साधारण सम्मेलन
प्रकाश प्रकाश सँगै रहन्छ
अप्रिल २०२१ को साधारण सम्मेलन


प्रकाश प्रकाश सँगै रहन्छ

हामीले ख्रीष्टमा आफ्नो आस्थालाई तीव्र पार्दै जाँदा, हामीले तबसम्म तीव्र रुपमा प्रकाश प्राप्त गर्छौं जबसम्म यसले सबै अन्धकारलाई हटाउँदैन ।

मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा परमप्रभु र मुक्तिदाता येशू ख्रीष्टको पूनरुत्थान सँगै प्रारम्भ भएको महिमित प्रकाशको चिन्तन गर्ने कुरामा म यो आशीषित इस्टर आइतबारका दिन तपाईंहरू सँगै रमाउछु।

उहाँको नश्वर जीवनको सेवामा, येशूले घोषणा गर्नुभयो: “म संसारको प्रकाश हुँ: मलाई पछ्याउनेहरू अन्धकारमा हिंड्नेछैनन्, तर जीवनको प्रकाश पाउनेछ।” ख्रीष्टको आत्मा “सबै कुरामा हुन्छ [र] सबै कुरालाई जीवन दिन्छ।” यसले हामीलाई घेर्ने अन्धकार माथि विजय प्राप्त गर्छ।

धेरै वर्ष अघि, साहसिक कार्यको खोजीमा, मेरा दुई छोराहरू र म एउटा युवाहरूको समुह सँगै विलाप गुफामा गयौँ, कुनै बेला त्यसको मुखबाट प्रतिध्वनित हुने आवाजका कारण त्यस्तो नाम राखिएको थियो। यो गुफा एउटा चिम्नी-गुफा हो जुन १८० फुट गहिरो ठाडो चेम्बरमा खुल्छ र यो क्यालीफोर्नियाको सबभन्दा ठुलो गुफा-चेम्बर हो।

छवि
बिलाप गुफा

तल जाने दुईवटा बाटा मात्रै छन्: सुरक्षित घुमाउरो भर्याङ वा डोरी लगाएर गुफाको भुइँमा झर्नु हो; म र मेरा छोराहरूले डोरी छान्यौं । मेरो जेठो छोरा पहिला गयो र म अनि मेरो कान्छो छोरा जानाजानी पछि लाग्यौँ ताकि हामी सँगै झर्न सकौँ।

हाम्रा गाइडहरूले हामीलाई निर्देशन दिएर हामीलाई हार्नेस र बिले उपकरणले सुरक्षित गरि डोरीमा कसेपछि, एउटा सानो डिलसम्म पुगेर आत्मा-विश्वास प्राप्त नगरून्जेल हामी पछि फर्केर तल झर्यौं, किनभने यो पछि फर्कन मिल्ने अन्तिम ठाउँ थियो र गुफाको मुखबाट सूर्यको कुनै किरण देख्ने अन्तिम ठाउँ थियो।

पछाडि तिरको हाम्रो अर्को खुड्किलोले हामीलाई एउटा क्याथेड्रल गुफामा डुबायो जुन यति धेरै अग्लो र चौडा थियो कि यसले स्टेचू अफ लिबर्टीलाई निल्न सक्थ्यो। त्यहाँ हाम्रा आखाँ सापेक्षिक अन्धकारसँग समायोजित हुदै गर्दा हामी विस्तारै घुम्दै झुण्डी रह्यौं। हामी हाम्रो झर्ने कार्यलाई निरन्तरता दिंदै गर्दा, बिजुलीका बत्तीहरूको उज्यालोले टल्कीरहेका स्टलकमाइटस् र स्टलकटाइटस्का अद्भूत भित्ताहरूलाई चम्काएको थियो ।

बिना सङ्केत, ती बत्तीहरू अचानक पूर्णरुपमा बन्दभयो। खाडल माथि झुन्डिरहदा, हामी अगाध अन्धकारले घेरियौं कि हामीले आफ्नो अगाडि डोरी समातेको हाम्रो हात पनि देख्न सकेनौँ । एउटा आवाजले तुरुन्तै बोलायो, “बुबा, बुबा, तपाईं त्यहाँ हुनुहुन्छ?”

