पुस्तिकाहरू र बोलावटहरू
३. पादरित्वका सिद्धान्तहरू


“३. पादरित्वका सिद्धान्तहरू,” साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“३. पादरित्वका सिद्धान्तहरू,” साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मन्दिर नजिकै हिँडिरहेको परिवार

३.

पादरित्वका सिद्धान्तहरू

३.०

परिचय

पादरित्व परमेश्वरको अधिकार र शक्ति हो । स्वर्गका पिताले, “मानिसको अमरत्व र अनन्त जीवन ल्याउन” पादरित्वद्वारा आफ्नो कार्य पूरा गर्नुहुन्छ ।” (मोसा १:३९) । यो कार्य गर्नका लागि सहयोग गर्न परमेश्वरले पृथ्वीमा आफ्ना सन्ततिहरूलाई अधिकार र शक्ति दिनुहुन्छ (हेर्नुहोस् अध्याय १) ।

३.२

पादरित्वका आशीर्वादहरू

करार र पादरित्वका विधिहरूद्वारा, परमेश्वरले आफ्ना सबै सन्ततिहरूलाई महान् आशीर्वादहरू उपलब्ध गराउनुहुन्छ । यी आशीर्वादहरूले समावेश गर्छन्:

  • बप्तिस्मा र पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सदस्यता ।

  • पवित्र आत्माको उपहार ।

  • प्रभुभोज ग्रहण गर्ने ।

  • चर्चका बोलावट र कार्यभारहरूमा सेवा गर्ने अधिकार र शक्ति ।

  • कुलपिताका आशीर्वादहरू र चङ्गाइ, सान्त्वना, मार्गदर्शनका पादरित्वका अन्य आशीर्वादहरू प्राप्त गर्ने ।

  • मन्दिरमा परमेश्वरको शक्तिले अभिदान प्रदान गरिंदै ।

  • अनन्तकालका लागि परिवारका सदस्यहरूसँग बाँधिदै ।

  • अनन्त जीवनको प्रतिज्ञा ।

३.३

मल्कीसेदेक पादरित्व र हारुनको पादरित्व

चर्चमा पादरित्वका दुई भागहरू छन्: मल्कीसेदेक पादरित्व र हारूनको पादरित्व (हेर्नुहोस् सिद्धान्त र करार १०७:१) ।

३.३.१

मल्कीसेदेक पादरित्व

मल्कीसेदेक पादरित्व “परमेश्वरका पुत्रको रीतअनुसारको पवित्र पादरित्व” हो (सिद्धान्त र करार १०७:३) । यो त्यो शक्ति हो जसद्वारा परमेश्वरका सन्ततिहरू उहाँजस्तै बन्न सक्छन् (हेर्नुहोस् सिद्धान्त र करार ८४:१९–२१; १३२:१९–२०) ।

यस अधिकारका माध्यमबाट, चर्चका अगुवाहरूले चर्चका सबै आध्यात्मिक कार्यलाई निर्देशन र व्यवस्थापन गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार १०७:१८) ।

किला अध्यक्ष किलामा अध्यक्षता गर्ने उच्च पादरी हुन् (हेर्नुहोस् सिद्धान्त र करार १०७:८, १०; यो पुस्तिकामा अध्याय ६ पनि हेर्नुहोस्) । बिशप वार्डमा अध्यक्षता गर्ने उच्च पादरी हुन् (हेर्नुहोस् सिद्धान्त र करार १०७:१७; यो पुस्तिकामा अध्याय ७ पनि हेर्नुहोस्) ।

मल्कीसेदेक पादरित्वको विभाग र उत्तरदायित्वका सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् ८.१

३.३.२

हारुनको पादरित्व

हारुनको पादरित्व “… मल्कीसेदेक पादरित्वको एक परिशिष्ट” हो” (सिद्धान्त र करार १०७:१४) । यसले यी साँचाहरू समावेश गर्छ:

  • स्वर्गदूतहरूको सेवा ।

  • पश्चात्तापको सुसमाचार ।

  • पापहरूको क्षमापनका लागि बप्तिस्मा सहित बाह्य विधिहरूमा प्रशासन ।

(हेर्नुहोस् सिद्धान्त र करार १३:१; ८४:२६–२७; १०७:२० ।)

बिशप वार्डमा हारुनको पादरित्वका अध्यक्ष हुन् (हेर्नुहोस् सिद्धान्त र करार १०७:१५) ।

