साधारण सम्मेलन
धैर्यतालाई उसको पूरा काम गर्न दिनुहोस् र यो सबै खुशी गणना गर्नुहोस्!
अक्टोवर 2020 साधारण सम्मेलन


धैर्यतालाई उसको पूरा काम गर्न दिनुहोस् र यो सबै खुशी गणना गर्नुहोस्!

जब हामी धैर्यताको अभ्यास गर्छौं, हाम्रो आस्थाको वृद्धि हुन्छ। जब हाम्रो आस्था बढ्छ, हाम्रो खुशी पनि बढ्छ ।

दुई वर्षअघि, मेरो कान्छो भाई,च्याडले, पर्दा भित्र कदम राख्यो। उसको अर्को तर्फको पारगमनले मेरो भाई बुहारी, स्टेफ्नीलाई दुखी बनायो; उनीहरुका दुई बच्चाहरु, ब्रेदन र बेला; साथै परिवारका बाँकी सदस्यहरुलाई पनि। च्याड बित्नुभन्दा एक हफ्ता अगाडीको साधारण सम्मेलनको एल्डर नील एल. एन्डरसनका शब्दहरुमा हामीले सान्त्वना पायौं: “पृथ्वीको कठोर परिक्षाको समयमा, धैर्यताका साथ अघि बढ्नु र मुक्तिदाताको चंगाईको शक्तिले तिमीलाई प्रकाश, समझ, शान्ति र आशा दिनेछ” (“Wounded,लियाहोना, नोभ. २०१८, ८५)।

छवि
च्याड ज्यागी र परिवार

हामीमा येशू ख्रीष्ट माथि आस्था छ; हामीलाई थाहा छ हामी च्याडलाई फेरी भेट्नेछौं, तर उसको भौतिक उपस्तिथी गुमाउनुपर्दा दुख्दो रहेछ! धेरैले माया गर्नेहरुलाई गुमाएका छन्। धैर्य हुन र उनीहरुलाई फेरी भेट्ने समयलाई पर्खन गाह्रो छ।

उसको मृत्यु पछिको अर्को साल, हामीले कालो बादलले हामीलाई ढाकेको महसूस गर्यौं। हामीले हाम्रो धर्मशास्त्रहरुको अध्ययन गरेर, अझ बढी आत्मीयताका साथ प्रार्थना गरेर र धेरै समय मन्दिरमा उपस्थित भएर शरणको खोजि गर्यौं। यो भजनका पंक्तिहरुले यस समयमा हाम्रा भावनाहरुलाई समेट्छन्: “बिहान सुरुहुदैछ, संसार जाग्दैछ, रातको अन्धकारका बादलहरु भाग्दैछन्” (“The Day Dawn Is Breaking,” Hymns, no. 52).

हाम्रो परिवारले निर्धारण गर्यो कि २०२० एउटा पून:स्फूर्ति ल्याउने वर्ष हुनेछ! नोभेम्बर २०१९ को अन्त्यतिर हामीले नयाँ करारको याकुबको पुस्तकमा हाम्रो आऊ, मलाई अनुसरण गर को पाठ पढीरहेका थियौं कि एउटा विषय आफै हामीमा प्रकटभयो। याकुब, अध्याय १, हरफ २ ले यसो भन्छ, “मेरा भाइहरु, तिमीहरुमाथि विभिन्न आपतहरु आईपर्दा तिनलाई पुरा आनन्दको कुरा सम्झ” (जोसेफ स्मिथको अनुवाद, याकुब १:२ [याकुब १:२ मा, फुटनोट]) खुशिका साथ एउटा नयाँ वर्ष, एउटा नयाँ दसक खोल्ने हाम्रो इच्छामा हामीले निर्णय गर्यौं कि २०२० मा हामीले “आनन्दको कुरा सम्झनेछौं।” हामीले यसलाई गम्भीर रुपमा लियौं कि हामीले हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुलाई टि-शर्ट उपहार दियौं जसमा गाडा अक्षरले, “यो सबै खुशी गणना गर्नुहोस्!” भनेर लेखिएको थियो। वर्ष २०२० पक्कैपनि एक खुशी र रमाइलोको वर्ष हुनेछ ।

हामी यहाँ छौं — २०२० ले त्यसको सट्टामा विश्वव्यापी कोभिड-१९ महामारी, नागरिक अशान्ति, अझ बढी प्राकृतिक प्रकोपहरु र आर्थिक चुनौतीहरु ल्यायो। हाम्रा स्वर्गमा रहनुहुने पिताले हामीलाई चिन्तन गर्न र धैर्यताको हाम्रो बुझाईलाई र खुशि छनौट गर्ने हाम्रो सचेत निर्णयलाई पुनर्विचार गर्नका लागि समय दिनुभएको हुनसक्छ ।

