साधारण सम्मेलन
“हेर ! म चमत्कारहरूको परमेश्वर हुँ”
अप्रिल २०२१ को साधारण सम्मेलन


“हेर ! म चमत्कारहरूको परमेश्वर हुँ”

आज येशू ख्रीष्टका अनुयायीहरू तपाईं र मेरो जीवनमा चमत्कार, चिह्न र आश्चर्यकर्महरू छन्।

मेरा प्यारा दाजुभाइ तथा बहिनीहरू, आज तपाईंहरूका सामु उभिनु कस्तो सुअवसरको कुरा हो। यस सम्मेलनलाई सम्बोधन गरिसकेका व्यक्तिहरूसँग एक भई, येशू ख्रीष्ट जीवित हुनुहुन्छ भन्ने कुराको म गवाही दिन्छु। उहाँले आफ्नो चर्चलाई निर्देशन गर्नुहुन्छ; उहाँले आफ्ना अगमवक्ता अध्यक्ष रसल-एम नेल्सनसँग बोल्नुहुन्छ, र उहाँले स्वर्गका पिताका सबै सन्तानलाई माया गर्नुहुन्छ।

यस इस्टर आइतबारमा हामी हाम्रा मुक्तिदाता र उद्धारकर्ता, येशू ख्रीष्टको पूनरुत्थानको स्मरणोत्सव मनाउँछौं शक्तिशाली परमेश्वर, २ शान्तिका राजकुमार। उधारको चिहानमा तीन दिन पछि उहाँको पूनरुत्थानका साथ टुङ्गिएको उहाँको प्रायश्चित, मानव इतिहासको सबैभन्दा ठूलो चमत्कार हो। उहाँले भन्नुभयो, “हेर, म परमेश्वर हुँ। र म चमत्कारहरूको परमेश्वर हुँ।”

अगमवक्ता मोर्मोनले मोर्मोनको पुस्तकमा सोधे “के चमत्कारहरू रोकिए किनकि ख्रीष्ट स्वर्गमा उक्लनुभयो र परमेश्वरको दाहिने हाततर्फ बस्नुभयो ।” उनले उत्तर दिए, “होइन; न त स्वर्गदूतहरूले मानिसका सन्ततिहरूको सेवा गर्न छोडेका छन्।”

क्रूसमा टाँगेपछि परमप्रभुका एउटा दूतले मरियमलाई दर्शन दिए, जो येशूको शरीरलाई अभिषेक गर्न केही अरू महिलाहरूसँग चिहानमा गएकी थिइन। देवदूतले भने:

“किन तिमीहरू मृतकहरू बीच जीवितहरूलाई खोजिरहेका छौ?

उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँ पूनरुथान भएर उठ्नु भएको छ।”

मोर्मोनको पुस्तकका अगमवक्ता अविनादीले त्यो चमत्कारको घोषणा गरे:

“यदि ख्रीष्ट मृत्युबाट पूनरुत्थापित नहुनुभएको भए, … त्यहाँ पुनरुत्थान हुने थिएन।

तरपनि त्यहाँ पुनरुत्थान छ, त्यसकारण चिहानको विजय हुनेछैन र मृत्युको खील ख्रीष्टमा निलिएको छ।”

येशू ख्रीष्टको चमत्कारपूर्ण कार्यहरूले प्रारम्भिक चेलाहरूलाई यस्तो उद्गार गर्न लगायो: “उहाँ कस्तो किसिमको मानिस हुनुहुन्छ! उहाँ आँधी र छाललाई पनि आज्ञा दिनुहुन्छ, अनि तिनीहरू उहाँको आज्ञा पालन गर्छन्।”

जब प्रारम्भिक प्रेरितहरू येशू ख्रीष्टको अनुयायी बने अनि उहाँले सुसमाचारको शिक्षा दिएको सुने, तिनीहरूले धेरै चमत्कारहरू देखे। तिनीहरूले “अन्धाले आफ्ना दृष्टि प्राप्त गरेको, अनि लङ्गडाले हिँडेको, कोरीहरूले चङ्गाइ प्राप्त गरेको अनि बहिरा सुन्न सकेको, मृतकहरूलाई उठाइएको, अनि गरीबहरूलाई सुसमाचार सिकाइएको” देखे । १०

