पुस्तिकाहरू र बोलावटहरू
१३. शबाथको शिक्षालय


“१३. शबाथको शिक्षालय,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“१३. शबाथको शिक्षालय,” साधारण पुस्तिकाबाट छनोटहरू) ।

छवि
परिवार धर्मशास्त्रहरू अध्ययन गर्दै

१३.

शबाथको शिक्षालय

१३.१

उद्देश्य

शबाथको शिक्षालयका अगुवाहरू, शिक्षकहरू र कक्षाहरूले:

  • “अधिराज्यको सिद्धान्त” सिकाएर स्वर्गका पिता र येशू ख्रीष्टमा आस्था मजबुत पार्छ (सिद्धान्त र करार ८८:७७) ।

  • गृह-केन्द्रित र चर्च-समर्थित सुसमाचार सिकाइ र शिक्षणलाई समर्थन गर्छ ।

  • सदस्यहरूलाई मुक्तिदाताको तरिकामा सिकाउन सहयोग गर्छ ।

१३.२

वार्ड शबाथको शिक्षालयको नेतृत्व

१३.२.१

बिशप्रिक

बिशपरिकले शबाथको शिक्षालयको निरीक्षण गर्छन् । सामान्यतया बिशपले आफ्नो निर्देशनमा यो उत्तरदायित्व पूरा गर्न आफ्ना सल्लाहकारहरू मध्ये एकलाई नियुक्त गर्छन् ।

१३.२.२

शबाथको शिक्षालयको अध्यक्ष

१३.२.२.१

शबाथको शिक्षालयको अध्यक्षको बोलावट गर्ने

बिशपले एक मल्कीसेदेक पादरित्व बाहकलाई वार्ड शबाथको शिक्षालयको अध्यक्ष बन्न बोलावट गर्छन् र पदीय जिम्मेवारी दिन्छन् । यदि सल्लाहकार आवश्यक भएमा अनि यदि यी पदहरूमा सेवा गर्नका लागि पर्याप्त पुरुषहरू छन् भने शबाथको शिक्षालयका अध्यक्षले एक वा दुई सल्लाहकारहरू सिफारिस गर्न सक्छन् ।

१३.२.२.२

उत्तरदायित्वहरू

  • वार्ड परिषदमा सेवा गर्ने ।

  • घर र चर्चमा सुसमाचार सिक्ने र सिकाउने प्रयासहरूको सुधार गर्न निरीक्षण गर्ने ।

  • वयस्क सदस्यहरूलाई शबाथको शिक्षालयमा शिक्षकहरूका रूपमा सेवा गर्नका लागि बिशप्रिकलाई सिफारिस गर्ने ।

  • शबाथको शिक्षालयका शिक्षकहरूलाई समर्थन, प्रोत्साहन र निर्देशन गर्ने ।

  • बिशपद्वारा निर्देशित शिक्षक परिषद् बैठकहरूको नेतृत्व गर्ने (हेर्नुहोस् मुक्तिदाताको तरिकामा सिकाउने,) ।

१३.२.३

शबाथको शिक्षालयका शिक्षकहरू

सिकाउनका लागि तयार रहन, शबाथको शिक्षालयका शिक्षकहरूले धर्मशास्त्रहरूको प्रयोग गर्छन्, आऊ मलाई अनुशरण गर—व्यक्ति र परिवारका लागिआऊ मलाई अनुशरण गर—शबाथको शिक्षालयका लागि

१३.३

शबाथको शिक्षालयका कक्षाहरू

शबाथको शिक्षालयका कक्षाहरू महिनाको पहिलो र तेस्रो आइतबार आयोजना गरिन्छन् ।

बिशप्रिकको स्वीकृतिमा, शबाथको शिक्षालयका अध्यक्षले वयस्क र युवाहरूका लागि कक्षाहरू व्यवस्थित गर्छन् ।

युवाका प्रत्येक कक्षामा कम्तिमा दुई उत्तरदायी वयस्कहरू उपस्थित हुनुपर्छ ।

युवाहरूसँग कार्य गर्ने सबै वयस्कहरूले एक महिनाभित्र बालबालिका र युवा सुरक्षा तालीम पूरा गर्नुपर्छ (ProtectingChildren.ChurchofJesusChrist.org) ।

१३.४

वार्डमा सिकाइ र अध्यापनमा सुधार गर्ने

आफ्नो सङ्गठनमा सिकाइ र शिक्षण सुधार गर्न वार्डका अगुवाहरू उत्तरदायी छन् । यदि आवश्यक परेमा तिनीहरूले वार्डका शबाथको शिक्षालयका अध्यक्षलाई सहयोग गर्नका लागि आग्रह गर्न सक्छन् ।

१३.५

घरमा सिकाइ र अध्यापनमा सुधार गर्ने

आफ्ना छोराछोरीहरूलाई सुसमाचार सिकाउने अभिभावकहरूको उत्तरदायित्व हो । शिक्षकका रूपमा सुधार गर्नका लागि सहयोग गर्न तिनीहरूले शबाथको शिक्षालयका अध्यक्षलाई आग्रह गर्न सक्छन् ।