पुस्तिकाहरू र बोलावटहरू
२२. अस्थायी आवश्यकताहरू उपलब्ध गर्ने र आत्मनिर्भरता निर्माण गर्ने


“२२. अस्थायी आवश्यकताहरू उपलब्ध गर्ने र आत्मनिर्भरता निर्माण गर्ने “ साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२२. अस्थायी आवश्यकताहरू उपलब्ध गर्ने र आत्मनिर्भरता निर्माण गर्ने “ साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मानिस काम गर्दै

२२.

अस्थायी आवश्यकताहरू उपलब्ध गर्ने र आत्मनिर्भरता निर्माण गर्ने

२२.०

परिचय

चर्चका सदस्यहरूले “एउटाले अर्काको बोझ बोक्ने, … शोक गर्नेहरूसँग शोक गर्ने …, र सान्त्वनाको आवश्यकतामा परेकाहरूलाई सान्त्वना दिने” करार गर्छन् मोसीयाह १८:८-९) ।

चर्चका सदस्यहरूलाई लगनशील काम र परमप्रभुको सहयोगद्वारा आफ्नै आत्मनिर्भरतालाई मजबुत बनाउन पनि सल्लाह दिइन्छ । आत्मनिर्भरता भनेको आफ्नो र परिवारका लागि जीवनका आध्यात्मिक र भौतिक आवश्यकताहरू उपलब्ध गर्ने क्षमता, प्रतिवद्धता र प्रयास हो ।


व्यक्तिगत र पारिवारिक प्रयासहरू


२२.१

आत्मनिर्भरता निर्माण गर्नुहोस्

परमप्रभुको सहयोगमा, सदस्यहरूले निम्न तरिकाहरूमा आत्मनिर्भरता निर्माण गर्छन्:

  • आध्यात्मिक, शारीरिक र संवेगात्मक शक्तिको विकास गर्ने ।

  • शिक्षा र रोजगारी प्राप्त गर्ने ।

  • भौतिक तयारीमा सुधार गर्ने ।

२२.१.४

अस्थायी तयारी

धर्मशास्त्रहरूले तयार हुनुको महत्त्व सिकाउँछन् (हेर्नुहोस् इजकिएल ३८:७; सिद्धान्त र करार ३८:३०) । सदस्यहरूलाई तयार हुन सल्लाह दिइन्छ ताकि तिनीहरूले आफ्नो, आफ्नो परिवार र आवश्यकताको समयमा अरूहरूको हेरचाह गर्न सकून् ।

निम्नद्वारा सदस्यहरूले आफ्नो वित्तीय तयारीमा वृद्धि गर्छन्:

  • दशांश र भेटीहरू तिरेर (हेर्नुहोस् मलाकी ३:८-१२) ।

  • सकेसम्म ऋण हटाएर र परित्याग गरेर ।

  • बजेट तयारी गरेर र बजेटत्यसभित्र ।

  • भविष्यका लागि वचत गरेर ।

  • आफ्नो र आफ्ना परिवारका लागि उपलब्ध गराउनका लागि तिनीहरूलाई सहयोग गर्न उपयुक्त शिक्षा प्राप्त गरेर (हेर्नुहोस् २२.३.३) ।

पूर्वतयारीमा आपतकालिन समयमा आधारभूत आवश्यकताहरूको हेरचाह कसरी गर्ने भनेर योजना निर्माण गर्नु पनि समावेश छ । खाना, पानी र अन्य आवश्यकताहरूको छोटो-अवधि र दीर्घकालीन आपूर्तिको निर्माण गर्न सदस्यहरूलाई प्रोत्साहन गरिन्छ ।

२२.२

अस्थायी र संवेगात्मक आवश्यकता भएकाहरूलाई सेवा गर्ने

परमप्रभुका अनुयायीहरूलाई “प्रेम … र एकअर्काको सेवा गर्न” र “सहयोगको आवश्यकतामा परेकाहरूलाई सहयोग गर्न” सिकाइएको छ” मोसीयाह ४:१५-१६) । सदस्यहरूका अद्वित्तीय शक्ति र आवश्यकताहरू बुझ्दै, मुक्तिदाताले हेर्नुभएको जस्तै रूपमा उनीहरूले अरूहरूलाई हेर्ने प्रयास गर्छन् । यी आवश्यकताहरूमा खाना, कपडा, आवास, शिक्षा, रोजगारी, शारीरिक स्वास्थ्य र संवेगात्मक कल्याण समावेश हुन सक्छ ।

