पुस्तिकाहरू र बोलावटहरू
२४. सुसमाचार प्रचारक सिफारिसहरू र सेवा


“२४. सुसमाचार प्रचारक सिफारिसहरू र सेवा,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२४. सुसमाचार प्रचारक सिफारिसहरू र सेवा,” साधारण पुस्तिकाबाट छनोटहरू ।

छवि
सुसमाचार प्रचारकहरू हिंड्दै

२४.

सुसमाचार प्रचारक सिफारिसहरू र सेवा

२४.०

परिचय

पुरातन समयमा, परमप्रभुले इस्राएललाई “सबै राष्ट्रहरूमाझ एकत्रित गर्ने, तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा दिने” आज्ञा दिनुभयो (मत्ती २८:१९; पद २०पनि हेर्नुहोस् । परमप्रभुले यी पछिल्ला दिनहरूमा त्यो अधिकारलाई नवीकरण गर्नुभएको छ (हेर्नुहोस् सिद्धान्त र करार ३९:११; ६८:६–८; ११२:२८–३०) ।

सुसमाचार प्रचारकका रूपमा परमप्रभुको सेवा गर्नु एक पवित्र सुअवसर हो । यसले ती व्यक्ति र ऊ वा उनले सेवा गर्नेहरूमा अनन्त आशीर्वादहरू ल्याउँछ (हेर्नुहोस् सिद्धान्त र करार १८:१४-१६)।

परमप्रभुले हरेक योग्य, सक्षम युवालाई सुसमाचार प्रचारका लागि तयार गर्न र सेवा गर्न आग्रह गर्नुहुन्छ ।

यदि तिनीहरू चाहन्छन् भने परमप्रभुले योग्य, सक्षम युवतीहरूलाई पनि सुसमाचार प्रचारहरूको सेवा गर्नका लागि स्वागत् गर्नुहुन्छ ।

प्रौढ सुसमाचार प्रचारकहरू पनि आवश्यक छन् र सेवा गर्नका लागि तयार रहन प्रोत्साहन गरिन्छ ।

२४.१

सेवा गर्नका लागि बोलावट

सुसमाचार प्रचारकहरूले परमप्रभुको प्रतिनिधित्व गर्छन् र उचित अधिकारद्वारा बोलावट गरिनु पर्छ हेर्नुहोस् सिद्धान्त र करार ४२:११; आस्थाका बुँदाहरू १:५) । सुसमाचार प्रचार सेवा गर्नका लागि बोलावट सामान्यतया चर्चका अध्यक्षद्वारा विस्तार गरिन्छ । वयश्क सेवा सुसमाचार प्रचारकहरूका लागि बोलावट किला अध्यक्षद्वारा विस्तार गरिन्छ ।

२४.२

सुसमाचार प्रचारकका कार्यभारहरू

सुसमाचार प्रचारकका रूपमा सेवा गर्ने बोलावटमा एक विशेष कार्यभार समावेश छ । यी कार्यभारहरू विस्तृत रूपमा भिन्न हुन्छन् ।

२४.२.१

शिक्षण दिने युवा सुसमाचार प्रचारकहरू

अधिकांश युवा सुसमाचार प्रचारकहरूलाई घरबाट टाढा सुसमाचार सिकाउन नियुक्त गरिएको हुन्छ । यी कार्यभारहरू प्रेरितहरूलाई प्रकाशद्वारा दिइएको हो । यी सुसमाचार प्रचारकहरूले सुसमाचार प्रचार अध्यक्षको निर्देशनमा सेवा गर्छन् ।

२४.२.२

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू

केही युवा सुसमाचार प्रचारकहरूलाई घरमै बसेर चर्च र समुदायमा सेवा गर्न नियुक्त गरिएको हुन्छ । यी कार्यभारहरू प्रेरितहरूलाई प्रकाशद्वारा दिइन्छ र सेवा सुसमाचार प्रचारका लागि उपयुक्त परिस्थितिहरू भएका उम्मेद्वारहरूलाई दिइन्छ (हेर्नुहोस् २४.३.३) ।

