साधारण सम्मेलन
पिताको योजनामा दैवी प्रेम
अप्रिल २०२२ को साधारण सम्मेलन


पिताको योजनामा दैवी प्रेम

यसपूनर्स्थापित् पूनर्स्थापित चर्चका सिद्धान्त र नियमहरूको उद्देश्य परमेश्वरका सन्ततिहरूलाई सेलेस्टिएल राज्यमा मुक्तिका लागि र यसको उच्चतम स्तरमा उन्नयनका लागि तयार पार्नु हो।

स्वर्गका हाम्रा पिताको सुसमाचारको योजनाले उहाँका सबै सन्ततिहरूप्रतिको प्रेम देखाउँछ। यसलाई बुझ्नका लागि, हामीले उहाँको योजना र उहाँका आज्ञाहरू बुझ्न प्रयास गर्नुपर्छ। उहाँ आफ्ना सन्ततिहरूलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले आफ्ना एकमात्र पुत्र, येशू ख्रीष्टलाई हाम्रा मुक्तिदाता र उद्धारकर्ता हुनका लागि कष्ट भोग्न र हाम्रा लागि मृत्यु वरण गर्न दिनुभयो। पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको पूनर्स्थापित चर्चमा, हामीसँग हाम्रा स्वर्गका पिताको योजना अद्वितीय समझ हो । यसले हामीलाई नश्वर जीवनको उद्देश्य, त्यसपछि प्राप्त हुने दैवी न्याय, अनि परमेश्वरका सबै सन्ततिहरूको अन्तिम महिमित गन्तव्यलाई भिन्न तरिकामा हेर्ने दृष्टिकोण दिन्छ ।

मेरा दाजुभाइ दिदीबहिनीहरु, म तपाईंहरूलाई प्रेम गर्छु । म परमेश्वरका सबै सन्ततिहरूलाई प्रेम गर्छु। जब येशूलाई सोधियो, “व्यवस्थामा ठूलो आज्ञा के हो?” उहाँले सिकाउनुभयो कि परमेश्वरलाई प्रेम गर्नु र छिमेकीहरूलाई प्रेम गर्नु परमेश्वरका महान् आज्ञाहरू मध्ये पहिला हुन्। ती आज्ञाहरू पहिलो हुन् किनभने तिनीहरूले हाम्रा लागि हामीलाई परमेश्‍वरको परमेश्वरको प्रेमको अनुकरण गर्ने प्रयास गरेर आत्मिक रुपमा उन्नति गर्न आमन्त्रण गर्दछन्। म चाहन्छु कि पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा येशू ख्रीष्टले स्थापना गर्नुभएका प्रिय सिद्धान्त र नियमहरू हामी सबैमा राम्रो समझ थियो हामी सबैमा अझ राम्रो समझ थियो । यहाँ मैले व्यक्त गरेका कुराले परमेश्वरको प्रेमले त्यो सिद्धान्त र चर्चका प्रेरित नीतिहरूलाई कसरी व्याख्या गर्छन् भनेर स्पष्ट पार्न खोज्छ ।

I.

अन्ततः नश्वर जीवन पछिको निर्णयको एक सामान्य गलत बुझाइ यो हो कि असल मानिसहरू स्वर्ग अनि खराब मानिसहरू अनन्त स्थानमा जान्छन् नरकभन्ने ठाउँमा जान्छन् । केवल दुई मात्र परम गन्तव्यहरूको यो गलत धारणाले स्वर्गका लागि आवश्यक सबै आज्ञाहरू पालन गर्न नसक्नेहरूका लागि निश्चित रूपमा नर्कको गन्तव्य हुनेछ भन्ने सङ्केत गर्दछ।

