पुस्तिकाहरू र बोलावटहरू
३१. सदस्यहरूसँग अन्तर्वार्ता र अन्य भेटघाटहरू


“३१. सदस्यहरूसँग अन्तर्वार्ता र अन्य भेटघाटहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

”३१. सदस्यहरूसँग अन्तर्वार्ता र अन्य भेटघाटहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मानिसहरू हातमिलाउँदै

३१.

सदस्यहरूसँग अन्तर्वार्ता र अन्य भेटघाटहरू

३१.०

परिचय

येशू ख्रीष्टले प्रायश: एक-एक गरेर अरूहरूको सेवा गर्नुभयो (उदाहरणका लागि, हेर्नुहोस् यूहन्ना ४:५-२६; ३ नफी १७:२१) । उहाँले परमेश्वरका प्रत्येक सन्ततिलाई प्रेम गर्नुहुन्छ । उहाँ तिनीहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्नुहुन्छ ।

यस अध्यायले व्यक्तिगत रूपमा सदस्यहरूसँग भेट्ने अवसर भएका सबै अगुवाहरूलाई सहयोग गर्न सक्छ ।

३१.१

मार्गदर्शन गर्ने सिद्धान्तहरू

३१.१.१

आध्यात्मिक रूपमा तयारी गर्नुहोस्

प्रार्थना, धर्मशास्त्र अध्ययन र धार्मिक जीवनद्वारा आफैलाई आत्मिक रूपमा तयार गर्नुहोस् । पवित्र आत्माको सूक्ष्म आवाजलाई सुन्नुहोस् ।

३१.१.२

सदस्यलाई परमेश्वरको प्रेम महसुस गर्न सहयोग गर्नुहोस्

जब सदस्यहरू तपाईंकहाँ अन्तर्वार्ताका लागि वा व्यक्तिगत चुनौतीमा सहयोगका लागि आउँछन्, प्रायः उनीहरूलाई सबैभन्दा बढी आवश्यक स्वर्गका पिताले तिनीहरूलाई प्रेम गर्नुहुन्छ भनेर जानकारी प्राप्त गर्नु हो ।

धर्मशास्त्र र पछिल्ला दिनका अगमवक्ताहरूको वचनले आत्मालाई आमन्त्रण दिन्छ र विशुद्ध सिद्धान्त सिकाउँछ । तिनीहरूलाई प्रेरणा र प्रोत्साहन दिन प्रयोग गर्नुहोस्, निन्दा, विवश पार्न वा डर पैदा गर्न होइन (हेर्नुहोस् लूका ९:५६) ।

३१.१.३

सदस्यलाई मुक्तिदाताको शक्तिकोसदुपयोग गर्न सहयोग गर्नुहोस्

सदस्यहरूलाई उहाँतर्फ फर्कन प्रोत्साहन गर्नुहोस् । तिनीहरूलाई मजबुत बनाउन, सान्त्वना दिन र उद्धार गर्न उहाँको शक्तिमा आकर्षित हुन सहयोग गर्नुहोस् ।

३१.१.४

सदस्यलाई सहज र सुरक्षित महसुस गर्न सहयोग गर्नुहोस्

अन्तर्वार्ता वा वैठकको समयमा सदस्यलाई अन्य कसैलाई उपस्थित गराउने विकल्प सधैँ दिनुहोस् । विपरित लिङ्गका सदस्य, बालबालिका वा युवासँग भेट्दा, अभिभावक वा अर्को वयस्क उपस्थित छ भनी सुनिश्चित गर्नुहोस् । ऊ वा उनी बैठकमा सहभागी हुन सक्छन् वा कोठाबाहिर प्रतिक्षा गर्न सक्छन्, तपाईंले भेट्न गर्न लाग्नु भएको सदस्यको प्राथमिकतामा निर्भर गर्छ ।

सदस्यले अनुमति नदिएसम्म—तपाईंको जीवनसाथी वा चर्चका अन्य अगुवाहरू—कसैसँग गोप्य जानकारी नबाँढ्नुहोस् ।

