साधारण सम्मेलन
वचनको सद्गुण
अक्टोवर २०२२ को साधारण सम्मेलन


वचनको सद्गुण

प्राचीन र आधुनिक अगमवक्ताका वचनहरूमा सद्गुण छ किनभने तिनीहरूका वचनहरू परमप्रभुका वचनहरू हुन् ।१९

मोर्मोनको पुस्तकमा, धर्मशास्त्रको एक अतिप्रिय पदमा हामी अगमवक्ता अल्माले गरेको एक महत्वपूर्ण निर्णयका बारेमा, पढ्दछौँ। ती परिचित शब्दहरूको समीक्षा गर्नुअघि, त्यो निर्णय गर्दाको अप्ठ्यारो परिस्थितिहरूका बारेमा मसँगै सोच्नुहोस् ।

मानिसहरूका एक दल जसले आफूलाई जोरामीहरू भन्दथे, उनीहरू नफीहरूबाट छुट्टिएका थिए अनि लमानीहरूका जमीनका सिमानामा भेला भएका थिए । नफीहरूले हालसालै लमानीहरूलाई एक अभूतपूर्व लडाईंमा हराएका थिए जहाँ हजारौँ मानिसहरू मारिए, अनि तिनीहरु “अत्यन्तै डराएका थिए कि जोरामीहरू लमानीहरूसँगको वार्तालापमा प्रवेश गर्नेछन् र यो अत्यन्त महान् क्षतिको माध्यम बन्नेछ ।” लडाईंका चिन्ताहरू भन्दा बाहिर, अल्माले थाहा पाएका थिए कि जोरामीहरू जसलाई “परमेश्वरका वचनहरू प्रचार गरिएको थियो,” तिनीहरू मूर्तिपूजातिर लाग्दै र “परमप्रभुका मार्गहरूलाई भ्रष्ट गर्दै थिए ।” यी सबै कुराले अल्मालाई धेरै दु:खी बनायो र यो “धेरै दु:खको कारण बन्यो ।”

आफूलाई यी जटिल र चुनौतीपूर्ण परिस्थितिहरूमा पाएर अल्माले के गरिनुपर्दछ भन्नेबारे मनन गरे । उनको निर्णयमा, हामीले हाम्रा दिनका जटिल र चुनौतीपूर्ण परिस्थितिहरूलाई सामना गर्दा हामीलाई प्रेरित गर्न र सिकाउन संरक्षण गरेर राखिएका शब्दहरू पढ्दछौँ ।

“अनि अब, जब वचनको प्रचारमा जनलाई अगुवाइ गर्ने महान् प्रवृति भएकाले त्यसो गर्न जुन न्यायोचित छ——हो, जनको मस्तिष्कमा तरबारले, अथवा उनीहरूमाथि भएका कुनैपनि विषयले भन्दा पनि यसको बढी प्रभाव पार्न सक्ने शक्ति थियो—त्यसकारण अल्माले सोचे यो उचित थियो कि परमेश्वरका वचनको प्रभावकारितालाई प्रयास गर्नुपर्छ।”

धेरै सम्भावित समाधानहरू मध्ये, अल्माको आस्थाले तिनीहरूलाई वचनको शक्तिमा निर्भर हुन प्रभावित गर्यो। यो संयोग थिएन कि धर्मशास्त्रमा पाइने सबैभन्दा शक्तिशाली उपदेशहरू मध्येका केही त्यो निर्णयपछि लगत्तै सिकाइएका थिए । अल्माको अध्याय ३२ र ३३ मा परमप्रभु येशू ख्रीष्टमा उनको आस्थाका बारेमा निपुण प्रवचन हामी पढ्दछौँ अनि अध्याय ३४ मा हामी येशू ख्रीष्टका प्रायश्चित्तका बारेमा अमुलेकका मौलिक शिक्षाहरू पाउँछौँ ।

