धर्मशास्त्रहरू
३ नफी १२


अध्याय १२

येशूले बाह्र प्रेरितहरूलाई बोलाउनुहुन्छ र अधिकार दिनुहुन्छ—उहाँले नफीहरूसामु डाँडाको उपदेशजस्तै प्रवचन दिनुहुन्छ—उहाँले आशीर्वचनहरू बोल्नुहुन्छ—उहाँका शिक्षाहरू मोशाका व्यवस्थाभन्दा अग्रगामी हुन्छन् र अग्रता लिन्छन्—मानिसहरूलाई उहाँ र उहाँका पिता सिद्ध भएजस्तै सिद्ध हुन आज्ञा दिइन्छ—मत्ति ५ सँग तुलना गर्नुहोस्। लगभग ई.सं. ३४।

अनि यस्तो हुन गयो कि जब येशूले नफी र बोलावट गरिएका (बोलावट गरिएका र बप्तिस्मा दिने शक्ति र अधिकार प्राप्त गरेकाहरूको सङ्ख्या बाह्र थियो) ती सबैसामु बोल्नु भएको थियो र हेर, उहाँले आफ्ना हातहरू भीडतिर फैलाउनुभयो र कराउनुभयो यसो भन्दै: आशीषित होओ तिमीहरू यदि तिमीहरूले यी बाह्रका वचनहरूलाई ध्यान दियौ भने जसलाई मैले तिमीहरूमाझबाट तिमीहरूको सेवा गर्न र तिमीहरूका सेवकहरू हुन चुनेको छु; र उनीहरूलाई मैले अधिकार दिएको छु कि उनीहरूले तिमीहरूलाई पानीले बप्तिस्मा दिन सकून्; र तिमीहरूले पानीले बप्तिस्मा लिएपछि, हेर, म तिमीहरूलाई आगोले र पवित्र आत्माले बप्तिस्मा दिनेछु; त्यसकारण तिमीहरू आशीषित होओ तिमीहरूले मलाई देखे र मलाई चिनेपछि, यदि तिमीहरूले ममा विश्वास गर्दछौ र बप्तिस्मा लिन्छौ भने।

अनि फेरि, अझ बढी आशीषित उनीहरू हुनेछन् जसले तिमीहरूका वचनहरूमा विश्वास गर्नेछन् किनभने तिमीहरूले गवाही दिनेछौ कि तिमीहरूले मलाई देखेका छौ र तिमीहरूले चिनेका छौ कि म हुँ। हो, आशीषित उनीहरू छन् जसले तिमीहरूका वचनहरूलाई विश्वास गर्नेछन् र नम्रताको गहिराइमा तल आउनेछन् र बप्तिस्मा लिनेछन्, किनकि उनीहरूलाई आगो र पवित्र आत्माका साथ भेटिनेछ र उनीहरूले पापहरूबाट छुटकारा प्राप्त गर्नेछन्।

हो, आशीषित छन् आत्माका दीनहरू जो मसमक्ष आउँछन्, किनकि स्वर्गको अधिराज्य उनीहरूकै हो।

अनि फेरि, आशीषित छन् तिनीहरू सबै जो शोक गर्छन्, किनकि उनीहरूले सान्त्वना पाउनेछन्।

अनि आशीषित छन् विनम्रहरू, किनकि उनीहरूले नै पृथ्वी रिक्थमा पाउनेछन्।

अनि आशीषित छन् तिनीहरू सबै जो धार्मिकताका निम्ति भोकाउँछन् र तिर्खाउछन्, किनकि उनीहरू पवित्र आत्माले भरिनेछन्।

अनि आशीषित छन् कृपालु, किनकि उनीहरूले कृपा प्राप्त गर्नेछन्।

अनि आशीषित छन् हृदयमा शुद्ध हुनेहरू सबै, किनकि उनीहरूले परमेश्वरलाई देख्नेछन्।

अनि आशीषित छन् सबै शान्तिका निर्माताहरू, किनकि उनीहरू परमेश्वरका छोराछोरीहरू भनी कहलिनेछन्।

१० अनि आशीषित छन् तिनीहरू सबै जसलाई मेरो नाउँका निमित्त सताइन्छ, किनकि स्वर्गको अधिराज्य उनीहरूको हो।

११ अनि आशीषित छौ तिमीहरू जब मानिसहरू तिमीहरूलाई मेरा निमित्त निन्दा गर्छन् र सताउँछन् र तिमीहरू विरुद्ध झुटो बोलेर सबै किसिमका खराब भन्नेछन्;

१२ किनकि तिमीहरूसँग महान् हर्ष र अत्यन्त खुसियाली हुनेछ, किनकि स्वर्गमा तिमीहरूको पुरस्कार महान् हुनेछ; किनकि उनीहरूले त्यसरी नै तिमीहरूभन्दा अगाडिका अगमवक्ताहरूलाई सताएका थिए।

