पुस्तिकाहरू र बोलावटहरू
२५. वार्ड र किलामा मन्दिर र पारिवारिक इतिहासको कार्य


“२५. वार्ड र किलामा मन्दिर र पारिवारिक इतिहासको कार्य,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“२५. वार्ड र किलामा मन्दिर र पारिवारिक इतिहासको कार्य,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मन्दिर

२५.

वार्ड र किलामा मन्दिर र पारिवारिक इतिहासको कार्य

२५.०

परिचय

मन्दिर र पारिवारिक इतिहासको कार्य भनेको अनन्तकालका लागि परिवारहरूलाई एकतावद्ध गर्ने र बाँध्ने माध्यमहरू हुन् (हेर्नुहोस् मत्ती १६:१९) । यस कार्यले समावेश गर्दछ:

थप जानकारी “मन्दिरहरू” र “पारिवारिक इतिहास” मा उपलब्ध छ (सुसमाचार शीर्षकहरू, topics.ChurchofJesusChrist.org)।

२५.१

मन्दिर र पारिवारिक इतिहासको कार्यमा सदस्य र अगुवाको सहभागिता

चर्चका सदस्यहरूसँग अनन्तताका लागि आफ्नो परिवारलाई एकतावद्ध गर्न सहयोग गर्ने विशेषाधिकार र उत्तरदायित्व छ । तिनीहरूले मन्दिरका विधिहरू प्राप्त गर्दा करारहरू गर्न आफूस्वयंलाई तयार पार्छन् र तिनीहरू ती करारहरू पालना गर्न प्रयास गर्छन् ।

चर्चका सदस्यहरूलाई तिनीहरूका मृतक आफन्तहरूको पहिचान गर्न प्रोत्साहन गरिन्छ जसले मन्दिरका विधिहरू प्राप्त गरेका छैनन् । सदस्यहरूले त्यसपछि ती आफन्तहरूका तर्फबाट विधिहरू निर्वाह गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार १२८:१८) । आत्मिक संसारमा, मृतक व्यक्तिहरूले तिनीहरूका लागि गरिएका विधिहरू स्वीकार वा अस्वीकार गर्ने छनोट गर्न सक्छन् ।

२५.१.१

मन्दिरमा सहभागिताका लागि व्यक्तिगत उत्तरदायित्वहरू

सदस्यहरूले मन्दिरमा कहिले र कति पटक आराधना गर्ने भनेर तिनीहरूस्वयंले निर्धारण गर्छन् । अगुवाहरूले मन्दिरको उपस्थितिका लागि योजना वा जानकारीको प्रणाली स्थापना गर्दैनन् ।

२५.२

वार्डमा मन्दिर र पारिवारिक इतिहासका कार्यहरू व्यवस्थित गर्ने

२५.२.१

बिशपरिक

बिशपरिकले एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरूसँग समन्वय गर्छन् जब तिनीहरूले वार्डको मन्दिर र पारिवारिक इतिहासका प्रयासहरूको नेतृत्व गर्छन् । यी अगुवाहरूले नियमित रूपमा सँगै सल्लाह गर्छन् ।

वार्डमा मन्दिर र पारिवारिक इतिहासको कार्यका लागि बिशपरिकको निम्न उत्तरदायित्वहरू पनि छन्:

  • मन्दिर र पारिवारिक इतिहासका कार्यको सिद्धान्त र आशीर्वादहरू चर्चमा सिकाइन्छ भनी सुनिश्चित गर्ने ।

  • मन्दिर र पारिवारिक इतिहासका कार्यलाई वार्ड परिषद् र वार्ड युवा परिषद् वैठकहरूमा समन्वय गरिएको सुनिश्चित गर्ने ।

  • मन्दिर तयारी पाठ्यक्रमहरूको सङ्गठनको निरीक्षण गर्ने (हेर्नुहोस् २५.२.८) ।

  • मन्दिर अनुमति-पत्र जारी गर्ने (हेर्नुहोस् अध्याय २६) ।

२५.२.२

एल्डरहरूको गण र राहत समाज अध्यक्षताहरू

एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरूले वार्डमा दिनहुँ मन्दिर र पारिवारिक इतिहासका प्रयासहरूको नेतृत्व गर्छन् (हेर्नुहोस् ८.२.४; ९.२.४) । तिनीहरूले बिशपको समन्वयमा वार्ड परिषद्सँग यी प्रयासहरूको नेतृत्व गर्न सँगै कार्य गर्छन् ।

यी अगुवाहरूसँग निम्न उत्तरदायित्वहरू छन्:

  • सदस्यहरूलाई मन्दिरका विधिहरू प्राप्त गर्न र मन्दिरका करारहरू निर्माण गर्नका लागि तयारी हुन सहयोग गर्ने ।

  • सदस्यहरूलाई तिनीहरूका परिस्थितिले अनुमति दिएसम्म मन्दिरमा आराधना गर्न प्रोत्साहन गर्ने ।

  • सदस्यहरूलाई आफ्ना पुर्खाहरूका सम्बन्धमा बुझ्न र तिनीहरूका तर्फबाट मन्दिरका विधिहरू निर्वाह गर्न प्रोत्साहन गर्ने ।

