साधारण सम्मेलन
पादरित्वका साँचाहरूको उपहारमा आनन्दित हुनुहोस्
शब्दहरूको महत्त्व छ


पादरित्वका साँचाहरूको उपहारमा आनन्दित हुनुहोस् ।

पादरित्वका साँचाहरूले परमप्रभुका उद्देश्यहरू पूरा गर्न र पुनर्स्थापित सुसमाचार स्वीकार गर्ने सबैलाई आशीषित गर्न कसरी परमेश्वरको पादरित्व प्रयोग गर्न सकिन्छ भनेर नियन्त्रण गर्छ ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज अध्यक्ष ड्यालिन एच्. ओक्स र मेरा लागि ऐतिहासिक दिन हो । यो ४० वर्ष अघि, अप्रिल ७, १९८४ को विषय हो, जब हामीलाई बाह्र प्रेरितहरूको गणमा समर्थन गरिएको थियो । हामीले यो सम्मेलन सहित त्यस समयदेखि हरेक साधारण सम्मेलनमा रमाइलो गरेका छौँ । हामी पुन: एक पटक आत्माको पवित्र बहाव सहित आशीषित भएका छौँ । मलाई आशा छ कि तपाईंहरूले आगामी महिनाहरूमा यस सम्मेलनका सन्देशहरू बारम्बार अध्ययन गर्नुहुने छ ।

जब म जन्मेको थिएँ, चर्चमा सञ्चालित छवटा मन्दिरहरू थिए—प्रत्येक राज्यमा एउटा । सेन्ट जर्ज, लोगन, म्यानटाइ र सल्ट लेक सिटी, यूटा; साथै कार्डस्टन, अल्बर्टा, क्यानाडामा; र लेइ, हवाईमा । पहिलेका दुईवटा मन्दिरहरू कर्टल्याण्ड, ओहायो र नाभू, इलिनोइमा छोटो समयका लागि यिनीहरूमा कार्यहरू गरिएका थिए । जब चर्च पश्चिममा सर्यो, सन्तहरूलाई ती दुई मन्दिरहरू पछाडि छोड्न बाध्य पारियो ।

नाभू मन्दिर एक आगजनीकर्ताको आगोबाट नष्ट भयो । यसलाई पुनर्निर्माण गरियो र अध्यक्ष गोर्डन बी हिङ्कलीद्वारा समर्पण गरियो । चर्चका शत्रुहरूले कर्टल्याण्ड मन्दिरलाई अपवित्र पारेका थिए । पछि कर्टल्याण्ड मन्दिरलाई ख्रीष्टको समुदायले अधिग्रहण गरेको थियो, जुन धेरै वर्षदेखि यसको स्वामित्वमा रहेको थियो ।

गत महिना, हामीले घोषणा गर्‍यौँ कि पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चले कर्टल्याण्ड मन्दिर, नाभूमा सहित धेरै महत्त्वपूर्ण ऐतिहासिक स्थलहरू खरिद गरेका छौँ । ख्रीष्टको समुदायका अगुवाहरूसँग हामीले गरेको सौहार्दपूर्ण र पारस्परिक रूपमा लाभदायक छलफलको हामी धेरै प्रशंसा गर्छौँ जसले यो सम्झौतालाई अगुवाइ गर्यो ।

छवि
कर्टल्याण्ड मन्दिर

येशू ख्रीष्टको सुसमाचारको पुनर्स्थापनामा कर्टल्याण्ड मन्दिरको असाधारण महत्त्व छ । त्यहाँ भएका धेरै घटनाहरू सहस्राब्दीका लागि भविष्यवाणी गरिएको थियो र परमप्रभुको पुनर्स्थापित् चर्चको अन्तिम दिनको लक्ष्य पूरा गर्नु आवश्यक थियो ।