२४.२.३

प्रौढ सुसमाचार प्रचारकहरू

सबै प्रौढ सुसमाचार प्रचारकहरूलाई मानिसहरूलाई सिकाउन र बप्तिस्माका लागि तयारी गर्नका लागि सहयोग गर्न प्रोत्साहन गरिन्छ । प्रौढ सुसमाचार प्रचारकहरूलाई यी विषयहरूमा सहयोगकालागि पनि नियुक्त गर्न सकिन्छ:

  • सदस्यहरू र क्षेत्रीय र स्थानीय अगुवाहरू ।

  • चर्चका विभाग र सुविधाहरू ।

  • परोपकारी संस्थाहरू ।

प्रौढ सुसमाचार प्रचारकहरूलाई सोही समयसम्म कार्य गर्न, उस्तै क्रियाकलापहरू गर्न वा युवा सुसमाचार प्रचारकहरूको जस्तै अपेक्षाहरू पूरा गर्न भनिंदैन ।

प्रौढ सुसमाचार प्रचारकहरूका लागि कार्यभारहरू प्रेरितहरूलाई प्रकाशद्वारा दिइन्छ । उम्मेद्वारहरूले कार्यभारका लागि प्राथमिकता उल्लेख गर्न सक्छन् तर कुनै पनि कार्यभार स्वीकार गर्न इच्छुक हुनुपर्छ ।

२४.२.४

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू

आफ्नो गृह वार्ड वा किलामा बोलावटका अतिरिक्त, सदस्यहरूले सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरूका रूपमा परमप्रभुको सेवा गर्न सक्छन् । यी सुसमाचार प्रचारकहरूले चर्चका विभागहरू, सुविधाहरू र सुसमाचार प्रचारहरूमा बहुमूल्य सेवा प्रदान गर्छन् (हेर्नुहोस् २४.७.१) । तिनीहरू घरमै बस्छन् ।

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू किला अध्यक्षद्वारा बोलावट गरिन्छ । तिनीहरूले उनको निर्देशनमा सेवा गर्छन् । तिनीहरूले प्रत्येक हप्ता सेवा गर्ने समय तिनीहरूको क्षमता, तिनीहरूको क्षेत्रमा सेवाका अवसरहरू र क्षेत्रीय अध्यक्षताको निर्देशनमा निर्भर गर्छ ।

२४.२.५

सुसमाचार प्रचारकका कार्यभारहरूको सारांश

निम्न तालिकामा सुसमाचार प्रचारकका कार्यभारहरूका प्रकारहरू संक्षेपमा दिइएको छ ।

शिक्षण दिने युवा सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.१)

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.२)

प्रौढ सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.३)

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.४)

लाई यिनीहरूद्वारा बोलावट गरिन्छ

शिक्षण दिने युवा सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.१)

चर्चको अध्यक्ष

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.२)

चर्चको अध्यक्ष

प्रौढ सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.३)

चर्चको अध्यक्ष

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.४)

किला अध्यक्ष

लाई यिनीहरूद्वारा नियुक्त गरिन्छ

शिक्षण दिने युवा सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.१)

एक प्रेरित

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.२)

एक प्रेरित

प्रौढ सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.३)

एक प्रेरित

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.४)

किला अध्यक्ष

लाई यिनीहरूद्वारा पदीय जिम्मेवारी दिइन्छ

शिक्षण दिने युवा सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.१)

किला अध्यक्ष

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.२)

किला अध्यक्ष

प्रौढ सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.३)

किला अध्यक्ष

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.४)

किला अध्यक्ष वा सल्लाहकार

बस्ने स्थान

शिक्षण दिने युवा सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.१)

घरबाट टाढा

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.२)

घरमा

प्रौढ सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.३)

घरबाट टाढा वा घरमा

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.४)

घरमा

उपदेशक अगुवाहरू

शिक्षण दिने युवा सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.१)

सुसमाचार प्रचार अध्यक्ष वा ऐतिहासिक क्षेत्र अध्यक्ष

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.२)

किला अध्यक्ष

प्रौढ सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.३)

सुसमाचार प्रचारक, मन्दिर वा ऐतिहासिक क्षेत्र अध्यक्ष; वा क्षेत्र अध्यक्ष

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.४)

किला अध्यक्ष

यिनीहरूलाई प्रतिवेदन दिन्छन्

शिक्षण दिने युवा सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.१)

सुसमाचार प्रचार अध्यक्ष वा ऐतिहासिक क्षेत्र अध्यक्ष

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.२)

