साधारण सम्मेलन
Conversion Is Our Goal
अप्रिल २०२२ को साधारण सम्मेलन


परिवर्तन हाम्रो लक्ष्य हो

पवित्र आत्माले तपाई सँग प्रत्यक्ष बोलेको सुन्दै, धर्मशास्त्रमा तपाईंले बिताएको समयको अरु विकल्प छैन।

परमप्रभुको चर्चका सदस्यहरूका रुपमा भर्खर तीन वर्षका लागि, हामी सँगै यात्रामा छौं। त्यो अक्टोबर २०१८ थियो जब प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणले हामीलाई हाम्रो निर्देशनका रुपमा आऊ, मलाई अनुशरण गर भन्ने स्रोतसँगै नयाँ र प्रेरणादायी तरिकामा धर्मशास्त्रहरू अध्ययन गरेर येशू ख्रीष्टका बारेमा सिक्न आमन्त्रण गर्नुभएको थियो।

कुनै पनि यात्रामा, हाम्रो प्रगतिको मूल्याङ्कन गर्न अनि हामी अझै पनि आफ्नो लक्ष्यतर्फ अघि बढिरहेका छौं भनी सुनिश्चित गर्नका लागि समय-समयमा रोकिनु राम्रो हुन्छ।

परिवर्तन हाम्रो लक्ष्य हो

आऊ, मलाई अनुशरण गरको परिचयको यो गहन कथनलाई मनन गर्नुहोस्:

“सुसमाचारका सबै सिकाइ र अध्यापनको उद्देश्य स्वर्गका पिता र येशू ख्रीष्टमा हाम्रो परिवर्तनलाई गहिरो बनाउनु हो।

“… हाम्रो आस्थालाई मजबुत बनाउने र परिवर्तनको चमत्कारमा अगुवाइ गर्ने सुसमाचारका सिकाइ एकैचोटि हुँदैनन्। यो कक्षाकोठा भन्दा बाहिर हाम्रो हृदय र घरहरूमा विस्तारित छ । सुसमाचारलाई बुझ्न र जिउनका लागि निरन्तर, दैनिक प्रयासहरू आवश्यक छन्। सत्य परिवर्तनमा अगुवाइ गर्ने सुसमाचारको सिकाइका लागि पवित्र आत्माको प्रभाव चाहिन्छ।”

त्यो चमत्कार हो जुन हामीले खोज्दछौँ—जब एक व्यक्तिले धर्मशास्त्रमा अनुभव गरेको हुन्छ अनि त्यो अनुभव पवित्र आत्माको प्रभावले आशीषित हुन्छ। त्यस्ता अनुभवहरू मुक्तिदातामा हाम्रो परिवर्तनका लागि बहुमूल्य आधारहरू हुन्। अनि अध्यक्ष रसल एम्. नेल्सनले भर्खरै हामीलाई स्मरण गराउनुभए जस्तै, आध्यात्मिक आधारहरू निरन्तर बलियो हुनुपर्छ। दीर्घकालीन परिवर्तन जीवनभरको प्रक्रिया हो। परिवर्तन हाम्रो लक्ष्य हो।

सबैभन्दा प्रभावकारी हुनका लागि, धर्मशास्त्रहरूसँगको तपाईंको अनुभव तपाईं स्वयंको हुनुपर्छ। अर्को व्यक्तिको अनुभव र अन्तर्दृष्टिका बारेमा पढ्न वा सुन्नु उपयोगी हुन सक्छ, तर यसले समान रूपान्तरण शक्ति ल्याउने छैन। पवित्र आत्माले तपाई सँग प्रत्यक्ष बोलेको सुन्दै, धर्मशास्त्रमा तपाईंलेबिताएको समयको अरु विकल्प छैन।

पवित्र आत्माले मलाई के सिकाउँदै छ?

हरेक हप्ता जब मैले मेरो आऊ, मलाई अनुशरण गर पुस्तिका खोल्छु, म पृष्ठको शीर्षमा यो प्रश्न लेख्छु: “यी अध्यायहरू पढ्दा पवित्र आत्माले मलाई यो हप्ता के सिकाउँदै छ?”

