साधारण सम्मेलन
परमेश्वर र उहाँको कार्यप्रति इमानदार हुनुहोस्
अक्टोवर २०२२ को साधारण सम्मेलन


परमेश्वर र उहाँको कार्यप्रति इमानदार हुनुहोस्

हामी सबैले येशू ख्रीष्टको आफ्नै गवाही खोज्न आवश्यक छ, हाम्रो जोशलाई लगाम लगाउनुपर्छ, हाम्रा पापहरूको पश्चात्ताप गर्नुपर्दछ, र परमेश्वर र उहाँको कामप्रति सत्य हुनुपर्दछ ।

गत अक्टोवरमा, संयुक्त राज्य भ्रमण गर्न अध्यक्ष एम. रसल बलार्ड र एल्डर जेफ्री आर. हल्याण्डसँगै मलाई पनि नियुक्त गरिएको थियो, जहाँ हामी तीनै जनाले युवा सुसमाचार प्रचारकहरूका रूपमा सेवा गर्यौं । हामीले सिकाउने र गवाही दिने सुअवसर पाएका थियौँ, साथै ब्रिटिस टापुहरूमा प्रारम्भिक चर्चको इतिहासलाई पून: जिउने सुअवसर पाएका थियौँ, जहाँ मेरो हजुरबुबा हेबर सी. किमवल र उहाँका सहयोगीहरू प्रथम सुसमाचार प्रचारकहरू हुनुन्थ्यो ।

अध्यक्ष रसल एम. नेल्सनले हामीलाई यो कार्यभार बारे जिस्काउँदै तीन जना प्रेरितहरूलाई आफ्नो युवावस्थामा सुसमाचार प्रचारकका रूपमा सेवा गरेका क्षेत्रहरूमा भ्रमण गर्न खटाउनु असाधारण थियो भनी टिप्पणी गर्नुभयो । उनले स्वीकार गरे कि चाहना राख्ने सबैले आफ्नो मौलिक सुसमाचार क्षेत्र भ्रमण गर्न सक्छन् । आफ्नो मुहारमा ठूलो मुस्कानका साथ, उहाँले ६० वर्ष पहिले एउटै सुसमाचार प्रचार क्षेत्रमा सेवा गरेका तीन प्रेरितहरूको अर्को समूह छ भन्नुभयो, उहाँहरूले पनि त्यस्तै कार्यभार प्राप्त गर्न सक्नुहुन्छ भन्ने उदाहरणलाई संक्षिप्त रूपमा व्याख्या गर्नुभयो ।

छवि
हिबर सी. किमबल

त्यो कार्यभारको तयारीका लागि, मैले किम्बलका एक नाति, ओर्सन-एफ. ह्विट्नीद्वारा लिखित लाइफ अफ हिबर सी. किम्बललाई पूनः अध्ययन गरेँ, जसलाई पछि प्रेरितका रूपमा बोलावट गरिएको थियो । यो पुस्तक मलाई मेरी प्यारी आमाद्वारा म लगभग ७ वर्षको हुँदा दिइएको थियो । हामी जुलाई २४, १९४७ मा अध्यक्ष जर्ज अल्बर्ट स्मिथद्वारा दिस इज द प्लेस स्मारकको समर्पणमा भाग लिने तयारी गर्दै थियौँ । उहाँले मलाई मेरा पूर्वज हिबर सी. किम्बलका बारेमा थप जानकारी लियोस् भन्ने चाहनुहुन्थ्यो ।

पुस्तकमा अध्यक्ष किम्बललाई श्रेय दिइएको एउटा गहिरो कथन छ जुन हाम्रा दिनका लागि महत्त्वपूर्ण छ । कथन बाँढ्नु अगाडि, मलाई छोटो पृष्ठभूमि प्रदान गर्न दिनुहोस् ।

अगमवक्ता जोसेफ स्मिथ लिबर्टी जेलमा थुनिएको समयमा भयानक प्रतिकूल परिस्थितिहरूमा, मिजोरीबाट सन्तहरूको बसाईसराइको निरीक्षण गर्ने जिम्मेवारी प्रेरितहरू ब्रिघम यङ र हिबर सी. किम्बलको थियो । गभर्नर लिलबर्न डबल्यू. बोग्सले जारी गरेको विनाशको आदेशका कारण निकासी योजनाको ठूलो आवश्यक थियो ।

