साधारण सम्मेलन
चीरस्थायी शक्ति
अक्टोवर 2020 साधारण सम्मेलन


चीरस्थायी शक्ति

केवल आस्था र परमेश्वरको वचन हामीलाई थाम्नको लागि पर्याप्त छ जसले हाम्रो अन्तर आत्मालाई भरिपूर्ण गर्छ—र उहाँको शक्तिसम्म पुग्नको लागि।

हाम्रा प्रिय अगम्वक्ता अध्यक्ष रसल एम. नेल्सनका शिक्षाहरुलाई समिक्षा गर्दा, मैले उहाँले बारम्बार प्रयोग गर्ने एउटा शब्द पत्ता लगाएको छु। यो शब्द हो शक्ति।

अध्यक्ष नेल्सनलाई प्रेरितको रुपमा समर्थन गरिएपछिको पहिलो साधारण सम्मेलनमा उहाँले शक्तिको बारेमा वक्तव्य दिनु भएको थियो। उहाँले बर्सौंदेखि शक्तिको बारेमा निरन्तर शिक्षा दिईरहनुभएको छ। हामीले अध्यक्ष नेल्सनलाई हाम्रो अगमबक्ताको रुपमा समर्थन गरेपछिको समयदेखि, उहाँले शक्तिको सिद्धान्तको बारेमा—विशेष गरि, परमेश्वरको शक्ति—र हामीले यसलाई कसरी प्राप्त गर्न सक्छौं भनेर सिकाउनुभएको छ। हामीले अरुको सेवा गर्दा कसरी परमेश्वरको शक्तिको प्रयोग गर्ने, पश्चातापले येशू ख्रीष्ट र उहाँको प्रायश्चित्तको शक्तिलाई हाम्रो जीवनमा कसरी आमन्त्रित गर्छ, र पदारित्व—परमेश्वरको शक्ति र अधिकारले—उहाँसँग करार गर्ने र पालना गर्नेहरुलाई कसरी आशिषित गर्छ भनेर उहाँले सिकाउनुभएको छ। अध्यक्ष नेल्सनले गवाही व्यक्त गर्नुभएको छ कि मन्दिरमा अभिदान भएकाहरु सबैले आफ्ना करारहरूको पालना गर्दा परमेश्वरको शक्ति प्राप्त गर्नेछन्।

अप्रिल २०२० को साधारण सम्मेलन दिनुभएको चुनौतीले विशेष मेरो मनलाई छोयो। उहाँले हामीलाई “तपाइँलाई प्रदान गरिएको—अथवा प्रदान गरिने—शक्ति र ज्ञानका बारेमा अझ थप अध्ययन र प्रार्थना गर्नुहोस्” भनेर निर्देशन दिनुभयो।

यो चुनौतीको प्रतिक्रियामा, मैले अध्ययन र प्रार्थना गरेको छु र शक्ति र ज्ञानको बारेमा केहि फाइदाजनक कुराहरु सिकेको छु जुन मलाई प्रदान गरिएको छ—अथवा जुन मलाई प्रदान गरिने छ।

हाम्रो जीवनमा परमेश्वरको शक्ति प्राप्त गर्नको लागि हामीले के गर्नुपर्छ भन्ने कुरा बुझ्न सजिलो छैन, तर हाम्रो मस्तिष्कमा यसको अध्ययन गरेर र हामीलाई ज्ञान दिनको लागि पवित्र आत्माको लागि प्रार्थना गरेर यो सम्भव भएको मैले पत्ता लगाएँ। एल्डर रिचार्ड जी. स्कटले परमेश्वरको शक्ति भनेको के हो भनेर स्पष्ट परिभाषा दिनुभएको छ: यो “हामी स्वयंले गर्न सक्ने भन्दा बढी गर्ने शक्ति” हो।

यो चुनौतीपूर्ण समयमा हाम्रो सहयोगको लागि परमेश्वरको शक्तिको प्रयोग गर्न हाम्रो हृदय र आत्मा समेतलाई परमेश्वरका वचनहरुले भर्न र येशू ख्रीष्टमा आस्थाको जग महत्वपूर्ण छ। हाम्रो हृदयहरुको गहिराईमा परमेश्वरको वचन र येशू ख्रीष्टमा आस्थालाई नलीएसम्म, हाम्रो गवाहीहरु र आस्था असफल हुनसक्छन्, र परमेश्वरले हामीलाई दिन चाहनुभएको शक्तिको मार्ग हराउन सक्छ। सतही आस्था पर्याप्त छैन। केवल आस्था र परमेश्वरको वचन हामीलाई थाम्नको लागि पर्याप्त छ जसले हाम्रो अन्तर आत्मालाई भरिपूर्ण गर्छ—र उहाँको शक्तिसम्म पुग्नको लागि।

