साधारण सम्मेलन
ख्रीष्ट र उहाँको सुसमाचारको श्रद्धायुक्त भय
अप्रिल २०२२ को साधारण सम्मेलन


ख्रीष्ट र उहाँको सुसमाचारको श्रद्धायुक्त भय

हाम्रा आँखाले देखेका अनि हाम्रो हृदयले महसुस गरेका कुराहरूको सम्झनाले मुक्तिदाताको प्रायश्चितको वलिदानमा हाम्रो आश्चर्य बढाओस्।

मेरो एक प्रिय मित्र हुनुहुन्छ जो एक प्रतिभाशाली, सेवानिवृत्त विश्वविद्यालय प्रोफेसर, एक प्रख्यात लेखक, र सबै भन्दा माथि, येशू ख्रीष्टको एक प्रतिवद्ध चेला हुनुहुन्छ। सम्मेलनहरूमा भाग लिन, शैक्षिक अनुसन्धान सञ्चालन गर्न र भ्रमणहरूको नेतृत्व गर्न उहाँले दर्जनौं पटक पवित्र भूमिको भ्रमण गर्नुभएको छ। उहाँका अनुसार, येशू हिड्नुभएको भूमिको भ्रमण गर्दा हरेक पटक उहाँ आश्चर्यचकित बन्नुहुन्छ किनभने उहाँले मुक्तिदाता, उहाँको संसारिक सांसारिक सेवा र उहाँको प्रिय मातृभूमिका बारेमा निस्सन्देह नयाँ, आश्चर्यजनक र मनमोहक विषय सिक्नुहुन्छ। उहाँले सिकेका सबै विषयहरूका बारेमा कुरा गर्दा उहाँको जीवनमा उहाँका महान् उपलब्धिहरू र शैक्षिक गतिविधिहरूमा मेरा साथीले पवित्र भूमिमा देखाएको मौलिक अनि विष्मयकारी रहेको छ ।

जब मैले उहाँका अनुभवहरू सुनेँ र उहाँको उत्साह महसुस गरें, हामीले येशू ख्रीष्टको सुसमाचार र यसले शिष्यका रुपमा हामीमा ल्याउन सक्ने भिन्नताका र अनन्त जीवन तर्फको हाम्रो यात्रामा हामीले कति धेरै आध्यात्मिक आश्चर्य महसुस गर्न सक्छौं र गर्नुपर्छ भनेर महसुस गरेको छु । मैले उल्लेख गरेको अचम्म भनेको ती सबैको साझा भावना, संवेदना, वा विस्मयको अनुभूति हो जसले आफ्नो जीवनलाई मुक्तिदाता अनि उहाँका शिक्षाहरूमा केन्द्रित गर्दछन् र जसले आफ्नो जीवनमा उहाँको उपस्थितिलाई विनम्रतापूर्वक मान्यता दिन्छन्। यस्तो विष्मयको भावना, पवित्र आत्माको प्रभावबाट प्रेरित भएर, ख्रीष्टको सिद्धान्तलाई आनन्दित रूपमा जिउनने उत्साहलाई उत्प्रेरित गर्छ।

यो संवेदना कसरी प्रकट हुन्छ भन्ने बारेमा धर्मशास्त्रहरूमा धेरै उदाहरणहरू छन्। उदाहरणका लागि, अगमवक्ता यशैयाले उहाँमा आनन्दित भएर परमप्रभुप्रति आफ्नो गहिरो कृतज्ञता व्यक्त गर्नुभयो। येशूले कफर्नहुमको सभागृहमा प्रचार गरेको सुन्नेहरू उहाँको शिक्षा र उहाँले सिकाउने शक्ति देखेर आश्चर्यचकित भए । यो त्यही भावना थियो जसले युवा जोसेफ स्मिथको हृदयका हरेक रेसामा प्रवेश गर्यो जब उहाँले बाइवलमा याकूबको पहिलो अध्यायपढ्नुभयो, जसले उहाँलाई परमेश्वरको ज्ञान खोज्न प्रेरित गर्यो।