“म यही छु, छोरा; म यही छु,” मैले जवाफ दिएँ ।

अप्रत्याशित रुपमा बत्ती जानु बिना बिजुली गुफाको अन्धकारमा प्रवेश गर्न असम्भव छ भन्ने देखाउने योजना थियो । त्यो सफल भयो: हामीले अन्धकारलाई “महसुस” गर्यौं । जब बत्ती आयो, सानो प्रकाशसंग पनि अन्धकारले जहिले पनि गर्नुपर्ने जस्तै अन्धकारले तुरुन्तै आत्मा समर्पण गर्यो । मेरा छोराहरू र मलाई हामीले कहिले पनि थाहा नपाएको अन्धकारको स्मृति, हामीले कहिल्यै नभुल्ने प्रकाश प्रतिको हाम्रो कदर, र हामी कहिले पनि अन्धकारमा एक्लै छैनौँ भन्ने आश्वासन पायौं।

गुफामा हाम्रो झराइ कुनै तरिकाले नश्वर जीवन जीवनको हाम्रो यात्रासँग समानान्तर छ । हामी स्वर्गको महिमित प्रकाशबाट छुट्टियौँ र विश्मृतिको पर्दा हुँदै एउटा अन्धकार संसारमा झर्यौं । हाम्रा स्वर्गका पिताले हामीले अन्धकारमा छोड्नुभएको छैन तर उहाँका प्रिय पुत्र येशू ख्रीष्ट मार्फत हाम्रो यात्राका लागि प्रकाशको प्रतिज्ञा गर्नुभएका छ ।

हामीलाई थाहा छ कि सूर्यको किरण पृथ्वीमा सबै जीवनलाई धेरै महत्वपूर्ण छ । हाम्रो आत्मिक जीवनलाई हाम्रा मुक्तिदाताबाट आउने प्रकाशको त्यतिकै महत्व छ । उहाँको निपूर्ण मायामा, परमेश्वरले “यो संसारमा आउने” हरेक व्यक्तिलाई ख्रीष्टको प्रकाश प्रदान गर्नुहुन्छ ताकि उनीहरूले “खराबबाट असल चिनून्” र असल गर्न सधै प्रेरित हऊन्” त्यो प्रकाशले, प्राय: अन्तस्करण भन्नेबाट स्वप्रकट हुँदै हामीलाई सधै कार्य गर्न, अझ राम्रो हुन अनि आफु स्वयम् उत्कृष्ट हुन सङ्केत गर्दछ ।

हामीले ख्रीष्टमा आफ्नो आस्थालाई तीव्र पार्दै जाँदा, हामीले तबसम्म तीव्र रुपमा प्रकाश प्राप्त गर्छौं जबसम्म यसले हाम्रो वरपर जम्मा हुनसक्ने अन्धकारलाई हटाउदैन । “त्यो जुन परमेश्वरको हुन्छ त्यो प्रकाश हुन्छ; र जसले प्रकाश प्राप्त गर्छ र परमेश्वरमा निरन्तरता दिन्छ, उसले अझ बढी प्रकाश प्राप्त गर्छ र त्यो प्रकाश त्यो निपूर्ण दिनसम्म अझै उज्यालो हुँदै जान्छ ।”

ख्रीष्टको प्रकाशले हामीलाई पवित्र आत्माको सेवा गर्ने प्रभाव प्राप्त गर्न तयार गर्छ, जुन सुसमाचारको सत्यताको बारेमा “विश्वास दिलाउने परमेश्वरको शक्ति हो।” त्रिशक्तिका तेश्रो सदस्य पवित्र आत्मा “आत्माको व्यक्तित्व हुनुहुन्छ ।” नश्वर जीवनमा स्वर्गका पिताले तपाईंलाई प्रदान गर्ने चीज भनेको पवित्र आत्माको माध्यमबाट प्रदान गर्ने प्रकाशको सबभन्दा ठुलो स्रोत हो, जसको प्रभावले “तपाईंको मस्तिष्कलाई ज्ञान दिन्छ र तपाईंको आत्मालाई खुशीयाली भरिदिन्छ ।”

पछिल्ला दिनका सन्तहरुको येशू ख्रीष्टको चर्चमा, पूनर्स्थापित पादरित्व अधिकारका माध्यमबाट तपाईं पापहरूबाट छुट्कारा पाउन डुबुल्कीमारीकन बप्तिस्मा लिनुहुन्छ। त्यसपछि, तपाईंको टाउकोमा हातहरु राखिन्छ र पवित्र आत्माको यो अद्भुत, “बयान गर्न नसकिने उपहार”१० तपाईंलाई प्रदान गरिन्छ ।

