पुस्तिकाहरू र बोलावटहरू
३२. पश्चात्ताप र चर्च सदस्यता परिषद्हरू


“३२. पश्चात्ताप र चर्च सदस्यता परिषदहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“३२. पश्चात्ताप र चर्च सदस्यता परिषदहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
पुरुषहरू वार्तालाप गर्दै

३२.

पश्चात्ताप र चर्च सदस्यता परिषद्हरू

३२.०

परिचय

अधिकांश पश्चात्ताप कुनै व्यक्ति, परमेश्वर र व्यक्तिको पापद्वारा प्रभावित भएकाहरू बीचमा हुन्छन् । यद्यपि, यदाकदा बिशप वा किला अध्यक्षले चर्चका सदस्यहरूलाई पश्चात्ताप गर्ने तिनीहरूको प्रयासमा सहयोग गर्नु आवश्यक छ ।

सदस्यहरूलाई पश्चात्तापमा सहयोग गर्दा, बिशपहरू र किला अध्यक्षहरू मायालु र हेरचाह गर्ने हुन्छन् । तिनीहरूले मुक्तिदाताको उदाहरण अनुशरण गर्छन्, जसले मानिसहरूलाई असल बन्न सहयोग गरे र तिनीहरूलाई पापबाट टाढा रहन र परमेश्वरतर्फ फर्कन सहयोग गरे (हेर्नुहोस् मत्ती ९:१०-१३; यूहन्ना ८:३-११) ।

३२.१.

पश्चात्ताप र क्षमापन

उहाँको कृपाको योजना ल्याउनका लागि, स्वर्गका पिताले उहाँका एकमात्र पुत्र, येशू ख्रीष्टलाई हाम्रा पापहरूको प्रायश्चित गर्न पठाउनुभयो (हेर्नुहोस् अल्मा ४२:१५) । हाम्रा पापहरूका लागि न्यायको नियमलाई आवश्यक पर्ने दण्ड येशूले भोग्नुभयो (हेर्नुहोस् सिद्धान्त र करार १९:१५-१९; अल्मा ४२:२४-२५ पनि हेर्नुहोस्) । यस बलिदानद्वारा, पिता र पुत्र दुबैले हामीहरूप्रतिको आफ्नो असीम प्रेम देखाउनुभयो (हेर्नुहोस् यूहन्ना ३:१६) ।

जब हामीले “पश्चात्तापमा आस्थाको” अभ्यास गर्छौँ, स्वर्गका पिताले हामीहरूलाई क्षमा दिनुहुन्छ, येशू ख्रीष्टको प्रायश्चितद्वारा कृपा दिनुहुन्छ (अल्मा ३४:१५; अल्मा ४२:१३ पनि हेर्नुहोस्) । जब हामीलाई शुद्ध पारिन्छ र क्षमा दिइन्छ, हामी अन्ततः परमेश्वरको राज्यको उत्तराधिकारी हुन सक्छौँ (यशैया १:१८; सिद्धान्त र करार ५८:४२ हेर्नुहोस्) ।

पश्चात्ताप भनेको व्यवहारलाई परिवर्तन गर्नु भन्दा बढी हो । यो पापबाट टाढा हुनु अनि स्वर्गका पिता र येशू ख्रीष्ट तर्फ फर्किनु हो । यसले हृदय र मस्तिष्कलाई परिवर्तन गर्ने तर्फ अगुवाइ गर्छ (हेर्नुहोस् मोसीयाह ५:२; अल्मा ५:१२-१४; हेलामान १५:७) । पश्चात्तापद्वारा, परमेश्वरसँग मिलाप भई हामी नयाँ व्यक्तिहरू बन्छौँ, (हेर्नुहोस्२ कोरिन्थी ५:१७-१८; मोसीयाह २७:२५-२६) ।

पश्चात्ताप गर्ने अवसर उहाँका पुत्रको उपहारद्वारा स्वर्गका पिताले हामीलाई दिनुभएको सबैभन्दा महान् आशीर्वाद हो ।

३२.२.

