साधारण सम्मेलन
परमेश्वरको आश्रयमा आउनुहोस्
अप्रिल २०२२ को साधारण सम्मेलन


परमेश्वरको आश्रयमा आउनुहोस्

परमेश्वरको आश्रय भित्र, हामीले असल भेडा गोठालोको जागरूक गराउने, पालनपोषण हेरचाहको अनुभव दिलाउने उद्दार प्रदान गराउने प्रेम महसुस गर्न पाउँदा धन्य छौं।

जवान मातापिताका रुपमा, भाइ र बहिनी समदले इन्डोनेसियाको सेमाराङमा रहेको दुई कोठाको घरमा येशू ख्रीष्टको सुसमाचार सिके। बत्तीको मधुरो प्रकाशले एउटा सानो टेबुल वरिपरि बसेका, कोठालाई उज्यालोलेभन्दा पनि लामखुट्टेले भरिएको जस्तो देखिन्थ्यो, दुई जवान सुसमाचार प्रचारकहरूले तिनीहरूलाई अनन्त सत्यहरू सिकाए। निष्कपट प्रार्थना र पवित्र आत्माको मार्गदर्शनका माध्यमबाट, उनीहरूले आफूलाई सिकाइएका कुरामा विश्वास गरेर बप्तिस्मा लिन र पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्य बन्ने छनौट गरे । त्यो निर्णय, अनि तिनीहरूको जीवन शैलीले भाइ र बहिनी समद र तिनीहरूको परिवारलाई तिनीहरूको जीवनका हरेक पक्षमा आशीर्वाद दिएको छ।

तिनीहरू इन्डोनेसियाका प्रथम अन्वेषक सन्तहरू मध्येमा पर्दछन्। पछि तिनीहरूले मन्दिरका विधिहरू प्राप्त गरे, अनि भाइ समदले शाखा अध्यक्ष र त्यसपछि जिल्ला अध्यक्षको रुपमा सेवा गरे र आफ्ना जिम्मेवारीहरू पूरा गर्न मध्य जाभाभर यात्रा गरे। विगत एक दशकदेखि, उनले सुराकार्ता इन्डोनेसिया किलाको पहिलो कुलपिताका रुपमा सेवा गरेका छन्।

छवि
एल्डर फङ्क बहिनी र भाइ समदसँग

४९ वर्ष पहिले त्यो विनम्र, आस्थाले भरिएको घरमा सुसमाचार प्रचारकहरू मध्ये एकका रुपमा, मैले तिनीहरूमा राजा बेन्जामिनले मोर्मोनको पुस्तकमा सिकाएको कुरा देखेको छु: “म चाहन्छु कि तपाईंले परमेश्वरका आज्ञाहरू पालना गर्ने तिनीहरूका आशीर्वाद र आनन्दित अवस्थाहरूलाई विचार गर्नुहुनेछ। किनकि हेर, तिनीहरू भौतिक र आत्मिक दुबै कुराहरूमा आशीषित छन्।” जसले उहाँका अनुयायीहरूका रुपमा गनिन छनौट गरी येशू ख्रीष्टका उदाहरण र शिक्षाहरू अनुशरण गर्छन् तिनीहरूको जीवनमा प्रवाहित हुने आशीषहरू, धेरै, आनन्दित र अनन्त छन्।

परमेश्वरको आश्रय

मोर्मोनको पानीमा भेला भएकाहरूलाई अल्माको बप्तिस्मा सम्बन्धी करारको निमन्त्रणा यस वाक्यांशबाट सुरु हुन्छ: “अब, जसरी तपाईं परमेश्वरको आश्रयमा आउन चाहनुहुन्छ।”

छवि
Flock of sheep in the country side standing next to a rock fence.

एउटा आश्रय वा भेडाको गोठ भनेको प्रायश: ढुङ्गाको पर्खालले बनाइको ठूलो घेरा हो, जहाँ भेडाहरू रातमा सुरक्षित रहन्छन् । यसमा एउटा मात्र खुल्लाठाउँ हुन्छ। दिनको अन्त्यमा, गोठालोले भेडाहरूलाई बोलाउँछ। तिनीहरूले उहाँको आवाज चिन्छन्, र तिनीहरू ढोकाबाट सुरक्षाको आश्रयमा प्रवेश गर्छन्।

