साधारण सम्मेलन
परिक्षित, प्रमाणित, र निखारिएको
अक्टोवर 2020 साधारण सम्मेलन


परिक्षित, प्रमाणित, र निखारिएको

हाम्रा परिक्षाहरूको समयमा हामी हाम्रा करारहरू प्रति वफादार भए बापत प्राप्त हुने सर्वोत्कृष्ट आशिष भनेको हाम्रो स्वभावमा आउने परिवर्तन हो |

प्रिय दाजुभाइ दिदीबहिनीहरू, म तपाईंहरूसँग बोल्न पाउँदा आभारी छु | मेरो अभिलाषा प्रोत्साहान् दिनु हो विशेष गरी जब जीवन कठिन र अनिश्चित बन्छ | तपाईहरू मध्ये केहिलाई त्यो समय अहिले नै हो | यदि अहिले नभए त्यस्तो समय आउनेछ |

यो एक उदास लाग्दो दृष्टिकोण हैन | यो वास्तविक तर यो संसारको सृष्टि गर्नमा परमेश्वरको उद्धेश्यका कारण आशाबादी दृष्टिकोण हो | त्यो उद्धेश्य उहाँका सन्तानहरूलाई कठिन हुँदा पनि सहि छान्ने क्षमता र चाहना छ भनी आँफैलाई प्रमाणित गर्ने अवसर दिनु हो | त्यसो गर्दा, उनीहरूको स्वभाव परिवर्तन हुनेछ र उनीहरू उहाँ जस्तै हुनेछन् | उहाँलाई थाहा थियो कि त्यसका लागि उहाँ माथिको नडगमगाउने आस्था आवश्यक हुनेछ ।

मैले जानेको ज्ञानमध्ये धेरै मेरो परिवारबाट आयो | जब म लगभग आठ वर्षको थिए, मेरो वुद्धिमानी आमाले मेरो दाजु र मलाई मेरो घर पछाडीको करेसामा उहाँसंग झार उखेल्न आग्रह गर्नुभयो | अब, त्यो एक सामान्य काम जस्तो लाग्छ, तर हामी न्यु जर्सीमामा बस्थ्यौं | त्यहाँ बाराम्बार वर्षा हुन्थ्यो | त्यहाँको माटो भारी थियो | झार तरकारी भन्दा छिटो बढ्थ्यो |

मेरो हातमा झार चुडिएको र अझै जमिनमा रहेका तिनका जरा देख्दाको मेरो नैराश्यता म अझै सम्झन्छु | मेरी आमा र मेरा दाजु छिट्टै नै म भन्दा धेरै अगाडी पुगे | मैले जति प्रयास गरे उत्तिनै म पछि परें |

“यो धेरै गाह्रो छ !” म कराएँ |

मलाई दया गर्नुको सट्टा, मेरी आमा मुस्काउनुभयो र भन्नुभयो, “हो हाल, यो वास्तवमै कठिन छ । यो कठिन हुनपर्ने नै हो | जीवन परिक्षा हो |

त्यो क्षणमा मैले थाहा पाएँ कि उहाँका शब्दहरू सत्य थिए, र मेरो भविष्यमा निरन्तर सत्य हुनेछन् |

आमाको प्रेमपूर्वकको त्यो मुस्कानको कारण वर्षौं पछि स्पष्ट भयो जव मैले परमेश्वर पिता र उहाँको प्रिय पुत्रले संसारको सृष्टि गर्नु र आत्मिक सन्तानलाई पार्थिव जीवनको अवसर दिनुको उद्धेश्यको बारेमा बोलेको पढें:

“अनि हामीले त्यहाँ प्रमाणित गर्नेछौं, यदि उनीहरूले परमप्रभु उनीहरूका परमेश्वरले उनीहरूलाई दिनुहुने आज्ञाहरू सबै पूरा गर्छन;

“अनि पहिलो अवस्था कायम राख्नेहरूमाथि अरू थपिने छ; अनि पहिलो अवस्था कायम नराख्नेहरूलाई पहिलो अवस्था राख्नेहरूले प्राप्त सोहि अधिराज्यमा महिमा दिइनेछैन; अनि दोस्रो अवस्था कायम राख्नेहरूको शिरमाथि अनन्तसम्म महिमा थपिनेछ |”