३१.१.५

प्रेरित प्रश्नहरू सोध्नुहोस् र ध्यानपूर्वक सुन्नुहोस्

सदस्यसँग भेट्दा, ऊ वा उनको अवस्था बुझ्न सहयोग गर्ने प्रश्नहरू सोध्नुहोस् ।

सदस्य बोलिरहेको समयमा, सचेत बनेर ध्यानपूर्वक सुन्नुहोस् ।

३१.१.६

आत्मनिर्भरतालाई प्रोत्साहन गर्नुहोस्

सदस्यहरूप्रतिको तपाईंको प्रेमका कारण, तपाईंले तत्कालै तिनीहरूको समस्याहरूको समाधान प्रस्ताव गर्न सक्नुहुन्छ । यद्यपि, तपाईंले तिनीहरूलाई आफ्नै समाधान खोज्न र आफ्नै निर्णयहरू गर्न सहयोग गरेर उनीहरूलाई थप आशीर्वाद दिनुहुने छ (हेर्नुहोस् सिद्धान्त र करार ९:८

३१.१.७

पश्चात्ताप गर्ने प्रयासहरूमा सहयोग गर्नुहोस्

केवल बिशप वा किला अध्यक्षले एक व्यक्तिलाई गम्भीर पापहरूको समाधान गर्नका लागि सहयोग गर्न सक्छन् । यी मध्ये केही ३२.६) मा सूचीवद्ध छन् । यदि सदस्यले यी मध्ये कुनै पाप गरेका छन् भने, उनले तत्कालै बिशप वा किला अध्यक्षसँग भेट्नुपर्छ ।

३१.१.८

दुरुपयोगका विषयमा उपयुक्त उत्तर दिनुहोस्

कुनै पनि स्वरूपमा दुर्व्यवहारलाई सहन गर्न सकिँदैन । दुर्व्यवहारको जानकारीहरूलाई गम्भीर रूपमा लिनुहोस् । कसैलाई दुर्व्यवहार गरिएको छ भनेर यदि तपाईंलाई जानकारी हुन्छ भने सरकारी अधिकारीहरूलाई दुर्व्यवहारको जानकारी दिनुहोस् र बिशपसँग सल्लाह लिनुहोस् । दुरुपयोगको जानकारी र प्रतिक्रियाका लागि ३८.६.२मा मार्गदर्शनहरू प्रदान गरिएको छ ।

३१.२

अन्तर्वार्ताहरू

३१.२.१

अन्तर्वार्ताहरूका उद्देश्यहरू

सामान्यतया, यी निर्धारण गर्नका लागि अगुवाहरूले चर्चका सदस्यहरूको अन्तर्वार्ता लिन्छन्:

  • कुनै विधि प्राप्त गर्न वा यसमा सहभागी हुन तयार छन् कि छैनन् ।

  • चर्चमा कुनै पदमा बोलावट गरिनु पर्छ कि पर्दैन।

३१.२.२

अन्तर्वार्ताका प्रकारहरू

कसले अन्तर्वार्ता लिन सक्छ

अन्तर्वार्ताको उद्देश्य

कसले अन्तर्वार्ता लिन सक्छ

केवल बिशप मात्रै

अन्तर्वार्ताको उद्देश्य

  • आफ्नो अभिदान प्राप्त गर्न लागेका वा पति/पत्नीसँग बाँधिन लागेका सदस्यलाई मन्दिरको अनुमति-पत्र जारी गर्ने (हेर्नुहोस् २६.३.१) ।

  • परिवर्तन भएका एक नयाँ सदस्यलाई मन्दिर अनुमति-पत्र जारी गर्ने (हेर्नुहोस् २६.४.२) ।

  • परिवर्तन भएका नयाँ पुरुष सदस्यलाई हारुनको पादरित्वको विभागमा नियुक्त गर्ने ।

  • एक युवक वा पुरुषलाई पादरित्वको विभागमा नियुक्त गर्ने (हेर्नुहोस् १८.१०.२) ।

  • एल्डर वा उच्च पादरीमा नियुक्त गर्न कुनै पुरुषलाई सिफारिस गर्ने (हेर्नुहोस् ३१.२.६) । यो अन्तर्वार्ता लिनका लागि किला अध्यक्षताको स्वीकृति आवश्यक छ ।

