पुस्तिकाहरू र बोलावटहरू
३३. अभिलेखहरू र प्रतिवेदनहरू


“३३. अभिलेखहरू र प्रतिवेदनहरू,”साधारण पुस्तिकाबाट छनोटहरू (२०२३) ।

“३३. अभिलेखहरू र प्रतिवेदनहरू,”साधारण पुस्तिकाबाट छनोटहरू

छवि
मानिसहरू कम्प्युटर हेर्दै

३३.

अभिलेखहरू र प्रतिवेदनहरू

३३.०

परिचय

अभिलेख राख्नु सदैव परमप्रभुको चर्चमा महत्त्वपूर्ण रहेको छ । उदाहरणका लागि:

आदमले “सम्झनाको पुस्तक” राखेका थिए (मोशा ६:५) ।

मोरोनीले सिकाए कि येशू ख्रीष्टको चर्चमा बप्तिस्मा लिनेहरूको नाम अभिलेख गरिएको थियो ताकि “तिनीहरूलाई सम्झना गरिन सकिन्छ र परमेश्वरको असल वचनले पोषण मिल्न सक्छ” (मोरोनी ६:४) ।

जोसेफ स्मिथले निर्देशन दिए कि ”परमप्रभुको अगाडि सत्यको अभिलेख निर्माण गर्न” (सिद्धान्त र करार १२८:२) प्रत्येक वार्डमा एक अभिलेखकर्ताको बोलावट गरिनु पर्छ ।

३३.१

चर्चका अभिलेखहरूको अवलोकन गर्ने

चर्चका अभिलेखहरू पवित्र छन् । तिनीहरूमा भएका जानकारी संवेदनशील छन् र सुरक्षित गरिनु पर्छ । चर्चका अभिलेख प्रणालीहरूले बोलावटहरूका आधारमा सदस्यता जानकारीमा पहुँच राख्न अधिकार प्रदान गर्छन् ।

अभिलेखहरूले अगुवाहरूलाई सहयोग गर्न सक्छ:

  • कसलाई विशेष हेरचाहको आवश्यक छ भनेर पहिचान गर्नका लागि ।

  • एक व्यक्तिले प्राप्त गरेका वा आवश्यक हुन सक्ने मुक्तिका विधिहरू पहिचान गर्नका लागि ।

  • सदस्यहरू पत्ता लगाउनका लागि ।

चर्चका एकाइहरूमा निम्न प्रकारका अभिलेखहरू राखिन्छन्:

  • सदस्य सहभागिता प्रतिवेदनहरू (हेर्नुहोस् ३३.५)

  • सदस्यता अभिलेखहरू (हेर्नुहोस् ३३.६)

  • ऐतिहासिक अभिलेखहरू (हेर्नुहोस् ३३.७)

  • वित्तीय अभिलेखहरू (हेर्नुहोस् अध्याय ३४ )

३३.२

कारिन्दाहरूका लागि साधारण निर्देशनहरू

तिनीहरूसँग अध्यावधिक मन्दिर अनुमति-पत्र हुनु पर्छ ।

चर्चका कोषहरू सुरक्षित गर्न र चर्चका अभिलेखहरू सही छन् भनी सुनिश्चित गर्न कारिन्दाहरूले हालका नीतिहरूलाई सचेत बनेर पालना गर्छन् । कारिन्दाहरूले कुनै पनि अनुचित कार्यका सम्बन्धमा पादरित्व अगुवाहरूलाई तत्कालै सूचित गर्छन् । यदि अनुचितताहरू समाधान गर्न कठिनाइहरू उत्पन्न भएमा, कारिन्दाहरूले चर्चका प्रधान कार्यलयमा रहेको गोप्य अभिलेख कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

टेलिफोन: १-८०१-२४०-२०५३ वा १-८००-४५३-३८६० एक्स्टेन्सन २-२०५३

टोल फ्री (GSD-Global Service Department फोन): ८५५-५३७-४३५७

इमेल: ConfidentialRecords@ChurchofJesusChrist.org

कारिन्दाहरूको सेवाको अवधि उनीहरूलाई आफ्नो कर्तव्य सिक्न र आफ्नो काममा निरन्तरता दिन पर्याप्त हुनुपर्छ । किनभने तिनीहरू किला अध्यक्ष वा बिशपरिकका सदस्यहरू नभएकाले, उनीहरूलाई कुनै किला अध्यक्षता वा बिशपरिकको पुनर्गठन हुँदा बोलावटबाट मुक्त गरिनु आवश्यक छैन ।

