पुस्तिकाहरू र बोलावटहरू
१४. एकल सदस्यहरू


“१४. एकल सदस्यहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“१४. एकल सदस्यहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मानिसहरू वार्तालाप गर्दै

१४.

एकल सदस्यहरू

१४.०

परिचय

अहिलेसम्म विवाह नगरेका वा सम्बन्धविच्छेद भएका वा विधवा विधुर पुरुष र महिलाहरूले चर्चको सदस्यताको महत्त्वपूर्ण अंश ओगट्छन् । येशू ख्रीष्टको प्रायश्चितद्वारा आशा खोज्नु सबैका लागि महत्त्वपूर्ण छ (हेर्नुहोस् एतेर १२:४) । निम्न अनन्त सत्यहरूले यस्तो आशा विकास गर्नका लागि सहयोग गर्न सक्छ:

  • धर्मशास्त्र र पछिल्ला दिनका अगमवक्ताहरूले प्रमाणित गर्छन् कि सुसमाचारका करारहरू पालना गर्नमा आस्थावान् हुने सबैले उत्कर्षको अवसर प्राप्त गर्ने छन् ।

  • उत्कर्षका आशीर्वादहरू कुन समय र तरिकाले दिइन्छ, सबै सन्दर्भ खुलाइएको छैन । परन्तु तिनीहरू यद्यपि आश्वस्त गरिएका छन् (हेर्नुहोस् मोसीयाह २:४१) ।

  • परमप्रभुलाई प्रतिक्षा गर्नु भनेको उहाँप्रति निरन्तर आज्ञाकारिता र आध्यात्मिक प्रगति गर्नु हो (हेर्नुहोस् यशैया ६४:४) ।

  • परमेश्वरले आफ्ना सबै सन्ततिहरूलाई अनन्त जीवनको प्रस्ताव गर्नुहुन्छ । मुक्तिदाताको क्षमाको अनुग्रही उपहारका लागि योग्य हुने र उहाँका आज्ञाहरू पालना गर्ने सबैले अनन्त जीवन प्राप्त गर्ने छन् । (हेर्नुहोस् मोसीयाह २६:३०; मोरोनी ६:८।)

  • यी आश्वासनहरूमा विश्वास येशू ख्रीष्टमा आस्थामा आधारित छ । उहाँको अनुग्रहद्वारा मरणशीलता सम्बन्धित सबै विषयहरू सही छन् (हेर्नुहोस् अल्मा ७:११-१३) ।

सबै सदस्यहरूले तिनीहरूका वार्ड र किलामा मुक्तिको कार्यमा परमप्रभुलाई सहयोग गर्नु आवश्यक छ (हेर्नुहोस् १ कोरिन्थी १२:१२-२७) । आत्माद्वारा निर्देशित गारिएअनुसार एकल सदस्यहरूलाई नेतृत्व र शिक्षण पदहरूमा बोलावट गरिन्छ ।

यस अध्यायमा:

  • “एकल सदस्यहरू” ले हाल अविवाहित चर्चका सबै वयस्क सदस्यहरूलाई बुझाउँछ ।

  • “युवा एकल वयस्कहरू” ले १८-३० उमेरकाहरूलाई बुझाउँछ ।

  • “एकल वयस्कहरू” ले ३१ र सोभन्दा माथिका उमेरहरूलाई बुझाउँछ ।

१४.१

भौगोलिक एकाइहरूमा एकल सदस्यहरू

१४.१.१

किला नेतृत्व

१४.१.१.२

किला युवा एकल वयस्क र एकल वयस्कका समितिहरू

किला अध्यक्षताले युवा एकल वयस्क समिति सिर्जना गर्छन् ।

किला अध्यक्षताले एकल वयस्क समिति पनि सिर्जना गर्न सक्छन् ।

समितिहरूले मित्रता र सुअवसरहरूका माध्यमद्वारा सदस्यहरूलाई मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन सहयोग गर्न खोज्छन् (हेर्नुहोस् १४.२) ।

