साधारण सम्मेलन
तपाईंको गवाहीलाई पोषित गर्ने र व्यक्त गर्ने
अक्टोवर २०२२ को साधारण सम्मेलन


तपाईंको गवाहीलाई पोषित गर्ने र व्यक्त गर्ने

म तपाईंहरूलाई वचन र कर्ममा तपाईंहरूको गवाही दिने अवसरहरू खोज्न आमन्त्रण गर्दछु ।

परिचय

जीवनमा परिभाषित क्षणहरू प्रायः अप्रत्याशित रूपमा आउँछन्, तपाईं सानै छँदापनि आउन सक्छ । एक माध्यमिक विद्यालयका छात्र केभिनको कथा मलाई भन्न दिनुहोस् जसलाई विद्यार्थी नेताको कार्यक्रममा भाग लिन राज्य बाहिर यात्रा गर्न छनोट गरिएको थियो, उसले आफ्नै शब्दमा भने ।

“लाइनमा मेरो पालो आयो, र आधिकारिक देखिने दर्ता क्लर्कले मेरो नाम सोधे । उनले आफ्नो सूची हेरिन् र भनिन्, ‘त्यसोभए तपाईं यूटाका जवान हुनुहुन्छ ।’

“’तपाईंको आशय म मात्र एक हुँ?’ मैले सोधेँ ।

“’हो, एक मात्र ।’ उनले मलाई मेरो नामको तल “यूटा” छापिएको मेरो नामको ट्याग दिईन् । मैले यसलाई झुन्ड्याउँदा, मलाई ब्रान्ड गरिएको जस्तो महसुस भयो ।

“म मेरा जस्तै नाम चिन्हहरू लगाएका माध्यमिक विद्यालयका अन्य पाँच विद्यार्थीहरूसँगै होटलको लिफ्टको भीडमा छिरेँ । ‘ए, तपाईं यूटाबाट हुनुहुन्छ । के तिमी मोर्मोन हौ ?’ एक विद्यार्थीले सोधे ।

“देशभरिबाट आएका यी सबै विद्यार्थी नेताहरूसँग मैले आफु टाढा भएको महसुस गरेँ । ‘हो,’ मैले हिचकिचाहटमा स्वीकार गरेँ ।

जसले भने “’तिमीहरू उनले स्वर्गदूतहरू देखे भनेर बताउने जोसेफ स्मिथमा विश्वास गर्ने मानिसहरू हौ । तिमीलाई वास्तवमा नै विश्वास लाग्दैन, लाग्छ त ?’

“के बोल्ने भनेर मलाई थाहा थिएन । लिफ्टमा बसेका विद्यार्थीहरू सबैले मलाई एकोहोरो हेरिरहेका थिए । म भर्खरै आइपुगेको थिएँ, र म फरक छु भनेर सबैले सोचेका थिए । म थोरै रक्षात्मक भएँ तर त्यसपछि भने, ‘मलाई थाहा छ कि जोसेफ स्मिथ परमेश्वरका अगमवक्ता थिए ।’

“‘यो कहाँबाट आयो?’ म आश्चर्यचकित भएँ । यो ममा थियो भनेर मलाई थाहा थिएन । तर शब्दहरू सान्दर्भिक लाग्यो ।

उनले भने “‘हो, मलाई भनिएको थियो कि तिमीहरू सबै धार्मिक पागल हौ’ ।

“त्यससँगै, लिफ्टको ढोका खोल्दा त्यहाँ एक असहज शान्तपना सिर्जना भयो । हामीले आफ्ना सामान जम्मा पार्दा उनी हाँस्दै हलबाट ओर्लिए ।

“त्यसपछि, मेरो पछाडिको एउटा आवाजले सोध्यो, ‘ए, मोर्मोनहरूसँग अर्को प्रकारको बाइबल छ होइन?’

“धत्तेरिका । पून: होइन । म लिफ्टमा मसँगै आएका अर्का विद्यार्थी क्रिस्टोफरलाई हेर्नका लागि फर्किएँ ।”

“‘यसलाई मोर्मोनको पुस्तक भनिन्छ,’ मैले भनेँ, विषयलाई टुङ्ग्याउन खोज्दै । मैले मेरो झोला उठाएँ र हलको तल तिर लागेँ ।

“‘के त्यो जोसेफ स्मिथले अनुवाद गरेको पुस्तक हो?’ उनले सोधे ।

“‘हो, यो हो,’ मैले जवाफ दिएँ । म अप्ठ्यारोबाट बच्ने आशामा हिँडिरहेँ ।

“‘ठीक छ, के तिमीलाई थाहा छ मैले कसरी त्यसलाई प्राप्त गर्न सक्छु?’

