साधारण सम्मेलन
न्याय गर्नुहोस्, दयालाई प्रेम गर्नुहोस्, र विनम्र भई परमेश्वरसँग हिंड्नुहोस्
अक्टोवर 2020 साधारण सम्मेलन


न्याय गर्नुहोस्, दयालाई प्रेम गर्नुहोस्, र विनम्र भई परमेश्वरसँग हिंड्नुहोस्

न्याय गर्नु भनेको सम्मानजनक व्यवहार गर्नु हो। उहाँसँग विनम्र भई हिंडेर हामी परमेश्वरलाई आदरपूर्वक व्यवहार गर्छौं। हामी दयाका साथ अरूसँग आदरपूर्वक व्यवहार गर्छौं।

येशू ख्रीष्टका अनुयायीहरू र पछिल्ला दिनका सन्तहरूको रुपमा, हामी प्रयास गर्छौँ – र अझ राम्रो गर्न र अझ राम्रो हुन प्रयास गर्न प्रोत्साहन गरिन्छ। सायद तपाईंले म जस्तै सोच्नुभएको छ होला , “के म पर्याप्त गर्दैछु?” “मैले अरु के गरिरहेको हुनुपर्छ ?” वा “म कसरी, एक अपूर्ण व्यक्तिका रुपमा, कहिल्यै अन्त्य नहुने खुशियाली को अवस्थामा परमेश्वरसँगै बस्न योग्य हुन सक्छु’?”

पुरानो करारका अगमवक्ता मीकाले यो प्रश्न यसरी सोधे: “म के लिएर परमप्रभुको सामु आउँ र उच्च परमेश्वरका सामु निहुरूँ?” पापको क्षतिपूर्ति दिन अधिक वलिदानहरूले पनि पर्याप्त हुन सक्छ त भन्ने सोचेर मीकाले व्यंग्यात्मक प्रश्न गरे, “के हजारौँ भेडाहरू, वा दशौँ हजार… तेलका नदीहरुले परमप्रभु प्रसन्न हुनुहुनेछ? के म मेरो जेठो छोरालाई … मेरो आत्माको पापका लागि दिऊ?“

जबाफ होइन छ। असल कार्यहरू मात्रै पर्याप्त छैन। मुक्ति कमाउन सकिँदैन। मीकाले भनेका ठूला वलिदानहरूले समेत सानो भन्दा सानो पापलाई छुटकारा दिन सक्दैन। हाम्रा आफ्नै क्षमतामा भरपर्दा, परमेश्वरको उपस्थितिमा जिउनका लागि फर्कने प्रत्याशा आशाविहीन छ।

स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टबाट आउने आशीषहरू बिना, हामी आफैंले कहिल्यै पर्याप्त गर्न सक्दैनौँ वा पूर्ण हुन सक्दैनौँ। यद्यपि सुसमाचार यो हो कि येशू ख्रीष्टका कारण र उहाँमार्फत हामी पूर्ण हुन सक्दछौँ। सबै मानिसहरूलाई परमेश्वरको अनुग्रहद्वारा, येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानद्वारा शारीरिक मृत्युबाट बचाइनेछ । अनि यदि हामी परमेश्वरतर्फ फर्कन्छौँ भने, आध्यात्मिक मृत्युबाट मुक्ति सबैलाई “[येशू] ख्रीष्टको प्रायश्चितकोका माध्यमले … सुसमाचारका नियम र विधिहरूको पालन गरेर उपलब्ध हुन्छ।” परमेश्वरसामु सफा र शुद्ध भई उभिन हामी पापबाट मुक्त हुन सक्छौं। मीकाले भनेझैं “ए मानिस, के असल छ, त्यो परमेश्वरले तिमीलाई देखाउनुभएको छ। परमप्रभुले तिमीबाट के चाहानुहुन्छ, केवल न्याय गर्नु, दयालाई प्रेम गर्नु, र विनम्र भई तिम्रा परमेश्वरसँग हिडनु?”१०

