पुस्तिकाहरू र बोलावटहरू
१८. पादरित्वका विधिहरू र आशीर्वादहरू निर्वाह गर्ने


“१८ । पादरित्वका विधिहरू र आशीर्वादहरू निर्वाह गर्ने,” साधारण पुस्तिकाबाट छनोटहरू(२०२३) ।

“१८ । पादरित्वका विधिहरू र आशीर्वादहरू निर्वाह गर्ने,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मन्दिर नजिकै हिँडिरहेको परिवार

१८ ।

पादरित्वका विधिहरू र आशीर्वादहरू निर्वाह गर्ने

१८.०

परिचय

विधि र आशीर्वादहरू पादरित्वको अधिकार र येशू ख्रीष्टको नाममा निर्वाह गरिने पवित्र कार्यहरू हुन् । पादरित्वका विधिहरू र आशीर्वादहरूले परमेश्वरको शक्तिमा पहुँच प्रदान गर्छन् (हेर्नुहोस् सिद्धान्त र करारहरू ८४:२०) ।

विधिहरू र आशीर्वादहरू स्वर्गका पिता र येशू ख्रीष्टमा आस्थाका साथ र पवित्र आत्माको मार्गदर्शन अनुसार निर्वाह गरिनु पर्छ । अगुवाहरूले तिनीहरूलाई उचित अनुमोदन (आवश्यक भएमा), आवश्यक पादरित्व अधिकार सहित, उचित तरिकामा र योग्य सहभागीहरूद्वारा निर्वाह गरिएको सुनिश्चित गर्छन् (हेर्नुहोस् १८.३) ।

१८.१

मुक्ति र उत्कर्षका विधिहरू

पादरित्वले मुक्ति र उत्कर्षका लागि आवश्यक पर्ने सुसमाचारका विधिहरू सञ्चालन गर्ने अधिकार समावेश गर्छ । मानिसहरूले यी विधिहरू प्राप्त गर्दा परमेश्वरसँग पवित्र करारहरू गर्छन् । मुक्ति र उत्कर्षका विधिहरू निम्न रूपमा सूचीवद्ध छन्::

  • बप्तिस्मा

  • प्रमाणीकरण र पवित्र आत्माको उपहार

  • मल्कीसेदेक पादरित्व र कुनै विभागमा नियुक्ति (पुरुषहरूका लागि)

  • मन्दिरमा अभिदान

  • मन्दिरमा बन्धन

यदि करारमा जन्मेको बालक वा बालिकाको ८ वर्ष अघि नै मृत्यु भयो भने, कुनै विधिहरू आवश्यक पर्दैन वा निर्वाह गरिँदैनन् । यदि बालक वा बालिका करारमा जन्मिएको थिएन भने, भनेको अभिभावकसँग बाँधिनु मात्रै ऊ वा उनलाई आवश्यक पर्ने विधि हो । मुक्तिदाताको प्रायश्चितको कारण, ८ वर्षपूर्व मृत्यु भएका सबै बालबालिकाहरू “स्वर्गको सेलेस्टियल अधिराज्यमा सुरक्षित हुन्छन्” (सिद्धान्त र करार १३७:१०; पनि हेर्नुहोस् मोरोनी ८:८-१२) ।

१८.३

विधि वा आशीर्वादमा सहभागी हुने

विधि वा आशीर्वाद निर्वाह गर्ने वा त्यसमा सहभागी हुनेहरूसँग आवश्यक पादरित्वको अधिकार हुनु पर्छ र योग्य हुनु पर्छ । सामान्यतया, योग्यताको मापदण्ड भनेको मन्दिर अनुमति-पत्र धारण गर्ने सँग सम्बन्धित छ । यद्यपि, बिशपहरू र किला अध्यक्षहरूले आत्माद्वारा निर्देशित र यस अध्यायका निर्देशनहरूअनुसार, पूर्ण रूपमा मन्दिरको योग्य नभए तापनि आवश्यक पादरित्व धारण गर्ने पिता र पतिहरूलाई केही विधिहरू र आशीर्वादहरूमा सहभागी हुन समेत अनुमति दिन सक्छन् । समाधान नभएका गम्भीर पापहरू गरेका कुनै पादरित्ववाहक सहभागी हुनु हुँदैन ।

केही विधिहरू र आशीर्वादहरू निर्वाह वा प्राप्त गर्नका लागि आवश्यक पादरित्वका साँचाहरू धारण गर्ने अध्यक्षता गर्ने अगुवाबाट स्वीकृति आवश्यक हुन्छ (हेर्नुहोस् ३.४.१) । आवश्यकताअनुसार, उनले अधिकार प्रत्यायोजन गरेका सल्लाहकारद्वारा अनुमोदन गर्न सकिन्छ । निम्न चार्टहरू हेर्नुहोस् । किला अध्यक्षहरूलाई दिइएका सन्दर्भहरू सुसमाचार प्रचार क्षेत्राध्यक्षहरूमा पनि लागू हुन्छ । बिशपहरूलाई दिइएका सन्दर्भहरू शाखा अध्यक्षहरूमा पनि लागू हुन्छ ।

मुक्ति र उत्कर्षका विधिहरू निर्वाह गर्न वा प्राप्त गर्न स्वीकृति दिन कुन अगुवाहरूले साँचाहरू धारण गर्छन्?

विधिहरू

जसले साँचाहरू धारण गर्छन्

विधिहरू

बप्तिस्मा

जसले साँचाहरू धारण गर्छन्

बिशप (८ वर्षका बालबालिकाहरूका लागि र ९ र सोभन्दा माथिका अभिलेख उमेर भएका सदस्यहरू जसको बप्तिस्मा बौद्धिक असक्षमताका कारण ढिला भएको थियो)

सुसमाचार प्रचार क्षेत्राध्यक्ष (परिवर्तन हुनेहरूका लागि)

विधिहरू

प्रमाणीकरण र पवित्र आत्माको उपहार

जसले साँचाहरू धारण गर्छन्

बिशप (८ वर्षका बालबालिकाहरूका लागि र ९ र सोभन्दा माथिका अभिलेख उमेर भएका सदस्यहरू जसको बप्तिस्मा बौद्धिक असक्षमताका कारण ढिला भएको थियो)

सुसमाचार प्रचार क्षेत्राध्यक्ष (परिवर्तन हुनेहरूका लागि)

विधिहरू

मल्कीसेदेक पादरित्व प्रदान र कुनै विभागमा नियुक्ति (पुरुषहरूका लागि)

जसले साँचाहरू धारण गर्छन्

किला अध्यक्ष

विधिहरू

मन्दिरमा अभिदान

जसले साँचाहरू धारण गर्छन्

बिशप र किला अध्यक्ष

विधिहरू

मन्दिरमा बन्धन

जसले साँचाहरू धारण गर्छन्

बिशप र किला अध्यक्ष

कुन अगुवाहरूले अन्य विधि र आशीर्वादहरू निर्वाह गर्न वा प्राप्त गर्न स्वीकृति दिने साँचाहरू धारण गर्छन्?

विधि वा आशीर्वाद

जसले साँचाहरू धारण गर्छन्

विधि वा आशीर्वाद

बालबालिकाहरूको नामाकरण गर्ने र आशीर्वाद दिने

जसले साँचाहरू धारण गर्छन्

बिशप

विधि वा आशीर्वाद

प्रभुभोज

जसले साँचाहरू धारण गर्छन्

बिशप

विधि वा आशीर्वाद

हारुनको पादरित्व प्रदान र एक विभागमा नियुक्ति (युवा र पुरुषहरूका लागि)