याकूबको पुस्तकले त्यसपछि हाम्रा लागि नयाँ अर्थ लिएको छ। याकूब, अध्याय १, हरफ ३ र ४ ले भन्छन्:

“किनकि तिमीहरु जान्दछौ, तिमीहरुको विश्वासको जाँचले धैर्यता उत्पन्न गराउँछ।

“तर धैर्यतालाई उसको पूरा काम गर्न देओ, ताकि तिमीहरुमा कुनै कुराको अभाव नभएर तिमीहरु परिपक्व र पूर्ण होओ ।”

हाम्रा परीक्षाहरुका माझ खुशी प्राप्त गर्ने हाम्रा प्रयासहरुमा, हामीले यो भुल्यौं कि धैर्यता राख्नु भनेको ती परीक्षाहरुलाई हाम्रो भलाईका लागि काम गर्न दिने सुत्र हो ।

राजा बेन्जामिनले हामीलाई प्राकृतिक मानिसलाई अलग्याउँदै “परमप्रभु ख्रीष्टको प्रायश्चित्तमार्फत् सन्त बन्दै र एक बालक जस्तै बन्न सिकाउनुभयो, समर्पित, विनम्र, नम्र, धीर, मायाले भरिएको, जसरी बालक उसको पितामा समर्पित हुन्छ” (मोसीयाह ३:१९)।

मेरो सुसमाचार प्रचार गर को अध्याय ६ ले हामीले अनुसरण गर्न सक्ने ख्रीष्टका मुख्य गुणहरु सिकाउछ: ”धैर्यता भनेको ढिला, समस्या, बिरोध सहने क्षमता वा नरिसाइ, निराश नभई, वा चिन्तित नबनी कस्ट भोग्नु हो । यो परमेश्वरको इच्छा गर्नसक्ने र उहाँको समय स्वीकार गर्न सक्ने क्षमता हो । जब तपाई धैर्य हुनुहुन्छ, तपाई दबाबमा पनि सम्हालिनुहुन्छ र चुनौतीलाई शान्तपूर्वक र आशावादी भई सामना गर्नुहुन्छ” (मेरो सुसमाचार प्रचार गर: सुसमाचार प्रचार सेवा निर्देशिका[२०१९], १२६)।

धैर्यताको पूर्ण कार्यलाई ख्रीष्टका एक प्राचीन अनुयायी कनानी सिमोनको जीवनमा पनि चित्रित गर्न सकिन्छ। जिलोटहरु एक राष्ट्रवादी यहुदी समुह थिए जसले रोमन शासनको कडा बिरोध गर्थे। जिलोट आन्दोलनले खाद्य सामाग्रीका लागि आक्रमण गर्दै र उनीहरुको अभियानलाई टेवा पुर्याउने अरु कृयाकलापहरु गर्दै रोमिहरु, उनीहरुसंग मिलेका यहुदीहरु र सदूकीहरू प्रति हिंसाको वकालत गर्थे (see Encyclopedia Britannica, “Zealot,” britannica.com). कनानी सिमोन एक जिलोट थिए (हेर्नुहोस् लुका ६:१५)। हतियार उठाउन, एक उग्रवादी समूहको नेतृत्व गर्न, वा यरुशलेममा खलबली मच्चाउन सिमोनले मुक्तिदातालाई मनाउन कोशिस गरिरहेको बारेमा कल्पना गर्नुहोस् । येशूले सिकाउनुभयो:

“आशीषित छन् विनम्रहरू, किनकि उनीहरूले नै पृथ्वी रिक्थमा पाउनेछन्। …

“आशीषित छन् कृपालु, किनकि उनीहरूले कृपा प्राप्त गर्नेछन्। …

“आशीषित छन् मेलमिलाप गराउनेहरु: किनभने तिनीहरु परमेश्वरका सन्तान छोराछोरीहरु कहलाइनेछन् । (मत्ती ५:५, ७, ९)।

सिमोनले आफ्नो सिद्धानलाई उत्साह र जोशका साथ अँगालेको र वकालत गरेको हुन सक्छ, तर धर्मशास्त्रले भन्छ कि मुक्तिदाताको प्रभाव र उदाहरणले उसको ध्यान परिवर्तनभयो । ख्रीष्टको शिष्यत्व नै उसको जीवनका प्रयासहरुको केन्द्रीय ध्यान बन्यो ।