आज येशू ख्रीष्टका अनुयायीहरू तपाईं र मेरो जीवनमा चमत्कार, चिह्न र आश्चर्यकर्महरू छन्। चमत्कारहरू “परमेश्वर हिजो, आज र सदासर्वदा उस्तै हुनुहुन्छ भन्ने पुष्टि गर्ने र दैवी कार्यहरू, अभिव्यक्तहरु उहाँका असीमित शक्तको प्रदर्शन हुन्।”११ येशू ख्रीष्ट, जसले समुद्रहरू सृष्टि गर्नुभयो, तिनीहरूलाई शान्त पार्न सक्नुहुन्छ; जसले अन्धालाई दृष्टि दिनुभयो उहाँले हाम्रो दृष्टि स्वर्गमा उचाल्न सक्नुहुन्छ। जसले कुष्ठरोगीहरूलाई निको पार्नुभयो, उहाँले हाम्रो अशक्तताहरूलाई सुधार्न सक्नुहुन्छ; उहाँले त्यस नपुंसकलाई निको पार्नुभयो उहाँले हामीलाई “आऊ, मलाई पछ्याऊ” का साथ बोलाउन सक्नुहुन्छ। १२

तपाईंहरू धेरैले आफुले महसुस गर्ने भन्दा बढी चमत्कारहरू देख्नुभएको छ। येशूले मृतकहरूलाई बिउँताउनुभएको तुलनामा तिनीहरू साना देखिन्छन्। तर परिमाणले कुनै चमत्कारलाई छुट्याउँदैन, केवल यो परमेश्वरबाट आएको हो। केहीले सुझाव दिन्छन् कि चमत्कारहरू केवल संयोग वा भाग्य मात्रै हुन्। तर अगमवक्ता नफिले “परमेश्वरको शक्ति र आश्चर्यकर्महरू छोड्ने, अनि लाभ प्राप्त गर्न सकून् भनेर आफ्नै बुद्धि र आफ्नै ज्ञानको प्रचार गर्नेहरूको निन्दा गर्नुभयो।” १३

चमत्कारहरू उहाँद्वारा दैवी शक्तिले लिइएको हो जो “बचाउनका लागि शक्तिशाली” हुनुहुन्छ। ।१४ चमत्कारहरू परमेश्वरको अनन्त योजनाका विस्तारित रुप हुन्; चमत्कारहरू स्वर्गबाट पृथ्वीमा एक उद्धारकार्य हुन्।

गत वर्षान्तमा दिदी रजबेण्ड र म ६००,००० मानिसहरू सहभागी हुने १६ विभिन्न भाषाहरूमा प्रशारण हुन लागेको विश्वव्यापी प्रत्यक्ष कार्यक्रमका लागि गोशेन, यूटामा गइरहेका थियौं। १५ उल्लेखित कार्यक्रम संसारभरका वयस्क युवाहरूले प्रस्तुत गरेका प्रश्नहरूका साथ येशू ख्रीष्टको सुसमाचारको पूनर्स्थापनाका घटनाहरूमा केन्द्रित थिए। दिदी रजबेण्ड र मैले व्यक्तिगत रुपमा प्रश्नहरूको समीक्षा गरेका थियौं; तिनीहरूले हामीलाई जोसेफ स्मिथलाई परमेश्वरको अगमवक्ता हुनुहुन्छ, हाम्रो जीवनमा प्रकाशको शक्ति, येशू ख्रीष्टको सुसमाचारको पुर्नस्थापनाको निरन्तरता, अनि हामी अनमोल मान्ने सत्य र आज्ञाहरूका बारेमा गवाही दिने अवसर दिए। आज सुन्नेहरू धेरै जना त्यस चमत्कारपूर्ण घटनाको हिस्सा हुनुहुन्थ्यो।

यस प्रसारणको प्रारम्भमा पवित्र ग्रोभ न्यूयोर्कको माथिल्लो भागमा हुने थियो जहाँ जोसेफ स्मिथले यस्तो गवाही दिनुभएको थियो: “मैले दुई व्यक्तित्वहरू देखेको थिएँ, जसको चमक र महिमाले सबै विवरणलाई इन्कार गदर्छ, म माथि हावामा उभिएर। उहाँहरू मध्ये एक जनाले मलाई बोलाउनुभयो अनि अर्कालाई देखाउँदै - भन्नुभयो -यी मेरा प्रिय पुत्र हुन्। उहाँलाई सुन!१६दाजुभाइहरू तथा दिदीबहिनीहरू, ती एक चमत्कार थिए।