अल्माका मानिसहरूलाई थाहा थियो होला कि गोठालाहरू आश्रयको साँघुरो खुल्ला ठाउँमा खडा हुन्छन् ताकि भेडाहरू प्रवेश गर्दा तिनीहरूको गन्ती गरिन्छ र तिनीहरूका घाउहरू र रोगहरू अभिलेख गरिएका हुन्छन् र एक-एकको हेरचाह गरिन्छ। भेडाहरूको सुरक्षा र भलाइ आश्रयमा आउन र आश्रयमा बस्ने तिनीहरूको चाहनामा निर्भर गर्दछ।

हामी बीचमा कोही कसैले हुन सक्छ आफू बगालको छेउमा रहेको महसुस गर्छन्, सायद आफू कम आवश्यक वा मूल्यवान छु वा तिनीहरू आश्रय भित्रका पर्दैनन् भन्ने सोच्छन्। अनि, भेडाको गोठमा जस्तै, परमेश्वरको गोठमा हामी कहिलेकाहीँ एक-अर्काका औंलाहरूमा पाइला राख्छौं र त्यसका लागि पश्चात्ताप गर्नु वा क्षमा माग्नु आवश्यक छ।

तर असल गोठालो—हाम्रो सत्य गोठालो—सधैँ असल हुनुहुन्छ। परमेश्वरको आश्रयभित्र, हामीले उहाँको सजग, पालनपोषण हेरचाहको अनुभव गर्छौं र उहाँको उद्दार प्रेमको महसुस गर्न पाउँदा धन्य छौं। उहाँले भन्नुभयो, “मैले तिमीलाई मेरा हातका हत्केलामा खोपेको छु। तिम्रा पर्खालहरू सधैं मेरा सामु छन्।” हाम्रा मुक्तिदाताले हाम्रा पापहरू, पीडाहरू, कष्टहरू, र जीवनमा भएका सबै अन्यायहरूलाई उहाँको हत्केलामा खोपेर राख्नुभएको छ।१० सबैलाई यी आशीषहरू प्राप्त गर्न स्वागत् छ, जब तिनीहरू “आउन इच्छुक छन्”११ र आश्रयमा रहन रोज्छन्। छनौटको उपहार भनेको छनौट गर्ने अधिकार मात्र होइन; यो सही छनोट गर्ने अवसर हो। अनि आश्रयका पर्खालहरू बाधा होइनन् तर आध्यात्मिक सुरक्षाका स्रोत हुन्।

येशूले सिकाउनुभयो कि त्यहाँ “एउटै आश्रय र एउटै गोठालो” छ।१२ उहाँले भन्नुभयो:

“ढोकाबाट भित्र पस्ने भेडाको गोठालो हो। …

“अनि भेडाहरूले उहाँको वाणी सुन्छन् …

“… अनि भेडाहरूले उहाँलाई पछ्याउँछन्: किनकि तिनीहरूले उहाँको वाणी चिन्नेछन्।”१३

त्यसपछि येशूले भन्नुभयो, “ढोका म नै हुँ: मद्वारा कोही भित्र पस्यो भने उसले उद्धार पाउनेछ,”१४ स्पष्ट रूपमा सिकाउँदै कि परमेश्वरको आश्रयमा प्रवेश गर्ने एउटा मात्र बाटो छ र मुक्ति पाउने एक मात्र तरिका छ । यो येशू ख्रीष्टद्वारा र मार्फत हुन्छ।१५

परमेश्वरको आश्रयमा भएकाहरूलाई आशीषहरू आउँछ

हामी परमेश्वरका वचनबाट कसरी आश्रयमा आउने भन्ने सिक्छौं, जुन येशू ख्रीष्ट र उहाँका अगमवक्ताहरूले सिकाएका सिद्धान्त हो।१६ जब हामी ख्रीष्टका सिद्धान्तलाई अनुशरण गर्छौं र येशू ख्रीस्टमा आस्था, पश्चात्ताप, बप्तिस्मा र प्रमाणीकरण, र निरन्तर निष्ठाका माध्यमबाट आश्रयमा आउँछौं भने,१७ अल्माले चार विशिष्ट, व्यक्तिगत आशीषहरू प्रतिज्ञा गर्नुभयो। तपाईं (१) ले “परमेश्वरद्वारा मुक्ति पाउनुहुनेछ,” (२) “पहिलो पूनरुत्थानमा गनिनुहुनेछ,” (३) “अनन्त जीवन प्राप्त गर्नुहुनेछ” अनि (४) परमप्रभुले “उहाँको आत्मा धेरै प्रशस्ततामा तपाईंहरूमाथि खन्याउनुहुनेछ।”१८