१४.१.२

वार्डका नेतृत्व

१४.१.२.१

बिशपरिक

एकल सदस्यहरूलाई मुक्ति र उत्कर्षको कार्यमा संलग्न गराउनका लागि बिशपरिक प्रमुख हुन्छन् । तिनीहरूले एकल सदस्यहरूको लागि अर्थपूर्ण बोलावट र कार्यभारहरूको पहिचान गर्न वार्ड परिषद्सँग कार्य गर्छन् । तिनीहरूले एकल अभिभावकहरूका आवश्यकताहरू पूरा गर्नका लागि सहयोग गर्न पहिचान र प्रयास गर्छन् ।

  • बिशपरिकका सदस्यले प्रत्येक युवा एकल वयस्कसँग कम्तिमा वर्षमा एक पटक भेटघाट गर्छन् ।

  • बिशपरिकले वार्ड युवा एकल वयस्क समितिलाई सङ्गठित गर्न सक्छन् ।

१४.१.२.२

युवा एकल वयस्कहरूका लागि एल्डरहरूको गण र राहत समाजका अध्यक्षताका सदस्यहरूलाई नियुक्त गरियो

एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरूले युवा एकल वयस्कहरूलाई सहयोग गर्न आफ्नो अध्यक्षताका सदस्यहरूलाई नियुक्त गर्न सक्छन् । यी अध्यक्षताका सदस्यहरूले युवा एकल वयस्कहरूको शक्तिका सम्बन्धमा सिक्छन् र तिनीहरूका आवश्यकताहरू पूरा गर्न सहयोग गर्छन् ।

एल्डरहरूको गणका अध्यक्ष र राहत समाजका अध्यक्षले वार्ड परिषद् सभामा यी प्रयासहरूका सम्बन्धमा विवरण दिन सक्छन् ।

१४.१.२.३

युवा एकल वयस्क अगुवाहरू

धेरै युवा एकल वयस्कहरू भएको वार्डमा बिशपरिकले युवा एकल वयस्क पुरुष र महिलालाई युवा एकल वयस्क अगुवाहरूमा बोलावट गर्न सक्छन् । तिनीहरूका उत्तरदायित्वहरूमा यी समावेश छन्:

  • युवा एकल वयस्कहरूलाई मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुन सहयोग गर्ने (हेर्नुहोस् १४.२) ।

  • किला युवा एकल वयस्क समितिमा सेवा गर्ने ।

  • गठन गरिएको भए वार्ड युवा एकल वयस्क समितिको नेतृत्व गर्ने ।

  • एल्डरहरूको गणको अध्यक्षता र राहत समाजको अध्यक्षता सँग नियमित भेटघाट गर्ने । यी सभाहरूमा तिनीहरूले युवा एकल वयस्कहरूको शक्ति र तिनीहरूका आवश्यकताहरू पूरा गर्न कसरी सहयोग गर्ने भनेर छलफल गर्छन् । तिनीहरूले युवा एकल वयस्कहरूका सेवामा पनि ध्यान केन्द्रित गर्छन् ।

१४.२

मुक्ति र उत्कर्षको कार्यमा सहभागी हुने

१४.२.१

येशू ख्रीष्टको सुसमाचारअनुसार जिउने

१४.२.१.१

गृह साँझ र सुसमाचार अध्ययन

सहभागी हुन चाहने अगुवाहरू वा सदस्यहरूले एकल वयस्कहरूका लागि एक वा धेरै गृहसाँझ समूहहरू र युवा एकल वयस्कहरूका लागि अन्य समूहहरू सङ्गठित गर्न सक्छन् ।

१४.२.१.३

क्रियाकलापहरू

वार्ड वा किला अगुवाहरूको निर्देशनमा युवा एकल वयस्कहरूले तिनीहरूका लागि योजना बनाउन र विशेष गरी क्रियाकलापहरूमा सहभागी हुन सक्छन् । उदाहरणहरूले समावेश गर्न सक्छन्:

  • मन्दिर भ्रमणहरू ।

  • परिवारिक इतिहासको कार्य ।

  • सुसमाचार बाँढ्ने ।

  • सामुदायिक सेवा ।

  • सङ्गीत र सांस्कृतिक कार्यक्रमहरू ।

  • खेलकुदहरू ।

किलाका अगुवाहरूको निर्देशनमा एकल वयस्कहरूले किला स्तरमा समान प्रकृतिका क्रियाकलापहरू योजना गर्न सक्छन् ।