करीब ३० वर्षपछि त्यसबेला प्रथम अध्यक्षतामा रहेका हिबर सी. किम्बलले, नयाँ पुस्तासँग यस इतिहासलाई प्रतिविम्वित गर्दै, सिकाउनुभयो, “म तपाईंहरूलाई भन्न चाहन्छु, कि तपाईंहरू मध्ये धेरैले सबै समस्या, परीक्षा र सतावटको सामना गर्न सक्ने समय देख्नुहुनेछ र तपाईं परमेश्वर र उहाँको कार्यप्रति सत्य हुनुहुन्छभनेर देखाउने प्रशस्त अवसरहरू हुनेछन् ।”

हिबरले निरन्तरता दिए: “आउँदै गरेको कठिनाइहरूको सामना गर्न, यो कार्यको सत्यताको ज्ञान हुन तपाईंलाई आफू स्वयंको लागि आवश्यक हुनेछ । कठिनाइहरू यस्तो चरित्रका हुनेछन् कि व्यक्तिगत ज्ञान वा साक्षी नभएका ती पुरुष वा महिला पतन हुनेछन् । यदि तपाईंले गवाही पाउनुभएको छैन भने, सही जीवन जिउनुहोस्, र परमप्रभुलाई पुकार्नुहोस् अनि तपाईंले यसलाई प्राप्त नगरेसम्म नरोक्नुहोस् । यदि तपाईंसँग छैन भने तपाईंले सामना गर्नुसक्नु हुनेछैन । … त्यो समय आउनेछ जसमा उधारोमा लिइएको उज्यालोमा कुनै पनि पुरुष वा महिलाले अनन्त सम्म सहन सक्नेछैनन् । प्रत्येकले आफ्नो भित्रको प्रकाशबाट निर्देशित हुनुपर्दछ । … यदि तपाईंसँग छैन भने तपाईंले सामना गर्न सक्नुहुन्न; यसकारण येशूको गवाही खोज्नुहोस् र त्यसमा आसक्त हुनुहोस्, ताकि जब परीक्षाको समय आउँछ तब तपाईंलाई ठेस लागेर लड्न नपरोस्।”

हामी हरेकलाई परमेश्वरको कार्यको र येशू ख्रीष्टको मुख्य भूमिकाको व्यक्तिगत गवाही चाहिन्छ । सिद्धान्त र करारको ७६औँ खण्ड ले महिमाका तीन तहलाई जनाउँछ र सेलेस्टियल महिमालाई सूर्यसँग तुलना गर्छ । त्यसपछि यसले टेरेस्ट्रियल राज्यलाई चन्द्रमासँग तुलना गर्छ ।

यो रोचक छ कि सूर्यको आफ्नै प्रकाश छ, तर चन्द्रमा प्रतिबिम्बित प्रकाश वा “उधार लिईएको प्रकाश” हो । टेरेस्ट्रीयल राज्यको कुरा गर्दा, पद ७९ ले बताउँछ, “यी ती नै हुन् जो येशू ख्रीष्टको गवाहीमा बलिया छैनन् ।” हामी सेलेस्टियल राज्य प्राप्त गर्न सक्दैनौँ र उधारोमा लिइएको प्रकाशमा परमेश्वर पितासँग बस्न सक्दैनौँ; हामीलाई येशू ख्रीष्ट र उहाँको सुसमाचारको आफ्नै गवाही चाहिन्छ ।