  • एक सदस्यलाई पूर्णकालीन सुसमाचार प्रचारकका रूपमा सेवा गर्न सिफारिस गर्ने (हेर्नुहोस् २४.४.२) ।

  • वार्ड सङ्गठनका अध्यक्षका रूपमा सेवा गर्न सदस्यलाई बोलावट गर्ने ।

  • पादरीहरूको गणका सहायकका रूपमा सेवा गर्न पादरीलाई बोलावट गर्ने ।

  • सदस्यलाई गम्भीर पापको पश्चात्ताप गर्न सहयोग गर्ने (हेर्नुहोस् अध्याय ३२) ।

  • जहाँ उपलब्ध छ चिरस्थायी शिक्षा कोष ऋण प्राप्त गर्न सदस्यलाई स्वीकृति दिने ।

  • सदस्यलाई दशांश दाताका रूपमा आफ्नो स्थिति घोषणा गर्न अनुमति दिने (हेर्नुहोस् ३४.३.१। २) ।

  • उपवासको भेटीको कोषको प्रयोग गर्न अधिकार दिने (हेर्नुहोस् २२.६.१) ।

कसले अन्तर्वार्ता लिन सक्छ

बिशप वा उनले नियुक्त गरेका सल्लाहकार

अन्तर्वार्ताको उद्देश्य

  • मन्दिर अनुमति-पत्रलाई नवीकरण गर्ने (हेर्नुहोस् २६.३.१) ।

  • प्रतिनिधि बप्तिस्मा र प्रमाणीकरणहरूमा सहभागी हुनका लागि मन्दिर अनुमति-पत्र जारी गर्ने (हेर्नुहोस् २६.४.३) ।

  • अभिभावकहरूसँग बाँधिन वा दाजुभाइ दिदीबहिनीहरूलाई अभिभावकसँग बाँधिदा साक्षी हुन मन्दिर अनुमति-पत्र जारी गर्ने (हेर्नुहोस् २६.४.४) ।

  • ३०.८ मा सङ्केत गरिए जस्तै कुनै सदस्यलाई वार्डमा सेवा गर्नका लागि बोलावट गर्ने ।

  • ८ वर्षको बालकको बप्तिस्मा र प्रमाणीकरणलाई अधिकार दिने जो अभिलेखका वा चर्चको सदस्य भएका अभिभावक वा संरक्षक भएका सदस्य हुन् (हेर्नुहोस् ३१.२.३.१) ।

  • डिकन वा शिक्षकको विभागमा युवालाई नियुक्त गर्ने (हेर्नुहोस् १८.१०.२) ।

  • कूलपिताको आशीर्वाद प्राप्त गर्नका लागि अनुमति-पत्र जारी गर्ने (हेर्नुहोस् १८.१७) ।

  • यदि उनीसँग मन्दिर अनुमति-पत्र छैन भने कुनै पादरित्व बाहकलाई अर्को वार्डमा पादरित्वको विधि प्रदर्शन गर्न अख्तियारी दिने । (हेर्नुहोस् विधि निर्वाह गर्नका लागि अनुमति-पत्र फारम ।)

३१.२.३

बप्तिस्मा र प्रमाणीकरणका अन्तर्वार्ताहरू

३१.२.३.१

बालबालिकाहरू जो अभिलेखमा सदस्यहरू भैसकेका छन्

बिशपले उनको वार्ड अभिलेखमा भएका ८-वर्षीय सदस्यहरूलाई बप्तिस्मा दिनका लागि पादरित्वका साँचाहरू धारण गर्छन् । यस कारणले गर्दा, उनी वा नियुक्त गरिएको सल्लाहकारले बप्तिस्माका लागि निम्न व्यक्तिहरूको अन्तर्वार्ता लिन्छन्:

  • ८ वर्षका बालबालिका जो अभिलेखमा सदस्य भैसकेका छन् ।

  • ८ वर्षका बालबालिका जो अभिलेखमा सदस्य भैसकेका छैनन् तर अभिभावक वा संरक्षक सदस्य हुन् ।

  • अभिलेखअनुसार उमेर ९ र माथिका सदस्यहरू जसको बप्तिस्मा वौद्धिक असक्षमताका कारण ढिलो भएको थियो ।