जब दिदि जन्सन र म हाम्रा केटाकेटीहरूलाई हुर्काउँदै थियौं, हामीले हरेकलाई एउटा वाद्ययन्त्र बजाउन सिक्नको लागि प्रोत्साहन गर्थ्यौं। तर हामी उनीहरुले आफ्ना काम गरे र उनीहरुले हरेक दिन आफ्ना वाद्ययन्त्रको अभ्यास गर्यो भने मात्र उनीहरुलाई संगीत कक्षाहरु लिन अनुमति दिन्थ्यौं। एक शनिबार, हाम्री छोरी साथीहरुसँग खेल्न उत्साहित थिइन्, तर उनले पियानोको अभ्यास गरेकी थिइनन्। ३० मिनेटको लागि अभ्यास गर्ने वाचा गरेको ज्ञात भएकोले, उनले टाइमर राख्ने विचार गरिन, किनकी उनीलाई चाहिएको समय भन्दा एक मिनेट पनि बढी अभ्यास गर्नु थिएन।

जब उनि माइक्रोवेभ ओभनको छेउ हुदै पियानो तिर बढिन्, उनी एकछिन रोकिईन् र केहि बटनहरु थिचिन्। तर टाइमर मिलाउनुको साटो, उनले पकाउनको लागि माइक्रोवेभमा ३० मिनेट मिलाएर स्टार्ट थिचिन्। करिब बिस मिनेटको अभ्यास पछि, उनि भान्सामा कति समय बाँकी छ भनेर फर्कीइन र माइक्रोवेभ ओभनमा आगलागी भएको देखिन्।

अनि उनि घरपछाडीको जग्गामा कुद्दै आइन् जहाँ म काम गरिरहेको थिएँ, चिच्याउँदै कि घरमा आगलागी भयो। म छिट्टै घर भित्र दौडेँ, र, मैले माइक्रोवेभमा आगो लागेको देखें।

हाम्रो घरलाई जल्नबाट वाचाउनको लागि, म माइक्रोवेभको पछाडी पुगें, प्लगलाई बन्द गरें, र पावर कर्डलाई बलिरहेको माइक्रोवेभ काउन्टरबाट हटाउनको लागि उचाल्न प्रयोग गरें। दिन र साथै हाम्रो घरलाई पनि जोगाउनको लागि हिरो बन्ने आशामा, मैले बलिरहेको माइक्रोवेभलाई आफ्नो शरीरबाट टाढा राख्नको लागि पावर कर्डले घुमाएँ, पछाडिको जग्गामा पुगें र अर्को घुमाईमा माइक्रोवेभलाई घाँसे मैदानमा हुत्याइदिएँ। त्यहाँ हामीले पाइपले आगोलाई निभाउन सफल भयौं।

के गलत हुनगयो त? माइक्रोवेभ ओभनलाई आफ्नो उर्जालाई सोस्नको लागि केहि चाहिन्छ र जब उर्जालाई सोस्नको लागि भित्र केहि हुँदैन, ओभनले आफै उर्जालाई सोस्छ, तातिन थाल्छ र आगो लाग्न सक्छ, आफैलाई आगो र खरानीको थुप्रोमा नष्ट गर्दै। हाम्रो माइक्रोवेभमा पुरै आगलागी भयो र जल्यो किनकी त्यस भित्र केहिपनि थिएन।

त्यसरी नै, जसमा आफ्नो हृदयको गहिराईमा आस्था र परमेश्वरको वचन हुन्छ उनीहरु आगाका ज्वालाहरूलाई सोस्न र उम्कन सक्षम हुन्छन्, जुन शत्रुले हाम्रो विनाश गर्नको लागि अवश्य पठाउनेछन्।१० अन्यथा, हाम्रो आस्था, आशा र हाम्रो दृढ विश्वास अन्त सम्म नरहन सक्छ र रित्तो माइक्रोवेभ ओभन जस्तै, हामी पनि दुर्घटनामा पर्न सक्छौं।

मैले जानेको छु कि परमप्रभु येशू ख्रीष्ट र उहाँको प्रायश्चित्तमा आस्थाका साथै परमेश्वरको वचनलाई आफ्नो हृदयको गहिराईमा राख्नाले, दुष्ट माथि र त्यसले मलाई प्रहार गर्ने सबै कुरा माथि विजय प्राप्त गर्नका लागि मलाई परमेश्वरको शक्तिको प्रयोग गर्न दिन्छ। जब हामी चुनौतीहरुको सामना गर्छौं, हामी पावलले सिकाउनुभएको परमप्रभुको वाचामा भरपर्न सक्छौं: “किनभने परमेश्वरले हामीलाई डरको आत्मा दिनुभएन, तर शक्ति, प्रेम र आत्मा संयमको आत्मा दिनुभएको छ।”११

