साधारण सम्मेलन
प्रोत्साहनको विरासत
अक्टोवर २०२२ को साधारण सम्मेलन


प्रोत्साहनको विरासत

म तपाईंहरू सबैलाई स्वर्गका पिता र येशू ख्रीष्टसामु फर्कन योग्य हुने प्रयास जारी राख्न प्रोत्साहन गर्छु ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, म पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको यस साधारण सम्मेलनमा तपाईंहरूसँग भेला हुन पाउँदा कृतज्ञ छु । तपाईंहरू जहाँ भए तापनि हामीले तपाईंहरूका आस्था र प्रेमलाई महसुस गरेका छौँ । हामीलाई प्रेरणादायी शिक्षा, शक्तिशाली गवाहीहरू अनि भव्य सङ्गीतद्वारा मजबूत भएका छौँ।

म तपाईंहरूलाई स्वर्गका पिता र येशू ख्रीष्टसामु फर्कन योग्य हुने प्रयास जारी राख्न प्रोत्साहन गर्छु । तपाईंहरू करारको मार्गमा जहाँ भए तापनि, तपाईंहरूले नश्वरताका भौतिक कठिनाइहरू अथवा शैतानका विरोधका विरुद्ध सङ्घर्ष प्राप्त गर्नुहुनेछ ।

जब म कुनै विषय कति कठीन छ भनेर गुनासो गर्दथेँ मेरी आमाले मलाई भन्नुहुन्थ्यो, “हो, हाल, निश्चय नै यो कठीन छ । यो हुनपर्ने नै हो । जीवन एक परीक्षा हो ।”

उहाँ त्यसलाई मुस्कुराउँदै, शान्तिपूर्वक भन्न सक्नुहुन्थ्यो, किनभने उहाँलाई दुई विषयहरू जानकारी थियो । सङ्घर्ष हुँदाहुँदै पनि, के भने उहाँका स्वर्गका पितासँगै रहनका लागि घर फर्कने विषयले सबैभन्दा महत्त्व राख्छ । अनि उहाँका मुक्तिदातामा आस्थाद्वारा यसो गर्न सकिन्छ भनेर उहाँलाई थाहा थियो ।

परमेश्वर उहाँसँग नजिक हुनुभएको उहाँ महसुस गर्नुहुन्थ्यो । उहाँको मृत्यु हुन लागेको समयमा, आफ्नो कोठाको ओच्छ्यानमा पल्टेर उहाँले मसँग मुक्तिदाताका बारेमा कुरा गर्नुभयो । उहाँको ओच्छ्यान छेउमा अर्को कोठामा जाने ढोका थियो । उहाँ मुस्कुराउनुभयो अनि ढोका तर्फ हेर्नुभयो जब उहाँले परमेश्वरलाई भेट्नुहुने बारे शान्तिपूर्वक भन्नुभयो । ढोकामा हेर्दै अनि पछाडिको कोठामा हेर्दै कल्पना कल्पना गरिरहेको म अझै पनि सम्झन्छु ।

उहाँ अहिले आत्मिक संसारमा हुनुहुन्छ । उहाँलाई वर्षौंसम्म भौतिक र व्यक्तिगत कठिनाइ भए तापनि उहाँले आफ्ना आँखाहरू आफूले चाहना गरेको त्यस पुरस्कारमा राख्न सक्षम हुनुभयो ।

प्रोत्साहनको विरासत जुन उहाँले हाम्रा लागि छोड्नुभयो त्यसलाई मोरोनी ७मा उत्तम तरिकाले व्याख्या गरिएको छ जहाँ मोर्मोन आफ्ना छोरा मोरोनी अनि आफ्ना मानिसहरूलाई प्रोत्साहन दिन्छन् । जसरी मेरी आमाले आफ्नो परिवारलाई दिनुभएको जस्तै एक वंशका लागि यो प्रोत्साहनको विरासत हो । मोर्मोनले प्रोत्साहनको त्यो विरासत सबैलाई बाँढे जो अनन्त जीवनका लागि आफ्ना भौतिक परीक्षाहरू मार्फत् योग्य हुन प्रतिवद्ध भएका छन् ।

मोर्मोन मोरोनी ७ को पहिलो पदबाट येशू ख्रीष्ट, स्वर्गदूतहरू अनि ख्रीष्टको आत्माको गवाही सँगै शुरु गर्दछन् जसद्वारा हामीलाई असल र दुष्ट पहिचान गर्न अनि सही कुरा रोज्न सहयोग पुग्छ ।