वचनको सद्गुणका दृष्टान्तहरू

वास्तवमा, धर्मशास्त्रभरि हामी ती चमत्कारी आशीषहरूका बारेमा पढ्दछौँ जुन तिनीहरूमा खन्याइए जसले परमेश्वरका वचनका सद्गुणलाई प्रयास गर्न रोजेका छन् ।१० म तपाईंहरूलाई मसँग तीन उदाहरणहरू मनन् गर्न आमन्त्रण गर्दछु जब हामीले आफ्नो ध्यान मोर्मोनको पुस्तकमा फर्काउँछौँ-त्यो पुस्तक जुन अध्यक्ष रसल एम. नेल्सन ले “हाम्रा अन्तिम दिनमा जिउने मार्गदर्शक” का रूपमा व्याख्या गर्नुभएको छ ।११

प्रथम, परमप्रभुले तिनीहरूका पुर्खाहरूलाई कसरी उद्धार गर्नुभयो भन्ने बारे आफ्ना मानिसहरूलाई सम्झाउदै, अल्माले सिकाउनुभयो: “हेर, उहाँले उनीहरूका हृदयलाई परिवर्तन गर्नुभयो; हो, उहाँले उनीहरूलाई गहिरो निन्द्राबाट बिउझाउनुभयो र उनीहरू परमेश्वरमा बिउँझे । हेर, उनीहरू अन्धकारको माझमा थिए; तैपनि, उनीहरूको जीवात्माहरू चीरस्थायी वचनको प्रकाशद्वारा प्रज्ज्वलित थिए।”१२ सम्भवत: तपाईंहरू अन्धकारको माझमा भएको अनुभव गरिरहनुभएको छ । के तपाईंको आत्मा ज्योतिका लागि तड्पिरहेको छ? यदि यसो हो भने, कृपया परमेश्वरको वचनको प्रभावकारितालाई प्रयोग गरी हेर्नुहोस् ।

दोश्रो, परमप्रभुद्वारा लमानीहरूको परिवर्तनलाई प्रतिबिम्बित गर्दै जुन अम्मोनले सुसमाचार प्रचारकका रूपमा साक्षात देखे, उनले भने, “हेर, हाम्रा बन्धुहरूमध्ये कति हजारलाई उहाँले नरकको पीडाहरूबाट छुट्कारा दिनुभएको छ; र उनीहरूलाई उद्धारको माया गाउन ल्याइएको छ र यो हामीमा भएको उहाँका वचनको शक्तिका कारणले हो ।१३ दाजुभाइ तथा दिदीबहिनीहरू, हामीहरूका बीचमा धेरै छन् जो आफुले प्रेम गर्नेहरूलाई उद्धार गर्ने प्रेममा ल्याउन अति इच्छुक छौँ। हाम्रा सबै प्रयत्नहरूमा, हामी आफूमा भएको परमेश्वरको वचनको सद्गुणलाई प्रयोग गर्न सम्झियौँ ।

तेश्रो, हेलामानको पुस्तकमा हामी पढ्दछौँ, “हो, हामी देख्छौँ कि जसले परमेश्वरका वचनलाई समात्न सक्छ जुन जिउँदो र शक्तिशाली छ, जसले सैतानका सबै धूर्तता र जालहरू र षड्यन्त्रहरूलाई टुक्रा-टुक्रा पार्छ र ख्रीष्टको मानिसलाई कोप्चो र साँघुरो बाटोमा त्यो दुष्टहरूलाई भष्म पार्न तयार गरिएको त्यो शोकको अनन्त खाडी पार गर्न अगुवाइ गर्छ …अनि उनीहरूको जीवात्मा उत्रन्छ… स्वर्गको अधिराज्यमा परमेश्वरको दाहिने हाततिर ।”१४ के तपाईं सैतानका सबै धूर्तता र जालहरू र षड्यन्त्रहरूलाई टुक्रा टुक्रा पार्न खोजिरहनुभएको छ जुन हाम्रा दिनका दर्शनहरूमा धेरै प्रचलित छ ? के तपाईं जानकारीका प्रचुरताका कारण भएका भ्रमहरूका बादलहरूलाई छरिदिन इच्छुक हुनुहुन्छ ताकि करारको मार्गमा एकाग्र हुन सक्नुहोस् ? कृपया परमेश्वरको वचनको सद्गुणलाई प्रयोग गर्नुहोस् ।