“मैले सेमिनरीमा सिकेको एउटा धर्मशास्त्र अचानक याद आयो । ‘म येशू ख्रीष्टको सुसमाचारसँग लज्जित छैन ।’ यो मेरो मष्तिष्कमा प्रवेश गर्दा, मलाई लज्जाबोध भयो कि म धेरै लज्जास्पद बनेको छु ।

“त्यो धर्मशास्त्रले त्यो हप्ताभरी मलाई छोडेन । मैले चर्चका बारेमा सकेसम्म धेरै प्रश्नहरूको जवाफ दिएँ, र मैले धेरै साथीहरू बनाएँ ।

“म आफ्नो धर्ममा गर्व गर्छु भनेर मैले पत्ता लगाएँ ।

“मैले क्रिस्टोफरलाई मोर्मोनको पुस्तक दिएँ । सुसमाचार प्रचारकहरूलाई आफ्नो घरमा आमन्त्रण गरेका थिए भनेर उनले पछि मलाई लेखे ।

“मैले आफ्नो गवाही बाँढ्दा लज्जित नबन्न सिकेँ ।

म क्याभिनको गवाही बाँढ्ने साहसबाट प्रेरित भएको छु । यो संसारभरिका चर्चका आस्थावान सदस्यहरूद्वारा हरेक दिन दोहोर्याउने साहस हो । मैले मेरा विचारहरू बाँढ्दा, म तपाईंलाई यी चार प्रश्नहरू मनन गर्न आमन्त्रण गर्दछु:

  1. गवाही के हो भनेर के म जान्दछु र बुझ्दछु ?

  2. मेरो गवाही कसरी व्यक्त गर्ने भनेर के मलाई जानकारी छ ?

  3. मेरो गवाही बाँढ्नका लागि व्यवधानहरू के छन्?

  4. म मेरो गवाहीलाई कसरी आत्मसात गर्न सक्छु?

गवाही के हो भनेर के म जान्दछु र बुझ्दछु ?

तपाईंको गवाही प्रायः गहिरो आध्यात्मिक भावनाहरूसँग सम्बन्धित सबैभन्दा बहुमूल्य सम्पत्ति हो । सामान्यतया यी विचारहरूलाई मौनतामा सञ्चार गरिन्छ र एक “स्थिर, सुष्म वाणीका” रूपमा वर्णन गरिन्छ । पवित्र आत्माको प्रभाव मार्फत आध्यात्मिक गवाहीका रूपमा दिइएको, यो तपाईंको विश्वास वा सत्यको ज्ञान हो । यो गवाही प्राप्त गर्नाले तपाईंले के भन्नुहुन्छ र कसरी व्यवहार गर्नुहुन्छ भन्ने विषय परिवर्तन हुनेछ । तपाईंको गवाहीका मुख्य तत्वहरू, पवित्र आत्माद्वारा प्रमाणित गरिएका छन्, जसमा समावेश छन्:

  • परमेश्वर तपाईंका स्वर्गका पिता हुनुहुन्छ; तपाईं उहाँको सन्तति हुनुहुन्छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ ।

  • येशू ख्रीष्ट जीवित हुनुहुन्छ । उहाँ जीवित परमेश्वरका पुत्र अनि तपाईंका मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ ।

  • जोसेफ स्मिथ येशू ख्रीष्टको चर्च पुनर्स्थापना गर्न बोलावट गरिएका परमेश्वरका अगमवक्ता हुन् ।

  • पछिल्ला दिनका सन्तहरूका येशू ख्रीष्टको चर्च पृथ्वीमा परमेश्वरको पुनर्स्थापित चर्च हो ।

  • येशू ख्रीष्टको पुनर्स्थापित चर्चलाई आज जीवित अगमवक्ताद्वारा अगुवाइ गरिएको छ ।

मेरो गवाही कसरी व्यक्त गर्ने भनेर के मलाई जानकारी छ ?