चर्च सदस्यता प्रतिबन्धहरू वा खारेजीका उद्देश्यहरू

यदि कुनै सदस्यले गम्भीर पाप गर्छ भने, बिशप वा किला अध्यक्षले उनलाई पश्चात्ताप गर्न सहयोग गर्छन् । यस प्रक्रियाको एक अंशका रूपमा, उनले केही समयका लागि चर्च सदस्यता विशेषाधिकारहरूमा प्रतिबन्ध लगाउनु आवश्यक हुन सक्छ । कतिपय अवस्थामा, उनले केही समयका लागि व्यक्तिको सदस्यता खारेज गर्न सक्छन् ।

कुनै व्यक्तिको सदस्यतामा प्रतिबन्ध लगाउनु वा खारेजी गर्नु भनेको सजाय दिने अभिप्राय राख्नु होइन । बरू, यी कार्यहरू कहिलेकाहीँ कुनै पनि व्यक्तिलाई पश्चात्ताप गर्न र हृदय परिवर्तनको अनुभव गर्नका लागि सहयोग गर्न आवश्यक हुन्छन् । उनीहरूले कुनै पनि व्यक्तिलाई उनका करारहरू पुन: नवीकरण गर्न र पालना गर्नका लागि आत्मिक रूपमा तयार हुन समय दिन्छन् ।

चर्च सदस्यता प्रतिबन्धहरू वा खारेजीका तीन उद्देश्यहरू निम्नानुसार छन् ।

३२.२.१.

अरूहरूको संरक्षण गर्न सहयोग गर्नु

पहिलो उद्देश्य अरूहरूको संरक्षण गर्न सहयोग गर्नु हो । कहिलेकाहीँ कुनै व्यक्तिलाई शारीरिक वा आध्यात्मिक जोखिम हुन्छ । हिँस्रक व्यवहारहरू, शारीरिक हानी, यौन दुर्व्यवहार, पदार्थको दुरुपयोग, ठगी र धर्मबिमुखाता जस्ता केही माध्यमहरू हुन् जुन उत्त्पन्न हुन सक्छ । प्रेरणाका सहित, एक विशप वा किला अध्यक्षले अरूहरूको संरक्षण गर्नका लागि कार्य गर्छन् जब कसैले यी र अन्य गम्भीर माध्यमहरूबाट जोखिम पैदा गर्छन् (हेर्नुहोस् अल्मा ५:५९-६०) ।

३२.२.२.

हरेक व्यक्तिलाई पश्चात्तापका माध्यमबाट येशू ख्रीष्टको उद्धार गर्ने शक्तिमा पहुँच राख्न सहयोग गर्नु

दोस्रो उद्देश्य कुनै व्यक्तिलाई पश्चात्तापद्वारा येशू ख्रीष्टको उद्धार गर्ने शक्तिमा पहुँच प्राप्त गर्न सहयोग गर्नु हो । यस प्रक्रियाद्वारा ऊ वा उनी पुन: शुद्ध र परमेश्वरका सबै आशीर्वादहरू प्राप्त गर्न योग्य बन्न सक्छन् ।

३२.२.३.

चर्चको सत्यनिष्ठा संरक्षण गर्नु

तेस्रो उद्देश्य चर्चको सत्यनिष्ठाको संरक्षण गर्नु हो । हेर्नुहोस् अल्मा ३९:११यदि कुनै व्यक्तिको आचरणले उल्लेखनीय रूपमा चर्चलाई हानी पुर्‍याउँछ भने उहाँको चर्च सदस्यता प्रतिबन्धित वा खारेजी गर्नु आवश्यक हुन सक्छ । चर्चको सत्यनिष्ठा गम्भीर पापहरू लुकाएर वा न्यूनीकरण गरेर सुरक्षित हुँदैन - तर तिनीहरूलाई सम्बोधन गरेर हुन्छ ।

३२.३.

