पुस्तिकाहरू र बोलावटहरू
३०. चर्चमा बोलावटहरू


“३०. चर्चमा बोलावटहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“३०. चर्चमा बोलावटहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मानिसहरूले दाहिने हात उठाउँदै

३०.

चर्चमा बोलावटहरू

३०.०

परिचय

बोलावटहरूले सदस्यहरूलाई परमेश्वरका सन्ततिहरूको सेवा गरेर परमेश्वरको सेवा गर्ने आनन्द महसुस गर्ने अवसर दिन्छन् (हेर्नुहोस् मोसीयाह २:१७)। बोलावटहरूले सदस्यहरूलाई तिनीहरूको आस्था वृद्धि गर्न र परमप्रभुसँग समीप हुन सहयोग गर्छन् ।

चर्चमा विशेष बोलावटको आकांक्षा गर्नु उचित हुँदैन (हेर्नुहोस् मर्कूस १०:४२–४५; सिद्धान्त र करार १२१:३४–३७)। न त चर्चका सदस्यहरू एक बोलावटबाट अर्को बोलावटमा ”बढुवा” हुन्छन् । बोलावट के हो भनेर भन्नु भन्दा पनि बोलावट प्राप्त गर्दा आस्थावान् भई सेवा गर्नु बढि महत्त्वपूर्ण छ । परमप्रभुले उहाँको चर्चमा सेवा गर्ने सबैको समर्पणलाई सम्मान गर्नुहुन्छ ।

३०.१

कसलाई बोलावट गर्ने भनेर निर्धारण गर्ने

३०.१.१

साधारण मार्गनिर्देशन

चर्चमा सेवा गर्नेहरूलाई परमेश्वरबाट बोलावटहरू आउँछन् (हेर्नुहोस् हिब्रू ५:४; आस्थाका बूँदाहरू १:५) । अगुवाहरूले कसलाई बोलावट गर्ने भनेर निर्धारण गर्न आत्माको मार्गदर्शन खोज्छन् ( ४.२.६पनि हेर्नुहोस्) । तिनीहरूले यी पनि विचार गर्छन्:

  • सदस्यको योग्यता (अन्तर्वार्तामा निर्धारण गरिएअनुसार) ।

  • अरूहरूलाई आशीर्वाद दिनका लागि सदस्यसँग भएका वा विकास गर्न सक्ने उपहार र सामर्थ्यहरू ।

  • सदस्यको व्यक्तिगत परिस्थितिहरू, उनको स्वास्थ्य र कार्य सहित ।

  • बोलावट गर्दा सदस्यको विवाह र परिवारमा पर्न सक्ने असर ।

सदस्यहरूले चर्चमा सेवा गर्नका लागि गरेका बलिदानहरूका लागि आशीर्वाद प्राप्त गर्छन् । यद्यपि, बोलावटले व्यक्ति र परिवारमा अनावश्यक बोझ दिनु हुँदैन । न त बोलावटहरूले सदस्यहरूलाई आफ्नो रोजगारका उत्तरदायित्वहरू पूरा गर्न कठीन नै बनाउनु हुन्छ ।

सामान्यतया, प्रत्येक सदस्यलाई सेवा गर्ने बन्धु वा दिदीबहिनीका अतिरिक्त एक पटकमा एक बोलावटमा मात्रै सेवा गर्न बोलावट गरिन्छ ।

एक विवाहित सदस्यलाई बोलावट विस्तार गर्दा अगुवाहरूले यो सुनिश्चित गर्छन् कि पति वा पत्नी सचेत छन् र बोलावटको समर्थन गर्छन् । एक युवा वा युवतीलाई बोलावट विस्तार गर्नुपूर्व अगुवाहरूले उनका अभिभावकहरू वा संरक्षकबाट स्वीकृति प्राप्त गर्छन् ।

बोलावट विस्तार गर्नुपूर्व बिशपले यसले टिप्पणी वा औपचारिक सदस्यता प्रतिबन्धहरू समावेश गर्दैन भनेर प्रमाणित गर्न व्यक्तिको सदस्यता अभिलेखलाई ध्यानपूर्वक समीक्षा गर्छन् ।

३०.१.२

नयाँ सदस्यहरूका लागि बोलावट

सेवा गर्ने अवसरहरूले सदस्यहरूलाई आत्मिक रूपमा वृद्धि गर्न सहयोग गर्दछ ।

वार्डका अगुवाहरूले नयाँ सदस्यहरूलाई बप्तिस्मा र प्रमाणीकरण गरेपछि सेवा गर्ने अवसरहरू दिन्छन् ।

