पुस्तिकाहरू र बोलावटहरू
२६. मन्दिर अनुमति-पत्रहरू


”२६. मन्दिर अनुमति-पत्रहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२६. मन्दिर अनुमति-पत्रहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
बिशपले पुरुषलाई अन्तर्वार्ता गर्दै

२६.

मन्दिर अनुमति-पत्रहरू

२६.०

परिचय

मन्दिरमा प्रवेश गर्नु एक पवित्र सुअवसर हो । वार्ड र किलाका अगुवाहरूले सबै सदस्यहरूलाई मन्दिर नजिकै नबस्ने भए तापनि हालको मन्दिर अनुमति-पत्र प्राप्त गर्न योग्य हुन र यसलाई प्राप्त गर्न प्रोत्साहन गर्छन् ।

चर्चका अगुवाहरूले मन्दिरभित्र प्रवेश गर्ने सबै योग्य छन् भनी हेर्न हरसम्भव प्रयास गर्छन् (हेर्नुहोस् भजन सङ्ग्रह २४:३–५) ।

मन्दिरमा प्रवेश गर्नका लागि सदस्यहरूसँग हालको अनुमति-पत्र हुनुपर्छ ।

यदि उनीसँग यस अध्यायमा जवाफ नदिइएका मन्दिरका सम्बन्धमा प्रश्नहरू छन् भने कुनैपनि बिशपले आफ्नो किला अध्यक्षसँग सल्लाह लिन्छन् । किला अध्यक्षले प्रश्नहरूसहित प्रथम अध्यक्षताको कार्यालयलाई सम्पर्क गर्न सक्छन् ।

२६.१

मन्दिर अनुमति-पत्रहरूका प्रकारहरू

त्यहाँ तीन प्रकारका अनुमति-पत्रहरू छन्:

  1. मन्दिरको अभिदान प्राप्त नगरेका सदस्यहरूका लागि अनुमति -पत्र । यी अनुमति-पत्रहरू अभिदान प्राप्त नगरेका सदस्यहरूका लागि हुन् जो आफ्ना अभिभावकहरूसँग बाँधिन लागेका छन् वा प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणहरू निर्वाह गरिरहेका छन् । तिनीहरू अगुवा र कारिन्दाका संसाधन (LCR)द्वारा जारी गरिन्छ । थप जानकारीका लागि, हेर्नुहोस् २६.४

  2. जीवित विधिहरूका लागि मन्दिरका अनुमति-पत्र । यी अनुमति-पत्रहरू सदस्यहरूका लागि हुन् जसले आफ्नै अभिदान प्राप्त गर्छन् वा पति वा पत्नीसँग बाँधिन्छन् । जीवित विधिहरूका लागि अनुमति-पत्र अभिदान प्राप्त भएका सदस्यहरूका नियमित मन्दिर अनुमति-पत्रमा संलग्न गरिएको छ (तल वर्णन गरिएको छ) ।

  3. अभिदान प्राप्त गरेका सदस्यहरूका लागि मन्दिर अनुमति-पत्र । यी अनुमति-पत्रहरू ती सदस्यहरूका लागि हुन् जसले यसपूर्व अभिदान प्राप्त गरिसकेका छन् । तिनीहरू LCRद्वारा जारी गरिन्छन् । तिनीहरूले मृतकका लागि मन्दिरका सबै विधिहरूमा सहभागी हुन सदस्यलाई अधिकार दिन्छन् । तिनीहरू यसमा पनि प्रयोग गरिन्छ जब एक अभिदान प्राप्त सदस्य जीवित वा मृतक अभिभावक वा सन्ततिहरूसँग बाँधिन्छ । थप जानकारीको लागि, हेर्नुहोस् २६.३

