साधारण सम्मेलन
परमेश्वरको अभिप्राय तपाईंहरूलाई घर ल्याउनु हो
अप्रिल २०२४ को साधारण सम्मेलन


परमेश्वरको अभिप्राय तपाईंहरूलाई घर ल्याउनु हो

आफ्ना सन्ततिहरूका लागि पिताको योजनाका सम्बन्धमा सबै विषयहरू सबैलाई घर ल्याउनका लागि रचना गरिएको हो ।

मैले परमप्रभु येशू ख्रीष्टको प्रेरितका रूपमा सेवा गर्न अध्यक्ष नेल्सनद्वारा, बोलावटमा समायोजन गर्ने प्रक्रिया प्रारम्भ गरेकाले म तपाईंहरूको प्रार्थनाका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो कस्तो विनम्रतापूर्ण महसुस भएको छ र यो असाधारण उथलपुथल र गम्भीर आत्म-परीक्षणको समय भएको छ भनी तपाईंहरूले राम्ररी परिकल्पना गर्न सक्नुहुन्छ । यद्यपि कुनै पनि क्षमतामा मुक्तिदाताको सेवा गर्न पाउनु र उहाँको आशाको सुसमाचार बाँढ्न तपाईंहरूसँग संलग्न हुन पाउनु वास्तवमा नै महान् सम्मानको विषय हो ।

यसबाहेक, यो भनिएको छ कि हरेक नयाँ प्रेरितको पछाडि आश्चर्यचकित सासुआमा उभिनुभएको हुन्छ । मलाई थाहा छैन यदि यो वास्तवमा भनिएको छ तर यस अवस्थामा, यो निश्चित रूपमा हुन सक्छ । अनि मलाई शङ्का छैन कि मेरी सासुआमा अब हामी बीचमा हुनुहुन्न भन्ने तथ्यले उहाँको विस्मयलाई कम गर्न केही पनि गर्दैन ।

धेरै महिना अघि, जब मेरी श्रीमती र म विभिन्न चर्चका कार्यभारहरूका लागि अर्को देशको भ्रमण गर्दै थियौँ, म एक बिहान सबेरै उठेँ र हाम्रो होटेलको झ्याल बाहिर अस्पष्ट रूपमा हेरेँ । व्यस्त सडकमा तल, मैले देखेँ कि सडक अवरोधमा पुग्दा गाडीहरू फर्काउन नजिकै एक प्रहरी तैनाथ गरिएको थियो । सुरूमा, सडकमा केही गाडीहरू मात्र गुडे र पछाडि फर्काइए । परन्तु समय बित्दै गयो र ट्राफिक बढ्दै गयो, गाडीहरूका लाइनहरू बढ्न सुरू भयो ।

माथिको झ्यालबाट, मैले देखेँ कि पुलिसले ट्राफिकको प्रवाहलाई रोक्न र मानिसहरूलाई फर्काउने आफ्नो शक्तिमा सन्तुष्ट भएको जस्तो देखिन्थ्यो । वास्तवमा, उसले आफ्नो पाइलामा स्प्रिङ विकास गरेको जस्तो देखिन्थ्यो, कि प्रत्येक गाडी अवरोधमा आइपुग्दा उसले नाँच्न सुरू गर्छ कि जस्तो देखिन्थ्यो । सडक अवरुद्ध हुँदा चालक निराश भएमा, प्रहरी सहयोगी वा सहानुभूतिपूर्ण देखिएन । उसले बारम्बार टाउको हल्लायो र उल्टो दिशामा औंल्यायो ।

मेरा साथीहरू, मेरा मित्र शिष्यहरू मरणशील जीवनको मार्गमा हाम्रा पिताको सुन्दर योजना, उहाँको “अद्भुत” योजना, तपाईंहरूलाई गृहमा ल्याउनका लागि हो, तपाईंहरूलाई बाहिर राख्नका लागि होइन कसैले बाटो अवरुद्ध बनाएको छैन र तपाईंहरूलाई फर्काउन र तपाईंहरूलाई टाढा पठाउन त्यहाँ कसैलाई राखिएको छैन । वास्तवमा, यो ठीक विपरीत छ । परमेश्वर अथक रूपमा तपाईंहरूको खोजीमा हुनुहुन्छ । उहाँ “आफ्ना सबै सन्ततिहरूले उहाँकहाँ फर्कने छनोट गरेको चाहनुहुन्छ,”3 र उहाँले तपाईंहरूलाई फिर्ता ल्याउन हरेक सम्भव उपायहरू प्रयोग गर्नुहुन्छ ।