जब हामी परमेश्वरसंग करारहरू गर्छौं र पालना गर्छौं, मुक्तिदाताले हामीलाई “पुन: जन्म लिन; हो, परमेश्वरबाट जन्म लिन, पापमय र पतित अवस्थाबाट, धार्मिक अवस्थामा परिवर्तित हुन, परमेश्वरबाट उद्धार गरिँदै, उहाँका पुत्र र पुत्रीहरू बन्न” सहयोग गर्नुहुनेछ। (मोसीयाह २७:२५)।

हाम्रो समयका सबै जोसिला सामाजिक, धार्मिक, र राजनीतिक प्रयासहरु मध्ये येशू ख्रीष्टको शिष्यत्व हाम्रो सबैभन्दा स्पष्ट र सम्बद्धताको पुष्टि होस्। किनकि जहाँ तिम्रो सम्पत्ति छ, तिम्रो हृदय पनि हुनेछ (मत्ती ६:२१)। हामीले बिर्सनुहुदैन कि, शिष्यहरुले “परमेश्वरको इच्छा पुरा गरेपछि पनि, “उनीहरुलाई धैर्यताको आवश्यकता थियो” (हिब्रू १०:३६)।

जसरि हाम्रो आस्थाको परीक्षणले धैर्यताको विकास गर्छ, जब हामीले धैर्यतालाई प्रयोग गर्छौ, हाम्रो आस्था बढ्छ । जब हाम्रो आस्था बढ्छ, हाम्रो खुशी पनि बढ्छ ।

बितेको मार्चमा, हाम्री दोश्रो छोरी, एमा, अरु सुसमाचार प्रचारकहरु जस्तै, अनिवार्य एकान्तबासमा जानुपर्यो । धेरै सुसमाचार प्रचारकहरु घर फर्किए । धेरै सुसमाचार प्रचारकहरु नयाँ ठाउँमा पुन: नियुक्तिका लागि कुरिरहेका थिए । परिश्रमको मैदानमा जानु अगाडी धेरैले मन्दिरका आशिषहरु प्राप्त गरेनन् । एल्डर र सिस्टरहरुलाई धन्यवाद । हामी तपाईंहरुलाई माया गर्छौं |

नेदरल्याण्डमा ती पहिला कयौं हप्ता एमा र उनकी सहकर्मीले भावनात्मक परीक्षा सामना गर्नुपर्यो—कयौं अवस्थामा आँशु झर्नेगरि अप्ठ्यारोमा परे । व्यक्तिगत अन्तरक्रिया गर्ने छोटा अवसरहरु र सिमित बाहिरी सम्पर्कले परमेश्वरसंगको एमाको निर्भरता बढ्यो । हामीले उनीसँग अनलाइनमा प्रार्थना गर्यौं र उनलाई कसरी सहयोग गर्न सक्छौं भनि सोध्यौं। उनले हामीलाई आफुले अनलाइन मार्फत पढाइरहेका साथीहरुसंग जोडिन भनिन् ।

हाम्रो परिवारले नेदरल्याण्डमा भएका एमाका साथीहरुसंग एक-एक गरि अनलाइनमा जोडिन सुरुवात गर्यौं ! हामीले उनीहरुलाई हाम्रो साप्ताहिक, अनलाइन, विस्तारित-पारिवारिकआउ मेरो अनुसरण गर अध्ययनमा सामेल हुन आमन्त्रण गर्यौं। फ्लोर, लौरा, रेंसकी, फ्रिक, बेन्जामिन, स्टल, र महमद सबै हाम्रा साथीहरु बने। नेदरल्याण्डका हाम्रा केहि साथीहरु “साँघुरो ढोकाबाट“ प्रवेश गरे (३ नफी १४:१३)। अरुलाई बाटोको कठिनाइ, र उनीहरूले प्रवेश गर्नुपर्ने द्वारको साँघुरोपन देखाउँदै” (२ नफी ३१:९)। उनीहरु ख्रीष्टमा हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरु हुन् । हरेक हप्ता हामीले “आनन्दको कुरा सम्झन्छौं” जब हामी करार मार्गमा हाम्रो प्रगतिमा सँगै काम गर्छौं ।

केहि समयका लागि वार्ड परिवारहरुका रुपले व्यक्तिगत भेटघाट गर्नसक्ने हाम्रो असक्षमतामा हामीले “धैर्यतालाई त्यसको पुरा काम गर्न दिनेछौं (याकुब १:४)। तर हामीले यसलाई आनन्दको रुपमा लिएका छौँ किनभने नयाँ प्रविधि र आऊ, मेरो अनुसरण गर मोर्मोनको पुस्तकको अध्ययनका माध्यमबाट हाम्रो परिवारहरुको आस्था बढ्दैछ।

आध्यक्ष रसल एम. नेल्सनले वाचा गर्नुभयो, “तपाईंले तपाईं वास्तवमा सफल नहुनुभएको महसुस गर्नुभएको अवस्थामा पनि यो प्रयासमा निरन्तर कोशिसले तपाईंको जीवनमा, तपाईंको परिवारमा र यो संसारमा परिवर्तन आउनेछ” (“आस्थामा अघि बढ्नुहोस्,” लियाहोना, मे २०२०, ११४).