अल्माले यी आशीषहरूका बारेमा सिकाएपछि, मानिसहरूले खुशी सहित ताली बजाए। यहाँ कारण छ:

पहिलो: उद्दार गर्नु भनेको ऋण वा दायित्व तिर्न वा दुःख वा हानीबाट मुक्त गराउनु हो।१९ येशू ख्रीष्टको प्रायश्चित बिना हाम्रो तर्फबाट हामीले गरेका कुनै पनि व्यक्तिगत सुधारले हामीलाई हाम्रा पापहरूबाट वा हामीले भोगेका घाउहरूबाट हामीलाई शुद्ध बनाउन सक्दैनन् । उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ।20

दोस्रो: ख्रीष्टको पूनरुत्थानका कारण, सबैको पूनरुत्थान हुनेछ।२१ हाम्रा आत्माहरूले हाम्रो नश्वर शरीर छोडेपछि, हामी निस्सन्देह, पूनरुत्थापित शरीरका साथ हामीले प्रेम गर्नेहरूलाई अङ्कमाल गर्न सक्नेछौँ भनेर प्रतीक्षा गर्नेछौं। हामी पहिलो पूनरुत्थापितहरूको बीचमा हुनका लागि उत्सुकतापूर्वक प्रतिक्षारत हुनेछौँ ।

तेस्रो: अनन्त जीवन भनेको परमेश्वरले जिउनुभएको जस्तै गरी उहाँसँगै जिउनु हो । यो “परमेश्वरका सबै उपहारहरू मध्येको सबैभन्दा ठूलो” हो२२ र यसले आनन्दको पूर्णता ल्याउनेछ।२३ यो हाम्रो जीवनको अन्तिम प्रयोजन र उद्देश्य हो।

चौथो: त्रिशक्तिका एक सदस्य, पवित्र आत्माको संगतले यस नश्वर जीवनमा धेरै आवश्यक मार्गदर्शन र सान्त्वना प्रदान गर्दछ।२४

दुःखका केही कारणहरू विचार गर्नुहोस्: दुःख पाप,२५ प्रियजनको मृत्यु, उदासिनता र एक्लोपना, अनि हामी मर्दा के हुन्छ भन्ने अनिश्चितता र त्रासबाट आउँछ। तर जब हामी परमेश्वरको आश्रयमा प्रवेश गर्छौं र उहाँसँग हाम्रा करारहरू राख्छौं, हामीले ख्रीष्टले हामीलाई हाम्रा पापहरूबाट छुटकारा दिनुहुनेछ भन्ने हाम्रो बुझाइ र भरोसाको शान्ति महसुस गर्छौं। कि हाम्रो शरीर र आत्माको विभाजन अझ छिटो समाप्त हुनेछ, र हामी सबैभन्दा महिमित तरिकामा परमेश्वरसँग सदाका लागि जिउनेछौं।

ख्रीष्टमा विश्वास गर्नुहोस् र आस्थामा कार्य गर्नुहोस्

दाजुभाइ तथा दिदीबहिनीहरू, धर्मशास्त्रहरू मुक्तिदाताको राजसी शक्ति र उहाँको करुणामय दया र अनुग्रहका उदाहरणहरूले भरिएका छन्। उहाँको सांसारिक सेवाका समयमा, उहाँमाथि भरोसा गर्ने र आस्थामा कार्य गर्नेहरूलाई चङ्गाइ दिने उहाँको आशीष प्राप्त भयो। उदाहरणका लागि, बेथेस्डाको पोखरीमा अशक्त मानिस हिँडे जब, आस्थाका साथ, उनले मुक्तिदाताको आज्ञा पालन गरे “उठ, आफ्नो ओछ्यानबाट उठ र हिँड।”२६ बाउन्टिफुलको भूमिमा कुनै पनि तरिकामा बिरामी वा पीडामा परेकाहरूलाई निको पारिएको थियो जब तिनीहरू “एउटै सहमतिमा अगाडि बढे।२७

त्यसैगरी, परमेश्वरको आश्रयमा आउनेहरूलाई प्रतिज्ञा गरिएका अद्‌भुत आशीषहरू प्राप्त गर्न हामीले आउने छनौट गर्नु पर्दछ—जुन परमेश्वरले हामीलाई त्यसै गरून् भन्ने चाहनुहुन्छ । सानो अल्माले सिकाउनुभयो, “अनि अब म तिमीलाई भन्दछु कि असल गोठालोले तिमीलाई बोलाउँदछन्; र यदि तिमीले उहाँको आवाज सुन्यौ भने उहाँले तिमीलाई आफ्नो गोठमा ल्याउनुहुनेछ।”२८