स्वर्गका प्रिय पितासँग उहाँका सन्ततिहरूका लागि सुन्दर योजना छ। येशू ख्रीष्टको पूनर्स्थापित चर्चको प्रकट गरिएका सिद्धान्तले सिकाउँछ कि परमेश्वर परमेश्‍वरका सबै सन्ततिहरू—यहाँ विचारयोग्य केही सीमित अपवादहरू बाहेक -अन्ततः महिमाको राज्यमा समापन हुनेछन्। येशूले सिकाउनुभयो “मेरा पिताको घरमा धेरै घरहरू छन्,” । आधुनिक प्रकाशबाट हामीलाई थाहा छ कि ती घरहरू महिमाका तीन फरक राज्यहरूमा छन्। अन्तिम न्यायमा हामी प्रत्येकलाई हाम्रो कर्म र हाम्रो हृदयको चाहना अनुसार न्याय गरिनेछ। त्यो भन्दा पहिले, हामीले हाम्रा पश्चात्ताप नगरिएका पापहरूका लागि कष्ट भोग्नुपर्नेछ। यसमा धर्मशास्त्रहरू स्पष्ट छन्। तब हाम्रा धार्मिक न्यायकर्ताले हामीलाई ती महिमाका राज्यहरूमध्ये एउटामा बस्न दिनुहुनेछ। यसरी, हामी आधुनिक प्रकाशबाट जान्दछौं, सबैको “न्याय गरिनेछ … , र हरेक मानिसले तयार पारिएका घरहरूमा आफ्नै कर्म, आफ्नै प्रभुत्व, अनुसार प्राप्त गर्नेछ ।”

परमप्रभुले यी दुई महिमाका राज्यहरूका बारेमा तुलनात्मक रुपमा थोरै प्रकट गर्न छनौट गर्नुभएको छ। यसका सम्बन्धमा, परमप्रभुले महिमाको सर्वोच्च राज्यका बारेमा धेरै कुरा प्रकट गर्नुभएको छ, जसलाई बाइबलले “सूर्यको महिमा” भनेर वर्णन गर्दछ।

“सेलेष्टियल” महिमामा त्यहाँ तीन डिग्री वा स्तरहरू छन्। यी मध्ये सर्वोच्च सेलेष्टियल राज्यमा उन्नयन हो, जहाँ हामी हाम्रा पिता र उहाँका पुत्र, येशू ख्रीष्ट जस्तै बन्न सक्छौं। हामीलाई ईश्वरीय गुणहरू विकास गर्न र हाम्रो दैवी क्षमतालाई महसुस गर्न आवश्यक प्रकृतिमा परिवर्तन गर्न सहयोग गर्न, परमप्रभुले अनन्त व्यवस्थामा आधारित सिद्धान्त प्रकट र आदेशहरूको स्थापना गर्नुभएको छ। यो हामीले पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सिकाउँछौं किनभने यस पूनर्स्थापित् चर्चका सिद्धान्त र नियमहरूको उद्देश्य परमेश्वरका सन्ततिहरूलाई स्वर्गीय महिमामा मुक्तिका लागि अनि विशेष गरी, यसको उन्नयनका लागि उच्चतम डिग्रीमा तयार पार्नु हो ।

परमेश्वरका मन्दिरहरूमा आस्थावानहरूलाई प्रतिज्ञा गरिएका करारहरू र आशीषहरू प्रमुख्य हुन्। यसले हामीले संसारभरी निर्माण गरिरहेका मन्दिरहरूको ब्याख्या गर्दछ, जसका बारेमा क्वायरले भर्खरै अति सुन्दर तरिकाले गएको गाएको छ । मन्दिरका करार र विधिहरूले हामीलाई उन्नयन प्राप्त गर्न मार्गनिर्देशन गर्छ भन्ने नबुझेर यसलाई जोड दिएकोमा केही अन्योलमा परेका छन्। महिमाका यी तीन डिग्री राज्यको प्रकटित सत्यका सन्दर्भमा मात्रै यो बुझ्न सकिन्छ। आफ्ना सबै सन्ततिहरूका लागि स्वर्गका हाम्रा पिताको महान् प्रेमको कारण, उहाँले महिमाका अन्य राज्यहरू प्रदान गर्नुभएको छ—एल्डर क्विन्टन एल. कुकले हिजो भने जस्तै—ती सबै हामीले बुझ्न सक्नेभन्दा धेरै अद्भुत छन्।१०