जसले साँचाहरू धारण गर्छन्

बिशप

विधि वा आशीर्वाद

बोलावटहरूमा सेवा गर्नका लागि सदस्यहरूलाई कार्यभारमा नियुक्त गर्ने

जसले साँचाहरू धारण गर्छन्

हेर्नुहोस् ३०.८

विधि वा आशीर्वाद

तेल अभिषेक गर्ने

जसले साँचाहरू धारण गर्छन्

स्वीकृति आवश्यक छैन

विधि वा आशीर्वाद

बिरामीहरूलाई प्रशासन गर्ने

जसले साँचाहरू धारण गर्छन्

स्वीकृति आवश्यक छैन

विधि वा आशीर्वाद

सान्त्वना र सल्लाहका आशीर्वादहरू सहित पिताका आशीर्वादहरू

जसले साँचाहरू धारण गर्छन्

स्वीकृति आवश्यक छैन

विधि वा आशीर्वाद

घरहरू समर्पण गर्ने

जसले साँचाहरू धारण गर्छन्

स्वीकृति आवश्यक छैन

विधि वा आशीर्वाद

चिहानहरू समर्पण गर्ने

जसले साँचाहरू धारण गर्छन्

सेवाको अध्यक्षता गर्ने पादरित्व अगुवा

विधि वा आशीर्वाद

कुलपिताका आशीर्वादहरू

जसले साँचाहरू धारण गर्छन्

बिशप

१८.४

नाबालिग बालबालिकाका लागि विधिहरू

एक नाबालिग बालकलाई (१) निर्णय गर्नका लागि कानुनी अधिकार भएका अभिभावक वा (२)कानुनी संरक्षकहरूको सहमतिमा मात्र आशीर्वाद दिन, बप्तिस्मा दिन, प्रमाणीकरण गर्न, पादरित्व विभागमा नियुक्त गर्न वा कुनै बोलावटमा कार्यभार दिन सकिन्छ ।

१८.६

बालबालिकाहरूको नामाकरण र तिनलाई आशीर्वाद दिने कार्य

बालबालिकाहरूलाई सामान्यतया तिनीहरूका अभिभावकहरू बस्ने वार्डमा उपवास र गवाहीका सभाका समयमा नाम र आशीर्वाद दिइन्छ ।

१८.६.१

जसले आशीर्वाद दिन्छ

बालकको नाम राख्ने र आशीर्वाद दिने विधि मल्कीसेदेक पादरित्वहरूद्वारा सिद्धान्त र करारहरू २०:७०अनुरूप गरिन्छ ।

कुनै व्यक्ति वा परिवार जसले बालकले नाम र आशीर्वाद प्राप्त गरून् भन्ने चाहन्छन् तिनीहरूले विधिका लागि विशपसँग समन्वय गर्छ । वार्डमा बालबालिकाको नामाकरण गर्न र आशीर्वाद दिनका लागि उनले पदारित्वका साँचाहरू धारण गर्छन् ।

कुनै बिशपले मल्कीसेदेक पादरित्व धारण गर्ने पितालाई पूर्ण रूपमा मन्दिर योग्य नभए पनि आफ्नो बालकलाई नाम र आशीर्वाद दिन अनुमति दिन सक्छन् (हेर्नुहोस् १८.३) । बिशपहरूले पिताहरूलाई आफ्ना छोराछोरीहरूलाई आशीर्वाद दिनका लागि आफैंलाई तयार पार्न प्रोत्साहन गर्छन् ।

१८.६.२

निर्देशनहरू

बिशप्रिकको निर्देशनमा, कुनै बालकलाई नाम र आशीर्वाद दिन मल्कीसेदेक पादरित्व धारकहरू एक वृत्तमा सहभागी हुन्छन् । तिनीहरूले आफ्ना हातहरू शिशु मुनि राख्छन् वा तिनीहरूले आफ्ना हातहरू ठूला बालकको टाउकोमा हल्का रूपमा राख्छन् । त्यसपछि वचन उच्चारण गर्ने व्यक्तिले:

  1. प्रार्थनामा जस्तै स्वर्गका पितालाई सम्बोधन गर्दछन् ।

  2. मल्कीसेदेक पादरित्वको अधिकारद्वारा आशीर्वाद दिइँदैछन् भनी बताउँछन् ।

  3. बालकलाई नाम दिन्छन् ।

  4. बालकलाई सम्बोधन गर्छन् ।

  5. आत्माद्वारा मार्गदर्शन प्राप्त गरेअनुसार बालकलाई आशीर्वाद दिन्छन् ।

  6. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

१८.६.३

बाल अभिलेख फारम र आशीर्वाद प्रमाण-पत्र

बालकलाई आशीर्वाद दिनुपूर्व, कुनै कारिन्दाले बालकको अभिलेख फारम तयार गर्न अगुवा र कारिन्दाका स्रोतसाधनहरू (LCR) को प्रयोग गर्छन् । आशीर्वाद पछि, उनले त्यो प्रणालीमा सदस्यता अभिलेख सिर्जना गर्दछन् र आशीर्वादको प्रमाण-पत्र तयार पार्छन् । यस प्रमाण-पत्रमा बिशपद्वारा हस्ताक्षर गरिन्छ र बालकका अभिभाक वा संरक्षकहरूलाई दिइन्छ ।

सदस्यता अभिलेख र प्रमाण-पत्रमा रहेको नाम जन्म प्रमाण-पत्र, नागरिक जन्म दर्ता वा हालको कानुनी नामसँग मिल्नु पर्छ ।

१८.७

बप्तिस्मा

चर्चको सदस्य बन्न र पवित्र आत्मा प्राप्त गर्नका लागि अधिकार प्राप्त व्यक्तिले पानीमा डुबाएर बप्तिस्मा दिनु आवश्यक छ । उत्कर्ष अन्वेषण गर्ने सबैले यी विधिहरू प्राप्त गरेर मुक्तिदाताको उदाहरण अनुशरण गर्नु पर्छ ।

१८.७.१

बप्तिस्मा र प्रमाणीकरण गर्न एक व्यक्तिका लागि स्वीकृति

१८.७.१.१

बालबालिकाहरू जो अभिलेखमा सदस्यहरू छन्

बिशपले वार्ड अभिलेखमा ८-वर्षीय सदस्यहरूलाई बप्तिस्मा दिनका लागि पादरित्वका साँचाहरू धारण गर्छन् । यी बालबालिकाहरूलाई तिनीहरूको ८ औँ जन्मदिनमा वा लगत्तै पछि उचित रूपमा बप्तिस्मा दिइनुपर्छ र प्रमाणीकरण गर्नु पर्छ (हेर्नुहोस् सिद्धान्त र करार ६८:२७) । यी ती बालबालिकाहरू हुन् जसका लागि चर्च सदस्यता अभिलेख पहिले देखि नै छन् (हेर्नुहोस् ३३.६.२) । जब तिनीहरू ८ वर्ष पुग्छन्, बिशपले तिनीहरूसँग सुसमाचार स्वीकार गर्ने र बप्तिस्मा लिने र प्रमाणीकरण गर्ने हरेक अवसर छन् भनी सुनिश्चित गर्छन् ।

बिशप वा नियुक्त गरिएका सल्लाहकारले बप्तिस्मा र प्रमाणीकरणका लागि अभिलेखमा भएका बालबालिकाहरूको अन्तर्वार्ता लिन्छन् । निर्देशनहरू ३१.२.३.१मा छन् ।

बप्तिस्मा र प्रमाणीकरणका अभिलेख भर्ने सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् १८.८.३

१८.७.१.२

परिवर्तित भएकाहरू

सुसमाचार प्रचार क्षेत्राध्यक्षले सुसमाचार प्रचार क्षेत्रमा परिवर्तित भएकाहरूलाई बप्तिस्मा दिनका लागि पादरित्वका साँचाहरू धारण गर्छन् । यस कारण, पूर्णकालीन सुसमाचार प्रचारकहरूले परिवर्तित भएकाहरूको बप्तिस्मा र प्रमाणीकरणका लागि अन्तर्वार्ता लिन्छन् ।

१८.७.२

बप्तिस्माका सेवाहरू

बप्तिस्मा सेवा सरल, संक्षिप्त र आध्यात्मिक रूपमा उत्थान गर्ने हुनु पर्छ । यसले निम्न समावेश गर्न सक्छ:

  1. सभापूर्वको सङ्गीत

  2. सेवा सञ्चालन गर्ने बन्धुबाट एक संक्षिप्त स्वागत्

  3. एक प्रारम्भको भजन र प्रार्थना

  4. सुसमाचारका विषयहरूमा एक वा दुई छोटा सन्देशहरू, जस्तै बप्तिस्मा र पवित्र आत्माको उपहार

  5. कुनै साङ्गीतिक छनोट

  6. बप्तिस्मा

  7. बप्तिस्मामा सहभागी हुनेहरूले ओभाना कपडा परिवर्तन गर्दाको समय सम्मानको समय हुन्छ (यस समयमा भजन वा प्राथमिक गीतहरू बजाउन वा गाउन सकिन्छ)

