साधारण सम्मेलन
ताकि तिनीहरूले हजुरलाई चिन्न सकून्
अक्टोवर २०२२ को साधारण सम्मेलन


ताकि तिनीहरूले हजुरलाई चिन्न सकून्

यूहन्ना १७:३

मेरो गहिरो चाहना यो छ कि उहाँका धेरै नामहरूद्वारा तपाईंले येशूलाई चिन्नुहुनेछ र उहाँका दैवी चरित्रहरूलाई आफ्नो जीवनमा उधृत गर्दा उहाँ जस्तै बन्नुहुनेछ ।

केही वर्ष पहिले, एरिजोनाको हाम्रो गृह वार्डमा प्रभूभोज सभाका क्रममा मैले जीवन परिवर्तन गर्ने अनुभव पाएँ । प्रभूभोजको प्रार्थनाले “[येशू ख्रीष्ट] को नाम [आफू स्वयम्मा] लिने” चाहनाको सङ्केत गरेजस्तै, पवित्र आत्माले मलाई येशूका धेरै नामहरू छन् भनेर सम्झाउनु भयो । त्यसपछि मेरो हृदयमा यो प्रश्न आयो: “यस हप्ता मैले येशूको नामहरू मध्ये कुन नाम लिनु पर्दछ?”

येशूका तीनवटा नामहरू मेरो मष्तिस्कमा आए र मैले तिनीहरूलाई लेखेँ । ती तीनवटा नामहरू मध्ये प्रत्येकमा ख्रीष्टका जस्तै चरित्रहरू थिए जुन म अझै पूर्ण रूपमा विकास गर्न चाहन्थें । त्यो हप्ताको लगत्तै, मैले ती तीनवटा नामहरूमा ध्यान केन्द्रित गरेँ र तिनीहरूका सम्बन्धित चरित्रहरू र विशेषताहरूलाई अँगाल्ने प्रयास गरेँ । त्यस समयदेखि, मैले मेरो व्यक्तिगत उपासनाको अंशका रूपमा यो प्रश्न सोधिरहेको छु: “यस हप्ता मैले येशूको कुन नाम लिनु पर्दछ?” त्यो प्रश्नको जवाफ पाउँदा र ख्रीष्टका जस्तै सम्बन्धित चरित्रहरू विकास गर्ने प्रयासले मेरो जीवनलाई आशीषित तुल्याएको छ ।

उहाँको महान् मध्यस्थता प्रार्थनामा, येशूले यो महत्त्वपूर्ण सत्यलाई व्यक्त गर्नुभयो: “अनि यो अनन्त जीवन हो, कि तिनीहरूले हजुरलाई चिनून् , एकमात्र सत्य परमेश्वर र येशू ख्रीष्ट, जसलाई हजुरले पठाउनुभएको छ ।” आज म तपाईंहरूलाई आशीषहरू र सामर्थ्य बाँढ्न चाहन्छु जुन उहाँका धेरै नामहरूद्वारा येशू ख्रीष्टलाई चिन्दा आउँछन् ।

हामीले कसैलाई चिन्ने एउटा सरल तरिका भनेको उसको नाम सिक्नु हो । यो भनिएको छ कि “एउटा व्यक्तिको नाम त्यो व्यक्तिका लागि कुनै पनि भाषामा सबैभन्दा मीठो र अति नै महत्त्वपूर्ण आवाज हो ।” के तपाईंले कहिल्यै कसैलाई गलत नामले पुकार्नुभएको वा उसको नाम बिर्सिनुभएको अनुभव गर्नुभएको छ? मेरी श्रीमती एलेक्सिस र मैले कहिलेकाहीँ हाम्रा छोराछोरीहरू मध्ये एकलाई “लोला” भनेर सम्बोधन गरेका छौँ । दुर्भाग्यवश, तपाईंले अनुमान गर्नुभएको जस्तै, लोला हाम्रो कुकुर हो ! राम्रा वा नराम्राका लागि, कसैको नाम बिर्सनुले सम्भवत: तपाईंले तिनीहरूलाई राम्रोसँग चिन्नुहुन्न भन्ने सन्देश ती व्यक्तिलाई दिन्छ ।

