पुस्तिकाहरू र बोलावटहरू
२. मुक्ति र उत्कर्षको कार्यमा व्यक्ति र परिवारहरूलाई सहयोग गर्ने


“२. मुक्ति र उत्कर्षको कार्यमा व्यक्ति र परिवारहरूलाई सहयोग गर्ने,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२. व्यक्ति र परिवारहरूलाई सहयोग गर्ने,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
पारिवारिक फोटो

२.

मुक्ति र उत्कर्षको कार्यमा व्यक्ति र परिवारहरूलाई सहयोग गर्ने

२.०

परिचय

येशू ख्रीष्टको चर्चमा अगुवाका रूपमा, तपाईंले मुक्ति र उत्कर्षको परमेश्वरको कार्य पूरा गर्न व्यक्ति र परिवारहरूलाई सहयोग गर्नुहुन्छ (हेर्नुहोस् १.२) । यस कार्यको अन्तिम उद्देश्य भनेको परमेश्वरका सबै सन्ततिहरूलाई अनन्त जीवनको आशीर्वाद र आनन्दको पूर्णता प्राप्त गर्न सहयोग गर्नु हो ।

मुक्ति र उत्कर्षको अधिकांश कार्य परिवारद्वारा पूरा हुन्छ । चर्चका सबै सदस्यहरूका लागि, यो कार्य घरमा केन्द्रित छ ।

२.१

परमेश्वरको योजनामा परिवारको भूमिका

उहाँको योजनाको अंशका रूपमा, स्वर्गका पिताले पृथ्वीमा परिवारहरू स्थापना गर्नुभएको छ । उहाँ परिवारहरूका लागि हामीमा खुशी ल्याउन चाहनुहुन्छ । परिवारहरूले सिक्ने, उन्नति गर्ने, सेवा गर्ने, पश्चात्ताप गर्ने र क्षमा गर्ने सुअवसरहरू प्रदान गर्दछन् । तिनीहरूले हामीलाई अनन्त जीवनका लागि तयारी गर्न सहयोग गर्न सक्छन् ।

अनन्त जीवनको परमेश्वरको प्रतिज्ञामा अनन्त विवाह, सन्ततिहरू र अनन्त परिवारका अन्य सबै आशीर्वादहरू समावेश छन् । यो प्रतिज्ञा हाल विवाह नगरेका वा चर्चमा परिवार नभएकाहरूलाई लागु हुन्छ ।

२.१.१

अनन्त परिवारहरू

चर्चका सदस्यहरूले मन्दिरमा बाँधिने विधिहरू प्राप्त गरेर करारहरू गर्दा अनन्त परिवारहरू निर्माण हुन्छन् । सदस्यहरूले ती करारहरू पालना गर्दा अनि तिनीहरू कमजोर हुँदा पश्चात्ताप गर्दा अनन्त परिवारका आशीर्वादहरू महसुस गरिन्छन् । चर्चका अगुवाहरूले सदस्यहरूलाई यी विधिहरू प्राप्त गर्न र तिनीहरूका करारहरूको सम्मान गर्न तयार हुन सहयोग गर्दछन् ।

अनन्त परिवारहरू स्थापना गर्ने एक अतिरिक्त पक्ष भनेको मन्दिरमा विधिहरू निर्वाह गर्नु हो जसले सदस्यहरूलाई आफ्ना मृत पुर्खाहरूसँग बाँधिन अनुमति दिन्छ ।

२.१.२

पति र पत्नी

एक पुरुष र एक महिला बीचको विवाह परमेश्वरबाट नियुक्त गरिएको हो (हेर्नुहोस् सिद्धान्त र करार ४९:१५) । एक पति र पत्नी अनन्त जीवन तर्फ सँगै प्रगति गर्नका लागि अभिप्रेरित छन् (हेर्नुहोस् १ कोरिन्थी ११:११) ।

अनन्त जीवन प्राप्त गर्नका लागि आवश्यकताहरू मध्येको एकआवश्यकता भनेको एक पुरुष र एक महिला सेलेस्टियल विवाहको करारमा प्रवेश गर्नु हो (हेर्नुहोस् सिद्धान्त र करार १३१:१–४) । एक दम्पत्तिले मन्दिरमा विवाहमा बाँध्ने विधि प्राप्त गरिसकेपछि यो करार गर्छन् । यो करार अनन्त परिवारको आधार हो आस्थावान् रूपमा पूर्ण गरिँदा, यसले तिनीहरूको वैवाहिक जीवनलाई सदैव रहन अनुमति दिन्छ ।

पति-पत्नीबीचको शारीरिक घनिष्टता सुन्दर र पवित्र बन्नका लागि अभिप्रेरित छ । यो सन्ततिहरूको सृष्टि र पति र पत्नी बीचको प्रेमको अभिव्यक्तिका लागि परमेश्वरले नियुक्त गर्नुभएको हो । सौम्यता र आदरले—स्वार्थले होइन—तिनीहरूको घनिष्ठ सम्बन्धलाई मार्गदर्शन गर्नु पर्दछ ।