३३.४

वार्ड अभिलेखहरू र प्रतिवेदनहरू

३३.४.१

बिशपरिक

विशपले वार्डको अभिलेखीकरणको निरीक्षण गर्छन् ।

३३.४.२

वार्ड कारिन्दा

प्रत्येक वार्डमा एक योग्य, काम गर्ने वार्ड कारिन्दा हुनु पर्छ । उनलाई बिशपरिकद्वारा सिफारिस गरिएको हुन्छ र किला अध्यक्षताका एक सदस्य वा तोकिएको एक उच्च सल्लाहकारले बोलावट र नियुक्त गर्छन् । उनले मल्कीसेदेक पादरित्वको पद धारण गर्नुपर्छ र उनीसँग हालको मन्दिर सिफारिस हुनु पर्छ । उनी वार्ड परिषद्का सदस्य हुन् । २९.२ मा सङ्केत गरिए अनुसार उनी वार्ड वैठकहरूमा उपस्थित हुन्छन् ।

वार्ड कारिन्दालाई बिशपरिक र किला कारिन्दाहरूद्वारा निर्देशन दिइन्छ । सहयोग गर्नका लागि सहायक वार्ड कारिन्दाहरूलाई बोलावट गर्न सकिन्छ ।

३३.४.२.१

अभिलेख राख्ने उत्तरदायित्वहरू

वार्ड कारिन्दा वा नियुक्त गरिएका सहायक कारिन्दाका निम्न उत्तरदायित्वहरू छन्:

  • वार्ड नेतृत्व सभाहरूमा गरिएका कार्यहरू र निर्णयहरूको अभिलेख राख्ने ।

  • अभिलेख र प्रतिवेदनहरू सही र समयमा नै गरिएका छन् भनेर सुनिश्चित गर्ने ।

वार्ड कारिन्दा चर्चका अभिलेख राख्ने उपकरणहरूसँग परिचित हुनुपर्छ (हेर्नुहोस् ३३.०) । उनले यी उपकरणहरू अगुवाहरूलाई निम्न विषयहरूको पहिचान गर्नका लागि सहयोग गर्न प्रयोग गर्छन्:

  • सदस्य र सङ्गठनहरूका आवश्यकताहरू ।

  • वित्तीय सहित स्रोतसाधनहरूको उपलब्धता ।

तिनीहरूको सदस्यताको जानकारीमा कुनै त्रुटिहरू भएमा जानकारी गराउन वार्ड कारिन्दाहरूले सदस्यहरूलाई प्रोत्साहन गर्छन् ।

अभिलेख राख्ने अन्य कर्तव्यहरूमा यी समावेश हुन सक्छन्:

  • विधिहरू सही रूपमा र तत्कालै अभिलेख गरिएको सुनिश्चित गर्ने ।

  • वार्ड सम्मेलनका लागि अधिकारीहरूलाई समर्थन गर्ने फारम तयार गर्ने ।

  • वार्ड सदस्यता परिषद्हरूका लागि जानकारी अभिलेख गर्ने ।

  • वित्तीय अभिलेख राख्ने (हेर्नुहोस् ३४.२.२) ।

३३.५

सदस्य सहभागिता प्रतिवेदनहरू

सदस्य सहभागिताका प्रतिवेदनहरूले अगुवाहरूलाई सदस्यहरूको प्रगति र आवश्यकताहरूमा ध्यान केन्द्रित गर्न सहयोग गर्छन् ।

३३.५.१

प्रतिवेदनहरूका प्रकारहरू

३३.५.१.१

उपस्थिति प्रतिवेदनहरू

प्रभुभोजका सभाहरू र आइतबारका पादरित्व र सङ्गठनका वैठकहरूमा हुने उपस्थितिलाई LCR वा सदस्य उपकरणहरू प्रयोग गरेर इलेक्ट्रोनिक रूपमा अभिलेख गरिन्छ ।

प्रभुभोजका सभा । प्रभुभोजका सभामा हुने उपस्थितिलाई हरेक हप्ता वार्ड कारिन्दा वा सहायक वार्ड कारिन्दाद्वारा अभिलेख गरिन्छ । आगन्तुकहरू सहित व्यक्तिगत रूपमा वा स्ट्रिमिङद्वारा सभामा उपस्थित हुने सङ्ख्यालाई गणना गरिन्छ ।

