पुस्तिकाहरू र बोलावटहरू
२९. चर्चमा सभाहरू


“२९. चर्चमा सभाहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३)।

“२९. चर्चमा सभाहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
प्रभुभोज सभामा आमा र छोरी

२९.

चर्चमा सभाहरू

२९.०

परिचय

पछिल्ला दिनका सन्तहरू उपासना गर्न, एकअर्कालाई उन्नति गराउन र सुसमाचार सिकाउन र सिक्न एकसाथ एकत्रित हुन्छन् । मुक्तिदाताले प्रतिज्ञा गर्नुभयो, “जहाँ दुई वा तीन जना मेरो नाममा एकत्रित हुन्छन्, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु” मत्ती १८:२०) । सँगै एकत्रित हुनु भनेको हाम्रो हृदय “एकता र प्रेममा एकसाथ जोडिएको” हुने एउटा तरिका हो (मोसीयाह १८:२१) ।

यद्यपि, सभा आयोजना गर्नुले येशू ख्रीष्टले जस्तै गर्नुभएको सेवा र परोपकारलाई कहिल्यै प्रतिस्थापन गर्नु हुँदैन ।

२९.१

सभाहरू योजना र सञ्चालन गर्ने

“तिनीहरू पवित्र आत्माद्वारा निर्देशित हुँदा, परमेश्वरका आज्ञाहरू र प्रकाशहरूअनुसार” अगुवाहरूले योजना बनाउँछन् र सभाहरू सञ्चालन गर्छन् सिद्धान्त र करार २०:४५; मोरोनी ६:९; सिद्धान्त र करार ४६:२पनि हेर्नुहोस्) । तिनीहरू आफ्ना सभाहरूमा आत्माको प्रभावलाई आमन्त्रण गर्ने तरिकाहरू खोज्छन् ।

अगुवाहरूले यो सुनिश्चित गर्छन् कि वैठकहरूको सङ्ख्या र समयावधिले सदस्यहरू वा तिनीहरूका परिवारहरूका लागि बोझ सिर्जना गर्दैनन् ।

२९.२

वार्डका सभाहरू

२९.२.१

प्रभुभोजका सभा

२९.२.१.१

प्रभुभोजको सभाको योजना बनाउने

बिशपरिकले योजना बनाउँछन् र प्रभुभोजका सभा सञ्चालन गर्छन् । सभाको केन्द्र प्रभुभोज र येशू ख्रीष्टमा आस्था निर्माणमा छ भनेर तिनीहरूले सुनिश्चित गर्छन् ।

प्रभुभोज सभा एक घण्टा चल्छ । यसमा निम्न समावेश हुन सक्छ:

  1. प्रारम्भको सङ्गीत (हेर्नुहोस् १९.३.२ दिशानिर्देशहरूको लागि) ।

  2. अभिवादन र स्वागत ।

  3. अध्यक्षता गर्ने अधिकारी वा भ्रमणमा आएका अन्य अगुवाहरूको सम्मान गर्ने ।

  4. सूचनाहरू । यी न्यूनतम राखिनु पर्छ ।

  5. प्रारम्भको भजन र प्रार्थना । हेर्नुहोस् १९.३.२२९.६

  6. निम्न जस्तै वार्ड र किलाका कार्य,:

    • अधिकारी र शिक्षकहरूलाई समर्थन र मुक्त गर्ने (हेर्नुहोस् ३०.३३०.६)।

    • हारुनको पादरित्वको विभागमा नियुक्त गर्न बन्धुहरूको नाम प्रस्तुत गर्ने (हेर्नुहोस् १८.१०.३)।

    • भर्खरै परिवर्तित भएका सहित वार्डका नयाँ सदस्यहरूलाई पहिचान गर्ने ।

  7. बालबालिकाहरूको नामाकरण गर्ने र आशीर्वाद दिने (हेर्नुहोस् १८.६)। यो सामान्यतया उपवास र गवाही सभामा गरिन्छ (हेर्नुहोस् २९.२.२) ।

  8. नयाँ परिवर्तित सदस्यहरूलाई प्रमाणीकरण गर्ने (हेर्नुहोस् १८.८) ।

  9. प्रभुभोजका भजन र प्रभुभोजको प्रशासन । सभाको प्रमुख केन्द्र प्रभुभोज हो । यो विधि सदस्यहरूका लागि मुक्तिदाता र उहाँको बलिदानतर्फ आफ्ना विचारहरू निर्देशित गर्ने एक अवसर हो ।