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, जब हामी वास्तवमा येशू ख्रीष्ट र उहाँको सुसमाचारप्रति विस्मयमा हुन्छौं, हामी अझै खुसी हुन्छौं, हामीमा परमेश्वरको कार्यका लागि बढी उत्साह हुन्छ, अनि हामी सबै कुराहरूमा परमप्रभुको साथको अनुभव गर्दछौँ । साथै, परमेश्वरका वचनहरूको हाम्रो अध्ययन; हाम्रो प्रार्थना, अधिक अभिप्राय; हाम्रो आराधना, अधिक सम्मान; परमेश्वरको राज्यमा हाम्रो सेवा, थप लगनशील अनि अझैँ अर्थपूर्ण छ। यी सबै कुराहरूले हाम्रो जीवनमा पवित्र आत्माको प्रभावलाई अझ बढी अधिक हुन योगदान गरिरहेका छन्। यसरी, मुक्तिदाता र उहाँको सुसमाचारको हाम्रो गवाही बलियो हुनेछ, , र हामी “उहाँमा जरा गाडिएको अनि निर्माण गरिएको हाम्रो जीवन जिउँछौं, र विश्वासमा स्थिर, … प्रशस्त धन्यवाद सहित हामी ख्रीष्टलाई हामीमा जीवित राख्नेछौं।” जब हामी यस तरिकामा जिउँछौं, हामी आध्यात्मिक रूपमा थप लचिलो हुन्छौं र आध्यात्मिक उदासीनताको पासोमा पर्नबाट सुरक्षित हुन्छौं।

यस्तो उदासीनता परमप्रभुको सुसमाचारमा पूर्ण रूपमा संलग्न हुनका लागि हाम्रो उत्साहलाई क्रमशः गुमाउने विषयका रुपमा चित्रण गरिएको छ । यो सामान्यतया तब सुरु हुन्छ जब हामीले यो जिवनमा हाम्रो खुसियालीका लागि आवस्यक सबै ज्ञान र आशीषहरू परमेश्वरबाट प्राप्त गरेको महसुस गर्छौँ। यो सन्तुष्टिले, भन्नुपर्दा, हामीलाई सुसमाचारका उपहारहरू सामान्य रुपमा लिन प्रेरित गर्छ, अनि त्यसपछि, येशू ख्रीष्टको सुसमाचारका अत्यावश्यक विषयहरूमा र हामीले गरेका करारहरू दुबैमा हामी नियमित रुपमा डुब्ने प्रतिको बेवास्ताको जोखिममा पर्नसक्छौं। फलस्वरूप, उहाँको कार्यको महानताप्रति उदासीन र असंवेदनशील बन्दै, “उहाँलाई सुन्ने,” हाम्रो क्षमतालाई कमजोर बनाउँदै, हामी बिस्तारै परमप्रभुबाट आफूलाई टाढा राख्छौं । हामीले पहिले नै प्राप्त गरिसकेका सत्यहरू बारेको शङ्काले हाम्रो मस्तिष्क र हृदयमा प्रवेश गर्न सक्छ, जसले हामीलाई शत्रुको प्रलोभनका लागि कमजोर बनाउँछ।१०

पास्टर एडेन विल्सन टोजर, एक प्रख्यात लेखक र साहसी क्रिश्चियनले, लेखे, “आत्मसन्तुष्टता आत्मसन्तुष्टि सबै आध्यात्मिक विकासको घातक शत्रु हो।”११ ख्रीष्टको जन्म भएको केही समयपछि नफीका मानिसहरूलाई विल्कुलै त्यस्तै भएको थिएन त? तिनीहरू “स्वर्गबाट कुनै चिन्ह वा आश्चर्यका कुरा, … [अविश्वास गरेर] तिनीहरूले सुनेका र देखेका सबै कुरामा कम भन्दा कम आश्चर्यचकित हुन थाले।” यसरी शैतानले “तिनीहरूको आँखा अन्धा पार्यो र तिनीहरूलाई ख्रीष्टको शिक्षा मूर्ख र व्यर्थ कुरा हो भनी विश्वास गर्न लग्यो।”१२