येशूले मानिसहरूलाई नामद्वारा चिन्नुभयो र बोलाउनुभयो । प्राचीन इस्राएललाई, परमप्रभुले भन्नुभयो, “नडराऊ: किनकि मैले तिमीलाई छुटकारा दिएको छु, मैले तिमीलाई तिम्रो नामले पुकारेको छु; तिमी मेरो हौ ।” इस्टरको बिहान, पूनरुत्थापित ख्रीष्ट प्रतिको मरियमको साक्षी दृढ भयो जब येशूले उनलाई नाम लिएर पुकारे । त्यसैगरी, परमेश्वरले जोसेफ स्मिथलाई उनको आस्थाको प्रार्थनाको जवाफमा नामले पुकार्नुभयो ।

कतिपय अवस्थाहरूमा, येशूले आफ्ना चेलाहरूलाई नयाँ नामहरू दिनुभयो जसले तिनीहरूको प्रकृति, क्षमता र सम्भाव्यतालाई सङ्केत गर्दछ । यहोवाले याकूबलाई इस्राएलको नयाँ नाम दिनुभयो, जसको अर्थ “त्यो एक जो परमेश्वरसँगै विजयी हुन्छ” वा “परमेश्वरलाई विजयी हुन दिन्छ ।” येशूले याकूब र यूहन्नालाई बोएनर्जेस नाम दिनुभयो, जसको अर्थ “मेघगर्जनका छोराहरू” हो । उनको भावी नेतृत्व क्षमता देखेर, येशूले सिमोनलाई केफास वा पत्रुसको नाम दिनुभयो, जसको अर्थ चट्टान हो ।

जसरी येशूले हामी प्रत्येकलाई नामले चिन्नुहुन्छ, त्यसरी नै हामीले येशूलाई राम्ररी चिन्न सक्ने एउटा तरिका भनेको उहाँका धेरै नामहरू सिक्नु हो । इस्राएल र पत्रुसका नामहरू जस्तै, येशूका धेरै नामहरू शीर्षकहरू हुन् जसले हामीलाई उहाँको अभियान, उद्देश्य, चरित्र र विशेषताहरू बुझ्न सहयोग गर्दछन् । जब हामीले येशूका धेरै नामहरू बारे जानकारी पाउछौँ, हामी उहाँको दैवी उद्देश्य र उहाँको नि:स्वार्थ चरित्रलाई अझै राम्ररी बुझ्नेछौँ । उहाँका धेरै नामहरू जान्नाले हामीलाई उहाँजस्तै बन्न—हाम्रो जीवनमा आनन्द र उद्देश्य ल्याउने ख्रीष्टका जस्तै चरित्रहरू विकास गर्न प्रेरित गर्छ ।

केही वर्ष पूर्व, अध्यक्ष रसल एम. नेल्सनले धर्मशास्त्र निर्देशिकामा उल्लेखित येशू ख्रीष्टका बारेका सबै धर्मशास्त्रहरू अध्ययन गर्नुभयो ।१० त्यसपछि तिनले यूवा वयश्कहरूलाई पनि त्यही धर्मशास्त्र अध्ययन गर्न आमन्त्रण गरे । येशूका धेरै नामहरूका बारेमा, अध्यक्ष नेल्सनले भन्नुभयो, “येशू ख्रीष्ट हुनुभएका सबै विषयहरू अध्ययन गर्नुहोस् प्रार्थनापूर्वक र दृढतापूर्वक उहाँका विभिन्न शीर्षक र नामहरूको अर्थ तपाईंका लागि व्यक्तिगत रूपमा के हो भनेर बुझ्नका लागि ।”११

अध्यक्ष नेल्सनको आमन्त्रण अनुशरण गर्दै, मैले येशूका धेरै नामहरूको आफ्नै सूची निर्माण गर्न सुरु गरेँ । मेरो व्यक्तिगत सूचीमा अहिले ३०० भन्दा बढी नामहरू छन्, र त्यहाँ मैले अझै पत्ता लगाउन बाँकी अति धेरै छन् भन्ने विषयमा म निश्चित छु ।