३०.१.३

सदस्य नभएकाहरूका लागि बोलावटहरू

चर्चका सदस्यहरू नभएका मानिसहरूलाई केही स्थानहरूमा बोलावट गर्न सकिन्छ जस्तै वाध्यवादक, सङ्गीत निर्देशक वा क्रियाकलाप आयोजना गर्न सहयोग गर्ने बोलवट । यद्यपि, तिनीहरूलाई शिक्षकका रूपमा, गण वा सङ्गठनका अध्यक्षका रूपमा वा प्राथमिक सङ्गीत अगुवाहरूका रूपमा बोलावट गरिनु हुँदैन ।

३०.१.४

गोप्यता

बोलावटहरू र त्यसबाट मुक्त गर्नु पवित्र छन् । यस कारणले गर्दा अगुवाहरूले प्रस्तावित बोलावटहरू र बोलावटबाट मुक्त गर्नुलाई गोप्य राख्छन् ।

३०.१.५

बोलावटहरूका लागि सिफारिसहरू र स्वीकृतिहरू

बोलावटको त्यो पानाले प्रत्येक बोलावटका लागि कसले सिफारिस गर्न सक्छ र कसले अनुमोदन गर्छ भन्ने सङ्केत गर्छ (हेर्नुहोस् ३०.८) ।

बिशपहरू र किला अध्यक्षहरूले यो प्रार्थनापूर्वक गरिएको हो भनी मान्यता दिँदै प्रत्येक सिफारिसलाई गहन रूपमा मनन गर्छन् । कसलाई बोलावट गर्ने भन्ने सम्बन्धमा प्रेरणा प्राप्त गर्ने अन्तिम जिम्मेवारी बिशपरिक वा किला अध्यक्षताको हुन्छ ।

३०.२

बोलावट विस्तार गर्ने

सेवा गर्नका लागि बोलावट प्राप्त गर्नु सदस्यका लागि अर्थपूर्ण आत्मिक अनुभव हुनुपर्छ ।

जब कुनै अगुवाले बोलावट बिस्तार गर्छन्, उनले यो परमप्रभुबाट आएको हो भनेर व्याख्या गर्छन् ।

अगुवाले यी पनि गर्न सक्छन्:

  • बोलावटका उद्देश्य, महत्त्व र उत्तरदायित्वहरू व्याख्या गर्ने ।

  • बोलावट पूरा गर्न सदस्यलाई परमप्रभुको आत्मा खोज्न प्रोत्साहन गर्ने ।

  • गवाही दिने कि परमप्रभुले सदस्यलाई सहयोग गर्नुहुने छ र आस्थावान् भई सेवा गरेमा उनलाई आशीर्वाद दिनुहुने छ ।

  • बोलावटका लागि कसले तालीम र सहयोग प्रदान गर्नेछ भनेर सदस्यलाई बताउनुहोस् ।

  • सदस्यलाई उपस्थित हुनुपर्ने कुनै पनि वैठकहरूर उपलब्ध स्रोतहरूका सम्बन्धमा जानकारी दिनुहोस् ।

३०.३

बोलावटहरूमा सदस्यहरूलाई समर्थन गर्ने

चर्चका अधिकांश पदहरूमा बोलावट गरिएकाहरूलाई तिनीहरूले सेवा सुरू गर्नुपूर्व समर्थनका लागि प्रस्तुत गरिनुपर्छ (हेर्नुहोस् सिद्धान्त र करार २८:१३; ४२:११)।

समर्थन सञ्चालन गर्ने व्यक्तिले पहिले कसलाई त्यो बोलावटबाट मुक्त गरियो भनेर घोषणा गर्छन् (यदि लागू भएमा) । उनले सदस्यहरूलाई त्यस व्यक्तिको सेवाका लागि धन्यवादको अभिव्यक्ति दिन आमन्त्रन गर्छन् (हेर्नुहोस् ३०.६) ।

कुनै व्यक्तिलाई समर्थनका लागि प्रस्तुत गर्दा, आधिकारिक एक पादरित्व अगुवाले उनलाई खडा हुन आमन्त्रण गर्छन् । अगुवाले निम्न शब्दहरू प्रयोग गर्न सक्छन्:

“[नाम] लाई [पद] का रूपमा बोलावट गरिएको छ । जो [ऊ वा उनी]को समर्थनको पक्षमा छन् तिनीहरूले यसलाई हात उचालेर देखाउन सक्छन् । [छोटो विश्राम लिनुहोस् ।] विरोध गर्नेहरू यदि कोही हुनुहुन्छ भने ले पनि देखाउन सक्नुहुन्छ । [छोटो विश्राम लिनुहोस् ।]”

यदि आज्ञाकारी रहेका कुनै एक सदस्यले विधिको विरोध गर्छ भने, अध्यक्षता गर्ने अगुवा वा नियुक्त गरिएका अन्य पादरित्व अगुवाले सभा पछि ऊ वा उनलाई एकान्तमा भेट्छन् ।

३०.४

बोलावटहरूमा सेवा गर्नका लागि सदस्यहरूलाई नियुक्त गर्ने

थप जानकारीका लागि, हेर्नुहोस् १८.११

३०.६

बोलावटहरूबाट सदस्यहरूलाई मुक्त गर्ने

जब कुनै अध्यक्ष वा बिशप बोलावटबाट मुक्त हुन्छन्, उनका सल्लाहकारहरू स्वतः मुक्त हुन्छन् ।

बोलावटबाट मुक्त हुन बिस्तार गर्नु अगुवाका लागि कृतज्ञता व्यक्त गर्ने र सदस्यको सेवामा परमेश्वरका प्रभाव रहेको स्वीकार गर्ने महत्त्वपूर्ण अवसर हो । अगुवाले सार्वजनिक रूपमा घोषणा गर्नुपूर्व ऊ वा उनलाई बोलावटबाट मुक्त गर्ने सम्बन्धमा जानकारी दिन सदस्यसँग व्यक्तिगत रूपमा भेटघाट गर्छन् । यो घोषणा गर्नुपूर्व जानकारी दिन आवश्यक हुनेहरूलाई मात्रै बोलावटबाट मुक्त हुने सम्बन्धमा जनाकारी दिइन्छ ।

आधिकारिक कुनै पादरित्व अगुवाले त्यही तरिकामा बोलावटबाट मुक्त भएको घोषणा गर्छन् जसरी व्यक्तिलाई समर्थन गरिएको थियो । अगुवाले निम्न जस्ता शब्दहरू प्रयोग गर्न सक्छन्:

“[नाम] लाई [पद] को बोलावटबाट मुक्त गरिएको छ । [उनको] सेवाका लागि धन्यवाद व्यक्त गर्न चाहनेहरूले यसलाई उठाइएको हातले देखाउन सक्छन् ।”

यदि कसैले विरोध गर्दछन् कि भनेर अगुवाले सोध्दैनन् ।

३०.८

बोलावटहरूका चार्ट

३०.८.१

वार्डका बोलावटहरू

बोलावट

द्वारा सिफारिस गरिएको

द्वारा प्रमाणित गरिएको

द्वारा समर्थन गरिएको

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बोलावट

बिशप

द्वारा सिफारिस गरिएको

किला अध्यक्ष, LCRको उपयोग गर्दै

द्वारा प्रमाणित गरिएको

प्रथम अध्यक्षता तथा बाह्र प्रेरितको गण

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

प्रथम अध्यक्षताबाट स्वीकृति प्राप्त गरेपछि किला अध्यक्ष

बोलावट

बिशपरिकमा सल्लाहकारहरू

द्वारा सिफारिस गरिएको

बिशप

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद्

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला अध्यक्ष वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

वार्डका कारिन्दा

द्वारा सिफारिस गरिएको

बिशपरिक

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद्

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला अध्यक्ष वा नियुक्त गरिएका सल्लाहकार वा उच्च सल्लाहकार

बोलावट

वार्डका कार्यकारी सचिव

द्वारा सिफारिस गरिएको

बिशपरिक

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद्

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला अध्यक्ष वा नियुक्त गरिएका सल्लाहकार वा उच्च सल्लाहकार

बोलावट

एल्डरहरूको गणको अध्यक्ष

द्वारा सिफारिस गरिएको

किला अध्यक्षता (बिशपसँगको परामर्शमा)

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद्

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला अध्यक्ष

बोलावट

एल्डरहरूको गणको अध्यक्षतामा सल्लाहकारहरू

द्वारा सिफारिस गरिएको

गण अध्यक्ष (बिशपसँगको परामर्शमा)

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद्

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला अध्यक्ष वा नियुक्त गरिएका सल्लाहकार वा उच्च सल्लाहकार