इस्राएलमा न्यायकर्ताहरूको भूमिका

बिशपहरू र किला अध्यक्षहरूलाई इस्राएलमा न्यायकर्ता हुनका लागि बोलावट गरी नियुक्त गरिन्छ सिद्धान्त र करार १०७:७२-७४) । उनीहरूले चर्चका सदस्यहरूलाई पश्चात्तापका लागि सहयोग गर्न परमप्रभुको प्रतिनिधित्व गर्दै पादरित्वका साँचाहरू धारण गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार १३:१; १०७:१६–१८) ।

प्रायश: बिशपहरू र किला अध्यक्षहरूले व्यक्तिगत सल्लाहद्वारा पश्चात्ताप गर्न सहयोग गर्छन् । यो सहयोगले केही समयका लागि अनौपचारिक रूपमा चर्च सदस्यताका केही विशेषाधिकारहरूलाई प्रतिबन्ध लगाउने विषयलाई समावेश गर्न सक्छ ।

किनकि केही गम्भीर पापहरूका लागि, अगुवाहरूले सदस्यता परिषद् राखेर पश्चात्ताप गर्न सहयोग गर्छन् (हेर्नुहोस् ३२.६) यो सहयोगले औपचारिक रूपमा चर्च सदस्यताका केही विशेषाधिकारहरू प्रतिबन्धित गर्ने वा केही समयका लागि व्यक्तिको सदस्यता खारेजी गर्ने विषयलाई समावेश गर्न सक्छ ।

सदस्यहरूलाई पश्चात्ताप गर्न सहयोग गर्दा बिशपहरू र किला अध्यक्षहरू हेरचाह गर्ने र माया गर्ने हुन्छन् । व्यभिचारमा समातिएकी महिलासँग मुक्तिदाताको अन्तरक्रिया एक निर्देशिका हो (हेर्नुहोस् यूहन्ना ८:३-११)। उहाँले तिनका पापहरू क्षमा दिनुभएको नभन्नुभए तापनि, उहाँले तिनलाई दोषी ठहराउनुभएन । त्यसको बदलामा, उहाँले उनलाई “अब पाप नगर्न”—पश्चात्ताप गर्न र आफ्नो जीवन परिवर्तन गर्न भन्नुभयो ।

यी अगुवाहरूले सिकाउँछन् कि “पश्चात्ताप गर्ने एक जना पापीका लागि स्वर्गमा… प्रसन्नता छ “ लूका १५:७) । उनीहरू धैर्यवान, सहयोगी र सकारात्मक हुन्छन् । उनीहरूले आशा जगाउँछन् । उनीहरूले सिकाउँछन् र प्रमाणित गर्दछन् कि मुक्तिदाताको प्रायश्चितको बलिदानका कारण सबैले पश्चात्ताप गर्न र शुद्ध हुन सक्छन् ।

प्रत्येक व्यक्तिलाई पश्चात्ताप गर्न कसरी सहयोग गर्ने भनेर बुझ्नका लागि किला अध्यक्षहरूले आत्माबाट मार्गनिर्देशन खोज्छन् । अति नै गम्भीर पापहरूका लागि मात्रै चर्चसँग यसका अगुवाहरूले के-कस्ता कार्यहरू अवलम्वन गर्ने भन्ने मापदण्ड छ (हेर्नुहोस् ३२.६) । कुनै पनि दुई अवस्थाहरू समान हुँदैन । अगुवाहरूले दिने सल्लाह र उनीहरूले सहजीकरण गर्ने पश्चात्तापको प्रक्रिया प्रेरित हुनु पर्छ र प्रत्येक व्यक्तिका लागि फरक हुन सक्छ ।

३२.४

स्वीकार गर्ने, गोपनीयता र प्रशासन गर्ने अधिकारीहरूलाई प्रतिवेदन दिने

३२.४.१.