सेवा गर्ने सुसमाचार प्रचार अगुवा

प्रौढ सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.३)

सुसमाचार प्रचारक, मन्दिर, वा ऐतिहासिक क्षेत्र अध्यक्ष; क्षेत्र अध्यक्ष; आगन्तुक केन्द्र निर्देशक; वा चर्च विभाग वा सुविधा व्यवस्थापक

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.४)

सेवाका कार्यभार व्यवस्थापक

उमेरको आवश्यकताहरू

शिक्षण दिने युवा सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.१)

१८-२५ (पुरुष)
१९–२९ (महिला)

सेवा गर्ने युवा सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.२)

१८-२५ (पुरुष)
१९–२९ (महिला)

प्रौढ सुसमाचार प्रचारक
(हेर्नुहोस् २४.२.३)

४० वा सोभन्दा माथि विवाहित वा एकल महिला भएमा

सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरू
(हेर्नुहोस् २४.२.४)

२६ वर्ष वा सो भन्दा माथि

२४.३

सुसमाचार प्रचार सेवा गर्नका लागि तयारी र योग्यता

सम्भावित सुसमाचार प्रचारकहरूलाई परमप्रभु र उहाँका सन्ततिहरूप्रतिको तिनीहरूको प्रेमका कारणले सुसमाचार प्रचार सेवा गर्न प्रोत्साहन गरिन्छ । तिनीहरू सुसमाचार प्रचार सिफारिसका अन्तर्वार्ताका प्रश्नहरूसँग परिचित हुनुपर्छ।

२४.३.१

येशू ख्रीष्टमा परिवर्तन

सम्भावित सुसमाचार प्रचारकहरूले येशू ख्रीष्ट र उहाँको पुनर्स्थापित सुसमाचारमा आफ्नो परिवर्तनलाई मजबुत बनाउन प्रयास गर्छन् ।

२४.३.२

योग्यताका मापदण्डहरू पूरा गर्ने

सम्भावित सुसमाचार प्रचारकहरू आत्माको मित्रताको योग्य हुन प्रयास गर्छन् । यो प्रभावकारी सुसमाचार प्रचार सेवाका लागि आवश्यक छ (हेर्नुहोस् सिद्धान्त र करार ४२:१३-१४) ।

२४.३.२.१

पश्चात्ताप

पश्चात्तापका लागि ख्रीष्टमा आस्था राख्नु, वास्तविक चाहना हुनु र आज्ञाहरू पालना गर्नु आवश्यक छ । यसमा पाप स्वीकार गर्ने र परित्याग गर्ने समावेश हुन्छ । गम्भीर पापहरूको पश्चात्तापका लागि बिशप वा किला अध्यक्षसामु स्वीकार गर्नु आवश्यक हुन्छ ।

पश्चात्ताप गर्ने व्यक्तिलाई येशू ख्रीष्टको प्रायश्चित र अनुग्रहद्वारा क्षमा गरिन्छ र विशुद्ध पारिन्छ । परमप्रभुले अब पाप सम्झनु हुन्न । (हेर्नुहोस् यशैया ४३:२५; याकूब ६:५; अल्मा ३४:१५-१७; हेलामान ५:१०-११; सिद्धान्त र करार ५८:४२-४३ । यो पुस्तिकामा ३२.१ पनि हेर्नुहोस् ।)

किला अध्यक्षले आफ्नो सिफारिस पेश गर्नुपूर्व कुनै पनि सुसमाचार प्रचारक उम्मेद्वारले गम्भीर पापको पश्चात्ताप गरेको हुनुपर्छ (हेर्नुहोस् ३२.६; २४.४.४पनि हेर्नुहोस्) । पश्चात्तापको प्रक्रियाले धार्मिक जीवनजिएर देखाउनका लागि व्यक्तिलाई पर्याप्त समय दिने सन्दर्भ समावेश हुन्छ ताकि ऊ वा उनले पापको क्षमाका लागि ख्रीष्टको आत्मा प्राप्त गरेका छन् ।

२४.३.३

शारीरिक, मानसिक, र संवेगात्मक स्वास्थ्य

सुसमाचार प्रचारको कार्य चुनौतीपूर्ण छ । युवा शिक्षण सुसमाचार प्रचारकहरू पूर्णकालीन सुसमाचार प्रचार तालिकामा कार्य गर्न शारीरिक, मानसिक र संवेतात्मक रूपमा सक्षम हुनुपर्छ ।