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, उहाँको पूर्ण र असीम प्रेममा अनि हाम्रो मानवीय स्वभावलाई बुझेर,१३ मुक्तिदाताले हामीलाई आध्यात्मिक उदासीनताको पासोमा पर्नबाट जोगिनका लागि मार्ग स्थापना गर्नुभएको छ। मुक्तिदाताको आमन्त्रणले हामीलाई वृहत परिप्रेक्ष्य दिन्छ, विशेष गरी हामी जिइरहेको जटिल संसारलाई विचार गर्दै: “मबाट सिक अनि मेरा शब्दहरू सुन; मेरो आत्माको विनम्रतामा हिँड, र ममा शान्ति पाउनेछौ।”१४ मुक्तिदाताको आमन्त्रण स्वीकार गर्दा, हामीले हाम्रो विनम्रता, सिकाउन योग्य हुने हाम्रो चाहना, र उहाँ जस्तै बन्ने हाम्रो आशा देखाउँछौं।१५ यो आमन्त्रणमा उहाँको सेवा गर्नु र परमेश्वरका सन्ततिहरूलाई “[हाम्रो] सम्पूर्ण हृदय, शक्ति, मस्तिष्क र शक्तिले” सेवा गर्नु पनि समावेश छ।१६ यस यात्रामा हाम्रो प्रयासको केन्द्रबिन्दु, निस्सन्देह, दुई महान् आज्ञाहरू हुन्: परमप्रभु हाम्रा परमेश्वरलाई प्रेम गर्नू र आफ्ना छिमेकीहरूलाई आफूलाई जस्तै प्रेम गर्नू ।१७

यस प्रकारको व्यवहार येशूको दैवी चरित्रको अंश हो र उहाँले आफ्नो सांसारिक सेवा अवधिमा गर्नुभएका सबै कुराहरूमा स्पष्ट थियो।१८ त्यसकारण, जब हामी अभिप्रायपूर्वक अनि वास्तवमा नै उहाँलाई हेर्न र उहाँको उत्तम उदाहरणबाट सिक्न आफूलाई समर्पित गर्छौं,१९ हामीले उहाँलाई अझै राम्रोसँग चिन्न सक्छौं। हामी उत्साहमा बढ्छौं अनि हाम्रो जीवनमा हामीले कसरी जिउने भन्ने अन्तिम स्तर, हामीले प्रस्तुत गर्नुपर्ने उदाहरण, अनि हामीले पालना गर्नुपर्ने आज्ञाहरू समावेश गर्न चाहन्छौं। हामीले परमेश्वर र हाम्रा छिमेकीहरूप्रति थप समझ, ज्ञान, दैवी चरित्र, र अनुग्रह पनि प्राप्त गर्छौं।२० म तपाईंलाई आश्वस्त पार्न सक्छु कि मुक्तिदाताको प्रभाव र प्रेम महसुस गर्ने हाम्रो क्षमता हाम्रो विश्वास बढाइनेछ, धार्मिक रुपमा काम गर्ने हाम्रो चाहना, अनि उहाँ र अरूको सेवा गर्ने प्रेरणा हाम्रो जीवनमा तीव्र हुनेछ।२१ साथै, नश्वरतामा हामीले अनुभव गर्ने आशीष र चुनौतीहरूका लागि हाम्रो कृतज्ञता दृढ हुनेछ र हाम्रो सत्य आराधनाको अंश बन्नेछ।२२