धेरै वर्ष पहिले, एक प्रिय साथी क्यान्सरबाट बित्नुभयो । जब उनकी श्रीमती, शेरोनले पहिलो पटक उनको निदानका बारेमा लेखिन्, उनले भनिन्:, “हामी आस्थालाई छनौट गर्छौं । हाम्रा मुक्तिदाता, येशू ख्रीष्टमा आस्था। स्वर्गका हाम्रा पिताको योजनामा आस्था, र उहाँले हाम्रा आवश्यकताहरू बुझ्नुहुन्छ र उहाँका प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्ने आस्था।”२९

मैले शेरोन जस्ता पछिल्ला-दिनका धेरै सन्तहरूलाई भेटेको छु जसले विशेष गरी जब प्रलोभन, विरोध, वा प्रतिकूलता आउँछन् तब सुरक्षित रूपमा परमेश्वरको आश्रयमा रहेको भित्री शान्ति महसुस गर्छन्।३० तिनीहरूले येशू ख्रीष्टमा आस्था राख्न र उहाँका अगमवक्तालाई पछ्याउने छनौट गरेका छन्। हाम्रा प्रिय अगमवक्ता, अध्यक्ष रसल एम. नेल्सनले सिकाउनुभएको छ, “जीवनमा सबै असल कुराहरू - अनन्त महत्वका हरेक सम्भावित आशीषहरू - आस्थाबाट सुरु हुन्छन् ।”३१

पूर्ण रूपमा परमेश्वरको आश्रयमा आउनुहोस्

मेरो बाजेको बाजेहजुरबुबा जेम्स सायर होल्म्यान १८४७ मा यूटा आउनुभयो, तर उहाँ ब्रिघम यङ्गसँग जुलाईमा आइपुग्नेहरू मध्ये हुनुहुन्थिएन्। उहाँ वर्षको अन्त्यतिर आउनुभयो अनि, पारिवारिक अभिलेख अनुसार, भेडाहरूलाई ल्याउने उहाँको जिम्मेवारी थियो। उहाँ अक्टोवरसम्म साल्ट लेक उपत्यकामा पुग्न सक्नुभएन, तर उहाँ र उहाँको भेडा त्यहाँ पुगे ।३२

लाक्षणिक रूपमा भन्नुपर्दा, हामीमध्ये केही अझै पनि मैदानमा छौं। सबैजना पहिलो समूहमा आइपुग्दैनन्। मेरा प्रिय साथीहरू, कृपया यात्रा जारी राख्नुहोस् - अनि पूर्ण रूपमा परमेश्वरको आश्रयमा आउन- अरूलाई सहयोग गर्नुहोस् । येशू ख्रीष्टको सुसमाचारका आशीषहरू अपार छन् किनभने तिनीहरू अनन्त छन्।

म पछिल्ला-दिनका सन्तहरूको चर्चको सदस्य हुन पाउँदा गहन रुपमा कृतज्ञ छु। म स्वर्गका हाम्रा पिता र हाम्रा उद्धारकर्ता, येशू ख्रीष्टको प्रेमको, अनि उहाँहरूबाट मात्रै आउने शान्ति -आन्तरिक शान्ति र परमेश्वरको आश्रयमा पाइने आशीषहरूको साक्षी दिन्छु। येशू ख्रीष्टको नाउँमा, आमीन |

सूचीहरू:

  1. आफ्नो पुस्ताका धेरै इन्डोनेसियालीहरू जस्तै भाइ समदको एउटा मात्र नाम छ। उहाँकी श्रीमती श्री काटोनिङसिह र उहाँहरूका छोराछोरीले समदलाई आफ्नो थरका रूपमा प्रयोग गर्नुहुन्छ।

  2. भाइ र बहिनी समदले भन्नुहुन्छ कि उहाँहरूका विस्तारित परिवारका कम्तिमा ४४ जना अब चर्चका सदस्य हुनुहुन्छ। अन्य धेरैले पनि तिनीहरूका उदाहरण र सेवाका कारण सुसमाचारका आशीषहरू पाएका छन्।

  3. मोसीयाह २:४१

  4. हेर्नुहोस् सिद्धान्त र करार ५९:२३

  5. मोसीयाह १८:८

  6. हेर्नुहोस् मोरोनी ६:४

  7. हेर्नुहोस् यूहन्ना १०:१४; गेरिटडबल्यू गोङ्ग, पनि हेर्नुहोस्। “Good Shepherd, Lamb of God,” लियाहोना, मे २०१९, -९७-१०१ ।