स्वीकार गर्ने

पश्चात्तापका लागि स्वर्गका पितासामु पापहरू स्वीकार गर्नु आवश्यक छ । येशू ख्रीष्टले भन्नुभयो कि हामीहरूले बुझ्न सक्छौ कि एक व्यक्तिले आफ्ना पापहरूको पश्चात्ताप त्यतिबेला गर्छ जब उसले तिनीहरूलाई स्वीकार गर्ने छ र त्याग्ने छ (सिद्धान्त र करार ५८:४३; पनि हेर्नुहोस् मोसियाह २६: २९) ।

जब चर्चका सदस्यहरूले गम्भीर पापहरू गर्छन्, उनीहरूको पश्चात्तापमा उनीहरूका बिशप वा किला अध्यक्षसँग स्वीकार गर्ने विषयलाई पनि समावेश गर्छ । त्यसपछि उनी तिनीहरूका तर्फबाट पश्चात्तापको सुसमाचारका साँचाहरूको अभ्यास गर्न सक्षम हुन्छन् (हेर्नुहोस् सिद्धान्त र करार १३:१; ८४:२६–२७; १०७:१८, २०) । यसले उनीहरूलाई मुक्तिदाताको प्रायश्चितको शक्तिद्वारा चङ्गाइ प्राप्त गर्न र सुसमाचारको मार्गमा फर्कन सहयोग गर्छ ।

स्वीकार गर्नुको उद्देश्य सदस्यहरूलाई तिनीहरूका बोझ हटाउन प्रोत्साहित गर्नु हो ताकि उनीहरूले परिवर्तन र चङ्गाइमा परमप्रभुको सहयोग पूर्ण रूपमा आत्मसात गर्न सक्छन् । स्वीकार गर्नाले “चूर्ण हृदय र पछुताएको आत्मा”को विकासमा सहयोग गर्छ (२–नफी २:७) । स्वैच्छिक स्वीकारले कुनै व्यक्तिले पश्चात्ताप गर्न चाहन्छन् भनेर देखाउँछ ।

जब कुनै सदस्यले स्वीकार गर्दछन्, बिशप वा किला अध्यक्षले ३२.८ मा दिइएका दिशानिर्देशहरू अनुशरण गर्छन् । उनले प्रार्थनापूर्वक पश्चात्ताप गर्न सदस्यलाई सहयोग गर्नका लागि उपयुक्त व्यवस्थाका सम्बन्धमा मार्गदर्शनको खोजी गर्छन् । उनले सदस्यता परिषद् उपयोगी हुन्छ कि भनेर विचार गर्छन् । यदि चर्च नीतिअनुसार सदस्यता परिषद् आवश्यक छ भने, उनले यसको व्याख्या गर्छन् (हेर्नुहोस् (हेर्नुहोस् ३२.६) ।

यदाकदा कुनै सदस्यले जीवनसाथी वा अर्को वयस्कलाई अन्याय गरेका हुन्छन् । पश्चात्तापको अंशका रूपमा, ऊ वा उनले सामान्यतया त्यो व्यक्तिसामु स्वीकार गर्नु पर्दछ र क्षमापन क्षमा खोज्नु पर्छ । गम्भीर पाप गर्ने युवालाई सामान्यतया आफ्ना मातापिताहरू सँग सल्लाह लिन प्रोत्साहन गरिन्छ ।