येशू ख्रीष्टको प्रायश्चित्तले यो सबै सम्भव बनाउँछ। उहाँले प्रकट गर्नुभएको छ कि उहाँले “पिताको महिमा गर्नुहुन्छ, र उहाँका हातका सबै कामहरू सुरक्षित गर्नुहुन्छ.”११ त्यो मुक्ति महिमाका विभिन्न राज्यहरूमा दिइएको छ। हामी आधुनिक प्रकाशबाट थाहा पाउँछौं कि “सबै राज्यहरूलाई एक कानून दिइएको छ।”१२ उल्लेखनीय रुपमा:

“जसले सेलेष्टियल राज्यको नियम व्यवस्था पालन गर्न सक्दैन, उसले सेलेष्टियल महिमाको पालना प्राप्त गर्न सक्दैन।

“अनि जसले टेरेष्टियल राज्यको व्यवस्था पालन गर्न सक्दैन उसले टेरेष्टियल महिमालाई पालन प्राप्त गर्न सक्दैन।

“अनि जसले टिलेष्टियल राज्यको व्यवस्था पालन गर्न सक्दैन उसले टिलेष्टियल महिमालाई पालनप्राप्त गर्न सक्दैन।”१३

अर्को शब्दमा, हामीले अन्तिम न्यायमा प्राप्त गर्ने महिमाको राज्य हामीले स्वर्गका हाम्रा पिताको प्रिय योजनाका नियमहरु पालना गर्ने हाम्रो छनौटले निर्धारण गर्दछ । त्यो योजना अन्तर्गत त्यहाँ धेरै राज्यहरू छन् ताकि उहाँका सबै सन्ततिहरूलाई राज्यमा नियुक्त गर्न सकिन्छ ।

II.

परमप्रभुको पूनर्स्थापित् चर्चका शिक्षा रनियमहरूले यी अनन्त सत्यहरूलाई एक तरिकामा लागू गर्दछन् जुन स्वर्गका हाम्रा पिताका सबै सन्ततिहरूका लागि प्रेमपूर्ण योजनाको सन्दर्भमा मात्रै बुझ्न सकिन्छ।

यसैले, हामी व्यक्तिगत छनौटको स्वतन्त्रतालाई सम्मान गर्छौं। धार्मिक स्वतन्त्रता प्रवर्द्धन गर्ने यस चर्चको महान् प्रयासहरू बारे धेरैजसो व्यक्तिहरु जानकार छन्। यी प्रयासहरू स्वर्गका हाम्रा पिताको योजनालाई अगाडि बढाउनका लागि हुन्। हामी उहाँका सन्ततिहरू सबै लाई - हाम्रा आफ्नै सदस्यहरूलाई मात्र होइन - छनौट गर्ने बहुमूल्य स्वतन्त्रताको आनन्द लिन सहयोग गर्न खोज्छौं।

त्यसै गरी, हामीलाई कहिलेकाहीँ सोधिन्छ कि हामीले धेरै राष्ट्रहरूमा क्रिश्चियन आवादीहरूमा पनि किन सुसमाचार प्रचारकहरू पठाउछौँ । हामीलाई यो पनि सोधिएको छ कि हामीले हाम्रो चर्चका सदस्य नभएका व्यक्तिहरूलाई हाम्रो सुसमाचार प्रचार प्रयासहरूसँग जोडेर किन ठूलो मानवीय सहायता दिन्छौं। हामी यसो गर्छौं किनभने परमप्रभुले हामीलाई उहाँका सबै सन्ततिहरूलाई हाम्रा दाजुभाइ र दिदीबहिनीहरूका रुपमा आदर गर्न सिकाउनुभएको छ, अनि हामी सबैसँग हाम्रो आध्यात्मिक र लौकिक प्रशस्तता बाँढ्न चाहन्छौं।

अनन्त सिद्धान्तले सन्ततिहरूका लागि एक विशिष्ट दृष्टिकोण पनि प्रदान गर्दछ। यस परिप्रेक्ष्यमा हामी दैवी योजनाको एक अंशका रुपमा सन्ततिहरूको धारण र पालनपोषण गर्दछौँ । यो यसमा सहभागी हुन शक्ति प्रदान गर्नेहरूको यो आनन्ददायी र पवित्र कर्तव्य हो। त्यसकारण, हामीलाई परमेश्वरको योजना अन्तर्गत सन्ततिहरूको विकास र आनन्दका लागि उत्तम अवस्थाहरू प्रदान गर्ने सिद्धान्तहरू र अभ्यासहरूका लागि सिकाउन र सङ्घर्ष गर्न आदेश दिइएको छ।

III.