२४.३.४

वित्त

२४.३.४.१

घरबाट टाढा सेवा गर्ने युवा सुसमाचार प्रचारकहरूलाई वित्त व्यवस्थापन गर्ने

आफ्नो क्षमता अनुसार तयारी गरेका युवा उम्मेदवारहरूले आर्थिक कारणले सेवा गर्न ढिलाइ गर्नु हुँदैन । योगदानका अपेक्षित प्रतिवद्धताहरू पूरा गर्न आर्थिक सहयोग आवश्यक पर्नेहरूले विस्तारित परिवार र साथीहरूबाट प्राप्त गर्न सक्छन् ।

यदि आवश्यक भएमा, विशप वा किला अध्यक्षले वार्ड वा किलाका सदस्यहरूलाई वार्ड सुसमाचार प्रचार कोषमा योगदान दिन आग्रह गर्न सक्छन् ।

स्थानीय एकाइको बजेट र उपवास भेटीको कोष प्रयोग गर्न सकिँदैन ।

मासिक योगदान प्रतिवद्धता । युवा शिक्षण सुसमाचार प्रचारकहरू र तिनीहरूका परिवारहरूले सुसमाचार प्रचार कार्यक्रम लागतहरू पूर्ण गर्नका लागि सहयोग गर्न प्रत्येक महिना एक निश्चित रकम योगदान गर्छन् ।

योगदानहरू वार्ड सुसमाचार प्रचार कोषमा गरिन्छ । बिशपहरूले प्रत्येक महिना कोषहरूमा योगदान गरिएको छ कि छैन भनेर हेर्छन् । मासिक रकम भन्दा बढी रकम अग्रिम रूपमा योगदान गरिनु हुँदैन । यदि कुनै सुसमाचार प्रचारक छिट्टै घर फर्किएमा अग्रिम योगदान गरिएको रकम फिर्ता गर्न सकिँदैन ।

क्षेत्रमा हुने खर्चहरू । प्रत्येक महिना, युवा सुसमाचार प्रचारकहरूले खाना, यातायात र अन्य दैनिक खर्चहरू उपलब्ध गराउन सुसमाचार प्रचारक क्षेत्रबाट रकम प्राप्त गर्छन् । यी कोषहरू पवित्र छन् । सुसमाचार प्रचारकहरूले तिनीहरूलाई सुसमाचार प्रचार-सम्बन्धित उद्देश्यका लागि मात्र प्रयोग गर्छन् । व्यक्तिगत खर्च गर्न, वचत गर्न वा परिवारका सदस्यहरू वा अरूहरूलाई पठाउनका निम्ति तिनीहरूको प्रयोग गरिनु हुँदैन । सुसमाचार प्रचारकहरूले तिनीहरूलाई आवश्यक नपर्ने कुनै पनि रकम सुसमाचार प्रचार क्षेत्रमा फर्काउँछन् ।

सुसमाचार प्रचारकहरूले अन्य खर्चहरू पूरा गर्न व्यक्तिगत कोषको प्रयोग गर्छन् । यी व्यक्तिगत खर्चहरू न्यूनतम हुनुपर्छ । (हेर्नुहोस् येशू ख्रीष्टका अनुयायीहरूका लागि सुसमाचार प्रचारक मानकहरू, ४.८।)

२४.३.४.२

घरबाट टाढा सेवा गरिरहेका प्रौढ सुसमाचार प्रचारकहरूलाई वित्तीय सहयोग गर्ने

मासिक योगदान प्रतिवद्धता । घरबाट टाढा सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरूले प्रत्येक महिना आफ्नो गृह वार्डको सुसमाचार प्रचारक कोषमा योगदान गर्छन् । यी योगदानहरूले आवास र सवारी साधन लागतहरू पूर्ण गर्न सहयोग गर्छन् ।

बिशपहरूले प्रत्येक महिना कोषहरूमा योगदान गरिएको छ कि छैन भनेर हेर्छन् । मासिक रकम भन्दा बढी रकम अग्रिम रूपमा योगदान गरिनु हुँदैन ।