  8. यदि बिशपद्वारा निर्धारण गरिएको छ भने अभिलेखमा रहेका ८ वर्षका परिवर्तन भएका सदस्यहरूको प्रमाणीकरण हुन्छ (हेर्नुहोस् १८.८)

  9. यदि चाहना गरेमा, नयाँ परिवर्तितहरूद्वारा गवाहीहरू व्यक्त गर्ने

  10. एक समापन भजन र प्रार्थना

  11. सभा पाश्चात्को सङ्गीत

जब अभिलेखमा भएका बालक बप्तिस्माका लागि तयारी गर्दै हुन्छन्, बिशप्रिक र प्राथमिक अध्यक्षताका सदस्यले परिवार सहित बप्तिस्माको सेवाका लागि योजना र तालिका बनाउँछन् । बिशप्रिकका एक सदस्यले सेवा सञ्चालन गर्छन् । यदि सोही महिनामा एक भन्दा बढी बालकहरूले बप्तिस्मा लिनेछन् भने, तिनीहरूले बप्तिस्माको एउटै सेवा गर्न सक्छन् ।

बालबालिकाहरूको अभिलेखमा भएका किलाका विभिन्न वार्डका धेरै बालबालिकाहरूले बप्तिस्माको एउटै गर्न सक्छन् । किला अध्यक्षताका एक सदस्य वा तोकिएका उच्च परिषद्ले सेवा सञ्चालन गर्छन् ।

जबसम्म पिताले पादरित्व प्राप्त गर्न र आफैँले बप्तिस्मा दिन सक्दैनन् परिवारका सदस्यको बप्तिस्मामा ढिलाइ गरिनु हुँदैन ।

बिशपरिकको मार्गदर्शनमा, वार्डका सुसमाचार प्रचार अगुवा (यदि कसैलाई बोलावट गरिएको छ भने) वा एल्डरहरूको गणका अध्यक्षताका सदस्य जसले वार्ड योजनाहरूमा सुसमाचार प्रचार कार्यको नेतृत्व गर्छन् र परिवर्तित हुनेहरूका लागि बप्तिस्माका सेवाहरू सञ्चालन गर्छन् । तिनीहरूले पूर्णकालीन सुसमाचार प्रचारकहरूसँग समन्वय गर्छन् ।

१८.७.३

कसले विधि निर्वाह गर्छन्

बप्तिस्माको विधि पादरी वा मल्कीसेदेक पादरित्व धारण गर्नेद्वारा निर्वाह गरिन्छ । बप्तिस्मा निर्वाह गर्ने व्यक्तिलाई बिशप (वा यदि पूर्णकालीन सुसमाचार प्रचारकले बप्तिस्मा निर्वाह गरिरहेका छन् भने सुसमाचार प्रचार क्षेत्राध्यक्ष) द्वारा अनुमोदन गर्नु पर्छ ।

बिशपले पादरी वा मल्कीसेदेक पादरित्व बाहक पितालाई पूर्ण रूपमा मन्दिरको योग्य नभए पनि आफ्नो बालकलाई बप्तिस्मा दिन अनुमति दिन सक्छन् (हेर्नुहोस् १८.३) । बिशपहरूले पिताहरूलाई आफ्ना छोराछोरीहरूलाई बप्तिस्मा दिन आफैँलाई तयार पार्न प्रोत्साहित गर्छन् ।

१८.७.४

विधि कहाँ निर्वाह गर्ने

यदि उपलब्ध छ भने बप्तिस्माको कुण्डमा बप्तिस्मा निर्वाह गरिनु पर्छ । यदि त्यहाँ कुण्ड छैन भने, पानीको सुरक्षित क्षेत्र प्रयोग गर्न सकिन्छ ।

सुरक्षाका लागि, कुण्ड भरिँदै गर्दा उत्तरदायी वयस्क उपस्थित हुनुपर्छ र यसलाई निकासी, सफा र सुरक्षित नगरेसम्म त्यहीँ बस्नु पर्छ । हरेक बप्तिस्माको सेवा पश्चात्ताप कुण्डलाई तत्कालै खाली गरिनु पर्छ । उपयोग नगरिएको समयमा कुण्डको ढोका बन्द गरिनु पर्छ ।

१८.७.५

कपडा

बप्तिस्मा दिने व्यक्ति र बप्तिस्मा लिने व्यक्तिले भिजेको समयमा पारदर्शी नहुने सेतो कपडा लगाउँछन् । बप्तिस्मा दिने क्रममा अभिदान प्राप्त कुनै व्यक्तिले यस कपडा भित्र मन्दिरको बस्त्र लगाउँछन् । स्थानीय एकाइहरूले बजेट कोषबाट बप्तिस्माका लागि कपडाहरू खरीद गर्छन् र यसको प्रयोगका लागि शुल्क लिदैनन् ।

१८.७.६

साक्षीहरू

अध्यक्षता गर्ने अगुवाले अनुमोदन गरिएका दुई साक्षीहरूले यो सही रूपमा गरिएको छ भनी सुनिश्चित गर्न हरेक बप्तिस्मालाई अवलोकन गर्छन् । बप्तिस्मा प्राप्त गरेका बालबालिका र युवाहरू सहित, चर्चका सदस्यहरू साक्षीका रूपमा रहन सक्छन् ।

सिद्धान्त र करार २०:७३मा दिइएको जस्तै गरी शब्दहरू उच्चारण नगरिएमा बप्तिस्मालाई दोहोर्‍याउनु पर्छ । यदि व्यक्तिको शरीरको भाग, कपाल वा कपडा पूर्ण रूपमा डुबेको छैन भने यसलाई दोहोर्‍याउनु पर्छ ।

१८.७.७

निर्देशनहरू

बप्तिस्माको विधि निर्वाह गर्नका लागि, एक पादरी वा मल्कीसेदेक पादरित्व बाहकले:

  1. बप्तिस्मा लिने व्यक्तिसँग पानीमा उभिन्छन् ।

  2. बायाँ हातले व्यक्तिको दाहिने नाडी समात्छन् (सुविधा र सुरक्षाका लागि) । बप्तिस्मा लिने व्यक्तिले आफ्नो देब्रे हातले पादरित्व बाहकको देब्रे नाडी समात्छन् ।

  3. आफ्नो दाहिने हात वर्गाकार रूपमा उठाउँछन् ।

  4. व्यक्तिको पूरा नाम उल्लेख गर्दै भन्छन्, “येशू ख्रीष्टबाट अधिकार दिइएकाले, म तपाईंलाई पिताका र पुत्रका र पवित्र आत्माका नाममा बप्तिस्मा दिन्छु । आमीन” (सिद्धान्त र करार २०:७३) ।

  5. के व्यक्तिले दाहिने हातले ऊ वा उनको नाक बन्द गरेका छन् (सुविधाका लागि); त्यसपछि उनको दाहिने हात व्यक्तिको ढाडको माथि राख्छन् र व्यक्तिलाई कपडा सहित पूर्ण रूपमा डुबाउँछन् ।

  6. व्यक्तिलाई पानीबाट बाहिर आउन सहयोग गर्छन् ।

१८.८

प्रमाणीकरण र पवित्र आत्माको उपहार

कुनै व्यक्तिले बप्तिस्मा लिएपछि, ऊ वा उनलाई चर्चको सदस्यका रूपमा प्रमाणीत गरिन्छ र हातहरू राखेर पवित्र आत्मा प्राप्त गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार २०:४१; प्रेरित १९:१-६) । यी दुबै विधिहरू पूरा भइसकेपछि र सही रूपमा अभिलेख राखिसकेपछि ती व्यक्ति चर्चको सदस्य बन्छन् (हेर्नुहोस् यूहन्ना ३:५; सिद्धान्त र करार ३३:११; ३ नफी २७:२०) ।

बिशपले प्रमाणीकरण निर्वाहको निरीक्षण गर्छन् । सामान्यतया आठ वर्षका बालबालिकाहरूलाई बप्तिस्मा दिइएकै दिनमा प्रमाणीकारण गरिन्छ । परिवर्तन हुनेहरू सामान्यतया तिनीहरूको बप्तिस्मा पछिको आइतबारमा, तिनीहरू बस्ने वार्डको कुनै पनि प्रभुभोज सभामा प्रमाणीकरण गरिन्छन् ।