वचनको शक्तिले ममा ल्याएको परिवर्तनका कारण, म व्यक्तिगतरूपमा यो सत्यताको गवाही दिन्छु जुन हाम्रा अतिप्रिय अगमवक्ता अध्यक्ष रसल एम. नेल्सनले सुन्दर रूपमा सिकाउनुभएको छ: “मेरो विचारमा, मोर्मोनको पुस्तकको शक्ति त्यतिबेला स्पष्ट देखिन्छ जब यसलाई ‘निष्कपट हृदयले, सच्चा उद्धेश्यका साथ, ख्रीष्टमाथिको आस्थाका साथ’ पढ्नेहरूको जीवनमा शक्तिशाली परिवर्तन आउँछ ।’ परिवर्तित धेरै व्यक्तिहरूले ती पुस्तकका उपदेशहरू पालना गर्न आफूलाई पहिले अतिप्रिय लाग्ने धेरै चीजहरू त्यागेका छन् । यो तपाइँहरूका लागि येशू ख्रीष्टमा जीवात्माहरू ल्याउने सबैभन्दा प्रभावकारी साधन हुनेछ ।”१५

सद्गुणको श्रोत

यी र अरू दृष्टान्तहरूमा हामी परमेश्वरका सन्ततिहरूका जीवनमा उहाँका वचनका सद्गुणरिता देख्दछौं । हामी सोध्न सक्दछौँ, त्यो सद्गुणको अथवा शक्तिको श्रोत के हो ?

जब हामी यो प्रश्नबारे सोच्दछौँ, यो सम्झन जरुरी छ कि त्यो वाक्यांश, “त्यो वचन,” धर्मशास्त्रमा प्रयोग भए अनुसार, यसका दुईवटा अर्थ छन् । एल्डर डेभिड ए. बेड्नारले हालै सिकाउनुभयो कि “येशू ख्रीष्टको एउटा नाउँ हो ‘त्यो वचन,’”१६ अनि “मुक्तिदाताका शिक्षाहरू, पवित्र धर्मशास्त्रहरूमा अभिलेख गरिए अनुसार पनि ‘ती वचन’हुन् ।’”16

अगमवक्ता नफीले ती दुई अर्थहरू बीचको सम्बन्ध बारे चित्रण गरे जब उहाँले लेखे: “यी वचनहरूलाई सुन र ख्रीष्टमा विश्वास गर; अनि यदि यी वचनहरूमा विश्वास गर्दैनौ भने ख्रीष्टमा विश्वास गर । अनि यदि तिमीहरूले ख्रीष्टमा विश्वास गऱ्यौ भने यी वचनहरूमा विश्वास गर्नेछौ; किनकि ती ख्रीष्टका वचनहरू हुन्, अनि उहाँले यी मलाई दिनुभएको छ ।”17 तसर्थ हामी जान्दछौं कि प्राचीन र आधुनिक अगमवक्ताका वचनहरूमा सद्गुण छ निश्चित रूपमा किनभने तिनीहरूका वचनहरू परमप्रभुका वचनहरू हुन् ।18 मेरा प्रिय मित्रहरू, यस अन्तिम दिनहरूमा आत्मिक रुपमा जिउन यो अनन्त सत्यलाई स्वीकार गर्नु महत्वपूर्ण छ19 जहाँ, अगमवाणी गरिए जस्तै, “त्यो भूमिमा छ, जुन नत अन्नको अनिकाल हो, न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हो ।”20

अन्तत: परमेश्वरका वचनको सद्गुण भनेको परमप्रभु येशू ख्रीष्ट हुनुहुन्छ ।21 जब हामी यसलाई पूर्णरूपले बुझ्दछौँ, हामीले मुक्तिदाता र उहाँका अगमवक्ताहरू बीचको भूमिकाको अनन्तरूपमा महत्त्वपूर्ण सम्बन्ध बनाउन सक्दछौँ । उहाँप्रतिको हाम्रो प्रेम, उहाँ नजिक जाने र उहाँको प्रेममा जिउने हाम्रो चाहनाले ,22 हाम्रा जीवनमा वचनको प्रभावकारिताको प्रयोग गर्न हामीलाई बाध्य पार्नेछ—दुबै प्रभाव जुन हाम्रो मुक्तिदाता अनि उद्धारकर्ताका व्यक्तिगत रूपमा उहाँबाट प्रवाह हुन्छ23 अनि त्यो प्रभाव जुन “परमप्रभुका छनोट गरिएका पात्रहरू” का वचनहरूद्वारा उहाँबाट प्रवाह हुन्छ ।”24 हामीले बुझ्नेछौँ कि मुक्तिदाता र उहाँका अगमवक्ताका वचनहरू सिक्नलाई अरू श्रोतहरू उपयोगी भएतापनि तिनीहरू यिनका प्रतिस्थापन कहिल्यै हुनुहुँदैन । हामीले गहिरिएर अनि प्रायश: ,25 श्रोतबाट सिधै पिउनुपर्दछ ।26