धर्मशास्त्र अध्ययन गर्दा म त्यो प्रश्नलाई बारम्बार मनन गर्छु। असफलता बिना, आध्यात्मिक प्रभावहरू आउँछन्, र म तिनीहरूलाई मेरो पुस्तिकामा अभिलेख गर्छु।

अब, पवित्र आत्माले मलाई सिकाइरहेको छ भनेर मैले कसरी थाहा पाउने? खैर, यो सामान्यतया सानो र सरल तरिकामा हुन्छ। कहिलेकाहीँ धर्मशास्त्रको एउटा अंश मेरो मस्तिष्कको पृष्ठबाट हटिसकेको जस्तो देखिन्छ। अन्य समयमा, मलाई सुसमाचारका सिद्धान्तको वृहत् समझले मेरो मस्तिष्क प्रवुद्ध भएको जस्तो लाग्छ। मेरी श्रीमती, एनी मारी र म हामीले पढिरहेका विषयहरूका बारे कुरा गर्दा पनि म पवित्र आत्माको प्रभाव महसुस गर्छु। उनको दृष्टिकोणले सधैं आत्मालाई निम्तो दिन्छ।

अगमवक्ता र निस्तार चाड

यस वर्ष हामी हाम्रो आत्मालाई प्रकाशले भर्ने पवित्र शास्त्र-पुरानो कारको अध्ययन गर्दैछौं। पुरानो करार पढ्दा, मैले भरपर्दो मार्गदर्शकहरू: आदम, हब्बा, एनोक, नोआ, अब्राहम, र अन्य धेरैसँग समय बिताएको जस्तो अनुभूति हुन्छ।

यस हप्ता, प्रस्थान अध्याय ७-१३को अध्ययन गर्दा, हामीले मिस्रमा शताब्दीयौंको कैदबाट कसरी परमप्रभुले इस्राएलका सन्ततिहरूलाई मुक्त गर्नुभयो भनेर सिक्छौं। हामी नौ विपत्तिहरूको बारेमा पढ्छौं—परमेश्वरका शक्तिको नौ प्रभावशाली प्रदर्शन—जुन फारोले आफ्नो हृदयलाई नरम नगरी साक्षी दिए।

तब परमप्रभुले आफ्ना अगमवक्ता, मोशालाई, दसौं विपत्तिका बारेमा बताउनुभयो—अनि कसरी इस्राएलमा प्रत्येक परिवारले यसका लागि तयारी गर्न सक्छन्। तिनीहरूले निस्तार चाडलाई अनुष्ठानको अंशका रूपमा भन्नुपर्थ्यो, इस्राएलीहरूले एउटा निर्दोष भेडाको बलि चढाउनुपर्थ्यो। अनि तिनीहरूले थुमाको रगतले आ-आफ्ना घरको ढोकाको चौकोशमा चिन्ह लगाउनुपर्थ्यो। परमप्रभुले प्रतिज्ञा गर्नुभयो कि रगतले चिन्ह लगाइएका सबै घरहरूलाई आउन लागेको भयानक विपत्तिबाट जोगाइनेछ।

धर्मशास्त्रले भन्छ, “अनि इस्राएलका सन्ततिहरूले … परमप्रभुले मोशालाई आज्ञा गरेबमोजिम गरे” (प्रस्थान १२:२८)। आज्ञाकारिताको त्यो साधारण कथनमा धेरै शक्तिशाली कुरा छ।

किनकि इस्राएलका सन्ततिहरूले मोशाको परामर्ष पालन गरे र आस्थामा काम गरे, तिनीहरू बिपत्तिबाट बचेका थिए अनि समयसँगै उनीहरू कैदबाट मुक्त भए।

त्यसोभए, पवित्र आत्माले मलाई यी अध्यायहरूमा यो हफ्ता के सिकायो त?

यहाँ केही विचारहरू छन् जुन मेरो मस्तिष्कमा रहेका छन्:

  • परमप्रभुले आफ्ना अगमवक्ता मार्फत आफ्ना मानिसहरूलाई सुरक्षा अनि बचाउने कार्य गर्नुहुन्छ।

  • अगमवक्तालाई अनुशरणगर्ने आस्था र नम्रताबाट सुरक्षा र मुक्तिको चमत्कार आउँछ।

  • ढोकाको चौकोसमा रहेकोरगत, परमप्रभुको थुमा येशूख्रीष्टमा भएको भित्री आस्थाको बाहिरी सङ्केत थियो।

अगमवक्ता र परमप्रभुका प्रतिज्ञाहरू

पुरानो करारको यो विवरणमा परमप्रभुले आफ्ना मानिसहरूलाई आशीष दिनुभएको अनि आज उहाँले आफ्ना मानिसहरूलाई आशीष दिनुभएको तरिका बीचको समानताबाट म प्रभावित छु।