हामीलाई थाहा छ कि केटाकेटीका रुपमा मुक्तिदाता “आत्मामा हुर्कनु र मजबुत हुनुभयो, ज्ञानले, भरिपूर्ण: अनि परमेशको महिमा उहाँमा थियो।”१२ हामीलाई थाहा छ कि जब उहाँ ठुलो हुनु भयो, “येशू ज्ञानमा र कदमा बढ्नुभयो र परमेश्वर र मानिसको प्रिय बन्नुभयो। अनि हामीलाई थाहा छ कि उहाँको सेवा कार्यको सुरुवात भएपछि, जसले उहाँलाई सुने “तिनीहरू उहाँको शिक्षामा छक्क परे: किनकी उहाँको वचन शक्तिसहितको थियो।”१४

तयारी मार्फत, मुक्तिदाता शक्तिमा हुर्कनुभयो र सैतानका सबै प्रलोभनहरुको प्रतिरोध गर्न सक्षम हुनुभयो।१५ जब हामी मुक्तिदाताको उदाहरणको अनुसरण गर्छौं र परमेश्वरको वचनको अध्ययन गरेर र आस्थालाई गहिरो बनाएर तयारी गर्छौं, हामीले पनि प्रलोभनको प्रतिरोध गर्न परमेश्वरको शक्ति प्राप्त गर्न सक्छौं।

मन्दिरमा सहभागी हुन असम्भव बनाएको यो सिमित भेला गर्न मिल्ने समयमा, मैले खासमा हामीले मन्दिरका करारहरू गर्दा र पालना गर्दा हामीलाई आउने परमेश्वरको शक्तिका बारेमा निरन्तर पढ्ने र थप सिक्ने सोचेको छु । कर्टल्याण्ड मन्दिरको समर्पणात्मक प्रार्थनामा प्रतिज्ञा गरिए अनुसार, परमेश्वरको शक्तिसहित हामी मन्दिरबाट जान्छौं।१६ मन्दिरका करारहरू गर्ने र पालना गर्नेहरुमा परमेश्वरले दिनुहुने शक्तिसँग सम्बन्धित म्याद समाप्त हुने मिति हुदैन, न त महामारीको अवधिमा त्यो शक्ति प्राप्त गर्न प्रतिबन्ध छ। यदी हामी करारहरूको पालना गर्नमा असफल भयौं र उहाँको शक्ति प्राप्त गर्नको लागि निरन्तर योग्य बन्ने किसिमले जिएनौँ भने मात्र हाम्रो जीवनमा उहाँको शक्ति कम हुन्छ।

जब मेरी श्रीमती र म सुसमाचार प्रचार क्षेत्रका अगुवाहरुका रुपमा थाइल्याण्ड, लाओस र म्यानमार मा सेवा गर्दा, मन्दिरका पवित्र करारहरु गर्ने र पालना गर्नेमा परमेश्वरको शक्ति हामीले प्रतक्ष्य रुपमा देखेका छौं। यी तीन देशका धेरै सन्तहरुलाई उनीहरुको व्यक्तिगत त्याग र तयारी मार्फत आफुले गर्नसक्ने सबै गरे पश्चात मन्दिर सेवाग्राही सहयोग कोषले मन्दिर जना सम्भव बनायो । मैले थाइल्याण्ड, बैंककको एक एरपोर्टमा लाओसका २० विश्वासी सन्तहरुलाई बैंककको अर्को एरपोर्टमा हंगकंगको जहाज भेट्टाउनको लागि स्थानान्तरण गर्न सहयोग गर्दा भेटेको सम्झन्छु। यी सदस्यहरु अन्ततः परमप्रभुको घरको भ्रमण गर्न पाएकोमा उत्साहले भरिएका थिए।

छवि
लाओसका सदयास्यहरु

जब हामीले यी असल सन्तहरुलाई उनीहरु फर्केपछि भेट्यौं, मन्दिरको अनुदान प्राप्त गरे पछि र परमेश्वरसँग काररमा प्रवेश गरिसकेपछि आएको थप सुसमाचारमा परिपक्कोता र शक्तिको साथ स्पष्ट देखिन्थ्यो। यी सन्तहरु स्पष्टरुपमा “[उहाँको] शक्तिसँग सशस्त्र भएर” अघि बढे।१७ यो आफुले गर्नसक्ने भन्दा बढी गर्ने शक्तिले उनीहरुलाई लाओसमा परमेश्वरको राज्य निर्माणमा निरन्तरता दिदैगर्दा उनीहरुको देशमा चर्च सदस्यताको चुनौतीमा अन्तसम्म रहने र “सत्यतामा अत्यधिक महान र महिमित गवाही”१८ दिदै अगाडी बढ्ने ताकत दियो।