स्वर्गीय पिताको अनुपस्थितिमा पनि परमेश्वरले दिएका आज्ञाको पालना गर्न चयन गर्नेछु भनि परिक्षित हुन र प्रमाणित गर्न दिएको त्यो निमन्त्रणा तपाइँले र मैले स्विकार्यौं |

स्वर्गीय पिताको प्रेमपूर्वकको त्यस्तो निमन्त्रणा पछि पनि लुसिफ़रले आत्मिक सन्तानहरू मध्ये एक तिहाईलाई हाम्रो वृद्धि र अनन्त खुसियालीको पिताको योजनालाई अस्वीकार गर्दै आफ्नो पछि लाग्न मनायो | सैतानको विद्रोहका निम्ति, उसका अनुयायीका साथ् उसलाई निकाला गरियो | अहिले, ऊ यो मरणशिल जीवनमा यथासक्य धेरैलाई परमेश्वरबाट पर जान उक्साउँछ ।

हामी मध्ये त्यो योजनालाई स्वीकार्नेहरूले हाम्रो मुक्तिदाता र उद्धारकर्ता बन्न अर्पिनुभएका येशू ख्रीष्टमाथिको आस्थाका कारण त्यसो गरेका हौं | हामीले त्यति बेला विश्वास् गरेको हुनुपर्छ कि हाम्रो जस्तोसुकै पार्थिव कमजोरी भएपनि र जस्तोसुकै दुष्ट शक्ति हाम्रो विरुद्ध भएपनि, असल शक्ति अत्याधिक महान हुनेछ ।

परमेश्वर पिता र येशू ख्रीष्टले तपाइँलाई चिन्नुहुन्छ र प्रेम गर्नुहुन्छ | उहाँहरूले तपाइँहरू उहाँहरूकोमा फर्केको र उहाँहरु जस्तै भएको चाहानुहुन्छ | तपाइँको सफलतानै उहाँको सफलता हो | पवित्र आत्माद्वारा त्यो प्रेमको पुष्टि गरेको तपाइँले अनुभव गर्नुभएको छ जब तपाइँने यी शब्दहरू पढ्नु भयो वा सुन्नुभयो: “किनकि हेर, यो मेरो कार्य र महिमा हो—मानिसहरूमा अमरत्व र अनन्त जीवन ल्याउन।”

परमेश्वरसंग हाम्रो बाटो सजिलो बनाउने सामर्थ्य छ | इस्राएलका सन्तानहरूको प्रतिज्ञाको भूमिसम्मको त्यो यात्रामा परमेश्वरले उनीहरूलाई मन्न खुआउनुभयो | प्रभुले आफ्नो मरणशील सेवामा विरामीहरूलाई चङ्गाई दिनुभयो, मृतकलाई उठाउनुभयो, र समुन्द्रलाई सान्त पार्नुभयो | आफ्नो पुनरुत्थान पछि, उहाँले “बाँधिएकाहरूका निम्ति कारागार” खोल्नुभयो|”

उहाँका महान अगमवक्ताहरू मध्येका एक, अगमवक्ता जोसेफ स्मिथले कारागारमा कष्ट सहनुपर्यो र उहाँलाई सिकाइएको शिक्षाले हामीले बारम्बार भोग्नुपर्ने आस्थाको परिक्षामा हामीलाई फाइदा दिनेछ: “अनि यदि तिमीलाई खाडलमा, अथवा हात्याराहरूको हातमा फ्याकिए पनि र मृत्युदण्ड तिमीमाथि आए पनि; यदि तिमीलाई गहिराईमा फ्याकिए पनि; यदि बढ्दो छालले तिमीविरुद्ध षड्यन्त्र गरे पनि; अनि तिब्र वायु तिम्रो दुश्मन बने पनि; यदि आकाशमा अन्धकार छाएर सम्पूर्ण तत्वहरू मिलेर तिम्रा निम्ती बाटो रोक्न तगारो बने पनि, र अझ त्यो भन्दा बढी, यदि नरकको मुख नै तिमीलाई निल्न तिमीलाई लखेटे पनि, यो जान कि, मेरो पुत्र, यी सबै कुराहरूले तिमीलाई अनुभव दिनेछन्, र तिम्रा भलाईका निम्ति हुनेछन् |”