हाम्रा प्रिय पिताले तपाईं र मेरा लागि मरणशील जीवनका विस्तारित र परिष्कृत अनुभवहरू प्राप्त गर्ने, उहाँलाई छनोट गर्नका लागि हाम्रो दैवी रूपमा-प्रदत्त नैतिक छनोटको स्वतन्त्रता प्रयोग गर्ने, सिक्नका लागि, उन्नति गर्न, गल्ती गर्न, पश्चात्ताप गर्न, परमेश्वरलाई र हाम्रा छिमेकीलाई प्रेम गर्न र एक दिन उहाँको गृहमा फर्कन अवसर प्रदान गर्न स्पष्ट उद्देश्यका साथ यो पृथ्वीको सृष्टिको निरीक्षण गर्नुभयो ।

उहाँले आफ्नो अनमोल प्रिय पुत्रलाई यस पतित संसारमा मानव अनुभवको पूर्ण दायरामा जिउन, उहाँका बाँकी सन्ततिहरूलाई अनुशरणका लागि उदाहरण प्रदान गर्न र प्रायश्चित र उद्धार गर्न पठाउनुभयो । ख्रीष्टको महान् प्रायश्चितको उपहारले हामीलाई हाम्रो अनन्त गृहबाट अलग गर्ने शारीरिक र आत्मिक मृत्युको हरेक सडक अवरोध हटाउँछ ।

आफ्ना प्रिय सन्ततिहरूका लागि पिताको योजनाका सम्बन्धमा सबै विषय सबैलाई घर ल्याउनका लागि रचना गरिएको हो ।

परमेश्वरका सन्देशवाहकहरू, उहाँका अगमवक्ताहरूले, पुनर्स्थापनाका धर्मशास्त्रमा यो योजनालाई के भन्नुहुन्छ? तिनीहरूले यसलाई उद्धारको योजना, कृपाको योजना, आनन्दको महान् योजना, र मुक्तिको योजना जुन सबैका लागि हो, “मेरा जन्माइएका एकमात्रको रगतद्वारा ।”

पिताको खुशीको महान् योजनाको अभिप्राय नै तपाईंहरूको खुशीहो, यहाँ, अहिले, र अनन्ततामा । यो तपाईंहरूको खुशीलाई रोक्न अनि चिन्ता र त्रासको कारण बन्नका लागि होइन ।

पिताको उद्दारको योजनाको उद्देश्य वास्तवमा तपाईंहरूको उद्धारहो, पाप र मृत्युको बन्धनबाट मुक्त भएको येशू ख्रीष्टको पीडा र मृत्युद्वारा हाम्रो उद्धार हो । हामी जस्तो छौँ, त्यसरी नै छोड्न का लागि होइन ।

पिताको कृपाको योजनाको अभिप्राय कृपा विस्तार गर्नु हो जब तपाईंहरू उहाँमा फर्कनुहुन्छ र उहाँप्रतिको तपाईंहरूको निष्ठाको करारलाई सम्मान गर्नुहुन्छ । यो कृपालाई अस्वीकार गर्नु र पीडा र दण्ड दिनु होइन ।

पिताको मुक्तिको योजनाको अभिप्राय वास्तवमा महिमाको सेलेस्टियल राज्यमा तपाईंहरूको मुक्ति हो किनकि तपाईंहरूले “येशूको गवाही”१० ग्रहण गर्नुहुन्छ र तपाईंहरूका सम्पूर्ण आत्मा उहाँलाई अर्पण गर्नुहुन्छ ।११ यो तपाईंहरूलाई बाहिर राख्नका लागि होइन ।