हामीले मन्दिरमा उपस्थित हुननसकेको समयमा, के हामीले हाम्रो जीवनमा स्पष्ट, अपरिवर्तित निर्देशनको बाटो बनाउन मन्दिरमा गरेको करारमा निर्भर भएकाछौं त? यी करारहरूले, यदि पालना गरेमा, हामीलाई प्रकाश र भविष्यसँग सम्बन्धित अपेक्षाहरु र हाम्रो समर्पण मार्फत परमप्रभुले वाचा गर्नुभएका सबै प्राप्त गर्न योग्य बन्ने स्पष्ट दृढ संकल्प दिन्छ।

म तपाईंहरुलाई परमेश्वरले दिन चाहनुभएको शक्तिको खोजी गर्न आमन्त्रण गर्छु। म गवाही दिन्छु कि हामीले उहाँको शक्तिको खोजी गर्दा, हामीलाई स्वर्गमा रहनुहुने पितामा भएको हामीप्रतिको प्रेमको अझ बढी समझकासाथ आशिषित हुनेछौं।

म गवाही दिन्छु कि स्वर्गमा रहनुहुने पिताले तपाईं र मलाई माया गर्नुभएको कारणले, उहाँले आफ्नो प्यारो पुत्र, येशू ख्रीष्टलाई, हाम्रो मुक्तिदाता र उद्दारकर्ता बन्नको लागि पठाउनुभयो। म येशू ख्रीष्टको गवाही दिन्छु, उहाँ जसमा सबै शक्ति छ,१९ र यो म येशू ख्रीष्टको नाममा गर्छु, आमिन।

सूचीहरु

  1. हेर्नुहोस् रसल एम. नेल्सन, “Protect the Spiritual Power Line,” Ensign, नोभ, १९८४, ३०-३२.

  2. अध्यक्ष रसल एम. नेल्सन “Ministering with the Power and Authority of God,” Liahona, मे २०१८, ६८-७५.

  3. हेर्नुहोस् रसल एम. नेल्सन, “Closing Remarks,” Liahona, मे २०१९,११२.

  4. हेर्नुहोस् रसल एम. नेल्सन, “Ministering with the Power and Authority of God.” ६८-६९

  5. हेर्नुहोस् रसल एम. नेल्सन, “Go Forward in Faith,” लियाहोना, मे २०२०, ११५.

  6. रसल एम. नेल्सन, “Go Forward in Faith,” ११५.

  7. हेर्नुहोस् सिद्धान्त र करार ९:७-९

  8. Richard G. Scott, “For Peace at Home,” Liahona, May 2013, 30.

  9. “माइक्रोवेभहरुले माइक्रोवेभ ध्वनि उर्जा तरंगहरु खानेकुरा र तरल पदार्थहरुलाई तताउनको लागि प्रयोग गर्छ। यी तरंगहरुलाई सोस्नका लागि माइक्रोवेभ भित्र केही सामान हुनुपर्छ। अन्यथा, माइक्रोवेभले तरंगलाई नै सोस्छ। यी तरंगहरुले सोस्न लगाउनका लागि केही कुरा खोज्ने क्रममा माइक्रोवेभको पकाउने ठाउँलाई तातो बनाउँछ। यी तरंगहरु माइक्रोवेभको म्याग्नेट्रोनमा पुग्छन्, जुन माइक्रोवेभको स्रोत हो। म्याग्नेट्रोनले ठुलो क्षमता बेहोर्न सक्दैन, त्यसैले यसले माइक्रोवेभको अरु भागमा निरन्तर यसलाई पठाउँछ। माइक्रोवेभलाई त्यसको भित्र केही पनि नराखी चलाउदा त्यसले म्याग्नेट्रोनलाई र माइक्रोवेभको अरु भागहरूको पनि क्षति गर्छ। सबैभन्दा खराब अवस्थामा, माइक्रोवेभका पुर्जाहरु अत्याधिक तातो हुन्छ र आगो लाग्छ” (अबाकस उपकरण सेवा निगम, “के मैले मेरो माइक्रोवेभलाई नष्ट गर्छु यदि त्यो रित्तो चलाएँ भने?” Aug. 16, 2012, abacusappliance.com; see also Julie R. Thomson, “13 Things You Should Never Put in the Microwave,” June 13, 2014, huffpost.com).

  10. हेर्नुहोस 1- नफी १५:२४

  11. तिमोथी १:७

  12. लुका २:४०.

  13. लुका २:२५.

  14. लुका ४:३२.

  15. हेर्नुहोस् मत्ती ४:१-११; लुका ४:१-१४: सिद्धान्त र करार २०:२२

  16. हेर्नुहोस् सिद्धान्त र करार १०९:२२

  17. सिद्धान्त र करार १०९:२२

  18. सिद्धान्त र करार १०९:२३

  19. हेर्नुहोस् मत्ती २८:१८