साधारण सम्मेलन
सत्य र प्रेमको सुसमाचार
अप्रिल २०२१ को साधारण सम्मेलन


सत्य र प्रेमको सुसमाचार

म प्रमाणित गर्दछु कि सत्य र प्रेमको सुसमाचारको प्रकाश आज पृथ्वीभरी चम्किरहेको छ।

पछिल्ला दिनका सन्तहरूको भजन “Hark, All Ye Nations!” ले कुनै त्रुटीबिना सुसमाचारको पूर्णता पूरै संसारमा फैलिरहेको उत्साह र हर्षोल्लासलाई समाहित गरेको छ। भजनमा हामीले गाउँछौं:

Hark, all ye nations! स्वर्गको आवाज सुन

हरेक भूमिमा ताकि सबै रमाउन सक्दछन्!

महिमाका दूतहरूले चर्को आवाजमा दोहोर्याए :

सत्य पूनर्स्थापना भएको छ !

यो रमाइलो पाठका लेखक, लूइस एफ. मोन्च, एक परिवर्तित जर्मन थिए जसले यो भजनका प्रेरित शब्दहरू युरोपमा आफ्नो पूर्णकालीन सुसमाचार प्रचार सेवाका क्रममा स्विजरल्याण्डमा रहँदा लेखेका थिए । पूर्नस्थापनाको विश्वव्यापी प्रभावलाई देख्दा उत्पन्न हुने खुशी यो भजनका शब्दहरूमा स्पष्ट रुपमा अभिव्यक्त गरिएको छ:

अन्धकारमा खोज्दै, राज्यहरू रोएका छन्;

बिहान देख्नका लागि, तिनीहरूले उनीहरूको सतर्कता राखेका छन्। ।

अब सबै खुशी होऊ; त्यो लामो रात सकिएको छ ।

पृथ्वीमा सत्य एक पटक फेरी आएको छ !

२०० वर्ष भन्दा पनि केही समय अघि सुरु भई निरन्तर रुपमा चलिरहेको पूनर्स्थापनालाई धन्यवाद, “सत्य र प्रेमको सुसमाचारको प्रकाश” अब पृथ्वीभरी चम्किरहेको छ । १८२० मा अगमवक्ता जोसेफ स्मिथले र त्यस पछि लाखौँले सिके कि “ परमेश्वरले सबैलाई उदार-चित्तसँग नझर्कीकन दिनुहुन्छ ।”

यो अन्तिम समयावधिमा चर्च सङ्गठित भएको केही समयपछि, परमप्रभुले जोसेफ स्मिथसँग वार्तालाप गर्नुभयो र हाम्रा लागि उहाँको अगाध प्रेम प्रकट गर्नुभयो जब उहाँले भन्नुभयो:

“यसैले, म, परमेश्वर, संसारका बासिन्दाहरूमाथि आइपरेका विपत्ति जान्दछु, र मेरा सेवक जोसेफ स्मिथ, जुनियरलाई बोलाएँ, र स्वर्गबाट उनीसँग कुरा गरेँ, र उनलाई आज्ञा दिएँ; …

“ताकि मेरो अनन्त करार स्थापित होस;

ताकि मेरो सुसमाचारको पूर्णतालाई कमजोर र साधारणले संसारको अन्तसम्म घोषणा गरियोस ।”

यो प्रकाश प्राप्त भए लगत्तै, सुसमाचार प्रचारकहरूको बोलावट हुनथाल्यो र संसारका धेरै देशहरुमा पठाइयो । अगमवक्ता नफिले अपेक्षा गरे जस्तै, पूनर्स्थापित सुसमाचारको सन्देश “सबै राष्ट्रहरू, कुटुम्बहरू, भाषाहरू र जनहरू माझ” प्रचार हुन थाल्यो ।”

“पछिल्ला-दिनका सन्तहरूको येशू ख्रीष्टको चर्च विधिवत रुपमा एउटा सानो काठको केबिनमा न्यूयोर्कको उत्तरी क्षेत्रमा १८३० मा संगठित भएको थियो ।

“१९४७ देखि-सुरुवातका छ सदस्यहरूबाट दस लाख सम्म पुग्न चर्चलाई ११७ वर्ष लग्यो । यसको सुरुवातका दिनहरू देखिनै सुसमाचार प्रचारकहरू चर्चका विशेषता थिए, जो अमेरिकी आदिवासी भूमिहरूमा, क्यानाडा र १८३७ मा, उत्तरी अमेरिकी महादेश भन्दा पर बेलायतमा फैलिए । त्यसको केही समय पछि, सुसमाचार प्रचारकहरू यूरोप महादेशमा र भारत अनि प्रशान्त टापुहरूसम्म कार्य गरिरहेका थिए ।

“मात्र १६ वर्ष पछि, १९६३ मा बीस लाख सदस्य र थप आठ वर्षमा तीस लाख पुगेका थिए ।”