तपाइँहरूलाई यथोचित रुपमा लाग्ला कि त्यस्तो प्रेम गर्ने सर्व-शक्तिमान परमेश्वर किन हाम्रो पार्थिव परिक्षा त्यस्तो कठिन हुन दिनुहुन्छ भनेर | यो यस्तो कारण हो किनभने उहाँलाई थाहा छ कि उहाँको उपस्थितिमा परिवारका साथ् सदाका लागि जिउन हाम्रो आत्मिक सफाई र शक्तिमा वृद्धि हुनुपर्छ | त्यसलाई सम्भव बनाउन, स्वर्गीय पिताले हामीलाई मुक्तिदाता दिनुभयो र आफ्ना निम्ति आस्थाद्वारा उहाँका आज्ञाहरू पालना गर्न र पश्चात्ताप गर्न र उहाँसामु आउन चयन गर्ने सामर्थ्य दिनुभयो |

पिताको खुशीको योजनाको केन्द्रमा हामी अझ उहाँको प्रिय पुत्र येशू ख्रीष्ट जस्तो बन्नु हो | सबै कुराहरूमा मुक्तिदाताको उदाहरण हाम्रा निम्ति सबभन्दा असल पथप्रदर्शक हो | आफैंलाई प्रमाणित गर्ने आवश्यकताबाट उहाँलाई पनि छुट भएन | हामी सबैका पापहरूको मूल्य तिर्दै उहाँले स्वर्गीय पिताका सबै सन्तानका निम्ति सहनुभयो | यो नश्वरतामा आएका र आउने सबैको कष्ट उहाँले सहनुभयो |

जब तपाइँले आफुले कतिसम्म कष्ट सहन सक्छु भन्ने लाग्छ, उहाँलाई सम्झनुहोस | तपाइँले जे कष्ट भोग्दै हुनुहुन्छ, त्यो कष्ट उहाँले भोग्नुभयो ताकि उहाँले तपाईंलाई कसरि त्यो कष्टबाट उठाउने भन्ने थाहा होस् | उहाँले बोझ नउठाउन पनि सक्नुहुन्छ तर उहाँले तपाइँलाई शक्ति, सामर्थ्य, र आशा दिनुहुन्छ | उहाँलाई बाटो थाहा छ | उहाँले त्यो तितो कचौरा पिउनुभयो | हामी सबैको कष्ट उहाँले सहनु भएको छ |

तपाइँहरूलाई मुक्तिदाताद्वारा पोषित गरिएको छ र शान्त्वना दिइएको छ, जसलाई तपाइले भोग्दै गरेको परिक्षामा कसरी राहत दिने भन्ने पूर्ण ज्ञान छ | अल्माले सिकाउनुभयो:

“अनि उहाँ अगाडि जानुहुनेछ, प्रत्येक प्रकारका पीडाहरू र कष्टहरू र परीक्षाहरू सहेर; अनि यो कि वचन पूरा होऊन जसले भन्दछ उहाँले आफ्ना जनका पीडा र रोग आफूमा लिनुहुनेछ।

“अनि उहाँले आफूमाथि मृत्यु लिनुहुनेछ, ताकि उहाँले मृत्युका बन्धनहरू फुकाउन सक्नुहुनेछ जसले उहाँका जनलाई बाँध्छ; अनि उहाँले उनीहरूका कमजोरीहरूलाई आफूमाथि लिनुहुनेछ, ताकि उहाँको हृदय कृपाले भरियोस, मांशशरीर अनुसार, ताकि उहाँले मांशशरीर अनुसार जान्न सक्नुहुनेछ कि उनीहरूका कमजोरीअनुसार उहाँका जनको कसरी सहायता गर्ने।”

उहाँको तपाईंहरूलाई सहायता गर्ने एउटा तरिका भनेको उहाँलाई सदैव सम्झन र उहाँमा आउन निमन्त्रणा गर्नु हुनेछ | उहाँले हामीलाई प्रेरणा दिनुभएकोछ:

“मकहाँ आओ, सबै परिश्रम गर्ने र बोझले दबिएका, अनि मैले तिमीहरुलाई विश्राम दिनेछु ।

“मेरो जुवा आफु माथि लेओ, र मसँग सिक; किनभने म विनम्र र कोमल हृदयको छु: अनि तिमीहरुले आफ्नो आत्मामा विश्राम पाउनेछौँ।”