जबकि त्यहाँ येशूका केही नामहरू छन् जुन उहाँका लागि मात्र आरक्षित छन्,१२ हामी हरेकका लागि उपयोगी हुने पाँचवटा नाम र शीर्षकहरू म बाँढ्न चाहन्छु । म तपाईंलाई आफ्नो स्वयम्को सूची निर्माण गर्न आमन्त्रण गर्दछु जब तपाईंले येशूलाई उहाँका धेरै नामहरूद्वारा चिन्नुहुन्छ । यसो गर्दा, तपाईंले पत्ता लगाउनुहुनेछ कि—तिनीहरूको सम्सर्गमा ख्रीष्टका जस्तै चरित्रहरूका साथै त्यहाँ अन्य नामहरू छन्—जुन तपाईंले येशूको करारवद्ध अनुयायीका रूपमा आफूमा लिन चाहनुहुन्छ ।१३

पहिलो, येशू असल गोठालोहुनुहुन्छ ।१४ यसरी, येशूले आफ्ना भेडाहरूलाई चिन्नुहुन्छ,१५ “आफ्नो भेडालाई नामले बोलाउनुहुन्छ,”१६ र, परमेश्वरका थुमाका रूपमा, आफ्ना भेडाहरूका लागि आफ्नो जीवन दिनुभयो ।१७ त्यसरी नै, येशूले हामी, विशेष गरी हाम्रा परिवारहरूमा र सेवा गर्ने दाजुभाइ दिदीबहिनीका रूपमा असल गोठालो भएको चाहनुहुन्छ । येशूप्रतिको हाम्रो प्रेम देखाउने एउटा तरिका उहाँका भेडाहरूलाई खुवाउनु हो ।१८ ती भेडाहरू जो भड़किरहेका हुन सक्छन्, असल गोठालाहरू हराएका भेडाहरू खोज्न उजाडस्थानमा जान्छन्, त्यसपछि तिनीहरू सुरक्षित नफर्केसम्म तिनीहरूसँगै बस्छन् ।१९ असल गोठालोका हैसियतले, अनि स्थानीय परिस्थितिले अनुमति दिँदासम्म, हामीले मानिसहरूलाई तिनीहरूको घरमा नै सेवा गरेर धेरै समय बिताउने प्रयास गर्नुपर्दछ । हाम्रा सेवामा, सन्देश पठाउनु र प्रविधिको प्रयोग गर्नु भनेको सेवाको वृद्धि गर्नका लागि हुनुपर्दछ, व्यक्तिगत सम्पर्कलाई प्रतिस्थापन गर्न होइन ।२०

दोस्रो, आउने असल कुराका प्रधान पादरी येशू नै हुनुहुन्छ२१ उहाँको क्रूसमा टाँगिन केही घण्टा मात्रै बाँकी छ भनी जानकारी पाएर येशूले भन्नुभयो: “मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि ममा तिमीहरूलाई शान्ति होस् । संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ: तर खुशी बन; मैले संसारलाई जितेको छु ।”२२ आज, हाम्रो संसार बारम्बार ध्रुवीकृत र विभाजित भएको हुनाले, हामीले सकारात्मकता, आशावाद र आशाको प्रचार र अभ्यास गर्नुपर्ने महान् आवश्यकता छ । विगतमा भएका हाम्रा कुनै पनि चुनौतीहरूका बाबजुद पनि, आस्थाले सदैव आशाले भरिपूर्ण भविष्यतर्फ निर्देशित गर्दछ,२३ जसले हामीलाई खुशीका लागि येशूको आमन्त्रणलाई पूरा गर्न अनुमति दिन्छ ।२४ खुसीसाथ सुसमाचार जिउनाले हामीलाई आउँने असल चीजहरूको अनुयायी बन्नसहयोग गर्दछ ।