हारुनको पादरित्वको विभाग र उत्तरदायित्वहरूका सम्बन्धमा जानकारीका लागि, हेर्नुहोस् १०.१.३) ।

३.४

पादरित्वको अधिकार

पादरित्वको अधिकार भनेको परमेश्वरको प्रतिनिधित्व गर्ने र उहाँको नाममा कार्य गर्ने अधिकार हो । चर्चमा पादरित्वका साँचाहरू धारण गर्नेहरूको निर्देशनमा पादरित्वका सबै अधिकार अभ्यास गरिन्छ ।

३.४.१

पादरित्वका साँचाहरू

पादरित्वका साँचाहरू परमेश्वरका सन्ततिहरूका तर्फबाट पादरित्वको प्रयोगलाई निर्देशित गर्ने अधिकार हुन् ।

३.४.१.१

तिनीहरू जसले पादरित्वका साँचाहरू धारण गर्छन्

परमप्रभुले आफ्ना प्रत्येक प्रेरितहरूलाई पृथ्वीमा परमेश्वरको अधिराज्यसँग सम्बन्धित सबै साँचाहरू प्रदान गर्नुभएको छ । वरिष्ठ जीवित प्रेरित, चर्चका अध्यक्ष पृथ्वीमा ती सबै पादरित्वका साँचाहरू प्रयोग गर्न आधिकारिक व्यक्ति हुन् (हेर्नुहोस् सिद्धान्त र करार ८१:१–२; १०७:६४–६७, ९१–९२; १३२:७) ।

चर्चका अध्यक्षको निर्देशनमा, पादरित्वका अगुवाहरूलाई साँचाहरू दिइन्छ ताकि तिनीहरूले आफ्ना उत्तरदायित्वका क्षेत्रहरूमा अध्यक्षता गर्न सक्छन् । यी अगुवाहरूले समावेश गर्छन्:

  • किला र जिल्ला अध्यक्षहरू ।

  • बिशपहरू र शाखा अध्यक्षहरू ।

  • मल्कीसेदेक र हारुनको पादरित्वको गणका अध्यक्षहरू ।

  • मन्दिरका अध्यक्षहरू ।

  • सुसमाचार प्रचार क्षेत्राध्यक्षहरू र सुसमाचार प्रचार प्रशिक्षण केन्द्रका अध्यक्षहरू ।

यी अगुवाहरूले पादरित्वका साँचाहरू प्राप्त गर्छन् जब तिनीहरूलाई तिनीहरूका बोलावटहरूमा पदीय जिम्मेवारी दिइन्छ ।

स्थानीय पादरित्व अगुवाहरू वा चर्च सङ्गठनहरूका अध्यक्षहरूका सल्लाहकारहरू लगायत अन्यलाई पादरित्वका साँचाहरू दिइँदैन । चर्च सङ्गठनका अध्यक्षहरूले पादरित्वका साँचाहरू धारण गर्नेहरूको निर्देशनमा अध्यक्षता गर्छन् (हेर्नुहोस् ४.२.४) ।

३.४.१.२

परमप्रभुको कार्यको रीत

पादरित्वका साँचाहरूले मुक्ति र उत्कर्षका कार्य व्यवस्थित रूपमा सम्पन्न भएको सुनिश्चित गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार ४२:११; १३२:८) । पादरित्वका साँचाहरू धारण गर्नेहरूले परमप्रभुको कार्यलाई आफ्ना उत्तरदायित्वका क्षेत्रमा निर्देशित गर्छन् । यो अध्यक्षता गर्ने अधिकारीको बोलावटका विशिष्ट जिम्मेवारीहरूका लागि मात्रै मान्य हुन्छ । जब पादरित्व अगुवाहरू तिनीहरूका बोलवाटबाट मुक्त हुन्छन्, तिनीहरूले यी साँचाहरू धारण गर्दैनन् ।

३.४.२

पादरित्व प्रदान र नियुक्ति

पादरित्वका साँचाहरू धारण गर्नेहरूको निर्देशनमा, चर्चका योग्य पुरुष सदस्यहरूलाई हारुनको पादरित्व र मल्कीसेदेक पादरित्व प्रदान गरिन्छ (हेर्नुहोस् सिद्धान्त र करार ८४:१४-१७) । उपयुक्त पादरित्व प्रदान गरिसकेपछि, व्यक्तिलाई त्यो पादरित्वको विभागमा नियुक्त गरिन्छ, जस्तै डिकन वा एल्डर । पादरित्व बाहकले त्यो विभागको अधिकार र कर्तव्य अनुसार पादरित्वको प्रयोग गर्छन् (हेर्नुहोस् सिद्धान्त र करार १०७:९९) ।