अन्तर्वार्तामा, बिशपरिकका सदस्यले बालकले बप्तिस्माको उद्देश्य बुझेको विषयलाई सुनिश्चित गर्छन् (हेर्नुहोस् २ नफी ३१:५-२०) । उनले यो पनि सुनिश्चित गर्छन् कि बालकले बप्तिस्माको करार बुझेका छन् र त्यसप्रकार जिउन प्रतिवद्ध छन् (हेर्नुहोस् मोसियाह १८:८-१०)। उनले प्रश्नहरूको निर्दिष्ट सूची प्रयोग गर्नु आवश्यक छैन । यो योग्यता निर्धारण गर्नका लागि अन्तर्वार्ता होइन, किनकि “साना बालबालिकाहरूलाई पश्चात्तापको कुनै आवश्यकता छैन” (मोरोनी ८:११) ।

३१.२.३.२

परिवर्तन भएका सदस्यहरू

सुसमाचार प्रचार क्षेत्राध्यक्षले परिवर्तन भएकाहरूलाई बप्तिस्मा दिनका लागि पादरित्वका साँचाहरू धारण गर्छन् । यस कारणका लागि, एक पूर्णकालीन सुसमाचार प्रचारकले अन्तर्वार्ता लिन्छन्:

  • ९ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू जसले कहिल्यै बप्तिस्मा लिएका र प्रमाणित गरिएका छैनन् । वौद्धिक असक्षमता भएकाहरूका लागि अपवादका लागि हेर्नुहोस् ३१.२.३.१

  • ८ वर्ष र माथिका बालबालिकाहरू जसका अभिभावकहरू चर्चका सदस्यहरू होइनन् ।

  • ८ वर्ष वा सोभन्दा माथिका बालबालिकाहरू जसको एक अभिभावकको पनि बप्तिस्मा र प्रमाणीकरण गरिंदै छ ।

३१.२.४

हारुनको पादरित्वको एक विभागमा नियुक्तिका लागि अन्तर्वार्ताहरू

थप जानकारीका लागि, हेर्नुहोस् १८.१०.२

३१.२.५

मन्दिर अनुमति-पत्रका लागि अन्तर्वार्ताहरू

मन्दिर परमप्रभुको घर हो । मन्दिरमा प्रवेश गर्नु र विधिहरूमा भाग लिनु एक पवित्र सुअवसर हो । यो सुअवसर तिनीहरूका लागि आरक्षित छ जो आत्मिक रूपमा तयार छन् र परमप्रभुको मापदण्डहरूमा जिउने प्रयास गरिरहेका छन्, जसरी अधिकारिक पादरित्व अगुवाहरूले निर्धारण गरेका छन् ।

यो निर्धारण गर्नका लागि, पादरित्व अगुवाहरूले LCR मा भएका प्रश्नहरू प्रयोग गरेर सदस्यको अन्तर्वार्ता लिन्छन् (२६.३) मा मार्गदर्शनहरू पनि हेर्नुहोस् ।

३१.२.६

मल्कीसेदेक पादरित्वको विभागमा नियुक्तिका लागि अन्तर्वार्ताहरू

मल्कीसेदेक पादरित्व प्रदान गर्नका लागि किला अध्यक्षले पादरित्वका साँचाहरू धारण गर्छन् । एल्डर र उच्च पादरीका विभागहरूमा नियुक्तिका लागि साँचा पनि उनले नै बहन गर्छन् ।

किला अध्यक्षताको स्वीकृतिमा बिशपले मल्कीसेदेक पादरित्वको नियुक्ति अभिलेख मा प्रदान गरिएका प्रश्नहरू प्रयोग गरेर सदस्यको अन्तर्वार्ता लिन्छन् ।

३१.३

अगुवाहरूका लागि सदस्यहरूसँग भेट्ने अन्य अवसरहरू

  • सदस्यहरूले चर्चका अगुवासँग भेट्न आग्रह गर्न सक्छन् जब तिनीहरूलाई आत्मिक मार्गदर्शनको आवश्यक हुन्छ वा बोझिला व्यक्तिगत समस्याहरू छन् ।