हामी यस्तो संसारमा जिइरहेका छौँ जहाँ अधर्म व्याप्त छ र मानिसहरूका आचरणहरूका कारण हृदयहरू परमेश्वरबाट फर्किन्छन् । परमेश्वरको कार्य र येशू ख्रीष्टको गवाहीको खोजी गर्ने सम्बन्धमा हिबर किम्बलको चासोका विषयहरूका बारेमा धर्मशास्त्रहरूमा प्रस्तुत गरिएका सबैभन्दा रोचक उदाहरणहरू मध्ये अल्माका तीन छोराहरू—हेलामान, शिब्लोन र कोरियोन्तोनलाई दिइएको सल्लाह हो ।१० उनका दुई छोराहरू परमेश्वर र उहाँको कार्यप्रति इमानदार थिए। तर एउटा छोराले केही नराम्रा निर्णय गरेको थियो । मेरा लागि अल्माको सल्लाहको सबैभन्दा ठूलो महत्त्व यो छ कि आफ्ना छोराछोरीको फाइदाका लागि बुबाका रूपमा उनले यसलाई दिइरहेका थिए ।

अल्माको चासोको विषय पनि हिबर सी. किम्बलको जस्तै उनको पहिलो चासोको विषय, प्रत्येकसँग येशू ख्रीष्टको गवाही होस् र परमेश्वर र उहाँको कार्य प्रति इमानदार बनून् भन्ने थियो ।

आफ्नो छोरा हेलामानलाई अल्माको उल्लेखनीय शिक्षामा, उहाँले गहिरो प्रतिज्ञा गर्नुहुन्छ कि जसले “परमेश्वरमा भरोसा राख्दछ तिनीहरूका परीक्षाहरू, तिनीहरूका समस्याहरू, र तिनीहरूका दुःखहरूमा सहायता गरिनेछ र अन्तिम दिनमा माथि उठाइनेछ ।”११

अल्माले एउटा प्रकाश प्राप्त गरेका थिए जहाँ उनले एक स्वर्गदूतलाई देखे, यो दुर्लभ छ । पवित्र आत्माद्वारा निर्माण गरिएका प्रभावहरू अति नै विशिष्ट छन् । यी प्रभावहरू स्वर्गदूतहरूका अभिव्यक्ति जत्तिकै महत्त्वपूर्ण हुन सक्छन् । अध्यक्ष जोसेफ फिल्डीङ् स्मिथले सिकाउनुभयो: “पवित्र आत्माबाट आत्मामा आएका प्रभावहरु दर्शन भन्दा बढी महत्त्वपूर्ण हुन्छन् । जब आत्माले आत्मासँग कुरा गर्छ, जीवात्मामा बसेको छापलाई मेटाउन कठिन हुन्छ ।”१२

यसले हामीलाई अल्माको दोस्रो छोरा शिब्लोनलाई दिएको सल्लाह तर्फ अगुवाइ गर्दछ । शिब्लोन आफ्नो भाइ हेलामान जस्तै धार्मिक थिए । मैले जोड दिन खोजेको सल्लाह अल्मा ३८:१२, जसको अंशमा पढिएको छ, “हेर कि तिमीहरूले आफ्ना सबै चाहनाहरूलाई लगाम लगाओ, ताकि तिमीहरू प्रेमले भरिपूर्ण बन्न सक भन्ने हो ।”

लगाम एक रोचक शब्द हो। जब हामी घोडा चढ्छौँ, यसलाई निर्देशित गर्न हामी लगामको प्रयोग गर्छौँ । एक राम्रो पर्यायवाची निर्देशन, नियन्त्रण, वा रोक्नको लागि हुन सक्छ । पुरानो कारारले हामीलाई बताउँछ कि जब हामीले थाहा पायौँ कि हामीसँग भौतिक शरीर हुनेछ भनेर, हामी आनन्दमा चिच्यायौँ ।१३ शरीर दुष्ट होइन—यो सुन्दर र आवश्यक छ—तर केही जोसहरू, यदि सही रूपमा उपयोग गरिएन भने र उचित रूपमा लगाम लगाइएनन् भने, हामीलाई परमेश्वर र उहाँका कार्य बाट अलग गर्न सकिन्छ र हाम्रो गवाहीलाई प्रतिकूल असर पार्दछ ।