अतिरिक्त खर्चहरू । मासिक योगदान प्रतिवद्धताका अतिरिक्त, जसले आवास र सवारी खर्चहरू पूरा गर्न सहयोग गर्छन्, प्रौढ सुसमाचार प्रचारकहरूले खाना सहित अन्य सबै खर्चहरू पूर्ण रूपमा बहन गर्नुपर्छ ।

२४.३.४.३

घरबाट सेवा गर्ने सुसमाचार प्रचारकहरूलाई वित्तीय सहयोग गर्ने

घरबाट सेवा गर्ने सुसमाचार प्रचारकहरू तिनीहरूका सबै आर्थिक आवश्यकताहरूका लागि उत्तरदायी छन् ।

२४.३.४.४

चिकित्सा बीमा र खर्चहरू

सबै सुसमाचार प्रचारकहरूसाथै युवा शिक्षण सुसमाचार प्रचारकहरूलाई सम्भव भएमा आफ्नो वैध चिकित्सा बीमा गर्न दृढतापूर्वक प्रोत्साहन गरिन्छ ।

घरबाट सेवा गर्ने सुसमाचार प्रचारकहरूले आफ्नै स्वास्थ्य र अन्य बीमा पूरा गर्ने सन्दर्भ प्रदान गर्नुपर्छ । घरबाट टाढा सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरूले पनि यो पूरा गर्ने सन्दर्भ प्रदान गर्नुपर्छ । आफ्नो देश बाहिर सेवा गर्ने प्रौढ सुसमाचार प्रचारकहरूले प्रौढ सेवा चिकित्सा योजना)द्वारा बीमा प्राप्त गर्न सक्नेछन् ।

२४.३.५

सुसमाचार प्रचारकहरूको तयारीमा परिवारका सदस्यहरू र अगुवाहरूको भूमिका

परिवारका सदस्यहरू, बिशपहरू र अन्य अगुवाहरूले युवाहरूलाई सुसमाचार प्रचारको सेवा गर्न तयारी गर्नका लागि सहयोग गर्छन् ।

परिवारका सदस्यहरू र अगुवाहरूले सबै सुसमाचार प्रचार उम्मेद्वारहरूलाई अध्ययन गर्न प्रोत्साहन गर्छन्:

  • मोर्मोनको पुस्तक र अन्य धर्मशास्त्रहरू ।

  • मेरो सुसमाचार प्रचार गर)

  • प्रविधिको प्रयोग गर्नका लागि सुरक्षाहरू)

परिवारका सदस्यहरू र अगुवाहरूले सबै उम्मेद्वारहरूलाई सुसमाचार प्रचारको स्तरहरू अनुशरण गर्न प्रतिवद्ध रहन सहयोग गर्छन् । तिनीहरूले उम्मेद्वारहरूलाई उनीहरूको सम्भावित कार्यभारसँग सम्बन्धित सुसमाचार प्रचार मानक पुस्तिका अध्ययन गर्न प्रोत्साहन गर्छन्:

  • युवा शिक्षण सुसमाचार प्रचारकहरूका लागि: येशू ख्रीष्टका अनुयायीहरूका सुसमाचार प्रचारकका मानकहरू

२४.४

सुसमाचार प्रचारकहरू सिफारिस गर्ने

२४.४.१

स्वास्थ्य मूल्याङ्कन

तिनीहरूको स्वास्थ्य तयारीको चिकित्सा पेशेवरहरूद्वारा सबै उम्मेद्वारहरूको मूल्याङ्कन गरिनु आवश्यक छ ।

२४.४.२

अन्तर्वार्ता र सिफारिस फारमहरू

बिशप र किला अध्यक्षले प्रत्येक उम्मेद्वारसँग राम्ररी, आध्यात्मिक खोजी र उत्थान गर्ने अन्तर्वार्ताहरू सञ्चालन गर्छन् । तिनीहरूले सुसमाचार प्रचारक सिफारिस अन्तर्वार्ताका प्रश्नहरूप्रयोग गर्छन् ।

बिशप र किला अध्यक्षले योग्यता र स्वास्थ्य तयारीको मापदण्डका सम्बन्धमा सुसमाचार प्रचारक अनलाइन सिफारिस प्रणाली)बाट जानकारीको समीक्षा पनि गर्छन् । बिशप र किला अध्यक्षले योग्यताका कुनै पनि मापदण्डहरू थप्दैनन् । न त तिनीहरूले अन्तर्वार्ताका प्रश्नहरू परिवर्तन गर्छन् ।