२२.२.१

परमप्रभुको भण्डार गृह

भौतिक आवश्यकता भएकाहरूलाई सहयोग गर्न चर्चमा उपलब्ध सबै स्रोतहरूलाई परमप्रभुको भण्डार भनिन्छ (हेर्नुहोस् सिद्धान्त र करार ८२:१८-१९) । यसमा आवश्यक परेकाहरूलाई सहयोग गर्न सदस्यहरूको समय, प्रतिभा, दया, सामग्री र आर्थिक स्रोतहरू समावेश छन् ।

परमप्रभुको भण्डार प्रत्येक वार्ड र किलामा अवस्थित छ । अगुवाहरूले प्रायश: व्यक्ति र परिवारहरूलाई वार्ड र किलाका सदस्यहरूद्वारा प्रस्तावित ज्ञान, सीप र सेवामा चित्रण गरेर तिनीहरूका आवश्यकताहरूको समाधान खोज्न सहयोग गर्न सक्छन् ।

२२.२.२

उपवास र उपवास भेटीको नियम

परमप्रभुले आफ्ना जनहरूलाई आशीर्वाद दिन र आवश्यकतामा परेकाहरूलाई सेवा गर्ने मार्ग प्रदान गर्नका लागि उपवास र उपवास भेटीको नियम स्थापना गर्नुभएको छ । सदस्यहरूले उपवासको नियममा जीवन जिउँदा परमप्रभुसँग नजिक हुन्छन् र आध्यात्मिक शक्तिको वृद्धि गर्छन् । (हेर्नुहोस् यशैया ५८:६-१२; मलाकी ३:८-१२) ।

उपवास कुनै पनि समयमा गर्न सकिन्छ । यद्यपि, सदस्यहरूले सामान्यतया महिनाको पहिलो शबाथलाई उपवास दिनका रूपमा पालना गर्छन् । सामान्यतया कुनै उपवासको दिनले निम्नलाई समावेश गर्छ:

  • प्रार्थना गर्ने

  • २४-घण्टाको अवधि (शारीरिक रूपमा सक्षम भएमा) का लागि खाना र पेय बिना बिताउने ।

  • उदार उपवास भेटीहरू दिने

उपवास भेटी आवश्यकतामा परेकाहरूलाई सहयोग गर्नका लागि दान हो । जब सदस्यहरू उपवास बस्छन्, तिनीहरूलाई नखाएको खानाको कम्तिमा मूल्य बराबरको भेटी दिन आमन्त्रण गरिन्छ ।

सदस्यहरूले आफ्ना उपवास भेटी र भरेका दशांश र अन्य भेटीहरूका फारम बिशप वा उनका सल्लाहकारहरूलाई दिन सक्छन् । केही क्षेत्रहरूमा, तिनीहरूले आफ्नो अनलाइन दान पनि दिन सक्छन् ।


अगुवाहरूका प्रयासहरू


२२.३

आत्मनिर्भरता निर्माण र आवश्यकतामा परेकाहरूलाई सेवा गर्नका लागि नमूना

२२.३.१

आवश्यकतामा परेकाहरूलाई खोज्नुहोस्

आवश्यकतामा परेकाहरूलाई खोज्ने र हेरचाह गर्ने बिशपको पवित्र उत्तरदायित्व हो (हेर्नुहोस् सिद्धान्त र करार ८४:११२) । यस उत्तरदायित्वमा बिशपलाई सहयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेहरूमा यिनीहरू समावेश छन्:

  • सेवा गर्ने दाजुभाइ तथा दिदीबहिनीहरू ।

  • राहत समाज र एल्डरहरूको गणका अध्यक्षताहरू।

  • बिशपका सल्लाहकारहरू ।

  • वार्ड परिषद्का अन्य सदस्यहरू ।

२२.३.२

सदस्यहरूलाई छोटो-अवधिका आवश्यकताहरू मूल्याङ्कन गर्न र सम्बोधन गर्न सहयोग गर्नुहोस्