छवि
यरूशलेम गोशेन, यूटामा स्थापित गरियो

विश्वव्यापी महामारीले हामीलाई हाम्रो प्रसारणलाई गोशेन, यूटामा सार्न बाध्य तुल्यायो जहाँ पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चले पुरानो यरूशलेमको एक भाग, छायाङ्कन का लागि, पून: निर्माणका गर्दै थियो। त्यो आइतबार साझ दिदी रजबेण्ड र म गोशेन पुग्न केही माईल बाँकी हुँदा हामीले हाम्रो गन्तव्यको दिशातर्फबाट बाक्लो धुवाँ आएको देख्यौं । त्यस क्षेत्रमा डढेलो लागिरहेको थियो अनि हामी प्रसारण जोखिममा पर्ला कि भनेर चिन्तित थियौं। नभन्दै, हाम्रो प्रसारण हुने समय , छ बज्नु भन्दा बीस मिनेट अगाडि, सम्पूर्ण परिसरमा बत्ती गयो। पावर छैन ! प्रसारण छैन ! त्यहाँ एउटा जेनरेटर थियो र केहीले सोचेका थिए कि हामीले पावर सिर्जना गर्न सक्षम हुन सोक्छौँ , तर यसले हामीसँग भएका परिष्कृत उपकरणहरू धान्न सक्छ भन्ने कुनै सुनिश्चितता थिएन।

छवि
आगोबाट धुवाँ

मेरो आफ्नै विस्तारित परिवारका २० वयस्क युवाहरू समेत, कथावाचकहरू, सङ्गीतकारहरू, र टेक्निशियनहरू सहित हामी सबै, कार्यक्रममा थियौँ, के हुनेछ भन्ने कुरामा पूर्ण रुपमा केन्द्रित थियौँ। म उनीहरूका आँसुहरु र अलमलबाट अलग भएँ र परमप्रभुसँग एउटा चामत्कारका लागि बिन्ती गरें। मैले प्रार्थना गरें, “स्वर्गका पिता, मैले चमत्कारका लागि विरलै बिन्ती गरेको छु, तर अब म यसका लागि बिन्ती गर्दैछु। यो वैठक विश्वभरका हाम्रा सबै वयस्क युवाहरूका लागि हुनैपर्दछ। हामीलाई बत्ती चाहिन्छ यदि यो हजुरको इच्छा हो भने।”

छ बजेर सात मिनेट गए पछि, जति छिटो बत्ती गएको थियो, त्यति नै छिटो फेरी आयो। सङ्गीत र माइक्रोफोनबाट भिडियोहरू र सबै प्रसारण उपकरणहरूमा सबै चीज सुरू भए। हामी सुरु गर्यौं र चलिरहेका थियौँ। हामीले एउटा चमत्कार अनुभव गरेका थियौं।

छवि
प्रत्यक्ष प्रदर्शनका क्रममा संगीत प्रदर्शन

सिस्टर रजब्याण्ड र म साँझ घर फर्कंदै गर्दा गाडीमा थियौं, अध्यक्ष र सिस्टर नेल्सनले हामीलाई फोनमा यो सन्देश पठाउनुभयो: “रोन, हामी तपाईंलाई यो कुरा जानकारी दिने चाहन्छौं कि हामीले बत्ति गएको पत्ता लाग्ने बित्तिकै हामीले चमत्कारका लागि प्रार्थना गर्यौं।”

पछिल्ला दिनका धर्मशास्त्रहरूमा यो लेखिएको छ: “किनकि म, परमप्रभुले स्वर्गका शक्तिहरू प्रयोग गर्नलाई मेरा हात अगाडि सारेको छु; अहिले तिमीहरू यसलाई देख्न सक्दैनौ, तर केही समय पछि तिमीहरूले देख्नेछौ, तब तिमीहरूले थाहा पाउनेछौ कि म हुँ, र म आउनेछु अनि मेरा मानिसहरूसँग राज्य गर्नेछु। १७

