साधारण सम्मेलन
ख्रीष्टको प्रसन्नतामा निलियो
शब्दहरूको महत्त्व छ


ख्रीष्टको प्रसन्नतामा निलियो

म गवाही दिन्छु कि हाम्रा स्वर्गका पिताले तपाईंहरूको अश्रुपूर्ण बिन्ती सुन्नुहुन्छ र सदैव पूर्ण ज्ञानमा जवाफ दिनुहुने छ ।

हामी तपाईंहरूलाई प्रेम गर्छौं, एल्डर केरोन । के म त्यो स्वरोच्चारण १० मिनेटका लागि उधारो लिन सक्छु?

चमत्कारहरूका लागि उत्सुक

नयाँ करारमा हामी अन्धा बार्टिमियसका सम्बन्धमा सिक्छौँ, जसले येशूबाट चमत्कारको अपेक्षा गर्दै पुकारे । “येशूले उनलाई भन्नुभयो, आफ्नो बाटो जाऊ; तिम्रो आस्थाले तिमीलाई निको पारेको छ । अनि तत्कालै उनले आफ्नो दृष्टि प्राप्त गरे ।”

अर्को एउटा अवसरमा बेथसैदाका एक जना मानिसले चङ्गाइ हुन चाहनुहुन्थ्यो । यसको विपरीत, यो चमत्कार तत्कालै आएन। बरू, येशूले तिनलाई उनको “पुनर्स्थापना” हुनु अघि दुई पटक आशीर्वाद दिनुभयो ।”

तेस्रो उदाहरणमा, प्रेरित पावलले आफ्नो कष्टमा “तीन पटक परमप्रभुलाई बिन्ती गरे” , र अझै पनि, हाम्रो जानकारीअनुसार, उहाँको हार्दिक निवेदन स्वीकार गरिएको थिएन

तीन विभिन्न मानिसहरू । तीन अद्वितीय अनुभवहरू ।

तसर्थ, यो प्रश्न: किन कसै-कसैले चाहेका चमत्कारहरूछिट्टै प्राप्त गर्छन्, जबकि अरूहरूले धीरतापूर्वक परमप्रभुलाई प्रतिक्षा गरिरहेका छन्? कृतज्ञतापूर्वक हामी अझै पनि किन हो भनेर बुझ्न्न सक्दैनौँ, हामी जान्दछौँ कि उहाँ जसले “[हामीलाई] प्रेम गर्नुहुन्छ” र “[हाम्रो] कल्याण र खुशीका लागि सबै कार्यहरू गर्नुहुन्छ ।”

दैवी उद्देश्यहरू

सुरूदेखि अन्त्यसम्म देख्नुहुने परमेश्वरले आश्वासन दिनुहुन्छ कि “तिमीहरूका विपत्ति र तिमीहरूका कष्टहरू छोटो समयका लागि मात्रै हुने छन् ।” र “तिम्रो लाभका लागि” पवित्र गरिने छ ।

हामीलाई हाम्रा व्यवधानहरूमा थप अर्थ खोज्न सहयोग गर्दै, एल्डर ओर्सन एफ. ह्विट्नीले सिकाउनुभयो: “हामीले भोगेको कुनै पीडा, हामीले भोगेको कुनै पनि परीक्षण खेर जाँदैन । यसले हाम्रो शिक्षामा सेवा गर्छ । … सबै … जुन हामीले [धीरतापूर्वक] सहन्छौँ … हाम्रा चरित्रहरूको निर्माण गर्छन्, हाम्रो हृदयलाई विशुद्ध पार्छन्, हाम्रो आत्मालाई विस्तार गर्छन् र हामीलाई थप कोमल र परोपकारी बनाउँछन् । … दु:ख र कष्ट, परिश्रम र सङ्कष्टबाटै हामीले शिक्षा प्राप्त गर्छौँ जुन हामी यहाँ प्राप्त गर्न आएका छौँ र जसले हामीलाई हाम्रा [स्वर्गका आमाबुबा] जस्तै बनाउँछ ।”

यो बुझेर कि “ख्रीष्टको शक्ति उहाँमा उहाँका कष्टहरूमा वास गर्ने छ, प्रेरित पावलले विनम्रतापूर्वक भन्नुभयो, “जब म दुर्बल छु, तब म शक्तिशाली छु ।”

जीवनका व्यवधानहरूले हाम्रो परीक्षा लिन्छन् । मुक्तिदाताले पनि “आज्ञा पालना गर्न … सिक्नुभयो” र “कष्टहरूद्वारा पूर्ण” तुल्याइयो ।