सदस्यहरूले आफ्नै प्रयास र विस्तारित परिवारको सहयोगबाट आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्ने प्रयास गर्छन् । जब यो अपर्याप्त हुन्छ, सदस्यहरूलाई अन्य स्रोतहरूबाट सहयोग आवश्यक पर्न सक्छ जस्तै:

  • सरकारी र सामुदायिक स्रोतहरू (हेर्नुहोस् २२.१२) ।

  • चर्चको सहयोग ।

चर्चको सहयोगमा खाना, सरसफाइका सामग्रीहरू, कपडा, आवास वा अन्य आधारभूत विषयहरू जस्ता अल्पकालीन आवश्यकताहरूमा सहयोग समावेश हुन सक्छन् । बिशपहरूले यी आवश्यकताहरू पूरा गर्न उपवास भेटीहरू प्रयोग गर्न सक्छन् । जहाँ बिशपका रीतहरू उपलब्ध छन्, बिशपहरूले सामान्यतया खाना र अन्य आधारभूत सामग्रीहरू उपलब्ध गराउन प्रयोग गर्छन् (हेर्नुहोस् “बिशपका रीत र सन्दर्भहरू;” अगुवा र कारिन्दाका संसाधनहरू [LCR]मा) ।

२२.३.३

सदस्यहरूलाई दीर्घकालीन आत्मनिर्भरता निर्माण गर्न सहयोग गर्नुहोस्

सदस्यहरूलाई दीर्घकालीन चुनौतीहरू सम्बोधन गर्न निरन्तर समर्थन आवश्यक हुन सक्छ । शिक्षा, व्यावसायिक प्रशिक्षण वा अन्य स्रोतहरूले उनीहरूलाई आत्मनिर्भर बनाउन र तिनीहरूको दीर्घकालीन आवश्यकताहरू पूरा गर्न सहयोग गर्न सक्छन् ।

आत्मनिर्भरताको योजनाले सदस्यहरूलाई तिनीहरूको शक्ति र आवश्यकताहरू पहिचान गर्न सहयोग गर्छ । यसले तिनीहरूलाई उपयोगी स्रोतहरू पहिचान गर्न पनि सहयोग गर्छ । यो योजना प्रत्येक पटक चर्चको सहयोगलाई मनन गर्दा उपयोग गर्नुपर्छ ।

२२.३.४

संवेगात्मक आवश्यकता भएकाहरूलाई सेवा गर्नुहोस्

धेरै सदस्यहरूले संवेगात्मक चुनौतीहरू अनुभव गर्छन् । सेवा गर्ने दाजुभाइ तथा दिदीबहिनीहरू र वार्डका अगुवाहरू सदस्यहरूलाई यी चुनौतीहरूको सामना गर्नका लागि सहयोग गर्ने साधन हुन सक्छन् ।

२२.४

चर्चको सहयोग प्रदान गर्ने नीतिहरू

परमप्रभुको सहयोगमा, सदस्यहरूले आफ्नो र आफ्नो परिवारको लागि प्रबन्ध गर्न खोज्छन् ।

चर्चको सहायता सदस्यहरूलाई स्वतन्त्रता विकास गर्न सहयोग गर्नका लागि हो, निर्भरता होइन । दिइने कुनै पनि सहयोगले सदस्यहरूलाई आत्मनिर्भर बन्ने प्रयासमा मजबुत बनाउनुपर्छ ।

२२.४.१

व्यक्तिगत र पारिवारिक उत्तरदायित्वलाई प्रोत्साहन गर्नुहोस्

अगुवाहरूले सिकाउँछन् कि व्यक्ति र परिवारको आफ्नै भौतिक, संवेगात्मक र आध्यात्मिक कल्याणका लागि प्राथमिक उत्तरदायित्व छ ।