जब परमप्रभुका जीवित अगमवक्ता, अगमवक्ता नेल्सनले हामीलाई धर्मशास्त्र अध्ययन गर्ने माध्यमका रुपमा आऊ, मलाई अनुशरण गर भनेर परिचय गराउनुभयो, उहाँले हामीलाई हाम्रा घरहरूलाई आस्थाको पवित्र स्थान र सुसमाचार शिक्षाका केन्द्रहरूमा रूपान्तरण गर्न आमन्त्रण गर्नुभयो।

त्यसपछि उहाँले चार विशेष आशीषहरू प्रतिज्ञा गर्नुभयो:

  1. तपाईंका विश्रामका दिनहरू आनन्दित हुनेछन्,

  2. तपाईंका सन्ततिहरू मुक्तिदाताका शिक्षाहरू सिक्न र जिउन उत्साहित हुनेछन्,

  3. तपाईंको जीवनमा र तपाईंको घरमा शत्रुको प्रभाव कम हुनेछ, अनि

  4. तपाईंका परिवारमा यी परिवर्तनहरू चमत्कारिक र दिगा हुनेछन्।

हाल, हामीसँग इजिप्टमा मोशासँग निस्तार चाडको अनुभव गर्नेहरूबाट कुनै दैनिकीहरू समावेश छैनन्। यद्यपि, हामीसँग समान आस्थाका सन्तहरूबाट धेरै गवाहीहरू प्राप्त छन् जसले आज अध्यक्ष नेल्सनको सल्लाहलाई अनुशरण गरिरहेका छन् अनि प्रतिज्ञा गरिएका आशीषहरू प्राप्त गरिरहेका छन्।

यहाँ त्यस्ता केही गवाहीहरू छन्:

जवान परिवारकी एक आमाले यसो भनिन्: “हामी ख्रीष्टका कुरा गर्छौं अनि हाम्रो घरमा ख्रीष्टमा रमाउँछौं। मेरो लागि यो सबैभन्दा ठूलो आशीष हो—कि मेरा सन्ततिहरूले घरमा सुसमाचारका यी वार्तालापहरूसँगै हुर्कन सक्छन् जसले तिनीहरूलाई मुक्तिदाताको नजिक ल्याउँछ।”

एकजना प्रौढ दाजुले आफ्नो धर्मशास्त्रको अध्ययनलाई आऊ, मलाई अनुशरण गर “दैवी प्रकाशले भरिएको एउटा बहन नली हो जसले हामीलाई हाम्रो आध्यात्मिक कल्याणका लागि आवश्यक सुसमाचारका सिद्धान्त हेर्न सहयोग गर्दछ।”

एउटी जवान पत्नीले आफ्नो वैवाहिक जीवनमा पाएका आशीषहरू वर्णन गरीन्: “मैले मेरो श्रीमानको हृदयलाई अझ गहिरोसँग बुझ्न सकेकी छु, अनि सँगै अध्ययन गर्दा मैले उहाँलाई मेरो हृदय अझ खोल्न सक्षम भएको छु।”

ठूलो परिवारकी एउटी आमाले आफ्नो परिवारलाई सिकाउने प्रयास कसरी परिवर्तन भयो भनेर स्मरण गरिन्। उनले बताइन: “पछाडि हेर्दा म हिउँको पन्जा लगाएर पियानो बजाउँदै थिएँ जस्तो लाग्यो। म गतिहरू मार्फत जाँदै थिएँ, तर सङ्गीत त्यति सही थिएन। अहिले पन्जाहरू खोलिएका छन्, अनि मेरो सङ्गीत अझै पूर्ण छैन, म फरक सुन्छु। आऊ, मलाई अनुशरण गर ले मलाई दृष्टि, क्षमता, जोड र उद्देश्य दिएको छ।”१०

एक जवान पतिले यसो भने: “मैले मेरो बिहानको नियमित अंश आऊ मलाई अनुशरण गर लाई बनाएपछि घरमा मेरा सबैभन्दा महत्त्वपूर्ण प्राथमिकताहरू अझ स्पष्ट भएका छन्। अध्ययनले मलाई सबैभन्दा महत्त्वपूर्ण कुराहरू जस्तै मन्दिर, मेरी श्रीमतीसँगको मेरो सम्बन्ध अनि मेरो बोलावटका बारेमा थप सोच्न प्रेरित गर्छ। म कृतज्ञ छु कि मेरो घर एउटा आश्रय स्थल हो जहाँ परमेश्वर सर्वप्रथम आउनुहुन्छ।”११