    तयारी, प्रभुभोजमा आशीर्वाद र वितरणका सम्बन्धमा थप जानकारीका लागि, हेर्नुहोस् १८.९

  10. सुसमाचारका सन्देशहरू र सभामा गायन वा अन्य सङ्गीत ।

  11. समापन भजन र प्रार्थना।

  12. सभा पश्चातको सङ्गीत

२९.२.१.४

वक्ताहरू चयन गर्ने

बिशपरिकले प्रभुभोज सभाका लागि वक्ताहरू चयन गर्छन् । प्रायश: तिनीहरूले युवाहरू सहित वार्ड सदस्यहरूलाई आमन्त्रण गर्छन् ।

वक्ताहरूले येशू ख्रीष्टको गवाही दिन्छन् र धर्मशास्त्र प्रयोग गरेर उहाँको सुसमाचार सिकाउँछन् (हेर्नुहोस् सिद्धान्त र करार ४२:१२; ५२:९) ।

२९.२.२

उपवास र गवाही सभा

उपवास र गवाही सभामा, नियुक्त गरिएका कुनै वक्ता वा विशेष सङ्गीत छनोट गरिएको हुँदैन । बरु, सञ्चालन गर्ने व्यक्तिले संक्षिप्त गवाही दिन्छन् । त्यसपछि उनले चर्चका सदस्यहरूलाई आफ्नो गवाही दिन आमन्त्रण गर्छन् । गवाही दिनु भनेको पवित्र आत्माद्वारा प्रेरित सुसमाचारका सत्यताको घोषणा गर्नु हो ।

२९.२.३

वार्डका सम्मेलन

२९.२.४

बिशपरिकको वैठक

मननयोग्य विषयहरूमा यी समावेश हुन सक्छन्:

  • वार्डमा मुक्ति र उत्कर्षका कार्यको समन्वय गर्ने ।

  • वार्डमा व्यक्ति र परिवारलाई मजबुत बनाउने— विशेष गरी युवा र बालबालिहरू ।

  • पादरित्वका विधिहरू सहित विधिहरू प्राप्त गर्न तयार हुन सक्ने सदस्यहरूको पहिचान गर्ने ।

  • वार्डका पदहरूमा बोलावट गर्न सदस्यहरूको पहिचान गर्ने ।

२९.२.५

वार्ड परिषद् वैठक

बिशपले योजना बनाउँछन्, अध्यक्षता गर्छन् र वार्ड परिषद्का सभाहरू सञ्चालन गर्छन् । परिषद्ले विशप बिना प्रमुख निर्णय गर्दैन ।

वार्ड सङ्गठनका अगुवाहरू दुई सामर्थ्यमा वार्ड परिषद् सभामा उपस्थित हुन्छन्:

  1. वार्डका सबै सदस्यहरूलाई आशीर्वाद दिनका लागि सहयोग गर्ने वार्ड परिषद्को सदस्यका रूपमा ।

  2. आ-आफ्ना सङ्गठनका प्रतिनिधिका रूपमा ।

जब तिनीहरू सँगै एकत्रित हुन्छन्, वार्ड परिषद् सदस्यहरूले सम्पूर्ण परिषद्को एकीकृत प्रयासबाट लाभ उठ्ने विषयमा छलफल गर्छन् । परिषद्का प्रत्येक सदस्यलाई यी विषयहरूमा आफ्ना विचार र प्रेरणा बाँढ्न प्रोत्साहन गरिन्छ ।

वार्ड परिषद्का सभाहरू सामान्यतया एक घण्टा भन्दा बढी चल्दैनन् । तिनीहरू प्रार्थना र पूर्व सभाहरूका कार्यभारहरूका संक्षिप्त प्रतिवेदनहरूबाट सुरू हुन्छन् । बिशपले व्यक्ति र परिवारलाई आशीर्वाद दिनका लागि सबैभन्दा आवश्यक पर्ने विषयहरूलाई प्राथमिकता दिन्छन् ।

  • येशू ख्रीष्टको सुसमाचार जिउने । सबै सदस्यहरूलाई आस्था निर्माण गर्न, मुक्तिका विधिहरू प्राप्त गर्न र तिनीहरूका करारहरू पालना गर्न सहयोग गर्ने ।

  • आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने । व्यक्ति, परिवार र समुदायलाई आशीर्वाद दिन स्रोत र सीपहरू बाँढ्ने । वार्डका सदस्यहरूलाई आत्मनिर्भर बन्न सहयोग गर्ने । (हेर्नुहोस् अध्याय २२) ।