बोलावट

एल्डरहरूको गणका अन्य बोलावटहरू

द्वारा सिफारिस गरिएको

गणको अध्यक्षता

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

गणका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

गणका अध्यक्ष वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

वार्डका सङ्गठनका अध्यक्षहरू

द्वारा सिफारिस गरिएको

बिशपरिक

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप

बोलावट

वार्डका सङ्गठनका अध्यक्षताहरूमा सल्लाहकारहरू

द्वारा सिफारिस गरिएको

सङ्गठनका अध्यक्ष

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

राहत समाजका अन्य बोलावटहरू

द्वारा सिफारिस गरिएको

राहत समाजको अध्यक्षता

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

राहत समाजका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

वार्डका अन्य युवती, प्राथमिक र शबाथको शिक्षालयका बोलावटहरू

द्वारा सिफारिस गरिएको

सङ्गठनका अध्यक्षता

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

वार्ड सुसमाचार प्रचार अगुवा (एल्डरहरूको गणको अध्यक्षताका एक सदस्यले यो भूमिका निर्वाह गर्न सक्छन्; यदि त्यसो हो भने, उनलाई बोलावट गरिनु, समर्थन गरिनु वा पदीय जिम्मेवारी दिइनु पर्दैन)

द्वारा सिफारिस गरिएको

बिशपरिक (एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरूसँगको परामर्शमा)

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

वार्डका सुसमाचार प्रचारकहरू

द्वारा सिफारिस गरिएको

बिशपरिक वा एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरू

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

वार्ड मन्दिर र पारिवारिक इतिहास अगुवा (एल्डरहरूको गणको अध्यक्षताको एक सदस्यले यो भूमिका निर्वाह गर्न सक्छन्; यदि त्यसो हो भने, उनलाई बोलावट गरिनु, समर्थन गरिनु वा पदीय जिम्मेवारी दिइनु पर्दैन)

द्वारा सिफारिस गरिएको

बिशपरिक (एल्डरहरूको गण र राहत समाजका अध्यक्षहरूसँगको परामर्शमा)

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

पादरीहरूको गणमा सहायकहरू

द्वारा सिफारिस गरिएको

बिशप (पादरीहरूको गणका अध्यक्षका रूपमा)

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

गणका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप

बोलावट

शिक्षकहरू र डिकनको गणका अध्यक्षहरू

द्वारा सिफारिस गरिएको

बिशपरिक

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

गणका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकारद्वारा बोलावट गरिएका; बिशपद्वारा पदीय जिम्मेवारी प्रदान गरिएको

बोलावट

शिक्षकहरू र डिकनहरूको गणको अध्यक्षताका सल्लाहकारहरू र गणका सचिवहरू

द्वारा सिफारिस गरिएको

गणका अध्यक्ष

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

गणका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

युवतीहरूको कक्षाका अध्यक्षहरू

द्वारा सिफारिस गरिएको

बिशपरिक (युवती अध्यक्षताको परामर्शमा)

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

कक्षाका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

युवतीहरूको कक्षाका अध्यक्षताहरूका सल्लाहकारहरू र कक्षाका सचिवहरू

द्वारा सिफारिस गरिएको

कक्षा अध्यक्ष

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

कक्षाका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा नियुक्त गरिएका सल्लाहकार

बोलावट

अन्य वार्डका बोलावटहरू

द्वारा सिफारिस गरिएको

बिशपरिक

द्वारा प्रमाणित गरिएको

बिशपरिक

द्वारा समर्थन गरिएको

वार्डका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बिशप वा तोकिएको सल्लाहकार

  1. मन्दिरमा बाँध्ने सक्रिय व्यक्तिहरूलाई बिशपरिकहरूमा सेवा गर्न बोलावट गरिनु हुँदैन । चर्चका अध्यक्षको निर्देशनमा मन्दिरमा बाँध्ने व्यक्तिहरूलाई बोलावट गरिन्छ ।

३०.८.२

शाखाका बोलावटहरू

बोलावट

द्वारा सिफारिस गरिएको

द्वारा प्रमाणित गरिएको

द्वारा समर्थन गरिएको

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

बोलावट

शाखा अध्यक्ष

द्वारा सिफारिस गरिएको

किला, सुसमाचार प्रचार क्षेत्र वा जिल्ला अध्यक्षता

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद् वा सुसमाचार प्रचार क्षेत्राध्यक्षता