येशूको अर्को उपाधि यो हो कि उहाँ हिजो, आज र सदासर्वदा उस्तै हुनुहुन्छ२५ एकरूपता ख्रीष्टको जस्तै चरित्र हो । येशूले सदैव आफ्ना पिताका चाहना पूरा गर्नुभयो,२६ र हामीलाई बचाउन, सहयोग गर्न र चङ्गाइ दिन उहाँका बाहुहरू निरन्तर फैलाइएका छन् ।२७ जब हामी एकरूपतामा सुसमाचार अनुरूप जिउँछौं, हामी येशूजस्तै हुनेछौँ ।२८ यद्यपि संसारले यसको लोकप्रियताको सहारामा ठूला परिवर्तनहरू अनुभव गर्नेछ किनकि मानिसहरूलाई सिद्धान्तका हरेक हुरीसँगै यता-उता फ्याँकिनेछ,२९ सुसमाचारमा एकरूपता अनुरूपको जीवनले जीवनका आँधिबेहरीहरूमा स्थिर र अचल बन्न हामीलाई सहयोग गर्दछ ।३० “परमप्रभुका लागि समय निकाल्नुहोस्” भन्ने अध्यक्ष नेल्सनको आमन्त्रणलाई स्वीकार गरेर पनि हामी एकरूपता देखाउन सक्छौँ ।३१ ठूलो आध्यात्मिक शक्ति, साना र साधारण चीजहरू मार्फत् आउँदछ३२ जस्तै दैनिक प्रार्थना, पश्चात्ताप, धर्मशास्त्र अध्ययन, र अरूलाई सेवा गर्ने “पवित्र बानी र धार्मिक दिनचर्याको” विकास गरेर ।३३

चौथो, येशू इस्राएलका एक पवित्र हुनुहुन्छ३४ येशूको जीवन पवित्रताको नमुना थियो । हामीले येशूलाई अनुशरण गर्दा, हामी इस्राएलमा एक पवित्र बन्न सक्छौँ ।३५ हामी पवित्रतामा विकसित हुन्छौँ जब हामी नियमित रूपमा मन्दिरमा जान्छौँ, जहाँ प्रत्येक प्रवेशद्वारमाथि “परमेश्वरको पवित्रता” खोपिएको छ । हामीले हरेक पटक मन्दिरमा आराधना गर्दा, हामी हाम्रो घरलाई पवित्र स्थल बनाउनका लागि महान् शक्ति प्रदान गर्छौं ।३६ पवित्र मन्दिरमा प्रवेश गर्नका लागि जोसँग हाल अनुमति पत्र छैन, म तपाईंहरूलाई आफ्ना विशपसँग भेट्न र त्यस पवित्र स्थानमा प्रवेश गर्न वा फर्कन तयार हुन आमन्त्रण गर्दछु । मन्दिरमा बिताइने समयले हाम्रो जीवनमा पवित्रता बढाउँछ ।

येशूको एउटा अन्तिम नाम हो कि उहाँ आस्थावान् र सत्य हुनुहुन्छ३७ जसरी येशू सदैव आस्थावान् र सधैँ सत्य हुनुहुन्थ्यो, त्यसरी नै हामीले पनि हाम्रो जीवनमा यी विशेषताहरू प्रदर्शन गरौँ भन्ने उहाँको तीव्र चाहना छ । जब हाम्रो आस्था कमजोर हुन्छ, हामी येशूलाई पुकार्न सक्छौँ, “परमप्रभु, मलाई बचाउनुहोस्” जसरी गालीलको समुद्रको आँधीबेहरीमा डुब्न लाग्दा पत्रुसले गरेका थिए ।३८ त्यस दिन, येशू डुब्दै गरेको चेलालाई बचाउन तल पुग्नुभयो । उहाँले मेरा लागि त्यस्तै गर्नुभएको छ, र उहाँले तपाईंका लागि पनि त्यस्तै गर्नुहुनेछ । येशूलाई कहिल्यै नत्याग्नुहोस्—उहाँले तपाईंलाई कहिल्यै त्याग्नुहुनेछैन!

जब हामी आस्थावान् र सत्य हुन्छौँ, हामी “ममा रहो” भन्ने येशूको आह्वानलाई अनुशरण गर्दछौँ, जसको अर्थ “मसँग रहनू” पनि हुन सक्छ ।३९ जब हामी प्रश्नहरूको सामना गर्दछौँ, जब हामीलाई हाम्रो आस्थाका लागि खिल्ली उडाइन्छ, जब संसारका ठूला र विशाल भवनहरूमा भएकाहरूद्वारा हामीलाई जब घृणाका औँलाहरू हामीतिर औंल्याइन्छन्, हामी आस्थावान् रहन्छौँ र हामी सत्य रहन्छौँ । यी क्षणहरूमा, हामी येशूको बिन्ती सम्झन्छौँ, “हरेक विचारमा मलाई हेर; शंका नगर, नडराऊ ।”४० हामीले त्यसो गर्दा, उहाँले हामीलाई उहाँसँग रहन आवश्यक आस्था, आशा र शक्ति प्रदान गर्नुहुन्छ। ४१

