पुस्तिकाहरू र बोलावटहरू
२१. सेवा गर्ने


“२१. सेवा गर्ने साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२१. सेवा गर्ने,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
पुरुषहरू ढुङ्गा उठाउँदै

२१.

सेवा गर्ने

२१.०

परिचय

सेवा गर्नु भनेको मुक्तिदाताले गर्नुभए जस्तै अरूहरूको सेवा गर्नु हो (हेर्नुहोस् मत्ती २०:२६-२८) ।

परमप्रभुले उहाँको चर्चका सबै सदस्यहरूले यस्तो हेरचाह प्राप्त गरेको चाहनुहुन्छ । यस कारणले गर्दा पादरित्व बाहकहरूलाई प्रत्येक सदस्यका परिवारमा सेवा गर्ने बन्धुहरूका रूपमा नियुक्त गरिएको छ । सेवा गर्ने दिदीबहिनीहरू प्रत्येक वयस्क दिदीबहिनीका लागि नियुक्त गरिएको छ ।

२१.१

सेवा गर्ने दिदीबहिनी र दाजुभाइहरूका उत्तरदायित्वहरू

सेवा गर्ने दिदीबहिनी र दाजुभाइहरूको तिनीहरूका लागि नियुक्त गरिएका व्यक्ति र परिवारहरूका लागि निम्न उत्तरदायित्वहरू छन्:

  • तिनीहरूलाई स्वर्गका पिता र येशू ख्रीष्टमा उनीहरूको आस्था मजबुत बनाउनका लागि सहयोग गर्नुहोस् ।

  • उनीहरूलाई विधिहरू प्राप्त गर्दा परमेश्वरसँग पवित्र करारहरू निर्माण गर्न र पालना गर्न तयार हुन सहयोग गर्नुहोस् ।

  • आवश्यकताहरू बुझ्नुहोस् र ख्रीष्टको जस्तै प्रेम, हेरचाह र सेवा प्रदान गर्नुहोस् ।

  • तिनीहरूलाई आध्यात्मिक र अस्थायी रूपमा आत्मनिर्भर बन्न सहयोग गर्नुहोस् ।

२१.२

सेवाको आयोजना गर्ने

२१.२.१

कार्यभारहरू निर्धारण गर्ने

एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरूले प्रार्थनापूर्वक सेवा गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यहरू निर्धारण गर्छन् । सामान्यतया तिनीहरूले दुई दाजुभाइ वा दुई दिदीबहिनीहरूलाई साथीका रूपमा नियुक्त गर्छन् । तिनीहरूले सेवाका सहयात्री र कार्यभारहरूका लागि बिशपको स्वीकृति खोज्छन् ।

कुनै विवाहित दम्पतीलाई एक व्यक्ति वा परिवारको सेवा गर्ने जिम्मेवारी दिइन सकिन्छ ।

सेवा गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई बोलावट, समर्थन वा पदीय जिम्मेवारी प्रदान गरिंदैन ।

२१.२.२

युवाहरूका लागि सेवाका कार्यभारहरू

जब कुनै युवती इच्छुक र सक्षम भएमा तिनले राहत समाजकी दिदीबहिनीको सेवा गर्ने सहयात्रीका रूपमा सेवा गर्न सक्छिन् । उनी १४ वर्ष पुगेपछि सेवा सुरु गर्न सक्छिन् ।

शिक्षक वा पादरी पदमा नियुक्त गरिएका कुनै पनि युवाले मल्कीसेदेक पादरित्व बाहकसँग सेवा गर्ने सहयात्रीका रूपमा सेवा गर्छ ।

२१.३

सेवाका अन्तर्वार्ताहरू

एल्डरहरूको गणका अध्यक्ष र उनका सल्लाहकारहरूले सेवा गर्ने दाजुभाइहरूको अन्तर्वार्ता लिन्छन् । राहत समाजकी अध्यक्ष र उनका सल्लाहकारहरूले सेवा गर्ने दिदीबहिनीहरूको अन्तर्वार्ता लिन्छन् ।

यी अन्तर्वार्ताहरू प्रत्येक त्रैमासिकमा कम्तिमा पनि एक पटक आयोजना गरिन्छन् ।

तिनीहरूका उद्देश्यहरू निम्न छन्:

  • नियुक्त गरिएका व्यक्ति र परिवारको शक्ति, आवश्यकता र चुनौतीहरूका सम्बन्धमा सल्लाह गर्नुहोस् ।

  • आवश्यक भएमा विधिहरू प्राप्त गर्नका लागि तयार रहन व्यक्तिहरूलाई सहयोग गर्ने तरिकाहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

  • एल्डरहरूको गण, राहत समाज, वार्ड परिषद् र अरूहरूले कसरी सहयोग गर्न सक्छन् भनेर विचार गर्नुहोस् ।

  • सेवा गर्ने दाजुभाइहरू तथा दिदीबहिनीहरूलाई सिकाउनुहोस् र प्रोत्साहन गर्नुहोस् ।

२१.४

सेवाका प्रयासहरूलाई समन्वय गर्ने

राहत समाज र एल्डरहरूको गणका अध्यक्षताहरू कम्तिमा त्रैमासिक रूपमा भेला हुन्छन् । तिनीहरूले सेवाका अन्तर्वार्ताहरूमा के सिकेका छन् समीक्षा गर्छन् (हेर्नुहोस् २१.३) । तिनीहरूले सेवाका कार्यहरूलाई पनि समन्वय गर्छन् ।

थोरै सक्रिय सदस्यहरू भएका एकाइहरूमा, राहत समाज र एल्डरहरूको गणका अध्यक्षताहरूले केही सदस्यहरूलाई सेवा गर्ने दिदीबहिनी र सेवा गर्ने दाजुभाइहरू दुबै नियुक्त नगर्ने निर्णय गर्न सक्छन् ।