हाम्रो हृदयलाई परमेश्वरतर्फ फर्काउने र मुक्तिका लागि योग्य हुने मीकाको निर्देशनमा एक आपसमा सम्बन्धित तीन तत्वहरू छन्। न्यायपूर्वक गर्नु भनेको अर्थ परमेश्वर र अरू मानिसहरूसँग आदरपूर्वक व्यवहार गर्नु हो। उहाँसँग विनम्र भई हिंडेर हामी परमेश्वरलाई आदरपूर्वक व्यवहार गर्छौं। हामी दयाका साथ अरूसँग आदरपूर्वक व्यवहार गर्छौं। न्यायपूर्वक गर्नु भनेको तसर्थ, पहिलो र दोस्रो महान् आज्ञाको एक व्यावहारिक अनुप्रयोग हो, “आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा मस्तिष्कले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु … [र] आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु हो।”११

न्यायपूर्वक गर्नुपरमेश्वरसँग विनम्रतापूर्वक हिड्नु भनेको जानाजानी पापबाट हाम्रो हात फिर्ता लिनु, उहाँका नियमहरू पालन गर्नु, र इमान्दारितापूर्वक व्यवहार गर्नु हो। १२ एक न्यायी व्यक्ति पापबाट टाढा जान्छ र परमेश्वरतर्फ फर्कन्छ, उहाँसित करार गर्दछ, र यी करारहरूमा आस्थावान हुन्छ। एक न्यायी व्यक्तिले परमेश्वरका आज्ञाहरू पालन गर्न छनौट गर्दछ, गल्ति गर्दा पश्चाताप गर्छ, र प्रयास गरिरहन्छ।

पुनरुत्थान हुनुभएका ख्रीष्टले नफिहरूका जनलाई भेट्न जानुहुँदा, मोशाको व्यवस्थालाई उच्च कानूनले प्रतिस्तापन गरिसकेको छ भनेर बताउनुभयो। उहाँले तिनीहरूलाई अब “वलि र… होमवलि” अर्पण नगर्नु भनेर निर्देशन दिनुभयो, बरु “चूर्ण हृदय र पश्चातापयुक्त आत्मा” चढाउन निर्देशन दिनुभयो।” उनले यो पनि प्रतिज्ञा गरे, “अनि जो चूर्ण हृदय र पश्चातापयुक्त आत्माका साथ मकहाँ आउँछ, म उसलाई आगो र पवित्र आत्माले बप्तिस्मा गर्नेछु।”१३ जब हामी बप्तिस्मा पछि पवित्र आत्माको उपहार प्राप्त गर्छौं र प्रयोग गर्दछौं, हामी पवित्र आत्माको निरन्तर संगतिबाट आनन्द उठाउन सक्छौं र १४ परमेश्वरसँग विनम्र भएर कसरी हिंड्ने भन्ने लगायत हामीले गर्नुपर्ने सबै कुरा सिकाइन्छ।

पापका लागि येशू ख्रीष्टको वलिदान र आत्मिक मृत्युबाट मुक्ति चूर्ण हृदय र पश्चातापयुक्त आत्मा हुने सबैका लागि उपलब्ध छ ।१५ चूर्ण हृदय र पश्चातापयुक्त आत्माले हामीलाई प्रत्येक दिन पश्चात्ताप गर्न र हाम्रो स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्ट जस्तै बन्न प्रेरित गर्दछ। जब हामी यो गर्छौं, हामीले मुक्तिदाताको सफाइ, चाङ्गाइ, र मजवुतीको शक्ति प्राप्त गर्दछौँ। हामी न्यायपूर्वक गर्नु र विनम्र भई परमेश्वरसँग हिंड्ने मात्र गर्दैनौं; हामी स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टले जस्तै दयालाई माया गर्न पनि सिक्छौँ।

परमेश्वर कृपामा रमाउनुहुन्छ र यसको प्रयोगको माग गर्नुहुन्न। मीकाका शब्दहरूमा, “तपाईं जस्तो ईश्वर को छ, जसले अधर्मलाई क्षमा गर्दछ, … हामीमाथि अनुकम्पा देखाउनेछ,” र “सबै पापहरू … सागरको गहिराइमा फालिदिनेछ।”१६ परमेश्वरलाई जस्तै दयालाई प्रेम गर्नु भनेको अरूसँग न्यायी व्यवहार गर्नु र उनीहरूलाई दुर्व्यवहार नगर्नुसंग अविभाज्य रुपमा जोडिएको हुन्छ ।

