साधारण सम्मेलन
बोलाउनुहोस्, पतन नहुनुहोस्
अप्रिल २०२४ को साधारण सम्मेलन


बोलाउनुहोस्, पतन नहुनुहोस्

यदि हामीले परमेश्वरलाई पुकार्यौँ भने, म गवाही दिन्छु कि हामी पतन हुने छैनौँ ।

आज म मेरो हृदयको पूर्ण निश्चितताको गवाही दिएर सुरू गर्न चाहन्छु कि परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र व्यक्तिगत रूपमा उत्तर दिनुहुन्छ ।

अनिश्चितता, पीडा, निराशा र गहन शोकबाट गुज्रिरहेको संसारमा, हामी व्यक्तिगत क्षमता र प्राथमिकताहरू, साथै संसारबाट आउने ज्ञान र सुरक्षामा बढी भरोसा गर्न इच्छुक हुन सक्छौँ । यसले हामीलाई यस मरणशील जीवनका चुनौतीहरूको सामना गर्न सक्ने सहयोग र समर्थनको वास्तविक स्रोतलाई पृष्ठभूमिमा राख्न सक्छ।

छवि
अस्पतालको कोठा ।

एउटा प्रसङ्ग सम्झन्छु जब म बिरामी भएर अस्पतालमा भर्ना भएँ अनि मलाई निदाउन गाह्रो भएको थियो । जब मैले बत्तीहरू निभाएँ अनि कोठा अँध्यारो भयो, मेरो छतमा एउटा प्रतिबिम्बित चिन्ह देखेँ जसमा भनिएको थियो, “बोलाउनुहोस्, पतन नहुनुहोस्।” मलाई आश्चर्य लाग्यो, भोलिपल्ट मैले कोठाको धेरै भागहरूमा एउटै सन्देश दोहोरिएको देखेँ।

छवि
बोलावट गर्नुहोस्, पतनको सङ्केत नदिनुहोस्

त्यो सन्देश किन यति महत्त्वपूर्ण थियो? जब मैले नर्सलाई यसका सम्बन्धमा सोधेँ, उनले भनिन्, “यो चोट रोक्नका लागि हो जसले तपाईंलाई पहिले देखि नै पीडा बढाउन सक्छ।”

यसको प्रकृतिले, यो जीवनले केही हाम्रो भौतिक शरीरमा निहित, केही हाम्रो कमजोरी वा पीडाको कारणले, के केही अरूहरूले आफ्नो छनोट प्रयोग गर्ने तरिकाले र केही हाम्रो एजेन्सीको प्रयोगका कारणले पीडादायी अनुभवहरू ल्याउँछ।

मुक्तिदातास्वयम् ले घोषणा गर्दा, “माग, तिमीलाई दिइने छ। खोज र तिमीहरूले भेट्टाउने छौ। ढक्ढकाओ,” वा बोलाओ, “र यो तिमीहरूका लागि उघारिने छ”?

प्रार्थना हाम्रा स्वर्गका पितासँग सञ्चार गर्ने माध्यम हो जसले हामीलाई “पुकार गर्न र पतन नहुन” अनुमति दिन्छ । यद्यपि, त्यहाँ परिस्थितिहरू छन् जसमा हामीले सोच्न सक्छौँ कि पुकार सुनिएको छैन किनभने हामीले तत्काल प्रतिक्रिया वा हाम्रो अपेक्षाअनुसार प्राप्त गर्दैनौँ ।

यसले यदाकदा चिन्ता, उदासिनता वा निराशा निम्त्याउँछ । परन्तु परमप्रभुमा नफीको आस्थाको अभिव्यक्तिलाई सम्झनुहोस् जब उनले भने, “मैले जहाज बनाउनु पर्छ भने उहाँले मलाई निर्देशन दिन सक्नुहुन्न भन्ने कसरी हुन्छ?” अब, म तिमीहरूलाई सोध्छु, तिमीहरूको पतन हुँदैन भनेर परमप्रभुले तिमीहरूलाई कसरी निर्देशन दिन सक्नुहुन्न?