उनी अरूहरूले जो तिनीहरूलाई प्रोत्साहन दिन सक्षम हुन्छन् जो आफ्नो स्वर्गको घरमा जाने माथि तर्फको मार्गमा हिड्न सङ्घर्ष गर्नेहरू जस्तै येशू ख्रीष्टलाई प्रथम स्थान दिन्छन् ।

“किनकि ख्रीष्टका वचन अनुसार कुनै पनि मानिसलाई बचाउन सकिँदैन, यदि उनीहरूले उहाँको नाममा आस्था राख्दैनन् भने; यसकारण, यदि यी विषयहरू रोकिएका छन् भने, तब आस्था पनि रोकिएको छ; र मानिसको अवस्था भयावह छ, किनकि उनीहरू कुनै उद्धारको कार्य नभएजस्तै छन् ।

“तर हेर, मेरा प्रिय बन्धुहरू, म तिमीहरूबाट अझै बढी असल विषयहरू मूल्याङ्कन गर्छु, किनकि म तिमीहरूको विनम्रताका कारण मूल्याङ्कन गर्दछु कि तिमीहरूसँग ख्रीष्टमा आस्था छ; किनकि यदियदि तिमीहरूले उहाँमा आस्था राख्गर्दैनौ भने तिमीहरू उहाँको चर्चका जनमाझ गणना गरिन योग्य छैनौ ।”

मोर्मोनले विनम्रतालाई उनीहरूको आस्थाको शक्तिको प्रमाणका रूपमाहेरे । उनले देखे कि तिनीहरू मुक्तिदातामा निर्भर भएका थिए । उनले तिनीहरूलाई त्यही आस्था देखाएर प्रोत्साहन गरे । मोर्मोनले तिनीहरूलाई आफ्ना आस्था अनि विनम्रताले आफ्ना सङ्घर्षमा आफ्ना आश्वासन र विश्वासलाई सफल बनाउनेछ भनेर हेर्न सहयोग गर्दै तिनीहरूलाई प्रोत्साहन गर्न निरन्तरता दिए ।

“अनि पून, मेरा प्रिय बन्धुहरू, म तिमीहरूसामु आशाका बारेमा बोल्दछु । यो कसरी हो कि यदि तिमीहरूसँग आशा नभए, तिमीहरूले आस्था प्राप्त गर्न सक्छौ ?

“अनि यो केका निम्ति हो कि तिमीहरूले आशा गर्नुपर्छ? हेर म तिमीहरूसामु भन्छु कि तिमीहरूले ख्रीष्टको प्रायश्चित्त र उहाँको पूनरुत्थानको शक्तिमार्फत्, अनन्त जीवनमा उठ्न आशा गर्नेछौ र यो प्रतिज्ञा अनुसार तिमीहरूको उहाँ माथिको आस्थाका कारण हो ।

“त्यसकारण, यदि मानिससँग आस्था छ भने ऊसँग आशा हुनु आवश्यक छ; किनकि आस्था बिना कुनै आशा हुन सक्दैन ।

“अनि पून:, हेर म तिमीहरूसामु भन्छु कि यदि ऊ विनम्र र हृदयको कोमल नभए उससँग कुनै आस्था र आशा हुन सक्दैन ।2

तिनीहरू ख्रीष्टको विशुद्ध प्रेमले भरिँदै आफ्नो हृदयले चाहेको उपहार प्राप्त गर्ने मार्गमा छन् भन्ने गवाही दिंदै मोर्मोनले फेरि तिनीहरूलाई प्रोत्साहन दिन्छन् । उहाँले तिनीहरूका लागि येशू ख्रीष्टमा आस्था, कोमल, विनम्रता, पवित्र आत्मा र अनन्त जीवन प्राप्त गर्ने दृढ आशाको अन्तरक्रियालाई एकसाथ बुन्नुहुन्छ । उनले तिनीहरूलाई यस प्रकार प्रोत्साहन दिन्छन् :

“किनकि हृदयमा कोमल र विनम्र नभए परमेश्वर अगाडि कोही पनि स्वीकार्य छैन; र यदि मानिस हृदयमा कोमल र विनम्र भए र पवित्र आत्माद्वारा स्वीकार्दछ कि येशू नै ख्रीष्ट हुनुहुन्छ भने ऊसँग करुणा हुनु आवश्यक छ; किनकि यदि ऊसँग करुणा नभए ऊ केही पनि होइन; यसकारण ऊसँग करुणा हुनु आवश्यक छ ।”