यदि बिशप र किला अध्यक्षलाई उम्मेद्वारले योग्यताका मापदण्ड पूरा गर्ने वा उनको स्वास्थ्य तयारीका सम्बन्धमा चिन्ता छ भने तिनीहरूले सँगै र व्यक्तिसँग सल्लाह गर्छन् । युवा उम्मेद्वारको अनुमति लिएर तिनीहरूले उनका अभिभावकसँग पनि सल्लाह गर्न सक्छन् । बिशप र किला अध्यक्षले व्यक्तिले गम्भीर पापको पश्चात्ताप नगरेसम्म सिफारिस पेश गर्दैनन् (हेर्नुहोस् २४.३.२.१)। व्यक्तिको शारीरिक, मानसिक वा संवेगात्मक स्वास्थ्यमा निर्भर गर्दै, तिनीहरूले सेवा सुसमाचार प्रचारकका रूपमा नियुक्त हुने सम्भावनाका सम्बन्धमा छलफल गर्न सक्छन् ।

आपत्कालीन अवस्थामा जब बिशप वा किला अध्यक्ष उपलब्ध छैनन् उनले यी अन्तर्वार्ताहरू सञ्चालन गर्न आफ्ना सल्लाहकारहरू मध्ये एकलाई अधिकार दिन सक्छन् ।

जिल्लाहरूमा, सुसमाचार प्रचार क्षेत्राध्यक्ष वा नियुक्त सल्लाहकारले सुसमाचार प्रचार उम्मेद्वारहरूको अन्तर्वार्ता लिन्छन् र सिफारिस गर्छन् । जिल्ला अध्यक्षहरूले यी अन्तर्वार्ताहरू सञ्चालन गर्दैनन् ।

२४.४.४

पूर्णकालीन सुसमाचार प्रचारकहरूका रूपमा सेवा गर्न नसक्नेहरू

कहिलेकाहीँ सेवा गर्न चाहने सदस्यलाई पूर्णकालीन सुसमाचार प्रचारकका रूपमा बोलावट गरिंदैन । यो स्वास्थ्य चुनौतीहरू, योग्यताका मापदण्डहरू पूरा नगर्ने, कानुनी विषयहरू वा अन्य परिस्थितिहरूका कारण हुन सक्छ । किला अध्यक्षले उनलाई पूर्णकालीन सुसमाचार प्रचारक सेवाबाट माफी दिन सक्छन् ।

२४.५

सुसमाचार प्रचारका लागि बोलावट प्राप्त गरेपछि

भर्खरै बोलावट गरिएका सुसमाचार प्रचारकहरूलाई तिनीहरूको सुसमाचार प्रचार सेवा सुरू गर्नुपूर्व मोर्मोनको पुस्तक पढ्न वा पुन: पढ्न प्रोत्साहन गरिन्छ । तिनीहरूले राजा बेन्यामिनको सल्लाहलाई अनुशरण गर्छन् “आफ्नो र आफ्ना विचारहरूको र आफ्ना वचनहरूको र आफ्ना कार्यहरूको ख्याल गर्नुपर्छ” (मोसीयाह ४:३०) ।

२४.५.१

मन्दिरको अभिदान र मन्दिरका सेवा

यदि भर्खरै बोलावट गरिएका सुसमाचार प्रचारकहरूले मन्दिरको अभिदान विधि प्राप्त गरेका छैनन् भने तिनीहरूले सम्भव भएसम्म सुसमाचार सेवा सुरू गर्नु अघि त्यसो गर्नुपर्छ (हेर्नुहोस् सिद्धान्त र करार ४३:१५-१६; १०५:३३) । यदि तिनीहरूको परिस्थितिका लागि उपयुक्त छ भने यसमा सेवा गर्ने सुसमाचार प्रचारकहरू समावेश हुन्छन् ।

भर्खरै बोलावट गरिएका सुसमाचार प्रचारकहरूले उचित भएमा सुसमाचार प्रचार सेवा सुरू गर्नुपूर्व मन्दिरका विधि कार्य गर्नेहरूका रूपमा सेवा गर्न सक्छन् (हेर्नुहोस् २५.५) ।