परमेश्वरका उत्तरहरूमा भरोसा गर्नु भनेको उहाँका मार्गहरू हाम्रा मार्ग होइनन् र “सबै विषयहरू तिनीहरूको समयमा हुनै पर्छ भनेर स्वीकार गर्नु हो ।”

हामी प्रिय र दयालु स्वर्गका पिताका सन्तति हौँ भनेर जान्नका लागि सुनिश्चित रूपमा बेहोस नहुने]“ मनोवृत्तिका साथ “सदैव प्रार्थना[गर्ने], भक्तिपूर्ण प्रार्थनामा “पुकार्ने” प्रेरणा हुनु पर्छ… ताकि [हाम्रो] प्रदर्शन [हाम्रा] आत्मा [हरू] को कल्याणका लागि हुने छ; । “ प्रत्येक प्रार्थनामा हामीले उहाँका पुत्र, येशू ख्रीष्टको नाममा बिन्ती गर्दा स्वर्गका पिताको भावनाको कल्पना गर्नुहोस् । मलाई विश्वास छ, हामीले त्यसो गर्दा कस्तो शक्ति र कोमलता प्रदर्शित हुन्छ!

धर्मशास्त्रहरू ती मानिसहरूका उदाहरणहरूले भरिपूर्ण छन् जसले “परमेश्वरलाई पुकारे ताकि तिनीहरूको पतन हुँदैन ।” तिनीहरूले पीडा सामना गर्दा हेलामान र तिनका सेनाले प्रार्थनामा आफ्नो आत्मा खन्याएर, परमेश्वरलाई पुकारे । तिनीहरूले आश्वासन, शान्ति, आस्था र आशा प्राप्त गरे, उनीहरूले आफ्नो लक्ष्य प्राप्त नगर्दासम्म साहस र दृढ सङ्कल्प प्राप्त गरे ।

लाल समुद्र र मिश्रीहरू आक्रमण गर्न नजिक आइपुग्दा मोशाले कसरी परमेश्वरलाई पुकारे होलान् र परमेश्वरकहाँ आवाज उठाए होलान् वा अब्राहामले आफ्नो छोरा इसहाकलाई बलिदान दिने आज्ञा पालना गर्दा कसरी गरेहोलान् ।

म निश्चित छु कि तपाईं प्रत्येकले अनुभव गर्नुभएको छ र अनुभव गर्नुहुने छ जहाँ पुकार पतन नहुनुको जवाफ हुने छ ।

तीस वर्षअघि, मेरी श्रीमती र म हाम्रो परम्परागत विवाह र हाम्रो मन्दिर विवाहको तयारीमा थियौँ, हामीलाई हडतालका कारण परम्परागत विवाह रद्द भएको जानकारी दिने फोन आयो । हामीले निर्धारित कार्यक्रमको तीन दिन अगाडि मात्रै फोन कल प्राप्त गर्यौं । अन्य कार्यालयहरूमा धेरै प्रयासहरू र उपलब्ध समयादेशहरू नभेटिएपछि, हामीले योजनाबमोजिम विवाह गर्न सक्दैनौँ कि भनेर चिन्ता र शङ्का महसुस गर्न सुरू गर्यौं ।

मेरी भावी पत्नी र मैले प्रार्थनामा परमेश्वरलाई हाम्रो आत्मा खन्याएर “पुकार्यौँ”। अन्तमा, कसैले हामीलाई सहरको बाहिरी भागमा रहेको एउटा सानो सहरको एउटा कार्यालयका सम्बन्धमा बताए जहाँ एक जना परिचित व्यक्ति मेयर थिए । कुनै हिचकिचाहट बिना, हामी उहाँलाई भेट्न गयौँ र उहाँसँग विवाह गर्न सम्भव छ कि भनेर सोध्यौँ । हाम्रो प्रसन्नतामा, उहाँ सहमत हुनुभयो । उहाँका सचिवले हामीलाई सर्टिफिकेट लिएर भोलिपल्ट दिउँसो हुनुपूर्व नै त्यो सहरमा सबै कागजातहरू बुझाउनुपर्नेमा जोड दिनुभयो ।