मेरा प्रिय साथीहरू, यी सबै कुराहरूले सुसमाचारप्रतिको हाम्रो आध्यात्मिक आश्चर्यलाई बलियो बनाउँछ र हामीले अनुभव गर्ने परीक्षा र चुनौतीहरूका बीचमा पनि हामीले परमप्रभुसँग गरेका करारहरूलाई आनन्दकासाथ पालन गर्न उत्प्रेरित गर्दछ। निस्सन्देह, यी परिणामहरू हुनको लागि, हामीले मुक्तिदाताका शिक्षाहरूमा विश्वास र वास्तविक अभिप्रायका साथ आफूलाई डुबाउन आवश्यक छ,२३ उहाँका गुणहरूलाई हाम्रो जीवनमा समावेश गर्ने प्रयास गर्दै ।२४ यसको अतिरिक्त, हामीले हाम्रो पश्चात्तापद्वारा,२५ उहाँको क्षमापन खोज्दै अनि हाम्रो जीवनमा उहाँको उद्धार गर्ने शक्ति, र उहाँका आज्ञाहरू पालन गर्दै उहाँको नजिक पुग्नु आवश्यक छ । परमप्रभु आफैले प्रतिज्ञा गर्नुभयो कि यदि हामीले उहाँमा आफ्नो सारा हृदयले भरोसा राख्छौं, उहाँलाई हाम्रा सबै मार्गहरूमा स्वीकार गर्छौं र हाम्रो आफ्नै समझमा भर पर्दैनौं भने उहाँले हाम्रा मार्गहरू निर्देशित गर्नुहुनेछ।२६

छवि
वेससँग एल्डर जोन्स

मैले भर्खरै भेटेको एक मानिस, जसको नाम वेस हो, उनले ख्रीष्ट र उहाँको सुसमाचारका बारेमा सिक्नका लागि उहाँको निमन्त्रणालाई स्वीकार गरे अनि करार मार्गबाट आफूलाई टाढा बनाएको २७ वर्ष पछि उहाँको प्रेमको विस्मय अनुभव गर्न सुरु गरे । उनले मलाई भने कि एक दिन उनलाई एक सुसमाचार प्रचारक, एल्डर जोन्स द्वारा फेसबुक मार्फत सम्पर्क गरिएको थियो, जसलाई पानामामा आफ्नो सुरुमा तोकिएको सुसमाचार क्षेत्रमा जानु अघि अस्थायी रूपमा वेसको क्षेत्रमा खटाइएको थियो। जब एल्डर जोन्सले वेसको प्रोफाइल भेट्टाए, उनी पहिले उहिले नै चर्चको सदस्य भइसकेका थिए भनेर पहिल्यै जानकारी थिएन, उनले पवित्र आत्माको मार्गदर्शन महसुस गरे र उनले तुरुन्तै वेसलाई सम्पर्क गर्नुपर्छ भनेर जानकारी प्राप्त गरे उहाँले यो धारणामा छिट्टै काम गरे। यस अप्रत्याशित सम्पर्कबाट वेस छक्क परे अनि करारका मार्गबाट टाढा भए तापनि परमप्रभु उनका बारेमा जानकार हुनुहुन्थ्यो भनेर महसुस गर्न सुरु गरे ।

त्यस समयदेखि, वेस र सुसमाचार प्रचारकहरूले बारम्बार कुराकानी गर्न सुरु गरे। एल्डर जोन्स र तिनका साथीले साप्ताहिक सेवाका कार्यहरू र आध्यात्मिक सन्देशहरू प्रदान गरे जसले वेसलाई मुक्तिदाता र उहाँको सुसमाचारको विस्मयलाई पून: प्राप्त गर्न सहयोग गर्यो। यसले उनको सत्यताको गवाही र उनीप्रति मुक्तिदाताको प्रेमको ज्वालालाई पून: जगायो। वेसले शान्त्वनादाताबाट आउने शान्ति महसुस गरे र अनुग्रहमा फर्कन आवश्यक शक्ति प्राप्त गरे। यस अनुभवले उहाँलाई आत्मिक र भावनात्मक रुपमा जीवनमा फर्काइदिएका अनि आफूले भोगेका कठीन अनुभवहरूका कारण वर्षौंदेखि जम्मा भएको तिक्तताको भावनालाई हटाउन सहयोग गरेको उनले बताए।