अन्तमा, पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चलाई परिवार-केन्द्रित चर्चका रुपमा चिनिन्छ। तर हाम्रो परिवार-केन्द्रित नश्वर सम्बन्धहरूमा सीमित छैन भन्ने वास्तविकता राम्ररी बुझिएको छैन। अनन्त सम्बन्धहरू पनि हाम्रो धर्मशास्त्रका आधार हुन्। पूनर्स्थापित चर्चको उद्देश्य परमेश्वरका सबै सन्ततिहरूलाई तिनीहरूको अन्तिम गन्तव्यका रुपमा परमेश्वरले चाहेका कुराहरूका लागि योग्य हुन सहयोग गर्नु हो। ख्रीष्टको प्रायश्चित मार्फत प्रदान गरिएको उद्दारद्वारा, सबैले अनन्त जीवन (सेलेस्टियल राज्यमा उन्नयन) प्राप्त गर्न सक्छन्, जसलाई माता हब्बाले घोषणा गर्नुभयो “परमेश्वरले सबै आज्ञाकारीहरूलाई दिनुहुन्छ।”१४ यो मुक्ति भन्दा धेरै हो। अध्यक्ष रसल एम. नेल्सनले हामीलाई स्मरण गराउनुभएको छ कि, “परमेश्वरको अनन्त योजनामा, मुक्ति व्यक्तिगत कुरा हो; [तर] उन्नयन पारिवारिक कुरा हो।”१५

परमेश्वरको आधारभूत प्रकाश यो छ कि एक पुरुष र एक महिला बीचको अनन्त विवाहका करारहरूप्रतिको आस्थावादिताबाट मात्रै हाम्रा लागि उन्नयन प्राप्त गर्न सकिन्छ ।१६ त्यो दैवी सिद्धान्तका कारण हामी यो सिकाउँछौं कि “लिङ्ग व्यक्तिको अपूर्व, नश्वर, र अनन्त पहिचान र उद्देश्यको अनिवार्य विशेषता हो।”१७

यसैले पनि परमप्रभुले आफ्नो पूनर्स्थापित् चर्चलाई एक पुरुष र एक महिला बीचको विवाहको उहाँको सिद्धान्तबाट पछि हट्ने र लिङ्ग परिवर्तन गर्ने वा पुरुष र महिला बीचको भिन्नतालाई एकरुप बनाउने परिवर्तनहरूको भ्रमित पार्ने सामाजिक र कानुनी दबाबहरूको विरोध गर्नु आवश्यकता दर्साउनु भएको छ।

यी आधारहरूमा पूनर्स्थापित् चर्चको स्थितिले बारम्बार विरोधलाई उक्साउँछ। हामीले त्यो बुझेका छौं । स्वर्गका हाम्रा पिताको योजनाले “सबै कुरामा विरोध” का लागि अनुमति दिन्छ,१८ अनि शैतानको सबैभन्दा कडा विरोध त्यो योजनाका लागि सबैभन्दा महत्त्वपूर्ण कुरामा निर्देशित छ। फलस्वरूप, उसले लिङ्गलाई भ्रमित गरेर, विवाहलाई विकृत गरेर, अनि सन्तान जन्माउनलाई निरुत्साहित गरेर उन्नयनतर्फको प्रगतिको विरोध गर्न खोज्छ। यद्यपि, हामीलाई थाहा छ कि अनन्त समयसम्म, स्वर्गका हाम्रा प्रिय पिताको दैवी उद्देश्य र योजना परिवर्तन हुनेछैनन् । व्यक्तिगत परिस्थितिहरू परिवर्तन हुन सक्छन्, अनि परमेश्वरको योजनाले आश्वासन दिन्छ कि समयको लामो अन्तरालमा, आफ्ना करारहरू पालन गर्ने आस्थावानहरूले प्रतिज्ञा गरिएका प्रत्येक आशीषका लागि योग्य हुने अवसर पाउनेछन्।१९