३२.४.४

गोपनीयता

बिशपहरू, किला अध्यक्षहरू र उनीहरूका सल्लाहकारहरूसँग उनीहरूसामु व्यक्त गरिएका सबै गोप्य जानकारीहरू सुरक्षित गर्ने पवित्र दायित्व हुन्छ । यो जानकारी अन्तर्वार्ता, परामर्श र स्वीकार गर्दा आउन सक्छ । सदस्यता परिषदहरूमा सहभागी हुने सबैमा गोपनीयताको समान दायित्व लागू हुन्छ । गोपनीयता आवश्यक छ किनभने उनीहरूले व्यक्त गरेका विषयहरू गोप्य रखिएनन् भने सदस्यहरूले पापहरू स्वीकार गर्न वा निर्देशन प्राप्त गर्न सक्दैनन् । गोपनीयता भङ्ग गर्नाले सदस्यहरूको विश्वासलाई धोका दिन्छ र उनीहरूमा आफ्ना अगुवाहरूमाथिको विश्वास गुमाउने कारण बन्छ ।

गोपनीयता भङ्ग गर्नाले सदस्यहरूको विश्वासलाई धोका दिन्छ र उनीहरूमा आफ्ना अगुवाहरूमाथिको विश्वास गुमाउने कारण बन्छ ।

  • गोपनीयताको आफ्नो कर्तव्यलाई मध्यनजर गर्दै, बिशप, किला अध्यक्ष, वा उनीहरूका सल्लाहकारहरूले निम्न जानकारी मात्रै बाँढ्न सक्छन्:

  • सदस्यताका कार्य वा अन्य गम्भीर सरोकारहरू विचाराधीन हुँदा व्यक्ति नयाँ वार्डमा सर्दछन् (वा पादरित्व अगुवालाई पदमुक्त गरिन्छ) ।

  • कुनै विशप वा किला अध्यक्षले वार्ड वा किला बाहिर बस्ने चर्च सदस्य गम्भीर पापमा संलग्न भएका हुन सक्छ भनेर जानकारी प्राप्त गर्छन् ।

  • सदस्यता परिषदको समयमा जानकारी प्रस्तुत गर्न आवश्यक हुन्छ ।

  • विशिष्ट व्यक्तिहरूसँग जानकारी बाँढ्न कुनै सदस्यले अगुवालाई अनुमति दिन छनोट गर्छन् ।

  • सदस्यता परिषदको निर्णयका सम्बन्धमा सीमित जानकारी बाँढ्नु पर्ने आवश्यकता हुन सक्छ ।

अरूहरूलाई संरक्षण गर्नु र कानुनको पालना गर्नका लागि अगुवाहरूलाई सहयोग गर्न, चर्चले प्रशिक्षित व्यवसायीहरूबाट सहयोग प्रदान गर्छ । यो निर्देशन प्राप्त गर्न, अगुवाहरूले तत्कालै चर्चको दुर्व्यवाहर हेल्प लाइनमा सम्पर्क गर्छन् जहाँ यो उपलब्ध छ (हेर्नुहोस् ३८.६.२.१)। जहाँ यो उपलब्ध छैन, किला अध्यक्षले क्षेत्रीय कार्यालयमा क्षेत्रीय कानुनी सल्लाहकारलाई सम्पर्क गर्छन् ।

केवल एउटै अवस्थामा बिशप वा किला अध्यक्षले यस्तो निर्देशन प्राप्त नगरीकन गोप्य जानकारी रहस्योद्घाटन गर्नु पर्छ । त्यस समयमा जीवनलाई जोखिममा पार्ने हानि वा गम्भीर चोटपटक रोक्नका लागि रहस्योद्घाटन आवश्यक हुन्छ र मार्गदर्शन प्राप्त गर्न समय हुँदैन । यस्ता अवस्थाहरूमा, गोपनीयताको कर्तव्य भन्दा अरूहरूको संरक्षणको कर्तव्य बढी महत्त्वपूर्ण हुन्छ । अगुवाहरूले तत्कालै नागरिक निकायहरूलाई सम्पर्क गर्नु पर्छ ।