२४.५.२

प्रभुभोजका सभाहरू

बिशपरिकले भर्खरै बोलावट गरिएका सुसमाचार प्रचारकहरूलाई तिनीहरूको सुसमाचार प्रचारकोसेवा सुरू गर्नुपूर्व प्रभुभोजका सभामा बोल्न आमन्त्रण गर्छन् । यो नियमित प्रभुभोज सभा हो । ध्यान प्रभुभोज र मुक्तिदातामा हुनुपर्छ ।

२४.५.३

सुसमाचार प्रचारकहरूलाई पदीय जिम्मेवारी दिने

गृह किला अध्यक्षले प्रत्येक सुसमाचार प्रचारकलाई सम्भव भएसम्म आफ्नो सुसमाचार प्रचार सुरू हुने मितिको नजिकैको दिनमा पदीय जिम्मेवारी दिन्छन् । अत्यावश्यक अवस्थामा जब किला अध्यक्ष अनुपलब्ध छन् भने उनले आफ्ना सल्लाहकारहरू मध्ये एकलाई सुसमाचार प्रचारकहरूलाई पदीय जिम्मेवारी दिन सक्छन् ।

सुसमाचार प्रचार क्षेत्राध्यक्ष वा उनका सल्लाहकारहरू मध्ये एकले आफ्नो सुसमाचार प्रचारका जिल्लाहरूबाट बोलावट गरिएका सुसमाचार प्रचारकहरूलाई पदीय जिम्मेवारीहरू दिन्छन् । जिल्ला अध्यक्षले सुसमाचार प्रचारकहरूलाई पदीय जिम्मेवारी दिँदैनन् ।

घरबाट टाढा गएर सेवा गर्ने बन्धुले सुसमाचार प्रचारकका रूपमा पदीय जिम्मेवारी प्राप्त गर्नुपूर्व मल्कीसेदेक पादरित्व प्राप्त गरेको हुनुपर्छ । सेवा गर्ने सुसमाचार प्रचारकका रूपमा सेवा गर्ने बन्धुले आफ्नो परिस्थितिअनुसार उपयुक्त भएमा मल्कीसेदेक पादरित्व धारण गर्नुपर्छ ।

२४.६

घरबाट टाढा गएर सेवा गर्ने

२४.६.२

भूमिमा

२४.६.२.५

अरूहरूलाई आर्थिक रूपमा वा विद्यालय शिक्षा वा आप्रवासमा सहयोग गर्न अनुरोधहरू

सुसमाचार प्रचारकहरू र तिनीहरूका परिवारहरूले उनीहरूले सेवा गरिरहेको स्थानमा बस्नेहरूका लागि विद्यालय शिक्षाको लागि सहित कुनै आर्थिक सहयोग उपलब्ध गराउनु हुँदैन न त सुसमाचार प्रचारकहरू र तिनीहरूका परिवारहरूले अन्य देशहरूमा बसाइँ सर्न चाहने व्यक्तिहरूलाई प्रायोजित गर्नु नै हुन्छ (हेर्नुहोस् ३८.८.१९) ।

२४.६.२.८

सदस्यता अभिलेखहरू र दशांश

सुसमाचार प्रचारकको गृह वार्डले उनको सदस्यताको अभिलेख कायम राख्छ । गृह वार्डले उनको दशांशको स्थितिको पनि अभिलेख कायम राख्छ । सुसमाचार प्रचारकहरूले सुसमाचार प्रचार क्षेत्रबाट प्राप्त स्रोतबाट सहयोग कोषमा दशांश तिर्दैनन् । यद्यपि, तिनीहरूसँग कुनै व्यक्तिगत आय छ भने तिनीहरूले दशांश तिर्छन् ।

२४.६.३

सुसमाचार प्रचार क्षेत्रबाट घर फर्किँदै

२४.६.३.१

पूर्व तालिकाअनुसार नै घर फर्किँदै

सुसमाचार प्रचारकहरू र तिनीहरूका परिवारका सदस्यहरूले व्यक्तिगत सुविधाका लागि चाँडै फर्कने वा सेवा विस्तारको अनुरोध गर्ने गर्नु हुँदैन ।

युवा सुसमाचार प्रचारकहरूले आफ्नो सुसमाचार प्रचारक्षेत्रहरूबाट सिधै घरतर्फ यात्रा गर्नुपर्छ । सुसमाचार प्रचारक कम्तिमा एक अभिभावक वा संरक्षकको साथमा भएमा मात्र अन्य कुनै पनि यात्रा स्वीकृत हुन सक्छ ।