जब तपाईं अरूहरूसँग आध्यात्मिक विचारहरू बाँढ्नुहुन्छ तपाईंले आफ्नो गवाही दिनुहुन्छ । चर्चको सदस्यका रूपमा, तपाईंसँग औपचारिक चर्च सभाहरूमा वा कम औपचारिक सभाहरूमा, परिवार, साथीहरू, र अरूहरूसँग एक-एक वार्तालापहरूमा मौखिक गवाही व्यक्त गर्ने अवसरहरू छन् ।

तपाईंले आफ्नो गवाही व्यक्त गर्ने अर्को तरिका धार्मिक व्यवहार हो । येशू ख्रीष्टमा तपाईंको गवाही भनेको तपाईंले बोल्नुहुन्छ भन्नेमात्र होइनन्—यो तपाईं को हुनुहुन्छ भन्ने पनि हो ।

प्रत्येक पटक तपाईंले मुखबाट गवाही दिनुहुँदा वा येशू ख्रीष्टलाई अनुशरण गर्ने तपाईंको प्रतिवद्धतालाई आफ्ना कार्यहरूद्वारा प्रदर्शन गर्नुहुँदा, तपाईंले अरूलाई “ख्रीष्टमा आउन” आमन्त्रण गर्नुहुन्छ ।

चर्चका सदस्यहरू सबै समयमा, सबै विषयमा र सबै स्थानमा परमेश्वरका साक्षीका रूपमा खडा हुन्छन् । हाम्रा आफ्नै प्रेरणादायक सामग्रीहरूको प्रयोग गरेर वा अरूले तयार पारेका प्रेरणादायी सामग्री बाँढेर यस डिजिटल संसारमा यसो गर्ने अवसरहरू अनन्त छन् । जब हामीले प्रेम गर्छौं, बाँढ्छौँ, र अनलाइन आमन्त्रण गर्दछौँ । येशू ख्रीष्टको सुसमाचारले तपाईंको जीवनलाई कसरी आकार दिन्छ भनेर देखाउनका लागि जब तपाईं सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ, तपाईंका ट्वीटहरू, प्रत्यक्ष सन्देशहरू, र पोष्टहरूले उच्च, पवित्र उद्देश्य लिन्छन् ।

मेरो गवाही बाँढ्ने क्रममा के-के व्यवधानहरू हुन्छन्?

तपाईंहरूको गवाही बाँढ्ने क्रममा व्यवधानहरू के हुन्छन् भन्ने बारे अनिश्चितता समावेश हुन सक्छ । एक प्रारम्भिक प्रेरित, म्याथ्यू काउलीले, उनी १७ वर्षको उमेरमा न्यूजील्याण्डमा पाँच वर्षको सुसमाचारमा प्रस्थान गर्दाको यो अनुभव बाँढे:

“मैले घर छोडेको दिन मेरा बुबाले दिनुभएको प्रार्थना म कहिल्यै बिर्सने छैन । मेरो जीवनमा मैले यो भन्दा सुन्दर आशीष कहिल्यै सुनेको छैन । त्यसपछि रेलवे स्टेशनमा मलाई उहाँका अन्तिम शब्दहरू, ‘मेरो बालक, तिमी त्यो सुसमाचार प्रचार क्षेत्रमा जानेछौ; जहाँ तिमीले अध्ययन गर्नेछौ; तिमीले आफ्नो प्रवचन तयार गर्ने प्रयास गर्नेछौ; अनि कहिलेकाहीँ जब तिमीलाई बोलाइन्छ, तिमीले सोच्ने छौ कि तिमी आश्चर्यजनक रूपमा तयार छौ, तर जब तिमी खडा हुन्छौ, तिम्रो मष्तिष्क पूर्ण रूपमा खाली हुनेछ ।’ मैले एक पटक भन्दा बढी त्यो अनुभव गरेको छु ।

“मैले भनेँ, ‘तपाईंको मष्तिष्क खाली हुँदा तपाईं के गर्नुहुन्छ?’

“उहाँले भन्नुभयो, ‘तिमी त्यहाँ उभिएर आफ्नो आत्माको सम्पूर्ण उत्साहका साथ, जोसेफ स्मिथ जीवित परमेश्वरका अगमवक्ता थिए भन्ने गवाही दिनुहुन्छ, अनि विचारहरू तपाईंको मष्तिष्कमा र तपाईंको मुखमा शब्दहरू ओइरनेछन् … सुन्नेहरू सबैका हृदयमा ।’ अनि यसैले मेरो … सुसमाचार प्रचार … , को समयमा मेरो मष्तिष्क, प्रायः खाली भएकाले मलाई मालिकको क्रुसारोहण देखिको संसारको इतिहासको सबैभन्दा ठूलो घटनाको गवाही दिने मौका दियो । साथीहरू र बालिकाहरू, कहिलेकाहीँ यसलाई प्रयास गर्नुहोस् । यदि तपाईंसँग व्यक्त गर्नका लागि अरू केही छैन भने, गवाही दिनुहोस् कि जोसेफ स्मिथ परमेश्वरका अगमवक्ता थिए, अनि त्यसपछि चर्चको सम्पूर्ण इतिहास तपाईंको मष्तिष्कमा बाढी झैँ आउनेछ ।”

