पुस्तिकाहरू र बोलावटहरू
२३. सुसमाचार बाँढ्ने र नयाँ र पुन: फर्कने सदस्यहरूलाई मजबुत बनाउने


“२३. सुसमाचार बाँढ्ने र नयाँ र पुन: फर्कने सदस्यहरूलाई मजबुत बनाउने ,” साधारण पुस्तिकाबाट छनोटहरू(२०२३) ।

“२३. सुसमाचार बाँढ्ने र नयाँ र पुन: फर्कने सदस्यहरूलाई मजबुत बनाउने साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मानिसहरू फोन हेर्दै

२३.

सुसमाचार बाँढ्ने र नयाँ र पुन: फर्कने सदस्यहरूलाई मजबुत बनाउने

२३.०

परिचय

सबैलाई सुसमाचार ग्रहण गर्न निमन्त्रणा गर्नु मुक्ति र उत्कर्षको कार्यको अंश हो (यस पुस्तिकामा १.२ हेर्नुहोस्; मत्ती २८:१९-२०) । यसले समावेश गर्छ:

  • सुसमाचार प्रचार कार्यमा सहभागी हुने र सुसमाचार प्रचारकहरूका रूपमा सेवा गर्ने ।

  • नयाँ र पुनः फर्कने चर्च सदस्यहरूलाई करार मार्गमा प्रगति गर्न सहयोग गर्ने ।

२३.१

सुसमाचार बाँढ्नुहोस्

२३.१.१

प्रेम गर्नु

हामीले परमेश्वरप्रतिको प्रेम देखाउने एउटा तरिका उहाँका सन्ततिहरूलाई प्रेम गर्नु र सेवा गर्नु हो (हेर्नुहोस् मत्ती २२:३६–३९; २५:४०) । हामी येशू ख्रीष्टले जस्तै प्रेम र सेवा गर्ने प्रयास गर्छौं । यो प्रेमले हामीलाई सबै धर्म, जाति र संस्कृतिका मानिसहरूसम्म पुग्न प्रेरित गर्छ (हेर्नुहोस् प्रेरित १०:३४; २ नफी २६:३३) ।

२३.१.२

बाँढ्नु

किनभने हामी परमेश्वर र उहाँका सन्ततिहरूलाई प्रेम गर्छौं, हामी स्वाभाविक रूपमा उहाँले हामीलाई दिनुभएको आशीर्वाद बाँढ्न चाहन्छौँ (हेर्नुहोस् यूहन्ना १३:३४-३५) र इस्राएललाई जम्मा गर्न सहयोग गर्छौँ । हामी मानिसहरूलाई आफूले महसुस गरेको आनन्द महसुस गराउनका लागि सहयोग गर्न खोज्छौँ (हेर्नुहोस् अल्मा ३६:२४) । हामी मुक्तिदाता र हाम्रो जीवनमा उहाँको प्रभावका सम्बन्धमा खुलेर बोल्छौँ (हेर्नुहोस् सिद्धान्त र करार ६०:२) । हामी व्यक्तिगत, अनलाइन र अन्य अन्तरक्रियाहरूको अंशका रूपमा यी विषयहरूलाई सामान्य र प्राकृतिक रूपमा बाँढ्छौँ ।

२३.१.३

आमन्त्रण गर्नु

हामी अरूहरूलाई कसरी आमन्त्रण गर्ने भन्ने सम्बन्धमा प्रेरणा र निर्देशनका लागि प्रार्थना गर्छौं:

  • आउनुहोस् र येशू ख्रीष्ट, उहाँको सुसमाचार र उहाँको चर्चद्वारा उपलब्ध आशीर्वादहरू हेर्नुहोस् (हेर्नुहोस् यूहन्ना १:३७-३९, ४५-४६) ।

  • आउनुहोस् र आवश्यकतामा परेका मानिसहरूको सेवा गर्न हामीलाई सहयोग गर्नुहोस् ।

  • आउनुहोस् र येशू ख्रीष्टको पुनर्स्थापित चर्चको अंश बन्नुहोस् ।

आमन्त्रण गर्नु भनेको प्रायश: हामीले पहिले नै गरिरहेको कार्यमा हाम्रो परिवार, साथीहरू र छिमेकीहरूलाई समावेश गर्नु हो ।

२३.२

नयाँ सदस्यहरूलाई मजबुत बनाउनुहोस्

प्रत्येक नयाँ सदस्यलाई मित्रता, सेवा गर्ने अवसर र आध्यात्मिक पोषणको आवश्यक हुन्छ । चर्चका सदस्यहरूका रूपमा, हामी नयाँ सदस्यहरूलाई हाम्रो प्रेम र सहयोग दिन्छौँ (हेर्नुहोस् मोसीयाह १८:८-१०) । हामी उनीहरूलाई चर्चमा ग्रहण गरिएको भावना महसुस गर्न सहयोग गर्छौँ । हामी तिनीहरूलाई करार मार्गमा प्रगति गर्न र अझै गहन रूपमा “परमप्रभुमा परिवर्तन” हुन सहयोग गर्छौँ (अल्मा २३:६) ।