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, येशू हामीले उहाँलाई चिनून् भन्ने चाहनुहुन्छ किनभने स्वर्गमुनि उहाँको एक मात्र नाम छ जसद्वारा हामीले मुक्ति पाउन सक्छौँ ।४२ येशू नै मार्ग, सत्य र जीवन हुनुहुन्छ — उहाँद्वारा बाहेक कोही पनि पिताकहाँ फर्कन सक्दैनन् ।४३ येशू एक मात्र मार्ग हुनुहुन्छ ! त्यसकारणले गर्दा, येशूले इशारा गर्नुहुन्छ, “मकहाँ आऊ,”४४ “मलाई अनुशरण गर,”४५ “मसँग हिँड,”४६ र “मेरा बारेमा जान ।”४७

मेरो सारा हृदयले, म येशू ख्रीष्टको गवाही दिन्छु—कि उहाँ जीवित हुनुहुन्छ, उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ, र उहाँले तपाईंलाई नामद्वारा चिन्नुहुन्छ । उहाँ परमेश्वरका पुत्र,४८ पिताका जन्माइएका एकमात्र हुनुहुन्छ ।४९ उहाँ हाम्रो चट्टान, हाम्रो किल्ला, हाम्रो ढाल, हाम्रो शरण र हाम्रो उद्धारकर्ता हुनुहुन्छ ।५० उहाँ अँध्यारोमा चम्कने ज्योति हुनुहुन्छ ।५१ उहाँ हाम्रा मुक्तिदाता५२ र हाम्रा उद्धारकर्ता हुनुहुन्छ५३। उहाँ पुनरुत्थान र जीवन हुनुहुन्छ ।५४ मेरो गहिरो चाहना यो छ कि तपाईंले येशूलाई उहाँका धेरै नामहरूद्वारा चिन्नुहुनेछ र तपाईंले आफ्नो जीवनमा उहाँका दैवी गुणहरूको उदाहरण दिँदा उहाँ जस्तै बन्नुहुनेछ । येशू ख्रीष्टको नाउँमा, आमीन ।

सूचीहरू:

  1. सिद्धान्त र करार २०:७७

  2. भजन संग्रह १७:३; जोड दिएर थपिएको । यस प्रार्थनाका सम्बन्धमा, अध्यक्ष डेभिड ओ. मकेले सिकाउनुभयो: “यो अध्याय सबैभन्दा महिमित प्रार्थनाहरू मध्येको एकबाट लिइएको हो - म मान्दछु सबैभन्दा ठूलो प्रार्थना—परमप्रभुको प्रार्थना बाहेक यस संसारमा अन्य चीज कहिल्यै उच्चारण गरिएको छैन । यो ख्रीष्टको प्रार्थना थियो जुन उहाँले आफुलाई विश्वासघात गरिएको रातमा गेत्सामनीको बगैँचामा प्रवेश गर्नुभन्दा ठीक अघि उच्चारण गर्नुभएको थियो । … मलाई बाइबलको कुनै महत्त्वपूर्ण अध्याय थाहा छैन” (कन्फ्रेन्स रिपोर्ट, अक्टोवर १९६७, ५) ।

  3. डेल कार्नेगी, How to Win Friends and Influence People, rev. ed. (1981), 83.

  4. यशैया ४३:१; जोड दिएर थपिएको ।

  5. हेर्नुहोस् यूहन्ना २०:१६

  6. हेर्नुहोस् जोसेफ स्मिथको—इतिहास १:१७

  7. बाइबल शब्दकोश , “Israel।”

  8. मर्कूस ३:१७

  9. हेर्नुहोस् लूका ६:१४; यूहन्ना १:४२

  10. हेर्नुहोस् रसेल एम. नेल्सन, “I Studied More Than 2,200 Scriptures about the Savior in Six Weeks: Here Is a Little of What I Learned,” Inspiration (blog), Feb. 28, 2017, ChurchofJesusChrist.org. यस अनुभवलाई अनुशारण गर्दै, अध्यक्ष नेल्सनले भन्नुभयो, “म फरक मान्छे हुँ!” (“Drawing the Power of Jesus Christ into Our Lives,” Liahona, May 2017, 39).