त्यसैगरी, अध्यक्ष डालिन एच ओक्सले बताउनुभयो, “केही गवाहीहरू घुँडा टेकेर गरिने प्रार्थनाबाट भन्दा तिनीहरूलाई वहन गर्ने पाउबाट राम्ररी प्राप्त गरिन्छन् ।” आत्माले वक्ता र श्रोतालाई समान रूपमा गवाही व्यक्त गर्दछ ।

क्याभिनको कथाले जोड दिएजस्तै, अर्को व्यवधान, भय हो । जसरी पावलले तिमोथीलाई लेखे:

“परमेश्वरले हामीलाई भयको आत्मा दिनुभएको छैन; तर शक्ति, र प्रेमको आत्मा दिनुभएको छ । …

“यसकारण हाम्रा परमप्रभुको गवाहीमा तिमी लज्जित नबन।”

भयका विचारहरू परमप्रभुबाट आउँदैनन् तर प्रयश: विरोधीबाट आउँछन् । क्याभिनले गरेजस्तै आस्थाले तपाईंलाई यी भावनाहरूमाथि विजय प्राप्त गर्न र तपाईंको हृदयमा भएका कुराहरू स्वतन्त्र रूपमा बाँढ्न अनुमति दिनेछ ।

मैले मेरो गवाहीलाई कसरी आत्मसात गर्न सक्छु?

म विश्वास गर्दछु कि गवाही जन्मजात रुपमा हामी भित्र नै छ, तर पनि, यसलाई आत्मसात गर्न र यसलाई अझै पूर्ण रूपमा विकास गर्न, अल्माले सिकायो कि हामीले हाम्रो गवाहीलाई धेरै सावधानीपूर्वक पोषित गर्नुपर्दछ । हामीले त्यसो गर्दा, “यसले जरा पाउँछ, बढ्छ र फल फलाउँछ ।”१० यस बिना “यो ओइलाएर जानेछ ।”११

प्रथम अध्यक्षताका प्रत्येक प्रिय सदस्यले गवाही कसरी व्यक्त गर्ने भनेर हामीलाई दिशानिर्देश प्रदान गर्नुभएको छ ।

अध्यक्ष हेनरी बी. आइरिङले हामीलाई प्रेमपूर्वक सिकाउनुभयो कि “तपाईंको गवाही निरन्तर रुपमा बढ्न र समृद्धि बन्नका लागि परमेश्वरका वचनमा भोज गर्नु, हृदयदेखि प्रार्थना गर्नु, अनि परमप्रभुका आज्ञाहरूको पालना समान रूपमा र निरन्तर रूपमा गरिनु आवश्यक छ ।”१२

अध्यक्ष डालिन एच. ओक्सले हामीलाई सम्झाउनुभयो कि हाम्रो गवाही कायम राख्नका लागि, “उहाँको आत्मा सदैव [हामीसँग] रहनेछ भन्ने बहुमूल्य प्रतिज्ञाका लागि योग्य बन्न (हेर्नुहोस् सि&क ५९:९) हामीले हरेक हप्ता प्रभुभोजमा सहभागी हुनुपर्छ । (सि&क २०:७७).”१३

अनि अध्यक्ष रसल एम. नेल्सनले हालै विनित सल्लाह दिनुभयो:

“सत्यतामा [आफ्नो गवाही]लाई पोषित गर्नुहोस्…

“ … पूरातन र आधुनिक अगमवक्ताहरूका वचनमा आफैलाई पोषित गर्नुहोस् । उहाँलाई कसरी अझै राम्ररी सुन्न सकिन्छ भनेर सिकाउन परमप्रभुलाई आग्रह गर्नुहोस् । मन्दिर र पारिवारिक इतिहासको कार्यमा बढी समय बिताउनुहोस् ।

“… तपाईंको गवाहीलाई आफ्नो सर्वोच्च प्राथमिकता बनाउनुहोस् ।”१४

निष्कर्ष

मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरू, म प्रतिज्ञा गर्दछु कि तपाईंले गवाही के हो भन्ने कुरालाई अझै राम्ररी बुझ्नुहुन्छ, र तपाईंले यसलाई बाँढ्नु हुँदा तपाईंले अनिश्चितता र डरका अवरोधहरू पार गर्नुहुनेछ, तपाईंलाई यो सबैभन्दा बहुमूल्य सम्पत्ति, तपाईंको गवाहीलाई पोषित गर्न र आत्मसात गर्न सक्षम बनाउनुहुनेछ ।