नयाँ सदस्यहरूको परिचय दिँदा बिशप्रिकका सदस्यले २९.२.१.१ का मार्गदर्शनहरू अनुशरण गर्छन् ।

१८.८.१

कसले विधि निर्वाह गर्छन्

मन्दिरका लागि योग्य भएका कुनै मल्कीसेदेक पादरित्व बाहकले प्रमाणीकरणका लागि वचन उच्चारण गर्न सक्छ । यद्यपि, एक बिशपले पिता पूर्ण रूपमा मन्दिर योग्य नभए पनि मल्कीसेदेक पादरित्व बाहक पितालाई आफ्नो छोराछोरीको प्रमाणीकरण गर्नका लागि वृत्तमा खडा हुन अनुमति दिन सक्छ (हेर्नुहोस् १८.३) ।

यस विधिमा बिशपरिकका कम्तिमा पनि एक सदस्य सहभागी हुन्छन् । जब सुसमाचार प्रचारक एल्डरहरूले परिवर्तन हुनेलाई सिकाएका हुन्छन्, बिशपले सहभागी हुन तिनीहरूलाई आमन्त्रण गर्छन् ।

१८.८.२

निर्देशनहरू

बिशपरिकको निर्देशनमा एक वा बढी मल्कीसेदेक पादरित्व बाहकहरू कुनै पनि प्रमाणीकरणमा सहभागी हुन सक्छन् । तिनीहरूले व्यक्तिको शिरमा हल्का रूपमा आफ्नो हात राख्छन् । त्यसपछि वचन उच्चारण गर्ने व्यक्तिले :

  1. व्यक्तिलाई उनको पूरा नामले पुकार्छन् ।

  2. मल्कीसेदेक पादरित्वको अधिकारद्वारा यो निर्वाह गरिएको हो भनी उद्घोष गर्छन् ।

  3. उक्त व्यक्तिलाई पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्य भएको प्रमाणित गर्छन् ।

  4. “पवित्र आत्मा प्राप्त गर” भनी उद्घोष गर्छन् (“पवित्र आत्माको उपहार प्राप्त गर होइन”) ।

  5. आत्माद्वारा मार्गदर्शन गरिए अनुसार आशीर्वादका शब्दहरू उच्चारण गर्छन् ।

  6. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

१८.८.३

बप्तिस्मा र प्रमाणीकरण अभिलेख र प्रमाण-पत्र

अभिलेखमा सदस्य भइसकेका बालकले बप्तिस्माका लागि अन्तर्वार्ता लिनुपूर्व, एक कारिन्दाले बप्तिस्मा र प्रमाणीकरण फारम तयार गर्न LCR प्रयोग गर्छन् । बिशप वा नियुक्त गरिएका सल्लाहकारले अन्तर्वार्ता लिन्छन् र फारममा हस्ताक्षर गर्छन् । बप्तिस्मा र प्रमाणीकरण पछि, कारिन्दाले LCRमा बालकको सदस्यता अभिलेख अद्यावधिक गर्न यो फारम प्रयोग गर्छन् ।

जब कुनै पूर्णकालीन सुसमाचार प्रचारकले परिवर्तन हुन चाहने व्यक्तिको बप्तिस्माका लागि अन्तर्वार्ता लिन्छन्, उनले एरिया बुक प्लानर (ABP) एप प्रयोग गरेर बप्तिस्मा र प्रमाणीकरणको अभिलेख भर्छन् । बप्तिस्मा र प्रमाणीकरण पश्चात्ताप, सुसमाचार प्रचारकहरूले ABP मा जानकारी अभिलेख गर्छन् र वार्ड कारिन्दालाई इलेक्ट्रोनिक रूपमा बुझाउँछन् । वार्ड कारिन्दाले LCR मा जानकारीको समीक्षा गर्छन् र सदस्यता अभिलेखको सिर्जना गर्छन् ।

सदस्यता अभिलेख सिर्जना भएपछि, कारिन्दाले बप्तिस्मा र प्रमाणीकरणको प्रमाणपत्र तयार गर्छन् । बिशपद्वारा यो प्रमाण-पत्रमा हस्ताक्षर गरी व्यक्तिलाई दिइन्छ ।

सदस्यता अभिलेख र प्रमाण-पत्रमा रहेको नाम जन्म प्रमाण-पत्र, नागरिक जन्म दर्ता वा हालको कानुनी नामसँग समान हुनु पर्छ ।

१८.९

प्रभुभोज

चर्चका सदस्यहरू शबाथको दिनमा परमेश्वरको आराधना गर्न र प्रभुभोजमा सहभागी हुन एकत्रित हुन्छन् (हेर्नुहोस् सिद्धान्त र करार २०:७५; ५९:९; मोरोनी ६:५-६) । यस विधिको समयमा, तिनीहरूले मुक्तिदाताको मासु र रगतको बलिदानलाई सम्झन र तिनीहरूका पवित्र करारहरू नवीकरण गर्न रोटी र पानी खान्छन् (हेर्नुहोस् मत्ती २६:२६–२८; जोसेफ स्मिथको अनुवाद, मर्कूस १४:२०-२५; लूका २२:१५-२०; ३ नफी १८; मोरोनी ६:६) ।

१८.९.१

प्रभुभोज व्यवस्थापन गर्न स्वीकृति

बिशपले वार्डमा प्रभुभोजको व्यवस्थापन गर्नका लागि पादरित्वका साँचाहरू धारण गर्छन् । तयारी, आशीर्वाद र प्रभुभोज बाँढ्ने गर्ने सबैले उनीबाट वा उनाको निर्देशन अन्तर्गत कसैबाट अनुमोदन प्राप्त गर्नु पर्छ ।

१८.९.२

जसले विधि निर्वाह गर्छन्

  • शिक्षकहरू, पादरीहरू र मल्कीसेदेक पादरीहरूले प्रभुभोज तयार गर्न सक्छन् ।

  • पादरीहरू र मल्कीसेदेक पादरित्व बाहकहरूले प्रभुभोजलाई आशीषित गर्न सक्छन् ।

  • डिकनहरू, शिक्षकहरू, पादरीहरू र मल्कीसेदेक पादरित्व बाहकहरूले प्रभुभोज बाँढ्न सक्छन् ।

१८.९.३

प्रभुभोजका लागि मार्गदर्शनहरू

प्रभुभोजको पवित्र प्रकृतिका कारण, पादरित्व अगुवाहरूले सावधानीपूर्वक तयारी गर्नु पर्छ ताकि यो व्यवस्थित र सम्मानजनक हुन्छ ।

प्रभुभोजको प्रशासन गर्नेहरूले तिनीहरूले परमप्रभुको प्रतिनिधित्व गरिरहेका छन् भन्ने महसुस गर्दै सम्मानजनक तरिकाले त्यसो गर्नु पर्छ ।

प्रभुभोजको वितरण अत्यधिक औपचारिक नभई प्राकृतिक हुनुपर्छ ।

प्रभुभोज चर्चका सदस्यहरूका लागि भएता पनि, अरूहरूलाई यसमा सहभागी हुन प्रतिवन्ध गर्नका लागि केही पनि गरिनु हुँदैन ।

१८.९.४

निर्देशनहरू

  1. प्रभुभोज तयार गर्ने, आशीर्वाद दिने वा बाँढ्नेहरूले पहिले साबुन वा अन्य सफा गर्ने वस्तुले हात धुन्छन् ।

  2. शिक्षकहरू, पादरीहरू वा मल्कीसेदेक पादरित्व बाहकहरूले सभा सुरू हुनुपूर्व टुक्रा नपारिएको रोटी, पानीका सफा कपहरूसहितका ट्रेहरू र सफा टेबलका कपडाहरू छन् भनी सुनिश्चित गर्छन् ।

  3. जब वार्ड सदस्यहरूले प्रभुभोजका भजन गाउँछन्, प्रभुभोजलाई आशीर्वाद दिनेहरू सम्मानपूर्वक उभिन्छन्, रोटीका ट्रेहरू छोप्ने कपडा हटाउँछन् र रोटीलाई साना आकारका टुक्राहरूमा टुक्रा पार्छन् ।