आइतबारका गण र सङ्गठन सभाहरू । प्रत्येक हप्ता गण र सङ्गठनका सचिवहरू र सल्लाहकारहरूद्वारा उपस्थिति अभिलेख गरिन्छ । युवा अगुवाहरूले पनि उपस्थिति अभिलेख गर्नका लागि सहयोग गर्न सक्छन् । आगन्तुकहरू सहित व्यक्तिगत रूपमा वा स्ट्रिमिङद्वारा सभामा उपस्थित हुने सङ्ख्यालाई गणना गरिन्छ । वार्ड भित्रका प्राथमिक वा युवा अगुवाहरूका रूपमा सेवा गरिरहेका सदस्यहरू पनि सहभागीका रूपमा समावेश गरिन्छन् ।

वार्ड कारिन्दाले कुनै पनि सङ्गठनका तर्फबाट उपस्थिति अभिलेख गर्न सक्छन् ।

३३.५.१.२

सेवाका अन्तर्वार्ता प्रतिवेदनहरू

हेर्नुहोस् २१.३

३३.५.१.३

त्रैमासिक प्रतिवेदन

प्रतिवेदनमा भएका प्रत्येक सङ्ख्याले एक वास्तविक व्यक्तिलाई जनाउँछ जसका विशेष आवश्यकताहरू छन् (हेलामान १५:१३ हेर्नुहोस्) ।

त्रैमासिक प्रतिवेदनले उपयोगी जानकारी समावेश गर्छन् जसले अगुवाहरूलाई तिनीहरूका सेवाका प्रयासहरूमा प्रेरणा खोज्ने अन्तरदृष्टि प्रदान गर्न सक्छन् ।

किला र वार्डका अगुवाहरूले व्यक्तिहरूको प्रगति समीक्षा गर्न नियमित रूपमा त्रैमासिक प्रतिवेदनलाई सन्दर्भ गर्छन् ।

प्रत्येक वार्डले त्रैमासिक प्रतिवेदन पूरा गर्छन् र चर्चको प्रधान कार्यालयमा बुझाउँछन् । कारिन्दाले बिशपसँग प्रतिवेदनको समीक्षा गर्छन् र प्रत्येक तीन महिनाको अन्त्य पछि अर्को महिनाको १५ औँ दिन अगाडि यसलाई पेश गर्छन् ।

३३.५.२

सदस्यता सूचीहरू

चर्चका अभिलेख राख्ने उपकरणहरूले अगुवाहरूलाई सदस्यहरूका सूचीहरूमा पहुँच प्रदान गर्छन् । यी सूचीहरूले अगुवाहरूलाई निम्न विषयहरूको पहिचान गर्न सहयोग गर्न सक्छन्:

  • कुन सदस्यहरूले अहिलेसम्म विधिहरू प्राप्त गरेका छैनन् जसका लागि तिनीहरू योग्य छन् ।

  • कुन युवा र युवतीहरू सुसमाचार प्रचार सेवा गर्न योग्य छन् ।

  • कुन युवासँग हालको मन्दिर अनुमति-पत्र छैन ।

  • कुन युवाहरूलाई बिशपरिकका सदस्यसँग भेटघाटका लागि समय निर्धारण गर्नु आवश्यक छ ।

गण र सङ्गठनका अगुवाहरूले तिनीहरूको गण वा सङ्गठनका व्यक्तिहरूको सूचीमा पहुँच प्राप्त गर्नु पर्छ ।

३३.६

सदस्यता अभिलेखहरू

सदस्यता अभिलेखहरूमा सदस्यहरूको नाम, सम्पर्क जानकारी, विधिहरूका विवरणहरू र अन्य महत्त्वपूर्ण जानकारीहरू समावेश हुन्छ ।

सदस्य बस्ने वार्डमा उनको सदस्यता अभिलेख राखिनु पर्छ । अपवादहरू, जुन दुर्लभ हुनुपर्छ, यसमा संलग्न बिशप र किला अध्यक्षहरूको सहमति आवश्यक हुन्छ । अपवाद अनुरोध गर्न, किला अध्यक्षले LCR को प्रयोग गरी प्रथम अध्यक्षताको कार्यालयमा अनुरोध पेश गर्छन् ।

तत्कालै निम्न गर्न यो महत्त्वपूर्ण छ:

  • विधिका जानकारी अभिलेख गर्ने ।

  • वार्डमा भित्र वा बाहिर स्थानान्तरण गर्ने सदस्यहरूको अभिलेख स्थानान्तरण गर्ने ।

  • नयाँ सदस्यहरू र सदस्य बनिसकेका अभिभावकहरूको नयाँ सन्ततिहरूका लागि अभिलेखहरू सिर्जना गर्ने ।