के यसको अर्थ हामीले हाम्रो जीवन कसरी जिउँछौँ भन्ने सम्बन्धमा केही छ? हामीले हाम्रो छनोटको प्रयोग गर्ने तरिकाले फरक पार्दैन? के हामीले परमेश्वरका आज्ञाहरू लिन वा छोड्न सक्छौँ? होइन, निश्चय नै होइन । निश्चय नै उहाँको मरणशील सेवाका क्रममा येशूको सबैभन्दा सुसंगत आमन्त्रण र बिन्तीहरू मध्ये एक थियो कि हामी परिवर्तन होऔँ र पश्चात्ताप गरौँ र उहाँकहाँ आऔँ ।१२ नैतिक आचरणको उच्च स्तरमा जिउनका लागि उहाँका सबै शिक्षाहरूमा मौलिक रूपमा निहित छ१३ व्यक्तिगत प्रगतिका लागि, ख्रीष्टमा परिवर्तनकारी आस्थाका लागि, हृदयको शक्तिशाली परिवर्तनका लागि बोलावट हो ।१४

परमेश्वर हाम्रा लागि हाम्रा स्वार्थी र घमण्डी आवेगहरूका, प्राकृतिक मानिसको निष्कासन,१५ हामीलाई “जाऊ र पाप नगर” को एक मूलभूत पुनर्स्थापना चाहनुहुन्छ ।१६

यदि पिताको सर्वाङ्गीण योजनाको अभिप्राय हामीलाई बचाउनु, उद्धार गर्नु, हामीप्रति दया देखाउनु र त्यसले हामीलाई सुख दिनु हो भन्ने विश्वास गर्छौँ भने, यो महान् योजना जसद्वारा ल्याइन्छ, उहाँ पुत्रको अभिप्राय के हो?

पुत्रस्वयम्ले हामीलाई भन्नुहुन्छ: “किनकि म स्वर्गबाट तल आएँ, आफ्नो चाहना पूरा गर्न होइन तर मलाई पठाउनुहुनेको चाहना पूरा गर्न हो ।”१७

येशूको चाहना परोपकारी पिताको चाहना हो! उहाँ आफ्ना पिताका प्रत्येक अन्तिम सन्ततिलाई योजनाको अन्तिम लक्ष्य, तिनीहरूसँग अनन्त जीवन प्राप्त गर्न सम्भव बनाउन चाहनुहुन्छ । यस दैवी क्षमताबाट कोही पनि बहिष्कृत छैन ।

यदि तपाईंहरू चिन्ताको शिकार हुनुहुन्छ कि तपाईंले कहिल्यै मापन गर्नुहुने छैन वा ख्रीष्टको असीम प्रायश्चितले कृपापूर्वक सबैलाई ढाक्छ, तर तपाईंलाई ढाक्दैन, तब तपाईं गलत बुझ्दै हुनुहुन्छ । असीम भनेको असीम नै हो । असीम ले तपाईंहरूलाई ढाक्छ र तपाईंहरूले माया गर्नुहुने सबैलाई ।१८

नफीले यो सुन्दर सत्यलाई बताउनुहुन्छ: “उहाँले संसारको लाभका लागि बाहेक अरू केही गर्नुहुन्न । किनभने उहाँले संसारलाई प्रेम गर्नुहुन्छ, उहाँले सबै मानिसहरूलाई उहाँतर्फ खिच्नका लागि आफ्नो जीवन अर्पण गर्नुहुन्छ । यसकारण, उहाँले कसैलाई पनि आज्ञा दिनुहुन्न ताकि तिनीहरूले उहाँको मुक्तिमा अंश प्राप्त गर्न सक्ने छैनन् ।”१९

मुक्तिदाता, असल गोठालो, आफ्नो हराएको भेडाको खोजीमा जानुहुन्छ जबसम्म उहाँले तिनीहरूलाई भेट्टाउनुहुन्न ।२० उहाँ “कसैको नाश होस् भन्ने चाहनुहुँदैन ।”२१

“मेरो कृपाका बाहुहरू तिमीहरूतर्फ फैलिएका छन् र जो आउँछ, म उसलाई ग्रहण गर्ने छु ।”२२