भोलिपल्ट, हामी सानो सहरमा सर्यौँ र आवश्यक कागजातहरू अनुरोध गर्न प्रहरी चौकी गयौँ । हाम्रो आश्चर्यमा, अधिकारीले यो हामीलाई नदिने बताए, किनभने धेरै युवा जोडीहरू आफ्नो परिवारबाट भागेर त्यो सहरमा गोप्य रूपमा विवाह गर्न लागेका थिए, जुन हाम्रो सम्बन्धमा निश्चय नै सही थिएन । पुन:, त्रास र उदासी हामीमा छायो ।

मलाई स्मरण छ पतन नहोस् भनेर मेरा स्वर्गका पितालाई मैले कसरी मौन रूपमा पुकारेँ । मैले मेरो मस्तिष्कमा बारम्बार “मन्दिर अनुमति-पत्र, मन्दिर अनुमति-पत्र” भन्ने स्पष्ट विचार प्राप्त गरेँ । मैले तत्कालै मेरी भावी पत्नीको आश्चर्यमा मेरो मन्दिर अनुमति-पत्र बाहिर निकालेँ र अधिकारीलाई दिएँ, ।

अधिकारीले भनेको सुनेर हामीलाई कस्तो आश्चर्य लाग्यो, “तिमी पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चका सदस्य हौ भनेर मलाई किन भनेनौ? मलाई तिम्रो चर्चका सम्बन्धमा राम्ररी थाहा छ ।” तिनले तत्कालै कागजात तयार गर्न सुरू गरे । केही नबोली अधिकारी स्टेसनबाट निस्कँदा हामी अझै छक्क पर्यौँ ।

पचास मिनेट बितिसक्यो, उनी फर्किएन । बिहान ११:५५ बजिसकेको थियो र हामीसँग कागजातहरू पेश गर्ने समय दिउँसोसम्म मात्रै थियो । अचानक उनी एउटा सुन्दर कुकुर सहित देखा परे र हामीलाई यो विवाहको उपहार हो भने र कागजात सहित यो हामीलाई दिए ।

हामी हाम्रा कागजात र हाम्रो नयाँ कुकुर लिएर मेयरको कार्यालयतर्फ दौडियौँ । त्यसपछि एउटा सरकारी गाडी हामीतर्फ आउँदै गरेको देख्यौँ । म यसको अगाडि रोकिएँ । गाडी रोकियो र हामीले सचिवलाई भित्र देख्यौँ । हामीलाई देखेर, उहाँले भन्नुभयो, “मलाई माफ गर्नुहोस्, मैले तपाईंहरूलाई दिउँसो भनेको थिएँ । म अर्को काममा जानु पर्छ ।”

मेरो सारा हृदयले मेरा स्वर्गका पितालाई “पुकार्दै” र पुन: एक पटक “पतन नहुन” सहयोग गर्नका लागि अनुरोध गर्दै मैले मौन रूपमा आफूस्वयम् लाई विनम्र तुल्याएँ । अचानक, चमत्कार भयो । सचिवले हामीलाई भन्नुभयो, “तपाईंहरूसँग कस्तो राम्रो कुकुर छ । मेरो छोराका लागि मैले त्यस्तो कहाँ प्राप्त गर्न सक्छु?”