यी मध्ये सबैभन्दा महत्त्वपूर्ण घटनाहरू ईस्टर आइतबार, अप्रिल ३, १८३६ मा भएको थियो । त्यस दिन, जोसेफ स्मिथ र ओलिभर काउड्रीले उल्लेखनीय भेटहरूको श्रृंखला अनुभव गर्नुभयो । पहिलो, परमप्रभु येशू ख्रीष्ट प्रकट हुनुभयो । अगमवक्ताले अभिलेख गर्नुभयो कि मुक्तिदाताका “आँखाहरू आगोका ज्वाला जस्तै थिए; उहाँको शिरको कपाल विशुद्ध हिउँ जस्तै सेतो थियो । उहाँको मुहार सूर्यको चमक भन्दा चम्किलो थियो र उहाँको वाणी ठूलो पानीको आवाज जस्तै थियो ।”

यस भेटका क्रममा, परमप्रभुले आफ्नो पहिचान प्रमाणित गर्नुभयो । उहाँले भन्नुभयो, “म पहिलो र अन्तिम हुँ; म त्यही हुँ जो जीवित थिएँ, म नै हुँ जसलाई मारिएको थियो । म पितासँग तिम्रो अधिवक्ता हुँ ।”

त्यसपछि येशू ख्रीष्टले घोषणा गर्नुभयो कि उहाँले त्यो मन्दिरलाई आफ्नो गृहका रूपमा स्वीकार गर्नुभएको थियो र यो आश्चर्यजनक प्रतिज्ञा गर्नुभएको थियो: “म यस गृहमा मेरा मानिसहरूसामु दयामा प्रकट हुने छु ।”

यो महत्त्वपूर्ण प्रतिज्ञा आज प्रत्येक समर्पित मन्दिरमा लागू हुन्छ । म तपाईंहरूलाई व्यक्तिगत रूपमा परमप्रभुको प्रतिज्ञाको अर्थ के हो भनेर मनन गर्न आमन्त्रण गर्छु ।

मुक्तिदाताको भेट पछि, मोशा प्रकट हुनुभयो । मोशाले जोसेफ स्मिथलाई इस्राएलको एकीकरण र दस घरानाको पुनर्मिलनका लागि साँचाहरू प्रदान गर्नुभयो ।

जब यो दर्शन बन्द भयो, “एलियास प्रकट हुनुभयो र अब्राहामको सुसमाचारको समयावधि” जोसेफलाई दिनुभयो ।

त्यसपछि अगमवक्ता एलिया प्रकट हुनुभयो । उहाँको उपस्थितिले मलाकीको प्रतिज्ञा पूरा गर्यो कि दोस्रो आगमनपूर्व, परमप्रभुले एलियालाई “पिताहरूको हृदय छोराछोरीतर्फ र छोराछोरीहरूको हृदय उनीहरूका पिताहरूतर्फ फर्काउन” पठाउनुहुने छ । एलियाले जोसेफ स्मिथलाई बाँध्ने शक्तिका साँचाहरू प्रदान गर्नुभयो ।

परमप्रभुको निर्देशनमा तीन स्वर्गदूतहरूद्वारा पृथ्वीमा फर्काइएका यी साँचाहरूको महत्त्वलाई अतिरञ्जित गर्न सकिँदैन । पादरित्वका साँचाहरूले अध्यक्षताको अधिकार र शक्ति समावेश गर्छ । पादरित्वका साँचाहरूले परमप्रभुका उद्देश्यहरू पूरा गर्न र येशू ख्रीष्टको पुनर्स्थापित् सुसमाचार स्वीकार गर्ने सबैलाई आशीषित गर्न कसरी परमेश्वरको पादरित्व प्रयोग गर्न सकिन्छ भनेर नियन्त्रण गर्छ ।

यो ध्यान दिनु महत्त्वपूर्ण छ कि चर्चको सङ्गठन हुनुपूर्व, स्वर्गदूतहरूले अगमवक्ता जोसेफलाई हारुन र मल्कीसेदेक पादरित्वहरू प्रदान गर्नुभएको थियो र उहाँलाई पादरित्वका दुबै साँचाहरू दिइएको थियो । यी साँचाहरूले जोसेफ स्मिथलाई १८३० मा चर्च सङ्गठित गर्ने अधिकार दिए ।