मेरा दाजुभाइ दिदीबहिनीहरू, म तपाईं हरेकलाई मेरो प्रेम व्यक्त गर्दछु । त्यो प्रेममा, म तपाइँहरूलाई परमेश्वरको वचनको सद्गुणको अनुभव , विशेषगरी मोर्मोनको पुस्तकद्वारा तपाइँको हरेक दिनमा गर्न निवेदन गर्दछु । यदि तपाईंहरूले यसो गर्नुभएमा, अध्यक्ष रसल एम. नेल्सनको यो अगमवाणीय वाचाको अनुभूति गर्नुहुनेछ “म प्रतिज्ञा गर्दछु कि यदि तपाईंहरूले मोर्मोनको पुस्तक प्रार्थनापूर्वक हरेक दिनअध्ययन गर्नुहुन्छ भने, तपाईंहरूले —हरेक दिनअसल निर्णयहरू गर्नुहुनेछ । म प्रतिज्ञा गर्दछु कि यदि तपाईंहरूले पढ्नुभएका वचनहरूलाई मनन् गर्नुहुन्छ भने, स्वर्गका द्वारहरू खुलिनेछन् र तपाईंहरूले आफ्ना प्रश्नहरूका जवाफहरू र आफ्ना जीवनका लागि निर्देशनहरू पाउनुहुनेछ । म प्रतिज्ञा गर्दछु कि यदि तपाईंहरूले मोर्मोनको पुस्तकमा दिनहुँ आफूलाई डुबाउनुभयो भने, तपाईंहरूले त्यस दिनका दुष्टहरूबाट सुरक्षा पाउनुहुनेछ ।”27

म गवाही दिन्छु कि हाम्रा स्वर्गमा रहनुहुने पिताले हामीलाई ती वचन दिनुभएको छ किनभने उहाँ हामीलाई पूर्णरूपमा प्रेम गर्नुहुन्छ र हामी हरेक उहाँसँग सदाका लागि जिउन घर फर्केको चाहनुहुन्छ । म “वचन… प्राणी बनाउनु भयो,”28 हो येशू ख्रीष्ट र हामीलाई मुक्ति दिन र उद्धार गर्न सक्ने उहाँको शक्तिको गवाही दिन्छु । मलाई थाहा छ कि उहाँको सद्गु उहाँका प्राचीन र वर्तमानका अगमवक्ताहरूका वचनहरू मार्फत् प्रवाहित हुन्छ ।

यो मेरो हृदयको प्रार्थना हो कि हामीले मजबुत तरिकाले परमेश्वरको वचनलाई ग्रहण गर्न अनि करारको मार्गमा हिड्न हामीमा ज्ञान र विनम्रता प्राप्त गर्न सकौँ 29 जसले हामीलाई उत्कर्ष र अनन्त जीवन तर्फ अगुवाइ गर्दछ ।30 हामीले लगातार त्यो शक्तिशाली परिवर्तन अनुभव गर्न सकौँ जुन हामी हरेकलाई उपलब्ध छ जुन हामीमा वचनको त्यो सद्गुणद्वारा प्राप्त हुन्छ ।31 येशू ख्रीष्टको नाममा, आमीन |

सूचीहरू

  1. हेर्नुहोस् अल्मा ३०:५९

  2. हेर्नुहोस् अल्मा ३१:३

  3. हेर्नुहोस् अल्मा २८:२

  4. अल्मा ३१:४। कृपया ध्यान दिनुहोस् कि अल्मा र उनका मानिसहरूले अम्लिसी र लमानीहरू बीचको त्यस्तो व्यवहारको पहिले नै अनुभव गरे जसले गर्दा महान् दु:ख र क्षति भयो (हेर्नुहोस् अल्मा २:२१-३८; ३:१-३) ।