ठीक त्यस्तै भयो। परमप्रभुले आफ्नो हात उठाउनु भएको थियो, अनि बत्ती आयो।

चमत्कारहरू आस्थाको शक्तिद्वारा कार्य गर्दछन्, किनकि अध्यक्ष नेल्सनले पछिल्लो सत्रमा हामीलाई दृढतापूर्वक सिकाउनुभयो। अगमवक्ता मोरनीले मानिसहरुलाई आह्वान गर्नुभयो, “किनकि यदि मानिसका सन्तानहरूमाझ आस्था नभए परमेश्वरले उनीहरूमाझ आश्चर्यकर्म ल्याउन सक्नुहुन्न; यसकारण, उनीहरूमा आस्था नभइन्जेलसम्म उहाँले आफैँलाई उनीहरूमाझ देखाउनुहुन्न।”

उहाँले निरन्तरता दिनुभयो:

“हेर, त्यो अल्मा र अमुलेकको आस्था थियो जसले कारागारलाई पृथ्वीमा ढाल्यो।

“हेर, यो नफि र लहीको आस्थाका कारण लमानीहरूमाथि परिवर्तन आयो, कि उनीहरूलाई आगोका साथ र पवित्र आत्माका साथ बप्तिस्मा दिइयो।

“हेर, यो अम्मोन र उनका बन्धुहरूको आस्था थियो जसले लमानीहरूमाझ त्यस्तो महान् आश्चर्यकर्म ल्यायो …।

“अनि न त कुनै समयमा उनीहरूमा आस्था नभइ आश्चर्यकर्महरू ल्याइएका छन; यसकारण उनीहरूले पहिला परमेश्वरका पुत्रमा विश्वास गरे।”१८

मैले धर्मशास्त्रको त्यो क्रमलाई थप्न सक्छु, “यो त व्यग्र युवा, वयस्क कलाकारहरू, प्रसारण व्यवसायीहरू, चर्चका अगुवाहरू र सदस्यहरू, प्रेरितहरू र परमेश्वरका अगमवक्ताहरूको विश्वास थियो जसले यति ठूलो चमत्कार खोज्नुभएको थियो, कि गोसेन, यूटाको दुर्गम चलचित्र सेटमा बत्ती पूनर्स्थापना भएको थियो।”

चमत्कारहरू प्रार्थनाको जवाफका रुपमा आउन सक्छन्। ती जहिले पनि हामीले मागेको वा आशा गरेको जस्तै हुँदैनन्, तर जब हामी परमप्रभुमा भरोसा राख्छौं, उहाँ त्यहाँ हुनुहुनेछ, र उहाँ ठीक त्यहाँ हुनुहुनेछ। हामीलाई आवश्यक भएको क्षणमा उहाँले चमत्कार गर्नुहुनेछ।

परमप्रभुले हामीलाई उहाँको शक्ति, हामीप्रतिको प्रेम, स्वर्गबाट हाम्रो नश्वर अनुभवसम्म उहाँको पहुँच, र सबैभन्दा मूल्यवान् कुरा सिकाउने उहाँको इच्छाको सम्झना गराउन चमत्कारहरू गर्नुहुन्छ। “जसले ममाथि निको हुने विश्वास राख्दछ,” उहाँले सन्तहरूलाई १८३१ मा भन्नुभयो, र आज पनि यो प्रतिज्ञा जारी छ, “र मृत्युका लागि नियुक्त गरिएको छैन, चङ्गाइ प्राप्त गर्नेछ।” १९ स्वर्गमा कानूनहरू छन्, र हामी सँधै तिनीहरूको अधीनमा छौं।

त्यस्ता समयहरु हुन्छन जहाँ हामी प्रियजनलाई चङ्गाइ गर्न, कुनै अनुचित कार्यलाई उल्ट्याउन, वा कटु वा मोहभङ्ग गर्ने आत्मा नरम पार्न चमत्कारको आशा गर्दछौं। नश्वर आँखाले हेरेर, भाँचिएका चीजहरू ठीक गर्नलाई हामी परमप्रभुले हस्तक्षेप गरेको चाहन्छौं । विश्वासको माध्यमबाट चमत्कार आउनेछ, यद्यपि हाम्रो समय तालिका वा हामीले चाहेको सङ्कल्पमा नहुन सक्छ। के यसको अर्थ हामी आस्थावान भन्दा कम छौं वा उहाँको हस्तक्षेपको योग्य छैनौं त? होइन । हामी परमप्रभुका प्रिय हौं। उहाँले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो, र उहाँको प्रायश्चितले बोझ र पापबाट हामीलाई मुक्त गरिरहन्छ जब हामी पश्चात्ताप गर्छौं र उहाँसँग नजिक हुन्छौं।