त्यसपछि १८३६ मा कर्टल्याण्ड मन्दिरमा, यी तीन अतिरिक्त पादरित्वका साँचाहरू—अर्थात्, इस्राएलको एकीकरणका साँचाहरू, अब्राहामको सुसमाचारका साँचाहरू र बाँध्ने शक्तिका साँचाहरू—आवश्यक थिए । अनि परमप्रभुको चर्चका पछिल्ला सबै अध्यक्षहरू—इस्राएललाई पर्दाको दुबैतर्फ जम्मा गर्न, अब्राहामका आशीर्वादहरूले करारका सबै सन्ततिहरूलाई आशीर्वाद दिन, पादरित्वका विधि र करारहरूमा अनुमोदन गर्न र परिवारहरूलाई अनन्ततामा बाँध्न—यी साँचाहरूले जोसेफ स्मिथलाई अधिकार दिए । यी पादरित्वका साँचाहरूको शक्ति असीम र अद्भूत छन् ।

यदि पादरित्वका साँचाहरू पृथ्वीमा पुनर्स्थापित् नगरिएको भए तपाईंहरू को जीवन कसरी भिन्न हुने थियो भनेर मनन गर्नुहोस् । पादरित्वका साँचाहरू बिना, तपाईंहरू परमेश्वरको शक्ति सहित सम्पन्न हुन सक्नुहुँदैन । पादरित्वका साँचाहरू बिना, चर्चले महत्त्वपूर्ण शिक्षा र मानवीय संस्थाका रूपमा मात्रै सेवा गर्न सक्छ तर धेरै होइन । पादरित्वका साँचाहरू बिना, हामीमध्ये कसैको पनि आवश्यक विधिहरू र करारहरूमा पहुँच हुने थिएन जसले हामीलाई हाम्रा प्रियजनहरूसँग अनन्त रूपमा बाँध्ने र अन्ततः परमेश्वरसँग जिउने अनुमति दिन्छ ।

पादरित्वका साँचाहरूले पृथ्वीका अन्य कुनै पनि संस्थाहरूभन्दा पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चलाई भिन्न बनाउँछन् । अन्य धेरै संस्थाहरूले यहाँ मरणशीलतामा तपाईंहरूको जीवनलाई अझै राम्रो गर्नबनाउन सक्छन् । परन्तु कुनै पनि अन्य संस्थाले मृत्यु पछिको तपाईंहरूको जीवनलाई प्रभाव पार्न सक्दैनपार्ने छैन

पादरित्वका साँचाहरूले हामीलाई अब्राहामलाई प्रतिज्ञा गरिएका आशीर्वादहरू हरेक करार-पालना गर्ने पुरुष र महिलाहरूलाई विस्तार गर्ने अधिकार दिन्छ । मन्दिरका कार्यले यी उत्कृष्ट आशीर्वादहरू परमेश्वरका सबै सन्ततिहरूलाई, चाहे तिनीहरू जहाँरहे तापनि वा जुनै समयमारहे तापनि वा अहिले रहे तापनि उपलब्ध गराउँछन् । पादरित्वका साँचाहरू पुन: पृथ्वीमा भएकोमा हामी प्रसन्न होऔँ!

म तपाईंहरूलाई निम्न तीन कथनहरू ध्यानपूर्वक मनन गर्न आमन्त्रण गर्छु:

  1. इस्राएलको एकीकरण प्रमाण हो कि परमेश्वरले सर्वत्रका आफ्ना सबै सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ ।

  2. अब्राहामको सुसमाचार थप प्रमाण हो कि परमेश्वरले सर्वत्रका आफ्ना सबै सन्ततिहरूलाई प्रेम गर्नुहुन्छ । उहाँले सबैलाई उहाँकहाँ आउन आमन्त्रित गर्नुहुन्छ—“कालो र सेतो, बन्धन र स्वतन्त्र, पुरुष र महिला; … सबै परमेश्वरका लागि समान छन् । ”

  3. बाँध्ने शक्ति परमेश्वरले आफ्ना चारैतिरका सबै सन्ततिहरूलाई कत्ति प्रेम गर्नुहुन्छ भन्ने विषयको अलौकिक प्रमाण हो र तिनीहरूमध्ये हरेकले उहाँको गृहमा फर्कने छनोट गरेको चाहनुहुन्छ ।