त्यसपछि, जब तपाईंका इच्छाहरू र क्रियाकलापहरू करार मार्गमा केन्द्रित हुन्छन्, पवित्र आत्मा, तपाईंको अन्तर प्रकाशका रुपमा सत्यको प्रकट र गवाही दिन्छ, ११ खतराको चेतावनी दिन्छ, सान्त्वना१२ र सफाई गर्छ, १३ र तपाईंको आत्मालाई शान्ति १४ प्रदान गर्छ ।

“प्रकाश प्रकाशसंगै रहनेहुनाले”१५ पवित्र आत्माको स्थिर संगतले तपाईलाई त्यस्ता छनौटहरु गर्न अगुवाइ गर्छ जसले तपाईंलाई प्रकाशमा राखिराख्ने सम्भावना हुन्छ; त्यसको विपरीत पवित्र आत्माको प्रभाव बिना गरिएका छनौटहरुले तपाईं लाई छाया र अन्धकार तिर अगुवाइ गर्ने सम्भावना हुन्छ। एल्डर रोबर्ट डि. हेलसले सिकाउनु भयो, “जब प्रकाश हुन्छ, अन्धकार पराजित हुन्छ र त्यहाँ बाट प्रस्थान गर्नुपर्छ। जब पवित्र आत्माको आत्मिक प्रकाशको उपस्थिति हुन्छ, सैतानको अन्धकार प्रस्थान गर्छ।”

म सल्लाह दिन चाहन्छु, शायद आफैलाई सोध्ने समय यही नै हो: के मसँग मेरो जीवनमा त्यो प्रकाश छ? छैन भने, पछिल्लो पटक मसँग भएको कहिले थियो ?

सूर्यले दैनिक रुपमा नवीकरण गर्न र जीवन धान्न पृथ्वीलाई नुहाए जस्तै,तपाईंले उहाँ—येशू ख्रीष्टलाई अनुशरण गर्ने छनौट गर्दा आफुभित्रको प्रकाशलाई दैनिक रुपमा उज्यालो पार्न सक्नुहुन्छ।

हरेक पटक तपाईले परमेश्वरलाई प्रार्थनामा खोजी गर्दा; उहाँलाई “सुन्नका लागि” धर्मशास्त्रको अध्ययन गर्दा; १७ हाम्रा जीवित अगमवक्ताहरूको निर्देशन र प्रकाशमा कार्य गर्दा; र “परमप्रभुका विधिहरूमा हिंड्न” आज्ञाहरू प्रति आज्ञाकारी हुँदा एक थोपा सूर्यको प्रकाशसँग जोडिन्छ।” १८

तपाईंले हरेक पटक पश्चाताप गर्दा तपाईंले आत्मिक सूर्यको प्रकाशलाई आफ्नो आत्मामा र शान्तिलाई आफ्नो जीवनमा निमन्त्रणा गर्नुहुन्छ। मक्तिदाताको नाम आफुमा लिन, सधै उहाँलाई सम्झन र उहाँका आज्ञाहरू पालना गर्न हरेक हप्ता तपाईले प्रभुभोज लिदा, उहाँको प्रकाश तपाईं माथि चम्किनेछ।

हरेक पटक तपाईले सुसमाचार बाँढ्दा र आफ्नो गवाही व्यक्त गर्दा तपाईंको आत्मा सूर्यको प्रकाश हुन्छ । हरेक पटक मुक्तिदाताले जस्तै तपाईंहरूले एक अर्कालाई सेवा गर्दा, तपाईको हृदयले उहाँको मायाको महसुस गर्छ । स्वर्गका पिताको प्रकाश जहिलेपनि उहाँको पवित्र मन्दिर भित्र बास गर्छ र ती सबैमा जो परमप्रभुको घरमा उपस्थित हुन्छन् । तपाईं भित्रको उहाँको प्रकाश तपाईंको दया, धैर्यता, क्षमा, ख्रीष्टरुपी मायाका कार्यले वृद्धि हुन्छ र त्यो आफैले तपाईंको खुशी अनुहारमा देखाउछ। अर्को तर्फ, हामी छायाँमा हिड्छौ जब हामी धेरै छिटो रिसाउछौं वा क्षमा गर्न धेरै ढिला गर्छौं । “तपाईंले आफ्नो अनुहार सूर्यको प्रकाश तर्फ फर्काउनुभयो भने, छायाँहरु तपाईंको पछाडि लड्न बाहेक केही गर्न सक्दैनन् ।”१९