चर्चको सहयोग प्रदान गर्नुपूर्व, बिशप (वा उनले नियुक्त गरेका अर्का अगुवा वा सदस्य)ले सदस्यहरूले तिनीहरूका आफ्नै आवश्यकताहरू पूरा गर्न कुन स्रोतहरू प्रयोग गरिरहेका छन् भनेर समीक्षा गर्छन् ।

२२.४.२

अत्यावश्यक आवश्यकताहरूका लागि अस्थायी सहयोग प्रदान गर्नुहोस्

सदस्यहरूले आत्मनिर्भर बन्न प्रयास गर्दा चर्चको सहयोगको लक्ष्य अस्थायी रूपमा आधारभूत आवश्यकताहरू पूरा गर्नु हो ।

सहयोगको रकम र अवधिलाई विचार गर्दा बिशपहरूले सही निर्णय गर्नुपर्छ र आध्यात्मिक निर्देशन खोज्नुपर्छ । तिनीहरू निर्भरता सिर्जना नगर्ने दयालु र उदार हुनुपर्छ ।

२२.४.३

नगद भन्दा पनि सामाग्रीहरू वा सेवाहरू प्रदान गर्नुहोस्

सम्भव भएमा, बिशपले नगद दिनुबाट पर रहनु पर्छ । बरू, उनले सदस्यहरूलाई सामग्रीहरू वा सेवाहरू प्रदान गर्न उपवास भेटी वा बिशपको निर्देशनहरू प्रयोग गर्नुपर्छ । सदस्यहरूले त्यसपछि अन्य आवश्यकताहरूका लागि भुक्तानी गर्न आफ्नै पैसा प्रयोग गर्न सक्छन् ।

जब यो पर्याप्त हुँदैन, बिशपले अस्थायी रूपमा आवश्यक रसीदहरू तिर्न उपवास भेटीहरू प्रयोग गरेर सहयोग गर्न सक्छन् (हेर्नुहोस् २२.५.२) ।

२२.४.४

कार्य वा सेवाका अवसरहरू प्रस्ताव गर्नुहोस्

बिशपहरूले सहयोग प्राप्त गर्नेहरूलाई कार्य गर्न वा आफ्नो क्षमताको हदसम्म सेवा प्रदान गर्न आमन्त्रण गर्छन् । यसले सदस्यहरूलाई मर्यादाको भावना कायम राख्न सहयोग गर्छ । यसले तिनीहरूको आत्मनिर्भर हुने क्षमता पनि वृद्धि गर्छ ।

२२.४.५

चर्च सहयोगका सम्बन्धमा जानकारी गोप्य राख्नुहोस्

बिशप र वार्डका अन्य अगुवाहरूले चर्चको सहयोग आवश्यक पर्ने सदस्यहरूका सम्बन्धमा कुनै पनि जानकारी गोप्य राख्छन् । यसले सदस्यहरूको गोपनीयता र मर्यादाको रक्षा गर्छ ।

२२.५

चर्च सहयोग प्रदान गर्ने नीतिहरू

खाना र अन्य आधारभूत सामग्रीहरूका लागि उपवास भेटीहरू वा बिशपको निर्देशहरूद्वारा सहयोग प्रदान गर्दा चर्चका अगुवाहरूले यस खण्डका उल्लिखित नीतिहरू पालना गर्नुपर्छ ।

२२.५.१

चर्च सहयोग प्राप्तकर्ताहरूका सम्बन्धमा नीतिहरू

२२.५.१. १

वार्डका सदस्यहरूका लागि सहयोग

सामान्यतया, चर्चको सहयोग प्राप्त गर्ने सदस्यहरूले वार्डको सीमामा भित्र बस्नुपर्छ र वार्डमा तिनीहरूको सदस्यताको अभिलेख हुनुपर्छ । ती सदस्य नियमित रूपमा चर्चका सभाहरूमा उपस्थित भएमा वा नभएमा अथवा चर्चका मापदण्डहरू अनुशरण गरेतापनि या नगरेतापनि सहायता प्रदान गर्न सकिन्छ ।

२२.५.१.२

बिशप र किला अध्यक्षहरूका लागि सहयोग

बिशपले आफ्नो वा आफ्नो परिवारका लागि उपवास भेटीहरू प्रयोग गर्न वा बिशपको निर्देशनलाई अनुमोदन गर्नुपूर्व किला अध्यक्षको लिखित स्वीकृति आवश्यक हुन्छ ।