२६.२

मन्दिर अनुमति-पत्रहरू सुरक्षित गर्ने

२६.२.१

पादरित्व बाहक अगुवाहरूले मन्दिरको अनुमति-पत्रहरू सुरक्षित गर्ने

मन्दिर अनुमति-पत्रका पुस्तकहरू राख्नका लागि अधिकार प्राप्त पादरित्व बाहक अगुवाहरूले तिनीहरूलाई सावधानीपूर्वक सुरक्षित राख्नुपर्छ ।

पादरित्व बाहक अगुवाहरूले LCRमा मन्दिर अनुमति-पत्रको जानकारीमा अनधिकृत व्यक्तिहरूको पहुँच नरहेको पनि सुनिश्चित गर्छन् ।

२६.२.३

हराइएको अथवा चोरी भएको अनुमति पत्रहरू

बिशपले सदस्यहरूलाई तिनीहरूको अनुमति-पत्र हराएमा वा चोरी भएमा यथाशीघ्र सूचित गर्न आग्रह गर्छन् । उनी वा तोकिएका सल्लाहकार वा कारिन्दाले यथाशीघ्र अनुमति-पत्र रद्द गर्न LCR प्रयोग गर्छन् । यदि यो प्रणाली उपलब्ध छैन भने, बिशपले अनुमति-पत्र रद्द गर्नका लागि मन्दिरको कार्यालयमा सम्पर्क गर्छन् ।

२६.२.४

योग्यताका मापदण्डहरू अनुरुप नजिउने अनुमति-पत्रबाहकहरू

हालको अनुमति-पत्र भएका कुनै सदस्य योग्यताको स्तरमा जिइरहेका छैन भनेर यदि बिशपले निर्धारण गर्छन् भने (हेर्नुहोस् २६.३), उनले सदस्यबाट अनुमति-पत्र अनुरोध गर्छन् । उनले अनुमति-पत्र रद्द गर्न LCR प्रयोग गर्छन् । यदि यो प्रणाली उपलब्ध छैन भने, बिशपले अनुमति-पत्र रद्द गर्नका लागि मन्दिरको कार्यालयमा सम्पर्क गर्छन् ।

२६.३

मन्दिर अनुमति-पत्रहरू जारी गर्न साधारण मार्गदर्शनहरू

पादरित्व अगुवाहरूले सदस्यले मन्दिर अन्तर्वार्ताका प्रश्नहरूको उचित रूपमा जवाफ दिएमा मात्र अनुमति-पत्र जारी गर्नुपर्छ ।

मन्दिर अनुमति-पत्रका अन्तर्वार्ता दिन हतार गरिनु हुँदैन । तिनीहरू व्यक्तिगत हुनुपर्छ । यद्यपि, अन्तर्वार्ता लिइएका व्यक्तिले अर्को वयस्कलाई उपस्थित हुन आमन्त्रित गर्न सक्छन् ।

मन्दिर अनुमति-पत्रको पुस्तकमा उल्लेख गरिका बाहेक पादरित्व अगुवाहरूले कुनै पनि आवश्यकताहरू थप्नु हुँदैन । न त तिनीहरूले कुनै आवश्यकताहरू हटाउनु नै हुन्छ ।

जारी गरेपछि किलामा, किला अध्यक्षताका सदस्य वा किला कारिन्दाले LCR मा मन्दिर अनुमति-पत्रलाई सक्रिय गर्छन् । जिल्लाहरूमा, सुसमाचार प्रचार क्षेत्राध्यक्षताका सदस्य वा सुसमाचार प्रचार क्षेत्रका कारिन्दाले अनुमति-पत्रलाई सक्रिय गर्छन् । प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणहरूका लागि अनुमति-पत्रहरू सक्रिय हुन्छन् जब तिनीहरू बिशपरिकका सदस्य वा शाखा अध्यक्षद्वारा छापिन्छन् ।