पवित्र आत्माको सङ्गत गर्न योग्य हुने गरी जिउनुभयो भने, तपाईंले साँच्चिकै “प्रकाश प्राप्त गर्ने तपाईंको आत्मिक क्षमता बढाउनुहुन्छ ।”२०

जीवनले चुनौतीहरू र असफलताहरू प्रस्तुत गर्दछ र हामी सबैले केही अँध्यारा दिनहरू र आँधीहरूको सामना गर्नुपर्छ । ती सबैमा, यदि हामीले “परमेश्वरलाई आफ्नो जीवनमा प्रभुत्व जमाउन दियौं” भने २१ पवित्र आत्माको प्रकाशले प्रकट गर्नेछ कि हाम्रा चुनौतीहरुमा उद्देश्य र अर्थ छ र तिनीहरूले अन्तमा हामीलाई अझ राम्रो, अझ मजबूत आस्था र ख्रीष्टमा अझ उज्यालो आशा भएका पूर्ण व्यक्तिहरुमा परिवर्तन गर्नेछ र यो थाहा हुनेछ कि हाम्रा अँध्यारा दिनहरूमा परमेश्वर हामीसँग सधैं हुनुहुन्थ्यो। अध्यक्ष नेल्सनले सल्लाह दिए जस्तै, “कष्टसँग आउने बढ्दो अन्धकारले येशू ख्रीष्टको प्रकाशलाई अझै बढी उज्यालो भई चम्किने बनाउँछ।”२२

हाम्रा जीवनका मौसमहरूले अप्रत्याशित तथा अवाञ्छनीय ठाउँहरूमा लैजान सक्छ । यदि पापले तपाईंलाई त्यहाँ लगेको हो भने, अन्धकारको पर्दालाई पछाडि तान्नुहोस र चुर्ण हृदय र पश्चातापी आत्माका साथ स्वर्गका पिता सामु जानुहोस र पश्चाताप गर्नुहोस् । उहाँले तपाईंको इमान्दार प्रार्थना सुन्नुहुनेछ । आज शाहससँग, “[उहाँको] नजिक जानुहोस् र [उहाँ] तपाईंको नजिक आउनुहुनेछ।” २३ तपाईं कहिल्यै पनि येशू ख्रीष्टको प्रायश्चित्तको चङ्गाइको शक्ति भन्दा बाहिर हुनुहुन्न् ।

म असल आमाबुबा र येशू ख्रीष्टको प्रकाश र उहाँको सुसमाचारलाई स्वीकारेका आस्थावान पुर्खाहरूबाट आएको हुँ, र त्यसले उहाँहरुको जीवन र त्यसपछि आउने पुस्ताहरूलाई आत्मिक शक्तिले आशीषित गरेको छ । मेरा बुबाले उहाँको बुबा माइलो टि डाइक्सका बारेमा कुरा गरिरहनुहुन्थ्यो र उहाँको परमेश्वरमा प्रति आस्थाले कसरी दिन रात उहाँका लागि एक प्रकाश थियो भन्ने भन्नुहुन्थ्यो। मेरा हजुरबुबा एक बनका रेन्जर हुनुहुन्थ्यो र बिना प्रश्न आफ्नो जीवनलाई परमेश्वरको निर्देशन र स्याहारलाई सुम्पेर पहाडहरुमा प्राय एक्लै घोडामा हिड्नुहुन्थ्यो ।

एक शरद ऋतुको अन्ततिर, हजुरबुबा उच्च पहाडमा एक्लै हुनुहुन्थ्यो । उहाँले आफ्नो मनपर्ने घोडा, बुढो प्रिन्सलाई तयार पार्दा हिउदले आफ्नो अनुहार देखाइसकेको थियो र काठको फल्याकमा चिर्नु भन्दा अघि मुढाहरू नाप्न एउटा काठको मिलमा जानुभयो।

साझपख, उहाँले आफ्नो काम सक्नुभयो र आफ्नो घोडामा पून: चढ्नु भयो । त्यतिबेला सम्म, तापक्रम धेरै नै घटिसकेको थियो र एउटा भयंकर हिमपातले पहाड घेर्दैथियो । उहाँलाई निर्देशन गर्न न प्रकाश न गोरेटो हुँदा, उहाँले प्रिन्सलाई एउटा दिशातिर मोड्नुभयो जुन उहाँको विचारमा उनीहरूलाई रेन्जर स्टेसनसम्म लैजानेछ।