हामीले परमेश्वरसंग पवित्र करार गर्ने ठाउँ—मन्दिर—अस्थाईरुपमा बन्द छ। हामीले परमेश्वरसंगका करारहरु पालना गर्ने ठाउँ – घर – खुल्ला छ । मन्दिरका करारका असाधारण सुन्दरताका बारेमा हामीसंग घरमा पढ्ने र मनन गर्ने अवसर छ। त्यो पवित्र भौतिक स्थानमा प्रवेश बिना पनि, हाम्रा “हृदयहरु … प्रदान गरिने आशिषहरुका परिणामस्वरुप निकै रमाउनेछन्” (सिद्धान र करार ११०:९)।

धेरैले जागिर गुमाएका छन्; अरुहरुले अवसरहरु गुमाएका छन् । तथापी हामी अध्यक्ष नेल्सनसंग रमाउछौं, जसले हालसालै भन्नुभयो: “हाम्रा सदस्यहरुबाट स्वेच्छिक उपवास भेटिहरु, साथै हाम्रो मानवीय कोषमा स्वेच्छिक योगदान पनि बढेका छन्। … हामीले यो विषम परिस्थिति माथि सँगै विजय पाउनेछौं। तपाईले निरन्तर अरुलाई आशिषित गर्दा परमप्रभुले तपाईलाई आशिषित गर्नुहुनेछ“ (Russell M. Nelson’s Facebook page, post from Aug. 16, 2020, facebook.com/russell.m.nelson)

“साहस गर” भन्ने परमप्रभुबाट आएको आज्ञा हो, डराऊ भन्ने होइन (मात्ति १४:२७)।

कहिलेकाँही हामी अधैर्य हुन्छौं जब हामी सोच्छौं कि हामीले “सबै ठिक गरिरहेका छौं” र पनि हामीले इच्छा गरेका आशिषहरु प्राप्त गर्दैनौं । इनक र उहाँका मानिसहरु स्वर्गमा लगिनु भन्दा अगाडी परमेश्वरसंग ३६५ वर्ष हिड्नुभयो। तीन सय वर्ष सबै कुरा सही गर्ने प्रयास, अनि त्यसपछि भयो ! (हेर्नुहोस् सिद्धान्त र करार 107:49 ।)

मेरो भाइ च्याडको देहान्त हाम्रो यूटा ओगडेन सुसमाचार क्षेत्र अध्यक्षताबाट रिहाईको केहि महिना अघि भयो। हामीलाई जिम्मा दिन सकिने सबै ४१७ सुसमाचार प्रचारकहरू सहित हामी दक्षिणी क्यालिफोर्नियामा बसिरहेको बेला, चमत्कार के भयो भने, २०१५ मा हामीलाई उत्तरी यूटामा खटाइएको थियो। सुसमाचार प्रचार गृह च्याडको घर देखि ३० मिनेटको दुरीमा थियो। च्याडको क्यान्सर हामीले सुसमाचार प्रचारको जिम्मेवारी पाएपछि पत्ता लागेको थियो । अति चुनौतीपूर्ण परिस्थितिमा पनि, हामीलाई थाहा थियो कि परमेश्वर पिता हाम्रो बारेमा सोचिरहनुभएको छ र हामीलाई खुशी प्राप्त गर्न सहयोग गरिरहनुभएको छ ।

म मुक्तिदाता येशू ख्रीष्टको मुक्ति दिने, पवित्र पार्ने, बिनम्र बनाउने र खुशियाली शक्तिका बारेमा गवाही दिन्छु । म गवाही दिन्छु कि जब हामीले येशूको नाममा परमेश्वर पिता समक्ष प्रार्थना गर्छौं, उहाँले हामीलाई उत्तर दिनुहुनेछ । म गवाही दिन्छु कि जब हामीले उहाँलाई सुन्छौं, सुनेर पालना गर्छौं, र परमप्रभु र उहाँका जीवित अगमबक्ता अध्यक्ष रसल-एम. नेल्सनको वाणीलाई ध्यान दियौं भने, हामीले “धैर्यतालाई आफ्नो पुरा काम गर्न दिन“ र “आनन्द लिन” सक्छौं । येशू ख्रीष्टको नाउँमा, आमिन |