२२.५.१.४

चर्चका सदस्यहरू नभएका व्यक्तिहरूलाई सहयोग

चर्चका सदस्यहरू नभएका व्यक्तिहरूलाई प्राय: सहयोगका लागि स्थानीय सामुदायिक स्रोतहरूमा पठाइन्छ । दुर्लभ अवसरहरूमा, आत्माद्वारा निर्देशित भएमा बिशपले तिनीहरूलाई उपवास भेटीहरू वा बिशपको निर्देदेशद्वारा सहयोग गर्न सक्छ ।

२२.५.२

उपवास भेटीहरू प्रयोग गर्ने नीतिहरू

२२.५.२.१

चिकित्सा वा अन्य स्वास्थ्य सेवा

चिकित्सा, दन्त वा मानसिक स्वास्थ्यका खर्च तिर्न चर्चको प्रत्येक क्षेत्रले उपवास भेटीहरू उपयोग गर्नका लागि अनुमोदन सीमाहरू स्थापना गरेको छ ।

स्वीकृति रकम र मार्गदर्शनहरूका लागि, हेर्नुहोस् “चिकित्सा खर्चका लागि उपवास भेटीहरूको प्रयोग) ।”

२२.५.२.३

उपवास भेटीहरूको पुन: भुक्तानी

सदस्यहरूले चर्चबाट प्राप्त गर्ने उपवास भेटीको सहयोगलाई फिर्ता गर्नु पर्दैन ।

२२.५.२.४

वार्ड उपवास-भेटी खर्च रकम

बिशपहरूले वार्ड सदस्यहरूका लागि उपवास भेटीको सहयोगलाई वार्ड भित्र सङ्कलन गरिएको चन्दाको मात्रामा सीमित गर्नु आवश्यक छैन ।

२२.५.३

भुक्तानी गर्ने नीतिहरू

यदि सम्भव छ भने, सिधै वस्तु र सेवाहरू प्रदान गर्ने व्यवसायहरूलाई भुक्तानीहरू गरिनुपर्छ ।

२२.५.४

भुक्तानी सम्बन्धी नीतिहरू जसले बिशप वा किला अध्यक्षलाई लाभ पुर्‍याउँछन्

सदस्यहरूलाई उपवास भेटीको सहयोग प्रदान गर्दा, कुनै बिशपले उनलाई व्यक्तिगत रूपमा लाभ पुग्ने तरिकाले सामग्रीहरू वा सेवाहरूको भुक्तानी गर्न कोषको प्रयोग गर्न सक्दैन ।

यदि सदस्यका लागि उपवास भेटीबाट भुक्तानीले किला अध्यक्ष वा उनको स्वामित्वमा रहेको व्यवसायलाई लाभ पुर्‍याउँछ भने क्षेत्रीय अध्यक्षताको स्वीकृति आवश्यक छ ।

२२.६

वार्ड अगुवाहरूको भूमिका

२२.६.१

बिशप र उनका सल्लाहकारहरू

बिशपसँग अस्थायी आवश्यकतामा रहेकाहरूलाई खोज्ने र हेरचाह गर्ने दैवी आदेश छ (हेर्नुहोस् सिद्धान्त र करार ८४:११२) । उनले यसको अधिकांश कार्य राहत समाज र एल्डरहरूको गणका अध्यक्षताहरूलाई प्रत्यायोजन गर्छन् । यद्यपि, केवल केही कर्तव्यहरू मात्रै बिशपद्वारा निर्वाह गरिन्छ । उदाहरणका लागि, बिशपले:

  • प्रदान गरिएको कुनै पनि अस्थायी सहायताको प्रकार, रकम र अवधि निर्धारण गर्छन् ।

  • उपवास भेटी (हेर्नुहोस् २२.४२२.५) र खाना र अन्य आधारभूत सामानहरूको लागि विशपको आदेश (हेर्नुहोस् २२.१३)लाई स्वीकृत गर्छन् ।