ईसापूर्व प्रथम शताब्दीका यहूदी विद्वान एल्डर हिलेलको एक उपाख्यानले अरूलाई दुर्व्यवहार नगर्नुको महत्त्व प्रकाश पार्छ। हिलेलका एक विद्यार्थी टोरा — मोशाका पाँच पुस्तकहरू र तिनीहरूका ६१३ आदेशका र सम्बन्धित रबीइ लेखहरुको जटिलताका कारण निराश भएका थिए। विद्यार्थीले हिलेललाई एक खुट्टामा उभिन सक्ने समय मात्र प्रयोग गरेर तोरहको व्याख्या गर्न चुनौती दियो। हिलेलको राम्रो सन्तुलन नभएको हुन सक्छ तर उनले चुनौती स्वीकार गरे। उनले लेवीबाट उद्धृत गर्दै भने, “तिमीले आफ्ना आफ्ना मानिसका सन्तानहरुसित बदला लिन नखोज वा द्वेष नराख, तर आफ्नो छिमेकीलाई आफूलाई झैं माया गर।”१७ हिलेल यस्तो निष्कर्षमा पुगे: “तिमीलाई जे घृणा लाग्छ, त्यो आफ्नो छिमेकीलाई नगर। यो टोरा को सम्पूर्ण हो; बाँकी समीक्षा हो। जाऊ र अध्ययन गर।” १८

सधैं अरूसँग आदरपूर्वक व्यवहार गर्नु दयालाई माया गर्नु हो। संयुक्त राज्य अमेरिकाको मेरील्याण्डको बाल्टिमोरमा जन्स हप्किन्स अस्पतालको आपतकालीन विभागमा मैले दशकौँ अगाडि सुनेको एउटा कुराकानीलाई विचार गर्नुहोस्। एक बिरामी, मिस्टर ज्याक्सन, एक विनम्र र रमाइला मानिस थिए जो अस्पतालका कर्मचारीहरूसँग राम्ररी परिचित थिए। यसभन्दा पहिले उनी धेरै पटक मदिराजन्य रोगहरूको उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। यस पटक, मिस्टर ज्याक्सन मदिरा सेवनका कारण पेनक्रियाज(अग्न्याशय) सुन्निएको लक्षणहरूका लागि अस्पताल फर्कनुभयो ।

उनको पालोको अन्त्य तिर ,कडा परिश्रम गर्ने र प्रशंसनीय चिकित्सक डा. कोहेनले मिस्टर ज्याक्सनको मूल्याङ्कन गरे र अस्पतालमा भर्ना हुनुपर्ने अवस्था बताए। डा. कोहेनले, रोटेशनमा त्यसपछि का चिकित्सक डा. जोन्सलाई मिस्टर ज्याक्सन को भर्ना गर्न र उनको उपचारको जिम्मा दिए।

डा. जोन्स एक प्रतिष्ठित मेडिकल स्कूलमा गईन र भर्खर स्नातकोत्तर अध्ययन शुरू गर्दै थिईन। यो कठोर प्रशिक्षण प्रायश: निद्रा अभावसँग सम्बन्धित थियो, जसले सम्भवतः डा जन्सको नकारात्मक प्रतिक्रियालाई योगदान पुर्‍यायो। रातको पाँचौं भर्नाको सामना गर्दा उनले डा. कोहेनसँग ठूलो स्वरमा गुनासो गरिन् । उनलाई लग्यो कि यो अनुचित हो कि उनले मिस्टर ज्याक्सनको हेरचाह गर्न धेरै घण्टा खर्चिनुपर्नेछ, यद्यपि, उनको दुर्दशा स्वयं आत्म-प्रभावित थियो।