  4. भजन पछि, रोटीलाई आशीर्वाद दिने व्यक्तिले घुँडा टेक्छन् र रोटीका लागि प्रभुभोजको प्रार्थना वाचन गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार २०:७७) ।

  5. प्रभुभोजका प्रार्थनाहरू स्पष्ट रूपमा, सही रूपमा र सम्मानजनक रूपमा पढिएका छन् भनेर बिशपले सुनिश्चित गर्छन् । यदि कसैले शब्दमा गल्ती गर्छन् र आफैँलाई सच्याउँछ भने, थप सुधार आवश्यक छैन । यदि व्यक्तिले आफ्नो गल्ती सच्याएनन् भने, बिशपले उनलाई प्रार्थना दोहोर्‍याउन अनुरोध गर्छन् ।

  6. प्रार्थना पछि, पादरित्व बाहकहरूले सम्मानपूर्वक रोटी सदस्यहरूलाई वितरण गर्छन् । अध्यक्षता गर्ने अगुवाले सर्वप्रथम यसलाई प्राप्त गर्छन्, त्यसपछि त्यहाँ कुनै निर्धारित रीत छैन । ट्रे एक पटक सदस्यहरूलाई हस्तान्तरण गरिसकेपछि, तिनीहरूले यसलाई एकअर्कालाई दिन सक्छन् ।

  7. सदस्यहरूले सम्भव भएसम्म दाहिने हातले ग्रहण गर्छन् ।

  8. जब रोटी सबै सदस्यहरूलाई वितरण गरिन्छ, प्रभुभोज वितरण गर्नेहरूले ट्रेहरू प्रभुभोज टेबलमा फिर्ता ल्याउँछन् । प्रभुभोजलाई आशीर्वाद गर्नेहरूले रोटीको ट्रेमाथि कपडाले छोप्छन् र पानीका ट्रेहरूलाई खुल्ला राख्छन् ।

  9. पानीलाई आशीर्वाद दिने व्यक्तिले घुँडा टेक्छन् र पानीका लागि प्रभुभोजको प्रार्थना वाचन गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार २०:७९) । उनले वाइनका लागि पानी शब्दलाई प्रतिस्थापन गर्छन् ।

  10. प्रार्थना पछि, पादरित्व बाहकहरूले सम्मानपूर्वक सदस्यहरूलाई पानी वितरण गर्छन् । अध्यक्षता गर्ने अगुवाले सर्वप्रथम यसलाई प्राप्त गर्छन्, त्यसपछि त्यहाँ कुनै निर्धारित रीत छैन ।

  11. जब सबै सदस्यहरूलाई पानी वितरण गरिन्छ, प्रभुभोज वितरण गर्नेहरूले ट्रेहरू प्रभुभोज टेबलमा फिर्ता ल्याउँछन् । प्रभुभोजलाई आशीर्वाद दिनेहरूले ट्रेहरूमाथि कपडाले छोप्छन् र आशीर्वाद दिने र प्रभुभोजलाई वितरण गर्नेहरू सम्मानपूर्वक आफ्ना स्थानहरूमा बस्छन् ।

  12. सभा पश्चात्, प्रभुभोज तयार पार्नेहरूले सफा गर्छन्, टेबल छोप्ने कपडाहरू पट्याउँछन् र प्रयोग नगरिएको बाँकी रोटी भएमा हटाउँछन् ।

१८.१०

पादरित्व पद प्रदान गर्ने र विभागमा नियुक्ति गर्ने

त्यहाँ पादरित्वका दुई विभाजनहरू छन्: हारुन र मल्कीसेदेक (हेर्नुहोस् ३.३; सिद्धान्त र करारहरू १०७:१, ६) । जब कुनै व्यक्तिलाई पादरित्व प्रदान गरिन्छ, तब उनलाई त्यो पादरित्वको विभागमा नियुक्त पनि गरिन्छ । यी मध्ये कुनै पनि पादरित्व प्रदान गरिसकेपछि, एक जना पुरुषलाई त्यो पादरित्वका अन्य विभागहरूमा नियुक्त गर्न मात्र आवश्यक हुन्छ ।

१८.१०.१

मल्कीसेदेक पादरित्व

मल्कीसेदेक पादरित्वका साँचाहरू प्रदान गर्न र एल्डर र उच्च पादरीका विभागहरूमा नियुक्त गर्नका लागि किला अध्यक्षले पादरित्वका साँचाहरू धारण गर्छन् । यद्यपि, बिशपले सामान्यतया यी विधिहरूका लागि सिफारिसहरू प्रदान गर्छन् ।

१८.१०.१.१

एल्डरहरू

योग्य बन्धुहरूले मल्कीसेदेक पादरित्व प्राप्त गर्न सक्छन् र १८ वर्ष वा सोभन्दा माथिका हुँदा तिनीहरू एल्डरहरूमा नियुक्त हुन सक्छन् । व्यक्तिगत परिस्थितिहरूका आधारमा, बिशपले एक युवालाई उनको १८ औँ जन्मदिनको लगत्तै पछि एल्डरमा नियुक्त गर्न सिफारिस गर्ने वा अझै पनि पादरीहरूको गणमा रहिरहने भनेर निर्णय गर्छन् ।

यो निर्णय गर्दा, बिशपले सर्वप्रथम युवक र तिनका अभिभावकहरू वा संरक्षकहरूसँग परामर्श लिन्छन् । योग्य पुरुषहरूलाई १९ वर्षको उमेरमा वा कलेजमा सहभागी हुन, पूर्णकालीन सुसमाचार प्रचार गर्न, सेनामा सेवा गर्न वा पूर्णकालीन रोजगारीका लागि घर छोड्नु पूर्व तिनीहरूलाई एल्डरहरूमा नियुक्त गरिनु पर्छ ।

भर्खरै बप्तिस्मा लिएका १८ वर्ष वा सोभन्दा माथिका पुरुषहरूलाई तिनीहरूसँग निम्न विषयहरूपछि एल्डरहरूमा नियुक्त गरिन्छ:

  • हारुनको पादरित्व प्राप्त गरी र पादरीका रूपमा सेवा गरेमा ।

  • सुसमाचारको पर्याप्त समझ विकसित गरेमा ।

  • आफ्नो योग्यता देखाएमा ।

चर्चको सदस्यका रूपमा कुनै विशेष समय आवश्यक छैन ।

१८.१०.१.२

उच्च पादरित्वहरू

पुरुषहरूलाई किला अध्यक्षता, उच्च पादरी वा बिशपरिकमा बोलावट गर्दा उच्च पादरीमा नियुक्त गरिन्छ ।

१८.१०.१.३

अन्तर्वार्ता र समर्थन

किला अध्यक्षताको स्वीकृतिसँगै बिशपले मल्कीसेदेक पादरित्व नियुक्ति अभिलेखको निर्देशनअनुसार बन्धुको अन्तर्वार्ता लिन्छन् । त्यसपछि किला अध्यक्षताका एक सदस्यले पनि उनको अन्तर्वार्ता लिन्छन् । सुसमाचार प्रचार अध्यक्षको स्वीकृतिमा, जिल्ला अध्यक्षले एल्डर नियुक्त गर्न बन्धुको अन्तर्वार्ता लिन सक्छन् (हेर्नुहोस् ६.३) ।

१८.१०.२

हारुनको पादरित्व

बिशपले हारुनको पादरित्व प्रदान गर्न र डिकन, शिक्षक र पादरीको विभागहरूमा नियुक्त गर्नका लागि पादरित्वका साँचाहरू धारण गर्छन् । योग्य बन्धुहरू सामान्यतया निम्म उमेरमा यी विभागहरूमा नियुक्त हुन्छन्, तर यसपूर्व होइन:

  • तिनीहरू १२ वर्ष लागेको वर्षको सुरुमा डिकन

  • तिनीहरू १४ वर्ष लागेको वर्षको सुरुमा शिक्षक

  • तिनीहरू १६ वर्ष लागेको वर्षको सुरुमा पादरी

तिनीहरू आध्यात्मिक रूपमा तयार छन् कि छैनन् भनेर निर्धारण गर्न बिशप वा नियुक्त गरिएका सल्लाहकारले नियुक्त गरिने डिकन वा शिक्षकहरूको अन्तर्वार्ता लिन्छन् । बिशपले पादरीमा नियुक्त हुने बन्धुहरूको अन्तर्वार्ता लिन्छन् ।