२६.३.१

वार्ड र शाखाहरूमा सदस्यहरूका लागि मन्दिर अनुमति-पत्रका लागि अन्तर्वार्ताहरू

वार्डमा, बिशप वा नियुक्त गारिएका सल्लाहकारले मन्दिर अनुमति-पत्रका अन्तर्वार्ता लिन्छन् र योग्य व्यक्तिहरूलाई अनुमति-पत्रहरू जारी गर्छन् । कुनै शाखामा, शाखा अध्यक्षले मात्र मन्दिर अनुमति-पत्रका अन्तर्वार्ता लिन्छन् र अनुमति-पत्रहरू जारी गर्छन् ।

वार्डमा, बिशपले व्यक्तिगत रूपमा सदस्यहरूको अन्तर्वार्ता लिन्छन् जसले:

  • आफ्नै अभिदान प्राप्त गर्दैछन् (हेर्नुहोस् २७.१२७.२) ।

  • पति/पत्नीसँग बाँधिदै छन् (हेर्नुहोस् २७.३) ।

बिशप अनुपलब्ध भएको समयमा जरुरी अवस्थाहरूमा, उनले आफ्ना सल्लाहकारहरू मध्ये एकलाई यी अन्तर्वार्ताहरू सञ्चालन गर्न अधिकार दिन सक्छ ।

माथि सूचीवद्ध कुनै पनि परिस्थितिहरूमा अनुमति-पत्र जारी गर्नुपूर्व बिशपले चर्च सदस्यता प्रतिवन्धहरूका सम्बन्धमा कुनै टिप्पणी समावेश गर्दैनन् भनेर प्रमाणित गर्न सदस्यता अभिलेखको समीक्षा गर्छन् । तिनीहरूको आफ्नै अभिदान प्राप्त गर्ने वा पति वा पत्नीसँग बाँधिने सदस्यहरूका लागि उनले यो पनि सुनिश्चित गर्छन्:

  • व्यक्तिको बप्तिस्मा र प्रमाणीकरण सदस्यता अभिलेखमा अभिलेख गरिएको छ ।

  • बन्धुहरूले मल्कीसेदेक पादरित्व प्राप्त गरेका छन् ।

बिशपरिक वा शाखा अध्यक्षका सदस्यको अन्तर्वार्ता पछि, किलामा बस्ने सदस्यहरूको अन्तर्वार्ता किला अध्यक्षताका सदस्यले लिन्छन् । जिल्लामा बस्ने सदस्यहरूको दोस्रो अन्तर्वार्ता सुसमाचार प्रचार क्षेत्राध्यक्षका सदस्यले लिन्छन् । प्रथम अध्यक्षताले अनुमति नदिएसम्म जिल्ला अध्यक्षले मन्दिर अनुमति-पत्रको अन्तर्वार्ता लिँदैनन् ।

२६.३.२

पृथक क्षेत्रहरूमा बस्ने सदस्यहरूका लागि मन्दिर अनुमति-पत्रका अन्तर्वार्ताहरू

केही सदस्यहरू महँगो यात्रा गर्नुपर्ने वा किला वा सुसमाचार प्रचार क्षेत्राध्यक्षसँग भेट्न महान् कठिनाइको सामना गर्नुपर्ने क्षेत्रहरूमा बस्छन् । यी परिस्थितिहरूमा, मन्दिरका अध्यक्षले व्यक्तिसँग अन्तर्वार्ता लिन र अनुमति-पत्रमा हस्ताक्षर गर्न सक्छन् । अन्तर्वार्ता सञ्चालन गर्नुपूर्व उनले किला वा सुसमाचार क्षेत्राध्यक्षसँग सुनिश्चित गर्छन् । बिशप, एक आधिकारिक सल्लाहकार वा शाखा अध्यक्षले पहिले नै ती सदस्यको अन्तर्वार्ता लिएर अनुमति-पत्रमा हस्ताक्षर गरेको हुनुपर्छ ।

२६.४

अभिदान प्राप्त नगरेका सदस्यहरूलाई मन्दिर अनुमति-पत्र जारी गर्ने

२६.४.१

साधारण मार्गनिर्देशनहरू

अभिदान प्राप्त नगर्ने सदस्यहरूलाई मन्दिर अनुमति-पत्रहरू देहायबमोजिम जारी गरिन्छ:

  • ११ र माथिका सदस्यहरूका लागि मृतकहरूका लागि बप्तिस्मा लिन र प्रमाणीकरण गर्न । (युवतीहरू र नियुक्त गरिएका युवाहरू १२ वर्ष पुगेको वर्षको जनवरीमा मन्दिर अनुमति-पत्रका लागि योग्य हुन्छन् ।)

  • ८ देखि २० उमेर सम्मका सदस्यहरूका लागि तिनीहरूका अभिभावकहरूसँग बाँधिनका लागि । ८ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई आफ्ना अभिभावकसँग बाँधिनका लागि अनुमति-पत्र आवश्यक छैन (हेर्नुहोस् २६.४.४) ।

  • ८ देखि २० उमेर सम्मका सदस्यहरूका लागि आफ्ना जीवित दाजुभाइ दिदीबहिनी वा सौतेनी दाजुभाइ दिदीबहिनीहरू अभिभावकसँग बाँधिदा अवलोकन गर्न ।

यसपूर्व अभिदान प्राप्त गरेका सदस्यहरूलाई यस खण्डमा व्याख्या गरिएका कुनै पनि अनुमति-पत्रहरू जारी गरिंदैन ।

चर्चका कुनै पुरुष सदस्य जो पादरित्व धारण गर्न पर्याप्त उमेरका भएका छन् भने उनले मन्दिरको अनुमति-पत्र प्राप्त गर्नुपूर्व पादरित्व विभागमा नियुक्त हुनुपर्छ ।

२६.४.२

भर्खरै बप्तिस्मा लिने सदस्यहरूका लागि मन्दिर अनुमति-पत्रहरू

बिशपले प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणहरूका लागि मात्रै मन्दिर अनुमति-पत्र प्राप्त गर्नका लागि उपयुक्त उमेरका नयाँ सदस्यहरूको अन्तर्वार्ता लिन्छन् । उनले यो अन्तर्वार्ता सदस्यको प्रमाणीकरण पश्चात् यथाशीघ्र सामान्यतया एक हप्ता भित्र सञ्चालन गर्छन् (हेर्नुहोस् २६.४.१) । बन्धुहरूका लागि, यो अन्तर्वार्ता हारुनको पादरित्व प्राप्त गर्नका लागि अन्तर्वार्ताको अंशका रूपमा आयोजना गर्न सकिन्छ ।

२६.४.३

प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणका लागि मात्रै मन्दिर अनुमति-पत्रहरू

प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणहरूको उद्देश्यका लागि जारी गरिएका मन्दिर अनुमति-पत्रहरू केवल त्यस प्रयोजनका लागि मात्र प्रयोग गर्न सकिन्छ ।

२६.४.४

जीवित बालबालिकाहरूलाई अभिभावकहरूसँग बाँध्न मन्दिर अनुमति-पत्रहरू

२१ वा सोभन्दा माथिका सदस्यहरूले तिनीहरूका अभिभावकहरूसँग बाँधिन वा बन्धनको समारोहको अवलोकन गर्न सक्छन् यदि तिनीहरूले (१) अभिदान प्राप्त गरेका र (२) हालको मन्दिर अनुमति-पत्र पाएका छन् भने ।

२६.५

विशेष परिस्थितिहरूमा मन्दिर अनुमति-पत्रहरू जारी गर्ने

२६.५.१

सदस्यहरूले तिनीहरू आफ्नै लागि अभिदान प्राप्त गर्ने

योग्य सदस्यहरू जो आफ्नै अभिदान प्राप्त गर्न चाहन्छन् तिनीहरूले निम्न सर्तहरू पूरा गरेर त्यसो गर्न सक्छन्:

  • तिनीहरू कम्तीमा १८ वर्षका छन् ।

  • तिनीहरूले उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय वा समकक्ष अध्ययन पूरा गरेका छन् वा यस पश्चात उपस्थित हुनु पर्दैन ।

  • तिनीहरूको प्रमाणीकरण पश्चात् एक वर्ष पूरा भएको छ ।

  • तिनीहरूले आफ्नो जीवनभर मन्दिरका करारहरू प्राप्त गर्ने र सम्मान गर्ने चाहना महसुस गर्छन् ।

साथै, एक व्यक्तिले आफ्नो अभिदान प्राप्त गर्नुपूर्व मल्कीसेदेक पादरित्व धारण गर्नुपर्छ । सदस्यहरूले आफ्नै अभिदान प्राप्त गर्ने तयारी गर्ने सम्बन्धमा जानकारीका लागि हेर्नुहोस् २५.२.८ । कसले अभिदान प्राप्त गर्न सक्छ भन्ने सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् २७.२.१

२६.५.३

घरबाट टाढा सेवा गरेका युवा सुसमाचार प्रचारकहरू सेवाबाट फर्किंदै

सुसमाचार प्रचार क्षेत्राध्यक्षले अनुमति-पत्रलाई मिति दिएर सक्रिय गर्छन् त्यसैले सुसमाचार प्रचारक घर फर्केको मितिबाट तीन महिना भित्रमा समाप्त हुन्छ ।

नयाँ मन्दिर अनुमति-पत्र जारी गर्न बिशपले तीन महिनाको म्याद सकिने अवधिको अन्त्यमा फर्केका सुसमाचार प्रचारकको अन्तर्वार्ता लिन्छन् ।

२६.५.४

उही वार्डमा कम्तिमा पनि एक वर्ष नबसेका सदस्यहरू

बिशप वा नियुक्त गरिएका सल्लाहकारले मन्दिर अनुमति-पत्रका लागि अन्तर्वार्ता सञ्चालन गर्नुपूर्व यसपूर्वका विशपलाई सम्पर्क गर्छन् ।

२६.५.७

लिङ्ग परिवर्तन गर्नेहरूका रूपमा पहिचान गरिएका सदस्यहरू

संवेदनशीलता र ख्रीष्ट जस्तो प्रेमका साथ व्यक्तिगत परिस्थितिहरूलाई सम्बोधन गर्न किला अध्यक्षले क्षेत्रीय अध्यक्षतासँग सल्लाह गर्नुपर्छ (हेर्नुहोस् ३८.६.२३) ।

२६.५.८

सदस्यहरू जसले गम्भीर पाप गरेका छन्

गम्भीर पाप गरेका सदस्यले पश्चात्ताप नगरेसम्म मन्दिर अनुमति-पत्र प्राप्त गर्न सक्दैन (हेर्नुहोस् ३२.६) ।

२६.५.९

चर्च सदस्यता फिर्ता वा राजीनामा पछि पुन: ग्रहण गरिएका सदस्यहरू

२६.५.९.१

सदस्यहरू जसले यसपूर्व अभिदान प्राप्त गरेका थिएनन्

यी सदस्यहरूलाई बप्तिस्मा र प्रमाणीकरणद्वारा चर्चमा पुन: प्रवेश गरेको मितिले पूरा एक वर्ष नपुग्दासम्म तिनीहरूको आफ्नै अभिदान प्राप्त गर्न अनुमति-पत्रहरू जारी गर्न सकिँदैन ।

२६.५.९.२

सदस्यहरू जसले यसपूर्व नै अभिदान प्राप्त गरिसकेका छन्

यसपूर्व नै अभिदान प्राप्त गरेका सदस्यहरूले आशीर्वादको पुनर्स्थापनाका विधिद्वारा तिनीहरूका मन्दिरका आशीर्वादहरू पुनर्स्थापना नगरिएसम्म कुनै पनि प्रकारका मन्दिर अनुमति-पत्र प्राप्त गर्न सक्दैनन् ।