“के तिमीहरूमाझ कोही बिरामी छन्? तिनीहरूलाई यहाँ ल्याओ । के तिमीहरूका माझमा कोही छन् जो लङ्डा अथवा अन्धा अथवा पक्षघाती अथवा डुँडा अथवा कोरी छन् अथवा जो थकित छन् अथवा ती जो बहिरा छन् अथवा कुनै प्रकारले ग्रसित छन्? तिनीहरूलाई यहाँ ल्याउनुहोस् र म तिनीहरूलाई चङ्गाइ दिने छु, किनकि म तिमीहरूप्रति दयालु छु ।”२३

उहाँले रगतको समस्या भएकी ती महिलाहलाई परित्याग गर्नुभएन; उहाँले कुष्ठरोगीबाट पछि हट्नुभएन; उहाँले व्यभिचारमा लागेकी महिलाहलाई अस्वीकार गर्नुभएन; तिनीहरूको पापका वावजुद पनि—उहाँले पश्चात्ताप गर्नेहरूलाई परित्याग गर्नुभएन । अनि उहाँले तपाईंहरूलाई वा तपाईंहरूले प्रेम गर्नेहरूलाई अस्वीकार गर्नुहुने छैन जब तपाईंहरूले आफ्नो चूर्ण हृदय र पछुताएका आत्माहरू उहाँकहाँ ल्याउनुहुन्छ । त्यो उहाँको नियत वा उहाँको रचना होइन, न त उहाँको योजना, उद्देश्य, चाहना वा आशा नै हो ।

होइन, उहाँले मार्गमा अवरोध र व्यवधानहरू राख्नुहुन्न; उहाँले तिनीहरूलाई हटाउनुहुन्छ । उहाँले तपाईंहरूलाई बाहिर राख्नुहुन्न; उहाँले तपाईंहरूलाई स्वागत् गर्नुहुन्छ ।२४ उहाँको सम्पूर्ण सेवा यस आशयको जीवित घोषणा थियो ।

त्यसपछि निश्चय नै उहाँको प्रायश्चितको बलिदान छ, जुन हाम्रा लागि बुझ्न कठीन छ, हाम्रो मरणशील क्षमताको बुझाइभन्दा बाहिर छ । परन्तु अनि यो एउटा महत्त्वपूर्ण “तर” हो, उहाँको प्रायश्चितको बलिदानको पवित्र, उद्दार गर्ने उद्देश्य हामीले बुझ्छौँ, बुझ्न सक्छौँ ।

येशू क्रुसमा बित्नुहुँदा मन्दिरका पर्दा दुई भागमा च्यातिएका थिए, जसको प्रतीक हो यो कि पिताको उपस्थितिमा फिर्ता हुने पहुँच फराकिलो रूपमा खुला भएको थियो—उहाँतर्फ फर्कने, उहाँमा भरोसा गर्ने, उहाँमाथि आफ्नो बोझ राख्ने र उहाँको जुवा तिनीहरूमाथि लिनेहरूका लागि ।२५

अर्को शब्दमा भन्नुपर्दा, पिताको योजनाका व्यवधानका सम्बन्धमा होइन । यो कहिल्यै थिएन; यो कहिल्यै हुने छैन । के हामीले गर्नुपर्ने, पालना गर्नका लागि आज्ञाहरू, हाम्रा स्वभावका पक्षहरू परिवर्तन गर्न विषयहरू छन्? छन् । परन्तु उहाँको अनुग्रहले, ती हाम्रा पहुँचमा छन्, हाम्रा समझभन्दा बाहिर छैनन् ।

यो नै सुसमाचार हो! म यी सरल सत्यहरूका लागि अकथनीय रूपमा कृतज्ञ छु । पिताको रचना, उहाँको योजना, उहाँको उद्देश्य, उहाँको अभिप्राय, उहाँको चाहना र उहाँको आशा सबै तपाईंहरूलाई चङ्गाइ पार्न, सबै तपाईंहरूलाई शान्ति दिन, सबै तपाईंहरू र तपाईंहरूले माया गर्नुहुनेहरूलाई घरमा ल्याउनका लागि हो । यसको म उहाँका पुत्र येशू ख्रीष्टको नाममा साक्षी हुँ, आमीन ।