  11. रसेल एम. नेल्सन, “Prophets, Leadership, and Divine Law” (worldwide devotional for young adults, Jan. 8, 2017), broadcasts.ChurchofJesusChrist.org.

  12. उदाहरणका लागि, येशू मसीह, ख्रीष्ट, महान् यहोवा, मृत्युबाट उठेकाहरूमध्ये जेठा र परमेश्वरका एकमात्र पुत्र हुनुहुन्छ ।

  13. धर्मशास्त्रहरूका निर्देशिकामा येशूका बारेमा धर्मशास्त्रका पदहरू अध्ययन गर्न अध्यक्ष नेल्सनको निमन्त्रणाका अतिरिक्त, तपाईंले टपिकल गाइडमा, “ख्रीष्ट, नामहरू” अन्तर्गत बाइबलको शब्दकोशलाई सन्दर्भ गरेर येशूका धेरै नामहरू पनि अध्ययन गर्न सक्नुहुन्छ । तपाईंले एल्डर जेफ्रीआर. हल्याण्डको पुस्तक Witness for His Names (2019) and a devotional talk by Elder Ronald A. Rasband titled “Name above All Names” (Brigham Young University–Hawaii devotional, Oct. 20, 2020), speeches.byuh.edu.

  14. हेर्नुहोस् यूहन्ना १०:११

  15. हेर्नुहोस् यूहन्ना १०:१४

  16. यूहन्ना १०:३

  17. हेर्नुहोस् यूहन्ना १०:११-१५; १-नफी ११:३१–३३

  18. हेर्नुहोस् यूहन्ना २१:१५-१७|

  19. मलाई विशेष गरी जोसेफ स्मिथको लूका १५:४को अनुवाद मनपर्छ, जसमा यस्तो लेखिएको छ, “तिमीहरूमध्ये कुन मानिस, जसको सय भेडाहरू छन्, यदि उसले तीमध्ये एउटा गुमाए भने, उनान्सयलाई छोड्दैन र हराएको पछि उजाडस्थानमा जान्छ, जबसम्म उसले यसलाई फेला पार्दैन?” (मा लूका १५:४, फुटनोट , जोड दिएर थापिएको).

  20. एल्डर डेभिड ए बेडनारले अवलोकन गर्नुभए जस्तै: “सबैले [सेवाका लागि] एउटा विषय पर्याप्त छ भनी सोच्छन् । त्यहाँ विशेष समयहरू छन् जहाँ तपाईं घरमा हुनु आवश्यक छ, र तपाईंले मानिसहरूलाई आँखामा हेर्नु आवश्यक छ किनभने तपाईंले घरमा प्रभाव र प्रेरणा प्राप्त गर्न जाँदै हुनुहुन्छ जुन तपाईंले अरू कुनै पनि तरिकाबाट प्राप्त गर्नुहुनेछैन” (“An Evening with Elder David A. Bednar” [broadcast for religious educators], फेब्रूवरी ७, २०२०) ।

  21. हेर्नुहोस् हिब्रु ९:११

  22. यूहन्ना १६:३३

  23. जेफ्री आर. हल्याण्ड, “‘Remember Lot’s Wife’: Faith Is for the Future” (Brigham Young University devotional, Jan. 13, 2009), 2, speeches.byu.edu. “आस्थाले जहिले पनि भविष्यतर्फ सङ्केत गर्दछ । आस्था सदासर्वदा आशीर्वाद र सत्य अनि घटनाहरूसँग सम्बन्धित छ जुन हाम्रो जीवनमा अझै प्रभावकारी हुनेछ ।”

  24. हेर्नुहोस् मत्ती ९:२; मर्कूस ६:५०; यूहन्ना १६:३३; ३-नफी १:१३; सिद्धान्त र करार ६१:३६

  25. हेर्नुहोस् हिब्रू १३:८; बाइबल शब्दकोश पनि हेर्नुहोस्, “ख्रीष्टका, नामहरू।”

  26. हेर्नुहोस् यूहन्ना ८:२९

  27. हेर्नुहोस् अल्मा ५:३३; अल्मा १९:३६; ३-नफी ९:१४

  28. हेर्नुहोस् उदाहरणका लागि, डेभिड ए. बेडनार, More Diligent and Concerned at Home,” Liahona, Nov. 2009, 20: “Consistency is a key principle as we lay the foundation of a great work in our individual lives. … हामी अझै बढी सुसङ्गत हुनु र बन्नु आवश्यक छ ।”