डा. कोहेनको दृढ प्रतिक्रिया लगभग एक कानेखुशीमा भएको थियो। उनले भने, “डा. जन्स, तपाईं मानिसहरुको हेरचाह गर्न र काम गरि उनीहरूलाई निको पार्न चिकित्सक हुनुभएको हो। तपाईं तिनीहरूलाई न्याय गर्नका लागि चिकित्सक बन्नु भएको होइन। यदि तपाईं यो भिन्नता बुझ्नुहुन्न भने, तपाईंसँग यस संस्थामा प्रशिक्षण लिने कुनै अधिकार छैन।” यस सुधारसँगै डा. जन्सले मिस्टर ज्याक्सनको अस्पताल भर्नाको समयमा ध्यानपूर्वक हेरविचार गरिन्।

मिस्टर ज्याक्सनको मृत्यु भैसकेको छ। डा. जन्स र डा. कोहेन दुबैले उत्कृष्ट पेशा अङ्गालेका छन्। तर उनको प्रशिक्षणको महत्वपूर्ण घडीमा डा. जन्सलाई न्यायपूर्ण गर्न, दयालाई प्रेम गर्न, र बिना आलोचना मिस्टर ज्याक्सनको हेरचाह गर्न सम्झाउनु आवश्यक थियो।१९

धेरै वर्षहरूमा, मैले त्यो स्मरणबाट लाभ उठाएको छु। दयालाई प्रेम गर्नुको अर्थ यो हो कि हामी केवल परमेश्वरले हामीलाई देखाउने दयालाई प्रेम गर्दैनौं; हामी खुसी छौं कि परमेश्वरले अरूलाई पनि त्यस्तै दया देखाउनुहुन्छ। अनि हामी उहाँको उदाहरण अनुशरण गर्छौं। “सबै भगवानमा एक समान छन्,”२० अनि सहयोग र चङ्गाइ प्राप्त गर्न हामी सबैलाई आध्यात्मिक उपचार चाहिन्छ। किनकि परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरूले एक शरीरलाई अर्कोभन्दा उच्च ठान्नेछैनौ, वा एउटा व्यक्तिले आफुलाई अर्को भन्दा माथि सोच्ने छैन ।”२१

न्यायी काम गर्नु र दयालाई प्रेम गर्नु भनेको के हो भन्ने कुरा येशू ख्रीष्टले उदाहरणबाट स्पष्ट पार्नुभयो। उहाँले पापीहरूसँग स्वतन्त्र रुपमा सङ्गत गर्नुभयो, उनीहरूलाई आदर र सम्मानपूर्वक व्यवहार गर्नुभयो। उहाँले परमेश्वरका आज्ञाहरू पालन गर्ने आनन्द सिकाउनुभयो र संघर्ष गर्नेहरूको निन्दा गर्नुको सट्टामा उत्थान गर्न खाज्नुभायो। आफूले अयोग्य ठान्ने व्यक्तिहरूको सेवाका लागि उहाँलाई आरोप लगाउनेहरूको उहाँले निन्दा गर्नुभयो।२२ यस्तो धर्मको अभिमानले उहाँलाई अपमानित गरिदिए र अझै गर्छन्।२३

ख्रीष्ट जस्तै हुनका लागि, व्यक्तिले परमेश्वर र अन्य मानिसहरूसँग आदरपूर्वक व्यवहार गर्दै न्यायिक व्यवहार गर्छ। एक निष्पक्ष व्यक्ति शब्द र कार्यमा सभ्य हुन्छ र मान्यता दिन्छ कि दृष्टिकोण वा विश्वासको भिन्नताले विशुद्ध दया र मित्रतालाई रोक्दैन। न्यायोचित व्यक्तिहरू “एक अर्कालाई चोट पुर्याउन मन गर्दैनन, तर एक अर्कासँग” २४ शान्तपूर्वक जिउँन चाहन्छन्।

ख्रीष्ट जस्तै हुन, एक व्यक्तिले दयालाई प्रेम गर्दछ। मानिसहरू जसले दयालाई प्रेम गर्दछन् निर्णायक बन्दैनन्। तिनीहरू अरूप्रति अनुकम्पा प्रकट गर्दछन्, विशेष गरी जो कम भाग्यशालीहरूको लागि; तिनीहरू अनुग्रही, दयालु र आदरणीय हुन्छन्। यी व्यक्तिहरूले जाती, लिङ्ग, धार्मिक सम्वद्धता, यौन झुकाव, सामाजिक-आर्थिक स्थिति, र आदिवासी, कुल, वा राष्ट्रिय भिन्नता जस्ता विशेषताहरुको पर्वाह नगरी सबैलाई प्रेम र समझका साथ व्यवहार गर्छन्। यिनीहरूलाई ख्रीष्टरुपी प्रेमले स्थान लिन्छ।