पादरीमा नियुक्तिका लागि कुनै युवाको अन्तर्वार्ता लिनुपूर्व, बिशप्रिकका सदस्यले युवाका अभिभावकहरू वा संरक्षकहरूबाट अनुमति प्राप्त गर्छन् । यदि अभिभावकहरूको सम्बन्ध विच्छेद भएको छ भने, उनले कानुनी रूपमा आधिकारिक अभिभावक (हरू) बाट अनुमति प्राप्त गर्छन् ।

१८.१०.३

कुनै सदस्यलाई नियुक्त गर्नुपूर्व तिनलाई समर्थनका लागि प्रस्तुत गर्ने

कुनै बन्धुको अन्तर्वार्ता लिएपछि र पादरित्व पदमा नियुक्त हुन योग्य पाइएपछि, उनलाई समर्थनका लागि प्रस्तुत गरिन्छ (हेर्नुहोस् सिद्धान्त र करार २०:६५, ६७) । एल्डरहरू वा उच्च पादरीहरूमा नियुक्त हुने बन्धुहरूलाई किला सम्मेलनको साधारण सत्रमा किला अध्यक्षताका सदस्यद्वारा प्रस्तुत गरिन्छ (जिल्ला अध्यक्षहरूका लागि निर्देशनहरूका लागि ६.३ हेर्नुहोस्) । डिकन, शिक्षक वा पादरीहरूमा नियुक्त हुने बन्धुहरूलाई प्रभुभोज सभामा एक बिशपरिकका सदस्यद्वारा प्रस्तुत गरिन्छ ।

समर्थनलाई प्रस्तुत गर्ने व्यक्तिले बन्धुलाई खडा हुन आग्रह गर्छन् । उनले हारुन वा मल्कीसेदेक पादरित्व (आवश्यक भएमा) प्रदान गर्ने र बन्धुलाई पादरित्वको विभागमा नियुक्त गर्ने प्रस्तावको घोषणा गर्छन् । त्यसपछि उनले प्रस्तावलाई समर्थन गर्न सदस्यहरूलाई आमन्त्रण गर्छन् । उदाहरणका लागि, कुनै बन्धुलाई एल्डरमा नियुक्त गर्न प्रस्तुत गर्न, तिनले निम्न शब्दहरू प्रयोग गर्न सक्छन्:

“हामी प्रस्ताव गर्छौं कि [नाम]ले मल्कीसेदेक पादरित्व प्राप्त गर्नुहोस् र एल्डर नियुक्त हुनुहोस् । पक्षमा हुनेहरूले यसलाई हात उठाएर देखाउन सक्नुहुन्छ । [छोटो विश्राम लिनुहोस् ।] विरोध गर्नेहरूले पनि यसलाई देखाउन सक्नुहुन्छ । [छोटो विश्राम लिनुहोस् ।]“

यदि सही अवस्थितिमा रहेका सदस्यले विधिको विरोध गर्छन् भने, अध्यक्षता गर्ने अगुवा वा नियुक्त गरिएका अन्य पादरित्व अगुवाले सभा पछि उनीसँग एकान्तमा भेट्छन् । अगुवाले सदस्यको विरोध गर्नुको कारण बुझ्छन् । सदस्यलाई पादरित्व विभागमा नियुक्त हुन अयोग्य बनाउन सक्ने कुनै आचरणका सम्बन्धमा यदि सदस्यलाई जानकारी छ भने बुझ्छन् ।

कुनै-कुनै अवस्थामा, बन्धुलाई किला सम्मेलनमा प्रस्तुत गर्नुपूर्व एल्डर वा उच्च पादरीद्वारा नियुक्त गर्नुपर्ने हुन सक्छ । जब यो हुन्छ, उनलाई आफ्नो वार्डको प्रभुभोज सभामा समर्थनका लागि प्रस्तुत गरिन्छ । त्यसपछि उनलाई अर्को किला सम्मेलनमा नियुक्तिलाई अनुमोदन गर्न प्रस्तुत गरिन्छ (माथि उल्लेख गरिएको, समर्थनको प्रक्रियाका लागि समायोजन) ।

१८.१०.४

कसले विधि निर्वाह गर्छन्

किला अध्यक्ष वा मल्कीसेदेक पादरित्व बाहकले उनको निर्देशनमा कुनै पुरुषलाई एल्डरको पदमा नियुक्त गर्न सक्छन् । सुसमाचार प्रचार अध्यक्षको स्वीकृतिमा, जिल्ला अध्यक्ष वा उनको निर्देशनमा अरू कसैले विधि निर्वाह गर्न सक्छन् (हेर्नुहोस् ६.३) । मल्कीसेदेक पादरित्व बाहकहरू मात्र वृत्तमा खडा हुन सक्छन् ।

किला अध्यक्ष वा उनको निर्देशनमा उच्च पादरीले एक व्यक्तिलाई उच्च पादरीको विभागमा नियुक्त गर्न सक्छन् । केवल उच्च पादरीहरू वृत्तमा खडा हुन सक्छन् ।

मल्कीसेदेकको पादरित्वको विभागमा पुरुषलाई नियुक्त गर्ने व्यक्ति मन्दिरको योग्य हुनुपर्छ । किला अध्यक्ष वा उनले तोकेका व्यक्ति उपस्थित हुनु पर्छ ।

कुनै पादरी वा मल्कीसेदेक पादरित्व बाहकले कुनै बन्धुलाई डिकन, शिक्षक वा पादरीको विभागमा नियुक्त गर्न सक्छन् । उनलाई बिशपद्वारा अधिकार प्रदान गरिनुपर्छ । बिशप वा उनले तोकेका कुनै व्यक्ति उपस्थित हुनु पर्छ ।

हारुनको पादरित्व नियुक्तिमा सहभागी हुनका लागि, कुनै व्यक्ति पादरी वा मल्कीसेदेक पादरित्व बाहक हुनु पर्छ ।

बिशपले यदि पिता पूर्ण रूपमा मन्दिर योग्य नभए पनि पादरी वा मल्कीसेदेक पादरित्व बाहक पितालाई आफ्नो छोरालाई डिकन, शिक्षक वा पादरीको विभागमा नियुक्त गर्न अनुमति दिन सक्छन् (हेर्नुहोस् १८.३) । बिशपहरूले पिताहरूलाई आफ्ना छोराहरूलाई नियुक्त गर्न आफैँलाई तयार पार्न प्रोत्साहन गर्छन् ।

१८.१०.५

निर्देशनहरू

कुनै व्यक्तिलाई पादरित्व प्रदान गर्न र पादरित्वको विभागमा नियुक्त गर्न, एक वा बढी अधिकार प्राप्त पादरित्व बाहकहरूले व्यक्तिको शिरमा हल्का रूपमा आफ्ना हातहरू राख्छन् । त्यसपछि वचन उच्चारण गर्ने व्यक्तिले :

  1. व्यक्तिलाई उनको पूरा नामले पुकार्छन् ।

  2. विधि (हारुन वा मेल्कीसेदेक पादरित्व) निर्वाह गर्ने अधिकार उनले व्यक्तिगत रूपमा धारण गरेका छन् भनी बताउँछन् ।

  3. यसपूर्व नै यो प्रदान गरिएको छैन भने हारुन वा मल्कीसेदेक पादरित्व प्रदान गर्छन् ।

  4. व्यक्तिलाई हारुन वा मल्कीसेदेक पादरित्वको विभागमा नियुक्त गर्छन् र त्यो विभागको स्वामित्व, शक्ति र अधिकार प्रदान गर्छन् ।

  5. आत्माद्वारा मार्गदर्शन गारिए अनुसार आशीर्वादका शब्दहरू उच्चारण गर्छन् ।

  6. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

कुनै व्यक्तिलाई यसपूर्व नै उपयुक्त पादरित्व प्रदान गरिएपछि पादरित्व विभागमा नियुक्त गर्न, विधि निर्वाह गर्ने व्यक्तिले चरण ३ लाई संलग्न गर्दैनन् ।

१८.१०.६

नियुक्तिको अभिलेख र प्रमाण-पत्र

हारुनको विभागमा नियुक्त गर्न कुनै बन्धुलाई अन्तर्वार्ता लिनुपूर्व, कारिन्दाले हारुनको पादरित्व नियुक्ति अभिलेख तयार गर्न LCR प्रयोग गर्दछन् । बिशप वा तोकिएका सल्लाहकारले अन्तर्वार्ता लिन्छन् र योग्यताका सबै सर्तहरू पूरा भएमा फारममा हस्ताक्षर गर्छन् ।