२३.३

पुन: फर्कने सदस्यहरूलाई मजबुत बनाउनुहोस्

केही सदस्यहरूले चर्चमा सहभागी हुनबाट रोक्ने छनौट गर्छन् । मुक्तिदाताले भन्नुभयो, “यस्ताहरूका लागि तिमीहरूले सेवा गरिरहने छौ; किनकि तिमीलाई जानकारी छैन तर तिनीहरू के फर्कने छन् र पश्चात्ताप गर्ने छन् र हृदयको पूर्ण उद्देश्यका साथ मकहाँ आउने छन् र म तिनीहरूलाई चङ्गाइ दिने छु; र तिनीहरूसामु मुक्ति ल्याउने माध्यम तिमीहरू हुने छौ” ३ नफी १८:३२) ।

पूर्ण रूपमा सहभागी नहुने सदस्यहरू चर्चका सदस्यहरूसँग मजबुत सम्बन्ध भएमा फर्कने सम्भावना बढी हुन्छ । नयाँ सदस्यहरूलाई जस्तै, तिनीहरूलाई मित्रता, सेवा गर्ने अवसरहरू र आध्यात्मिक पोषणको आवश्यक हुन्छ ।

२३.४

किला अगुवाहरू

२३.४.१

किला अध्यक्षता

किला अध्यक्षले सुसमाचार बाँढ्न र नयाँ र फर्कने सदस्यहरूलाई मजबुत बनाउन किलामा साँचाहरू धारण गर्छन् । उनी र उनका सल्लाहकारहरूले यी प्रयासहरूका लागि समग्र निर्देशन दिन्छन् ।

सामान्यतया मासिक रूपमा किला अध्यक्षले सुसमाचार प्रचार क्षेत्राध्यक्षसँग किला र वार्डका अगुवाहरू र पूर्णकालीन सुसमाचार प्रचारकहरू बीचका प्रयासहरूलाई समन्वय गर्न भेटघाट गर्छन् ।

२३.४.३

उच्च सल्लाहकारहरू

किला अध्यक्षताले एल्डरहरूको गणका अध्यक्षता र वार्डका सुसमाचार प्रचारक अगुवाहरूलाई निर्देशन र समर्थन गर्न उच्च परिषद्हरूलाई नियुक्त गर्न सक्छन् । यी प्रयासहरूको नेतृत्व गर्न एक वा बढी उच्च परिषद्हरू नियुक्त गर्न सकिन्छ । यद्यपि, सबै उच्च परिषद्हरूमा तिनीहरूलाई नियुक्त गरिएको वार्ड र गणहरूका लागि यी उत्तरदायित्वहरू छन् ।

२३.४.४

किला राहत समाज अध्यक्षता

किला अध्यक्षको निर्देशनमा, किला राहत समाज अध्यक्षताले वार्ड राहत समाज अध्यक्षतालाई नयाँ र फर्कने सदस्यहरूलाई मजबुत बनाउनका लागि तिनीहरूको उत्तरदायित्वहरूमा निर्देशन र सहयोग गर्छन् ।

२३.५

वार्डका अगुवाहरू

२३.५.१

बिशपरिक

बिशपरिकले एल्डरहरूको गण र राहत समाजका अध्यक्षताहरूसँग समन्वय गर्छन् जब तिनीहरूले सुसमाचार बाँढ्न र नयाँ र फर्कने सदस्यहरूलाई मजबुत बनाउने वार्डका प्रयासहरूको नेतृत्व गर्छन् । यी अगुवाहरूले नियमित रूपमा सँगै सल्लाह गर्छन् ।

बिशपरिकले यी प्रयासहरूलाई वार्ड परिषद् र वार्ड युवा परिषद्का सभाहरूमा छलफल र समन्वय गर्ने सुनिश्चित गर्छन् ।

बिशपले मन्दिरका लागि उपयुक्त उमेरका नयाँ सदस्यहरूलाई प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणहरू गर्न मन्दिरको सिफारिसकालागि अन्तर्वार्ता लिन्छन् (हेर्नुहोस् २६.४.२) । उनले हारुनको पादरित्व प्राप्त गर्न उपयुक्त उमेरका भाइहरूको अन्तर्वार्ता पनि लिन्छन् । उनले सामान्यतया सदस्य प्रमाणीकरण भएको एक हप्ता भित्र यी अन्तर्वार्ताहरू सञ्चालन गर्छन् ।

२३.५.२

एल्डरहरूको गण र राहत समाज अध्यक्षताहरू

एल्डहरूको गण र राहत समाजका अध्यक्षताले सुसमाचार बाँढ्न र नयाँ र फर्कने सदस्यहरूलाई मजबुत बनाउनका लागि वार्डका दिन-प्रतिदिनका प्रयासहरूको नेतृत्व गर्छन् (हेर्नुहोस् ८.२.३; ९.२.३) ।

यी अगुवाहरूसँग निम्न उत्तरदायित्वहरू छन्:

  • सदस्यहरूलाई परमेश्वरका सन्ततिहरूलाई प्रेम गर्न, सुसमाचार बाँढ्न र मुक्तिदाताको आशीर्वाद प्राप्त गर्न अरूहरूलाई आमन्त्रण गर्न प्रेरित गर्ने ।

  • नयाँ र फर्कने सदस्यहरूका लागि सेवा गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्तरदायित्व दिने (हेर्नुहोस् २१.२.१) ।

  • वार्ड सुसमाचार प्रचार अगुवाको कार्यको नेतृत्व गर्ने ।

एल्डरहरूको गणको अध्यक्ष र राहत समाजकी अध्यक्षले यी प्रयासहरूको नेतृत्व गर्नका लागि सहयोग गर्न अध्यक्षताका एक-एक सदस्य नियुक्त गर्छन् । अध्यक्षताका यी दुई सदस्यहरू मिलेर कार्य गर्छन् । तिनीहरू साप्ताहिक समन्वय बैठकहरूमा उपस्थित हुन्छन् (हेर्नुहोस् २३.५.७) ।

२३.५.३

वार्ड सुसमाचार प्रचार अगुवा

वार्ड सुसमाचार प्रचार अगुवालाई बोलाउने कि नबोलाउने भनेर बिशपरिकले किला अध्यक्षसँग परामर्श गर्छन् । यो व्यक्ति मल्कीसेदेक पादरित्वक बाहक हुनुपर्छ । यदि यी अगुवालाई बोलावट गरिएको छैन भने, एल्डरहरूको गणको अध्यक्षताको एक सदस्यले यो भूमिका निर्वाह गर्छन् ।

वार्ड सुसमाचार प्रचार अगुवाले एल्डरहरूको गणको अध्यक्षता र राहत समाजको अध्यक्षतालाई तिनीहरूको सुसमाचार प्रचारको उत्तरदायित्वहरूमा सहयोग गर्छन् । उनीसँग निम्न उत्तरदायित्वहरू पनि छन्:

  • वार्ड सदस्यहरू र अगुवाहरू, वार्ड सुसमाचार प्रचारकहरू र पूर्णकालीन सुसमाचार प्रचारकहरूको कार्यको समन्वय गर्ने ।

  • साप्ताहिक समन्वय बैठकहरूको नेतृत्व गर्ने (हेर्नुहोस् २३.५.७) ।

२३.५.४

वार्ड सुसमाचार प्रचारकहरू

वार्ड सुसमाचार प्रचारकहरूले वार्ड सदस्यहरूलाई सुसमाचार बाँढ्दाको आनन्दको अनुभव गर्न सहयोग गर्छन् जसलाई २३.१मा वर्णन गरिएको छ । तिनीहरूले वार्डका सुसमाचार प्रचार अगुवा वा एल्डरहरूको गणको अध्यक्षताका सदस्यको निर्देशनमा सेवा गर्छन् जसले यो भूमिका पूरा निर्वाह गर्छन् ।

२३.५.५

वार्ड परिषद् र वार्ड युवा परिषद्

सुसमाचार बाँढ्ने र नयाँ र फर्कने सदस्यहरूलाई मजबुत बनाउने सम्बन्धमा वार्ड परिषद् वैठकहरूमा नियमित रूपमा छलफल गरिनुपर्छ । बिशपले वार्डका सुसमाचार प्रचार अगुवालाई वार्ड परिषद्का वैठकहरूमा उपस्थित हुन आमन्त्रण गर्न सक्छन् ।

निम्न जस्तै फारमहरूले यी छलफलहरूमा सहयोग गर्न सक्छन्:

वार्डका युवाहरूको आवश्यकताका सम्बन्धमा छलफल गर्दा, वार्ड युवा परिषद्ले नयाँ र फर्कने सदस्यहरू र सुसमाचार प्रचारकहरूद्वारा सिकाइएका युवाहरूलाई विशेष ध्यान दिन्छन् ।

२३.५.७

समन्वय वैठकहरू

प्रत्येक हप्ता, सुसमाचार बाँढ्न र नयाँ र फर्कने सदस्यहरूलाई मजबुत बनाउने प्रयासहरूमा समन्वय गर्न छोटो अनौपचारिक वैठकहरू आयोजना गरिन्छ । यदि वार्ड सुसमाचार प्रचार अगुवालाई बोलावट गरिएमा, उनले यी वैठकहरू सञ्चालन गर्छन् । अन्यथा, एल्डरहरूको गणको अध्यक्षताले यो भूमिका निर्वाह गर्छ ।

आमन्त्रण गरिएका अरूहरूमा यिनीहरू समावेश छन्:

  • राहत समाजका नियुक्त सदस्यहरू र एल्डरहरूको गणका अध्यक्षताहरू ।

  • वार्डका सुसमाचार प्रचारकहरू ।

  • पादरीहरूको गणका एक सहायक (वा वार्डमा कुनै पनि पादरी नभएको खण्डमा शिक्षकहरू वा डिकन गणको अध्यक्ष) ।

  • वयश्क युवतीको कक्षाको अध्यक्षताको सदस्य ।

  • पूर्णकालीन सुसमाचार प्रचारकहरू ।