  8. यशैया ४९:१६

  9. हेर्नुहोस् अल्मा ७:११-१३

  10. हेर्नुहोस् डेल जी. रेनलण्ड, “Infuriating Unfairness,” लियाहोना, मे २०२१, ४१–४४ ।

  11. मोसीयाह १८:८

  12. यूहन्ना १०:१६

  13. यूहन्ना १०:२-४|

  14. यूहन्ना १०:९

  15. हेर्नुहोस् २ नफि ३१:२१; हेलामान ५:९

  16. हेर्नुहोस् हेनरी -बी आइरिङ, “The Power of Teaching Doctrine,” लियाहोना, जुलाई १९९९, ८५ । जब हामी ख्रीष्टकहाँ आउन प्रयास गर्दछौँ, हामी ख्रीष्टका वचनहरू अनुसार आउनै पर्छ, “किनकि सारा पृथ्वीमा एउटै परमेश्वर र एउटै गोठालो हुनुहुन्छ” ( १नफी १३:४०-४१हेर्नुहोस्)।

  17. ख्रीष्टको सिद्धान्तमा, सरल रूपमा भन्नुपर्दा, सबै ठाउँमा सबै मानिसहरूले येशू ख्रीष्ट र उहाँको प्रायश्चित्तमा विश्वास गर्नुपर्दछ, पश्चात्ताप गर्नुपर्दछ, बप्तिस्मा लिनुपर्दछ, पवित्र आत्मा ग्रहण गर्नुपर्दछ, र अन्त्यसम्म सहनुपर्छ, वा, मुक्तिदाताले ३ नफि ११:३८मा सिकाउनुभएको अनुरूप “अन्यथा तिमीहरू कुनै पनि हालतमा परमेश्वरको राज्यको उत्तराधिकारी हुन सक्दैनौ।”

  18. मोसीयाह १८:९,१०

  19. हेर्नुहोस् Merriam-Webster.com शब्दकोश, “redeem”; D. Todd Christofferson, “Redemption,” Liahona, मे २०१३, १०९पनि हेर्नुहोस्।

  20. हेर्नुहोस् अल्मा ११:४०

  21. हेर्नुहोस २ नफी २:८; ९:१२.

  22. सिद्धान्त र करार १४:७

  23. हेर्नुहोस २ नफी ९:१८

  24. हेर्नुहोस् १ नफि ४:६; मोरोनी ८:२६

  25. हेर्नुहोस् मोसीयाह ३:२४-२५; अल्मा ४१:१०

  26. यूहन्ना ५:८

  27. ३ नफी १७:९

  28. अल्मा ५:६०मोसेस ७:५३मा, मसीहले यो पनि भन्नुभयो, “जो ढोकाबाट भित्र आउँछ र मेरो छेउमा चढ्छ ऊ कहिल्यै लड्नेछैन।”

  29. Sharon Jones, “Diagnosis,” wechoosefaith.blogspot.com, Mar. 18, 2012.

  30. मेरो सुसमाचार प्रचार गर्नुहोस् ले “अन्तसम्म सहने” लाई निम्न रूपमा परिभाषित गर्दछ: “परमेश्वरका आज्ञाहरूप्रति सत्य रहनु र जीवनभर प्रलोभन, विरोध र प्रतिकूलताको बावजुद मन्दिरका अभिदान र बाँधिने विधिहरूप्रति सत्य रहनु” : ([२०१९], ७३)। यसले इंगित गर्छ कि हामीले जीवनभर प्रलोभन, विरोध र प्रतिकूलता अनुभव गर्नेछौं।

  31. रसल एम नेल्सन, “ख्रीष्ट ब्यूतिनुभएको छ; उहाँ माथिको आस्थाले पहाडलाई सार्नेछ,” लियाहोना, मे २०२१, १०२।

  32. हेर्नुहोस् brief biographies of James Sawyer Holman and Naomi Roxina LeBaron Holman by their granddaughter Grace H. Sainsbury in the possession of the speaker (Charles C. Rich diary, Sept. 28, 1847, Church History Library, Salt Lake City; Journal History of The Church of Jesus Christ of Latter-day Saints, June 21, 1847, 49, Church History Library). होल्मन १८४७ चार्ल्ससी. रिच कम्पनीमा कप्तान थिए।