नियुक्ति पछि, बिशप वा तोकिएका सल्लाहकारले फारम पूरा गर्छन् र कारिन्दालाई दिन्छन् । उनले LCR मा नियुक्ति अभिलेख गर्छन् र नियुक्तिको एक प्रमाण-पत्र तयार पार्छन् ।

एक व्यक्तिको हालको वैधानिक नाम नियुक्तिको अभिलेख र प्रमाण-पत्रमा प्रयोग गरिनु पर्छ ।

१८.११

बोलावटहरूमा सेवा गर्नका लागि सदस्यहरूलाई पदीय जिम्मेवारी दिने

चर्चका अधिकांश पदहरूमा बोलावट गरिएका र समर्थन गारिएका सदस्यहरूलाई त्यस पदमा सेवा गर्नका लागि पदीय जिम्मेवारी दिइनु पर्छ (हेर्नुहोस् यूहन्ना १५:१६; सिद्धान्त र करार ४२:११; यस पुस्तिकामा ३.४.३.१ पनि हेर्नुहोस्) । पदीय जिम्मेवारी दिइएको समयमा, व्यक्तिलाई (१) बोलावटमा कार्य गर्ने अधिकार र (2) आत्माद्वारा मार्गदर्शन प्राप्त गरेअनुसार आशीर्वादका वचनहरू प्रदान गरिन्छ ।

पदीय जिम्मेवारी प्रदान गरिंदा किला अध्यक्षहरू, बिशपहरू र गणका अध्यक्षहरूले अध्यक्षताका साँचाहरू प्राप्त गर्छन् (हेर्नुहोस् ३.४.१.१) । यद्यपि, अध्यक्षताहरूमा सल्लाहकारहरू लगायत अन्य बोलावटहरूमा सेवा गर्न सदस्यहरूलाई पदीय जिम्मेवारी प्रदान गरिंदा साँचाहरू भन्ने शब्द प्रयोग गर्नु हुँदैन ।

१८.११.१

जसले पदीय जिम्मेवारी निर्वाह गर्दछन्

मल्कीसेदेक पादरित्व बाहकद्वारा पदीय जिम्मेवारी प्रदान गरिन्छ । उनले पादरित्वका उचित साँचाहरू भएका अगुवाबाट अनुमोदन प्राप्त गर्नु पर्छ । ३०:८ मा पदीय जिम्मेवारी प्रदान गर्न अधिकार प्राप्तहरूलाई सङ्केत गरिएको छ । कुनै व्यक्तिलाई उच्च पादरीको विभागमा पदीय जिम्मेवारी प्रदान गरिंदै गर्दा कुनै एल्डरले वचन उच्चारण गर्नु वा वृत्तमा उभिनु हुँदैन ।

अध्यक्षता गर्ने अगुवाको निर्देशनमा, एक वा धेरै मल्कीसेदेक पादरित्व बाहकहरू पदीय जिम्मेवारी प्रदान गर्न सहभागी हुन सक्छन् । अध्यक्षहरूलाई आफ्ना सल्लाहकारहरू भन्दा अगाडि पदीय जिम्वेवारी दिइन्छ ।

अध्यक्षता गर्ने अगुवाले मल्कीसेदेक पादरित्व धारण गर्ने पति वा पितालाई मन्दिरका लागि पूर्ण रूपमा योग्य नभए तापनि आफ्नी पत्नी वा छोराछोरीलाई पदीय जिम्मेवारी प्रदान गर्नका लागि वृत्तमा खडा हुन अनुमति दिन सक्छन् (हेर्नुहोस् १८.३) ।

१८.११.२

निर्देशनहरू

एक वा बढी अधिकार प्राप्त मल्कीसेदेक पादरित्व बाहकहरूले व्यक्तिको शिरमा हल्का रूपमा हातहरू राख्छन् । त्यसपछि वचन उच्चारण गर्ने व्यक्तिले :

  1. व्यक्तिलाई उनको पूरा नामले पुकार्छन् ।

  2. उनले मल्कीसेदेक पादरित्वको अधिकारबाट कार्य गरिरहेको बताउँछन् ।

  3. व्यक्तिलाई किला, वार्ड, गण वा कक्षामा बोलावटमा पदीय जिम्मेवारी प्रदान गर्छन् ।

  4. यदि व्यक्तिले तिनीहरूलाई प्राप्त गर्नु पर्छ भने साँचाहरू प्रदान गर्छन् ।

  5. आत्माद्वारा मार्गदर्शन गरिए अनुसार आशीर्वादका वचनहरू उच्चारण गर्छन् ।

  6. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

१८.१२

तेल अभिषेक गर्ने

मल्कीसेदेक पादरित्व बाहकहरूले जैतुनको तेललाई बिरामी वा पीडितहरूलाई अभिषेक गर्न प्रयोग गर्नुपूर्व पवित्र गर्नु पर्छ (हेर्नुहोस् याकूब ५:१४) । अन्य तेल प्रयोग गर्नु हुँदैन ।

सदस्यहरूले पवित्र तेल उपभोग गर्नु हुँदैन वा शरीरको पीडा भएका भागहरूमा लगाउनु हुँदैन ।

१८.१२.१

जसले विधि निर्वाह गर्छन्

एक वा धेरै मल्कीसेदेक पादरित्व बाहकहरूले तेललाई पवित्र पार्न सक्छन् । तिनीहरूले पादरित्व अगुवाबाट स्वीकृति लिनु पर्दैन ।

१८.१२.२

निर्देशनहरू

तेल पवित्र पार्नका लागि, मल्कीसेदेक पादरित्व वाहकले:

  1. खोलेको जैतुनको तेलको बोतल लिन्छन् ।

  2. प्रार्थनामा जस्तै स्वर्गका पितालाई सम्बोधन गर्छन् ।

  3. उनले मल्कीसेदेक पादरित्वको अधिकारबाट कार्य गरिरहेको बताउँछन् ।

  4. तेल (बोतल होइन) लाई पवित्र गर्छन् र यसलाई बिरामी र पीडितहरूलाई अभिषेक गर्न र तिनीहरूलाई आशीर्वाद दिनका लागि अभिषेक गर्छन् ।

  5. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

१८.१३

बिरामीहरूलाई प्रशासन गर्ने

बिरामीहरूलाई “हातहरू राखेर” प्रशासन गर्ने सम्बन्धमा दुईवटा अंशहरू छन्: तेलले अभिषेक गर्ने र अभिषेकलाई आशीर्वाद दिएर बाँध्ने । यदि अभिषेक गरिएको तेल उपलब्ध छैन भने, अभिषेक बिना मल्कीसेदेक पदारित्वको अधिकारद्वारा आशीर्वाद दिन सकिन्छ ।

१८.१३.१

जसले आशीर्वाद दिन्छ

केवल योग्य मल्कीसेदेक पादरित्व बाहकहरूले बिरामी वा पीडामा परेकाहरूलाई प्रशासन गर्न सक्छन् । तिनीहरूले पादरित्व अगुवाबाट स्वीकृति लिनु पर्दैन । यदि सम्भव छ भने, मल्कीसेदेक पादरित्व धारण गर्ने पिताले आफ्नो परिवारका बिरामी सदस्यहरूलाई प्रशासन गर्छन् ।

सामान्यतया, दुई वा बढी मल्कीसेदेक पादरित्व बाहकहरूले बिरामीहरूलाई प्रशासन गर्छन् । यद्यपि, एकले अभिषेक र बाँध्ने दुबै निर्वाह गर्न सक्छन् ।

१८.१३.२

निर्देशनहरू

तेलले अभिषेक एक जना मल्कीसेदेक पादरित्व बाहकद्वारा गरिन्छ । उनले:

  1. व्यक्तिको शिरमा पवित्र तेलको एक थोपा राख्छन् ।

  2. व्यक्तिको शिरमा हल्का रूपमा आफ्ना हातहरू राख्छन् र व्यक्तिलाई उनको पूरा नामले पुकार्छन् ।