ख्रीष्ट जस्तै हुनका लागि, एउटा व्यक्तिले परमेश्वरलाई छनौट गर्छ, २५उहाँसँग विनम्र भएर हिंड्दछ, उहाँलाई खुशी पार्न खोज्दछ, र उहाँसँग करारहरू गर्दछ। परमेश्वरसँग विनम्र भएर हिंड्ने व्यक्तिहरूले स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टले उनीहरूका लागि के गर्नुभयो भन्ने सम्झना गर्दछन्।

के म पर्याप्त गर्दैछु? मैले यो बाहेक अरू के गर्नुपर्ला? यी प्रश्नहरूको उत्तरमा हामीले लिने प्रतिक्रिया यस जीवन र अनन्तकालमा हाम्रो खुशीको केन्द्रमा रहेकोछ। मुक्तिदाताले हामीले मुक्तिलाई साधारण रुपमा लिएको चाहनुहुन्न। हामीले पवित्र सम्झौताहरू गरिसकेपछि पनि हामी “अनुग्रहबाट पतन भई जीवित परमेश्वरबाट अलग” हुन सक्ने सम्भावना छ। त्यसैले, “प्रलोभनमा पर्नबाट” जोगिन हामीले “होसियार हुनुहोस् र सधैं प्रार्थना” गर्नुपर्छ।२६

तर साथसाथै, हाम्रा स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टले हामी हाम्रो मरणशील यात्राको क्रममा मुक्ति र उन्नयन प्राप्त गर्नका लागि पर्याप्त गरेका छौँ कि छैन भनेर निरन्तर अनिश्चितताबाट विचलित भएको चाहनुहुन्न। उहाँहरूले पक्कै पनि हामी आफुले पश्चात्ताप गरिसकेका गल्तिहरुलाई कहिल्यै निको नहुने घाउका रुपमा सोचेर, २७ वा फेरी ठेस लाग्ने सम्भावनाले धेरै डराएर पिरोलिएको चाहनुहुन्न्न ।

हामीले हाम्रो आफ्नै प्रगतिलाई मूल्याङ्कन गर्न सक्छौँ। हामी जान्न सक्छौँ कि “जीवनको मार्ग [जुन हामी] पछ्याइरहेका छौँ - परमेश्वरको इच्छा बमोजिम छ” २८ जब हामी न्यायी तरिकाले गर्छौं, कृपालाई प्रेम गर्छौं, र हाम्रो परमेश्वरसँग नम्र भएर हिंड्छौँ। हामी स्वर्गमा रहनुहुने पिता र येशू ख्रीष्टका विशेषताहरूलाई हाम्रो आफ्नो चरित्रमा समाहित गर्दछौँ अनि हामी एक अर्कालाई प्रेम गर्दछौँ।

जब तपाईंले यी चीजहरू गर्नुहुन्छ, तपाईंले करारको मार्गलाई पछ्याउनुहुनेछ र “परमेश्वरसँग कहिल्यै अन्त्य नहुने खुशीको साथ बस्न” योग्य हुनुहुनेछ।२९ तपाईंका आत्माहरू परमेश्वरको महिमा र अनन्त जीवनको ज्योतिले भरिपूर्ण हुनेछन्।३० तपाईं समझ भन्दा बाहिरको आनन्दले भरिनुहुनेछ।३१ म गवाही दिन्छु कि येशू नै ख्रीष्ट, हाम्रो मुक्तिदाता र उद्दारकर्ता हुनुहुन्छ, र उहाँले मायापूर्वक र खुशीसाथ उहाँको दया सबैलाई दिनुहुन्छ । के तपाईलाई त्यो मनपर्दैन ? येशू ख्रीष्टको नाउँमा, आमिन |