  • सुसमाचार ग्रहण गर्न सबैलाई आमन्त्रण गर्ने । सुसमाचारका सम्बन्धमा सिक्नेहरू, साथै नयाँ र फर्कने सदस्यहरूको प्रगतिको समीक्षा गर्ने । सदस्यहरूले अरूहरूसँग सुसमाचार बाँढ्न सक्ने तरिकाहरूका सम्बन्धमा छलफल गर्ने । (हेर्नुहोस् अध्याय २३) ।

  • अनन्तताका लागि परिवारहरूलाई एकतावद्ध गर्ने । मन्दिरका विधिहरू प्राप्त गर्ने तयारीमा रहेका सदस्यहरूको प्रगतिको समीक्षा गर्ने । थप सदस्यहरूलाई मन्दिरको अनुमति-पत्रका लागि योग्य बन्न सहयोग गर्ने तरिकाहरूका सम्बन्धमा योजना निर्माण गर्ने । सदस्यहरूले मन्दिर र पारिवारिक इतिहासको कार्यमा सहभागी हुन सक्ने तरिकाहरू छलफल गर्ने । (हेर्नुहोस् अध्याय २५) ।

परिषद्का सदस्यहरूले कुनै पनि व्यक्तिगत वा संवेदनशील जानकारी गोप्य राख्नुपर्छ (हेर्नुहोस् ४.४.६) ।

२९.२.६

वार्ड युवा परिषद् वैठक

प्रत्येक बैठकपूर्व बिशप र सञ्चालान गर्ने व्यक्तिले छलफल गरिने विषयवस्तुहरूको समीक्षा गर्छन् ।

  • मुक्ति र उत्कर्षको कार्य ।

  • वार्डमा युवाहरूको आवश्यकता र तिनीहरूलाई सम्बोधन गर्ने तरिकाहरू ।

  • कम सक्रिय वा नयाँ सदस्य भएका युवाहरूनजिक पुग्ने प्रयास ।

  • आवश्यक परेकाहरूलाई सेवा गर्ने अवसरहरू सहितका क्रियाकालपहरू । अधिकांश योजनाहरू गण वा कक्षा अध्यक्षता बैठकहरूमा गरिन्छ (हेर्नुहोस् अध्याय २०) ।

  • परोपकारी सेवा (हेर्नुहोस् अध्याय २१) ।

  • भर्खरै बोलावट गरिएको गण र कक्षा अध्यक्षतालाई अभिमुखीकरण गर्ने ।

२९.२.८

आइतबारका सभाहरूका लागि तालिकाहरू

वार्डहरूले आइतबारको सभाका लागि दुई घण्टाको निम्न तालिका मध्ये एकको प्रयोग गर्छन् ।

योजना १

६० मिनेट

प्रभुभोजका सभा

१० मिनेट

कक्षा र बैठकहरूमा समायोजन

५० मिनेट

सबै आइतबारहरू: प्राथमिक, नर्सरी सहित

महिनाको पहिलो र तेस्रो आइतबार: शबाथको शिक्षालय

दोस्रो र चौथो आइतबार: पादरित्वको गणका वैठकहरू, राहत समाजका वैठकहरू र युवतीहरूका वैठकहरू

पाँचौं आइतबार: युवा र वयस्कहरूका लागि वैठकहरू । बिशपरिकले विषय निर्धारण गर्छन् र शिक्षकहरूलाई जिम्मेवारी दिन्छन् ।

योजना २

५० मिनेट

सबै आइतबारहरू: प्राथमिक, नर्सरी सहित

महिनाको पहिलो र तेस्रो आइतबार: शबाथको शिक्षालय

दोस्रो र चौथो आइतबार: पादरित्वको गणका वैठकहरू, राहत समाजका वैठकहरू र युवतीहरूका वैठकहरू

पाँचौं आइतबार: युवा र वयस्कहरूका लागि वैठकहरू । बिशपरिकले विषय निर्धारण गर्छन् र शिक्षकहरूलाई जिम्मेवारी दिन्छन् ।