१३ साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्छु, म तिमीहरू पृथ्वीको नुन बन भन्छु; तर यदि नुनले आफ्नो स्वाद गुमायो भने पृथ्वी के ले नुनिलो बन्नेछ? नुन त्यसपछि बाहिर फ्याँकिन र मानिसहरूका पाउहरूमुनि कुल्चन बाहेक केहीका लागि पनि उपयोगी हुँदैन।

१४ साँचै नै, साँचै नै, म तिमीहरूलाई भन्छु, म तिमीहरूलाई यी जनको प्रकाश हुन भन्दछु। डाँडामा बसालिएको एउटा सहर लुकाइन सकिँदैन।

१५ हेर, के मानिसहरू मैनबत्ती बाल्दछन् र त्यसलाई पाथीमुनि राख्दछन्? राख्दैनन्, तर एउटा सामदानमा राख्दछन् र त्यसले घरमा भएका सबैलाई प्रकाश दिन्छ;

१६ त्यसकारण आफ्नो प्रकाशलाई यी जनअगाडि चम्कन देऊ, ताकि उनीहरूले तिमीहरूका असल कार्यहरूलाई देख्न सकून् र स्वर्गमा रहनुभएका तिमीहरूका पितालाई महिमित गर्न सकून्।

१७ नसोच कि म व्यवस्था र अगमवक्ताहरूको विनाश गर्न आएको हुँ। म विनाश गर्न होइन पूरा गर्न आएको हुँ;

१८ किनकि साँचै नै म तिमीहरूसामु भन्छु, व्यवस्थाबाट एक मात्रा र एक बिन्दु पनि बित्नेछैन, तर ममा ती सबै पूरा भएका छन्।

१९ अनि हेर, मैले तिमीहरूलाई मेरो पिताका व्यवस्था र आज्ञाहरू दिएको छु, कि तिमीहरूले ममा विश्वास गर्नेछौ र तिमीहरूले आफ्ना पापहरूको पश्चात्ताप गर्नेछौ र चूर्ण हृदय र पछुताएको आत्माका साथ मसमक्ष आउनेछौ। हेर, तिमीहरूअगाडि तिमीहरूसँग आज्ञाहरू छन् र व्यवस्था पूरा गरिएकोछ।

२० त्यसकारण मसमक्ष आओ र मुक्त होओ; किनकि साँचै नै म तिमीहरूसामु भन्छु, कि यदि तिमीहरूले मेरा आज्ञाहरू पालना नगरे, जुन आज्ञा मैले तिमीहरूलाई यस समयमा दिएको छु, तिमीहरू कुनै पनि अवस्थामा स्वर्गको अधिराज्यमा प्रवेश गर्न सक्दैनौ।

२१ तिमीहरूले सुनेका छौ कि प्राचीन समयका उनीहरूद्वारा यसो भनिएको छ र यो तिमीहरूअगाडि लेखिएको पनि छ, कि तिमीहरूले हत्या नगर र जसले हत्या गर्छ ऊ परमेश्वरको न्यायको खतरामा हुनेछ;

२२ तर म तिमीहरूसामु भन्दछु, कि जो आफ्नो भाइसँग रिसाउँछ ऊ उहाँको न्यायको खतरामा हुनेछ। अनि जसले आफ्नो भाइलाई अपमान गर्नेछ, परिषदको खतरामा हुनेछ; अनि जसले भन्नेछ, तँ मूर्ख, नरकको आगाको खतरामा हुनेछ।

२३ त्यसकारण, यदि तिमीहरू मसमक्ष आउँछौ, अथवा मसमक्ष आउने चाहना गर्छौ र सम्झन्छौ कि तिम्रो भाइको तिमीविरुद्ध केही छ भने—

२४ भाइतिरको आफ्नो बाटो लाग्नू र पहिला आफ्नो भाइसँग मिलाप गर्नु, अनि तब हृदयको पूरा प्रयोजन सहित मसमक्ष आउनू र म तिमीलाई ग्रहण गर्नेछु।

२५ आफ्नो शत्रुसँग तुरुन्त सम्झौता गर्नू जब आफू उसँग एउटा बाटोमा हुँदा, कथंकदाचित् कुनै पनि समयमा उसले तिमीलाई समात्ने छ र तिमीलाई कारागारमा फ्याँकिनेछ।

२६ साँचै नै, साँचै नै, म तिमीसामु भन्दछु, तिमी कुनै तरिकाले पनि उम्कने छैनौ जबसम्म तिमीले एक-एक सेनिन तिर्दैनौ। अनि जब तिमीहरू कारागारमा हुँदा के तिमीले एक सेनिन पनि तिर्न सक्छौ? साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्छु, सक्दैनौ।