पछाडि फर्केर हेर्दा, म अहिले देख्दछु कि त्यो करुणा—ख्रीष्टको पवित्र प्रेमले— मेरी आमालाई आफ्नो घर फर्कने मार्गमा सङ्घर्ष गर्न कसरी शक्ति, निर्देशन दियो, टिकायो अनि परिवर्तन गरायो ।

“अनि करुणा दीर्घकालसम्म सहनशील हुन्छ र दयालु हुन्छ र ईर्ष्या गर्दैन र घमण्डले फुल्दैन र आफ्नै फाइदा खोज्दैन, छिट्टै रिसाउँदैन, दुष्ट सोच्दैन र दुष्टतामा आनन्द लिँदैन तर सत्यतामा आनन्द लिन्छ, सबै कुराहरू सहन्छ, सबै कुराहरूमा विश्वास गर्दछ र सबै कुराहरूमा आशा गर्छ, सबै कुराहरू सहन्छ ।

“यसकारण, मेरा प्रिय बन्धुहरू, यदि तिमीहरूसँग करुणा छैन भने, तिमीहरू केही पनि होइनौ, किनकि करुणाको कहिल्यै अन्त्य हुँदैन । यसकारण, करुणालाई आत्मसात गर, जुन सबै भन्दा महान् छ, किनकि सबै कुराको अन्त्य हुन्छ—

“तर करुणा ख्रीष्टको पवित्र प्रेम हो र यो सदासर्वदा रहन्छ; अनि अन्तिम दिनमा जसमा यो पाइनेछ, उसको भलाइ हुनेछ ।

“यसकारण, मेरा प्रिय बन्धुहरू, पितासामु तिमीहरूका हृदयहरूका सम्पूर्ण शक्तिका साथ प्रार्थना गर, कि तिमीहरू यो प्रेमले भरीपूर्ण बन, जुन उहाँले सबैमाथि खन्याउनुभएको छ जो उहाँका पुत्र येशू ख्रीष्टका सच्चा अनुयायीहरू हुन्; कि तिमीहरू परमेश्वरका छोराहरू बन्न सक; ताकि जब उहाँ देखापर्नुहुन्छ हामी उहाँ जस्तै हुनेछौ, किनकि हामीले उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौ; ताकि हामीसँग यो आशा हुन सकोस्; कि हामी उहाँ जस्तै पवित्र हुन सकौँ ।”

म मोर्मोनको उदाहरण अनि शिक्षाको प्रोत्साहनका लागि कृतज्ञ छु । म मेरी आमाबाट पाएको विरासतबाट आशीषित भएको छु । आदाम देखि वर्तमानका अगमवक्ताहरूका शिक्षा अनि उदाहरणले मलाई शक्ति दिएको छ ।

मैले व्यक्तिगत रूपमा चिनेकाहरू र तिनका परिवारहरूको श्रद्धाले गर्दा मैले उनीहरूका कठिनाइहरूका संक्षिपप्त विवरण नदिन अनि उनीहरूका महान् उपहारहरूका बारेमा सार्वजनिक रुपमा नबोल्न छनोट गरेको छु । तर मैले देखेका कुराहरूले मलाई प्रोत्साहन गरेको छ र मलाई परिवर्तन गर्दै असल बनाएको छ ।

मेरी श्रीमतीको निजी मामलामा दखल दिने जोखिम लिँदै, म उनको प्रोत्साहनको छोटो प्रतिवेदनलाई थप्नेछु । म होशियारपूर्वक गर्दछु । उनी एकान्त स्वभावकी छिन् जसलाई प्रशंषा खोज्न र स्वीकार्न मन पर्दैन ।

हाम्रो विवाह भएको ६० वर्ष भयो । त्यही अनुभवले गर्दा आज म आस्था, आशा, विनम्रता, अन्त्यसम्म सहने, आफ्ना लागि नखोज्ने, सत्यतामा रमाउने, दुष्ट नसोच्ने अनि सबैभन्दा माथि, करुणाका यी धर्मशास्त्रका शब्दहरूको अर्थहरू बुझ्दछु: । त्यो अनुभव अनुसार, म गवाही व्यक्त गर्न सकूँ कि मानवहरूले जीवनका व्यवधानहरूलाई पार गर्दै माथि उठ्दै ती सबै आश्चर्यपूर्ण आदर्शहरू आफ्ना दिनचर्यामा प्रयोग गर्न सक्छन् ।