एउटी बहिनीले बताउनुभयो: “ आऊ, मलाई अनुशरण गर सँगै मेरा दैनिक अनुभवहरू विरलै उल्लेखनीय छन्, तर समयका साथसाथै मैले धर्मशास्त्रको यस्तो निरन्तर, केन्द्रित अध्ययनबाट कसरी परिवर्तन भइरहेको छु भनेर देख्न सक्छु। त्यस प्रकारको अध्ययनले मलाई नम्र बनाउँछ, मलाई सिकाउँछ, र मलाई हरेक पटक थोरै-थोरै परिवर्तन गर्छ।”१२

फर्केर आएका सुसमाचार प्रचारकले सूचना दिए: “ आऊ, मलाई अनुशरण गर कार्यक्रमले मलाई मेरो सुसमाचार प्रचारमा गरेको धर्मशास्त्र अध्ययनको स्तरको नजिक पुर्याएको छ, अनि म धर्मशास्त्र अध्ययनका सूचीको मानसिकताबाट निस्किएर परमेश्वरलाई चिन्नको लागि वास्तविक समृद्ध सत्रहरूमा जान सक्षम भएको छु।”१३

एक भाइले यसो भने: “मलाई पवित्र आत्माले मेरो जीवनमा अझ धेरै स्वागत् गरेको महसुस गर्छु र निर्णयहरू गर्नमा परमेश्वरका प्रकाशमय मार्गदर्शन महसुस गर्छु। मसँग ख्रीष्ट र उहाँको प्रायश्चित्तका सरल सिद्धान्तमा सुन्दरताका बारेमा अझ प्रगाढ वार्तालापहरू छन्।”१४

सात वर्षको एक बालकले बताए: “म चाँडै नै बप्तिस्मा लिँदैछु, अनि आऊ, मलाई अनुशरण गर ले मलाई तयार गर्दैछ। मेरो परिवार र म बप्तिस्माका बारेमा कुरा गर्छौं, र मलाई अहिले बप्तिस्मा लिन चिन्ता लाग्दैन। आऊ, मलाई अनुशरण गर ले मेरो हृदयमा पवित्र आत्मा आउनका लागि सहयोग गर्दछ, अनि मैले धर्मशास्त्र अध्ययन गर्दा मलाई न्यानोपना महसुस हुन्छ।”१५

अनि अन्तमा, धेरै सन्ततिकी आमाबाट: “जब हामी परमेश्वरका वचन अध्ययन गर्छौं, उहाँले हाम्रो परिवारलाई चिन्ताबाट शक्तिमा; परीक्षण र चुनौतीबाट छुटकारा सम्म; विवाद र आलोचना देखि प्रेम र शान्ति सम्म; र विरोधीको प्रभावबाट परमेश्वरको प्रभावमा अगाडि बढ्न सहयोग गर्नुभएको छ।”१६

यी र अन्य धेरै, ख्रीष्टका आस्थावान् अनुयायीहरूले प्रतीकात्मक रूपमा परमेश्वरका थुमाको रगतलाई आफ्नो घरको प्रवेशद्वारमा राखेका छन्। तिनीहरूले मुक्तिदातालाई अनुशरण गर्ने आफ्नो अन्तर हृदयको प्रतिवद्धता देखाउँदैछन्। तिनीहरूको आस्था चमत्कार भन्दा पनि अगाडि छ। यो धर्मशास्त्रमा अनुभव भएका एक व्यक्तिको चमत्कार हो अनि त्यो अनुभव पवित्र आत्माको प्रभावबाट आशीषित हुनु हो।

जब हामी धर्मशास्त्रहरूको अध्ययन गर्छौं, त्यहाँ कुनै पनि भूमिमा आध्यात्मिक अनिकाल हुँदैन। नफीले भने जस्तै, “ज-जसले परमेश्वरको वचनलाई सुन्छ र यसमा दह्रिलोसँग रहिरहन्छ, उनीहरूको कहिल्यै नाश हुनेछैन; न त प्रलोभन र शत्रुका आगाका सोइलाहरूले अन्धा हुने गरी विनाशतिर अगुवाइ गरेर लैजान उनीहरूलाई वशमा नै पार्न सक्नेछन्” (१-नफी १५:२४)।