३२.६

पापको गम्भीरता र चर्चको नीति

(१) अरूहरूलाई संरक्षण गर्न र (२) व्यक्तिलाई पश्चात्तापमा सहयोग गर्न पापको गम्भीरता निर्धारण गर्न सहयोगी परिषद् एक महत्त्वपूर्ण विचार हो । परमप्रभुले भन्नुभएको छ कि उहाँले “पापलाई थोरै मात्राको स्वीकृतिले पनि हेर्न सक्नुहुन्न” (सिद्धान्त र करार १:३१; पनि हेर्नुहोस् मोसीयाह २६:२९) । उहाँका सेवकहरूले गम्भीर पापको प्रमाणलाई बेवास्ता गर्नु हुँदैन ।

गम्भीर पापहरू परमेश्वरको नियमहरू विरुद्ध उद्देश्यपूर्ण तरिकाले गरिएका र ठूला अपराध हुन् । गम्भीर पापहरूका श्रेणीहरू निम्नानुसार सूचीबद्ध छन् ।

  • हिंसात्मक कार्यहरू र दुर्व्यवहार

  • यौन अनैतिकता

  • ठगी कार्यहरू

  • विश्वासको उल्लङ्घनहरू

  • अन्य केही कार्यहरू

जब सदस्यता परिषद् आवश्यक हुन्छ वा आवश्यक हुन सक्छ

पापको प्रकार

सदस्यता परिषद् आवश्यक हुन्छ

सदस्यता परिषद आवश्यक हुन सक्छ

पापको प्रकार

हिंसात्मक कार्यहरू र दुर्व्यवहार

सदस्यता परिषद् आवश्यक हुन्छ

  • हत्या

  • बलात्कार

  • यौन दुर्व्यवहारको आरोप

  • बाल वा युवा दुर्व्यवहार

  • हिंसात्मक शिकारी व्यवहार

सदस्यता परिषद आवश्यक हुन सक्छ

  • हत्याको प्रयास

  • यौन दुर्व्यवहार, आक्रमण र उत्पीडन सहित (परिषद् आवश्यक हुँदा ३८.६.१८ हेर्नुहोस्)

  • जीवनसाथी वा अन्य वयस्कलाई दुर्व्यवहार (हेर्नुहोस् २८.६.२.४ जब परिषद् आवश्यक हुन्छ)

पापको प्रकार

यौन अनैतिकता

सदस्यता परिषद् आवश्यक हुन्छ

  • हाडनाताकरणी

  • बाल अश्लीलता

  • बहुविवाह

  • यौनजन्य शिकारी व्यवहार

सदस्यता परिषद आवश्यक हुन सक्छ

  • व्यभिचार, विवाहइतर सम्बन्ध, समलिङ्गी सम्बन्धहरू र कुनै पुरुष र महिला बीचको कानुनी विवाह बाहेक बाहिरका अन्य सबै यौन सम्बन्धहरू, अनलाइन वा फोनमा यौन सम्पर्कहरू सहित

  • सहवास, नागरिक संघहरू र साझेदारीहरू र समलिङ्गी विवाह

  • अश्लीलताको गहन वा बाध्यकारी प्रयोग जसले सदस्यको विवाह वा परिवारलाई अर्थपूर्ण क्षति पुर्‍याएको छ

पापको प्रकार

ठगीका कार्यहरू

सदस्यता परिषद् आवश्यक हुन्छ

  • वित्तीय हिंस्रक शिकारी व्यवहार, जस्तै ठगी र यस्तै गतिविधिहरू (यदि कुनै सदस्य चर्चको कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस् )

सदस्यता परिषद आवश्यक हुन सक्छ

  • डकैती, लूटपाट, चोरी, वा हिनामिना (यदि चर्चको कुनै सदस्य कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस्)

  • झुटो गवाही

पापको प्रकार

विश्वासका उल्लङ्घनहरू

सदस्यता परिषद् आवश्यक हुन्छ

  • चर्चको प्रमुख पद धारण गर्दा गम्भीर पाप गरेको

सदस्यता परिषद आवश्यक हुन सक्छ

  • चर्च वा समुदायमा अधिकारको पद वा विश्वास धारण गर्दाका गम्भीर पाप (यदि कुनै सदस्य चर्चको कोष वा सम्पत्तिको हिनामिनामा संलग्न थिए भने ३२.६.३.३ हेर्नुहोस्)

