धर्मशास्त्रहरू
३ नफी २५


अध्याय २५

दोस्रो आगमनमा घमण्डी र दुष्टलाई ठुटा झैँ बालिनेछ—त्यो महान् र भयावह दिनअगाडि एलिया फर्कनेछन्—मलाकी ४ सँग तुलना गर्नुहोस्। लगभग ई.सं. ३४।

किनकि हेर, त्यो दिन आउनेछ त्यो भट्टी झैँ बल्नेछ; र सबै घमण्डी, हो र सबै जसले दुष्टतापूर्वक गर्छन्, ठुटो हुनेछन्; र त्यो दिन जुन आउनेछ उनीहरूलाई जलाउनेछ, सैन्यहरूका अधिपति भन्नुहुन्छ, कि यसले उनीहरूलाई न त जरा न त हाँगा नै छाड्नेछ

तर तिमीहरूसामु जो मेरा नाउँदेखि डर मान्छौ, धार्मिकताका पुत्र आफ्नो पखेटाहरूको चङ्गाइका साथ उठ्नुहुनेछ; र तिमीहरू अघि जानेछौ र गोठका बाच्छाहरू जस्तै हुर्कनेछौ।

अनि तिमीहरूले दुष्टहरूलाई किचिमिची गर्नेछौ; किनकि उनीहरू त्यो दिनमा तिमीहरूका पाउका पैताला मुनि खरानी बन्नेछन् जब मैले यो गर्नेछु, सैन्यहरूका अधिपति भन्नुहुन्छ।

तिमीहरूले मेरो सेवक मोशाका व्यवस्थालाई सम्झ, जुन मैले उनलाई होरेबमा सम्पूर्ण इस्राएलका निम्ति, कानुन्‌हरू र न्यायहरूका साथ आज्ञा दिएँ।

हेर, परमप्रभुको त्यो महान् र भयावह दिनको आगमनअगाडि तिमीहरूलाई म एलिया अगमवक्ता पठाउनेछु।

अनि उनले पितापुर्खाहरुका हृदय छोराछोरीतिर र छोराछोरीहरूका हृदय उनीहरूका पितापुर्खाहरुतिर फर्काउनेछन्, कथंकदाचित म आउँछु र पृथ्वीलाई श्रापले प्रहार गर्छु।