सुनिरहनुभएका लाखौँ तपाईंहरूलाई त्यस्ता मानिसहरूका बारेमा थाहा छ । तपाईंहरू मध्ये धेरैजना त्यस्ता मानिसहरू हुनुहुन्छ । हामी सबैलाई त्यस्ता प्रोत्साहनका उदाहरणहरू अनि प्रेमपूर्ण मित्रहरू चाहिन्छन् ।

तपाईं कसैसँग तिनीहरूका सेवा गर्ने दिदीबहिनी या दाजुभाइका रूपमा बस्दा; तपाईंले परमप्रभुको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँले के गर्नुहुन्छ वा बोल्नुहुन्छ भन्ने विषयमा सोच्नुहोस् । उहाँले तिनीहरूलाई उहाँसामु आउन आमन्त्रण गर्नुहुनेछ । उहाँले तिनीहरूलाई प्रोत्साहन गर्नुहुनेछ । उहाँले तिनीहरूले गर्नुपर्ने परिवर्तनको शुरुवातलाई अवलोकन गर्नुहुनेछ अनि प्रशंसा गर्नुहुनेछ । अनि अनुकरणका लागि उहाँ नै उत्कृष्ट उदाहरण हुनुहुनेछ ।

तपाईंहरूले पूर्णरूपले अहिले नै यसो गर्न सक्नुहुन्न तर यो सम्मेलनलाई सुनेर तपाईंले थाहा पाउनुहुनेछ कि तपाईं त्यस मार्गमा हुनुहुन्छ । मुक्तिदातालाई तपाईंका कठिनाइहरू विस्तारपूर्वक थाहा छ । आस्था, आशा अनि करुणामा हुर्कन तपाईंमा भएको महान् क्षमताका बारेमा उहाँ जानकार हुनुहुन्छ ।

उहाँले दिनुभएका आज्ञाहरू र करारहरू तपाईंलाई नियन्त्रण गर्न ल्याइएका परीक्षाहरू होइनन् । तिनीहरू परमेश्वरका सबै उपहारहरू प्राप्त गर्नका लागि तपाईंलाई माथि उठाउन अनि स्वर्गमा रहनुहुने तपाईंका पिता र परमप्रभु जसले तपाईंलाई प्रेम गर्नुहुन्छ, उहाँको घरमा फर्काउने उपहारहरू हुन् ।

येशू ख्रीष्टले हाम्रा पापहरूको मूल्य चुकाउनुभयो । यदि हामीसँग उहाँमा पश्चात्ताप गर्नका लागि पर्याप्त आस्था भएमा र एक बालक जस्तै विशुद्ध भयौँ , अनि परमेश्वरका सबै उपहारहरू मध्ये महान् उपहार प्राप्त गर्न तयार भयौँ भने हामीले अनन्त जीवनको त्यो आशीष दाबी गर्न सक्छौँ ।

म प्रार्थना गर्दछु कि तपाईंले उहाँको निमन्त्रणालाई स्वीकार गर्नुहुनेछ र तपाईंले यसलाई स्वर्गमा रहनुहुने पिताका अन्य सन्ततिहरूका प्रदान गर्नुहुनेछ ।

म संसारभर रहेका हाम्रा सुसमाचार प्रचारकहरूका हाम्रा सुसमाचार प्रचारकहरूका लागि प्रार्थना गर्दछु । तिनीहरू हरेकले उहाँको नाम आफूमा लिने उहाँका सेवकहरू मार्फत् यो निमन्त्रणा येशू ख्रीष्टबाट आएको हो भनी मानिसहरूलाई चाहना राख्न र विश्वास गर्न प्रेरणा दिऊन् ।

म गवाही दिन्छु कि उहाँ जीवित हुनुहुन्छ र आफ्नो चर्चको अगुवा गर्नुहुन्छ । म उहाँको साक्षी हुँ । रसल एम्. नेल्सन सारा पृथ्वीका लागि परमेश्वरका जीवित अगमवक्ता हुनुहुन्छ । मलाई थाहा छ कि यो सत्य हो । येशू ख्रीष्टको पवित्र नाउँमा, आमीन ।