परमेश्वरले आज्ञा दिनुभएको छ कि यौन घनिष्टता पुरुष र महिला बीचको विवाहका लागि आरक्षित गरिनु पर्दछ ।

परमेश्वरको दृष्टिमा पति र पत्नी समान छन् । एकले अर्कोमाथि अधिकार जमाउनु हुँदैन । दुबैको पूर्ण सहभागिता सहित एकता र प्रेममा उनीहरूको निर्णय हुनु पर्दछ ।

२.१.३

अभिभावक र बालबालिकाहरू

पछिल्ला दिनका अगमवक्ताहरूले सिकाएका छन् कि “उहाँका सन्ततिहरूका लागि वृद्धि गर्न र पृथ्वीलाई भरिपूर्ण पार्नका लागि परमेश्वरको आज्ञा लागु हुन्छ” (“परिवार: संसारका लागि एक घोषणा”; पनि हेर्नुहोस् सिद्धान्त र करार ४९:१६-१७) ।

मायालु पति-पत्नी मिलेर सन्तति हुर्काउन र पालनपोषण गर्नका लागि उत्तम वातावरण प्रदान गर्दछन् । व्यक्तिगत परिस्थितिले अभिभावकहरूलाई आफ्ना सन्ततिलाई सँगै हुर्काउनबाट रोक्न सक्छ । यद्यपि, तिनीहरूले उहाँको सहयोग खोजेमा र उहाँसँगको आफ्नो करार पूरा गर्न प्रयास गरेमापरमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनुहुने छ ।

आफ्ना सन्ततिहरूलाई अनन्त जीवनका आशीर्वादहरू प्राप्त गर्नका लागि तयार हुन सहयोग गर्ने महत्त्वपूर्ण जिम्मेवारी अभिभावकहरूको हो । तिनीहरूले आफ्ना सन्ततिहरूलाई परमेश्वर र अरूहरूलाई प्रेम गर्न र सेवा गर्न सिकाउँछन् (हेर्नुहोस् मत्ती २२:३६-४०) ।

“पिताहरूले आफ्ना परिवारहरूको प्रेम र धार्मिकतामा अध्यक्षता गर्नु पर्दछ र तिनीहरूका परिवारहरूका लागि जीवन र सुरक्षाका आवश्यकताहरू प्रदान गर्न उत्तरदायी हुन्छन्” (“परिवार: संसारका लागि एक घोषणा”) । जब घरमा पति वा पिता हुँदैनन्, आमाले परिवारको नेतृत्व गर्छिन् ।

परिवारमा अध्यक्षता गर्नु भनेको परिवारका सदस्यहरूलाई परमेश्वरको उपस्थितिमा रहनका लागि फर्कन नेतृत्व गर्न सहयोग गर्नु हो । यो येशू ख्रीष्टको उदाहरण अनुशरण गरेर सौम्यता, विनम्रता र विशुद्ध प्रेमका साथ, सेवा र शिक्षणद्वारा गरिन्छ ( हेर्नुहोस् मत्ती २०:२६-२८) । परिवारको अध्यक्षता गर्नुले परिवारका सदस्यहरूलाई नियमित प्रार्थना, सुसमाचार अध्ययन र उपासनाका अन्य पक्षहरूमा अगुवाइ गर्नुलाई समावेश गर्दछ । यी उत्तरदायित्वहरू पूरा गर्न अभिभावकहरूले एकतामा कार्य गर्दछन् ।

“आफ्ना सन्ततिहरूको पालनपोषणका लागि आमाहरू मुख्य रूपमा जिम्मेवार हुन्छन्” (“परिवार: संसारका लागि एक घोषणा”) । पालनपोषण गर्नु भनेको मुक्तिदाताको उदाहरण अनुशरण गरेर पालनपोषण, सिकाउनु र समर्थन गर्नु हो (हेर्नुहोस् ३ नफी १०:४) । आफ्नो पतिसँग एकतामा, एक आमाले आफ्नो परिवारलाई सुसमाचारका सत्यहरू सिक्न र स्वर्गका पिता र येशू ख्रीष्टमा आस्था विकास गर्न सहयोग गर्छिन् । तिनीहरूले सँगै परिवारमा प्रेमको वातावरण प्रोत्साहन गर्दछन् ।

“यी पवित्र उत्तरदायित्वहरूमा, माता र पिताहरू एकअर्कालाई समान सहभागीका रूपमा सहयोग गर्न उत्तरदायी छन्” (“परिवार: संसारका लागि एक घोषणा”) । तिनीहरूले सँगै र परमप्रभुसँग प्रार्थनापूर्वक सल्लाह गर्दछन् । दुबैको पूर्ण सहभागिता सहित एकता र प्रेममा तिनीहरूले निर्णय गर्दछन् ।

२.२

घरमा मुक्ति र उत्कर्षको कार्य

प्रथम अध्यक्षताले भन्नुभयो, “घर नै धार्मिक जीवनको आधार हो” (प्रथम अध्यक्षताको पत्र, फेब्रूवरी ११, १९९९) ।