विशेष गरी दुई वासनाहरू—पहिलो, क्रोध र दोस्रो, कामवासनाका सम्बन्धमा कुरा गरौँ ।१४ रोचक यो छ कि बिना लगाम वा अनियन्त्रित दुबै रुपमा छोड्दा ठूलो हृदयघात हुनसक्छ, आत्माको प्रभाव घटाउन सक्छ र हामीलाई परमेश्वर र उहाँको कार्यबाट अलग गर्न सक्छ । विरोधीले हाम्रो जीवनलाई हिंसा र अनैतिकताको छविले भर्ने हरेक अवसर खोज्छ ।

कुनै-कुनै परिवारमा क्रोधित श्रीमान वा श्रीमतीले आफ्नो श्रीमान श्रीमती वा केटाकेटीलाई हिर्काउनु असामान्य कुरा होइन । जुलाईमा लण्डनमा भएको संयुक्त राज्य सर्वदलीय संसदीय फोरममा म सहभागी भएँ ।१५ महिला र युवा विरुद्धको हिंसालाई विश्वव्यापी समस्याका रूपमा उजागर गरिएको थियो । हिंसाको अतिरिक्त, अरूहरू मौखिक दुर्व्यवहारमा संलग्न भएका छन् । पारिवारिक घोषणाले हामी बताउँछ तिनीहरू “जसले आफ्ना श्रीमान श्रीमती अथवा सन्तान…लाई दुर्व्यवहार गर्छन् तिनीहरू एक दिन परमेश्वरसामू जवाफदेही हुनेछन् ।”१६

हिजो बिहान अध्यक्ष नेल्सनले यो विषयलाई जोड दिनुभयो ।१७ कृपया आफ्नो यस्तो सोच बनाउनुहोस् कि तपाईंका अभिभावकले तपाईंलाई दुर्व्यवहार गरे वा नगरे पनि तपाईंले आफ्नो जीवनसाथी वा केटाकेटीहरूलाई शारीरिक वा मौखिक वा भावनात्मक रूपमा दुर्व्यवहार गर्नुहुने छैन ।

हाम्रा दिनमा सबैभन्दा महत्त्वपूर्ण चुनौतीहरू मध्येको एक चुनौती सामाजिक मुद्दाहरूसँग सम्बन्धित विवाद र मौखिक दुर्व्यवहार हो । धेरै परिस्थितिहरूमा क्रोध र अपमानजनक भाषाले तर्क, छलफल र सभ्यतालाई प्रतिस्थापित गरेको छ । धेरैले जस्तै संयम, धैर्यता, धर्मनिष्ठता, भ्रातृत्व दया र परोपकार जस्ता ख्रीष्टसमान गुणहरू खोजी गर्नू भन्ने मुक्तिदाताका वरिष्ठ प्रेरित, पत्रुसको सल्लाहलाई परित्याग गरेका छन् ।18 तिनीहरूले ख्रीष्टको जस्तै विनम्रताको गुणलाई पनि त्यागेका छन् ।

क्रोधलाई नियन्त्रण गर्न र अन्य जोसहरूलाई नियन्त्रण गर्नुका अतिरिक्त, हामीले हाम्रा विचार, भाषा र कार्यहरूलाई नियन्त्रण गरेर विशुद्ध नैतिक जीवनको नेतृत्व गर्नु आवश्यक छ । हामीले अश्लिलताबाट बच्नु आवश्यक छ, हामीले हाम्रो घरमा के खोजी गर्दैछौँ त्यसको उपयुक्तताको मूल्याङ्कन गर्नुपर्छ, र हरेक प्रकारका पापपूर्ण आचरणबाट बच्नुपर्दछ ।

यसले हामीलाई अल्माले आफ्नो छोरा कोरियोन्तोनलाई दिएको सल्लाहतर्फ ल्याउँछ । उनका भाइहरू, हेलामान र शिब्लोनको विपरीत, कोरियोन्तोन नैतिक उल्लंघनमा संलग्न थिए ।

कोरियोन्तोन अनैतिकतामा सङ्लग्न भएका कारणले, अल्माले उनलाई पश्चात्तापका बारेमा सिकाउनु आवश्यक थियो । उनले उसलाई पापको गम्भीरता र त्यसपछि कसरी पश्चात्ताप गर्ने भनेर सिकाउनु पर्थ्यो ।19