अनि एक दिन उहाँले दयालु रूपमा घोषणा गर्नुहुने छ, “हेर, मैले तिमीलाई परिष्कृत पारेको छु … ; कष्टको अगेनामा मैले तिमीलाई छनोट गरेको छु ।”

परमेश्वरका दैवी उद्देश्यहरूमा भरोसा गर्नाले थकित आत्माहरूले आशाका स्वासप्रस्वासहरू प्राप्त गर्छन् र वेदनाहरू र मानसिक व्यवधानका समयमा प्रतिबद्धता जगाउँछ ।

दैवी परिप्रेक्ष्यहरू

वर्षौंपूर्व, अध्यक्ष रसल एम्. नेल्सनले यो बहुमूल्य अन्तरदृष्टि बाँढ्नुभयो: “जब हामी सबै विषयवस्तुहरूलाई अनन्त दृष्टिकोणले हेर्छौँ, यसले हाम्रो बोझलाई महत्त्वपूर्ण रूपमा हल्का बनाउँछ ।”

छवि
होली र ट्रे पोर्टर ।

मेरी श्रीमती, जिल र मैले हालै हली र रिक पोर्टरको आस्थावान् जीवनमा यो सत्यता देख्यौँ, जसको १२ वर्षीय छोरा ट्रेको अत्यन्त दुःखदपूर्ण आगलागीमा मृत्यु भयो । आफ्नो प्यारो छोरालाई बचाउनका लागि वीरतापूर्वक सङ्घर्षबाट गम्भीर रूपमा जलेका हात र गोडा सहित हलीले वार्डको प्रभुभोज सभामा चमत्कारी, अविश्वसनीयर अद्भुतजस्ता शब्दहरू प्रयोग गरेर परमप्रभुले उहाँहरूको पीडामा उहाँहरूको परिवारमा खन्याउनु भएको महान् शान्ति र प्रसन्नताको शक्तिशाली गवाही दिनुभयो!

छवि
चङ्गाइ दिने हातहरू ताली बजाउँदै ।

यी बहुमूल्य आमाको असहनीय शोकलाई यो सोचले शान्तिमा प्रतिस्थापन गर्यो: “मेरा हातहरू बचाउने हातहरू होइनन् । ती हातहरू मुक्तिदाताका हुन् । मेरा निशानहरूलाई मैले केही गर्न नसकेको भनेर स्मरण गराउने तत्वका रूपमा हेर्नुको सट्टा, म मेरा मुक्तिदाताले बहन गर्नुभएका निशानहरूलाई सम्झन्छु ।

हलीको गवाहीले हाम्रा अगमवक्ताको प्रतिज्ञा पूरा गर्छ: “जसरी तपाईंहरू सेलेस्टियल सोच राख्नुहुन्छ, तपाईंहरूले परीक्षा र विपत्तिलाई नयाँ प्रकाशमा हेर्नुहुने छ।”

एल्डर डी. टड क्रिस्टफर्सनले यसो भन्नुभयो: “मलाई विश्वास छ कि परमेश्वरले सांसारिक नश्वर जीवन पूर्व उद्दारको आफ्नो योजना प्रस्तुत गर्नुहुँदा विपत्ति आउँदा विजय प्राप्त गर्ने र अगाडि बढ्ने जस्ता विषयले हामीलाई उत्साह दियो । स्वर्गका हाम्रा पिताले हामीलाई समर्थन गर्नुहुने छ भन्ने जानेर हामीले अहिले त्यो चुनौतीको सामना गर्नु पर्छ । परन्तु हामी उहाँतर्फ फर्कनु महत्त्वपूर्ण छ । परमेश्वर बिना, दुःख र कठिनाइका काला अनुभवहरू उदासिनता, निराशा र तितोपनमा समेत परिवर्तन हुन्छ ।”

दैवी आधारभूत सत्यहरू

असन्तुष्टिको अन्धकारबाट बच्न र जीवनका कठीन चुनौतीहरूमा अझै महान् शान्ति, आशा र प्रसन्नता प्राप्त गर्नका लागि, म आमन्त्रण गर्दै तीनवटा दैवी सिद्धान्तहरू बाँढ़्छु ।

पहिलो—येशू ख्रीष्टलाई प्रथम स्थान दिएर मजबुत आस्था आउँछ । “मलाई हरेक विचारमा हेर्नुहोस्,” उहाँले घोषणा गर्नुहुन्छ; “शङ्का नगर्नुहोस्, नडराउनुहोस् ।” अध्यक्ष नेल्सनले सिकाउनुभयो:

“[हाम्रो] अनन्त जीवन [ख्रीष्ट] प्रतिको [हाम्रो] आस्था र उहाँको प्रायश्चितमा निर्भर छ,” ।