  • वार्ड मन्दिर र परिवार इतिहासका अगुवाको कार्यको नेतृत्व गर्ने । यदि यी अगुवालाई बोलावट गरिएको छैन भने, एल्डरहरूको गणका अध्यक्षताको एक सदस्यले यो भूमिका निर्वाह गर्छन् (हेर्नुहोस् २५.२.३) ।

एल्डरहरूको गणका अध्यक्ष र राहत समाजका अध्यक्ष प्रत्येकले वार्डमा मन्दिर र पारिवारिक इतिहासको कार्यलाई अगुवाइ गर्नका लागि सहयोग गर्न अध्यक्षताको एक सदस्य नियुक्त गर्छन् । अध्यक्षताका यी दुई सदस्यहरू मिलेर कार्य गर्छन् । तिनीहरू वार्ड मन्दिर र पारिवारिक इतिहासका समन्वय बैठकहरूमा सहभागी हुन्छन् (हेर्नुहोस् २५.२.७) ।

२५.२.३

वार्ड मन्दिर र पारिवारिक इतिहासका अगुवा

वार्डका मन्दिर र पारिवारिक इतिहासका अगुवा बोलावट गर्ने कि नगर्ने भनेर बिशपरिकले किला अध्यक्षसँग परामर्श गर्छन् । यी व्यक्ति मल्कीसेदेक पादरित्वक बाहक हुनुपर्छ ।

वार्डका मन्दिर र पारिवारिक इतिहासका अगुवाले मन्दिर र पारिवारिक इतिहासको आफ्ना उत्तरदायित्वहरूमा एल्डरहरूको गणको अध्यक्षता र राहत समाजको अध्यक्षतालाई सहयोग गर्छन् । उनीसँग निम्न उत्तरदायित्वहरू पनि छन्:

  • वार्डका मन्दिर र पारिवारिक इतिहास समन्वय बैठकहरूको नेतृत्व गर्ने (हेर्नुहोस् २५.२.७) ।

  • वार्डका मन्दिर र पारिवारिक इतिहास सल्लाहकारहरूलाई निर्देशन दिने । मन्दिर र पारिवारिक इतिहासको कार्यमा सदस्यहरूलाई सहयोग गर्न तिनीहरूका प्रयासहरूमा समन्वय गर्ने ।

  • सुसमाचार सिक्ने, नयाँ सदस्यहरू र फर्कने सदस्यहरूलाई मन्दिर र पारिवारिक इतिहासको कार्यमा संलग्न हुनका लागि सहयोग गर्न वार्ड सुसमाचार प्रचारका अगुवा र सुसमाचार प्रचारकहरूसँग कार्य गर्ने ।

२५.२.४

वार्डमा मन्दिर र पारिवारिक इतिहास परामर्शदाताहरू

वार्डका मन्दिर र पारिवारिक इतिहास सल्लाहकारहरूले वार्डका मन्दिर र पारिवारिक इतिहासका अगुवा वा यो भूमिका पूरा गर्ने एल्डरहरूको गणका अध्यक्षताका सदस्यको निर्देशनमा सेवा गर्छन् । बिशपरिकले यी सदस्यहरूलाई सेवा गर्न बोलावट गर्छन् । वयस्क र युवाहरूलाई बोलावट गर्न सकिन्छ ।

परामर्शदाताहरूको निम्न उत्तरदायित्वहरू छन्:

  • सदस्यहरूलाई तिनीहरूका पितापुर्खाहरू पत्ता लगाउने र तिनीहरूका तर्फबाट मन्दिरका विधिहरू निर्वाह गर्ने आशीर्वादहरू अनुभव गर्न सहयोग गर्ने ।

  • सदस्यहरूलाई मन्दिरका विधिहरू प्राप्त गर्न र मन्दिरका करारहरू निर्माण गर्नका लागि तयारी हुन सहयोग गर्ने ।

  • मन्दिर र पारिवारिक इतिहासका समन्वय बैठकहरूमा सहभागी हुने (हेर्नुहोस् २५.२.७) ।

२५.२.७

वार्ड मन्दिर र पारिवारिक इतिहास समन्वय वैठकहरू

वार्डका मन्दिर र पारिवारिक इतिहासका संक्षिप्त अनौपचारिक समन्वय वैठकहरू नियमित रूपमा आयोजित हुन्छन् । वार्डका मन्दिर र परिवारिक इतिहासका अगुवालाई बोलावट गरिएमा, उनले यी वैठकहरू सञ्चालन गर्छन् । अन्यथा, यो भूमिका निर्वाह गर्ने एल्डरहरूको गणको अध्यक्षताको सदस्यले सञ्चालन गर्दछ ।

आमन्त्रण गरिएका अरू व्यक्तिहरूयी हुन्:

  • राहत समाज र एल्डरहरूको गणको अध्यक्षताका तोकिएका सदस्यहरू ।

  • पादरीहरूको गणको एक सहायक ।

  • युवती कक्षाको अध्यक्षताकी सबैभन्दा प्रौढ एक सदस्य ।

  • मन्दिर र पारिवारिक इतिहासका सल्लाहकारहरू ।

यी बैठकहरूको उद्देश्य यी हुन्:

  • वार्डका निश्चित सदस्यहरूलाई तिनीहरूको मन्दिर र पारिवारिक इतिहासको कार्य गर्न कसरी सहयोग गर्ने भन्ने योजना बनाउने ।

यी बैठकहरू व्यक्तिगत वा टाढाबाट पनि आयोजना गर्न सकिन्छ । फोन कल, सन्देश र इमेल सहित अन्य तरिकामा पनि समन्वय हुन सक्छ ।

२५.२.८

मन्दिर तयारी पाठ्यक्रम

बिशपको निर्देशनमा, सदस्यहरूलाई मन्दिरका विधिहरू प्राप्त गर्दा करारहरू निर्माण गर्नका लागि तयार रहन सहयोग गर्न एक मन्दिर तयारी पाठ्यक्रम सङ्गठित गर्न सकिन्छ । यी पाठ्यक्रमहरू आइतबारका नियमित बैठकहरूको समय भन्दा भिन्न समयमा सदस्यहरूको सुविधाजनक समयमा आयोजना गरिन्छ । तिनीहरू सभागृह वा घरमा आयोजना गर्न सकिन्छन् ।

पाठ्यक्रम सङ्गठित गर्नका लागि पाठ र निर्देशनहरू उच्चबाट अभिदान: मन्दिर तयारी सुसमाचार प्रशिक्षण शिक्षक पुस्तिका ।मा छन् । सहभागीहरूलाई पवित्र मन्दिरमा प्रवेश गर्ने तयारी गर्नेका प्रतिलिपिहरू दिइन्छ । व्यक्तिगत अध्ययन र पाठ्य सामग्रीहरूका लागि, हेर्नुहोस् temples.ChurchofJesusChrist.org

२५.४

परिवारिक इतिहासका स्रोतहरू

२५.४.१

मेरो परिवार: हामीलाईसँगै ल्याउने कथाहरू

मेरो परिवार: हामीलाई सँगै ल्याउने कथाहरूले मानिसहरूलाई आफन्त र पुर्खाहरू पत्ता लगाउन र तिनीहरूका कथाहरू सङ्कलन गर्न सहयोग गर्छन् । यस पुस्तिकाले सदस्यहरूलाई मन्दिरका विधिहरूका लागि पारिवारिक नामहरू तयार पार्न सुरू गर्नका लागि पनि सहयोग गर्न सक्छ ।

मा पुस्तिका डाउनलोड गर्न सकिन्छ ChurchofJesusChrist.org। भौतिक प्रतिलिपिहरू यहाँ मगाउन सकिन्छ store.ChurchofJesusChrist.org

२५.४.२

FamilySearch.org अनि परिवारखोज एपहरूमा

FamilySearch.org मन्दिर र पारिवारिक इतिहासको कार्यका लागि चर्चको वेबसाइट हो । यसले उपयोगकर्ताहरूलाई सहयोग गर्न सक्छ:

  • पारिवारिक वृक्ष जोडेर बनाउन र सम्बन्धहरू निर्माण गर्न ।

  • पुर्खाहरू र तिनीहरूका कथाहरू पत्ता लगाउन ।

  • पारिवारिक कथाहरू, फोटोहरू र इतिहासहरू बाँढ्न र सुरक्षित राख्न ।

  • मन्दिरका विधिहरूका लागि परिवारका नामहरू तयार पार्न ।

परिवारखोज वृक्ष एपपरिवारखोज स्मरण एपले मानिसहरूलाई मोबाइल उपकरणहरूबाट मन्दिर र पारिवारिक इतिहासको कार्यमा सहभागी हुन सक्षम बनाउँछ ।

२५.५

मन्दिरमा कार्य गर्ने व्यक्तिहरूलाई सिफारिस र बोलावाट गर्ने

२५.५.१

मन्दिरमा काम गर्ने व्यक्तिहरूलाई सिफारिस गर्ने

मन्दिरमा कार्य गर्ने सम्भावितहरूलाई निम्न तरिकामा पहिचान गरिएको छ:

  • बिशप वा अन्य वार्ड अगुवाद्वारा पहिचान गरिएका सदस्यहरू

  • सेवा गर्ने सम्बन्धमा बिशपलाई सम्पर्क गर्ने सदस्यहरू

  • मन्दिरका अध्यक्ष, मेट्रन वा अन्य मन्दिरका अगुवाद्वारा सिफारिस गरिएका सदस्यहरू

  • सुसमाचार प्रचार सेवाका लागि तयारी गरिरहेका वा भर्खरै फर्केका सदस्यहरू (हेर्नुहोस् अध्याय २४)

मन्दिरमा कार्य गर्ने सम्भावितहरूको नाम मन्दिरमा कार्य गर्नेहरूको सिफारिसका लागि उपयोग गरिने उपकरण प्रयोग गरी पेश गरिन्छ । यो उपकरण बिशप, किला अध्यक्षहरू र मन्दिर अध्यक्षहरूका लागि उपलब्ध छ ।