त्यसकारण, तथापि उल्लङ्घन गर्नेहरूका लागि पश्चात्ताप गर्न जोशलाई लगाम लगाउने अल्माको पूर्वसतर्कता सम्बधि सल्लाह थियो । अप्रिल २०१९ को साधारण सम्मेलनमा अध्यक्ष नेल्सनले सदस्यहरूलाई पश्चात्तापको बारेमा गहन सल्लाह दिनुभयो । उनले स्पष्ट पारे कि दैनिक पश्चात्ताप हाम्रो जीवनको अभिन्न अङ्ग हो । “पश्चात्ताप एक घटना होइन; यो एउटा प्रक्रिया हो । यो खुशी र मस्तिस्कको शान्तिको साँचो हो,” उहाँले सिकाउनुभयो । “दैनिक पश्चात्ताप नै पवित्रताको बाटो हो, अनि पवित्रताले शक्ति ल्याउँछ । ”२० यदि कोरियोन्तोनले अध्यक्ष नेल्सनले दिएको सल्लाह अनुसार गरेको भए, उनले अपवित्र विचारहरू मनमा आउन सुरु गरेपछि पश्चात्ताप गर्ने थिए । ठूला अपराधहरू हुने थिएनन् ।

अल्माले आफ्ना छोराहरूलाई दिएका समापनको परामर्श सबै धर्मशास्त्रहरूमा सबैभन्दा महत्त्वपूर्ण सिद्धान्तहरू मध्येको एक हो । यो येशू ख्रीष्टद्वारा ल्याइएको प्रायश्चित्त सँग सम्बन्धित छ ।

अल्माले गवाही दिए कि ख्रीष्टले पाप लैजानुहुनेछ ।२१ मुक्तिदाताको प्रायश्चित्त बिना, न्यायको अनन्त सिद्धान्तलाई सजायको आवश्यकता पर्दछ ।२२ मुक्तिदाताको प्रायश्चित्तका कारण, पश्चात्ताप गर्नेहरूका लागि करुणा विजयी हुन सक्छ र यसले तिनीहरूलाई परमेश्वरको उपस्थितिमा फर्कन अनुमति दिन सक्छ । हामीले यो अद्भुत सिद्धान्तलाई मनन गर्नु राम्रो हुनेछ ।

कोही पनि ऊ वा उनको आफ्नै असल कार्यहरूद्वारा मात्र परमेश्वर सामु फर्कन सक्दैन । हामी सबैलाई मुक्तिदाताको वलिदानको लाभ आवश्यक छ । हो सबैले पाप गरेका छन् अनि यो केवल येशू ख्रीष्टको प्रायश्चित्त मार्फत हामीले कृपा प्राप्त गर्न सक्छौँ र परमेश्वरसँग जिउन सक्छौँ ।२३

पापहरू साना हुन् वा कोरियोन्तोनले गरेका जत्तिकै गम्भीर नै किन नहुन्, जसले पश्चात्तापको प्रक्रियामा गएका छन् वा जानेछन्, हामी सबैका लागि उपयोगी हुने गरी अल्माले कोरियोन्तोनलाई अद्भुत सल्लाह पनि दिए । अध्याय ४२को पद २९ पढ्दा, “अनि अब, मेरो छोरा, म चाहान्छु कि तिमीले आफूलाई यी कुराहरूले अरु दु:ख दिन नदेऊ र तिम्रा पापहरूले मात्र तिमीलाई दु:ख दिन देऊ, त्यो चिन्ता जसले तिमीलाई पश्चात्तापमा तल झार्नेछ ।”

कोरियोन्तोनले अल्माको सल्लाह पालन गरे र दुबैले पश्चात्ताप गरे अनि सम्मानपूर्वक सेवा गरे । मुक्तिदाताको प्रायश्चितका कारण, चङ्गाइ सबैका लागि उपलब्ध छ ।