२७ हेर, यो प्राचीन समयका उनीहरूद्वारा लेखिएको छ, कि तिमीहरूले व्यभिचार गर्नुहुँदैन।

२८ तर म तिमीहरूसामु भन्छु, कि जसले एक स्त्रीलाई कामवासनाको इच्छाले हेर्छ, उसले अघि नै आफ्नो हृदयमा व्यभिचार गरिसकेको हुनेछ।

२९ हेर, म तिमीहरूसामु एउटा आज्ञा दिन्छु, कि तिमीहरूले ती कुराहरूलाई आफ्नो हृदयमा प्रवेश गर्न नदिनू।

३० किनकि, तिमीहरूलाई नरकमा फ्याँकिनु भन्दा यो असल छ कि तिमीहरू आफैँले ती कुराहरू अस्वीकार गर्नु, जसमा तिमीहरूले आफ्नो क्रूस बोक्नेछौ।

३१ यो लेखिएको छ, कि जसले आफ्नी पत्नीलाई त्याग्दछ, उसले उनलाई त्यागपत्र लेखेर देओस्।

३२ साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्छु, कि जसले व्यभिचारका कारण बाहेक आफ्नी पत्नीलाई त्याग्छ, उसले उनलाई व्यभिचार गर्ने बनाउँछ, अनि जसले त्याग गरिएकी उनीसँग बिहे गर्छ उसले व्यभिचार गर्छ।

३३ अनि फेरि यो लेखिएको छ, तिमीहरूले आफैँ झुटो शपथ नखानू, तर परमप्रभुसामुका आफ्ना शपथहरू पूरा गर्नू;

३४ तर साँचै नै, साँचै नै, म तिमीहरूसामु भन्दछु, शपथ खाँदै नखानू; न त स्वर्गका नाउँमा, किनकि त्यो परमेश्वरको सिंहासन हो;

३५ न त पृथ्वीका नाउँमा, किनकि त्यो उहाँको पाउदान हो;

३६ न त तिमीले आफ्नो शिरको शपथ खानू, किनभने तिमीले एउटा कपाललाई कालो अथवा सेतो बनाउन सक्दैनौ;

३७ तर तिम्रा वार्तालाप हो भने हो, होइन भने होइन मात्र होऊन्, किनकि यी भन्दा अरु जे आउँछन् ती दुष्ट हुन्।

३८ अनि हेर, यो लेखिएको छ, आँखाको बदला आँखा र दाँतको बदला दाँत;

३९ तर म तिमीहरूसामु भन्दछु, कि तिमीहरूले दुष्टको सामना नगर, तर जसले तिमीलाई दाहिने गालामा चड्काउँछ, उसलाई अर्को पनि थापिदिनू;

४० अनि यदि कुनै मानिसले तिमीलाई अदालतमा मुद्दा हाल्दछ र तिम्रो दौरा लैजान्छ भने, उसलाई आफ्नो लवेदा पनि देऊ;

४१ अनि जसले तिमीलाई एक किलोमिटर हिड्न बाध्य गराउँछ, ऊसँग दुई किलोमिटर जाऊ;

४२ तिमीसँग माग्नेलाई देऊ र तिमीबाट ऋणलिन खोज्नेलाई आफूबाट नहटाऊ।

४३ अनि हेर यो पनि लेखिएको छ, कि तिमीले आफ्नो छिमेकीलाई माया गर्नू र आफ्ना शत्रुलाई घृणा गर्नू;

४४ तर हेर, म तिमीहरूसामु भन्छु, तिम्रा शत्रुहरूलाई माया गर, तिमीलाई श्राप दिनेलाई आशीष देऊ, तिमीलाई घृणा गर्नेहरूको भलो गर र तिमीहरूलाई स्वार्थपूर्वक प्रयोग गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर;

४५ ता कि तिमी स्वर्गमा रहने तिम्रा पिताका सन्तान बन्न सक; किनकि उहाँले आफ्नो सूर्य दुष्टमाथि र असलमाथि उदाइदिनु हुन्छ।

४६ त्यसकारण ती कुराहरू जुन प्राचीन समयका थिए, जुन व्यवस्थाको अधिनमा थिए, ममा पूरा भएका छन्।

४७ प्राचीन कुराहरू पूरा भएका छन् र सबै कुराहरू नयाँ बनेका छन्।

४८ त्यसकारण म चाहन्छु कि तिमीहरू सिद्ध हुनू जसरी म र तिमीहरूका स्वर्गमा रहने पिता सिद्ध हुनुहुन्छ।