  29. हेर्नुहोस् एफिसी ४:१४

  30. हेर्नुहोस् मोसीयाह ५:१५

  31. रसल एम. नेल्सन, “Make Time for the Lord,” लियाहोना, नोभेम्वर २०२१, १२० ।

  32. हेर्नुहोस् अल्मा ३७:६

  33. यो अध्यक्ष डालिन एच. ओक्सले आफ्नो सेवामा धेरै पटक दोहोर्याएको एक वाक्यांश हो । हेर्नुहोस् उदाहरणका लागि, “YSA Face to Face with Elder Oaks and Elder Ballard” (broadcast for young single adults, Nov. 19, 2017), ChurchofJesusChrist.org.

  34. हेर्नुहोस् २ नफी ९:१८-१९, ४१

  35. यूवा वयश्कहरूका लागि भर्खरै विश्वव्यापी भक्ति सम्मेलनमा, दिदी विन्डी नेल्सनले एउटा प्रश्न प्रस्तुत गर्नुभयो कि केले जीवन परिवर्तन गर्न, आत्मविश्वास बढाउन, चिन्ता घटाउन, उत्प्रेरित गर्न, कृतज्ञता बढाउन, तनाव कम गर्न, प्रलोभनको प्रतिरोध गर्न, अनि आनन्द, सान्त्वना, प्रेम र शान्ति ल्याउन सहयोग गर्न सक्छ । त्यो प्रश्न थियो “पवित्र यूवा वयश्कले के गर्छन्?” त्यसपछि तिनले लगातार तीन दिनसम्म हरेक दिन एक मात्र अवस्थामा यो प्रश्नको प्रयोगलाई प्रोत्साहित गरिन् । हेर्नुहोस् for three successive days.See “One Question That Can Change Your Life” (worldwide devotional for young adults, May 15, 2022), broadcasts.ChurchofJesusChrist.org.

  36. हेर्नुहोस् सिद्धान्त र करार १०९:१२-१३, २२

  37. हेर्नुहोस् प्रकाश १९:११

  38. मत्ती १४:३०.

  39. यूहन्ना १५:४दृढ रहनू का लागि ग्रीक शब्द μείνατε (मिनेट वा मेनो) हो, जसको अर्थ रहनु वा रहिरहनु हो ।

  40. सिद्धान्त र करार ६:३६

  41. एल्डर जेफ्रीआर. हल्यान्डले एक पटक उल्लेख गर्नुभयो कि, स्पेनिशमा, अङ्ग्रेजी वाक्यांश “ममा दृढ रहिरहनू” लाई “परमानेस्ड एन माइ” का रूपमा अनुवाद गरिएको छ । उहाँले निरन्तरता दिनुभयो: “यसको अर्थ ‘रहनू’ हो—तर सदाका लागि… रहनू हो । तपाईं र तपाईंलाई अनुशरण गर्ने सबै पुस्ताहरूका लागि चीरस्थायी रूपमा आउनुहोस् अनि हामी अन्त्यसम्म मजबुत बन्नका लागि एकअर्कालाई सहयोग गर्नेछौँ” (“Abide in Me,” लियाहोना, मे २००४, ३२) ।

  42. हेर्नुहोस् २-नफी ३१:२१

  43. हेर्नुहोस् यूहन्ना १४:६

  44. मत्ती ११:२८; ३-नफी ९:१४, २२

  45. मत्ती १६:२४; लूका १८:२२; यूहन्ना २१:१९; पनि हेर्नुहोस् २-नफी ३१:१०

  46. प्रकाश ३:४; मोसेस ६:३४

  47. मत्ती ११:२९; सिद्धान्त र करार १९:२३

  48. हेर्नुहोस् ३-नफी ९:१५

  49. हेर्नुहोस् यूहन्ना १:१४; अल्मा ५:४८

  50. हेर्नुहोस् २ शमूएल २२:२-३

  51. हेर्नुहोस् सिद्धान्त र करार ६:२१

  52. हेर्नुहोस् लूका २:११

  53. हेर्नुहोस् सिद्धान्त र करार १८:११-१३

  54. हेर्नुहोस् यूहन्ना ११:२५