उहाँमा आउने तरिका उहाँका शब्दहरूमा भोज गर्नु, पश्चात्तापका निम्ति आस्थाको अभ्यास गर्नु , उहाँका अधिकृत सेवकहरूबाट बप्तिस्मा लिन र पुष्टि गरिइन चयन गर्नु, र परमेश्वरसंग गरेका आफ्ना करारहरूको पालना गर्नु हो | उहाँले पवित्र आत्मालाई तपाइँको साथि, संत्वानादाता र पथप्रदर्शक हुन पठाउनुहुन्छ |

जब तपाईं पवित्र आत्माको उपहारको योग्य भएर जिउनुहुन्छ, बाटो देख्न नसक्ने बेलामा प्रभुले तपाइँलाई सुरक्षा तिर अगुवाई गर्नुहुनेछ | मेरा निम्ति अक्सर गरेर उहाँले अगाडी लिनुपर्ने एक दुई कदम देखाउनु भएकोछ | उहाँले अक्सर कमै मलाई दूर भविष्यको दृष्टि दिनुभएको छ, तर ती विरल दृष्टिले मेरो दैनिक जीवनमा केको चयन गर्नुपर्छ भनी बाटो देखाउंछन् |

परमप्रभुले व्याख्या गर्नुभयो:

“वर्तमान समयका लागि, यसपछिका कुराहरू, र धेरै कष्टहरू … पछि आउने महिमा का सम्बन्धका तिम्रो परमेश्वरको योजनालाई तिमीहरूका प्राकृतिक आँखाले देख्न सक्दैन |

“किनकि धेरै कष्ट पछि आशिषहरू आउँछन् |”

हाम्रा परिक्षाहरूको समयमा हामी हाम्रा करारहरू प्रति वफादार भए पछि प्राप्त हुने मध्ये सर्वोत्कृष्ट आशिष भनेको हाम्रो स्वभावमा आउने परिवर्तन हो | आफ्ना करारहरूको पालना गर्न गरेको चयनद्वारा येशू ख्रीष्टको शक्ति र उहाँको प्रायश्चित्तको आशिषले हामीमाथि कार्य गर्न सक्छ | हाम्रो हृदय माया गर्न, क्षमा दिन, र अरूलाई मुक्दिदाता सामु आउन निम्ता गर्नका लागि नरम बन्न सक्छ | प्रभु माथिको हाम्रो भरोसा बढ्दछ | हाम्रो भय घट्दछ |

अब, कष्टहरुमा त्यस्ता आशिषहरु प्रतिज्ञा गरिएपनि, हामी कष्ट खोज्दै हिंड्दैनौं। नश्वर अनुभवमा, हामीले आफुलाई प्रमाणित गर्ने, अझ मुक्तिदाता र स्वर्गमा रहनुहुने पिता जस्तै बन्न सक्ने कठिन परिक्षाहरु उत्तीर्ण गर्ने थुप्रै अवसरहरु प्राप्त गर्नेछौं ।

त्यसमाथि, हामीले अरूको कष्टलाई देख्नुपर्छ र सहयोग गर्न प्रयास गर्नुपर्छ | त्यो विशेष गरि कठिन हुनेछ जब हामी आफैं कष्टप्रद परिक्षा भोगीरहेका हुनेछौं | हामीले थाहा पाउनेछौं कि जब हामीले अरूको बोझ उठाउँछौं, थोरै नै किननहोस, कि हाम्रो पिठ्युँ बलिया पारिएकोछ र हामीले अन्धकारमा प्रकाशको अनुभव गर्दछौँ ।

यसमा, परमप्रभु हाम्रो उदाहारण हुनुहुन्छ | यदि उहाँ परमेश्वरको प्रिय पुत्र नभएको भए उहाँलाई मार्न सक्ने कष्ट सहेपछि गोल्गोथाको क्रुसमा उहाँले आफूलाई सजायं दिने ती जल्लादहरुलाई हेर्नुभयो र आफ्नो पितालाई भन्नुभयो, “यिनीहरूलाई क्षमा गर्नुहोस्; किनकि यिनीहरू के गर्दैछन् यिनीहरुलाई जान्दैनन् |” संसारमा आउने सबैका निम्ति कष्ट सहँदा उहाँले क्रुसबाट यूहन्ना र आफ्नै सोकाकुल आमालाई हेर्नुभयो र उनलाई उनको परिक्षाको घडीमा सेवा गर्नुभयो:

“जब येशूले आफ्नी आमा र उहाँको चेला उभिएको देख्नुभयो, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो, उहाँले आफ्नी आमालाई भन्नुभयो, “नारी हेर्नुहोस् तपाइँको छोरा !