परमप्रभुले हामीलाई सम्झाउनु भएको छ, “न त तिम्रा मार्गहरू मेरा मार्गहरू हुन्। २० उहाँ आह्वान गर्नुहुन्छ, “हे सबै श्रम गर्ने र बोझ भएकाहरू म भएकोमा आऊ, र म तिमीलाई विश्राम दिनेछु” २१चिन्ता, निराशा, डर, अनाज्ञाकारिता, प्रियजनहरूका लागि चिन्ता, हराएका वा टुटेका सपनाहरूबाट आराम लिनुहोस्। भ्रम वा दु:ख बीच शान्ति एक चमत्कार हो। परमप्रभुका वचनहरू स्मरण गर्नुहोस्: “मैले यस विषयमा तिम्रो दिमागमा शान्तिको कुरा गरिन? परमेश्वर बाट भन्दा ठूलो गवाही अरू के हुन सक्छ?“२२ चमत्कार यो हो कि महान् यहोवा, सर्वोच्चका पुत्र, येशू ख्रीष्टले शान्तिका साथ प्रतिक्रिया व्यक्त गरिरहनु भएको छ।

जसरी उहाँ वगैंचामा मरियमको सामु उहाँको नामले बोलाउदै देखा पर्नुभयो, उहाँले हामीलाई आफ्नो विश्वासको प्रयोग गर्न बोलाउनुहुन्छ। मरियम उहाँको सेवा र हेरचाह गर्न चाहनु भएको थियो। उहाँको पुनरुत्थान उहाँले अपेक्षा गरेकि थिइनन्, तर यो खुशीको महान योजना अनुसार भएको थियो।

“क्रूसबाट तल झर” २३ अविश्वासीहरूको भीडले उहाँलाई क्यालभरीमा मजाग उडाए। उहाँले त्यस्तो चमत्कार गर्न सक्नुहुन्थ्यो। तर उहाँलाई सुरुवाद देखि नै अन्त्यको बारेमा थाहा थियो, र आफ्नो पिताको योजनाप्रति वफादार रहने उहाँको उद्देश्य थियो । त्यो उदाहरण हामीमा हराउनु हुँदैन।

परीक्षाको समयमा उहाँले भन्नुभयो, “मेरो छेउमा घोचेका घाउहरू र मेरो हात र खुट्टाहरूमा काँटीहरूको छाप पनि हेर; आस्थावान हौ, मेरा आज्ञाहरू पालन गर, र तिमीले स्वर्गको राज्यको अधिकार पाउनेछौ। “२४ दाजुभाइ दिदीबहिनीहरू, त्यो हामी सबैलाई प्रतिज्ञा गरिएको चमत्कार हो।

यस इस्टर आइतबारका दिन हामी हाम्रा परमप्रभुको पूनरुत्थानको आश्चर्यकर्मलाई मनाउँदै गर्दा, येशू ख्रीष्टको प्रेरितका रुपमा, म विनम्रतापूर्वक तपाईंलाई मेरा आशीर्वादहरू दिँदैछु कि तपाईले आफ्नो जीवनमा उद्धारकर्ताको शक्ति महसुस गर्नुहुनेछ, कि हाम्रा स्वर्गका पितासँग तपाईंको विन्तीको जवाफ येशू ख्रीष्टले आफ्नो सेवा प्रदर्शन गर्नुभयो प्रेम र प्रतिवद्धताका साथ दिइनेछ। म प्रार्थना गर्छु कि तपाई आउन लागेको सबै कुरामा स्थिर र विश्वासी रहन सक्नुहोस्। अनि हामीले गोशेनमा अनुभव गरे जस्तै म तपाईंलाई आशीर्वाद दिन्छु कि तपाइँलाई चमत्कारहरू हुनेछन्त—यदि यो परमप्रभुको इच्छा हो भने । यी स्वर्गबाट पठाइएका सन्देशहरु हेर्दै गर्नुहोस् जब तपाईंले “यो येशूलाई खोज्नुहुन्छ जसका बारेमा अगमवक्ताहरू र प्रेरितहरूले लेखेका छन्, ताकि परमेश्वर पिता र परमप्रभु येशू ख्रीष्टको र पवित्र आत्माको अनुग्रह पनि, जसले उहाँहरूको गवाही दिन्छ, तिमीहरूमा हुन र सदासर्वदाका लागि रहन सकोस्। ”२५ येशू ख्रीष्टको नाउँमा, आमीन |