हामीलाई अनन्त जीवनका लागि तयार गर्न सहयोग गर्ने एक अद्वितीय मूल्यवान शिक्षा, “परमेश्वरका सबै उपहारहरूमध्ये सबैभन्दा ठूलो,”20 १९९५ मा परिवारका बारेमा गरिएको घोषणा हो।२१ यसका घोषणाहरू, नि:शन्देह, केही वर्तमान कानून, अभ्यासहरू, र वकालतहरू, जस्तै सहवास र समलिङ्गी विवाहहरू भन्दा फरक छन् । आफ्ना सन्ततिहरूका लागि पिताको प्रिय योजनालाई पूर्ण रुपमा नबुझेकाहरूले यो पारिवारिक घोषणालाई नीतिको परिवर्तनशील कथन भन्दा बढी नमान्न सक्छन्। यसको विपरित, हामी अपरिवर्तनीय सिद्धान्तमा आधारित पारिवारिक घोषणाले पारिवारिक सम्बन्धलाई परिभाषित गर्छौं जुन हाम्रो अनन्त विकासको सबैभन्दा महत्त्वपूर्ण अंश हुन सक्छ।

त्यो पछिल्ला-दिनका सन्तहरूको पूनर्स्थापित् चर्चको अद्वितीय सिद्धान्त र नीतिहरूको सन्दर्भ हो।

IV.

नश्वर जीवनमा अधिकांश सम्बन्ध र परिस्थितिहरूमा, हामी प्रत्येकले भिन्नताहरूसँग जिउनु पर्छ। ख्रीष्टका अनुयायीहरूका रुपमा हाम्रा साथीहरूलाई प्रेम गर्ने, हामीले जसरी नै विश्वास नगर्नेहरूसँग शान्तिपूर्वक जीवन बिताउनुपर्दछ। हामी सबै प्रिय स्वर्गका पिताका सन्तान हौं। हामी सबैका लागि, उहाँले मृत्युपछिको जीवन र अन्ततः महिमाको राज्य तय गर्नुभएको छ। परमेश्वरले हामी सबैलाई उहाँका सर्वोच्च आज्ञाहरू, करारहरू, र विधिहरू पालन गरेर उहाँको उच्चतम सम्भावित आशीषहरूका लागि प्रयास गर्न चाहनुहुन्छ, जसको समापन संसारभरी निर्माण भइरहेका उहाँका पवित्र मन्दिरहरूमा हुन्छ। अनन्तकालका यी सत्यहरूलाई हामीले अरूहरूसँग बाँढ्न प्रयास गर्नुपर्छ। तरपनि हाम्रा सबै छिमेकीहरूप्रतिको हामीसँग भएको प्रेमका कारण हामी सधैं तिनीहरूका निर्णयहरू स्वीकार गर्छौं। मोर्मोनको पुस्तकका अगमवक्ताले सिकाए जस्तै, हामीले “परमेश्वर र सबै मानिसहरूको प्रेम” राखेर अगाडि बढ्नुपर्छ।२२

गत सम्मेलनमा अध्यक्ष रसल एम. नेल्सनले घोषणा गरे जस्तै: “संसारको इतिहासमा यस्तो समय कहिल्यै आएको छैन जब हाम्रा मुक्तिदाताको ज्ञान व्यक्तिगत रुपमा हरेक मानव आत्माका लागि बढी महत्त्वपूर्ण र सान्दर्भिक भएको छ। … ख्रीष्टको विशुद्ध सिद्धान्त शक्तिशाली छ। यसले सबैको जीवन परिवर्तन गर्छ जसले यसलाई बुझ्दछ र आफ्नो जीवनमा लागू गर्न खोज्छ।”२३

हामी सबैले आफ्नो जीवनमा त्यो पवित्र सिद्धान्त लागू गर्न सकौं, म येशू ख्रीष्टको नाममा प्रार्थना गर्दछु, आमीन।