अनुसार, सुविधा व्यवस्थापकले आगो निभाउने उपकरणहरू, प्राथमिक उपचार बाकसहरू र उपयोगिताहरू बन्द गर्ने स्थानहरू देखाउने नक्सा उपलब्ध गर्न सक्छन् । सुरक्षाका सम्बन्धमा थप जानकारी “सभागृहहरूको व्यवस्थापन गर्ने” सभागृह व्यवस्थापन निर्देशिका मा “सुरक्षा र बन्द गर्ने प्रक्रियाहरू” मा उपलब्ध छ । २०.७पनि हेर्नुहोस् ।

३५.५

चर्चको सम्पत्ति प्रयोग गर्ने नीतिहरू

३५.५.१

कलाकृति

सभागृहहरूले येशू ख्रीष्टका लागि सम्मानको मनोवृत्ति प्रतिबिम्बित गर्नु पर्दछ र उहाँमा सदस्यहरूको विश्वासको गवाही दिनु पर्छ । यो केन्द्रीय विश्वास देखाउन सहयोग गर्ने येशू ख्रीष्टको चित्रण गर्ने कलालाई सभाघर प्रवेशद्वार क्षेत्रहरूमा राखिनु पर्छ ।

३५.५.२

भवन प्रयोगहरू जुन अनुमति छैन

३५.५.२.१

व्यापारिक प्रयोगहरू

चर्चको सम्पत्ति व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन । उदाहरणका लागि, यो कुनै पनि प्रकारको व्यवसायलाई समर्थन गर्न प्रयोग गर्न सकिँदैन । यस्तो प्रयोगले चर्चका सम्पत्तिहरूको उद्देश्यसँग मेल खाँदैन । यो स्थानीय वा राष्ट्रिय कानुनहरूसँग पनि बाझिन सक्छ जसले चर्चको सम्पत्तिको कर छुट नहुन सक्छ ।

सञ्चालन गर्ने वक्ता वा प्रशिक्षकहरू जसले सहभागीहरू नियुक्ति गर्दछन्, ग्राहकहरू वा क्रेताहरू अनुरोध गर्दछन् वा शुल्क तिरेर गरिने गोष्टीहरू, शिक्षाहरू (निजी पियानो वा वाध्यसामग्री निर्देशन बाहेक; हेर्नुहोस् १९.७.२ ), व्यायाम कक्षाहरू र अन्य क्रियाकलापहरूको अनुमति छैन ।

३५.५.२.२

राजनीतिक प्रयोजनहरू

चर्चको सम्पत्ति राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न सकिँदैन । यिनीहरूले राजनीतिक सभा वा अभियानहरू सञ्चालन गर्ने विषय समावेश गर्छन् । चर्च राजनीतिक रूपमा तटस्थ छ (हेर्नुहोस् ३८.८.३०) ।

३५.५.२.३

अन्य प्रयोगहरू

चर्चका सम्पत्ति अन्य प्रयोगहरूका लागि अनुमति प्राप्त नभएकाहरूमा यी समावेश छन्:

  • सङ्गठित खेलकुद अभ्यासहरू वा चर्चद्वारा प्रायोजन नगरिएका अन्य कार्यक्रमहरूसञ्चालन गर्ने । सामुदायिक गायकहरू र सामाजिक परम्परागत विवाहहरू अपवाद हुन सक्छन् (सामाजिक परम्परागत विवाहका सम्बन्धमा हेर्नुहोस् ३८.३.४ ) ।

  • रात बिताउने अनुमति दिँने (आकस्मिक अवस्थामा बाहेक; हेर्नुहोस् ३५.५.४) ।

  • शिविर वा अन्य क्रियाकलापहरू जसमा रात बिताउने विषय समावेश छ ।

सामान्यतया निम्न प्रयोगहरू स्वीकृत छैनन् । स्थानीय अगुवाहरूले यदि आफुहरूलाई आकस्मिक आवश्यकता भएको महसुस गरेमा सुविधा व्यवस्थापकलाई सम्पर्क गर्छन् ।

  • चर्चका भवनहरू र सम्पत्तिहरू भाडामा वा सम्झौतामा दिने

  • राजनीतिक मतदाता दर्ताका लागि वा मतदान स्थलहरूका रूपमा सम्पत्तिहरू प्रयोग गर्ने; उचित विकल्प नभएको र चर्चको अस्तित्व वा तटस्थ स्थितिलाई हानी नपुग्ने अवस्थामा परिस्थिति हेरी सरकारी अधिकारीहरूको अनुरोधमा अपवादमा निर्णय गर्न सकिन्छ (हेर्नुहोस् ३८.८.३०)

३५.५.४

आपतकालीन अवस्थाहरू

आपतकालिन समयमा, किला अध्यक्षले वार्ड र किला वैठकहरू गर्ने कि नगर्ने भनेर निर्णय गर्छन् । उनले भवनहरू र चर्चका सम्पत्तिलाई विपद्-राहत संस्थाहरू र सम्बन्धित प्रयासहरूका लागि प्रयोग गर्न पनि अनुमति दिन सक्छन् ।

३५.५.१०

प्रभुभोज सभाको समयमा फोटो र भिडियो रेकर्ड गर्ने

प्रभुभोज सभाहरू पवित्र छन् । यस कारणले, प्रभुभोज सभाहरूमा फोटो खिच्ने वा रेकर्ड गर्ने अनुमति छैन ।

प्रभुभोजका सभाहरू र अन्य सभाहरू प्रसारण वा सञ्चालनका सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् २९.७