“मेरो भर्खरको चोटका कारणले गर्दा भएको तीव्र पीडासँग लड्दा, मैले येशू ख्रीष्ट र उहाँको प्रायश्चितको अगम्य उपहारका लागि अझै गहिरो कृतज्ञता महसुस गरेको छु । त्यसका सम्बन्धमा मनन गर्नुहोस्! मुक्तिदाताले ‘पीडा, कष्ट र हरेक किसिमका प्रलोभनहरू’ सहनुभयो ताकि उहाँले हामीलाई सान्त्वना दिन, हामीलाई चङ्गाइ दिन [र] आवश्यकता परेको समयमा हामीलाई उद्धार गर्न सक्नुहुन्छ ।”

“मेरो चोटले मलाई ‘इस्राएलका एक मात्र पवित्रको महानता’ मा बारम्बार प्रतिबिम्बित गर्न प्रेरित गरेको छ । मेरो चङ्गाइका क्रममा, परमप्रभुले शान्तिपूर्ण र अदृश्य रूपमा आफ्नो दैवी शक्ति प्रकट गर्नुभएको छ ।”

“संसारमा तपाईंहरूलाई सङ्कष्ट हुने छ: तर खुशी हुनुहोस्,” हाम्रा मुक्तिदाताले प्रोत्साहन दिनुहुन्छ; “मैले संसार जितेको छु।”

दुई—उज्यालो आशा हाम्रो अनन्त गन्तव्यको कल्पना गरेर आउँछ । “हाम्रा पिताको अविश्वसनीय प्रतिज्ञा गरिएका आशीर्वादहरूको दर्शन … हरेक दिन हाम्रो आँखाको अगाडि” राख्नमा निहित शक्तिको बारेमा बोल्दै दिदी लिन्डा रिभ्सले गवाही दिनुभयो: “मलाई जानकारी छैन किन हामीले किन यति धेरै परीक्षाहरूको सामना गर्दछौँ तर यो मेरो व्यक्तिगत महसुस हो कि इनाम धेरै ठूलो छ,… यति रमाइलो र हाम्रो समझभन्दा बाहिरको कि त्यो इनामको दिनमा, हामीले हाम्रा दयालु, मायालु पितालाई भन्ने चाहना गर्न सक्छौँ, ‘के यति नै आवश्यक थियो?’ … यसले के फरक पार्छ … हामीले यहाँ के भोग्नुपरेको छ यदि, अन्तमा, ती परीक्षाहरूले … हामीलाई अनन्त जीवनको लागि योग्य बनाउँछन् … परमेश्वरको अधिराज्यमा?”

अध्यक्ष नेल्सनले यो अन्तरदृष्टि बाँढ़्नुभयो: “जोसेफ स्मिथले लिबर्टी जेलमा राहतका लागि बिन्ती गर्दा परमप्रभुको प्रतिक्रिया मनन गर्नुहोस् । परमप्रभुले ती अगमवक्तालाई सिकाउनुभयो कि उहाँलाई गरिएका अमानवीय व्यवहारले उहाँलाई अनुभव दिने छन् र उहाँको लाभका लागि हुने छन् । ‘यदि तिमीले राम्रोसँग सह्यौ भने,” परमप्रभुले प्रतिज्ञा गर्नुभयो, “परमेश्वरले तिमीलाई उच्च पार्नुहुने छ ।’ परमप्रभुले जोसेफलाई त्यस दिनका कष्टकर कठिनाइहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा सेलेस्टियल सोच राख्न र अनन्त पुरस्कारको कल्पना गर्न सिकाइरहनु भएको थियो ।

जोसेफको परिप्रेक्ष्यमा परिवर्तनले गहन पवित्रता ल्यायो, जसरी जसरी एक मित्रलाई यो पत्रमा प्रतिबिम्बित गरिएको छ: “पाँच महिना जेलको पर्खालमा थुनिएपछि मलाई यस्तो महसुस हुन्छ कि यस पछि मेरो हृदय यसपूर्व जस्तो थियो सदैव त्यो भन्दा कोमल हुने छ । … मैले अनुभव गरेका पीडाहरू यदि मैले अनुभव नगरेको भए अहिले मैले गरेको जस्तो महसुस कहिल्यै गर्न सक्दिनथेँ ।”

तेस्रो—प्रसन्नतामा ध्यान केन्द्रित गर्दा महान् शक्ति प्राप्त हुन्छ । अनन्तताको सबैभन्दा महत्त्वपूर्ण, पीडादायी घडीहरूमा, हाम्रो मुक्तिदाताले सङ्कुचित गर्नुभएन तर तीतो प्याला पिउनुभयो । उहाँले यो कसरी गर्नुभयो? हामी सिक्छौँ, “उहाँसामु राखिदिएका प्रसन्नता लागि [ख्रीष्ट]ले क्रूसको कष्ट भोग्नुभयो,” उहाँको चाहना “पिताको चाहनामा निलियो ।”