अगमवक्ता जोसेफ स्मिथद्वारा पुनर्स्थापित् पादरित्वका साँचाहरूले करार पालना गर्ने हरेक पुरुष र महिलालाई अविश्वसनीय व्यक्तिगत आध्यात्मिक सौभाग्यहरूको आनन्द लिन सम्भव बनाउँछ । यहाँ पुन: कर्टल्याण्ड मन्दिरको पवित्र इतिहासबाट हामीले धेरै विषयहरू सिक्न सक्छौँ ।

जोसेफ स्मिथको कर्टल्याण्ड मन्दिरको समर्पणको प्रार्थना कसरी तपाईंहरू र मलाई यी अन्तिम दिनहरूमा जीवनका चुनौतीहरू सामना गर्न आध्यात्मिक रूपमा सशक्त बनाउँछ भन्ने शिक्षा हो । सिद्धान्त र करारको खण्ड १०९मा त्यो प्रार्थनाको अभिलेख पढ्न म तपाईंहरूलाई प्रोत्साहन गर्छु । समर्पणको त्यो प्रार्थना, जुन प्रकाशद्वारा प्राप्तभएको थियो, यसले सिकाउँछ कि मन्दिर “प्रार्थनाको गृह, उपवासको गृह, आस्थाको गृह, शिक्षाको गृह, महिमाको गृह, व्यवस्थाको गृह, परमेश्वरको गृह हो ।”

विशेषताहरूको यो सूची मन्दिरको वर्णन भन्दा धेरै छ । यो परमप्रभुको गृहमा सेवा गर्ने र आराधना गर्नेहरूलाई के हुने छ भन्ने प्रतिज्ञा हो । तिनीहरूले प्रार्थना, व्यक्तिगत प्रकाश, महान् आस्था, सामर्थ्य, सान्त्वना, वृद्धि भएको ज्ञान र वृद्धि भएको शक्तिको जवाफ प्राप्त गर्ने अपेक्षा गर्न सक्छन् ।

मन्दिरमा बिताउने समयले तपाईंहरूलाई सेलेस्टियल सोच राख्न र तपाईंहरू वास्तवमा को हुनुहुन्छ, तपाईंहरू को बन्न सक्नुहुन्छ र तपाईंहरूले सदैव कस्तो जीवन प्राप्त गर्न सक्नुहुन्छ भन्ने विषयको दर्शन प्राप्त गर्न सहयोग गर्ने छ । नियमित मन्दिरको आराधनाले तपाईंहरूले आफूस्वयम् लाई हेर्ने तरिका र तपाईंहरू परमेश्वरको महान् योजनामा कसरी समाहित हुनुहुन्छ भन्ने विषयलाई वृद्धि गर्ने छ । म तपाईंहरूलाई त्यो प्रतिज्ञा गर्छु ।

मन्दिरमा हामी “पवित्र आत्माको पूर्णता प्राप्त” गर्न सक्छौँ भनेर हामीलाई प्रतिज्ञा पनि गरिएको छ । अनन्त सत्यको खोजी गर्ने प्रत्येक व्यक्तिका लागि स्वर्ग खुला हुने सन्दर्भमा त्यो प्रतिज्ञाको अर्थ के हो परिकल्पना गर्नुहोस् ।

मन्दिरमा आराधना गर्ने सबैलाई परमेश्वरको शक्ति र स्वर्गदूतहरूको संरक्षण हुन्छ भनेर हामीलाई निर्देशन दिइएको छ । परमेश्वरको शक्तिले भरिपूर्ण कुनै महिला वा पुरुषका रूपमा, तपाईंहरूले एक्लै जीवनको सामना गर्नु पर्दैन भन्ने विषयको जानकारी प्राप्त गर्दा तपाईंहरूको आत्मविश्वासमा कत्ति वृद्धि हुन्छ? स्वर्गदूतहरूले तपाईंहरूलाई वास्तवमा सहयोग गर्ने छन् भनी जानकारी प्राप्त गर्दा तपाईंलाई कस्तो साहस दिन्छ?