पूरातन समयमा, इस्राएलका सन्ततिहरूले अगमवक्ता मोशा मार्फत दिनुभएका परमप्रभुका निर्देशनहरूलाई अनुशरण गर्दा, उनीहरूले सुरक्षा र स्वतन्त्रता पाएका थिए। आज, जब हामी हाम्रा जीवित अगमवक्ता, अध्यक्ष नेल्सन मार्फत दिनुभएको परमप्रभुको निर्देशनलाई अनुशरण गर्दछौं, हामी हाम्रो हृदयमा रूपान्तरण अनि हाम्रा घरहरूमा सुरक्षाका साथ समान रूपमा आशिषित छौं।

म गवाही दिन्छु कि येशू ख्रीष्ट जीवित हुनुहुन्छ। यो उहाँको चर्च हो, अगमवक्ता जोसेफ स्मिथ मार्फत पृथ्वीमा पूनर्स्थापित गरिएको। अध्यक्ष रसल एम. नेल्सन आज परमप्रभुका अगमवक्ता हुनुहुन्छ । म उहाँलाई प्रेम गर्छु र समर्थन गर्दछु। येशू ख्रीष्टको नाउँमा, आमीन |

सूचीहरू:

  1. आऊ मेरो अन्नुसरण गर—एकल व्यक्ति र परिवारका लागि : पुरानो करार २०२२, vii.

  2. “हामी हेरक हाम्रो व्यक्तिगत आध्यात्मिक उन्नतिका लागि जिम्मेवार छौं” (रसल एम. नेल्सन, “सुरुवात को मन्तब्य,” लियाहोना, नोभ. २०१८, ८)।

  3. हेर्नुहोस् रसल एम. नेल्सन, “मन्दिर र तपाईको आत्मिक आधार,” लियाहोना, नोभ. २०२१, ९३–९६।

  4. अध्यक्ष नेल्सनले हामीलाई “परमप्रभुका लागि समय निकाल्नुहोस्! भनेर आग्रह गर्नुको यो एउटा महत्त्वपूर्ण कारण हो आफ्नो आत्मिक आधारलाई बलियो बनाउनुहोस् अनि ती कामहरू गरेर समयको परीक्षामा खडा हुन सक्षम बनाउनुहोस् जसले पवित्र आत्मालाई सधैंतपाईंसँग रहन अनुमति दिन्छ” (“परमप्रभुको लागि समय दिने,” लियाहोना, नोभेम्वर २०२१, १२०)।

  5. “अरूले जेसुकै भनून् वा गरून्, सत्य के हो भनेर तपाईंको हृदय र मस्तिष्कमा रहेको साक्षीलाई कसैले कहिल्यै हटाउन सक्दैन” (रसल एम. नेल्सन, “चर्चका लागि प्रकाश, हाम्रो जीवनका लागि प्रकाश,” लियाहोना, मे २०१८, ९५)।

  6. हेर्नुहोस् रसल-एम. नेल्सन, “पछिल्ला दिनका अनुकरणीय सन्त बन्ने तरिका,” लियाहोना, नोभ. २०१८, ११३–१४। अध्यक्ष नेल्सनले गत अप्रिलमा यो निमन्त्रणालाई दोहोर्याउनुभयो: “आफ्नो घरलाई तपाईंको आस्थाको प्रमूख आराधना स्थल बनाउने तपाईंको प्रतिबद्धता कहिल्यै समाप्त हुँदैन। यस पथभ्रष्ट संसारमा आस्था र पवित्रता घट्दै जाँदा, पवित्र स्थानहरूका लागि तपाईंको आवश्यकता बढ्दै जान्छ। म तपाईंलाई आफ्नो घरलाई एक वास्तवमा नै पवित्र स्थान बनाउन निरन्तरता राख्न आग्रह गर्दछु ‘र विचलित नहुन’ आग्रह गर्दछु [सिद्धान्त र करार ८७:८; जोड दिएर थपियो] त्यो अति आवश्यक लक्षबाट” (“हामी के सिक्दैछौँ र कहिलेपनि बिर्सनेछैनौं,” लियाहोना, मे २०२१, ७९)।

  7. व्यक्तिगत पत्राचार; यो पनि हेर्नुहोस् २ नफि २५:२६

  8. व्यक्तिगत पत्राचार

  9. व्यक्तिगत पत्राचार

  10. व्यक्तिगत पत्राचार

  11. व्यक्तिगत पत्राचार

  12. व्यक्तिगत पत्राचार

  13. व्यक्तिगत पत्राचार

  14. व्यक्तिगत पत्राचार

  15. व्यक्तिगत पत्राचार

  16. व्यक्तिगत पत्राचार