१० मिनेट

प्रभुभोजका सभामा समायोजन

६० मिनेट

प्रभुभोजका सभा

२९.३

किला सभाहरू

२९.३.१

किला सम्मेलन

२९.३.२

किला साधारण पादरित्व वैठक

२९.३.३

किला पादरित्व नेतृत्व वैठक

२९.३.४

किला नेतृत्व वैठकहरू

२९.३.५

किला उच्च पादरीहरूको गणको वैठक

२९.३.६

किला अध्यक्षता वैठक

२९.३.७

उच्च परिषद् वैठक

२९.३.८

किला परिषद् वैठक

२९.३.९

किला वयस्क नेतृत्व समिति वैठक

२९.३.१०

किला युवा नेतृत्व समिति वैठक

२९.३.११

किला बिशप परिषद् वैठक

२९.५

मृतकका लागि अन्त्येष्टि र अन्य सेवाहरू

२९.५.१

साधारण सिद्धान्तहरू

मृतकका लागि चर्चका सेवाहरूको महत्त्वपूर्ण उद्देश्य मुक्तिको योजना, विशेष गरी मुक्तिदाताको प्रायश्चित र पुनरुत्थानको गवाही दिनु हो । यी सेवाहरू सम्मानजनक, आध्यात्मिक अनुभव प्रदान गर्ने हुनुपर्छ ।

चर्चका अगुवाहरूले मृतकहरूका लागि चर्चका सेवाहरूमा अन्य धर्म वा समूहहरूको रीतिरिवाज समावेश गर्नु हुँदैन ।

२९.५.२

परिवारलाई सहयोग प्रदान गर्ने

येशू ख्रीष्टका अनुयायीहरूका रूपमा, चर्चका अगुवाहरू र सदस्यहरूले “शोक गर्नेहरूसँग शोक गर्छन् … र सान्त्वनाको आवश्यकता परेकाहरूलाई सान्त्वना दिन्छन्” (मोसीयाह १८:९) । जब कुनै सदस्यको मृत्यु हुन्छ, बिशपले सान्त्वना दिन परिवारलाई भेट्छन् ।

बिशपले एल्डरहरूको गण र राहत समाज सहित वार्ड सदस्यहरूबाट सहयोग प्रदान गर्छन् ।

२९.५.४

अन्त्येष्टि सेवाहरू (जहाँ परम्परागत छन्)

चर्चको भवन वा अन्य स्थानमा, बिशपद्वारा आयोजना गरिएको कुनै पनि अन्त्येष्टि चर्चको एक वैठक र एक धार्मिक सेवा हो । यो एक आध्यात्मिक समय/समारोह हुनु पर्छ ।

अन्त्येष्टि समयमै सुरु गर्नुपर्छ । सामान्यतया, ती उपस्थित हुनेहरूका लागि शिष्टाचारका रूपमा, १.५ घन्टा भन्दा बढी लामा हुनुहुँदैन ।

अन्त्येष्टि सेवाहरू सामान्यतया आइतबार आयोजना गरिंदैनन् ।

२९.६

चर्च सभाहरूमा प्रार्थनाहरू

चर्चका सभाहरूमा हुने प्रार्थनाहरू संक्षिप्त, सरल र आत्माद्वारा निर्देशित हुनुपर्छ । चर्चका बप्तिस्मा प्राप्त कुनै पनि सदस्यले प्रारम्भ वा समापनको प्रार्थना गर्न सक्छन् । बप्तिस्मा नगरेका बालबालिकाहरूले प्राथमिक कक्षामा प्रार्थना गर्न सक्छन् ।

२९.७

स्ट्रिमिङ वैठकहरू र भर्चुअल वैठकहरू सञ्चालन गर्ने

बिशपले, अपवादका रूपमा, सभागृहमा आयोजना गरिएको प्रभुभोज सभाहरू र अन्त्येष्टि र विवाहहरूको लाइभस्ट्रिम गर्न अनुमति प्रदान गर्न सक्छन् ।

प्रभुभोज सभाको लाइभस्ट्रिममा प्रभुभोजको प्रशासन समावेश हुनु हुँदैन ।

केही वैठकहरूका लागि, बिशप वा किला अध्यक्षले व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने सदस्यहरूलाई भर्चुअल रूपमा सहभागी हुन अनुमति प्रदान गर्न सक्छन् । यी बैठकहरूमा समावेश हुन सक्छ:

  • नेतृत्व वैठकहरू, जस्तै अध्यक्षता वा परिषद्का वैठकहरू ।

  • गण, राहत समाज र युवतीहरूका सभाहरू ।

  • शबाथको शिक्षालयका कक्षाहरू ।

  • प्राथमिक कक्षाहरू र गायन समय ।