छवि
माइलो डाइक्स् आँधीमा यात्रा गर्दै

धेरै मिल अन्धकारमा यात्रा गरिसकेपछि, प्रिन्स सुस्तायो, अनि रोकियो। हजुरबुबाले बारम्बार प्रिन्सलाई अघि बढ्न आग्रह गर्नुभयो, तर त्यो घोडाले मानेन। अन्धो बनाउने हिउँ उनीहरूको वरिपरि घुमिरहँदा, हजुरबुबालाई अनुभूति भयो कि उहाँलाई परमेश्वरको सहयोग चाहिन्छ। उहाँले आफ्नो जीवनभर गरेजस्तै, उहाँले विनम्रपूर्वक “बिना डगमगाउँदै, आस्थाका साथ [सोध्नुभयो]।” २४ एउटा स्थिर, सानो आवाजले उत्तर दियो, “माइलो, प्रिन्सलाई उसको टाउको देऊ।” हजुरबुबाले मान्नुभयो, र उहाँले लगाममा आफ्नो पकडलाई हलुका पारेपछि, प्रिन्स फनक्क फर्कियो र अर्कै दिशातर्फ बिस्तारै गयो । केही घण्टा पछि प्रिन्स फेरी रोकियो र उसको टाउको तल झार्यो। झर्दै गरेको हिउँबाट हजुरबुबाले देख्नुभयो कि उनीहरू सुरक्षित तरिकाले रेन्जर स्टेसनको गेटमा आइपुगे।

बिहानको सूर्यसँगै हजुरबुबाले प्रिन्सको अस्पष्ट पाइलाहरू पून खोज्दै जानुभयो। जब उनले राजकुमारलाई टाउको दिएको पाए, तब उनले गहिरो सास फेरे: यो एक अग्लो पहाड चट्टानको एकदमै छेउमा थियो, जसको एक कदम अगाडि घोडा र सवार व्यक्ति दुबैलाई ऊबडखाबड चट्टानमा मार्नका लागि खसालिएको थियो

त्यो अनुभव र अरु थुप्रैका आधारमा, हजुरबुबाले सल्लाह दिनुभयो, “स्वर्गमा हुनुहुने पिता नै तपाईंले पाउने सबभन्दा उत्कृष्ट र महान साथी हुनुहुन्छ ।” जब मेरा बुबाले हजुरबुबाको कथा भन्नुहुन्थ्यो, मलाई सम्झना छ कि उहाँले धर्मशास्त्रबाट उद्धरण गर्नुहुन्थ्यो:

“आफ्नो सम्पूर्ण हृदयले परमप्रभुलाई भरोसा गर; र आफ्नै विवेकमा नढल्किय।

“आफ्ना सारा मार्गमा उहाँलाई सम्झ र उहाँले तिम्रो बाटो देखाइदिनुहुनेछ।”२५

छवि
मुक्तिदाताले बत्ती समाइरहनुभएको

म गवाही दिन्छु कि येशू ख्रीष्ट अनन्त प्रकाश हुनुहुन्छ जो “अन्धकारमा चम्किनु हुन्छ ।”२६ त्यस्तो कुनै अन्धकार छैन जसले त्यो प्रकाशलाई दबाउन, निभाउन, पराजित गर्न वा हराउन सकोस् । हाम्रा स्वर्गका पिताले तपाईंलाई त्यो प्रकाश सित्तैमा दिन चाहनुहुन्छ । तपाईं कहिल्यै पनि एक्लै हुनुहुन्न । उहाँले हरेक प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ । उहाँले “तपाईंलाई अन्धकारबाट बाहिर उहाँको अद्भूत प्रकाशमा बोलाउनुभएको छ ।” {२७ जब तपाईंले सोध्नुहुन्छ, “पिता, पिता, तपाईं त्यहाँ हुनुहुन्छ?” उहाँले सधैँ उत्तर दिनुहुनेछ, “म यहाँ छु, मेरो बाबु, म यहाँ छु ।”

म गवाही दिन्छु कि येशू ख्रीष्टले हाम्रा मुक्तिदाता र उद्दारकर्ताका रुपमा स्वर्गका पिताको योजनालाई पूरा गर्नुभयो;२८ उहाँ हाम्रो प्रकाश, हाम्रो जीवन र हाम्रो बाटो हुनुहुन्छ । उहाँको प्रकाश कहिल्यै पनि मधुरो हुनुहुने छैन;२९ उहाँको महिमा कहिल्यै रोकिने छैन, तपाईं प्रतिको उहाँको माया अनन्त छ, हिजो, आज र अनन्तसम्म। येशू ख्रीष्टको नाउँमा, आमीन |