  • बिशप वा उनले नियुक्त गरेका व्यक्तिले भौतिक आवश्यकता भएका सदस्यहरूसँग भेट गर्छन् (हेर्नुहोस् २२.६) ।

  • प्रत्येक ११ वर्षको उमेरकाहरूले प्राथमिकबाट डिकनहरूको गण वा युवती कक्षामा जाँदा बिशपरिकका एक सदस्यले तिनलाई भेट्छन् ।

३१.३.१

युवाहरूसँग भेटघाट गर्ने

बिशप वा उनका सल्लाहकारहरू मध्ये एकले प्रत्येक युवासँग वर्षमा दुई पटक भेट्छन् । प्रत्येक वर्ष यी मध्ये कम्तिमा एक भेट बिशपसँग हुनुपर्छ । युवा १६ वर्ष पुग्ने वर्षको सुरूदेखि, सम्भव भएमा वर्षभरीका दुबै भेटघाटहरू बिशपसँग हुनुपर्छ ।

युवती अध्यक्षको पनि हरेक युवतीहरूलाई सेवा गर्ने उत्तरदायित्व छ । उनले यो कार्य युवती महिलाहरूसँग एक्लै एक्लै भेटेर गर्न सक्छिन् (वा अर्को वयस्कसँग उपस्थित भएर) ।

३१.३.१.२

छलफल गर्नुपर्ने विषयहरू

युवाहरूसँग भेट्ने मुख्य उद्देश्य स्वर्गका पिता र येशू ख्रीष्टमा आस्था जगाउनु र उहाँहरूलाई अनुशरण गर्न युवाहरूलाई सहयोग गर्नु हो । यी वैठकहरूले आत्मिक अनुभवहरूमा वृद्धि गर्ने हुनुपर्छ ।

३१.३.२

एकल युवाहरूसँग भेटघाट गर्ने

बिशपले आफ्नो वार्डमा युवा एकल वयस्कहरूको आत्मिक प्रगतिलाई उच्च प्राथमिकता दिन्छन् । उनी वा नियुक्त सल्लाहकारले प्रत्येक युवा एकल वयस्कसँग कम्तिमा वर्षमा एक पटक भेटघाट गर्छन् ।

३१.३.३

सदस्यहरूसँग तिनीहरूका बोलावट र उत्तरदायित्वहरू छलफल गर्न भेटघाट गर्ने

किला अध्यक्षताहरू, बिशपरिकहरू र अन्य अगुवाहरूले व्यक्तिगत रूपमा सदस्यहरूसँग भेटघाट गर्छन् जसले तिनीहरूलाई उनीहरूका बोलावटहरूका सम्बन्धमा जानकारी गराउँछन् ।

ती अगुवाले सदस्यको सेवाका लागि कृतज्ञता व्यक्त गर्छन् र प्रोत्साहन प्रदान गर्छन् ।

३१.३.६

व्यावसायिक परामर्श र चिकित्सा

चर्चका अगुवाहरूलाई व्यावसायिक सल्लाहकार हुन वा उपचार प्रदान गर्न बोलावट गरिंदैन । येशू ख्रीष्टको मजबुत बनाउने, सान्त्वना दिने, मुक्ति दिने शक्तिमा ध्यान केन्द्रित गर्दै तिनीहरूले प्रदान गर्ने सहयोग आत्मिक हुन्छ । यो महत्त्वपूर्ण र प्रेरित सहयोगका अतिरिक्त केही सदस्यहरूले यो उपलब्ध भएको व्यावसायिक परामर्शबाट लाभ उठाउन सक्छन् ।

३१.४

भर्चुअल रूपमा सदस्यहरूसँग भेटघाट गर्ने

सामान्यतया, अगुवाहरू अन्तर्वार्ताका लागि र आध्यात्मिक सहयोग र सेवा प्रदान गर्न सदस्यहरूसँग व्यक्तिगत रूपमा भेट्छन् । यद्यपि, जब व्यक्तिगत रूपमा भेट्न व्यावहारिक हुँदैन भने तिनीहरूले अपवादका रूपमा भर्चुवल भेटघाट गर्न सक्छन् ।