अन्तमा, हामीलाई प्रतिज्ञा गरिएको छ कि परमप्रभुको गृहमा आराधना गर्नेहरूमाथि “दुष्टताको कुनै संयोजन”ले तिनीहरू माथि विजय प्राप्त गर्ने छैन ।

मन्दिरमा सम्भव बनाइएका आध्यात्मिक सुअवसरहरू बुझ्नु आज हामी प्रत्येकका लागि महत्त्वपूर्ण छ ।

मेरा प्यारा दाजुभाइहरू तथा दिदीबहिनीहरू, यहाँ मेरो प्रतिज्ञा छ । तपाईंहरूको परिस्थितिले अनुमति दिएअनुसार मन्दिरमा नियमित रूपमा आराधना गर्नाले अधिक रूपमा फलामको छडलाई समात्नका लागि अन्य अरू कुनै विषयले तपाईंहरूलाई सहयोग गर्दैन । तपाईंहरूले संसारको अन्धकारको धुँवाको सामना गर्नुहुँदा तपाईंहरूलाई अन्य अरू कुनै विषयले बढी सुरक्षा दिने छैन । कुनै पनि विषयले परमप्रभु येशू ख्रीष्ट र उहाँको प्रायश्चितको तपाईंहरूको गवाहीलाई मजबुत बनाउँदैन वा तपाईंहरूलाई परमेश्वरको महान् योजनालाई अझै बढी बुझ्न सहयोग गर्ने छ । पीडाको समयमा कुनै पनि विषयले तपाईंहरूको आत्मालाई बढी शान्त पार्ने छैन । अन्य कुनैपनि चीजले पनि स्वर्ग बढी खोल्ने छैन । अन्य कुनैपनि चीजले !

मन्दिर हामी हरेकका लागि परमेश्वरले भण्डारमा राख्नुभएका सबैभन्दा उत्तम आशीर्वादहरूको प्रवेशद्वार हो , किनकि मन्दिर पृथ्वीमा एक मात्र यस्तो स्थान हो जहाँ हामीले अब्राहामलाई प्रतिज्ञा गरिएका सबै आशीर्वादहरू प्राप्त गर्न सक्छौँ । यसैले हामी मन्दिरका आशीर्वादहरूलाई चर्चका सदस्यहरूका लागि थप पहुँचयोग्य बनाउन परमप्रभुको निर्देशनमा, हाम्रो सामर्थ्यमा भएका सबै कार्यहरू गरिरहेका छौँ । यसैले, हामी यो घोषणा गर्न पाउँदा खुसी छौँ कि हामीले यी १५ स्थानहरू मध्ये प्रत्येकमा नयाँ मन्दिर निर्माण गर्ने योजना बनाएका छौँ:

  • यूटुरोआ, फ्रेन्च पोलिनेसिया

  • चिहुआहुआ, मेक्सिको

  • फ्लोरियानोपोलिस, ब्राजिल

  • रोजारियो, अर्जेन्टिना

  • एडिनबर्ग, स्कटल्याण्ड

  • ब्रिस्बेन, अष्ट्रेलिया दक्षिण क्षेत्र

  • भिक्टोरिया, ब्रिटिश कोलम्बिया

  • यूमा, एरिजोना

  • ह्यूस्टन, टेक्सस दक्षिण क्षेत्र

  • डेस मोइनेस, आयोवा

  • सिनसिनाटी, ओहायो

  • होनोलुलु, हवाई

  • पश्चिम जोर्डन, यूटा

  • लिहाइ, यूटा

  • माराकाइबो, भेनेजुएला

मेरा प्रिय दाजुभाइहरू तथा दिदीबहिनीहरू, म गवाही दिन्छु कि यो पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च हो । उहाँ यसको शिरमा उभिनुहुन्छ । हामी उहाँका शिष्यहरू हौँ ।

हामी पादरित्वका साँचाहरूको पुनर्स्थापनामा आनन्द मनाऔँ जसले तपाईंहरू र मलाई हामी इच्छुक र प्राप्त गर्नका लागि योग्य हुँदा प्रत्येक आध्यात्मिक आशीर्वादको आनन्द लिन सम्भव बनाउँछ । म येशू ख्रीष्टको पवित्र नाममा यो प्रमाणित गर्छु, आमीन ।