  • वृहत रूपमा परिचित गम्भीर पाप

पापको प्रकार

अन्य केही कार्यहरू

सदस्यता परिषद् आवश्यक हुन्छ

  • अधिकांश घोर अपराधको आरोप

सदस्यता परिषद आवश्यक हुन सक्छ

  • गर्भपतन (अपवाद बाहेक ३८.६.१ लागु नहुँदासम्म हुन्छ)

  • गम्भीर पापहरूको ढाँचा

  • बाल सहयोग र भत्ता भुक्तानीको व्यवस्था नगरीकन जानाजानी परिवारका जिम्मेवारीहरू त्याग्नु

  • अवैध लागूऔषध बिक्री गर्नु

  • अन्य गम्भीर आपराधिक कार्यहरू

३२.६.३

जब किला अध्यक्षले क्षेत्रीय अध्यक्षलाई सदस्यता परिषद् वा अन्य कार्यवाही दुई मध्ये कुन आवश्यक छ भनेर सल्लाह गर्छन्

केही विषयहरूमा थप संवेदनशीलता र मार्गदर्शन आवश्यक पर्छ । उत्तम सहयोग कसरी गर्ने भनेर बुझ्नका लागि किला अध्यक्षले यस खण्डमा उल्लेख गरिएका अवस्थाहरूका सम्बन्धमा क्षेत्रीय अध्यक्षसँग सल्लाह गर्नु पर्छ ।

३२.६.३.२

धर्मविमुखता

धर्मविमुखताका विषयहरूले प्रायश: वार्ड वा किलाको सीमाभन्दा बाहिर प्रभाव पार्छ । अरूहरूलाई संरक्षण गर्नका लागि तिनीहरूलाई तत्कालै सम्बोधन गर्नु आवश्यक हुन्छ ।

यदि उनलाई सदस्यको कार्यले धर्मविमुखता निम्त्याउन सक्छ भन्ने महसुस हुन्छ भने बिशपले किला अध्यक्षसँग सल्लाह गर्छन् ।

यहाँ प्रयोग गरिए अनुसार, धर्मविमुखता ले निम्न मध्ये कुनैमा संलग्न सदस्यलाई जनाउँछ:

  • चर्च, यसको सिद्धान्त, यसका नीतिहरू वा यसका अगुवाहरूको स्पष्ट र सोचविचार पूर्वक सार्वजनिक प्रतिकारमा बारम्बार कार्य गर्नु

  • बिशप वा किला अध्यक्षद्वारा सच्याइए पछि पनि जुन चर्चको सिद्धान्त होइन त्यसलाई चर्चको सिद्धान्तका रूपमा सिकाउन निरन्तर लागिरहनु

  • चर्चका सदस्यहरूको आस्था र क्रियाकलापलाई कमजोर पार्न अभिप्रायपूर्वक कार्य गर्ने ढाँचा देखाउनु

  • बिशप वा किला अध्यक्षद्वारा सच्याइए पछि पनि धर्मविमुखता सम्प्रदायहरूका शिक्षाहरू अनुशरण गर्न निरन्तरता दिनु

  • औपचारिक रूपमा अर्को चर्चमा सहभागी हुनु र यसका शिक्षाहरूलाई प्रवर्द्धन गर्नु

३२.६.३.३

चर्चका कोषहरूको हिनामिना

यदि कुनै सदस्यले चर्चका कोषहरूको हिनामिना गर्छन् वा चर्चका मूल्यवान सम्पत्ति चोर्छन् भने, किला अध्यक्षले क्षेत्रीय अध्यक्षसँग सदस्यता परिषद् वा अन्य कार्यवाही कुन आवश्यक हुन्छ भनेर सल्लाह गर्छन् ।