चर्चको तीव्र गतिको वृद्धिलाई जोड दिदै, अध्यक्ष रसल एम. नेल्सनले हालसालै भन्नुभयो: “आज, पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चमा परमप्रभुको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । चर्चको अभूतपूर्व, अनुपम भविष्य हुनेछ ।”

येशू ख्रीष्टको सुसमाचारको पूर्णताको पूनर्स्थापना, पृथ्वीमा पून: परमप्रभुको जीवित चर्चको सङ्गठन र त्यस पछि यसको उल्लेखनीय वृद्धिले पादरित्वका आशीषहरू पृथ्वीभरी उपलब्ध गराइदिएको छ । हामीलाई परमेश्वरसँग बाँध्ने र करारका मार्गमा अगाडि बढाइदिने पवित्र विधिहरू र करारहरूले स्पष्ट रुपमा “धर्मनिष्ठताको शक्ति” लाई प्रकट गर्दछ ।”१० जब हामी जीवित र मृतकका लागि यी पवित्र विधिहरूमा सहभागी हुन्छौँ, हामीले पर्दाको दुबै तर्फका इस्राएललाई जम्मा गर्छौं र येशू ख्रीष्टको दोश्रो आगमनका लागि पृथ्वीलाई तयार पार्छौ ।

अप्रिल १९७३ मा, मन्दिरमा बाँधिनका लागि मेरा आमाबुबा र मैले हाम्रो घर अर्जेन्टिनाबाट यात्रा गर्यौं। त्यो समयमा ल्याटिन अमेरिकाभरी कुनै मन्दिर नभएकाले, सल्ट लेक मन्दिरमा बाँधिन हामी एक तर्फी ६००० माइल (९,७०० किमि) भन्दा बढी उँड्यौँ। यद्यपि म त्यतिबेला दुई वर्षको मात्र थिएँ र त्यो विशेष अनुभवका सम्पूर्ण विषय सम्झिनँ, त्यस यात्राका तीन धेरै भिन्न छविहरू भने त्यसबेलादेखि मेरो दिमागमा अडिग थिए र रहिरहेका छन्।

छवि
हवाईजहाजको झ्यालबाट हेर्दाको दृश्य

पहिलो, मलाई हवाईजहाजको झ्याल नजिक राखेको र तलका सेता बादल देखेको याद छ ।

ती सुन्दर, चम्किला बादलहरू मेरो मस्तिष्कमा कपासका विशाल बलहरू झैँ रहिरहेका छन्!

मेरो मस्तिष्कमा रहेको अर्को छवि लस एन्जलस क्षेत्रको एक मनोरञ्जन पार्कमा अजीब देखिने केही पात्रहरू हुन्। ती पात्रहरू भुल्न गाह्रो छ ।

तर अझ धेरै महत्व भएको भनेको यो शानदार र अविस्मरणीय चित्र हो:

छवि
सल्ट लेक मन्दिरको बाँधिने कक्ष

म सल्ट लेक मन्दिरको पवित्र कोठामा भएको राम्रोसँग सम्झनछु जहाँ जोडीहरूको र परिवारहरूको समय र अनन्तका लागि बाँधिने कार्य गरिन्छ। म मन्दिरको सुन्दर वेदी र कोठाको बाहिरी झ्यालबाट सूर्यको उज्यालो प्रकाश चम्किरहेको सम्झन्छु। त्यतिबेला र त्यसपछि पनि निरन्तर रुपमा मैले सत्य र प्रेमको सुसमाचारको न्यानोपन, सुरक्षा र सान्त्वना महसुस गरिरहेको छु ।

२० वर्ष पछि म पून: मन्दिरमा प्रवेश गरिरहेको थिएँ अनि यस्तै भावनाहरू मेरो हृदयमा पून: दोहोरिएका थिए - यस पटक भने म मेरी भावी पत्नीसँग समय र अनन्तताका लागि बाँधिएको थिएँ। तथापि, यो अवसरमा, हामीले हजारौं मिल यात्रा गर्नुपरेन किनकि त्यति बेलासम्म ब्यूनस आयर्स अर्जेन्टिनाको मन्दिर बनिसकेर समर्पित भइसकेको थियो अनि यो हाम्रो घरबाट एक छोटो ड्राइभिङ दुरीमा थियो।

छवि
वाकर परिवार

हाम्रो विवाह र बाँधिएको २२ वर्ष पछि, हामीले त्यही मन्दिरमा फर्कने आशीष प्राप्त गर्यौं, तर यस पटक हाम्रा सुन्दर छोरीहहरूसँग, हामी एउटा परिवारका रुपमा समय र अनन्तताका लागि बाँधियौँ ।