  5. अल्मा ३१:८

  6. अल्मा ३१:१

  7. अल्मा ३१:२

  8. हेर्नुहोस् मोर्मोन ८:३४-३५

  9. अल्मा ३१:५; जोड दिएको ।

  10. हेर्नुहोस्, उदाहरणकालागि, १ नफी १५:२४; अल्मा ३२:४१-४३; ३६:२६; ३७:८, ४४-४५

  11. रसल एम. नेल्सनको, “Embrace the Future with Faith,”लियाहोना, नोभेम्बर २०२०, ७५ ।

  12. अल्मा ५:७; जोड दिएको ।

  13. अल्मा २६:१३; जोड दिएको ।

  14. हेलामान ३:२९-३०; जोड दिएको ।

  15. रसल एम. नेल्सन, “The Book of Mormon: A Miraculous Miracle” ((address given at the seminar for new mission leaders, जुन २३, २०१६) अंशमा उद्धृत मोरोनी १०:४

  16. डेभिड ए. बेड्नार, “But We Heeded Them Not,”लियाहोना, मे २०२२, १६ ।

  17. 2 नफी ३३:१०; जोड दिएको ।

  18. हेर्नुहोस् सिद्धान्त र करार १:३८

  19. हेर्नुहोस् सिद्धान्त र करार १:१४-१८

  20. आमोस ८:११

  21. हेर्नुहोस् अल्मा ३४:६

  22. हेर्नुहोस् यूहन्ना १५:१०

  23. हेर्नुहोस् मर्कुस ५:२५-३४

  24. मोरोनी ७:३१

  25. “त्यहाँ तयारी गर्ने उत्तम उपाय छ किनभने महान् आस्था छोटो समयका लागि मात्रै हुन्छ । हामीले धर्मशास्त्रमा ख्रीष्टका वचनहरू र जीवित अगमवक्ताहरूका शिक्षाहरू नियमित पढ्ने निर्णय गर्न सक्छौँ । यो नै म गर्नेछु । म मोर्मोनको पुस्तकमा फर्कनेछु र प्रायश:यसलाई गहिरिएर अध्ययन गर्नेछु” (हेनरी बी. आइरिङ, “Spiritual Preparedness: Start Early and Be Steady,”लियाहोना, नोभेम्बर २००५, ३९) ।

  26. “मेरा लागि धर्मशास्त्र पढ्नु भनेको विद्वता खोज्नु होइन । बरु, यो परमप्रभु र उहाँका अगमवक्ताहरूका वचनहरू सँगको प्रेम सम्बन्ध हो…

    “धर्मशास्त्रमा उपलब्ध लम्बाइ विस्तार गर्न निर्माण गरिएको टिप्पणीका लामा खण्डहरू पढेर म आफूलाई धेरै चिन्ता बनाउँदिन । बरु, म श्रोतमा जिउन मन पराउँछु, सत्यताका आधारका पवित्र पानीहरूको स्वाद लिँदै—परमेश्वरका वचन जुन उहाँले दिनुभएको छ र जुन पुस्तकहरूमा लेखिएको छ जसलाई हामी धर्मशास्त्रका रूपमा स्वीकार गर्दछौँ । धर्मशास्त्रहरू पढ्नाले हामीले आत्माद्वारा आश्वासन पाउँछौँ कि जुन हामीले पढ्छौँ त्यो परमेश्वरबाट आएको छ, ज्ञान दिन, आशीष दिन अनि उहाँका सन्ततिहरूका खुशीका लागि” (गोर्डन बि. हिंक्ली, “Feasting upon the Scriptures,” Ensign, डिसेम्बर १९८६, २)।

  27. रसल एम. नेल्सन,The Book of Mormon: What Would Your Life Be Like without It?,” लियाहोना, नोभेम्बर २०१७, ६२-६३ ।

  28. यूहन्ना १:१४

  29. हेर्नुहोस् १ नफी ८:३०

  30. “करारको मार्ग मात्रै त्यो मार्ग हो जसले उत्कर्ष र अनन्त जीवनतर्फ अगुवाइ गर्छ” (रसल एम. नेल्सन, “The Power of Spiritual Momentum,”लियाहोना, मे, २०२२, ९८) ।

  31. हेर्नुहोस् अल्मा ५:११-१३