  • सदस्यको मृत्यु अभिलेख गर्ने ।

  • विवाह र घरपारिवारिक जानकारी अभिलेख गर्ने ।

बिशप वा किला अध्यक्षले कुनै सदस्यको निम्न कारणहरूका लागि अन्तर्वार्ता लिनु अघि उनको सदस्यता अभिलेख उपयुक्त वार्डमा छ कि छैन भनी सुनिश्चित गर्छन्:

  • चर्चको बोलावट ।

  • मन्दिर अनुमति-पत्र ।

  • मल्कीसेदेक पादरित्व वा त्यो पादरित्वको कार्यालयमा नियुक्त हुन ।

अभिलेखमा निम्न मध्ये कुनै पनि समावेश छैन भनेर पनि उनले सुनिश्चित गर्छन्:

  • एक स्पष्टीकरण

  • बाँधिने वा विधि प्रतिबन्धका सम्बन्धमा टिप्पणी

  • औपचारिक सदस्यता प्रतिबन्धहरू

कुनै पनि परिस्थितिमा बिशप वा कारिन्दा बाहेक अन्य कसैलाई सदस्यता अभिलेखहरू दिन वा देखाउन पाइँदैन ।

सदस्यहरूले सदस्य उपकरण एपमा आफ्ना लागि र घरमा बस्ने कुनै पनि आश्रित बालबालिकाहरूका लागि सदस्यता जानकारी हेर्न सक्छन् । तिनीहरूले कारिन्दाबाट उनीहरूको व्यक्तिगत विधिको सारांशहरूसहितका मुद्रित प्रतिलिपिहरू पनि अनुरोध गर्न सक्छन् । यदि त्रुटिहरू फेला परे भने, कारिन्दाले तिनीहरूका सदस्यता अभिलेखहरूमा सच्याइएका छन् भनेर सुनिश्चित गर्दछन् ।

३३.६.१

चर्च अभिलेखहरूमा प्रयोग गरिएका नामहरू

एक व्यक्तिको पूर्ण कानुनी नाम, स्थानीय कानुन वा चालचलनले परिभाषित गरे अनुसार, सदस्यता अभिलेख र विधिका प्रमाणपत्रहरूमा प्रयोग गरिनु पर्छ ।

३३.६.२

अभिलेखमा भएका सदस्यहरू

निम्न व्यक्तिहरू अभिलेखमा भएका सदस्यहरू हुन् र तिनीहरूसँग सदस्यता अभिलेख हुनुपर्छ:

  • जसले बप्तिस्मा लिएका छन् र जसका प्रमाणीकरण गरिएका छन्

  • ९ वर्ष मुनिकाहरू जसले आशीर्वाद प्राप्त गरेका छन् तर बप्तिस्मा लिएका छैनन्

  • उमेर जे-जस्तो भए तापनि वौद्धिक अपाङ्गताका कारण उत्तरदायित्व नहुनेहरू

  • ९ वर्षभन्दा कम उमेरका चर्चमा आशीर्वाद नदिइएका बालबालिकाहरू जसमा निम्न दुबै लागू हुन्छन्:

    • कम्तिमा कुनै एक अभिभावक वा कुनै एक हजुरबुबा/आमा चर्चको सदस्य छन् ।

    • दुबै अभिभावकले अभिलेख निर्माण गर्नका लागि अनुमति दिन्छन् । (यदि केवल एक अभिभावकले बालबालिकाको कानुनी अधिकार पाएको छ भने, तिनै अभिभावकको अनुमति पर्याप्त छ ।)

९ वा सोभन्दा माथिको उमेरका व्यक्ति जसको सदस्यता अभिलेख छ तर उनले बप्तिस्मा लिएका र प्रमाणीकरण गरेका छैनन् भने तिनी अभिलेख भएका सदस्य होइनन् । यद्यपि, व्यक्ति बस्ने वार्डले व्यक्ति १८ वर्षको नहुँदासम्म सदस्यता अभिलेख कायम राख्छ । त्यस समयमा, यदि व्यक्तिले बप्तिस्मा नगर्ने छनोट गर्छन् भने, बिशपले सदस्यता अभिलेख रद्द गर्दछन् । किला अध्यक्षको अनुमति आवश्यक हुन्छ ।

वौद्धिक असक्षमताका कारण बप्तिस्मा नलिएका व्यक्ति वा अभिभावक लगायतका कानुनी संरक्षकद्वारा अनुरोध नगरिएसम्म तिनीहरूका अभिलेखहरू रद्द गरिँदैन ।