  3. उनले मल्कीसेदेक पादरित्वको अधिकारबाट कार्य गरिरहेको बताउँछन् ।

  4. उनले बिरामी र पीडितहरूलाई अभिषेक र आशीर्वाद दिनका लागि पवित्र पारिएको तेलले अभिषेक गर्दैछन् भनेर बताउँछन् ।

  5. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

अभिषेकलाई बाँध्न एक वा बढी मल्कीसेदेक पादरित्व बाहकहरूले व्यक्तिको शिरमा आफ्ना हातहरू हल्का रूपमा राख्छन् । त्यसपछि अभिषेकलाई बाँध्ने व्यक्तिले:

  1. व्यक्तिलाई उनको पूरा नामले पुकार्छन् ।

  2. उनले मल्कीसेदेक पादरित्वको अधिकारद्वारा अभिषेकलाई बाँधिएको हो भनेर बताउँछन् ।

  3. आत्माद्वारा मार्गदर्शन गरिए अनुसार आशीर्वादका वचनहरू उच्चारण गर्छन् ।

  4. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

१८.१४

सान्त्वना र सल्लाहको आशीर्वाद सहित पिताको आशीर्वाद

१८.१४.१

कसले आशीर्वाद दिन्छन्

मल्कीसेदेक पादरित्व वाहकहरूले परिवारका सदस्यहरू र अनुरोध गर्ने अरूहरूलाई सान्त्वना र सल्लाहका आशीर्वादहरू दिन सक्छन् ।

मल्कीसेदेक पादरित्व धारण गर्ने पिताले आफ्ना छोराछोरीहरूलाई पिताको आशीर्वाद दिन सक्छन् । अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई आवश्यक पर्दा पिताको आशीर्वाद लिन प्रोत्साहन गर्छन् । पिताको आशीर्वाद व्यक्तिगत प्रयोगका लागि अभिलेख गर्न सकिन्छ ।

मल्कीसेदेक पादरित्व बाहकले सान्त्वना र सल्लाह वा पिताको आशीर्वाद दिनका लागि पादरित्व अगुवाबाट स्वीकृति लिनु पर्दैन ।

१८.१४.२

निर्देशनहरू

सान्त्वना र सल्लाह वा पिताको आशीर्वाद दिनका लागि, एक वा धेरै मल्कीसेदेक पादरित्व बाहकहरूले व्यक्तिको शिरमा हल्का रूपमा हात राख्छन् । त्यसपछि वचन उच्चारण गर्ने व्यक्तिले :

  1. व्यक्तिलाई उनको पूरा नामले पुकार्छन् ।

  2. मल्कीसेदेक पादरित्वको अधिकारद्वारा आशीर्वाद दिदैछन् भनी बताउँछन् ।

  3. आत्माद्वारा निर्देशित आशीर्वाद, सान्त्वना र सल्लाहका वचनहरू उच्चारण गर्छन् ।

  4. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

१८.१५

घरहरू समर्पण गर्ने

मल्कीसेदेक पादरित्वहरूको अधिकारद्वारा चर्चका सदस्यहरूले आफ्ना घरहरूलाई समर्पण गर्न सक्छन् ।

१८.१५.२

निर्देशनहरू

घर समर्पण गर्नका लागि, मल्कीसेदेक पादरित्व बाहकले:

  1. प्रार्थनामा जस्तै स्वर्गका पितालाई सम्बोधन गर्छन् ।

  2. उनले मल्कीसेदेक पादरित्वको अधिकारबाट कार्य गरिरहेका छन् भनेर बताउँछन् ।

  3. पवित्र आत्माले बास गर्न सक्ने स्थानका रूपमा घरलाई समर्पण गर्छन् र आत्माद्वारा मार्गदर्शन प्राप्त गरे अनुसार अन्य वचनहरू उच्चारण गर्छन् ।

  4. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

१८.१६

चिहान समर्पण गर्ने

१८.१६.१

कसले चिहान समर्पण गर्दछ

चिहान समर्पण गर्ने व्यक्तिले मल्कीसेदेक पादरित्वको पद धारण गर्नुपर्छ र सेवा सञ्चालन गर्ने पादरित्व अगुवाबाट अधिकार प्राप्त गर्नु पर्छ ।

१८.१६.२

निर्देशनहरू

चिहान समर्पण गर्नका लागि, एक मल्कीसेदेक पादरित्व बाहकले:

  1. प्रार्थनामा जस्तै स्वर्गका पितालाई सम्बोधन गर्छन् ।

  2. उनले मल्कीसेदेक पादरित्वको अधिकारबाट कार्य गरिरहेका छन् भनेर बताउँछन् ।

  3. दफन गर्ने स्थानलाई मृतकको शरीरका लागि विश्राम स्थानका रूपमा समर्पण र पवित्र पार्छन् ।

  4. यो स्थान पुनरुत्थान नहुँदासम्म (जहाँ उपयुक्त हुन्छ) पवित्र र सुरक्षित हुने छ भनेर प्रार्थना गर्छन् ।

  5. परिवारलाई सान्त्वना दिन स्वर्गका पितालाई आग्रह गर्छन् र आत्माद्वारा निर्देशन प्राप्त गरेअनुसार विचारहरू व्यक्त गर्छन् ।

  6. येशू ख्रीष्टको नाममा समापन गर्छन् ।

यदि चर्चका सदस्यको शरीरलाई दाहसंस्कार गरिन्छ भने, अध्यक्षता गर्ने अगुवाले खरानी राखिएको स्थानलाई समर्पण गर्ने कि नगर्ने भनेर निर्णय गर्न आफ्नो विवेक प्रयोग गर्छन् ।

१८.१७

कुलपिताको आशीर्वाद

हरेक योग्य, बप्तिस्मा प्राप्त सदस्य कुलपिताको आशीर्वाद प्राप्त गर्ने हकदार छन, जसले स्वर्गका पिताबाट प्रेरित निर्देशन प्रदान गर्छन् (हेर्नुहोस् उत्पत्ति ४८:१४-१६; ४९; २ नफी ४:३-११) ।

बिशप वा नियुक्त गरिएका सल्लाहकारले कुलपिताको आशीर्वाद प्राप्त गर्न चाहने सदस्यहरूको अन्तर्वार्ता लिन्छन् । यदि सदस्य योग्य छन् भने, अन्तर्वार्ता लिनेले कुलपिताको आशीर्वादका लागि सिफारिस तयार गर्छन् । उनले यसलाई कुलपिताको आशीर्वाद प्रणाली द्वारा पेश गर्छन् ChurchofJesusChrist.org.

कुलपिताको आशीर्वादका लागि सिफारिस जारी गर्ने व्यक्तिले सदस्य आशीर्वादको महत्त्व र पवित्र प्रकृति बुझ्नका लागि पर्याप्त परिपक्व भएको सुनिश्चित गर्छन् ।

१८.१७.१

कुलपिताको आशीर्वाद प्राप्त गर्ने

सिफारिस प्राप्त गरेपछि, सदस्यले कुलपिताको आशीर्वाद प्राप्त गर्नका लागि समय निर्धारण गर्न कुलपितालाई सम्पर्क गर्छन् । नियुक्तिको दिन, सदस्य प्रार्थनाशील प्रवृत्ति र आइतबारको पोशाकमा कुलपिताकहाँ जानु पर्छ ।

हरेक कुलपिताको आशीर्वाद पवित्र, गोप्य र व्यक्तिगत हुन्छ । तसर्थ, यो उपस्थित हुन सक्ने परिवारका सीमित सदस्यहरू बाहेक व्यक्तिगत रूपमा प्रदान गरिन्छ ।

कुलपिताको आशीर्वाद प्राप्त गर्ने व्यक्तिले यसका वचनहरूको कदर गर्नुपर्छ, मनन गर्नुपर्छ र यस जीवनमा र अनन्तकालमा प्रतिज्ञा गरिएका आशीर्वादहरू प्राप्त गर्न योग्य हुनका लागि जिउनु पर्छ ।

चर्चका सदस्यहरूले आशीर्वादहरू तुलना गर्नु हुँदैन र तिनीहरूलाई नजिकका परिवारका सदस्यहरूलाई बाहेक बताउनु हुँदैन । कुलपिताको आशीर्वाद चर्च सभाहरू वा अन्य सार्वजनिक जमघटहरूमा पढिनु हुँदैन ।