छवि
येशू गेत्सेमनीमा

यो वाक्यांश “निलियो”ले मलाई गहन रूपमा उत्प्रेरित गर्छ । मेरो यसमा चासो बढ्यो जब मैले जाने कि स्पेनिसमा “निलिएको” लाई “उपभोग” भनी अनुवाद गरिएको छ; जर्मनीमा “खानु”; अनि चिनिया भाषामा “घेरिनु ।” तसर्थ, जब जीवनका चुनौतीहरू सबैभन्दा पीडादायी र अत्यधिक हुन्छन्, म परमप्रभुको प्रतिज्ञा सम्झन्छु—कि हामीले “ख्रीष्टको प्रसन्नतामा [उपभोग गरिएको, खाने र निल्ने] बाहेक, हामीले कुनै किसिमको दुःख भोग्नु हुँदैन ।”

यद्यपि म तपाईंहरू मध्ये धेरैमा यो प्रसन्नता देख्छु, जसले “नश्वर समझलाई … [अवहेलना गर्छ],” तपाईंहरूका तीता प्यालाहरू अझै हटेका छैनन् । तपाईंको करारहरू पालना गरेर परमेश्वरको लागि साक्षीका रूपमा खडा भएकोमा धन्यवाद । हामी सबैलाई आशीर्वाद दिन पुग्नुभएकोमा धन्यवाद, जबकि “[तपाईंहरूको] शान्त हृदयमा आँखाले देख्न नसक्ने दुःख लुकेको छ ।” जब तपाईंहरूले अरूकहाँ मुक्तिदाताको राहत ल्याउनुहुन्छ, तपाईंहरूले यसलाई आफ्ना लागि पत्ता लगाउनुहुन्छ, अध्यक्ष कमील जन्सनले सिकाउनुभयो ।

दैवी प्रतिज्ञाहरू

अब, मसँग प्रभुभोज सभामा फर्कनुहोस् जहाँ हामीले हली पोर्टरको परिवारलाई परमप्रभुले सहयोग गर्नुभएको चमत्कार देख्यौँ । यस उल्लेखनीय परिवार र उहाँहरूका मित्रहरूलाई सान्त्वना दिन म के भन्न सक्छु भनेर सोच्दै स्ट्यान्डमा, यो विचार आयो: “मुक्तिदाताका शब्दहरू प्रयोग गर्नुहोस् ।” त्यसैले, म आज बन्द गर्ने छु जसरी मैले त्यो शबाथमा गरेँ, उहाँका शब्दहरूद्वारा, “जसले घाइते आत्मालाई चङ्गाइ दिन्छ ।”

“मकहाँ आओ, सबै परिश्रम गर्ने र बोझले दबिएका, अनि म तिमीहरूलाई विश्राम दिने छु ।

“म तिमीहरूका काँधमा राखिएका बोझ पनि हलुका गर्ने छु, ताकि तिमीहरू बन्धनमा हुँदा पनि तिमीहरूले आफ्ना पिठ्यूँमा महसुस गर्न समेत सक्दैनौ; परमप्रभु परमेश्वर, मेरा मानिसहरूलाई तिनीहरूका कष्टमा भेट्न चाहन्छु भनी तिमीहरूले निश्चय नै जान्ने छौ ।”

“म तिमीहरूलाई सान्त्वना विहीन छोड्ने छैन: म तिमीहरूकहाँ आउने छु ।”

मेरो गवाही

प्रसन्नता श्रद्धाका साथ, म हाम्रा मुक्तिदाताको जीवनको साक्षी दिन्छु र “उहाँका प्रतिज्ञाहरू निश्चित छन् ।” विशेष गरी तपाईंहरूका लागि जो समस्यामा हुनुहुन्छ वा “कुनै पनि तरिकाबाट पीडित” हुनुहुन्छ, म गवाही दिन्छु कि हाम्रा स्वर्गका पिताले तपाईंहरूको अश्रुपूर्ण याचना सुन्नुहुन्छ र सदैव पूर्ण ज्ञानमा जवाफ दिनुहुने छ । “परमेश्वरले तपाईंहरूलाई प्रदान गरून्,” महान् आवश्यकताको समयमा उहाँले हाम्रो परिवारका लागि गर्नुभएको छ, “तपाईंहरूको बोझ हलुका होस्,” यहाँसम्म कि “ख्रीष्टको प्रसन्नतामा निलियो ।” येशू ख्रीष्टको पवित्र नाउँमा, आमिन |