जब मैले मेरा जीवनका यी पवित्र क्षणहरूका बारेमा चिन्तन गरें, म गहिरो र अनन्त खुशीले अभिभूत भएँ । मैले स्वर्गमा रहनुहुने दयालु पिताको प्रेम महसुस गरेँ र निरन्तर गरिरहेको छु, जसलाई हाम्रो व्यक्तिगत आवश्यकता र अन्तरनिहित चाहनाहरूका बारेमा जानकारी छ ।

अन्तिम दिनहरूमा इस्राएलको भेलाका सम्बन्धमा सम्बोधन गर्दा, परमप्रभु यहोवाले भन्नुभयो: “मैले तिनीहरूको भित्री भागमा मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूको हृदयमा त्यो लेखिदिनेछु, अनि म तिनीहरूको परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्।”११ म धेरै कृतज्ञ महसुस गर्छु कि सानै उमेरदेखि उहाँको पवित्र घरमा पवित्र विधिहरूका मध्यमबाट मेरो हृदयमा परमप्रभुको व्यवस्था गहिरो रुपमा कुँदिन थाल्यो। यो जान्नु महत्वपूर्ण छ कि उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ, कि हामी उहाँका जन हौँ, र हामी जस्तोसुकै परिस्थितिले घेरिए पनि, यदि हामी आस्थावान छौँ र हामीले गरेका करारहरू प्रति आज्ञाकारी भयौँ भने, हामी “उहाँका प्रेमयुक्त बाहुहरूमा अनन्त रुपमा बाँधिन सक्छौँ ।” १२

अक्टोवर २०१९ मा साधारण सम्मेलनको महिलाहरूको सत्रमा, अध्यक्ष नेल्सनले भन्नुभयो, ”एक अर्कालाई सेवा गर्ने, सुसमाचारको प्रचार गर्ने, सन्तहरूलाई निपूर्ण बनाउने र मृतकहरूको उद्दार गर्ने हाम्रा सबै प्रयासहरू गएर मन्दिरमा एकाग्र हुन्छन्।”१३

अनि, त्यही साधारण सम्मेलनमा, अध्यक्ष नेल्सनले सिकाउनुभयो: “अवश्य पनि, पूनरुत्थानको ताज रत्न भनेकै पवित्र मन्दिर हो । यसका पवित्र विधिहरू र करारहरू मुक्तिदाताको दोस्रो आगमनमा उहाँलाई स्वागत गर्न तयार रहेका जनहरूको तयारीको निम्ति मुख्य छन्।”१४

निरन्तर रुपमा चलिरहेको पूनर्स्थापनालाई मन्दिरको निर्माण र समर्पणका रुपमा जोडिएको छ। हामी पर्दाको दुबै तर्फ भेला हुँदा, सेवा गर्न अनि मन्दिरलाई हाम्रो जीवनमा प्रमूख बनाउन हामीले वलिदान गर्दा, परमप्रभुले हामीलाई तयार गर्दैहुनुहुन्छ—उहाँले आफ्ना करारवद्ध मानिसको निर्माण गर्दैहुनुहुन्छ ।

अहो, कति गौरवशाली माथिको सिँहासनबाट

सत्य र मायाको सुसमाचार प्रकाश चम्किन्छ !

सूर्य जस्तै उज्यालो, यो स्वर्गको किरण

आज प्रत्येक ठाउँलाई उज्यालो पार्छ ।१५

म प्रमाणित गर्दछु कि सत्य र प्रेमको सुसमाचारको प्रकाश आज पृथ्वीभरी चम्किरहेको छ। अगमवक्ता यशैयाले भविष्यवाणी गरेको१६ र नफिले देखेको१७ यी चुनौतिपूर्ण समयमा पनि “विष्मयकारी र चमत्कारपूर्ण कार्य” तीब्र गतिमा भइरहेका छन्। जोसेफ स्मिथले भविष्यवाणी गरेजस्तै, “सत्यको मापदण्ड स्थापना भएको छ; परमेश्वरका उद्देश्यहरू प्राप्ति नहुन्जेल, अनि महान यहोवाले भन्नुहुनेछ कार्य सम्पन्न भयो नभनिञ्जेल कुनैपनि अपवित्र हातले यो कार्यको प्रगतिलाई रोक्न सक्दैन … ।”१८

दाजुभाइ तथा दिदीबहिनीहरू, आफु र आफ्नो परिवारलाई स्वर्गको वाणी, हाम्रा उद्धारकर्ताको वाणी सुन्नमा संलग्न गराउनका लागि हामी तयार हुन आज निर्णय गर्न सक्छौँ। हामी परमेश्वरसँग करारहरू बनाउँन र पालन गर्नु सक्छौँ, जसले हामीलाई उहाँको उपस्थतिमा फर्किने मार्गमा सुनिश्चिततापूर्वक सुरक्षित गर्दछ, र हामी उहाँको सुसमाचारको महिमित ज्योति र सत्यताको आशीषमा रमाउन सक्छौँ। येशू ख्रीष्टको नाउँमा, आमीन ।