“यो हजुरका लागि हो” हामीले तत्कालै उत्तर दियौँ ।

सचिवले आश्चर्यपूर्ण रूपमा हामीलाई हेर्नुभयो र भन्नुभयो, “ठीक छ, अफिसमा गएर व्यवस्था गरौँ ।”

दुई दिन पछि, क्यारोल र मेरो योजनाअनुसार परम्परागत विवाह भयो र त्यसपछि हामी लिमा पेरू मन्दिरमा बाँधियौँ ।

नि:स्सन्देह, “बोलाउनु” आस्था र कार्यको विषय हो भनेर हामीले सम्झनु आवश्यक छ—उहाँको असीम ज्ञानअनुसार हामीहरूसँग हाम्रा प्रार्थनाहरूको उत्तर दिनुहुने स्वर्गका पिता हुनुहुन्छ भनी पहिचान गर्ने आस्था आवश्यक छ अनि त्यसपछि, हामीले याचना गरेका विषयसँग सुसङ्गत हुन्छन् । प्रार्थना—बोलाउनु—हाम्रो आशाको सङ्केत हुन सक्छ । परन्तु प्रार्थना गरेपछि कदम चाल्नु भनेको हाम्रो आस्थाको सङ्केत हो—पीडा, डर, वा निराशाका क्षणहरूमा परीक्षण गरिएको आस्था हो ।

म तपाईंहरूलाई निम्न विषयलाई विचार गर्न सुझाव दिन्छु:

  1. सहयोगका लागि सदैव परमप्रभुलाई तपाईंहरूको प्रथम विकल्पका रूपमा सोच्नुहोस् ।

  2. बोलाउनुहोस्, पतन नहुनुहोस् निष्कपट प्रार्थनामा परमेश्वरतर्फ फर्कनुहोस् ।

  3. प्रार्थना गरेपछि, तपाईंहरूले प्रार्थना गर्नुभएका आशीर्वादहरू प्राप्त गर्न सम्भव भएसम्म प्रयास गर्नुहोस् ।

  4. उहाँको समय र उहाँको मार्गमा उत्तरलाई स्वीकार गर्न आफूस्वयम् लाई विनम्र तुल्याउनुहोस् ।

  5. नरोक्नुहोस्! जब तपाईंहरू उत्तरको प्रतिक्षामा हुनुहुन्छ करारको मार्गमा अगाडि बढिरहनुहोस् ।

सम्भवत: अहिले नै कोही हुनुहुन्छ जो परिस्थितिका कारण आफू पतन हुन लागेको जस्तो महसुस गर्नुहुन्छ र जोसेफ स्मिथले पुकार्नुभयो: “हे परमेश्वर, हजुर कहाँ हुनुहुन्छ? भने जस्तै गरी बोलाउनुहुन्छ? … हजुरका हातहरू कहिले सम्म रोकिने छन्?”7

यस्तो परिस्थितिमा पनि, “आध्यात्मिक गति” सँगै प्रार्थना गर्नुहोस्, जसरी अध्यक्ष रसेल एम्. नेल्सनले सिकाउनुभयो, किनभने तपाईंहरूको प्रार्थना सदैव सुनिन्छ!

यो भजन सम्झनुहोस्:

आज बिहान तपाईंहरू आफ्नो कोठाबाट निस्किँदा,

के तपाईंहरूले प्रार्थना गर्ने विचार गर्नुभएको छ?

हाम्रा मुक्तिदाता ख्रीष्टको नाममा,

के तपाईंharuuले प्रेमपूर्ण उपकारका लागि बिन्ती गर्नुभयो?

आज कवच बनेर?

अहो, प्रार्थनाले थकितहरूलाई कसरी आराम दिन्छ!

प्रार्थनाले रातलाई दिनमा परिवर्तन गर्ने छ ।

त्यसैले, जब जीवन अँध्यारो र उदास हुन्छ,

प्रार्थना गर्न नबिर्सनुहोस् ।

जब हामी प्रार्थना गर्छौं, हामी हाम्रा स्वर्गका पिताको अङ्कमाल महसुस गर्न सक्छौँ, जसले हाम्रो बोझ कम गर्न आफ्नो एकमात्र पुत्र पठाउनुभयो, किनकि यदि हामीले “परमेश्वरलाई पुकार्‍यौँ” भने, हामी पतन हुने छैनौँ भनेर म गवाही दिन्छु । येशू ख्रीष्टको नाममा, आमीन ।