३३.६.३

नयाँ वार्ड सदस्यहरूका अभिलेखहरू

वार्ड कारिन्दा वा वार्ड सहायक कारिन्दाले नयाँ वार्ड सदस्यहरूलाई उनीहरूका सदस्यता अभिलेखहरू प्राप्त भएपछि व्यक्तिगत विधिहरूको सारांश सही छन् कि छैनन् भनेर समीक्षा गर्न सम्पर्क गर्छन् ।

३३.६.६

आफ्नो भौगोलिक वार्ड बाहिर सेवा गर्ने सदस्यहरूका अभिलेखहरू

३३.६.६.२

पूर्णकालीन सुसमाचार प्रचारकहरूका अभिलेखहरू

हेर्नुहोस् २४.६.२.८

३३.६.१३

सम्बन्धविच्छेद भएका अभिभावकहरूका बालबालिकाहरूको अभिलेखहरू

सबै सदस्यता अभिलेखहरूले स्थानीय कानुन वा प्रचलनद्वारा परिभाषित गरिएअनुसार व्यक्तिको कानुनी नाम प्रयोग गर्छन् । यसमा सम्बन्धविच्छेद भएका अभिभावकहरूका बालबालिकाहरू समावेश हुन्छ ।

सम्बन्धविच्छेद भएका अभिभावकहरूका बालबालिकाहरू प्रायः दुबै अभिभावकका वार्डहरूका चर्चका सभाहरूमा उपस्थित हुन्छन् । जबकि एक एकाईले मात्र बालबालिकाको आधिकारिक सदस्यता अभिलेख राख्न र अद्यावधिक गर्न सक्छ, एक एकाई बाहिरको सदस्यको अभिलेख ऊ वा उनी उपस्थित हुने अर्को वार्डमा सिर्जना गर्न सकिन्छ । यसले वार्ड सूची र कक्षाका हाजिरीहरूमा बालबालिकाको नाम र सम्पर्क जानकारी समावेश गर्न अनुमति दिन्छ ।

एकाइ बाहिर अभिलेख भएका सदस्य बालबालिकाहरूले त्यो एकाइमा बोलावट प्राप्त गर्न सक्छन् ।

३३.६.१५

सदस्यता अभिलेखहरूमा प्रतिबन्धहरू हटाउने

औपचारिक सदस्यता प्रतिबन्धहरू वा अन्य गम्भीर चासोका विचाराधीन विषय हुँदाहुँदै कुनै सदस्य वार्डबाट बाहिर सर्छन् भने बिशप वा आधिकारिक कारिन्दाले सदस्यता अभिलेखमा अभिलेख सार्न प्रतिबन्धमा चिन्ह लगाउन सक्छन् । यसका लागि उनले LCR प्रयोग गर्छन् ।

सार्नका लागि प्रतिबन्धित चिन्ह लगाइएको अभिलेखलाई नयाँ एकाईमा सारिने छैन जबसम्म प्रतिबन्ध गर्ने पादरित्व अगुवाले यसलाई हटाउने अधिकार दिँदैनन् ।

३३.६.१६

“ठेगाना अज्ञात” भएको फाइलबाट अभिलेखहरू

कहिलेकाहीँ ऊ वा उनको अभिलेख चर्चको प्रधान कार्यालयमा “ठेगाना अज्ञात भएको फाइल” मा राखिएपश्चात् कुनै सदस्यलाई पत्ता लगाइन्छ । यस अवस्थामा, वार्ड कारिन्दाले LCR प्रयोग गरेर त्यो अभिलेखको अनुरोध गर्छन् ।

३३.६.१७

विधिका जानकारी अभिलेख गर्ने र सच्याउने

अध्याय १८ हेर्नुहोस् ।

३३.६.१९

सदस्यता अभिलेखहरूका लेखापरीक्षणहरू

प्रत्येक वर्ष किलाका कारिन्दा वा किलाका सहायक कारिन्दाले प्रत्येक वार्डमा LCR प्रयोग गरी सदस्यता अभिलेखको लेखापरीक्षण गरिएको छ भनेर सुनिश्चित गर्छन् । लेखापरीक्षणहरू प्रत्येक वर्ष जुन ३० सम्म पूरा गरिनु पर्छ ।