अल्माका दिनमा, हिबरका दिनमा, अनि निश्चय नै हाम्रा दिनमा हामी सबैले येशू ख्रीष्टको आफ्नै गवाही खोज्नु आवश्यक छ, हाम्रो जोशलाई लगाम लगाउनुपर्दछ, हाम्रा पापहरूको पश्चात्ताप गर्नुपर्दछ र येशू ख्रीष्टको प्रायश्चित्तका माध्यमबाट शान्ति पत्ता लगाउनुपर्दछ र परमेश्वर र उहाँको कार्य प्रति सत्य हुनुपर्दछ ।

हालसालैको वक्तव्य र सामाजिक सञ्जालमा अध्यक्ष नेल्सनले यसरी भन्नुभयो: “म तपाईंहरूलाई येशू ख्रीष्टप्रतिको आफ्नो गवाहीको दायित्व बहन गर्न अनुरोध गर्दछु । यसको लागि कार्य गर्नुहोस् । यसको स्वामित्व लिनुहोस् । यसको संरक्षण गर्नुहोस् । यसको पोषण गर्नुहोस् ताकि यो हुर्किन सकोस् । त्यसपछि तपाईंको जीवनमा हुने चमत्कारहरूलाई हेर्नुहोस् ।”२४

म कृतज्ञ छु कि हामीले अब अध्यक्ष नेल्सनबाट सुन्न पाउनेछौँ । म गवाही दिन्छु कि अध्यक्ष नेल्सन हाम्रा दिनका लागि परमप्रभुको अगमवक्ता हुनुहुन्छ । म उहाँ मार्फत प्राप्त गरेको अद्भुत प्रेरणा र निर्देशनलाई प्रेम र कदर गर्दछु ।

परमप्रभु येशू ख्रीष्टको एक प्रेरितका रूपमा, म मुक्तिदाताको देवत्व र उहाँको प्रायश्चितको वास्तविकताको मेरो दृढ गवाही येशू ख्रीष्टको नाममा व्यक्त गर्दछु, आमीन ।

सूचीहरू:

  1. हेर्नुहोस्, रोनाल्ड के. एस्प्लिन, “A Great Work Done in That Land,” Ensign, July 1987, 20: “On June 13, Elder Kimball, Orson Hyde, Joseph Fielding, and Heber’s friend Willard Richards left Kirtland for England. जुन २२ मा, न्यूयोर्कमा, क्यानेडियनहरू आइज्याक रसल, जोन गुडसन र जोन स्नाइडर उनीहरूसँग एकतृत भए । त्यसपछि सात सुसमाचार प्रचारकहरूले लिभरपुलका लागि ग्यारिकमार्ग हुँदै यात्रा गर्ने तय गरे । (हेर्नुहोस् हिबर सी. किमबल papers, 1837–1866; Willard Richards journals and papers, 1821–1854, Church History Library, Salt Lake City.)

  2. इमिग्रेशन क्यान्यनको प्रवेशमा साल्ट लेक सिटी, यूटाको यो स्मारक स्थल पूर्वतर्फ अवस्थित छ, जसले जुलाई २४, १८४७ मा सन्तहरूको सल्ट लेक उपत्यकामा आगमनको १०० औँ वार्षिकोत्सवको स्मरण गराउँछ । स्मारकमा ब्रिघम यङ, हिबर सी. किम्बल र विल्फोर्ड वुड्रफका मूर्तिहरू छन् ।

  3. १८३९ को प्रारम्भमा ८००० देखि १०००० बीचको सङ्ख्यामा पछिल्ला दिनका सन्तहरू निग्ह्रानी राख्ने समूह र भीडका हिंसात्मक कार्यहरूबाट बच्न मिसोरीबाट भागे । ब्रिघम र हिबर सी. किम्बलको निर्देशनमा, आपूर्तिहरू सङ्कलन गर्न, आवश्यकताहरू मूल्याङ्कन गर्न र जाडोयामको कष्टकर २००-माइल (३२० किलोमिटर)को इलिनोइको यात्रामा प्रस्थान गर्नका लागि मार्गहरूको निर्माण गर्न एक समिति गठन गरिएको थियो । क्विन्सीको सहरका दयालु बासिन्दाहरूले आश्रय र खाना प्रदान गरेर पीडित सन्तहरूका लागि अस्थायी आश्रय प्रदान गरे । हेर्नुहोस् Saints: The Story of the Church of Jesus Christ in the Latter Days, vol. 1, The Standard of Truth, 1815–1846 (2018), 375–77; William G. Hartley, “The Saints’ Forced Exodus from Missouri,” in Richard Neitzel Holzapfel and Kent P. Jackson, eds., Joseph Smith: The Prophet and Seer (2010), 347–89.