“ त्यस पछि उहाँले चेलालाई भन्नुभयो, हेर तिम्री आमा ! त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नो घरमा लगे |”

सबभन्दा पवित्र त्यो दिनको उहाँको त्यो कार्यले, उहाँले स्वेच्छाले हामी प्रत्येकका निम्ति आफ्नो जीवन दिनुभयो, हाम्रो यो जीवनमा मात्र नभई आउने समयको अनन्त जीवनका लागि पनि सहायता प्रस्ताव गर्नुभएको छ |

मानिसहरूले कष्टप्रद परिक्षाहरूमा आस्थावान प्रमाणित गरेर महान उचाईमा पुगेको मैले देखेको छु | चर्चभरि आज त्यस्ता उदाहरणहरू छन् | कष्टले मानिसहरूलाई घुडा टेक्न बाध्य गराउँछ । उनीहरूको वफादार धैर्यता र प्रयासद्वारा, उनीहरू अझ बढी मुक्तिदाता र हाम्रो स्वर्गीय पिता जस्तै बन्छन् |

मैले मेरी आमाबाट अर्को पाठ सिक्न पाए | एक भरखरकी केटिको उमेरमा भ्यागुते रोग लागेर उहाँ धन्यै बित्नुभएको थियो | पछि उहाँलाई स्पाइनल मेनिन्जाइटिस भएको थियो | उहाँको वुवा कलिलैमा वित्नुभयो, र त्यसैले मेरी आमा र उहाँका दाजुभाईले उनीहरूको आमालाई सहयोग गर्नुपर्यो |

आफ्नो जीवनभरि उहाँले रोगको परिक्षाहरूको असरको अनुभव गर्नभयो | उहाँको जीवनको अन्तिम दश वर्षमा, उहाँलाई थुप्रै शल्यक्रिया गर्नुपर्यो | यी सबै समस्याहरूमा, बिस्तारामा थला परेको समयमा पनि उहाँले प्रभुप्रतिको वफादारीताको प्रमाणित गर्नुभयो | उहाँको कोठाको भित्तामा भएको एक मात्र तस्बिर मुक्तिदाताको थियो । मृत्युशय्या बाट मेरा लागि उहाँको अन्तिम शब्दहरु यी थिए: “हल, तिमीलाई रुगा लागेको जस्तो सुनिएका छौ । तिमीले आफ्नो ख्याल राख्नुपर्छ ।”

उहाँको अन्त्यस्टीमा अन्तिम वक्ता एल्डर स्पेन्सर डब्लु. किम्बल हुनुहुन्थ्यो | उहाँको आस्था र परिक्षणहरूका बारेमा बोले पछि एल्डर किम्बलले भन्नुभयो: “तपाइँहरू मध्ये केहिले सोध्नुहोला मिल्ड्रेडले किन त्यति लामो समयसम्म त्यति धेरै कष्ट सहनुपर्यो | म यसको कारण भन्छु | यो हो किनभने प्रभुले उहाँलाई अझ बढी निखार्न चाहानुहुन्थ्यो|”

परमप्रभुले अझ अलिकति निखार्न खोज्दै गर्दा आफ्नो अडिग आस्थाका साथ् आफ्नो बोझ बोक्ने र अरुलाई उनीहरुको बोझ बोक्न सहयाता गर्ने येशू ख्रीष्टको चर्चका धेरै आस्थावान सदस्यहरू प्रति म मेरो कृतज्ञता व्यक्त गर्न चाहान्छु | आफू र आफ्ना परिवारले त्यस्तो निखार्ने कार्य सहदै गर्दा अरुको सेवा गर्ने अगुवाहरू र हेरचाह गर्नेहरू प्रति पनि म प्रेम र प्रशंसा व्यक्त गर्न चाहान्छु |

म गवाही दिन्छु कि हामी सबै स्वर्गीय पीताका सन्तान हौँ जसले हामीलाई माया गर्नुहुन्छ। मैले अध्यक्ष रसल एम. नेल्सनको सबै प्रतिको प्रेमको अनुभव गर्दछु | उहाँ संसारको लागि प्रभुको अगमवक्ता हुनुहुन्छ | म यो परमप्रभु येशू ख्रीष्टको पवित्र नाममा गवाही दिन्छु, आमीन ।