सूचीहरू

  1. रसल एम्. नेल्सन, “Think Celestial!Liahona, नोभेम्बर २०२३, ११७ ११८ ।

  2. हेर्नुहोस् २ नफी २६:२५, २७

  3. सामान्य पुस्तिका: पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा सेवा गर्ने, १.१, सुसमाचारको पुस्तकालय ।

  4. हेर्नुहोस् मोशा ७:३३

  5. हेर्नुहोस् याकूब ६:८; अल्मा १२:३०

  6. हेर्नुहोस् अल्मा ४२:१५

  7. हेर्नुहोस् अल्मा ४२:८, १६

  8. मोशा ६:६२

  9. हेर्नुहोस् सिद्धान्त र करार ४५:४

  10. सिद्धान्त र करार ७६:५०-७०

  11. हेर्नुहोस् ओम्नी १:२६

  12. हेर्नुहोस् मत्ती ४:१७

  13. हेर्नुहोस् मत्ती ५-७ । उदाहरणका लागि, मत्ती ५:४३-४४मा, मुक्तिदाताले आफ्ना शिष्यहरूलाई सिकाउनुभयो कि “आफ्ना छिमेकीलाई प्रेम गर्नु र आफ्ना शत्रुलाई घृणा गर्नु” पर्याप्त छैन । उहाँलाई अनुशरण गर्नका लागि, तिनीहरूले “[आफ्ना] शत्रुहरूलाई पनि प्रेम गर्नुपर्थ्यो ।

  14. हेर्नुहोस् मोसीयाह ५:२ । येशू ख्रीष्टको कृपाले हाम्रो जीवनमा प्रभाव पार्नका लागि सक्षम हुन हामीले उहाँतर्फ फर्कनु पर्छ । युवा अल्माले सिकाए कि यो महिमापूर्ण “पश्चात्तापका सर्तमा बाहेक उद्धारको योजना ल्याउन सकिन्नथ्यो;.; ती सर्तहरू बाहेक, कृपाले प्रभावमा लिन सक्दैनथ्यो ।”(अल्मा ४२:१३) ।

  15. हेर्नुहोस् मोसीयाह ३:१९

  16. यूहन्ना ८:११

  17. यूहन्ना ६:३८

  18. हेर्नुहोस् अध्यक्ष रसल एम्. नेल्सन, “The Atonement,” Ensign, नोभेम्बर १९९६, ३५: “उहाँको प्रायश्चित असीम छ—कुनै अन्त्य बिना । यो पनि असीम थियो कि सबै मानवजाति कहिल्यै अन्त्य नहुने मृत्युबाट बच्ने छ । उहाँको अपार कष्टको सन्दर्भमा यो असीम थियो । यो समयमा असीम थियो, पशु बलिको नमूनाको अन्त्य गर्दै अघि बढ्दै । यसको व्यापकता असीमित थियो—यो सँधैका लागि एक पटक मात्र गर्नुपर्ने थियो । अनि प्रायश्चितको कृपा असीम सङ्ख्यामा रहेका मानिसहरूलाई मात्र नभई उहाँद्वारा सृष्टि गरिएका असीमित सङ्ख्यामा रहेका संसारहरूलाई पनि फैलिएको छ । यो कुनै पनि मानवीय मापन वा नश्वर बुझाइभन्दा परको असीम थियो ।”

  19. २ नफी २६:२४

  20. हेर्नुहोस् लुका १५:४

  21. २ पत्रुस ३:९; सिद्धान्त र करार १८:११–१२ पनि हेर्नुहोस् ।

  22. ३ नफी ९:१४

  23. ३ नफी १७:७; पद पनि हेर्नुहोस् ।

  24. येशू ख्रीष्टको शिक्षामा केही व्यक्तिहरू स्वर्गको अधिराज्यको उत्तराधिकारी हुने छैनन् भनी सङ्केत गर्दै, उहाँले स्पष्ट गर्नुहुन्छ कि यो नतिजा तिनीहरूका लागि उहाँको चाहना होइन तर तिनीहरूको आफ्नै छनोटको परिणाम हो ( मत्ती ७:१३–१४, २१–२५हेर्नुहोस्) ।

  25. हेर्नुहोस् मत्ती २७:५०–५१; हिब्रू ९:६-१२