सुसमाचार प्रचारकहरूले तिनीहरूका किला अध्यक्षलाई रिपोर्ट नगरेसम्म सेवाबाट मुक्त हुँदैनन् । तिनीहरूले त्यो समयसम्म सुसमाचार प्रचारकका मापदण्डहरू अनुशरण गर्छन् ।

२४.६.३.२

सुसमाचार प्रचार क्षेत्रबाट समयपूर्व नै घर फर्किने

स्वास्थ्य, योग्यता वा अन्य कारणले गर्दा केही सुसमाचार प्रचारकहरूलाई छिट्टै मुक्त गरिन्छ । बिशपहरू र किला अध्यक्षहरूले यी फर्केका सुसमाचार प्रचारकहरूलाई विशेष सहयोग प्रदान गर्छन् । अगुवाहरूले तिनीहरूलाई पुनः स्वास्थ्य लाभ प्राप्त गर्न वा सम्भव भएमा सेवामा फर्कन कार्य गर्नका लागि सहयोग गर्छन् ।

२४.७

सेवा गर्ने सुसमाचार प्रचारका कार्यहरू

२४.७.१

सेवा गर्ने सुसमाचार प्रचारकहरूका लागि अवसरहरूको पहिचान गर्ने

बिशप, किला अध्यक्ष र सेवा गर्ने सुसमाचार प्रचारकले सेवा गर्नका लागि स्थानीय अवसरहरू पहिचान गर्न सँगै सल्लाह गर्छन् । सेवा गर्ने युवा सुसमाचार प्रचारकहरूका लागि, सेवा गर्ने एक सुसमाचार प्रचारक अगुवा र सुसमाचार प्रचारकका अभिभावकहरू वा संरक्षकहरू छलफलमा सहभगी हुन्छन् ।

२४.८

सुसमाचार प्रचार सेवा पछि

२४.८.२

सुसमाचार प्रचारकलाई मुक्त गर्ने अन्तर्वार्ता

किला अध्यक्षले सुसमाचार प्रचारकहरूलाई मुक्त गर्छन् र मुक्त गर्ने अन्तर्वार्ता लिन्छन् । जिल्लाहरूमा, सामान्यतया सुसमाचार प्रचार क्षेत्राध्यक्ष वा नियुक्त सल्लाहकारले सुसमाचार प्रचारकहरूलाई मुक्त गर्छन् ।

यस अन्तर्वार्ताका लागि निम्न मार्गदर्शनशहरू उपयोगी हुन सक्छन् ।

  • तिनीहरूलाई येशू ख्रीष्टको आजीवन अनुयायीका रूपमा निरन्तरता दिन प्रोत्साहन गर्नुहोस् ।

  • तिनीहरूलाई सुसमाचार प्रचारकका रूपमा विकास गरेका असल बानीहरू निर्माण गर्न परामर्श दिनुहोस् ।

  • युवा सुसमाचार प्रचारकहरूका लागि शिक्षा र रोजगारी सहित भविष्यका लागि विचार गर्न र तयारी गर्न तिनीहरूलाई प्रोत्साहन गर्नुहोस् ।

  • तिनीहरूलाई सदैव मन्दिर अनुमति-पत्रका लागि योग्य जीवन जिउनका लागि प्रोत्साहन गर्नुहोस् ।

२४.८.४

बोलावटहरू

अगुवाहरूले हालै मुक्त भएका सुसमाचार प्रचारकहरूलाई तत्कालै सेवाका उत्तरदायित्वहरू र बोलावटहरू दिन्छन् । यसमा उपयुक्त भएमा मन्दिरका विधिमा कार्य गर्नेहरूका रूपमा विचार गरिनु समावेश छ (हेर्नुहोस् २५.५) ।

२४.९

सुसमाचार प्रचारक सिफारिसहरू र सेवाका लागि स्रोतहरू

२४.९.२

वेबसाइटहरू

  • MissionaryRecommendations.ChurchofJesusChrist.org (स्थानीय अगुवाहरू र सुसमाचार प्रचारक उम्मेद्वारहरूका लागि मात्रै उपलब्ध छ)