द्वारा समर्थन गरिएको

शाखाका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला वा सुसमाचार क्षेत्राध्यक्ष (वा नियुक्त गरिएमा जिल्ला अध्यक्ष )

बोलावट

शाखा अध्यक्षतामा सल्लाहकारहरू

द्वारा सिफारिस गरिएको

शाखा अध्यक्ष

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद् वा सुसमाचार प्रचार क्षेत्राध्यक्षता (वा जब सुसमाचार प्रचार क्षेत्राध्यक्षद्वारा अधिकार प्रदान गरिएमा, जिल्ला अध्यक्षता)

द्वारा समर्थन गरिएको

शाखाका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला, सुसमाचार क्षेत्र वा जिल्ला अध्यक्ष वा एक नियुक्त सल्लाहकार

बोलावट

शाखा कारिन्दा, सहायक कारिन्दाहरू र कार्यकारी सचिव

द्वारा सिफारिस गरिएको

शाखा अध्यक्षता

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद् वा सुसमाचार प्रचार क्षेत्राध्यक्षता (वा जब सुसमाचार प्रचार क्षेत्राध्यक्षद्वारा अधिकार प्रदान गरिएमा, जिल्ला अध्यक्षता)

द्वारा समर्थन गरिएको

शाखाका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला अध्यक्ष वा एक नियुक्त सल्लाहकार वा उच्च सल्लाहकार (किलामा शाखाहरूका लागि); जिल्ला अध्यक्ष वा उनले नियुक्त गरेका पादरित्व अगुवा (सुसमाचार प्रचार क्षेत्रहरूमा शाखाहरूका लागि)

बोलावट

एल्डरहरूको गणको अध्यक्ष

द्वारा सिफारिस गरिएको

किला, जिल्ला वा सुसमाचार प्रचार क्षेत्राध्यक्षता (शाखा अध्यक्षसँगको परामर्शमा)

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद् वा सुसमाचार प्रचार क्षेत्राध्यक्षता (वा जब सुसमाचार प्रचार क्षेत्राध्यक्षद्वारा अधिकार प्रदान गरिएमा, जिल्ला अध्यक्षता)

द्वारा समर्थन गरिएको

शाखाका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला वा सुसमाचार क्षेत्राध्यक्ष (वा नियुक्त गरिएमा जिल्ला अध्यक्ष)

बोलावट

एल्डरहरूको गणको अध्यक्षतामा सल्लाहकारहरू

द्वारा सिफारिस गरिएको

गणका अध्यक्ष (शाखा अध्यक्षको परामर्शमा)

द्वारा प्रमाणित गरिएको

किला अध्यक्षता र उच्च परिषद् वा सुसमाचार प्रचार क्षेत्राध्यक्षता (वा जब सुसमाचार प्रचार क्षेत्राध्यक्षद्वारा अधिकार प्रदान गरिएमा, जिल्ला अध्यक्षता)

द्वारा समर्थन गरिएको

शाखाका सदस्यहरू

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

किला वा सुसमाचार क्षेत्राध्यक्ष वा नियुक्त गरिएका सल्लाहकार वा उच्च सल्लाहकार (वा नियुक्त गरिएमा जिल्ला अध्यक्ष वा अन्य पादरित्व अगुवा)

बोलावट

शाखाका अन्य बोलावटहरू

द्वारा सिफारिस गरिएको

हेर्नुहोस् ३०.८.१, शाखा अध्यक्ष बिशप को सट्टामा र शाखा वार्ड को सट्टामा ।

द्वारा प्रमाणित गरिएको

हेर्नुहोस् ३०.८.१, शाखा अध्यक्ष बिशप को सट्टामा र शाखा वार्ड को सट्टामा ।

द्वारा समर्थन गरिएको

हेर्नुहोस् ३०.८.१, शाखा अध्यक्ष बिशप को सट्टामा र शाखा वार्ड को सट्टामा ।

द्वारा बोलावट गरिएको र पदीय जिम्मेवारी दिइएको

हेर्नुहोस् ३०.८.१, शाखा अध्यक्ष बिशप को सट्टामा र शाखा वार्ड को सट्टामा ।

  1. मन्दिरमा बाँध्ने सक्रिय व्यक्तिहरूलाई शाखा अध्यक्षतामा सेवा गर्न बोलावट गरिनु हुँदैन । चर्चका अध्यक्षको निर्देशनमा मन्दिरमा बाँध्ने व्यक्तिहरूलाई बोलावट गरिन्छ ।