पादरित्व प्रदान र नियुक्तिका सम्बन्धमा थप जानकारीका लागि, हेर्नुहोस् ८.१.११८.१०

३.४.३

चर्चमा सेवा गर्न पादरित्व अधिकारको प्रत्यायोजन

३.४.३.१

पदीय जिम्मेवारी दिने

जब पुरुष र महिलाहरूलाई पादरित्वका साँचाहरू धारण गर्नेहरूको निर्देशनमा पदीय जिम्मेवारी दिइन्छ, तिनीहरूलाई त्यो बोलावाटमा कार्य गर्ने अधिकार परमेश्वरबाट प्रदान गरिन्छ । जब तिनीहरू बोलावटबाट मुक्त हुन्छन्, त्यसपछि तिनीहरूसँग यससँग सम्बन्धित अधिकार हुँदैन ।

सेवा गर्नका लागि पदीय जिम्मेवारी प्रदान गरिएका चर्चका सबै सदस्यहरूलाई तिनीहरूको बोलवटमा कार्य गर्ने दैवी अधिकार र उत्तरदायित्व प्रदान गरिएको छ । उदाहरणका लागि:

  • बिशपद्वारा वार्ड राहत समाजको अध्यक्षका रूपमा बोलावट गरिएका महिलालाई वार्डमा राहत समाजको कार्य निर्देशन गर्ने अधिकार दिइन्छ ।

बोलावट गरिएका र पदीय जिम्मेवारी दिइएका सबैले तिनीहरूको अध्यक्षता गर्नेहरूको निर्देशनमा सेवा गर्छन् (हेर्नुहोस् ३.४.१.२) ।

३.४.३.२

कार्यभार

अध्यक्षता गर्ने चर्चका अगुवाहरूले कार्यविनियोजनद्वारा अधिकार प्रत्यायोजन गर्न सक्छन् । जब पुरुष र महिलाहरूले यी कार्यभारहरू प्राप्त गर्छन्, तिनीहरूलाई कार्य गर्ने अधिकार परमेश्वरबाट दिइएको हुन्छ । उदाहरणका लागि:

  • प्रथम अध्यक्षता र बाह्र प्रेरितहरूको गणले सत्तरीहरूलाई अधिकार प्रत्यायोजन गर्छन् जसलाई क्षेत्रहरूलाई प्रशासन गर्न र किला सम्मेलनहरूमा अध्यक्षता गर्न कार्यभार प्रदान गारिएको हुन्छ ।

  • चर्चका सदस्यहरूलाई सेवा गर्ने बन्धुहरू र सेवा गर्ने दिदीबहिनीहरूका रूपमा सेवा गर्न अधिकार प्रत्यायोजन गारिएको हुन्छ ।

कार्यभारद्वारा प्रत्यायोजित अधिकार कार्यभारको विशिष्ट उत्तरदायित्वहरू र अवधिमा सीमित हुन्छ ।

३.४.४

धार्मिक रूपमा पादरित्व अधिकार अभ्यास गर्ने

यो अधिकार धार्मिकतामा मात्र प्रयोग गर्न सकिन्छ (हेर्नुहोस् सिद्धान्त र करार १२१:३६) । यो अनुनय, सहनशीलता, कोमलता, विनम्रता, प्रेम र दयाद्वारा अभ्यास गरिन्छ (हेर्नुहोस् सिद्धान्त र करार १२१:४१–४२) ।

पादरित्व अधिकार अभ्यास गर्नेहरूले अरूहरूमाथि आफ्नो चाहना जबरजस्ती लागु गर्दैनन् । तिनीहरूले यसलाई स्वार्थका लागि प्रयोग गर्दैनन् ।

३.५

पादरित्व शक्ति

पादरित्वको शक्ति त्यो शक्ति हो जसद्वारा परमेश्वरले आफ्ना सन्ततिहरूलाई आशीर्वाद दिनुहुन्छ । परमेश्वरको पादरित्वको शक्ति चर्चका सबै सदस्यहरू- महिला र पुरुषमा प्रवाहित हुन्छ जब तिनीहरूले उहाँसँग गरेका करारहरू पालना गर्छन् । जब सदस्यहरूले पादरित्वका विधिहरू प्राप्त गर्छन् तिनीहरूले यी करारहरू गर्छन् । (हेर्नुहोस् सिद्धान्त र करार ८४:१९-२० ।)