  • व्यक्तिगत रूपमा सदस्यहरूको आत्मनिर्भरताका योजनाहरूको समीक्षा गर्छन् । उनले वार्डका अन्य अगुवाहरूलाई ती योजनाहरूलाई आवश्यकताअनुसार अनुगमन गर्न जिम्मेवारी दिन्छन् ।

बिशप र उनका सल्लाहकारहरूका निम्न उत्तरदायित्वहरू छन्:

  • (१) भौतिक र संवेगात्मक आवश्यकतामा रहेकाहरूको हेरचाह गर्ने र (२) आत्मनिर्भरता निर्माण गर्ने (हेर्नुहोस् २२.१)सम्बन्धि सिद्धान्त र आशीर्वाद सिकाउने ।

  • उपवासको नियम सिकाउने र सदस्यहरूलाई उदार उपवास भेटी दिन प्रोत्साहित गर्ने (हेर्नुहोस् २२.२.२) ।

  • उपवास भेटीहरू एकत्रित गर्ने र अभिलेख राख्ने सम्बन्धमा निरीक्षण गर्ने (हेर्नुहोस् ३४.३.२) ।

२२.६.२

राहत समाज र एल्डरहरूको गणका अध्यक्षताहरू

बिशपको निर्देशनमा, राहत समाज र एल्डरहरूको गणका अध्यक्षताहरूले वार्डमा आवश्यकतामा रहेकाहरूको हेरचाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् (हेर्नुहोस् ८.२.२९.२.२) । यी अगुवाहरूले वार्ड सदस्यहरूलाई सिकाउँछन्:

  • आवश्यकता भएकाहरूलाई सेवा गर्न ।

  • उपावसको नियम पालना गर्न ।

  • आत्मनिर्भरता निर्माण गर्न ।

  • व्यक्तिगत र पारिवारिक तयारी अभिवृद्धि गर्न ।

२२.६.३

सेवा गर्ने दाजुभाइ वा दिदीबहिनीहरू

आध्यात्मिक र भौतिक आवश्यकताहरूका लागि सहयोग प्रायः सेवा गर्ने दाजुभाइहरू तथा दिदीबहिनीहरूबाट सुरू हुन्छन् (हेर्नुहोस् २१.१) । तिनीहरूले सेवा गर्नेहरूका आवश्यकताहरू एल्डरहरूको गण वा राहत समाजका आफ्ना अध्यक्षताहरूलाई सेवाका अन्तर्वार्ताहरू र अन्य समयमा आवश्यकटहरूको जानकारी गराउँछन् । गोप्य आवश्यकताहरू तिनीहरूले सिधै बिशपसँग बाँढ्न सक्छन् ।

२२.७

वार्ड परिषद्को भूमिका

वार्ड परिषद्को महत्त्वपूर्ण भूमिका भनेको आवश्यकतामा परेकाहरूलाई कसरी हेरचाह गर्ने र तिनीहरूलाई आत्मनिर्भर बन्न सहयोग गर्ने सम्बन्धमा योजना निर्माण गर्नु हो (हेर्नुहोस् ४.४) । परिषद्का सदस्यहरूले सेवाको अन्तर्वार्ता र आवश्यकतामा परेकाहरूसँगको आफ्नै व्यक्तिगत सम्पर्कबाट प्राप्त जानकारीमा यी योजनाहरूलाई आधारित गर्छन् । सदस्यहरूका आवश्यकताहरू छलफल गर्दा, परिषदले गोपनीयता अनुरोध गर्ने कुनै पनि व्यक्तिको चाहनालाई सम्मान गर्छन् ।

२२.८

वार्ड युवा परिषद्को भूमिका

वार्ड युवा परिषद्को एउटा उद्देश्य युवाहरूलाई येशू ख्रीष्टको पवित्र अनुयायी बन्न सहयोग गर्नु हो (हेर्नुहोस् २९.२.६) ।

बिशपरिकको निर्देशनमा, वार्ड युवा परिषदले आफ्नो वार्ड र समुदायमा आवश्यकतामा परेकाहरूलाई सेवा गर्ने तरिकाहरूको योजना निर्माण गर्छन् ।