पुस्तिकाहरू र बोलावटहरू
१. मुक्ति र उत्कर्षको कार्यमा परमेश्वरको योजना र तपाईंको भूमिका


“१. परमेश्वरको योजना र मुक्ति र उत्कर्षको कार्यमा तपाईंको भूमिका,” साधारण पुस्तिका (२०२३) बाट छनोटहरू

“१. मुक्ति र उत्कर्षको कार्य,” सामान्य पुस्तिकाबाट छनोटहरू

छवि
पुरुषहरू घर निर्माण गर्दै

१.

मुक्ति र उत्कर्षको कार्यमा परमेश्वरको योजना र तपाईंको भूमिका

१.०

परिचय

तपाईंलाई पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सेवा गर्न बोलावट गरिएको छ । तपाईँको सेवाका लागि धन्यवाद आस्थापूर्वक सेवा गर्दा तपाईंले जीवनहरूलाई आशीर्वाद दिनुहुने छ र तपाईंले आनन्दको अनुभव गर्नुहुने छ ।

यस पुस्तिकाले तपाईंलाई ख्रीष्टको जस्तै सेवाका सिद्धान्तहरू सिक्न र तपाईंको उत्तरदायित्वहरू बुझ्न सहयोग गर्ने छ । तपाईं सबैभन्दा प्रभावकारी हुनुहुने छ जब तपाईंले चर्चमा आफ्नो सेवालाई परमेश्वर पिता र उहाँको पुत्र येशू ख्रीष्टको कार्यसँग समायोजन गर्नुहुन्छ ।

१.१

परमेश्वरको खुशीको योजना

स्वर्गका पिताले हामीलाई उहाँका सबै आशीर्वादहरूको आनन्द लिन सक्षम बनाउनका लागि खुशीको योजना प्रदान गर्नुभयो । उहाँको कार्य र महिमा “मानिसको अमरत्व र अनन्त जीवन ल्याउनु” हो (मोसा १:३९) ।

येशू ख्रीष्ट परमेश्वरको योजनाको केन्द्रबिन्दु हुनुहुन्छ । स्वर्गका पिताको हामीप्रतिको असीम प्रेमका कारणले गर्दा, उहाँले आफ्नो प्रायश्चितको बलिदानद्वारा हामीलाई पाप र मृत्युबाट छुटकारा दिन आफ्नो पुत्र पठाउनुभयो (हेर्नुहोस् यूहन्ना ३:१६) । उहाँको प्रायश्चितद्वारा, येशू ख्रीष्टले यो सुनिश्चित गर्नुहुन्छ कि पृथ्वीमा जन्मेका हामी प्रत्येक पुनरुत्थान हुने छौँ र अमरत्व प्राप्त गर्ने छौँ । उहाँको प्रायश्चितले हामीलाई पापबाट शुद्ध हुन र हाम्रो हृदय परिवर्तन गर्न सम्भव बनाउँछ ताकि हामीले अनन्त जीवन र आनन्दको पूर्णता प्राप्त गर्न सक्छौँ ।

अनन्त जीवन प्राप्त गर्नका लागि हामीले “ख्रीष्टमा आउनै पर्छ र उहाँमा परिपूर्ण हुनु पर्दछ” (मोरोनी १०:३२) ।

१.२

मुक्ति र उत्कर्षको कार्य

जब हामी ख्रीष्टकहाँ आउँछौँ र अरूहरूलाई पनि त्यसै गर्न सहयोग गर्दछौँ, हामी परमेश्वरको मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन्छौँ । यो कार्य परमेश्वरलाई प्रेम गर्ने र हाम्रा छिमेकीहरूलाई प्रेम गर्ने दुई महान् आज्ञाहरूद्वारा निर्देशित छ (हेर्नुहोस् मत्ती २२:३७-३९) ।

मुक्ति र उत्कर्षको कार्य चारवटा दैवी उत्तरदायित्वहरूमा केन्द्रित छ ।

यो पुस्तिकाले तपाईंलाई परमेश्वरको कार्यका यी चार पक्षहरू बुझ्न सहयोग गर्ने छ । तपाईंले तिनीहरूलाई पूरा गर्न आफ्नो भूमिका निर्वाह गर्दा पवित्र आत्माले तपाईंलाई मार्गदर्शन गर्ने छ (हेर्नुहोस् २ नफी ३२:५) ।

१.२.१

येशू ख्रीष्टको सुसमाचार जिउने

येशू ख्रीष्टको सुसमाचार जिउनुमा यी समावेश छन्:

  • ख्रीष्टमा आस्था गर्ने, दैनिक पश्चात्ताप गर्ने, मुक्ति र उत्कर्षका विधिहरू प्राप्त गर्दा परमेश्वरसँग करार गर्ने र ती करारहरू पालना गरेर अन्तसम्म सहने (हेर्नुहोस् ३.५.१) ।

  • घर र चर्चमा येशू ख्रीष्टको सुसमाचार सिक्ने र सिकाउने ।

  • हामी र हाम्रो परिवारको लागि आध्यात्मिक र अस्थायी रूपमा प्रदान गर्न आत्मनिर्भर बन्ने ।

१.२.२

आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने

आवश्यकतामा परेकाहरूको हेरचाह गर्नुमा यी समावेश छन्:

  • व्यक्ति, परिवार र समुदायको सहयोग र सेवा गर्ने ।

  • आवश्यकमा परेकाहरूसँग चर्च सहायता सहित स्रोतहरू बाँढ्ने ।

  • अरूहरूलाई आत्मनिर्भर बन्न सहयोग गर्ने ।

१.२.३

सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गरेर

सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्नुमा यी समावेश छन्:

  • सुसमाचार प्रचार कार्यमा सहभागी हुँने र सुसमाचार प्रचारकहरूका रूपमा सेवा गर्ने ।

  • नयाँ र पुन: आउने चर्चका सदस्यहरूलाई करार मार्गमा प्रगति गर्न सहयोग गर्ने ।

१.२.४

अनन्तका लागि परिवारहरूलाई एकतावद्ध गरेर

अनन्तका लागि परिवारहरूलाई एकतावद्ध गर्नेमा यी समावेश छन्:

  • हामीले आफुस्वयंका लागि मन्दिरका विधिहरू प्राप्त गर्दा करारहरू गर्ने ।

  • हाम्रा मृतक पुर्खाहरू पत्ता लगाउने र तिनीहरूका लागि मन्दिरमा विधिहरू निर्वाह गर्ने ताकि तिनीहरूले परमेश्वरसँग करार गर्न सक्छन् ।

  • परमेश्वरको आराधना गर्न र उहाँका सन्ततिहरूका लागि विधिहरू पूरा गर्न, सम्भव भएसम्म नियमित रूपमा मन्दिरमा जाने ।

१.३

चर्चको उद्देश्य

येशू ख्रीष्टले व्यक्ति र परिवारलाई मुक्ति र उत्कर्षको कार्य गर्न सक्षम बनाउन आफ्नो चर्च स्थापना गर्नुभयो ( एफिसी ४:११-१३; यस पुस्तिकामा २.२ पनि हेर्नुहोस्) । यो दैवी उद्देश्य पूरा गर्न सहयोग गर्न, चर्च र यसका अगुवाहरूले यी प्रदान गर्छन्:

  • पादरित्व अधिकार र साँचाहरू ।

  • करार र विधिहरू ।

  • भविष्यसूचक मार्गदर्शन ।

  • धर्मशास्त्रहरू ।

  • सुसमाचार शिक्षा र शिक्षण सहयोग ।

  • सेवा र नेतृत्व गर्ने सुअवसरहरू ।

  • सन्तहरूको समुदाय ।

१.३.१

पादरित्व अधिकार र साँचाहरू

पादरित्वका माध्यमबाट, परमेश्वरले मुक्ति र उत्कर्षको कार्य पूरा गर्नुहुन्छ । पृथ्वीमा परमेश्वरको कार्यलाई निर्देशित गर्न आवश्यक पर्ने पादरित्व अधिकार र साँचाहरू अगमवक्ता जोसेफ स्मिथलाई पुनर्स्थापित गरियो (हेर्नुहोस् सिद्धान्त र करार ११०:११–१६; ११२:३०) । यी साँचाहरू आज चर्चका अगुवाहरूले धारण गरेका छन् । तिनीहरूले परमेश्वरको काममा सहयोग गर्न अरूलाई बोलाउँछन् र अधिकार दिन्छन् (हेर्नुहोस् सिद्धान्त र करार १०७:८, ६५-६७) ।

१.३.२

करार र विधिहरू

स्वर्गका पिताको योजनामा, बप्तिस्मा जस्ता मुक्ति र उत्कर्षका विधिहरू प्राप्त गर्दा हामीले करारहरू बनाउँछौँ (हेर्नुहोस् यूहन्ना ३:५; यस पुस्तिकाको अध्याय १८ पनि हेर्नुहोस्) । परमेश्वर जस्तै बन्न र उहाँको उपस्थितिमा बस्नका लागि फर्कन यी करारहरू र विधिहरू हाम्रा लागि आवश्यक छन् (हेर्नुहोस् सिद्धान्त र करार ८४:१९-२२) ।