सदस्यहरूले प्राप्त गर्न सक्ने पादरित्वको शक्तिका आशीर्वादहरूमा यी समावेश छन्:

  • तिनीहरूको जीवनका लागि मार्गदर्शन ।

  • परिवारका सदस्यहरू र अरूहरूलाई कसरी सेवा गर्ने भनेर बुझ्नका लागि प्रेरणा ।

  • सहन सक्ने र चुनौतिहरूलाई पराजित गर्ने शक्ति ।

  • तिनीहरूको क्षमता अभिवृद्धि गर्नका लागि आत्माको उपहार ।

  • तिनीहरूलाई नियुक्त गरिएका, पदीय जिम्मेवारी दिइएका वा तोकिएका कार्य कसरी पूरा गर्ने भनेर बुझ्नका लागि प्रकाश ।

  • येशू ख्रीष्ट र स्वर्गका पिता जस्तै बन्न सहयोग र सामर्थ्य प्रदान गर्नुहोस् ।

३.५.१

करारहरू

कुनै करार परमेश्वर र उहाँका सन्ततिहरू बीचको पवित्र प्रतिज्ञा हो । परमेश्वरले करारका लागि सर्तहरू दिनुहुन्छ र ती सर्तहरू पालना गर्न उहाँका सन्ततिहरू सहमत हुन्छन् । परमेश्वरले आफ्ना सन्ततिहरूलाई आशीर्वाद दिने प्रतिज्ञा गर्नुहुन्छ जब तिनीहरूले करार पूरा गर्छन् ।

आफ्ना करारहरू पालना गरेर अन्तसम्म सहनेहरू सबैले अनन्त जीवन प्राप्त गर्ने छन् (हेर्नुहोस् २ नफी ३१:१७–२०; सिद्धान्त र करार १४:७) ।

अभिभावक, चर्चका अगुवाहरू र अन्यले व्यक्तिहरूलाई सुसमाचारका विधिहरू प्राप्त गर्दा करारहरू बनाउन तयार हुन सहयोग गर्छन् । तिनीहरूले सुनिश्चित गर्छन् कि व्यक्तिले ऊ वा उनले गर्ने करारहरू बुझ्छन् । कुनै व्यक्तिले करार गरेपछि, तिनीहरूले ऊ वा उनलाई यसलाई पालना गर्न सहयोग गर्छन् । (हेर्नुहोस् मोसीयाह १८:८–११, २३–२६ ।)

३.५.२

विधिहरू

कुनै विधि पादरित्वको अधिकारद्वारा गरिने पवित्र कार्य हो ।

अधिकांश विधिहरूमा, व्यक्तिहरूले परमेश्वरसँग करारहरू गर्छन् । उदाहरणहरूमा बप्तिस्मा, प्रभुभोज, अभिदान र बाँधिने विवाहका विधि समावेश छन् ।

अनन्त जीवनका लागि मुक्ति र उत्कर्षका विधिहरू अत्यावश्यक छन् । थप जानकारीका लागि, हेर्नुहोस् १८.१

३.६

पादरित्व र घर

चर्चका सबै सदस्यहरू जसले आफ्ना करारहरू पालना गर्छन् - महिला, पुरुष र बालबालिकाहरू - आफू र आफ्नो परिवारलाई मजबुत बनाउनका लागि तिनीहरूको घरमा परमेश्वरको पादरित्वको शक्तिले आशीषित हुन्छन् (हेर्नुहोस् ३.५) । यस शक्तिले सदस्यहरूलाई उनीहरूको व्यक्तिगत जीवन र परिवारमा मुक्ति र उत्कर्षको कार्य गर्न सदस्यहरूलाई सहयोग गर्ने छ (हेर्नुहोस् २.२) ।

मल्कीसेदेक पादरित्व बाहक पुरुषहरूले परिवारका सदस्यहरूलाई निर्देशन, चङ्गाइ र सान्त्वना प्रदान गर्न पादरित्वका आशीर्वादहरू दिन सक्छन् । आवश्यकअनुसार, चर्चका सदस्यहरूले विस्तारित परिवारका सदस्यहरू, सेवा गर्ने बन्धुहरू वा स्थानीय चर्चका अगुवाहरूबाट पनि यी आशीर्वादहरू खोज्न सक्छन् ।