  4. ओरसन एफ. व्हिटनीमा, Life of Heber C. Kimball: An Apostle, the Father and Founder of the British Mission (1945), 449.

  5. ओरसन एफ. व्हिटनीमा, Life of Heber C. Kimball, 450–450.

  6. हेर्नुहोस् Moses 1:39; पनि हेर्नुहोस् “The Work of Salvation and Exaltation,” section 1.2 in General Handbook: Serving in The Church of Jesus Christ of Latter-day Saints, ChurchofJesusChrist.org. हामी ख्रीष्टमा आएर, आवश्यकतामा परेकाहरूको हेरचाह गरेर, सबैलाई सुसमाचार ग्रहण गर्न आमन्त्रित गरेर अनि अनन्तकालका लागि परिवारहरूलाई एकतावद्ध गरेर परमेश्वरको कार्यमा सहयोग गरेर येशू ख्रीष्टको सुसमाचार अनुरुप जिउँछौँ । यो पनि हेर्नुहोस् सिद्धान्त र करार ११०, जसले मुक्तिको कार्यका लागि दिइएका साँचाहरू स्थापित गर्दछ ।

  7. योपनि हेर्नुहोस् १ कोरिन्थी १५:४०–४१

  8. हेर्नुहोस् सिद्धान्त र करार ४५:२७

  9. हेर्नुहोस् सिद्धान्त र करार ४५:२९

  10. अल्मा, अगमवक्ता अल्माका छोरा थिए । उहाँ राष्ट्रको मुख्य न्यायकर्ता र प्रधान पुजारी अनि अगमवक्ता हुनुहुन्थ्यो। उनले जवान मानिसको रूपमा अद्भुत रूपान्तरणको अनुभव गरे ।

  11. अल्मा ३६:३

  12. जोसेफ फिल्डिङ स्मिथ, “The First Presidency and the Council of the Twelve,” Improvement Era, Nov. 1966, 979.

  13. हेर्नुहोस् यशैया ३८:७

  14. हेर्नुहोस् अल्मा ३९:९। अल्माले कोरियान्तोनलाई निर्देशन दिए, “आफ्नो आँखाको [वासना]को पछि नलाग्नु ।”

  15. सर्वदलीय संसदीय समूह, संसदीय अधिवेशन, मङ्गलबार, July 5, 2022, “Preventing Violence and Promoting Freedom of Belief.”

  16. परिवार: संसारका लागि एक घोषणा ,”ChurchofJesusChrist.org; see also Patrick Kearon, “He Is Risen with Healing in His Wings: We Can Be More Than Conquerors,” Liahona, May 2022, 37–39.

  17. हेर्नुहोस् रसल-एम. नेल्सन, “What Is True?,” Liahona, Nov. 2022, 29.

  18. हेर्नुहोस् २ पत्रुस १:५-१०

  19. हेर्नुहोस् अल्मा ३९:९

  20. रसल एम. नेल्सन , “We Can Do Better and Be Better,” Liahona, May 2019, 67, 68.

  21. हेर्नुहोस् अल्मा ३९:१५

  22. हेर्नुहोस् अल्मा ४२:१६

  23. हेर्नुहोस् २-नफी २५:२३

  24. रसल एम. नेल्सन, Facebook, Aug. 1, 2022, facebook.com/russell.m.nelson; Twitter, Aug. 1, 2022, twitter.com/nelsonrussellm; Instagram, Aug. 1, 2022, instagram.com/russellmnelson; see also “Choices for Eternity” (worldwide devotional for young adults, May 15, 2022), broadcasts.ChurchofJesusChrist.org.