घरमा मुक्ति र उत्कर्षको कार्य गर्न सदस्यहरूलाई सहयोग गर्न, चर्चका अगुवाहरूले उनीहरूलाई आत्मा उपस्थित भएको घरको स्थापना गर्न प्रोत्साहन गर्दछन् । तिनीहरूले सदस्यहरूलाई शबाथको दिनको सम्मान गर्न, घरमा सुसमाचार पढ्न र सिक्न र साप्ताहिक गृहसाँझ आयोजना गर्न प्रोत्साहन गर्दछन् ।

२.२.३

घरमा सुसमाचार अध्ययन र सिकाइ

सुसमाचारका शिक्षा र सिकाइ घर-केन्द्रित र चर्च-समर्थित छन् । चर्चका अगुवाहरूले सबै सदस्यहरूलाई शबाथको दिन र हप्ताभारी घरमा सुसमाचार अध्ययन गर्न प्रोत्साहन गर्दछन् ।

आऊ मलाई अनुशरण गर—व्यक्ति र परिवारहरूका लागि मा उल्लिखित धर्मशास्त्रहरूको अध्ययन घरमा सुसमाचार अध्ययनका लागि सुझाव दिइएको पाठ्यक्रम हो ।

२.२.४

गृह साँझ र अन्य क्रियाकलापहरू

पछिल्ला दिनका अगमवक्ताहरूले चर्चका सदस्यहरूलाई साप्ताहिक गृह साँझ आयोजना गर्न सल्लाह दिएका छन् । यो व्यक्ति र परिवारका लागि सुसमाचार सिक्ने, गवाहीहरूलाई मजबुत बनाउने, एकता निर्माण गर्ने र एकअर्काबाट आनन्द लिने पवित्र समय हो ।

गृह साँझ सदस्यहरूको परिस्थितिअनुसार समायोजनयोग्य हुन्छ । यो शबाथ वा अन्य दिन र समयमा आयोजना गर्न सकिन्छ । यसले समावेश गर्न सक्छ:

  • सुसमाचार अध्ययन र निर्देशन (आवश्यकता अनुसार आऊ, मलाई अनुशरण गर सामग्रीहरू प्रयोग गर्न सकिन्छ) ।

  • अरूहरूको सेवा गर्ने ।

  • भजन र प्राथमिक गीतहरू गाउने वा बजाउने (हेर्नुहोस् अध्याय १९) ।

  • बालबालिका र युवाको विकासमा परिवारका सदस्यहरूलाई सहयोग गर्ने ।

  • लक्ष्यहरू निर्धारण गर्न, समस्याहरू समाधान गर्न र तालिकाहरू समन्वय गर्न पारिवारिक परिषद् ।

  • मनोरञ्जनात्मक क्रियाकलापहरू ।

एकल सदस्यहरू र अरूहरू गृह साँझमा सहभागी हुन र सुसमाचार अध्ययनद्वारा एकअर्कालाई मजबुत बनाउन सामान्यतया शबाथ उपासनाका सेवाहरू बाहिरका समुहहरूमा सहभागी हुन सक्छन् ।

२.२.५

व्यक्तिहरूलाई सहयोग गर्ने

चर्चका अगुवाहरूले परिवारको समर्थन नभएका सदस्यहरूलाई सहयोग गर्छन् ।

अगुवाहरूले यी सदस्यहरू र तिनीहरूका परिवारहरूलाई साहचर्य, स्वस्थ सामाजिक अनुभवहरू र आध्यात्मिक उन्नतिका लागि सुअवसरहरू प्राप्त गर्न सहयोग गर्दछन् ।

२.३

घर र चर्च बीचको सम्बन्ध

मुक्ति र उत्कर्षको कार्य घरमा केन्द्रित र चर्चद्वारा समर्थित छ । घर र चर्चबीचको सम्बन्धमा निम्न सिद्धान्तहरू लागु हुन्छन् ।

  • अगुवा र शिक्षकहरूले अभिभावकको भूमिकालाई सम्मान गर्दछन् र तिनीहरूलाई सहयोग गर्दछन् ।

  • प्रत्येक वार्ड वा शाखामा चर्चका केही सभाहरू आवश्यक छन् । यसमा प्रभुभोज र शबाथमा आयोजित कक्षा र गणका वैठकहरू समावेश छन् । अन्य धेरै सभाहरू, गतिविधि र कार्यक्रमहरू आवश्यक छैनन् ।

  • चर्चमा सेवा र सहभागिताले बलिदानको एक मापन समावेश गर्दछ । सदस्यहरूले उहाँको चर्चमा सेवा र बलिदान गर्दा परमप्रभुले तिनीहरूलाई आशीषित गर्नुहुने छ । यद्यपि, चर्च सेवामा दिइएको समयले सदस्यहरूको घरमा, कार्यमा र अन्य स्थानमा आफ्ना उत्तरदायित्वहरू पूरा गर्ने क्षमतामा व्यवधान पुर्‍याउनु हुँदैन ।