माथि उल्लेखित विचारशील मेरा प्रोफेसर मित्रले अवलोकन गरेझैं, येशू ख्रीष्ट र उहाँको सुसमाचारका बारेमा सिक्नका लागि सधैं केही अद्भुत र आकर्षक कुरा हुन्छ।२७ परमप्रभुले अद्भुत प्रतिज्ञाहरू गर्नुभएको छ जुन हामी लगायत सबैलाई विस्तारित गरिएको छ, जसले उहाँबाट सिक्न खोज्छ र उहाँका वचनहरूलाई आफ्नो जीवनमा समावेश गर्दछ। एनोकलाई उहाँले भन्नुभयो, “हेर, मेरो आत्मा तिमीमाथि हुनुहुनेछ, यसकारण म तिम्रा सबै वचनहरूलाई न्याय दिनेछु। पहाडहरू तिम्रो अगाडि भाग्नेछन्, र नदीहरू आफ्नो बाटोबाट फर्कनेछन्। अनि तिमी ममा रहनेछौ, र म तिमीमा रहन्छु।”२८ आफ्ना सेवक राजा बेन्जामिन मार्फत, उहाँले घोषणा गर्नुभयो, “तिमीहरू ख्रीष्टका सन्तति, उहाँका पुत्रहरू र पुत्रीहरू कहलाइनेछौ; किनकि हेर, आज उहाँले तिमीलाई आत्मिक रुपमा जन्माउनुभएको छ। किनकि तिमीहरू भन्छौ कि उहाँको नाउँमा आस्थाद्वारा तिमीहरूको हृदय परिवर्तन भएको छ। त्यसकारण, तिमीहरू उहाँबाट जन्मेका छौ र उहाँका पुत्रहरू र पुत्रीहरू बनेका छौ।”२९

त्यसकारण, जसरी हामी मुक्तिदाताका बारेमा जान्न र उहाँको उदाहरण पछ्याउनका लागि निष्कपटतापूर्वक अनि निरन्तर प्रयास गर्छौं, म उहाँको नाममा, उहाँका दैवी गुणहरू हाम्रो मस्तिष्क र हृदयमा लेखिनेछ भनेर प्रतिज्ञा गर्दछु,३० कि हामी उहाँ जस्तै बन्नेछौं, र हामी उहाँसँगै हिँड्नेछौं।३१

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, म प्रार्थना गर्दछु कि हामी सधैं येशू ख्रीष्ट र उहाँको पूर्ण, असीम, र सिद्ध प्रेमको त्रासमा खडा हुन सकौं। हाम्रा आँखाले देखेका र हाम्रो हृदयले महसुस गरेका कुराहरूको सम्झनाले मुक्तिदाताको प्रायश्चितको वलिदानमा हाम्रो विस्मय बढाउन सक्छ, जसले हामीलाई हाम्रो आध्यात्मिक र भावनात्मक घाउहरूलाई चाङ्गाइ दिन सक्छ र उहाँसँग नजिक हुन सहयोग गर्दछ। आस्थावानहरूका लागि उहाँले तयार पार्नुभएका पिताका हातमा रहेका महान् प्रतिज्ञाहरूमा हामी छक्क पर्न सक्छौं:

“राज्य तिम्रो हो र त्यसको आशीर्वाद तिम्रो हो, अनि अनन्तको धन तिम्रो हो।

“अनि कृतज्ञताका साथ सबै कुराहरू ग्रहण गर्नेलाई महिमा दिइनेछ।”३२

येशू संसारको उद्धारकर्ता हुनुहुन्छ, र यो उहाँको चर्च हो। म हाम्रा मुक्तिदाता येशू ख्रीष्टको विस्मयकारी, पवित्र अनि उत्कृष्ट नाममा यी सत्यहरूको साक्षी दिन्छु, आमीन।