१.३.३

अगमवक्ताको मार्गदर्शन

छनोट गरिएका आफ्ना अगमवक्ताहरूद्वारा, परमेश्वरले सत्य प्रकट गर्नुहुन्छ र प्रेरित निर्देशन र चेतावनीहरू प्रदान गर्नुहुन्छ (हेर्नुहोस् आमोस ३:७; सिद्धान्त र करार १:४) । यो निर्देशनले हामीलाई अनन्त जीवनतर्फ अगुवाइ गर्ने मार्गमा प्रवेश गर्न र त्यहीँ रहिरहन सहयोग गर्दछ ।

१.३.४

धर्मशास्त्रहरू

परमप्रभुका अगमवक्ताहरू र प्रेरितहरूको निर्देशनमा, चर्चले पवित्र धर्मशास्त्रहरूमा पाइने परमेश्वरका वचनलाई प्रदान र संरक्षण गर्छ । धर्मशास्त्रहरूले ख्रीष्टको गवाही दिन्छन्, उहाँको सुसमाचार सिकाउँछन् र हामीलाई उहाँमा आस्था राख्न सहयोग गर्दछन् (हेर्नुहोस् याकूब ७:१०-११; हेलामान १५:७) ।

१.३.५

सुसमाचार सकाइ र शिक्षण सहयोग

चर्चले व्यक्ति र परिवारहरूलाई सुसमाचारका सत्यहरू सिक्न र परिवारका सदस्यहरू र अरूहरूलाई यी सत्यहरू सिकाउने जिम्मेवारीमा समर्थन गर्दछ (हेर्नुहोस् सिद्धान्त र करार ८८:७७-७८, ११८; यस पुस्तिकामा २.२.३ पनि हेर्नुहोस्) ।

१.३.६

सेवा र नेतृत्व गर्ने सुअवसरहरू

चर्चका बोलावट र कार्यभारहरूद्वारा परमेश्वरले सदस्यहरूलाई सेवा गर्ने र नेतृत्व गर्ने सुअवसरहरू दिनुहुन्छ । चर्चले आवश्यकतामा परेका सदस्यहरूको हेरचाह गर्न र अरूहरूलाई परोपकार राहत प्रदान गर्नका लागि संरचना प्रदान गर्दछ (हेर्नुहोस् मोसीयाह १८:२७-२९) ।

१.३.७

सन्तहरूको एक समुदाय

सन्तहरूको समुदायका रूपमा, चर्चका सदस्यहरूले परमेश्वरको आराधना गर्न र प्रभुभोजमा सहभागी भएर मुक्तिदातालाई स्मरण गर्न नियमित रूपमा एकत्रित हुन्छन् (हेर्नुहोस् मोरोनी ६:४–६; सिद्धान्त र करार २०:७७) । सदस्यहरूले एकअर्काको हेरचाह र सेवा पनि गर्छन् (हेर्नुहोस् एफिसी २:१९) ।

१.४

परमेश्वरको कार्यमा तपाईंको भूमिका

तिनीहरू मुक्ति र उत्कर्षको कार्यमा संलग्न हुँदा चर्चका अगुवाका रूपमा, तपाईंले सेवा गर्नेहरूलाई शिक्षण र समर्थन गर्न तपाईंलाई बोलावट गरिन्छ (हेर्नुहोस् १.२) । तपाईं आफ्नो बोलावट पूरा गर्न र “परमेश्वरको वचनलाई सबै लगनशीलताका साथ सिकाउन … “ उत्तरदायी हुनुहुन्छ (याकूब १:१९) । परमप्रभुसँग उहाँको अङ्गुरको बगैँचामा परिश्रम गर्दा तपाईंलाई महान् आनन्द मिल्ने छ (हेर्नुहोस् याकूब ५:७०-७२) ।

परमेश्वरको कार्य, उहाँले तपाईंलाई के गर्न आमन्त्रण गर्नुहुन्छ र उहाँको चर्चको उद्देश्यको स्पष्ट बुझाइले तपाईंलाई आत्माहरूलाई ख्रीष्टमा ल्याउने तपाईंको प्रयासहरूमा ध्यान केन्द्रित गर्न सहयोग गर्ने छ ।

प्रायश: यस अध्यायका सिद्धान्तहरूलाई सन्दर्भ गर्नुहोस् । तपाईंले सेवा गर्नेहरूको जीवनमा परमेश्वरको उद्देश्यहरू पूरा गर्न तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ भनेर प्रार्थनापूर्वक बुझ्न खोज्नुहोस् । परमेश्वरले तपाईंलाई पवित्र आत्माको प्रोत्साहनद्वारा निर्देशन दिनुहुने छ ।