३३.७

ऐतिहासिक अभिलेखहरू

३३.७.१

वार्ड र किला इतिहासहरू

परमप्रभुले आज्ञा दिनुभएको छ कि उहाँको चर्च सम्बन्धी “सबै महत्त्वपूर्ण विषयहरूको इतिहास” लेखिनु र राखिनु पर्छ (सिद्धान्त र करार ६९:३; पद ५; अल्मा ३७:२पनि हेर्नुहोस्) ।

चर्चका हरेक एकाइले एकाइ सम्बन्धी सबै महत्त्वपूर्ण विषयहरूको दस्तावेज राख्नु पर्छ ।

इतिहास राख्नु एक आध्यात्मिक कार्य हो जसले यसलाई लेख्ने र पढ्नेहरूको आस्थालाई मजबुत बनाउँछ ।

किलाका कारिन्दा वा किलाका सहायक कारिन्दाले किलाको इतिहास तयार पार्छन् । बिशपरिकले वार्डका लागि समान प्रयासको अनुशरण गर्छन् । निर्देशनहरू किला, जिल्ला र सुसमाचार प्रचार क्षेत्रका वार्षिक इतिहासमा उपलब्ध छन् ChurchofJesusChrist.org.

३३.८

अभिलेखको गोपनीयता

कागजात वा डिजिटल जुन रूपमा भए तापनि चर्चका अभिलेखहरू गोप्य हुन्छन् । यिनीहरूले निम्न समावेश गर्छन्:

  • सदस्यता अभिलेखहरू।

  • वित्तीय अभिलेखहरू ।

  • वैठकहरूबाट टिप्पणीहरू ।

  • आधिकारिक फारमहरू र कागजातहरू (सदस्य परिषदहरूका अभिलेखहरू सहित) ।

अगुवाहरूले यो सुनिश्चित गर्छन् कि सदस्यहरूबाट सङ्कलन गरिएको जानकारी :

  • चर्चलाई आवश्यक पर्ने विषयमा सीमित छ ।

  • चर्चका स्वीकृत उद्देश्यहरूका लागि मात्रै प्रयोग गरिन्छ ।

  • यसलाई प्रयोग गर्न अधिकार प्राप्त गरेकाहरूलाई मात्र दिइन्छ ।

इलेक्ट्रोनिक रूपमा भण्डारण गरिएका जानकारी सुरक्षित रूपमा राखिनु पर्छ र उपयुक्त रूपमा संरक्षित गरिनु पर्छ (हेर्नुहोस् ३३.९.१) ।

३३.९

अभिलेख व्यवस्थापन

३३.९.१

संरक्षण

चर्चका सबै अभिलेखहरू, प्रतिवेदनहरू र तथ्याङ्क अनाधिकृत पहुँच, परिवर्तन, विनाश वा खुलासा विरुद्ध संरक्षित गरिनु पर्छ । यो जानकारी सुरक्षित स्थानमा राखिनुपर्छ ।

चर्चको स्वामित्वमा रहेका यन्त्रहरू वा भण्डारण मिडिया हराएमा वा चोरी भएमा यसमा तत्कालै जानकारी गराइनु पर्छ incidents.ChurchofJesusChrist.org. चर्चका जानकारीको दुरुपयोगको पनि रिपोर्ट गरिनु पर्छ ।

३३.९.१.१

प्रयोगकर्ता नाम र पासवर्डहरू

किला अध्यक्षहरू, बिशपहरू र अन्य अगुवाहरूले तिनीहरूको चर्चको प्रयोगकर्ता नाम र पासवर्ड सल्लाहकारहरू, कारिन्दाहरू, कार्यकारी सचिवहरू वा अरूहरूसँग कहिल्यै पनि बाँढ्नु हुँदैन ।

३३.९.१.३

तथ्याङ्क गोपनीयता

धेरै देशहरूले तथ्याङ्क सुरक्षा कानूनहरू बनाएका छन् जसले व्यक्तिगत तथ्याङ्कको प्रशोधनलाई नियमन गर्छन् । यसले सदस्यता अभिलेखहरू र व्यक्तिहरूलाई पहिचान गर्ने चर्चका अन्य अभिलेखहरूमा जानकारी समावेश गर्छ । स्थानीय व्यवस्थापनमा चर्चको अभिलेखहरूको प्रयोगका सम्बन्धमा तथ्याङ्क संरक्षण कानूनहरू सम्बन्धि प्रश्नहरू भएका अगुवाहरूले चर्चको तथ्याङ्क गोपनीयता कार्यालयमा सम्पर्क गर्न सक्छन् । DataPrivacyOfficer@ChurchofJesusChrist.org.