हामीसँग पुरातन र आधुनिक समयका अगमवक्ताहरूका अनगिन्ती उदाहरणहरू छन् जसले साहसपूर्वक आफ्ना गवाहीहरू दिएका छन् ।

ख्रीष्टको मृत्यु पछि, पत्रुस उभिए र गवाही दिए:

“तिमीहरू सबैलाई जानकारी होस् … कि नासरतका येशू ख्रीष्टको नाउँद्वारा, जसलाई तिमीहरूले क्रुसमा टाँग्यौ, जसलाई परमेश्वरले मृतकहरूबाट जीवित पार्नुभयो, … उही मानिस यहाँ तिमीहरूका सामु उभिनुभएको छ । …

“किनभने स्वर्गमुनि मानिसहरूमा अन्य कुनै नाम दिइएका छैनन्, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ ।”१५

आमुलेकले, आस्थामा अल्माको उपदेश अनुशरण गर्दै, दृढ रूपमा यसो भने: “म आफैंले तिमीहरूलाई यी कुराहरू सत्य हुन् भनेर गवाही दिनेछु । हेर, म तिमीहरूसामु भन्दछु, कि मलाई थाहा छ कि ख्रीष्ट मानिसका सन्ततिहरूका बीचमा आउनुहुनेछ, … र उहाँले संसारका पापहरूका लागि प्रायश्चित गर्नुहुनेछ; किनभने परमप्रभु परमेश्वरले यसो भन्नुभएको छ ।”१६

जोसेफ स्मिथ र सिड्नी रिग्डनले, पूनरुत्थापित हुनुभएका मुक्तिदाताको महिमित दर्शन देखेर, गवाही दिए:

“अनि अब, उहाँका बारेमा दिइएका धेरै गवाहीहरू पछि, यो सबै भन्दा अन्तिम, गवाही हो, जुन हामी उहाँको बारेमा दिन्छौँ: कि उहाँ जीवित हुनुहुन्छ!

“किनभने हामीले उहाँलाई परमेश्वरको दाहिने हात तर्फ देख्यौँ । अनि हामीले उहाँ पिताका जन्माइएका एकमात्र हुनुभएको अभिलेख व्यक्त गर्ने वाणी सुन्यौँ ।”१७

दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईंहरूलाई वचन र व्यवहारमा गवाही दिने अवसरहरू खोज्न आमन्त्रण गर्दछु । हालसालै मलाई दक्षिण अमेरिकाको एक राजधानी सहरका नगरप्रमुखसँग उहाँको कक्षमा उहाँका मन्त्रीमण्डलका अधिकारीहरूसँगको भेटघाटको अन्त्यमा मलाई यस्तो मौका मिल्यो । जब हामीले धेरै सौहार्दपूर्ण भावनाका साथ निष्कर्ष निकाल्यौँ, मैले हिचकिचाउदै विचार गरेँ कि मैले मेरो गवाही साझा गर्नुपर्छ । प्रोत्साहनलाई अनुशरण गर्दा, मैले त्यो साक्षी प्रस्ताव गरेँ कि येशू ख्रीष्ट जीवित परमेश्वरका पुत्र र संसारका मुक्तिदाता हुनुहुन्छ । त्यो क्षणमा सबै परिवर्तन भयो । कोठामा आत्मा निर्विवाद रूपमा अपरित्यक्त थियो । कोठामा रहेका सबै जनालाई स्पर्श गरेको जस्तो देखिन्थ्यो । “सान्त्वना दाताले … पिता र पुत्रको अभिलेख वहन गर्दछ ।”१८ म धेरै आभारी छु कि मैले मेरो गवाही वहन गर्ने साहसलाई पुकारेँ ।

जब यस्तो क्षण आउँछ, यसलाई ग्रहण गर्नुहोस् र आत्मसात गर्नुहोस् । तपाईंले यसो गर्दा आफु भित्र सान्त्वनाको न्यानोपन महसुस गर्नुहुनेछ ।

म तपाईंहरूलाई मेरो गवाही र साक्षी प्रदान गर्दछु, परमेश्वर स्वर्गका हाम्रा पिता हुनुहुन्छ, येशू ख्रीष्ट जीवित हुनुहुन्छ र पछिल्ला दिनका सन्तहरूका येशू ख्रीष्टको चर्च आज हाम्रा प्रिय अगमवक्ता, अध्यक्ष रसल एम. नेल्सनद्वारा नेतृत्व गरिएको पृथ्वीमा परमेश्वरको चर्च हो । येशू ख्रीष्टको नाऊँमा, आमीन ।